निरू शर्मा पराजुलीका प्रकाशित कृतिहरू :
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
► स्वप्न एटि मुक्त आकाशर (असमीया कहानी सङ्कलन) सन् 2004
► कविताइ मोर बुभूक्षा (असमीया कविता सङ्कलन) सन् 2007
► भोकमा कोरिएका शब्दहरू (नेपाली कविता सङ्कलन) सन् 2008
► माथो प्रेमर बाबे एमुठि अनुभव (असमीया कविता सङ्कलन) सन् 2009
► बगी बरमार बारी (असमीया बाल कविता सङ्कलन) सन् 2009
► स्पन्दन (अनुवाद कविता सङ्कलन, असमीयाबाट नेपालीमा, मूल – पद्मश्री एली आहमेद) सन् 2020
► तिर्खाएको मन केही पल (नेपाली कविता सङ्कलन) सन् 2020
► कोसेली (बाल कविता सङ्कलन), सन् 2020
► म मानिसको निर्मल उत्सव (सनन्त ताँतीको असमीया कविता सङ्ग्रह ‘मई मानुहर अमल उत्सव’को नेपाली अनुवाद) सन् 2020
► शब्द बटुलि (हरि गजुरेलको ‘शब्द बटुल्दै’को नेपालीबाट असमीया अनुवाद) सन् 2021
► परिश्रान्त पृथ्वी (ड. देवेन सापकोटाको परिश्रान्त पृथ्वीको असमीया अनुवाद) सन् 2024
► शुभ बुद्धिर उदय (मुन्नी सापकोटाको शिशु कथा सङ्कलन ‘बल्ल बुद्धि पलायो’को असमिया अनुवाद) सन् 2024
► सिपीभित्र लुकेको मोती (बाल कथा सङ्कलन), सन् 2024
► इन्द्रधनुषी सपनों की ओर (हिन्दी कविता संकलन), सन् 2024
► हुदु चराए गुदु खेले (असमिया कविता सङ्कलन) सन् 2024
► अमिताभ शब्द (डा. निर्मलप्रभा बरदलैका असमिया कविताका नेपाली अनुवाद) सन् 2024
► दु:समय, यन्त्रणा र सृष्टि चेतना (असमिया कविता सङ्कलन) सन् 2024
► धराशायी (शरत छेत्रीको नेतालीबाट असमीया अनुवाद) सन् 2024
► नि:शब्द (असमीया कविता सङ्कलन) सन् 2024
► मइनार टोपनी भाङे (असमीया शिशु कविता सङ्कलन) सन् 2024
► एटि शानित प्रश्न (असमीया कविता सङ्कलन) सन् 2024
► दुरैर बनत बाजिल बाँही (असमीया कविता सङ्कलन) सन् 2024
► अनुभवर बाँहीत प्रेम सुर (असमीया कविता सङ्कलन) सन् 2024
► बाँस फूलको गन्ध (येसे दरजे ठङ्सीको कथा संग्रह ‘बाँह फुलर गन्ध’को नेपाली अनुवाद) सन् 2024

निरु शर्मा पराजुली व्यक…
सम्पादकको भनाई
विषयसूची
- निरु शर्मा पराजुलीको “म मानिसको निर्मल उत्सव’ लाई नियाल्दा
- निरु शर्मा पराजुली कृत ‘तिर्खाएको मन केही पल’ बारे केही भन्नुपर्दा
- ‘कोसेली’ को गाँठो फुकाउन खोज्दा
- ‘निरु, यस्ता कोसेलीहरू लिएर फेरि पनि आउनु है ल!’
- अमिताभ शब्द’का दिव्य आभा फैलिंदा
- निरु शर्मा पराजुलीको हिन्दी कविता संकल्न -इन्द्रधनुषी सपनों की ओर-को प्राक्कथन
- निरू शर्मा पराजुली साहित्यमा निकै अघि बढिसकेकी लेखिका हुन्।
- सिपीभित्रको मोती खोज्न रुमलिँदा
- ‘बाँस फूलको गन्ध’ सुँघे पछि
- निरु शर्मा पराजुलीको ‘तिर्खाएको मन केही पल’ भित्र रूमल्लिँदा
- नीरूको मीठो कोसेली
- नेपालीहरूको चाड तीज र तीजगीतहरू
निरु शर्मा पराजुलीको “म मानिसको निर्मल उत्सव’ लाई नियाल्दा
◙ ज्ञानबहादुर छेत्री
डराई डराई त्रसित हुन्छ किन मानिस?
केवल एकबाजी होइन
यहाँ त बारम्बार मर्दछ मानिस
~~~~~~~~~~~~~~~~(भोकमा कोरिएका शब्दहरूबाट, पृ. 25)
अरू कतिपय कविले झै कवि निरु शर्मा पराजुलीले कविता गननगनाएकी-फतफताएकी छैनन – वरिष्ठ समालोचक डा. जीवन नामदुंगको भनाइ हो यो। रातरात कवि कहलाउने रहरले रूञ्चे स्वरमा विलौना गाउने भजने कीर्त्तनेहरूको संख्या बढ्दै गएको देखेर समालोचक नामदुंगले त्यसरी लेख्नु परेको हो। कवि नवसापकोटा लेख्छन् : ‘यी कविताले (निरुका कविता) समय बोल्छन्। समाजको स्थिति खोल्छन्। स्थानीयताको लिस्नो चढी विश्वायनको भावभूमिमा पुग्ने सन्देश दिन्छन्। …… यी सहज छन्, सरल छन् अनि छन् हृदयस्पर्शी। यस्तै कविताले समाजमा इप्सित परिवर्तनको दियो बाल्न सक्छन्।’ (भोकमा कोरिएका शब्दहरू, भूमिकाबाट)
हरिप्रसाद गोर्खाराई, विष्णुलाल उपाध्याय, गीता उपाध्याय आदि अग्रज लेखकहरूको पाइला पछ्याउँदै असमीयामा र नेपाली दुवै भाषामा कलम चलाउने कवि, कथाकार, अनुवादक तथा बालसाहित्यकारका रूपमा सुपरिचित निरु शर्मा पराजुली पेशामा गुवाहाटी हाइकोर्टकी अधिवक्ता हुन्। महापुरुष श्रीमन्त शंकरदेवको स्मृति बोकेको ऐतिहासिक तथा परमपावन क्षेत्र गांगमौथान, माजगाउँमा जन्मेकी नीरुले असमीया माध्यममा प्राथमिक र हाइस्कुलको शिक्षा हासिल गरेकी हुन्। त्यस पछि उनले विश्वनाथ महाविद्यालयबाट स्नातक, गुवाहाटी विश्वविद्यालयबाट स्नातकोत्तर र कानूनको डिग्री हासिल गरिन्। छात्र अवस्थादेखिनै साहित्यमा विशेष रूची राख्ने सुलेखिका निरु शर्मा पराजुलीका प्रकाशित कृति दर्जन पुगेका छन्।
“म मानिसको निर्मल उत्सव’ – निरु शर्मा पराजुलीको अनूदित कृति पाठकका सामु प्रस्तुत छ। यो कविता संकलनका मूल रचयिता कवि हुन सनन्त ताँति। सनन्त ताँति प्रगतिवादी चेतसम्पन्न कविका रूपमा आधुनिक असमीया साहित्यमा सुपरिचित छन्। 2012 सन्मा नयाँ दिल्लीमा साहित्य अकादेमीले चिया बगानको साहित्य विषयमा एउटा संगोष्ठीको आयोजन गरेको थियो। भन्नुको तात्पर्य, भर्खरै चियाकमानको साहित्य बारेमा निकै खोज अनुसन्धान हुन थालेको छ। नेपाली भाषामा पनि चिया कमानको जनजीवनलाई लिएर विशेष गरी दार्जीलिङ जिल्लामा साहित्य रचिएको छ। कवि सनन्त ताँतिको जन्म चियाकमानमा भएको हुनाले उनका कवितामा चियाकमानको जनजीवन प्रतिविम्बित भएको छ। यहाँ नमूनाका लागि सनन्तका कविताको स्तवक राखिन्छ :
बाबुहरू भन्छन् – इनीहरूको शरीर ढुंङ्गाजस्तो खोदाइ
खँदिलो नितम्व
कालो शरीरमा भरिएको यौवन इनीहरू गीत गाउँछन्
झुमुर नाचेर कटाउँछन् सिङ्गो रात
– – – – – –
बाबुहरू भन्छन् – इनीहरूका दह्रा पाखुरा भारतवर्षको मलिलो माटो
इनीहरूको शरीर जोतेर निकालेको रस
इनीहरू कर्मठ अनि परोपकारी, इनीहरूले डस्तैनन पनि
– – – – – –
बाबुहरू ठूलो स्वरमा बोल्छन् हामी सुन्छौ घरमै बसी
हाम्रा पेटमा सल्केको छ भोक आगो सरी रातभर
हाम्रो मुखको गाँस खोसेर लान्छन् यिनै ग्रामदेवताले
बाबुहरू भन्छन् – कामको सट्टा माम कामको सट्टा भत्ता
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~(हाम्रा कुरा बाबुहरू लेख्छन्)
यसरी हेर्दा के देखिन्छ भने कवि सनन्त ताँति नेपाली कमानेली जनजीवनको धेरै नजीक देखिन्छन्। ताँतिका कवितामा दिनभरि श्रम गरी भोकै सुत्ने शोषित वर्गको सही चित्रण पाइन्छ। कवि लेखनाथको कवितामा हेरौं :
काढी तरक्क पसिना दिनरात डोको।
बोक्ता पनि उदारगर्त रहन्छ भोको।।
म मानिसको निर्मल उत्सव (मइ मानुहर अमल उत्सव)
नीरु शर्मा पराजुलीको अनूदित काव्यकृतिको पाण्डुलिपि सरसर्ती पढेर अभिभूत भएँ। मूल कृतिको विचार तथा कलात्मक शैलीलाई नबिगारीकन नेपाली भाषामा यति सुन्दर अनुवाद नीरु जस्ता पारंगत अनुवादकबाट मात्र सम्भव छ। हेरौं एउटा उदाहरण :
लुछेर शिशुका आँखा गर्भिनी युवतीको मुटु
कराउँछन श्याल कुकुर जुन देशमा
जंजीर बाँधेर हातमा जुन देशको माटोमा सधैं गणहत्या हुन्छ
प्रतिवादको भाषा खोसेर जुन देशमा मानिसको शरीर
फाँसीमा झुण्डाइन्छ
जुन देशमा विनाविद्धा शिशुहत्या विनादिद्धा गर्भवती
जननीतिर बन्दुक ताकिन्छ
मानो जन्म हुँदैन कुनै विकल्प क्षमताको
मानो जन्म हुँदैन नयाँ दिनको लागि कुनै विजय
मानो जन्म हुँदैन मानिसको कण्ठमा अचुक समय
~~~~~~~~~~~~~~~~~~~~(भोको पेट मिचेर स्वतन्त्रता खै स्वतन्त्रता)
यसै हेर्दा सजिलो देखिए पनि प्रकृतार्थमा अनुवाद गर्नु सजिलो कुरा होइन। महाकवि भर्जिलका भनाइ अनुसार हार्कियूलिसका हातबाट गदा खोस्नु भन्दा होमारका इलियाड, ओडिसी आदि महाकाव्यको अनुवाद गर्नु अझ कठिन काम हो। कुनै पनि साहित्य कृतिमा भौगोलिक परिवेश, सामाजिक व्यवस्था, रीतिथिती, जनजीवनशैली संस्कृति आदि प्रतिविम्वित भएको हुन्छ। साथै, भाषागत मौलिक कुराहरूलाई सोझै अनुवाद गर्न मिल्दैन। यस्ता यावत कुराहरू माथि ध्यान राख्नु पर्ने हुनाले अनुवाद कार्य सधैं जटिल हुन्छ। जतिनै जटिल भए पनि आदीकालदेखि अनुवाद हुँदै आएको छ अनि आधुनिक कालमा यसको प्रासङ्गिकता दिन प्रतिदिन अझ महत्वपूर्ण भएको छ।
अनुवाद एक कला हो; आत्मविास जगाउने संकल्प हो। यो आफैलाई युगसापेक्ष र विश्वजनीन बनाउने सपना हो जसलाई निरन्तर साधनाद्वारा साकार पार्न सकिन्छ। भाषा-साहित्य, आचार-विचार, व्यापार-वाणिज्य आदि यावत कुराहरू सिक्ने/सिकाउने जादूको छडी हो यो। निकट भविष्यमा अनुवादको महत्व अझ बढ्दै जाने निश्चित छ अनि यसको भूमिका अरू रचनात्मक बन्ने कुरामा शंका मान्नु पर्दैन।
हाम्रो देश भारतवर्ष बहुभाषी, बहुसांस्कृतिक धर्मनिरपेक्ष लोकतन्त्र हो। हाम्रो देशमा धेरै भाषा प्रचलित छन् अनि ती सबै भाषामा महत्वपूर्ण सिर्जनात्मक भएको छ। अनुवादका माध्यममा हामी आफ्नो देशलाई राम्ररी चिन्न सक्छौं। एवं तरिकाले हामी विश्वसाहित्य सँग पनि परिचित हुन सक्छौं। भारतीय नेपाली साहित्यमा अनुवादको विशेषस्थान रहेको छ। छविलाल उपाध्याय, किरण राई, दुर्गा खतिवडा, शान्ति थापा, पुष्पधर शर्मा, के.बी. नेपाली, खेमराज नेपाल र गीता उपाध्याय साहित्य अकादेमीको अनुवाद पुरस्कारले सम्मानित भएका छन्।
निरु शर्मा पराजुली असमीया र नेपाली दुवै भाषाकी सर्जक प्रतिभा हुनाले असमीया नेपाली, नेपाली-असमीया अनुवादमा उनको पकड दह्यो छ। नीरूजस्ता प्रतिभाशाली सर्जक अनुवादकबाट अरू पनि कृतिको अपेक्षा गरिन्छ।
24-12-2012, तेजपुर, असम
विषयसूची
- निरु शर्मा पराजुलीको “म मानिसको निर्मल उत्सव’ लाई नियाल्दा
- निरु शर्मा पराजुली कृत ‘तिर्खाएको मन केही पल’ बारे केही भन्नुपर्दा
- ‘कोसेली’ को गाँठो फुकाउन खोज्दा
- ‘निरु, यस्ता कोसेलीहरू लिएर फेरि पनि आउनु है ल!’
