भूतपूर्व सांसद मणिकुमार सुब्बा
मणि कुमार सुब्बा १९९८ देखि २००९ सम्म भारतको १२ औं लोकसभा, १३ औं लोकसभा र १४ औं लोकसभाका सदस्य थिए। उनले आसामको तेजपुर निर्वाचन क्षेत्रको प्रतिनिधित्व गरे र भारतीय राष्ट्रिय कांग्रेसका सदस्य थिए। उनको मृत्यु २७ मई २०१९ मा भयो।
भूतपूर्व सांसद मणिकुमार सुब्बा
डी.पी. जोशी
सन् 1992 को कुरो हो। मलाई स्वर्गीय कृष्ण प्रसाद ज्ञवालीको विशेष अनुरोधमा उहाँका माइला छोरा सलील ज्ञवालीको विवाह सम्बन्धी विषयमा उनैलाई नै लिएर तेजपुर जानु पयो। तेजपुर पुगेर एउटा लोकल बसबाट 40-45 मिनटको यात्रापछि म र सलील गौतम परिवारको वासस्थानमा पुग्यौं। ठूलो घर, घर अघाडिको फराकिलो आँगनमा धानको भकारी जहाँ गोरुगाडीबाट धान झार्ने व्यवस्था पनि मिलाइएको कुरो पनि देखें। आँगनको छेउमा स्कुटर र साइकल पनि राखिएका थिए अनि घर पछाडि ठूला ठूला गुवाका बोटहरू थिए। सुसम्पन्न, सभ्य र शिक्षित गौतम परिवारकी कन्या गंगा गौतम जो ज्ञवाली परिवारकी भावी बुहारी हुन गइरहेकी थिइन्-लाई देख्दा कुनै साधारण युवती नभएजस्तो अनुमान लगाएँ। गंगा खुला मन भएकी एउटा सक्रिय सामाजिक कार्यकर्ता हुनुका साथै आसामे नेपालीका संघ-संस्थासित जोडिएकी प्रतिभाशाली युवती थिइन् अहिले ज्ञवाली दम्पत्तीले शिलाङे नेपाली समाजमा आफ्नो एउटा छुट्टै पहिचान बनाएको छ।
त्यो रात हामीहरू गौतम परिवारकै वासस्थानमा रह्रौं। रात्रि-भोजनको बेला एउटा रोचक घट्ना घट्यो। भोजनअघि मलाई धोती फेर्ने आग्रह गरियो, म अलपत्र परें। शिलाङको खासी समाजमा जन्मेर हुर्केको मानिस, धोती मैले कहिले लाएको थिइन् बाध्यतावश धोती लाउनु पऱ्यो, यो समस्याको समाधान सलीलबाट नै भयो। घरमा सुसज्जित डाइनिंग टेबल हुँदाहुँदै पनि मलाई पिर्कामा बसाएर भोजन खिलाएको कुरा मैले बुझ्न सकिन। म जिज्ञासु भएकाले सलीललाई मैले यस विषयमा सोधें। उनले मलाई डाइनिंग टेबलमा साधारण अथवा अरू कुनै मानिसलाई भोजन गराइने अनि पिर्कामा बसाएर कसैलाई भोजन गराउनु कसैलाई ठूलो सम्मान दिएको कुरा बताए। म सन्तुष्ट भएँ। त्यस रात मुसलधारे पानी परिरह्रो, आँगनमा थुपारिएको धान नष्ट भयो, मलाई नरमाइलो लाग्यो।
गौतम परिवार बसेको ठाउँ सांसद मणिकुमार सुब्बाको समष्टीभित्र पर्दो रहेछ। मैले देखे, जाने र महसूस गरे अनुसार त्यस क्षेत्रले चौमुखी विकास गरेको रहेछ। प्रायः सबै बेरोजगार युवाहरूलाई नोकरी दिने प्रयास अनि नोकरी नपाउने युवक युवतीलाई कल कारखाना खोल्न अथवा केही उद्योग धन्धाको निम्ति आर्थिक सहयोग प्रदान गरिनेजस्तो सराहनीय कार्य भएको रहेछ। हामी नेपाली भाषीलाई संसारको कुनै पनि ठाउँमा बसे पनि मणिकुमार सुब्बाको नाउँ सुन्दा गर्व लाग्छ। पहाडे, पछौटे र गरीब जातिको कोखमा जन्मेर, विधिवत् कुनै तालीम वा शिक्षा प्राप्त नगरेर पनि आफ्नै सामर्थ्यले पूंजी थुपार्नु त्यसलाई सम्हालेर बढाउनुजस्ता कार्यहरू मणिकुमार सुब्बादेखि बाहेक अरू कसले बुझेको छ र! भनौं भने आज यिनी टाटा, बिडला, अम्बानी, बजाज, गोयंका आदि धनाढ्य व्यक्तिहरूका छेउछाउमा पुग्न सफल देखिन्छन्। यिनै मणिकुमार सुब्बा “मेघालय स्टेट इलेक्ट्रीकसिटी बोर्ड’का मालिक पनि हुने थिए,यदि स्थानीय छात्र संघ र केही व्यक्तिहरूको विरोध नभएको भए उनी, एम.एस.इ.बी. तक किन्न सक्षम थिए। यदि त्यसो हुन सकेको भए एम.एस.इ.बी. का अन्य अधिकारीलगायत हाम्रा अधिकारीहरू सर्वश्री जे.बी.पुन, मधु रावत, प्रकाश जोशीका पनि उनी आज बोस हुने थिए।