- अमिताभ शब्द’का दिव्य आभा फैलिंदा
- निरु शर्मा पराजुलीको हिन्दी कविता संकल्न -इन्द्रधनुषी सपनों की ओर-को प्राक्कथन
- निरू शर्मा पराजुली साहित्यमा निकै अघि बढिसकेकी लेखिका हुन्।
- सिपीभित्रको मोती खोज्न रुमलिँदा
- ‘बाँस फूलको गन्ध’ सुँघे पछि
- निरु शर्मा पराजुलीको ‘तिर्खाएको मन केही पल’ भित्र रूमल्लिँदा
- नीरूको मीठो कोसेली
- नेपालीहरूको चाड तीज र तीजगीतहरू
निरु शर्मा पराजुली कृत ‘तिर्खाएको मन केही पल’ बारे केही भन्नुपर्दा
◙ हरि गजुरेल, सभापति, असम नेपाली साहित्य सभा
असमेली साहित्यको मलिलो भूमिमा फस्टाएकी, कथा, कविता, शिशु साहित्य आदि विभिन्न विधाहरूमा कलम चलाउँदै, साहित्यलाई गतिशीलता प्रदान गर्न सक्षम, असमीया र नेपाली दुवै भाषामा प्रतिष्ठा पाइ सकेकी, उज्वल प्रतिभा हुन्, निरु शर्मा पराजुली। ‘स्वप्न एटि मुक्त आकाशर’ (कथा सङ्कलन), ‘कविताइ मोर बुभुक्षा’ (कविता सङ्कलन), ‘बगी बरमार बारी’ (शिशु कविता संग्रह), “माथो प्रेमर वावे एमुठि अनुभव’ (कविता सङ्कलन) आदि असमीया भाषामा प्रकाशित कृतिहरू, अनि ‘भोकमा कोरिएका शब्दहरू’ (नेपाली कविता सङ्कलन) प्रकाश गरेर, असमीया र नेपाली दुवै भाषामा साहित्य सृजना गर्दै – पूर्वाञ्चलको साहित्यिक घडेरीलाई टेवा दिने उनको प्रचेष्टा सधै प्रंशसनीय छ, सह्यानीय छ। उनका रचना सामग्रीहरू अध्ययन गर्दा के कुरो प्रष्टिन्छ भने, उनमा केही गरौं भन्ने भावना छ, प्रयोजनीय आवेग छ, चेतनापुष्ट अनुभूति छ, अनुभूतिलाई प्रकाश गर्न सक्ने दक्ष्यता र लगनशीलता छ, आत्मबल छ अनि सबल मानसिकतापुष्ट व्यक्तित्व छ। केही दिन अघि उनले ‘तिर्खाएको मन केही पल’ शीर्षक 50 कविताहरूको संग्रहित एउटा पाण्डुलिपि ल्याएर मलाई दिंदै, यसमा सङ्ग्रहित कविताहरू हेरि दिएर यसबारे दुइचार शब्द लेखि दिने आग्रह गरिन, मैले ‘भ्याउँदिन’ अथवा ‘सक्तिन’ भन्न सकिन। फुर्सत निकालेर यहाँका कविताहरू आद्योपान्त पढें, जानेसम्म वर्ण शुद्धी गरी दिएँ। तर कविताको बारेमा आफ्नो मतामत व्यक्त गर्न भने मलाई अप्ठ्यारो परो। समीक्षात्मक रूपमा कविताको सेरोफेरोमा डुबुल्की मारेता पनि कविताको समीक्षा गर्न नसकिने चेतावनीले मलाई झकझकाई रहेको अनुभव गरेको छ। कला र कवितामा कलाकार र कविका निजस्व अनुभूति हुन्छन्, उनीहरूका आफ्ना अनुभवले बटुलेका भावनाहरू श्रृङ्खलित रूपमा सजाएर व्यक्त गरेका हुन्छन् आफ्नै पाराले। तर यसो भनेरनै कविताको समीक्षानै नगर्नु हो भने, साहित्य सिद्धान्त, काव्यशास्त्र आदिको कामै के हो त, किन चाहियो यि सबैथोक? त्यसैले कवितालाई पनि विभिन्न रूपले हेरिएकै छ, हेरिन्छ, हेर्न सकिन्छनै, शास्त्रीय सिद्धान्तका आधारमा।
मानव जीवनका स्पृहा, आशा-आकाङ्क्ष्या, सुख-दुख, रूवाई-हँसाई, प्रेम-विच्छेद अनि दैनन्दिन जीवनयात्राको साँचो तस्वीरनै साहित्य हो भने, अनि कवितापनि साहित्यकै अङ्ग भएको हुँदा यी सबै बारेको आफ्नो उपलब्धिलाई लयोल्लासपाराले गरिएको मूर्त प्रकाशनै कविता हो भन्न सकिन्छ। आफू बाँचेको समाजलाई देशलाई र हुर्किएको धरतीलाई, कुनै पनि कवि अथवा साहित्यकारले पन्छाउन नसकेझैं, निरुले पनि पन्छाएकी छैनन उनको कविताहरूमा। समाज व्यवस्थासँगै आधारित उनका जीवनका प्रत्येक पाइलाहरू, प्रत्येक क्षणहरू, प्रत्येक अनुभूतिहरू, कल्पनाका आँकुराहरू, यसै अनुरूपनै आफ्ना कविताहरूमा फस्टाएका छन्। आफ्नो भावनालाई, उनकै ह्मदयको आरनमा, अनुभवको हत्यौडाले समेटेर, शैली, र शिल्पलाई गोडमेल गर्दै शब्दहरूलाई कविताको रूपमा सजाएकी छन्, निरुले यस कविता संग्रहमा संग्रहित कविताहरूमा।
आजको भोगवादी समजाव्यवस्थामा बाँच्नु पर्ने बाध्यता र बाँच्नको लागि आइलाग्ने कठिनता, सांसारिक जटिलताको उपलब्धि, समाज-व्यवस्थाको कठाङ्ग्रीएको स्थिति, मानव अस्तित्वको शङ्कित धारणा, यान्त्रिक सभ्यताले गर्दा थिलथिलिएको मानवता, वैज्ञानिक उन्नतिसँगै सहज उपलब्धि मरणास्त्रहरूको सन्त्रास, सामाजिक विभाजन तथा विसङ्गति आदि विषयहरूनै यस संग्रहमा संग्रहित कविताहरूमा पाइन्छ। मानव सभ्यताको विकाससँगसँगै जीवनधारणका आधारहरूमा परिवर्तन आयो, मानिसको जिज्ञासु प्रवृति बढ्दै गयो, अरूलाई लखेटेर आँफै अघि बढौं आदि भावनाहरू विकसित भए मानवमा, आँफैलाई जीवश्रेष्ठ सम्झिने मानिस परस्परमा घमासान मच्चाउन थालो, ‘म खाउँ मै लाऊँ’ को भावनामा चुर्लुम्म डुब्यो, तर, जीवन के हो? यसको चरम उत्कर्ष कहाँ छ, कसलाई जीवन भन्नु, आदि जीवन सम्बन्धी यी रहस्यहरू प्रहेलिकामय बनिरहे। यस्तै यस्तै कठाङ्ग्रिएको स्थितिमा जीवनको अर्थ खोज्न पुग्दछिन् निरु आफ्ना कवितामा –
‘जीवन
कहिलेइ नमेटिने एउटा तृष्णा हो
अर्थपूर्ण छँदाछँदै
गर्न सकिदैन कहिलेइ जीवनको व्याख्या’
~~~~~~~~~~~~~~~~~~~(असीम तृष्णा)
जीवन तृष्णा मात्रै हो र? जीवनको पूर्णता छ, तर पूर्णता प्राप्तिको निम्ति साधना अनि संग्रामको खाँचो हुन्छ, धैर्य र तपस्याले मात्रै जीवन सार्थक बनाउन सकिन्छ भन्ने भावना व्यक्त गर्दै ‘जीवन शीर्षक कवितामा लेख्न पुग्छिन् उनी —
‘जीवन एउटा परीक्षा हो
आफुले आँफैलाई लिइने
जीवन एउटा तपस्या हो
धैर्य साथ सहन गर्ने।’
~~~~~~~~~~~~~~~(जीवन)
भने, आफूलाई श्रेष्ठ भन्ने मान्छेले आँफैले जानेरै होस् अथवा नजानिकनै होस्, आफू बाँचेको समाजलाई, आफू जस्तै मान्छेलाईनै छताछुल्ल बनाउन खोजेको देख्दा मान्छेकै सिकार गरेको अनुभव गर्न पुग्दछिन्, आफूजस्तै मान्छे माँरिदा पनि स्वार्थको माखेसाङलोमा बेरिएर चुप्प लागेको निर्लज्ज मानव जमात देख्दा छक्क पर्दै सिंहले अट्टहास गरेको अनुभव गर्न पुगेकी छन् भने, सत्य र सुन्दरको भावनामा रमाउनु पर्ने मानव सभ्यता, हत्या र हिंसाको तातो रापमा पिसुल्टिएको अनुभव गर्दै लेख्दछिन् —
‘विष्फोट र आतङ्कको डडेलाले
पिसुल्टिएको छ मुटु।’
~~~~~~~~~~~~~~(बन्दी)
यहाँ बाटो छैन प्रकाशको, अवरूद्ध छ जन-चेतना अवगुण्ठीत भावनामा निःसासिएको छ समाज व्यवस्था, द्वन्द अन्तद्र्वन्दमा थिलथिलिएको छ मानव मष्तिस्क, खप्न नसकेर भौताँरिएकी छन् निरु, प्रकाशको बाटो खोज्दै भित्रभित्रै गुम्सिएको भावना कसले देख्ने – त्यसैले –
‘बनमा डढेलो लागेको देख्छन् सबैले
मनको डडेलो देखाउनु कसलाई!’
~~~~~~~~~~~~~~~~~~(बन्दी)
भन्दै न्यानो बिहानले सुन्दरता ल्याउनु सट्टा, हिंसा र संत्रासको अँध्यारो छरिएको देख्दा, मानव सभ्यतानै बन्दी भएको अनुभव हुन्छ उनलाई।
आजको भोगवादी सभ्यतामा झाङ्गिएको कृत्रिमताले गर्दा, आफ्नो करणीय भन्दा पर भागी रहेको मान्छे देख्दा, प्रकृति पनि उकुस-मुकुसिएको अनुभव गर्दै –
‘समलैंगिकहरूको उज्वल हाँसोमा
प्रकृति खिन्न छिन
कतै सृष्टि त रोंकिदैन?
~~~~~~~~~~~~(समय चक्र)
भन्दै आफ्नो भावना व्यक्त गर्न पुगेकी छन्, भने, सामाजिक विकृतिले गर्दा मानव सभ्यतानै ध्वंस हुन थालेको अनुभव गर्न पुगेकी छन् उनी। धमीरो लागेको मानव सभ्यताको यस्तो रूप देख्दा, पगाल्दा नपग्लीने, नचटपटिने ढुङ्गो जस्तै कठिन हुँदै विद्रोहको दावानल सल्काउन खोज्छिन। चाहे जड भनुन, बोल्न नसक्ने भनुन, आत्मबलले महियसी बन्दै कृत्रिम सभ्यतालाई ध्वस्त बनाउने संहारको आगो बन्दै विद्रोहको आगो ओकल्न चाहन्छिन् —
‘ममा पनि
सम्भावना छ
स्फूलिङ्ग छ
एकछिनमा बनि दिन सक्छु
संहारको अग्नि म।’
~~~~~~~~~~~~(अन्तर्ज्योति)
तर वित्यास, संहार र ध्वंसात्मक विद्रोह पनि विश्व संरचनाको निम्ति काम्य नभएको हुँदा, आत्मसंयमको प्रयोजनीयता स्वीकार्दै ज्ञानको पवित्रताले उज्यालो पनि चाहन्छिन्। ‘तमसोमा ज्योतिर्गमय’को भावना लिएर उनी व्यक्त गर्छिन् —
‘तर! आत्मसंयमको मन्त्र जप्दै
बन्न चाहन्छु यज्ञको
पवित्र अनल
जनकल्याणको अनुभूति
आत्मसात् गर्दै।’
~~~~~~~~~~~~(अन्तर्ज्योति)
वर्ग विभाजित समाज-व्यवस्थामा, स्वार्थान्ध मान्छेले, स्वार्थ सिद्धि गर्न जे पायो त्यही गरेको छ। शोषक, सामन्तका शब्दकोषमा दया, ममता आदि शब्दहरू भेटिदैनन, मृत्युको विभिषीकाले रक्ताम्मेहोस् उसको आँगन, उसलाई लुतो न कनाई, ऊ जान्दछ केवल आफ्नो स्वार्थ, निरुका आँखाले देखि सकेको छ यो भावना —
‘लोभी आँखा टल्काउँदै
स्वादे जिब्रो पडकाउँदै
बन्दै जान्छ षडयन्त्रका जालहरू
अझ अरू धेरै निरीहलाई पार्न पाशोमा।’
~~~~~~~~~~~~~~~~~~~~(रमिता)
प्रकृतिको सृष्टिमा सबै समान, तर व्यवस्थाका कठपुतली मान्छेले स्वार्थ सिद्धिको क्रममा छुत-अछुत, साना-ठूला, उच्च-नीच यसरी आँफैलाई विभाजित गरे। तगारोलाई सबैले छुन सक्छन्, जीवश्रेष्ठ कहलाउने मान्छेले, अछुतलाई छिः छिः दुरदुर गरेको छ, कस्तो विडम्बना, सहन सक्दिनन् कवयित्री यस विसङ्गतिलाई, विवशता पोख्छिन् यसरी —
‘हे कठोर, तिमी जड भएर पनि यति पवित्र
तर म जिवीत भएर पनि यति अपवित्र
तिमीले त रोजेका थियौ, एकै नाशे मानिस,
फेरि पवित्र र अपवित्रको तगारो किन?’
~~~~~~~~~~~~~~~~~~~~(तगारो)
यसरीनै, आँफैंलाई सभ्य कहलाउने मानव आफ्नै उद्देश्यको प्रतिफलन गराउन मानवताको हत्या गर्न तम्सिएको देख्दा, आजको कृत्रिम – यान्त्रिक सभ्यताप्रति, संग्रहित सबै जसो कविता मानै नाखुश देखिन्छिन्। एकातिर सभ्यताको अग्रगति विज्ञानको उन्नति, अर्कातिर डढेलो लागेको मानवता कस्तो विडम्बना! निरुका अनुभूतिमा तीव्रता छ, उनका चङ्ख आँखाले यिनै कुराहरू टिपि राखेका छन्।
यस सङ्ग्रहमा संग्रहित – ‘वन्दी’, ‘जीवनदर्शन’, ‘समयचक्र’, ‘चर्तिकाला’, ‘नवजन्म’, ‘वेदनाको आँच’, ‘निद्रा’, ‘तिमी’, ‘चमजुम्रो’, ‘गतानुतिक’, ‘परिणाम’, ‘तिर्खाएको मन केही पल’, ‘एउटाकथा माकुराको’ आदि कविताहरूले, प्रथम र दोस्रो विश्वयुद्धको ध्वंशात्मक परिणतिले मानिसमा जन्माएको स्वार्थान्ध भावना, आधुनिकताको नाममा आएको विकृत आदि विषय बोलेका छन् भने, ‘त्रास’, ‘अट्टहास’, ‘भौंतारिन्छ ह्मदय अमृतको आशामा’, ‘अमानवीय’ आदि कविताहरूमा, सन्त्रासले थिल्थिलिएको समय, अनि मानव-सभ्यतामा आएको यसको कु-परिणामको साँचो तस्वीर उतार्न सक्षम देखिन्छिन्। यसरीनै, ‘व्यथा विवशताको’, ‘पारखी हृदय’, ‘पर्खाल’, ‘चेतना सृजनाको’, ‘रमिता’, ‘तगारो’ आदि कविताहरू स्वार्थ सुरक्षित राख्ने उद्देश्यले मानव सभ्यतामा सृष्टि गरिएको वर्गविभाजनका उत्कृष्ट उदाहरण हुन् भने, ‘आकर्षण’, ‘अभिलाषा’, ‘एउटा कथा माकुरीको’, ‘तीर्खाएको मन – केही पल’, ‘परिणाम’, ‘वेदनाको आँच’, ‘अट्टहास’, ‘अन्तर्ज्योति’, ‘तगारो’, ‘रमिता’, ‘असीम तृष्णा’ आदि कविताहरू अत्याधुनिक भाव शैलीका सुन्दर र सार्थक सृष्टि हुन भन्न सकिन्छ। एक्काइसौं शताब्दीको यांत्रिकतामा रूमल्लिएको मान्छे, आज आँफैलाई नचिन्ने भएको छ, विश्वायनको फलस्वरूप भोगवादी धारणामा रमरमिदै कृत्तिम बन्न पुगेको छ मान्छे। प्रकृतिको न्यानू आँगनमा रमाउन चाहेर पनि रमाउन नसक्ने भएको छ ऊ। हिजोसम्म शहर थिचिएको थियो कंकृटको सभ्यताले भने, आज शहर र गाउँ एक भै सकेकाछन् यान्त्रिकताको फैलावटले। प्राकृतिक रम्यतामा रमाउने गाउँ आज कृतिमताको अक्सिजेन लिएर बाँच्न पुगेको देख्छिन् कवयित्री। ‘फर्किएर हेर्दा’, ‘चियाको बुटाले मासि दिंदा फूल र पुतलीका रहरहरू’, ‘बुझेउ साथी’, ‘कानेगुजी’, ‘चाहना’, ‘मनोकामना’ आदि कविताहरूले बोलेका छन् भने, ‘युद्ध एक उपलब्धि’, ‘यसबाजी बाढीमा’, ‘प्रतिकार’ आदि कविताहरूले विज्ञानको चरम उत्कर्ष र नयाँ नयाँ क्षेपनास्त्रहरूको आविष्कार तथा प्रथम र दोरुाो विश्वयुद्धमा थिलथिलिएको मानव सभ्यता अनि मानव सभ्यतामा परेको युद्धको प्रभाव शस्त्रहरूको होडवाजीले गर्दा रनभुल्लमा परेको मानवतावाद आदि विषयहरूलाई व्यक्त गरेका छन्। यसरीनै, हात्तीका देखाउने र चबाउने दुई खाले दाँत भएझैं बाहिर एक थोक भित्र अर्कै बनि हिंड्ने आजका मुखौटा धारिहरूको सही स्वरूप ‘प्रतिकार’, ‘मुखौटो’, ‘विवशता’, ‘चिन्तन’ आदि कविताहरू प्रस्तुत गर्न सफल भएकी छन्।
पितृतान्त्रिक समाज-व्यवस्थाले गर्दा नारी र पुरुषको बीचका व्यवधान बढेको भारतीय सामाजिक परिवेश अनि रूढी र अन्धविश्वासले जन्माएका बोक्सी, डाइनी जस्ता पाशविक व्यवस्थाहरूका निम्ति, समाजव्यवस्था मात्रै दोषी नभएर नारी आफैंनै दोषी हुन भन्ने धारणा ‘चिन्तन’, ‘मुखौटो’ आदि कविताले बोलेका छन्। यसरीनै —
प्रतीकको अवतारणा, परोक्ष सूचना र तीर्यक प्रकाश आदि आङ्गिक उपकरणहरू आजका कविताका विशेषता भएता पनि, पाठकको बोधगम्यता प्रति ख्याल गर्दै सबैले बुझ्न सक्ने, सजिला शब्दहरू र सजिला प्रतीकहरूको प्रयोग निरुको आफ्नै विशेषता हो भन्न कर लाग्छ। ‘मैदलको काँडो’, ‘दाँत भाँचिएको काइँयो’, ‘तगारो’, ‘चमजुम्रो’, ‘माकुरो’, ‘फटेङ्ग्रो’, ‘जुनकिरी’, ‘हरियो झिंगो’, ‘चिम्टा’, ‘कानेगुजी’, ‘धुवाँ’, ‘पुतली’, ‘मौरी’ जस्ता प्रतीक प्रयोग गर्दै उनले, भाषा र शैलीको विन्यास गर्न चेष्टा गरेको अनुभव हुन्छ।
अन्त्यमा उनका कविताहरूले, नेपाली साहित्यको इतिहासमा, स्थान पाउन सकुन, उनको कलम नरोकियोस् साहित्यको फूलवारीमा उनी मगमगाइ रहुन भन्ने कामना गर्दै —
गोलीया, विश्वनाथ चाराली, शोणितपुर, असम
विषयसूची
- निरु शर्मा पराजुलीको “म मानिसको निर्मल उत्सव’ लाई नियाल्दा
- निरु शर्मा पराजुली कृत ‘तिर्खाएको मन केही पल’ बारे केही भन्नुपर्दा
- ‘कोसेली’ को गाँठो फुकाउन खोज्दा
- ‘निरु, यस्ता कोसेलीहरू लिएर फेरि पनि आउनु है ल!’
- अमिताभ शब्द’का दिव्य आभा फैलिंदा
- निरु शर्मा पराजुलीको हिन्दी कविता संकल्न -इन्द्रधनुषी सपनों की ओर-को प्राक्कथन
- निरू शर्मा पराजुली साहित्यमा निकै अघि बढिसकेकी लेखिका हुन्।
- सिपीभित्रको मोती खोज्न रुमलिँदा
- ‘बाँस फूलको गन्ध’ सुँघे पछि
- निरु शर्मा पराजुलीको ‘तिर्खाएको मन केही पल’ भित्र रूमल्लिँदा
- नीरूको मीठो कोसेली
- नेपालीहरूको चाड तीज र तीजगीतहरू
‘कोसेली’ को गाँठो फुकाउन खोज्दा
◙ खड्ग बहादुर कौशिक, चान्दमारी, तेजपुर, असम
…. नानी केटा केटिको शारीरिक गठनमा जसरी पौष्टिक खान पानको जरुरी हुन्छ, उसरीनै बौद्धिक विकासको खोराक दिने काम गर्छ शिशु साहित्यले। यस्तो स्थितिमा बिचार गर्दा नेपाली साहित्य जगतमै शिशु एवम् बाल उपयोगी साहित्यको खाँचो छैन भन्न सकिदैन। झन पूर्वाञ्चल अथवा असम भेकमा त छैन बराबर नै छ। त्यसो भन्नाले यहाँ त्यसको थालनी नै भएको छैन भन्न खेजेको होइन। विशिष्ट साहित्यकार गीता उपाध्याय, स्वर्गीय अग्नि बहादुर छेत्री, मुन्नी सापकोटा आदिले शिशु साहित्यमा योगदान दिएको देखिन्छ। अवश्ये यसलाई शुरूआति प्रक्रिया मात्र भन्न सकिन्छ। साँचो भन्नु हो भने असममा नेपाली शिशु साहित्य शिशुकालबाट उक्सन सकेको छैन। प्रयास भने जारि छ। यो कुराको पुष्टाई यो घडी मेरो सामु रहेको निरु शर्मा पराजुलीको ‘कोसेली’ले गरेको छ। ‘कोसेली’ यो नेपाली भाषाको यत्ति मिठो र ताकतिलो शब्द हो! भन्ने कुरा आधा भन्दा बढि चै यसले गाँठो फुकाई नसकि भनिसक्छ। नानी केटा केटी देखि बुढा पाका सम्म ‘कोसेली’ भनेको सुन्दा कान ठाडा पार्छन्। यहाँ प्रस्तुत यो ‘कोसेली’ खोल्दा मलाई पनि कता कता यस्तै उपलब्धि हुँदैछ। कोसेलीको पोकाको यो गाठो खोल्न मात्र सक्छु। रसस्वादन गर्ने चैं काम आ-आफ्नो। यहाँ एउटा कुरा स्वीकार्नै पर्छ, निरु शर्मा पराजुलीका कवितासँग मेरो परिचय भएको यस्तै सात-आठ वर्ष पुग्न लागेतापनि साक्षत भेट भने, हिजो मात्र भएको हो। अहिले उनका कृति आफूखुशि पढ्ने मौका पाएको छु। जसका निम्ति धन्यवाद। निरु शर्मा पराजुली नेपाली र असमीया दुवै भाषामा बराबर कलम चलाउने एक सशक्त साहित्यिक हस्ताक्षर हुन्। यो मेरो मात्र भनाई होइन। साहित्यमा सम्यक रूची राख्ने सबैको उपलब्धि हो। यत्ति चै विश्वासले भन्न सकिन्छ। सायद यसैले होला उनमा छुपेको सर्जक हुने प्रतिभा मैले उनका दुई एक कविता बाटनै पाएको हुँ। जो मैले तेजपुरबाट प्रकाशित ‘चिन्तन’ पत्रिकामा प्राय चारवर्ष अघिनै उल्लेख गरिसकेको थिए।
अति अल्प समय अवधिमा ‘कोसेली’को गाठो फुकाई दिने अविभारा आई लाग्यो। जुन काम गर्ने आफ्नो बानि थिएन। फेरि पनि बैनीको आग्रह र ‘कोसेली’को लोभले गाठो खोल्न तम्सेको छु। नत्र साहस नै कहाँ पुग्ने थियो होला र? ‘कोसेली’ झ्याउरे लोक छन्दमा श्रृङ्गारिएको छ। हाम्रो लोक परम्परा, लोक संस्कृति, लोक भावना आदिले बनिएको स्वादिष्ट व्याञ्जन भएको छ यो ‘कोसेली’। धेरै नुन् भुटुन, धेरै गुलियो नहाली, ठिक्क सरल बनौटले बनाइएको हुनाले शिशु, युवा देखि बुढा पाका सबैले पचाउने रूचाउने भएको छ ‘कोसेली’। यो निःसन्देह भन्न सकिन्छ। यहाँ शिशु मनस्तत्व (child psychology) लाई उपलब्धि गर्न निरु शर्मा पराजुली धेरै हद तक सफल भएको पाइन्छ। यहाँ ‘कोसेली’का दुइ पंक्ति मात्र मैले चाखेर बाकी पाठकलाई छाडि दिएको छु। प्राकृतिक सोन्दर्यसंग नानीहरूको शिशु अवस्था एवम् उनीहरूको हर्ष उल्लासका अनुभूतिहरू, कसरी गाँसिएको हुन्छ। त्यो कुरा यो पंक्तिले कति सुन्दरताले छर्लाङ्ग पारेको छ।
यसरी —
तोरीबारी पहेंलपुर
तोरी फुलेर
बाबा आमा आई पुगे
शहर घुमेर।
हुनत आजका शहरीमा नानी केटाकेटिले गाउँको यो मधुर चित्रण कसरी अनुभव गर्लान? जसले ‘हर बर तोरि फुलो’ भनेर तोरि बारिका छेउमा उभिएर भन्ने मौका नै पाएकै छैनन्। कति सजीव ग्राम्य चित्रण छ यो। अव मात्र एउटा पंक्तिले बिट मार्नु पयो यो भनौटको पनि — कविकै कविताले —
कमलकोटीले गुँड बनायो
ओसारेर माटो
सानो भाइ पढि लेखि
भयो धेरै बाठो।
यो पंक्ति पनि कति सरल कति अर्थपूर्ण छ। अलिअलि गरि संग्रह गरेको माटोले कमलकोटीले आफूलाई सुरक्षित राख्न घर बनाएर पनि नानी केटाकेटीलाई ठूलो प्रेरणा दिने गर्छ। कमलकोटी सरह समयमा पढाई लेखाईमा ध्यान दिने हो भने, कसैले पनि आफ्नो जीवन सुगम र सफल पार्ने कुरा अथवा नानीहरूलाई वि·ा चिन्ने कुरामा उर्जाको काम गर्छ। कतिपय क्षेत्रमा आफ्नै भेकलाई प्रकाश पार्न सकिने थियो। जस्तै कोशी किनार नपुगि ब्राहृपुत्रको किनार पुग्दा हुने थियो। डाफै मुनाल नचिनाएर हाम्रै डुकुर, भँगेराबाट चिन्हारीको शुरूआत गर्न सकिने थियो। रानी बन भन्दा काजिरंगा, मानस बनलाई लिंदा नानी केटाकेटीलाई बुझ्न अझ सजिलो हुने थियो कि? अवश्ये यो मेरो व्यक्तिगत विचार मात्र हो।
अन्तमा बैनी निरु शर्मा पराजुलीमा सृजनशील प्रतिभाको कमि छैन। चाहिने प्रयास उर्जा छ। केवल प्रयासमा कमि नरहोस्। साहित्य संसारले भने जस्तो कृति पाउनेनै छ। निरु शर्मा पराजुलीलाई यो घडी यतिनै भन्नु छ —
विषयसूची
- निरु शर्मा पराजुलीको “म मानिसको निर्मल उत्सव’ लाई नियाल्दा
- निरु शर्मा पराजुली कृत ‘तिर्खाएको मन केही पल’ बारे केही भन्नुपर्दा
- ‘कोसेली’ को गाँठो फुकाउन खोज्दा
- ‘निरु, यस्ता कोसेलीहरू लिएर फेरि पनि आउनु है ल!’
- अमिताभ शब्द’का दिव्य आभा फैलिंदा
- निरु शर्मा पराजुलीको हिन्दी कविता संकल्न -इन्द्रधनुषी सपनों की ओर-को प्राक्कथन
- निरू शर्मा पराजुली साहित्यमा निकै अघि बढिसकेकी लेखिका हुन्।
- सिपीभित्रको मोती खोज्न रुमलिँदा
- ‘बाँस फूलको गन्ध’ सुँघे पछि
- निरु शर्मा पराजुलीको ‘तिर्खाएको मन केही पल’ भित्र रूमल्लिँदा
- नीरूको मीठो कोसेली
- नेपालीहरूको चाड तीज र तीजगीतहरू
‘निरु, यस्ता कोसेलीहरू लिएर फेरि पनि आउनु है ल!’