भारतभरिका विभिन्न नेपाली/गोर्खा संघ-संस्थाहरूलाई आर्थिक सहायता पुऱ्याउने मणिकुमार सुब्बा राष्ट्रिय राजनीतिका सक्रिय कार्यकर्ता हुनुका साथै तेजपुर समष्टीका सांसद पनि हुन्। आसाम जस्तो संवेदनशील राज्य, जहाँ विदेशी मूलका मानिस अवैध रूपमा घुसपैठ गरेको एउटा मुद्दा बनेको छ, यस्तो ठाउँबाट पनि निर्वाचित हुनु यो साँच्ची नै गौरवको कुरा हो। हुन त राजनीतिमा सबैलाई खुसी पार्नु असम्भव छ। यसको उदाहरण प्रत्यक्ष रूपमा देखियो। गत संसदीय निर्वाचनमा तेजपुर समष्टीबाट मणिकुमार सुब्बाको नामांकन नामञ्जूर गरियो, तर दिल्लीको पार्टी हाइकमाण्डबाट उनकै नामको मनोनयन भएपछि, उनी चुनाव मैदानमा छाती खोलेर ओर्ले अनि चुनाव जितेर जातिको नाउँ उच्च पारे। सुब्बाको शक्ति, प्रतिष्ठा र प्रभाव देखेर विरोधी दल मात्र नभएर आफ्नै दलका सदस्यहरूले पनि उनी विरुद्ध षड्यन्त्र रच्न आँटे फलस्वरूप मरेको लाश चिहानबाट उखाल्न खोजेझैं उनको जन्मस्थान र नागरिकता विषय कुरो निक्ल्यो। उनी विरुद्ध सी.बी.आई. जाँच भयो। जसरी सुन आगोमा जलेर पनि उसको चमक कायम भई नै राखेको हुन्छ उसरी नै सुब्बाले पनि आफ्ना विरोधीहरूको कुचाललाई नाकाम गर्दै अझै खारिएर समाजको अघि उभिन सक्षम भएका छन्।
मणिकुमार सुब्बाले कुबेरले जस्तो धन कमाए तापनि जातीय सोझोपनले गर्दा राजनीतिक दाउँ-पेच राम्ररी बुझेनन्। भारतीय संविदान अनुसार कुनै पनि व्यक्ति जन्मले अथवा यस देशमा पाँचवर्षसम्म बसेपछि स्वतः नागरिकताको हक पाउन सक्छ भने दुइ पटक असम विधान सभाका विधायक तथा तीन पटक भारतीय संसद सदस्यका रूपमा चुनिएका मणिकुमार सुब्बामाथि नागरिकताको प्रश्न किन उठ्यो? विभिन्न पत्र-पत्रिका अनुसार राज्य विधानसभाका दश प्रतिशत विधायकहरू र संसदका पाँच प्रतिशत सदस्यहरू, हत्या-अपहरण अथवा बलजफत रूपैया असूल गर्ने जस्ता कार्यहरूमा संलग्न भई आरोपी बन्न पुगेका छन्, करोडौं रूपियाँको चारा घोटालामा परेका आरोपी केन्द्रिय मन्त्री बन्न पुगेका छन्, आफ्नै नीजी सचिवको हत्याको आरोपी व्यक्ति झारखण्ड प्रान्तको मुख्यमन्त्रीको कुर्सीमा विराजमान छन्, उत्तर प्रदेशको मुख्यमन्त्री करोडौं रूपियाँको “ताजमहल’ कोरिडर घोटालामा परेका छन्। हाल आसाममा भएको विधान सभामा चुनाउमा एकजना बंगलादेशी नागरिकले पनि आफ्नो उम्मेदवारी दिएका थिए। आजसम्म चुनाउ अधिकारी अथवा कुनै अरू सरकारी तंत्रबाट ती उम्मेदवारलाई कानूनी कार्वाही भएको छैन भने मणिकुमार सुब्बामाथि यति अन्याय किन? उनी नेपालीजस्तो सोझो जातिको सन्तान भएकाले उनलाई दबाउने असफल प्रयास त भएको होइन? हाम्रो समाजमा मणिकुमार सुब्बाजस्ता अद्वितीय प्रतिभा भएको व्यक्ति खडा भइदिएकोले हाम्रो शिर गर्वले ठाडो भइदिएको छ। हामी चाहन्छौं उनले आफूमाथि आइलागेका लांछनाहरूलाई दृढतापूर्वक पार गर्दै यसपालिको संसदीय निर्वाचनमा सफल भई विजयी बन्ने छन्। भारतेली नेपाली जाति र समाजको प्रतिनिधित्व गर्ने हामीलाई अझै दश पन्ध्रजना मणिकुमार सुब्बाजस्तै व्यक्तिहरू चाहिएको छ।
शिलाङ, मेघालय
भूतपूर्व सांसद मणिकुमार सुब्बासित केही क्षण
पद्मधर उपाध्याय
भूतपूर्व सांसद तथा असम गोर्खा सम्मेलनका सभापति श्री मणिकुमार सुब्बा गत लोक सभाको निर्वाचनमा तेजपुरका संसदीय क्षेत्रमा पराजित भएपछि उहाँसित लिएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरेका छौं –
—
—
हाम्रोध्वनिका अन्य पोष्टहरू :
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