◙ डा. जमदग्नि उपाध्याय
बाल साहित्यको विकास नेपाली साहित्यमा सारै पछि परेको देखिन्छ। असम लगायत पूर्वाञ्चल भारततिर ता यो झन फस्टाउन सकेको छैन।
देशमा जनसङ्ख्याको एक-तृतीयांश हुने गर्छन् बालख र किशोरहरू। यिनी भविष्यका नागरिकहरू सर्वाङ्ग सुन्दर हुनु हाम्रो काम्य हो। यिनीहरूलाई जीवनको यो चरणमा जसरी शारीरिक बर्धनको लागि सन्तुलित पौष्टिक आहारको आवश्यकता हुन्छ, त्यसैगरी बौद्धिक विकासको लागि पनि मानसिक खुराकहरूको अति जरुरी हुने गर्छ। यस्ता मानसिक खुराकहरूमध्येको एक अन्यतम ठूलो उपादन हो बाल साहित्य।
असमकी कवियत्री – जो नेपाली र असमिया दुवै भाषामा बराबर कलम चलाउने गर्छिन् – उनी बाल साहित्यको क्षेत्रमा पनि अब ओर्लिएकी छन्। यसपालि उनी हाम्रा तमाम नानीहरूको बीच आएकी छन् साना साना तीन कोरी जति रोचक अनुप्रासी पद्यहरूको एउटा रहर लाग्दो कोसेली लिएर; यिनीहरूलाई रमाउन भनेर।
साँचै नै यो कोसेली खोलेर हेरेपछि यिनीहरू रमाउने छन् अनि भन्ने छन् – ‘निरु दिदी, यस्ता कोसेलीहरू लिएर फेरि पनि आउनु है ल!’
मिति : 01/03/2012, धेमाजि (असम)
विषयसूची
- निरु शर्मा पराजुलीको “म मानिसको निर्मल उत्सव’ लाई नियाल्दा
- निरु शर्मा पराजुली कृत ‘तिर्खाएको मन केही पल’ बारे केही भन्नुपर्दा
- ‘कोसेली’ को गाँठो फुकाउन खोज्दा
- ‘निरु, यस्ता कोसेलीहरू लिएर फेरि पनि आउनु है ल!’
- अमिताभ शब्द’का दिव्य आभा फैलिंदा
- निरु शर्मा पराजुलीको हिन्दी कविता संकल्न -इन्द्रधनुषी सपनों की ओर-को प्राक्कथन
- निरू शर्मा पराजुली साहित्यमा निकै अघि बढिसकेकी लेखिका हुन्।
- सिपीभित्रको मोती खोज्न रुमलिँदा
- ‘बाँस फूलको गन्ध’ सुँघे पछि
- निरु शर्मा पराजुलीको ‘तिर्खाएको मन केही पल’ भित्र रूमल्लिँदा
- नीरूको मीठो कोसेली
- नेपालीहरूको चाड तीज र तीजगीतहरू
अमिताभ शब्द’का दिव्य आभा फैलिंदा
◙ ड. जगन्नाथ उपाध्याय
निरु शर्मा पराजुलीलाई असमका नेपाली अनेपाली साहित्य जगतमा नचिन्ने र नजान्ने कोही छन् जस्तो मलाई लाग्दैन। असम भित्र मात्रै नभएर सर्वभारतीय प्रर्यायमा र नेपाल राष्ट्रमा पनि उनले आफ्नो चिन्हारी दिसकेकी थिइन्। ‘असमीया भाषा विज्ञान’ र ‘असमीया साहित्य’ मा गुवाहाटी विश्वविद्यालयबाट स्नातकोत्तर साथै ‘नेपाली साहित्य’मा पनि स्नातकोत्तर डिग्री तथा असम राष्ट्रभाषा प्रचार समितिबाट हिन्दी विषयमा ‘विशारद’ हासिल गर्ने निरु शर्मा पराजुलीले यही विश्वविद्यालयबाटै ऐनमा स्नातकोत्तर डिग्री लिएर गुवाहाटी उच्च न्यायालयमा अधिवक्ताका रूपमा कार्यरत थिइन्। सानैदेखि उनले नेपाली, असमीया र हिन्दी भाषामा कलम चलाउँदै आएकी थिइन्। तर विगत 27 आगष्ट, 2023 मा उनको असामयिक निधन भएको थियो। मात्रै 55 वर्षको उमेरमा उनले मौलिक र अनुवाद गरि 24 थान पुस्तक लेखेर एकप्रकार रेकर्ड नै गरेकी थिइन्। नेपालीमा भन्दापनि उनको असमीयामा अधिक कलम चलेको तथ्य उनका कृतिहरू नियाल्दा थाहा लाग्छ। कृतिका रूपमा उनको पहिलो कृति थियो सन् 2004 मा प्रकाशित ‘स्वप्न एटि मुक्त आकाशर’ (स्वप्न एउटा मुक्त आकाशको) नामक असमीया कथा सङ्कलन।
यद्यपि अनुवाद साहित्य सन्दर्भमा विभिन्न जनका मतामत भिन्न देखिन्छन्। जस्तै स्पेनिश दार्शनिक खोसे अर्टेगा गेसेटका भनाइमा – “अनुवाद सम्भव हुँदैन। किनभने लेखकको आफ्नै शैलीले अनुवादका लागि जटिलता सृष्टि गर्छ किनकि कहिलेकाहीं लेखकका आफ्नै तरिकाका शब्द एउटाले त्यसको स्वाभाविक अर्थ भन्दा छुट्टै अर्थ बुझाउन सक्छ, ती माथि प्रत्येक भाषाकै आफ्नै शैली छन् जुन अन्य भाषाभन्दा छुट्टै हुन सक्छ।” अर्का एकजना अमेरिकी लेखक पल गुडमेनको भनाइमा “To translate, one must have a style of his own, for otherwise the translation will have no rhythm or nuance”. अरू एकजना अमेरिकी लेखक Usrula K. Le Guin ले त यस्तो पनि भने -“Translation is entirely mysterious”. फेरि कतिपयले अनुवादकहरूको कार्यले मौलिक लेखकलाई हत्या गर्ने प्रयास गरेको पनि भन्न हिचकिचाएका छैनन्। तरपनि वर्तमान अनुवाद साहित्यलाई एकले अर्काको भाषा, संस्कृति, रीतिरिवाज आदि बारेमा प्रचार प्रसार गरेर जनप्रिय बनाउने प्रयास र यस्तो कार्यले सबैका साहित्यलाई धनी नै बनाउँछ भन्ने आशा गरेका छन्। हाम्रो प्राचीन संस्कृत भाषामा रचित बृहत ग्रन्थहरू जस्तै- महाभारत, रामायन, श्रीमद्भगवत्गीता आदि विश्वका विभिन्न भाषामा अनूदित भैसकेका छन्। त्यस पछि यस्ता अनुवाद कार्य विश्वका प्रायः जसो साहित्य मैं विस्तृत रूपमा भएका छन् र यस्तै प्रक्रिया बिच प्रत्येक भाषा साहित्यका ठुल्ठुला ग्रन्थहरू आ-आफ्नो सिमाना अतिक्रम गरेर विश्व दरवारमा समादृत हुन सफल भएका छन्। अनुवाद साहित्य प्रति सकारात्मक तथा नकारात्मक दुवै खाले मन्तव्य दिएता पनि हिजोआज विश्वकै प्रायः देशका साहित्य प्रेमीहरूले अनुवादलाई साहित्यको एउटा विधाको रूपमा अपनाइसकेका छन्।
निरु शर्मा पराजुलीका कथा, कविता र अनुवाद मिलाएर 16 थान कृति असमीया भाषामा प्रकाशित भएका छन्, जस्मा असमकी वरिष्ठ कवि, साहित्यिक डा. निर्मलप्रभा बरदलैको कविता सङ्ग्रह ‘अमिताभ शब्द’ पनि रहेको छ। यसमा मोठ 29 ओटा कविता छन्। यो पुस्तकलाई गाङ्मौ प्रकाशनले प्रकाशित गरको छ र यसको मूल्य रू. 200 लेखिएको छ। मुद्रक प्रधान अफसेट्, भरलुमुख, गुवाहाटी (असम)। यस्मा समावेश भएका कविता यसप्रकार छन् – अँध्यारो र उज्यालोको खेल, शब्द अनि शब्द, रूपान्तरको गीत, अनन्त अन्वेषण, उदास प्रहर, साँगुरो तोरण, रक्ताम्मे प्रहरमा, आँसुको प्रहर, एउटा एवस्ट्रेक्ट कविता, मूर्त-अमूर्त, अनन्य चेतना, साकार-निराकार, म अभिनव तन्त्र, नीलाभ दर्शन, अपेक्षाको प्रहर, नसुनेको विलाप, त्यही उज्यालो, नि:शब्द शब्द, शब्दको वर्ण, अहिले निर्जनता, वसन्त वर्षा शरत, महानगरीको बिहु (1), महानगरको बिहु (2), महानगरीको बिहु (3), वर्षाको आश्चर्य स्वाद, बादलको नटुवा नाच, शारदी, शारदी (2) र शारदी (3)।
कविता सङ्कलनको शीर्षकलाई मध्यनजर मूल कवि बरदलैले 3 ओटा कविता लेखेकी छिन् भने महानगरीको बिहु नामका 3 ओटा र शारदी नामका 3 ओटा कविता पुस्तकमा छन्। पहिलो कविता ‘अँध्यारो र उज्यालोको खेलमा’ शब्दको महत्व कस्तो छ, शब्दमैं छ बिचित्र जगत, शब्दमा छ उपलब्धि, उत्तेजना, विश्वास, विषाद, आश्वसन, आरोहण इत्यादि। निरु शर्मा पराजुलीले गरेको अनुवाद कार्य खास नेपाली शब्दहरूले सजाएका हुनाले मौलिक कविता जस्तै लाग्छन्। ‘शब्द अनि शब्द’ शीर्षक कवितामा निरुले शब्दको असीम तेजले सबैलाई स्पर्श गरेको छ भन्दै लेखेकी छन् –
…. खोज्दछु अमिताभलाई
खोज्दछु आदित्यवर्णलाई
खोज्दछु नीलाञ्जनलाई
कहाँ छौ तिमीहरू?
म नीलो हुन चाहन्छु
म सुनेउनो हुन चाहन्छु
म शरीर भष्म गर्न चाहन्छु
शब्दमा यत्रो तेज
शब्दमा यत्रो आगो!
महानगरीको बिहु शीर्षकमा 3 ओटा कवितामा कविले वसन्त ऋतुमा अरण्य माँसिदै जानाले काफल चरीले विलाप गरेको, हरियाली पछि सर्दै जानाले र यान्त्रिक आवाजले प्रकृत बिहुका गीत हराउँदै गएको र बिहुलाई अरू कति दिन बँचाएर राख्न सकिन्छ भन्ने आशंका व्यक्त गरेकी छन्। त्यसरीनै ‘शारदी’ नामक 3 ओटा कवितामा शरद् ऋतुको त्यो अविस्मरणीय समयले सबैलाई खुशीयाली ल्याउँछ स्निग्ध जुनेली सरि, हरियाली अङ्कुरित हुँदै सुगन्धहरू ह्मदयभित्र समाहित भएर छाँटिदिन्छ अन्धकार र प्रस्फूटित हुँदै फक्रन्छ जुनेली समय, त्यो आनन्दमय मुहूर्तमा।
निरु शर्मा पराजुलीले अनुदित गरेका कविताहरूमा कतै कविको मन निरन्तर विषन्नता र उदासीमा बितेको छ भने जीवन एउटा साँघुरो कोठो जस्तो हो, जस्को सुक्ष्म रूपले अन्वेषण गर्नु जरुरी छ भन्ने विचार पनि उजागर गरेको पाइन्छ। उनले कतै जीवनको बाटो मूर्त र अमूर्त स्वादले चाखेर हेर्न भनेकी छन् भने कतै फेरि आकाशतर्फ हात उठाएर तिम्रा पाइला अनन्य चेतनामा अघि बडाउँदै जाने आग्रह पनि गरेकी छन्। कतै श्रीकृष्ण प्रति आफ्नो आस्था र प्रेमभाव यसरी व्यक्त गरेकी छन् -” ……. तिम्रो मुहार नहेरि, कसरि बस्नु, कृष्ण! मेरा कृष्ण, मेरा प्राण, हेर्छु आकाशतर्फ, तिम्रो नै रूप… “(नीलाभ दर्शन)। यसरी कविले आफ्ना मनका बहहरू पोख्दै कविताका माध्यमबाट पाठक समक्ष पुऱ्याउने प्रयास गरेकी छन्। निरु शर्मा पराजुलीले अनुदित गरेका कविताहरू ठेट नेपाली शब्दमा भएकाले मौलिक जस्तै लाग्छन्। जस्तै –
म पग्लेर शेष भएको गान
म भनेर सकिएका कुरा।
अहिले चकमन्न।।
म बगेर बिलाएको नदी
छाँयामात्र छ रहेको
अहिले चकमन्न।।
~~~~~~~~~~~~(अहिले निर्जनता )
निरु शर्मा पराजुली आफैं कवि हुनाले उनका अनुवाद कार्य सार्थक भएको छ भन्न सकिन्छ। उनको असमीया र नेपाली दुवै भाषामा उत्तिकै दखल भएकाले यो सम्भव हुन सकेको हो। यस्ता अरू पनि अनगन्ती कृति हामीले पढ्न पाउने थियौं होला, तर विधिको विधान कस्ले टाल्न सक्छ र! उनको यो अनुवाद कृतिलाई पाठक वर्गले अपनाउनु हुनेछ भन्ने आशा राख्छु। अन्तमा, उनको आत्माले चिर शान्ति प्राप्त गरोस्, यही कामना राख्तै ………..
दिनांक- 28/10/2024
मध्यछत्रङ्, गहपुर, विश्वनाथ, असम, भारत
चलभाष -6000094153
विषयसूची
- निरु शर्मा पराजुलीको “म मानिसको निर्मल उत्सव’ लाई नियाल्दा
- निरु शर्मा पराजुली कृत ‘तिर्खाएको मन केही पल’ बारे केही भन्नुपर्दा
- ‘कोसेली’ को गाँठो फुकाउन खोज्दा
- ‘निरु, यस्ता कोसेलीहरू लिएर फेरि पनि आउनु है ल!’
- अमिताभ शब्द’का दिव्य आभा फैलिंदा
- निरु शर्मा पराजुलीको हिन्दी कविता संकल्न -इन्द्रधनुषी सपनों की ओर-को प्राक्कथन
- निरू शर्मा पराजुली साहित्यमा निकै अघि बढिसकेकी लेखिका हुन्।
- सिपीभित्रको मोती खोज्न रुमलिँदा
- ‘बाँस फूलको गन्ध’ सुँघे पछि
- निरु शर्मा पराजुलीको ‘तिर्खाएको मन केही पल’ भित्र रूमल्लिँदा
- नीरूको मीठो कोसेली
- नेपालीहरूको चाड तीज र तीजगीतहरू
निरु शर्मा पराजुलीको हिन्दी कविता संकल्न -इन्द्रधनुषी सपनों की ओर-को प्राक्कथन
◙ किशोर कुमार जैन
नेपाली, असमिया भाषा के साहित्य का भंडार समृध्द करने वाली निरु शर्मा पराजुली का हिंदी में प्रकाशित होने वाला एक मात्र काब्य संग्रह है, इन्द्रधनुषी सपनों की ओर। जो कि नाम की तरह ही उनके सपनों को सात रंगो में भर देता है —
ये जीवन आसमान की तरह
कभी बिखेरता है इन्द्रधनुषी रंग
कभी काली घटा
इन दोनों स्थिति में
भरपूर जो जी सके खुशी खुशी
उन्हें मिलेगी जीवन की सार्थकता।
नेपाली और असमिया दोनों ही भाषाओं में निरु शर्मा एक जाना पहचाना नाम है। निरु शर्मा पराजुली के असमिया, नेपाली में मौलिक कहानी, कविता संकलन के अलावा असमिया से नेपाली व नेपाली से असमिया अनुवाद ग्रंथ भी प्रकाशित हो चुके हैं। जहां उन्होंने एक और असमिया के विशिष्ट साहित्यकार पद्मश्री एलि अहमद, डा. निर्मल प्रभा बरदलोई, सनंत ताँति, आदि की असमिया काब्य संकलन का नेपाली भाषा में अनुवाद किया है वहीं दूसरी ओर नेपाली से डा. देवेन सापकोटा, मुन्नी सापकोटा, हरि गुजरेल के नेपाली काव्य संकलन का असमिया में अनुवाद किया है। बच्चों के लिए भी असमिया व नेपाली में मौलिक शिशु काव्य संकलन प्रकाशित हो चुके हैं। असीम प्रतिभा की धनी निरु शर्मा पराजुली का जन्म 15 अप्रेल 1987 को हुआ था और मात्र 56 वर्ष की आयु पाकर 27 अगस्त 2023 को संसार को छोड़कर चली गई। इतने कम समय में उन्होंने साहित्य चर्चा की, सृजनात्मक कार्य किया, अनुवाद किया, असमिया, नेपाली के विभिन्न संगठनों में उच्च पदाधिकारी बनकर सक्रिय रुप से कार्य किया तथा असमिया व नेपाली रचनाकार के रुप में साहित्य अकादमी के विभिन्न कार्यक्रमों में भाग लेकर अपनी प्रतिभा का प्रदर्शन किया। हिंदी में भी उन्होंने 45 कविताओं की रचना की। उनके पति जयंत पराजुली ने मरणोपरांत उनकी अप्रकाशित रचनाओं को किताब के रुप में प्रकाशित कार्य हाथ में लिया है।
असमिया कवि अनुपमा बसुमतारी के शब्दों में,
कविता की खोज में घूमते हुए,
कब जीवन ही कविता बन गया,
जान ही नहीं पाई।
निरु शर्मा पराजुली की कविताओं को पढ़ते हुए उनकी जीवतंता का अहसास होता है जब वे कहती हैं
मुरझाने से पहले बटोर लूंगी
थोड़ी खुशी, थोड़ी आत्मतुष्टि
यही ले जाएगी मुझे राह पर
अमरत्व की।
कवि मानता है कि कविता शब्दों की साधना होती है। और कवि हमेशा कविताओं के उपादान खोजता है अपने ह्मदय में, अपने आसपास के वातावरण में, प्रकृति की छटा में, समाज में, देश काल की घटनाओं में परिस्थतिजन्य कारणों मे, अत्यधिक खुशी में, दुख में जब कवि विचलित हो जाता है तब उसके मन में उमड़-घूमड़ कर शब्द फूल बनकर खिलते हैं और माला बनाकर पाठको को सौंपते हैं। ऐसे ही एक कवियत्री थी निरु शर्मा पराजुली। साधारण सी घटनांए भी जब कवि को झकझोरती है तो वे कवितांए भी अपनी सादगी से पाठकों को मुग्ध कर देती हैं। छोटी छोटी कविता भी कवि की भावनाओं को व्यापकता प्रदान करती है —
जीवन
जीवन क्या है
एक भरा समंदर।
छलांग लगाओ तो चलेगा पता
इसकी गहराइयों का।
नहीं तो मौजों के संग बहते चलो
इधर-उधर
कब टकराके बिखर जाओगे
संघर्ष के किनारे पर
इसकी न रहेगी खबर।
इन्द्रधनुषी सपनों की ओर कविता संकलन में निरु शर्मा पराजुली की 45 कविताओं का संग्रह है। जिसमें उनकी अपनी भावनांए जरुर निहित है लेकिन वे सार्वजनिकता को अभिव्यक्त करती है। एक नारी होने के नाते वे तब व्यथित होती है जब लड़की को जन्म देने पर ससुराल के लोगों द्वारा प्रताड़ित होती है। सब कुछ सहकर भी वो अपने कलेजे के टुकड़े को मातृत्व की अमृतधारा में सराबोर होकर निखारना चाहती दुनियाभर के तानों को सहते हुए —
लिंगभेद को परे धकेलकर
कलेजे से लगाना चाहती है
केवल अपनी संतान को।
तुमको तो दुनिया ने दुत्कार दिया
देखते ही देखते बन गई तु अभागिन!
क्योंकि तुमने जनम दिया एक लड़की को। (बंधन)
इस संग्रह की पहली कविता विश्वप्रेम से लेकर अंतिम कविता याद में समाज में व्याप्त अनेकों समस्याओं को अपनी कविता में जगह दी है। त्रासदी कविता में किस प्रकार आतंकवादी निर्दोश जनता पर बमविस्फोट कर कहर ढ़ाते हैं से लेकर अखबारों की सुर्खियों में खबर छापने व नेताओं के आश्वासन के पश्चात वातावरण सामान्य हो जाता है लेकिन भुक्तभोगी को ये घटनांए कचोटती है और अपनों को खोने की याद उनके मन को मुर्झा देती है —
विपदा आती है फिर भूल जाते हैं लोग
धीरे धीरे इस खौफनाके हादसे को।
भोगने वाले ही अनुभव कर सकते हैं
खोने के गम को।
निरु शर्मा पराजुली की कविताओं में संवेदना है, भावनाओं की स्पष्ट अभिव्यक्ती है, जीवन को समझने की दृष्टि है,पीड़ा है कसक की अनुभूति है। एक काव्यिक विचारधारा से आगे बढ़ते हुए कवि ने बचपन, प्रेम, प्रकृति, आंसू को कविता का बिंदू बनाया है। बचपन की मधुर स्मृतियों को संजोते हुए कवि जब याद करती है गांव की धुल मिट्टी तब शहर की मिलावटी व बनावटी दुनिया उनको नहीं सुहाती है। बिना किसी लाग लपेट के सरलता से अपनी बात को ब्यक्त करती हैं —
सावन के झूले ने कहा
आओ झुलो मेरी बाँहो में
तितलियों ने कहा आओ दौड़ो मेरे पाछे-पीछे
चंचल हिरण की तरह
फूलों ने कहा
हँसो ओर हँसाओ मुझे
मृदु पवन की तरह………..(समय चक्र)
इंद्रधनुषी सपनों की ओर छोटी बड़ी पेंतालिस कविताओं को संग्रह है, जिनमें गाँव का अनुभव है, धूल मिट्टी से सराबोर बचपन है, आधुनिकता की दौड़ में गुजर रहे शहर की भागमभाग है जहाँ रिश्ते अपना रुप बदल लेते हैं। आम जन जीवन के व्यथांए है तकलीफ है, जीवन यात्रा की स्वर्गीय अनुभूती है, स्वप्निल गाँव के सपने है, फूलों की महक है। दरअसल निरु शर्मा पराजुली की कविताओं के लिए जिस अहसास की आवश्यकता है वह अपनी मौजूदगी का अहसास पाठकों को दिलाती है।
आज निरु शर्मा पराजुली सशरीर हमलोगों के बीच मौजूद नहीं है लेकिन इसमें कोई शक नहीं है कि उनकी कवितांए पाठकों को उनकी मौजूदगी का अहसास जरुर दिलाएगी। नारी जमाने की मारी कवि कहती हैं —
नहीं कर सकती उफ तक कभी…..
यही उफ ले जाती है मुझे एक दिन
कब्रास्तान की ओर
मेरे जनाजे के साथ निकलते है
रोते बिलखते मेरे आँसू, गम, आशा-आकांक्षा, सपने
सभी शोर मचाते…..(जुदाई)
मन नहीं होता निरु शर्मा पराजुली की मौत का शोक मनाने का, श्रध्दांजलि देने का, सिर्फ अहसास कर सकता हूँ उनकी सृजनता में मौजूदगी और शब्दों की अनुभूतियों का……
गुवाहाटी, असम
विषयसूची
- निरु शर्मा पराजुलीको “म मानिसको निर्मल उत्सव’ लाई नियाल्दा
- निरु शर्मा पराजुली कृत ‘तिर्खाएको मन केही पल’ बारे केही भन्नुपर्दा
- ‘कोसेली’ को गाँठो फुकाउन खोज्दा
- ‘निरु, यस्ता कोसेलीहरू लिएर फेरि पनि आउनु है ल!’
- अमिताभ शब्द’का दिव्य आभा फैलिंदा
- निरु शर्मा पराजुलीको हिन्दी कविता संकल्न -इन्द्रधनुषी सपनों की ओर-को प्राक्कथन
- निरू शर्मा पराजुली साहित्यमा निकै अघि बढिसकेकी लेखिका हुन्।
- सिपीभित्रको मोती खोज्न रुमलिँदा
- ‘बाँस फूलको गन्ध’ सुँघे पछि
- निरु शर्मा पराजुलीको ‘तिर्खाएको मन केही पल’ भित्र रूमल्लिँदा
- नीरूको मीठो कोसेली
- नेपालीहरूको चाड तीज र तीजगीतहरू
निरू शर्मा पराजुली साहित्यमा निकै अघि बढिसकेकी लेखिका हुन्।
◙ मुन्नी सापकोटा
निरु शर्मा पराजुलीले असमीया भाषामा बाल कविता, कथा लेखेकी छन्, उनको 2009 सन्मा असमीया भाषामा प्रकाशित बाल कविता संकलन हो – “बगी बरमार बारी’ले दह्रो पाइला गाडेकी छिन्। नेपाली भाषामा पनि कोसेली नामक बाल कविता सङ्कलन सचित्र प्रकाशित भएको छ। त्यो पुस्तक – बाल-बालिकाले मन पराएका छन्। यसपटक उनले बालक र किशोर दुवैलाई ध्यानमा राख्दै – “सिपीभित्र लुकेको मोती’ नामक बाल कथा संकलन लेखेकी छन्। बाल साहित्य लेख्न त्यति सजिलो छ जस्तो लाग्दैन। ठूलाका निम्ति लेख्न सजिलो छ। कारण उनीहरूमा लेखाइ केलाउँने क्षमता हुन्छ। तर बाल साहित्य लेख्न जाँदा नानीहरूको मनलाई छुने, उनीहरूको जिज्ञासा बढाउने र ज्ञानवर्धक तत्व आदि हुनुपर्छ। साथै बाल मनोविज्ञानको ज्ञान पनि हुनु जरूरी हुन्छ लेखक-लेखिकाहरूमा।
निरू शर्मा पराजुलीको कथामा बाल साहित्य र किशोर साहित्य दुवै छन्। कथा मीठा र ज्ञानवर्धक छन्। बाल साहित्यको अभावको बेलामा अझै एउटी लेखिका थपिनु बाल साहित्यको निम्ति खुशीको कुरो हो। उनको कलम यतिमै नटुङ्गिएर थुप्रै बाल साहित्यतिर लम्कियोस् भन्ने शुभेक्षाका शब्दसित म विश्राम लिन्छु।
11-12-2022
विषयसूची
- निरु शर्मा पराजुलीको “म मानिसको निर्मल उत्सव’ लाई नियाल्दा
- निरु शर्मा पराजुली कृत ‘तिर्खाएको मन केही पल’ बारे केही भन्नुपर्दा
- ‘कोसेली’ को गाँठो फुकाउन खोज्दा
- ‘निरु, यस्ता कोसेलीहरू लिएर फेरि पनि आउनु है ल!’
- अमिताभ शब्द’का दिव्य आभा फैलिंदा
- निरु शर्मा पराजुलीको हिन्दी कविता संकल्न -इन्द्रधनुषी सपनों की ओर-को प्राक्कथन
- निरू शर्मा पराजुली साहित्यमा निकै अघि बढिसकेकी लेखिका हुन्।
- सिपीभित्रको मोती खोज्न रुमलिँदा
- ‘बाँस फूलको गन्ध’ सुँघे पछि
- निरु शर्मा पराजुलीको ‘तिर्खाएको मन केही पल’ भित्र रूमल्लिँदा
- नीरूको मीठो कोसेली
- नेपालीहरूको चाड तीज र तीजगीतहरू
सिपीभित्रको मोती खोज्न रुमलिँदा
◙ नवसापकोटा
नेपाली साहित्यमा बाल साहित्य झ्याङ्गिन नसकेको विधा हो। यसै त पाठशालाका पाठ¬पुस्तकहरूमा बाल साहित्यका कथा कवितादि फुटकर रचनाका रूपमा रहेको कुरा पुरानै हो तापनि बाल साहित्यका मूल कृतिका रूपमा धेरैपछि मात्र प्रकाशमा आएको देखिन्छ।
अझ असम/पूर्वोत्तर भेगको नेपाली साहित्य भण्डारमा बाल साहित्य विधाका पुस्तक खोज्दै जाँदा भर्खर तीस पैतीस वर्ष अधिबाट कताकति लेख्न थालेको पाइन्छ, जसको संख्या अति सीमित छ।
वरिष्ठ साहित्यकार अग्निबहादुर क्षेत्रीले असमीया साहित्यका प्रसिद्ध साहित्यकार प्रियदास तालुकदारको असमीया भाषाको शिशु कथा “किसिङर पैमाल’ लाई नेपालीमा किसिङको कन्तविजोक शीर्षक दिएर अनुवाद गरी डिगबोई (असम)को बोध कुमारी स्मृति प्रकाशनबाट प्रकाशित गराई यस भेगको बाल साहित्य लेखनको साइत गर्दछन् सन् 1985 वर्षमा। अनि बाह्य वर्षको लामो समय फेरि निरव रहन्छ। त्यो देखेर तेरुाो वर्षमा नेपाली र असमीया साहित्यकी वरिष्ठ साहित्यिक दिदी गीता उपाध्यायले सन् 1998 मा यस विधामा “आमा म फास्ट भएँ’ (बाल उपन्यास) प्रकाशित गरी त्यो दीर्घ निरवता तोड्दछिन्। यस कृतिको असमीया रूपान्तरण पनि तत्कालै प्रकाशित गराउछिन्। अनि त्यसको चौथो वर्षमा गुवाहाटीको बडागाउँ नेपाली विद्यालयकी प्रधान शिक्षिका मुन्नी सापकोटाको पहिलो बाल साहित्यिक कृति “कथा फूलबारी’ (बाल कथा सँगालो) आफ्नै कवूकवू प्रकाशनबाट सन् 2001 मा प्रकाशित गराउँछिन् भने सन् 2005 मा उनको दोरुाो कृति “बल्ल बुद्धि पलायो’ (बाल कथा सँगालो) कवूकवू प्रकाशनबाट प्रकाशित हुन्छ। सन् 2012 मा उनको तेरुाो बाल कथा सँगालो जूनकिरी कवूकवू प्रकाशनबाट प्रकाशित हुन्छ जो सन् 2014 को साहित्य अकादमी बाल साहित्य पुरस्कारले पुरस्कृत भई पूर्वोत्तरको नेपाली बाल साहित्य विधालाई गौरव प्राप्त हुन्छ। अनि सन् 2016 मा ड. उमाकान्त शर्माको खोजपूर्ण बाल विज्ञान कथा (असमीया भाषा)को अनुवाद गरी नेपालीमा “जिङ्गो बाजेका आँसु’ प्रकाशित गराउँछिन् भने सन् 2019 मा उनको शिशु उद्यान (बाल कविता) प्रकाशित हुन्छ। अनि अन्तमा सन् 2021 मा जन्म दिन (बाल उपन्यास) अनुराग प्रकाशनबाट प्रकाशित हुन्छ।
अनि आउँछन् नेपाली र हिन्दी भाषाका विष्णु शास्त्री बाल साहित्यको फाँटमा। उनका शहीद (बाल नाटक) सन् 2014, मणिकुमारी (बाल उपन्यास) 2014, चि मुसी चि मुसी (बाल कथा) सन् 2015, हाउ गुजी (बाल कथा), सन् 2016, कथा रामायण (बाल रमायण कथा), 2018, तेजपुर (बाल उपन्यास), 2020 र शंकरदेव (बाल साहित्य) प्रकाशित भएका छन् भने उनको हिन्दी भाषामा पनि अक्षर से शब्द तक (बाल कविता) सन् 2016 मा प्रकाशित भएका छन्।
ड. दैवकी देवी तिम्सिनाले पनि “घाम पानी घाम पानी स्यालको बिहे’ (बाल कविता) सन् 2015 मा प्रकाशित गराउँछिन्। दुलियाजानका खुमान सुनारको “धान चराको गुँड’ (बाल कविता) सन् 2014 मा प्रकाशनमा आउँछ भने “विश्वनाथ बेदेतीका’ रत्न बस्नेतको बाल कविता संग्रह सन् 2012 मा प्रकाशित भएको उल्लेख (देशवार्तामा) छ। गुवाहाटीबाट श्रीमती चम्पा उपाध्यायको “मालती’ (बाल उपन्यास) सन् 2017 मा प्रकाशमा आउँछ।
अब प्रकाशमा आउँन गइरहेछ नेपाली/असमिया दुवै भाषाकी सुसाहित्यिक निरू शर्मा पराजुलीको बालकथा सङ्ग्रह “सिपीभित्र लुकेको मोती’। सन् 2020 मा “कोसेली’ नामक बाल कविता संग्रह प्रकाशित भएपछि नेपाली भाषामा निरूको यो दोरुाो बाल साहित्य कृति हो तापनि असमीया भाषामा सन् 2009 तिरै “बगी बरमार बारी’ (बगी ठूलो आमाको बारी) कविता सङ्ग्रह असम लेखिका संस्थाबाट प्रकाशित गराई शिशु साहित्य लेखनमा आफ्नो नाम दर्ता गरिसकेकी छन्।
उनको यो नयाँ कृति “सिपीभित्र लुकेको मोती’भित्र के कस्ता बाल कथाको उपहार दिएकी छन् हाम्रो नयाँ पिढीलाई भन्ने कुरा चियाइहेरौं।
1. परिवर्तनमा – अटेरी बाला/युवती मीनालाई आमाको स्वस्थानी व्रत कथाले सुधार्दछ। ऊ सुशील स्वभावकी अनि शुद्ध लेखाइमा मनदिन थाल्छे स्वस्थानीको गोमा ब्राहृणीका छोरा नन्दकुमारको चरित्रको प्रभावमा परेर।
2. उपलब्धि – रोहन विज्ञान शिक्षकले कक्षामा पर्यावरण विषय के हो र यसको महत्व के छ भन्ने कुरा राम्ररी बुझाइ दिएकाले रोहनको मस्तिष्कमा पर्यावरण संरक्षणप्रति मन एकोहोरिन्छ। उसले घरको फूलबारीमा गोडमेल गर्ने, फूलको लारी लगाउने आदि अनि घरको बारीमा साग-पात लगाउँने फलमूल बढाउने आदि काममा व्यस्त रहन्छ। यसरी उसको प्रकृतिप्रति श्रद्धा बढ्छ र वन-जीवजन्तुलाई पनि माया गर्दछ।
3. गाउँको गरिमा – रोहनलाई आमाले सानैदेखि महाभारत रामायणका कथाहरू सुनाउँने गर्दथिन। गुवाहाटी मामाका घर गएर कामाक्षा मन्दिर, वशिष्ठ आश्रम, शंकरदेव कलाक्षेत्र आदि सबै हेरेर खुसी हुन्छ भने कलाक्षेत्रमा नेपालीको चिनो नदेखेर दुखी बन्दछ।
4. जीवनज्योति – अजय सुन्दर मेधावी छात्र। तर उ भक्भकाउँथ्यो। स्कूलमा नाटक खेल्दा उसले साथीहरूले भाग लिन दिंदैनन्। उसले मन दुखाएर बस्छ। उसको दिदी रमाले भाइको यो दशा देखेर स्कूलमा लगेर उसका साथीहरूलाई सम्झाउँछिन् अनि नाटक गराउने सर गौरवलाई अजयको मनोदशाको कुरा बताउँदा उनले अजयलाई आत्महीनताबोध हटाएर लेख्ने बानि गर अनि एउटा नाटक लेख भन्दा उसले लेखेको नाटक स्कूल प्रतियोगितामा पुरस्कार प्राप्त गर्दछ र अजयले गौरव सरप्रति कृपज्ञता प्रकट गर्दछ।
5. मायाको महत्व कथामा वृद्ध आमाबाबुलाई सँगै राखेर आनन्द उपभोग गर्ने कर्तव्यको विपरीत आजका शहरीया सन्तानले बूढा आमाबाबुलाई आफूसँग नराखेर वृद्धाश्रममा राखेर आनन्द मनाउँछन्। यस कथाबाट राम्रो शिक्षा लिएको छ नाति केटा पेसलले।
6. खोजी प्रकाशको शीर्षक कथामा एउटा खुट्टो सुकेको दिव्याङ्गा रीतालाई स्कुलमा सबैले खिसी ठट्टा गरेर मन दुखाउँदा उसको दाज्यु भुवनले बहिनीको आत्मबल बढाउँन धेरै यत्न गर्दछ। धेरै त्यस्ता इतिहास प्रसिद्ध दिव्याङ्गहरूको आत्मबलले आफ्नो लक्ष्य हासिल गरेर विश्वविख्यात भएका उदाहरणहरू देखाएर बहिनीको आत्मबल बढाउँछ। फलस्वरूप बहिनी रीताले पनि दाज्युको अर्ती मानेर आफ्नो लक्ष्यमा पुग्न अरूका कुरामा मन नदुखाएर पढाइमा ध्यान दिन्छे र मेट्रिक परीक्षामा सबैभन्दा राम्रो रिजल्ट ल्याएर आफ्नो स्कुल र अञ्चलको प्रशंसाकी पात्रा बन्दछे। रीताले डाक्टरी पढेर दिव्याङ्गहरूको उपचार र सेवा गर्दै उनीहरूको आत्मबल बढाउने प्रण गर्दछे।
7. “सिपीभित्र लुकेको मोती’ कथामा जुनू र मिनू दुई दिदी बहिनी हुन्। दिदी जुनू राम्री, गुणी, सिपालु र समझदार छे तर उसमा एउटा कमजोरी छ लाटोपन। बोल्न सक्दिन। बहिनी मिनूलाई दिदी जुनूको लाटोपन मन पर्दैन। त्यसैले उसको साथ लिन्न। अनि आफ्ना साथीहरूलाई आफ्नी दिदी जुनूलाई चिनाउँदिन। तर जुनूले बहिनीको त्यस्तो व्यवहारको कुनै वास्ता गर्दिन। एक दिनको कुरा जब आमा बिमार भएर अस्पतालमा बाबुले कुरेर बसेका थिए, त्यसै बेला घरमा बहिनी मिनूलाई साह्रो ज्वरो आएर निस्लोट पर्छे। दिदी जुनूले रातभरि बहिनीलाई रूँगेर बसिरही। त्यति बेलाबल्ल दिदी जुनूको सद्गुण मिनूका नजरमा पर्छ र दुई बहिनी मिलेर बस्छन्। बहिनीले दिव्याङ्गतहरूको सौन्दर्य प्रतियोगितामा भाग लिएर जुनू राष्ट्रभरिकी श्रेष्ठ सुन्दरी सम्मान प्राप्त गरेर सबैलाई गौरवान्वित बनाउँछे।
8. “उपहार’ शीर्षक कथामा अमल र कमल दुई साथी एकै गाउँका हुन्। दुवैको चरित्र स्वभाव राम्रो थियो तर आर्थिक स्थिति फरक थियो। अमल धनी घरको पुलपुले छोरो थियो भने कमल गरिब घरको छोरो। अमल अङ्ग्रेजी स्कूलमा पढ्दथ्यो भने कमल गाउँकै सरकारी स्कुलमा पढ्थ्यो। कमल भावुक थियो। पुस्तकालयबाट राम्रा पुस्तकल्याई पढ्ने गर्दथ्यो। उसले अमलको जन्मदिनमा दुइटा राम्रा पुस्तक उपहारमा दिन्छ। त्यो अमललाई मन पर्छ र सबै साथीहरूलाई पुस्तक उपहार दिने आग्रह गर्दछ। त्यसदिनदेखि पुस्तक उपहार दिने चलन चल्न थाल्छ। त्यस चलनको श्रेय कमललाई नै जान्छ।
9. “कुसंस्कारको ज्वरो’ अशिक्षित समाजमा व्याप्त कुसंस्कारले मानिसहरूबिच झुटो र असत्य कुरालाई साँचो भन्ठानेर आपसी सम्बन्ध बिगार्छन्। झट्टै अरूलाई चोर डाइनीको आक्षेप लगाएर समाजमा बिघ्न पार्छन्। यिनै कुराको शिक्षामूलक कथा हो यो।
10. “वेदनाको आँच’ कथामा जङ्गली जानवर र मानिसबिचको दूरत्व अर्थात् वैरसम्बन्धको सुन्दर चित्रण गर्दै मानिस नै वन मास्ने मुख्य शत्रु हो भन्ने कुराको बोध गराइएको छ। कथामा जङ्गली जनावरलाई आपसमा बोल्न लगाई वार्तालाप गराइएको छ।
11. “मालाको दुःख’मा हाडफोर चराको रूपले मोहित भएकी माला उसले गुँड लाएको सिमलको रूख काटिदिएर मानिसले गुँड भत्काइदिए पछि हाडफोर त्यो ठाउँ छोडेर अन्तै गएको देखेर माला रून्छिन् मानिसको निष्ठुरताप्रति।
12. हाइस्कूलको दशौं श्रेणीमा पढ्ने तीनजना छात्र राजु, पिकु र जीतुको स्वभाव चरित्र र पढाइको विषयमा केन्द्रित कथा बडो शिक्षामूलक छ। कथा शिल्पमा तुक्का र उखानको खुबै रोचक व्यवहार छ।
13. “आश्रय’ कथामा कुकुर, बिराला, चराचुङ्गी र अरू जन्तुलाई आफू जस्तै सम्झेर माया गर्ने, उनीहरूको दुःख बिमार र भोक तिर्खाको विचार गर्ने पाठ नयाँ पीढीका नानीहरू खुबै सुन्दर रूपमा देखाएर उनीहरूको मनमा सकारात्मक प्रभाव पारिएको सुन्दर शिक्षामूलक कथा हो।
14. “प्रज्ञान’ शीर्षक कथाको प्रज्ञान उसको परिवारको एकमात्र सानो छोरो हो। उसकी हजुर आमा बोटानी विज्ञानकी अवसरप्राप्त आध्यापिका हुन् भने उसका बाबु इकोनोमिक्समा डिग्री गरेका एउटा व्यवसायी हुन्। प्रज्ञानकी आमा घरकी सुशील गृहिणी हुन्। उनीहरूको बासगृह एउटा सुन्दर परिवेशयुक्त ठाउँमा छ जसको पछिल्तिर तरकारी बारी र अघिल्तिर सुन्दर फूलबारी सजिएको छ। प्रज्ञानको व्यवसायी बाउले घरपछिल्तिरको बारी बिल्डरलाई बेच्ने कुरा गर्दा उसकी हजुरआमा चिन्ताले बिमार हुन्छिन्। डाक्टरले ओखती मुलो गर्दा पनि सन्चो हुँदैन। प्रज्ञानले बाबुलाई सम्झाउँछ – बारी बिल्डरलाई नबेच्नु होस्, हजुर आमा निको हुनुहुन्छ। बाबुले छोराको कुरा सुन्यो त्यसो गर्दा बूढी आमा स्वस्थ हुन्छिन्। यसरी प्रकृति रक्षाको विशेषताको राम्रो पाठ पढाइएको छ।
15. “नवचिन्तन’ कथामा नेपाली र असमीया समाजमा आफ्ना छोरीहरू नवपुष्पिता हुँदा पालन गरिने रीतिरिवाजको तुलनामा अपेक्षाकृत नेपाली समाजमा व्याप्त रीति अन्धविश्वासले निलेको अँध्यारो रिवाज रहेछ जसको समय सापेक्ष सुधार गर्नु पर्ने सुझाव दिएको छ।
16. “संकल्प’मा पुड्के अजयको ठूलो मान्छे हुने राम्रो उपदेश उसकी बाल सखी अनुका बाबुबाट पाएर उ संकल्पबद्ध भएर पढाइमा मनलगाएर पढ्न थाल्छ।
17. “स्वीकारोक्ति’ कथामा छैटौं कक्षाको छात्र संकल्प आफ्नो पढाइमा मन नलाएर घरबाहिर साथीहरूसित रल्लिए फाष्ट फूड खान पल्केर बिग्रेको केटालाई उसकी दिदी मीताले आफ्नो घर केही दिनका निम्ति लगेर लाडप्यारसित उसलाई ठूलाठूला मानिसहरूको जीवन कहानी सुनाएर साँच्चो कुराको महत्व बुझाउँदै आफ्ना गल्तीका कुरा स्वीकारेर साँच्चो सत्यको साथ लिने संकल्प गरेको महात्मा गान्धीको उदाहरण दिंदा उसमा त्यस कुराको प्रभाव पार्छ र उसले आमाका पैसा चोरी गरी साथीहरूसित खर्च गरेर पढाइ बिगारेको साँच्चो कुरा आमाका अघि स्वीकार गर्ने संकल्प गर्दछ पछि सही बाटोमा लागेर राम्रो बन्दछ।
यसरी निरु शर्मा पराजुलीले सुन्दर सरल भाषामा राम्रा मूल्यमान सच्चरित्रका उदाहरण दिएर आजका नयाँ बाल बालिकालाई राम्रो आत्मबलको शिक्षा दिन सफल भएकी छन्।
हाम्रो पछाडिएको बाल साहित्यको भँडारमा यस्ता अरू राम्रा कृतिहरूको अनुदान दिने छन् लेखिकाले भन्ने आशा राख्दै विराम लिन्छु। अस्तु।
कविता निकेतन, पो. देवकोटानगर, गुवाहाटी
मो.- 9435409813
विषयसूची
- निरु शर्मा पराजुलीको “म मानिसको निर्मल उत्सव’ लाई नियाल्दा
- निरु शर्मा पराजुली कृत ‘तिर्खाएको मन केही पल’ बारे केही भन्नुपर्दा
- ‘कोसेली’ को गाँठो फुकाउन खोज्दा
- ‘निरु, यस्ता कोसेलीहरू लिएर फेरि पनि आउनु है ल!’
- अमिताभ शब्द’का दिव्य आभा फैलिंदा
- निरु शर्मा पराजुलीको हिन्दी कविता संकल्न -इन्द्रधनुषी सपनों की ओर-को प्राक्कथन
- निरू शर्मा पराजुली साहित्यमा निकै अघि बढिसकेकी लेखिका हुन्।
- सिपीभित्रको मोती खोज्न रुमलिँदा
- ‘बाँस फूलको गन्ध’ सुँघे पछि
- निरु शर्मा पराजुलीको ‘तिर्खाएको मन केही पल’ भित्र रूमल्लिँदा
- नीरूको मीठो कोसेली
- नेपालीहरूको चाड तीज र तीजगीतहरू
‘बाँस फूलको गन्ध’ सुँघे पछि
◙ डा. जगन्नाथ उपाध्याय
सन् 1952 मा अरूणाचल प्रदेशको पश्चिम कामेङ जिल्लामा जन्मेका येसे दरजे ठङ्सी एकजना वरिष्ठ साहित्यिक, उपन्यासकार र कथाकार हुन्। उनले प्राथमिक देखि उच्चतर माध्यमिक सम्मको शिक्षा अरूणाचलको बमडिलामा ग्रहण गरे पश्चात असमको प्रख्यात कटन कलेजमा असमीया विषयमा अनार्स लिएर स्नातक डिग्री हासिल गरे। उनले गुवाहाटी विश्वविद्यालयबाट असमीया विषय लिएर स्नातकोत्तर डिग्री पनि हासिल गरे। त्यस पछि सर्वप्रथम अरूणाचल प्रदेशमा प्रशासनिक सेवा र त्यस पछि भारतीय प्रशासनिक सेवा गरेर अवकाश लिए। उनले सानै उमेरदेखि विभिन्न विषयमा लेखादि लेख्ने गर्दथे। उनले सन् 2005 मा असमीया भाषामा लेखिएको “मौन ओठ मुखर हृदय” नामक उपन्यासका लागि साहित्य अकादेमी पुरस्कार प्राप्त गरेका थिए भने सन् 2020 मा ‘पद्मश्री’ सम्मानले पनि सम्मानित भएका थिए।
येसे दरजे ठङ्सीले अरूणाचल प्रदेशको पृष्ठभूमिमा असमीया भाषामा लेखेको कथा सङ्कलन “बाँह फूलर गोन्ध”का एघार ओटा कथा नेपाली र असमीया दुवै भाषामा कलम चलाउने असमकी वरिष्ठ महिला हस्ताक्षर कवि, कथाकार, अनुवादक, निबन्धकार निरु शर्मा पराजुलीले “बाँस फूलको गन्ध” नामले नेपालीमा अनुदित गरेकी छन्। अनुवाद कथा केवल शब्द अथवा अक्षरको भाषिक रूपान्तरण मात्रै हैन। अनुवाद साहित्य कलासङ्गै छुट्टै विधाको रूपमा विश्व साहित्यमा स्थापित भैसकेको छ। तर कसैकसैले फेरि अनुवाद साहित्य अपनाउनाले मूल पुस्तकको मौलिकता पो हराउने हो कि भन्ने आशङ्का पनि नगरेका होइनन्। तर अहिलेको परिप्रेक्षमा हेर्न जानु हो भने पुस्तकको अनुवादले विभिन्न भाषाका साहित्यिक कृतिहरूका रसास्वादन गर्ने नौलो अनुभूति प्रदान गरेको छ।
निरु शर्मा पराजुलीले अनुदित गरेका कथाहरू यस प्रकार छन् – बाँस फूलको गन्ध, रातो ताराको आह्वान, एक्लो विलास, मार्च एण्डिङ, आमैको माग, गाउँखाने कथाजस्तै दुइजना सहृदय, केश शपत, माया, दुचिनको दिनमा आइमनेपोहरू, हुण्डरी आउने संकेत र पहाडको छायाँ। यहाँ अनुदित कथाहरूमा अरूणाचल प्रदेशका विभिन्न जाति जनगोष्ठीहरूका प्रचलित परम्परा, संस्कृति, चालचलन आदि जस्ता विषयवस्तु समेटेर कथाहरू लेखिएका छन्। यी कथाहरूले पहाडी भेकमा बसोबास गर्ने जाति जनजातिहरूका आचार व्यवहार, खानपान, वेषभूशा, सोचविचार आदि कुराहरूलाई उजागर पारेको छ। आशा छ पाठकवृन्दले उनको यो कृति अपनाउने छन्।
अनुवादक निरु शर्मा पराजुलीले यस अघि सात ओटा कविता र कथा सङ्कलन असमीयाबाट नेपालीमा अनुदित गरिसकेकी छन्। उनी अनुवादकका रूपमा सर्वमान्य भैसकेकी थिइन्। तर सन् 2023 को 27 आगष्टको दिन उनको आकस्मिक निधन हुनाले साहित्य क्षेत्रमा अपूरणीय क्षति भएको छ। मात्रै 55 वर्षको उमेरमा उनले 24 ओटा पुस्तक असमीया, नेपाली र हिन्दीमा लेखेर एक रेकर्ड स्थापित गरेर हामी बिचबाट विदा लिइन्। अन्तमा निरु शर्मा पराजुलीको आत्माले चिर शान्ति प्राप्त गरोस्, भगवान समक्ष यही कामना राख्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु।
गाउँ – मध्यछत्रङ, ओडा नम्बर – 7, हुलाक – गहपुर, सहजिला – गहपुर (असम)
दुरभाष- 6000094153
विषयसूची
- निरु शर्मा पराजुलीको “म मानिसको निर्मल उत्सव’ लाई नियाल्दा
- निरु शर्मा पराजुली कृत ‘तिर्खाएको मन केही पल’ बारे केही भन्नुपर्दा
- ‘कोसेली’ को गाँठो फुकाउन खोज्दा
- ‘निरु, यस्ता कोसेलीहरू लिएर फेरि पनि आउनु है ल!’
- अमिताभ शब्द’का दिव्य आभा फैलिंदा
- निरु शर्मा पराजुलीको हिन्दी कविता संकल्न -इन्द्रधनुषी सपनों की ओर-को प्राक्कथन
- निरू शर्मा पराजुली साहित्यमा निकै अघि बढिसकेकी लेखिका हुन्।
- सिपीभित्रको मोती खोज्न रुमलिँदा
- ‘बाँस फूलको गन्ध’ सुँघे पछि
- निरु शर्मा पराजुलीको ‘तिर्खाएको मन केही पल’ भित्र रूमल्लिँदा
- नीरूको मीठो कोसेली
- नेपालीहरूको चाड तीज र तीजगीतहरू
निरु शर्मा पराजुलीको ‘तिर्खाएको मन केही पल’ भित्र रूमल्लिँदा
◙ डा. जगन्नाथ उपाध्याय
कविता साहित्यको एउटा विधा हो जस्मा कविको संवेदनशील ह्मदयका अनुभूतिहरू भावनात्मक रूपले सृष्टि गरेका केही कलात्मक व्यञ्जनाहरूको वहिप्रकाश हो। निरु शर्मा पराजुलीको ‘तिर्खाएको मन केही पल’ कविता सङ्कलन ‘भोकमा कोरिएका शब्दहरू’ पछि प्रकाशित भएको दोरुाो कविता सङ्कलन हो। सर्वमोठ 50 वटा कविता सँगालो अनुराग प्रकाशन, शान्तिपुर, गुवाहाटीमा अक्टोबर,2020 मा छापिएको थियो र यसको मूल्य रू. 200/- हो। यस सङ्कलनमा मानवीय जीवनमा देखापरेका विभिन्न समस्या, जस्तै भोक, गरिबी, दुर्नीति, अन्याय-अत्याचार, दैवीप्रकोप, असमानता, सन्त्रासवाद, पर्यावरणीय समस्या आदि जस्ता विषयहरू उठान गरेकी छन् साथै ती कन्टकपूर्ण परिवेशमा कसरी विकट परिस्थितिबाट जीवनलाई ज्योतिर्मय पार्न सकिन्छ ती समस्याहरूको निदान कसरी गर्न सकिन्छ त्यसको पनि निराकरण गर्न कवि कटिवद्ध भएको कविताहरूमा छर्लङ्ग हुन्छ।
शुभकामनाका केही हरफ लेख्दै वरिष्ठ साहित्यकार पद्मश्री लीलबहादुर क्षत्री सरले यस्तो भन्नुहुन्छ -“अनेकौं बन्धन र बाध्यता, छेकबारले मानवाधिकार हनन् भइसकेको अनुभव गर्दै परिवर्तनशील समयको गतिसितै नवजन्मलाई दिशाबोध गराउने आह्वान गर्छिन् कवयित्री।”
हो पनि, हामी परिवेश र परिस्थितिका दास हौं। समयको परिवर्तनका साथसाथै हामी पनि परिवर्तन हुन वाध्य हुन्छौं। साहित्यिक गतिविधिमा पनि हिजोआज धेरै परिवर्तन आइसकेको छ। हुनत हामी मानवाधिकार, धनीगरिब, जातिहरू बिच उँच-निच, सन्त्रासवाद, सामाजिक विभाजन तथा विसङ्गति आदि विषयहरूलाई प्राधान्यता दिएर कविता कोर्ने गर्दछौं तर केवल भारतमा मात्रै नभएर सारा विश्वमैं मानवाधिकारको हनन्, युद्ध विग्रह, जातिहरूका बिच आरक्षणलाई लिएर खिचातानी आदि विषयहरूले देशको वाह्रिक प्रगति भएको देखिए तापनि हामी अन्धकार युग तिरै धावमान भएको अनुभव हुन्छ। यद्यपि कवि निरु शर्मा पराजुलीले जीवनका अनेकौं परिभाषा दिदैं सृष्टिका तथ्य र कथ्यसित तुलनात्मकरूपले अध्ययन गर्दै जीवनबोध गर्ने प्रयास गरेकी थिइन्।
कवयित्री निरुको पहिलो कविता ‘यो जीवन’मा युक्लिप्टससित तुलना गरेकी छिन्। यो जीवनमा जतिसुकै हुण्डरी, घाम-पानी आएपनि आफ्नो स्वाभिमानलाई कायम राखेर सधैं यो पृथ्वीमा गर्वकासाथ खडा हुन सक्नु पर्छ युक्लिप्टसको बोटझैं आत्मशक्तिमा पूर्ण भरोसा राखेर –
…. उभिएको छ युक्लिप्टसझैं
चिप्लोपना लिएर
आत्मशक्तिको जरोमा
यो जीवन। (यो जीवन)
जीवनलाई लिएर लेखेको उनको दोरुाो कवितामा यो धरतीमा अनेकौं छलकपट र अविश्वास छ, सङ्घर्ष छ मानिसहरूमा यद्यपि त्यसै बिच विश्वास र शान्ति पनि नभएको होइन। सबै मानिसहरू एकैनासका हुँदैनन्, जस्तै सागर मन्थन गर्दा अमृतका साथै विष पनि निस्केको थियो त्यसरीनै नराम्रा बिच राम्रा मानिसको पनि अभाव छैन। जस्तै –
…. यहीं फूल्दछ गुलाफ काँडा बिच
अनि हिलोमा कमल पनि
विचित्र यो संसार
पाइन्छ यहीं मृगको नाभीमा
कस्तुरी पनि। (जीवन दर्शन)
जीवनलाई लिएर अर्को एउटा छोटो कवितामा कवयित्रीले जीवन एउटा परीक्षा हो भनेकी छन्। परीक्षाको परिणाम राम्रो हुनु वा नहुनु जसरी आफैं माथि निर्भर गर्छ त्यसरीनै राम्रो कर्म गरे राम्रो फल पाइन्छ नत्र जीवनको हरेक मोडमा ठोकर खानु पर्ने हुन्छ। त्यसरीनै जीवन एउटा तपस्या पनि हो, नयाँ खोज हो भनेर आफ्नो अनुभूति प्रकाश गरेकी छन् –
जीवन एउटा खोज हो
नयाँ सोच हो
परिवर्तनका पखेटा लगाएर
आत्मोत्कर्षको बाटोमा हिंडने। (जीवन)
उनले जीवन एउटा कहिल्यै नमेटिने एक तृष्णा हो भन्दै एक पछि अर्को अन्वेषण गर्दै जीवनको प्रकृत अर्थ निकाल्ने प्रयास गरेकी छन्। जीवनलाई सार्थक बनाउन, अर्थपूर्ण बनाउनु छ भने निरन्तर सङ्ग्राम गर्दै जानु पर्छ –
‘जीवन,
कहिले नमेटिने एउटा तृष्णा
अर्थपूर्ण हुँदाहुँदै
गर्न सकिँदैन कहिले
जीवनको सठीक व्याख्या। (असीम तृष्णा)
निरु शर्मा पराजुली प्रकृतिको बदलिदो परिवेशमा भएका विभिन्न आपदाहरूले जङ्गलमा बस्ने पशु पक्षीहरूमा आइलागेका आतङ्कले तिनीहरू बिचल्ली परेर आश्रयहीन भएर कोलाहल मच्चिएको देखेर मन बिचलित हुन्छ। कहिले पहाडमा आगो लाग्छ, कहिले हावा हुण्डरीले चराचुरूङ्गीका गुड भत्काई दिन्छ फेरि कहिले व्याधाले नदीमा विष हालेर माछाहरू मरेर सोत्तर भएका दृश्यले उनलाई मर्माहत पार्छ –
‘हुण्डरीले लथालिङ्ग पारिदिंदा
चराहरूको गुँड
मचिएको छ कोलाहल
डाँडा- काँडा, पहाड-पखेरामा, (त्रास)
समयको चक्रले दिनौं देशको परिवेश बदलिंदै जाँदै छ। कतै स साना बालकहरू आत्मघाती बम बनेर देशमा ध्वंश गरेको छ भने कतै मानवीयतालाई बुढो औंला देखाउँदै बलात्कार जस्ता जघन्य अपराधमा जडित भएका छन्। मानिसहरूमा परस्परमा रहेको विश्वासमा धमिरो लागिसकेको छ –
…. ‘कस्तो यो बदलिदो मौसम
खण्ड बृष्टि चलेको छ
चारैतिर
शङ्का, हताशा, निराशा र ध्वंशको
यो कस्तो समय चक्र! ‘(समयचक्र)
हाम्रो देशमा अझैपनि धनी र गरिब बिच ठूलो पर्खाल भएको देखिन्छ जसले गर्दा दुवै श्रेणी मानिसहरूका जीवन जिउने लक्ष्यमा आकाश पातालको फरक देखिन्छ। एकातिर कतिपय मिलियनार अन्तरिक्षमा समेत घुम्ने तरखरमा छन् भने कोही फेरि फुटपाथमा भिखारी भएर मागि हिंड्न वाध्य भएका छन् –
… “कसैले मिलियनारलाई अन्तरिक्ष घुमाए
गरीबहरूमा हाहाकार मचिएको छ
एक निमेषभर हेर्नको लागि
अन्तरिक्ष भ्रमणको सपना” (चर्तिकाला)
कविले मानिसहरू भोगवादको पछि दगुरिरहेका छन् जसरी शान्तनुले आफ्नो स्वार्थ पूर्तिको लागि भीष्मलाई प्रतीज्ञारूपी षडयन्त्रको साङ्गलोमा बाँधेका थिए। यहाँ कविले बिम्बका रूपमा ययाति र शान्तनु तथा भीष्मको चरित्रलाई दर्शाउने प्रयास गरेकीछन्। अर्थात् आजको दिनमा पनि मानिस भोगवादमा मदमत्त भएर आफ्नो स्वार्थ पूर्ण गर्न अनैतिक कार्यमा लिप्त हुन पनि हिचकिचाउँदैन।
आज संसार ययाति भएको छ
भोगवादको रोगले रोगाएको छ आत्मा
तन थाके पनि मन थाकेको छैन
मरिचीका पछि दगुरीरहेछ मानिस
शान्तनु झैं लोलुप भएर
योग्य भीष्महरूलाई
प्रतीज्ञारूपी षडयन्त्रको
साङ्गलोमा पार्दै। (निद्रा)
निरु शर्मा पराजुलीले आधुनिकीकरणको बड्दै गएको अत्याधुनिक अस्त्र शस्त्रको होडबाजी प्रति जिज्ञासु मनोभाव राख्तै आफ्ना कलमद्वारा मानिसलाई सजग बनाउन प्रयास गरेको देखिन्छ। विज्ञानको प्रगतिले हामीलाई केवल सुविधाहरू प्रदान नगरेर यसले मानव जीवनमा हृदयको क्षयरोग झैं कतिपय अमानवीय भाइरस पनि भित्र्याएको छ। कम्प्युटर, रोबोट, इन्टरनेट आदि अत्याधुनिक यन्त्रादिहरूले मानिसका जीवनमा धेरै सुविधाहरू प्रदान गरे तापनि हाम्रो दैनिक जीवनमा कतिपय खोक्रोपना पनि ल्याएको छ –
कम्प्युटरको युगमा
यान्त्रिक भएको छ दुनिया!
मानिसको हृदयलाई पर धकेलेर
रवटको ह्मदयमाथि हुँदैछ गवेषणा
गाउँ बनेको छ विश्व
विश्व बनेको छ गाउँ
तर मानिसमा आएको छ भिन्नता
कम्प्युटर बनेका छन् मानिस’ (परिणाम)
‘तिर्खाएको मन केही पल’ शीर्षक कवितामा कविले मानिसले समयलाई आफ्नो मुठ्ठीभित्र राख्न गाह्यो पर्छ किनकि समयलाई कसैले बाँधेर आफ्नो नियन्त्रणमा राख्न सम्भव छैन। त्यसैले मानिस सधैं हतारिनु पर्ने हुँदो रहेछ आफ्ना नित्य कर्महरूको सम्पादनमा। मानिसको मन सधैं केही न केही पाउने आशामा व्याकुल भइरहन्छ भन्दै आफ्नो कवितामा यसरी लेखेकी छन् –
… ‘काकाकुल मन सधैं तृष्णा तुरही बनि दिन्छ
तिर्खा मेटिदै!
यहाँ फुर्सद नै कहाँ छ कसैलाई
हृदयको मर्मव्यथा सुन्न!
गाडीको चक्का झैं चिप्लिन्छ समय…. ‘
(तिर्खाएको मन केही पल)
एउटा गाउँले परिवेशमा हुर्किएकी निरु जीवनलाई सार्थक बनाउन सहरतिर लागिन् मनका इच्छा प्रज्वलित पार्नका लागि। जीवन सङ्ग्राममा पाइला नाघ्दै समय बितेर गएको थाहै पाइनन्। अतीतलाई फर्किएर हेर्ने प्रयासमा फेरि गाउँतिरै धावमान हुन्छिन्। तर समयले त्याहाँ पनि परिवर्तन ल्याए। उनी अहिले गाउँमा पनि अपरिचित भइसकेकी रहिछन् र उनको परिचय नै हराइसकेकी रहिछन् –
… “अतीतले घच्घच्याउँछ
बोलाउँछन् हरियाली गाउँका
बर-पिपलले
गाउँको बतासले
दगुरेर जान्छु गाउँ तर्फ
त्यहाँ पनि उम्रिएका रहेछन्
नयाँ बिरुवाहरू
कृत्तिमताको अक्सिजेन पिउँदै।
अपरिचित हुन्छु म त्यहाँ
सबैका लागि
मैले मेरो परिचय हराई सकेछु। “
(फर्किएर हेर्दा)
हिजोआज पृथ्वीका विभिन्न ठाउँमा निरन्तर युद्ध चलिरहेका छन् जसको परिणाम अति भयानक हुन्छ। युद्धमा हजारौंले ज्यान गुमाउँछन्, हजारौं नारी विधवा बन्छन्, निर्दोष व्यक्तिहरूले बिनासित्तिमा आफ्नो ज्यान गुमाउँछन्। निरु शर्मा पराजुलीले उनको कवितामा अनगन्ती मानिसहरूको मृत्यु पश्चात पाएको जीतमा पनि पराजय नै छिपेको हुन्छ, क्षणिक आनन्द प्राप्त भए तापनि त्यहाँ कैयौं मानवता लुछिएका हुन्छन्, कैयौं सैनिकका तातो रगतको सट्टा जित पाएर के गर्नु, कैयौं आमाका कोख रित्तिएका हुन्छन् भनी उल्लेख गरेकी छन् –
‘जेसुकै भए पनि….
त्यहाँ मानवता लुछिएको हुन्छ
‘आफ्नै गालो आफ्नै लपेटो’ यो युद्ध
भोगनुत सबैले पर्छ
युद्धजयका कुरा नगर साथी
सुन्न सक्दिन म त्यो
मानवता लुछिएका कुरा। (युद्ध एक उपलब्धि)
निरु शर्मा पराजुलीका प्रायजसो कवितामा सामाजिक, राजनैतिक, प्राकृतिक जस्ता विषयहरूमा देखापरेका विसंगतिहरूले कसरी हाम्रो देश र समाज व्यवस्थामा असर पारेको छ, यस्तै विषयहरूमा उनले आफ्नो काव्य कलाद्वारा दर्शाउने प्रयास गरेकी छन्। ‘यसबारे बाढीमा’ शीर्षक कवितामा बाढीले साधारण जनतामाथि कसरी कन्तबिजोग पार्छ र विभिन्न रोगव्याधिले ती निमुखा, सर्वस्व गुमाएका मान्छेलाई आइलागेका समस्याहरू उठान गरेकी छन्। त्यसरीनै ‘भोक’ शीर्षक कवितामा मानिसलाई जतिपनि धन सम्पत्ति भएपनि नपुग्दाको असन्तोषले भौंतारिएर आनन्द र हर्ष गुमाउदो रहेछ। ‘चाहना’ नामक कवितामा स-साना नानीहरूका उज्ज्वल भविष्यको कामना गरेकी छन् भने ‘प्रतिकार’ शीर्षक कवितामा हिंरुा र अत्याचारी चीलहरूबाट चल्लाहरूलाई कसरी बचाउने भन्दै मानवरूपी लोभी नजरले पछ्याइरहेका चीलहरूबाट कसरी पुतली झैं खुशीमा खेली हिंड्ने अबोध बालिकाहरूलाई बचाउने जस्ता कुराको उठान गरेकी छन्। ‘विवशता’ शीर्षक कवितामा एउटी विधवाले आफ्ना छोरा-छोरीको भविष्य उज्ज्वल पार्न गरेको जीवन संघर्षलाई उजागर पारेकी छन् भने ‘चिन्तन’ नामक कवितामा नारीले नै नारीलाई बोक्सी भनेर आरोप लगाउँछन्, दाइजो जस्तो सामाजिक व्याधिले कसरी नवविवाहिताहरू पिडित भएका छन् जस्ता विषयहरू उठान गरेर पाठकवर्गमा जागृति ल्याउन प्रयास गरेकी छन्। अर्को एउटा कविता ‘घर’ मा उनले ‘घर त्यो हो जहाँ मन रमाउँछ, जहाँ फुलेका हुन्छन् सद्भावनाका फूल, सुवास छर्दै आत्मीयताको’ भनेकी छन्।
नारीमाथि भएका अन्याय, अत्याचार, थिचोमिचो आदि बारे निरुले नारीलाई जागृत पार्न ‘नारी जाग तिमी’ शीर्षकमा लेखेको कवितामा नारी निर्यातन, नारीमाथि हिंरुाता, नारी अपमान, बलात्कार, नारीको सतित्व हनन जस्ता विषयहरू उठान गरेर नारीलाई सशक्त हुन आहवान गरेकी छन्। कविताको अन्ततिर उनले समस्त नारीलाई यसरी आह्वान गरेकी छन् –
नारी जाग तिमी
जगाऊ शक्ति हृदयको
गर विकास आफ्नो व्यक्तित्वको
लड आफ्नो हकको निम्ति
मानवसमाजको प्रमुख मानव भएर।
नारी तिमी हैनउ अवला
तिमी सवला हौ
तिमी हौ शक्ति, आराध्या जननी
नभुल गौरवमय अतीत तिम्रो
तिमी थिएउ वेदमन्त्रद्रष्टा पनि
नारी जाग तिमी।
कविता सङ्कलनका अन्तिम दुई कविता हुन् ‘बुढीआमा’ र ‘सृजना’। बुढीआमा कवितामा कविले अन्धो मोहमायामा परेर छोरालाई धेरै माया गर्नु तर छोरीलाई हेला गरेकी थिइन्। तर घरमा बुहारीको प्रवेश भएपछि तिरस्कारको झटारो बुढीआमा माथि पर्छ। तर पनि बुढीआमा नाति-नातिनीको बोली सुन्न आतुर हुन्छिन् र क्वाँ क्वाँ रून्छिन्। यसरी कविका मनका अनुभूति कविताका रूपमा कोरिन्छन्। त्यसरीनै ‘सृजना’ कवितामा मानिसले आफ्नो क्षुद्र स्वार्थ परित्याग गरेर अँध्यारोबाट उज्यालो तर्फ लाग्न र प्रकृतिको सृजनालाई सघाउ पुऱ्याउन आहवान गरेकी छन्।
अन्तमा, निरु शर्मा पराजुलीले पाठकको बोधगम्यता प्रति मनन गर्दै सबैले सजिलै बुझ्न सक्ने, सरल सहज शब्दहरू र कतिपय सजिला प्रतीकहरूको प्रयोग उनका कविताका विशेषता हुन भन्न सकिन्छ। यसका अतिरिक्त उनका कविताहरूमा सकारात्मक सोचमा जीवन प्रति आशावादी, भारतीय हुनुमा गौरव बोध, उखान र तुक्काको सुन्दर प्रयोग, विश्व वन्धुत्वको अवधारणा, नारीवादी मनोभावको प्रस्फुटन, जीवनप्रति दार्शनिक अनुभूति, विश्व मानव कल्याणको भावना आदिको चित्रण उनका कवितामा झल्किने कतिपय विशेषता हुन्। कविले सधैं देखेका अनुभवहरू उनका कविताहरूमा उतारेको देखिन्छ। निरु शर्मा पराजुलीका कविताहरू धेरजसो गाँउको परिवेशका पृष्ठभूमिमा रचेका देखिन्छन्। गाउँमा जन्मेकी निरु पछिल्लो समयमा गुवाहाटी जस्तो महानगरमा बसोबास भए तापनि उन्को मन सधैं गाउँतिरै धावमान भएको अनुभव हुन्छ। दुर्भाग्यवश, हामीले उनको परिपक्क उमेरका अझै झरिला कविता पढ्ने मौका पाएनौं।
गाउँ – मध्यछत्रङ, ओडा नम्बर – 7, हुलाक – गहपुर, सहजिला – गहपुर (असम)
दुरभाष- 6000094153
विषयसूची
- निरु शर्मा पराजुलीको “म मानिसको निर्मल उत्सव’ लाई नियाल्दा
- निरु शर्मा पराजुली कृत ‘तिर्खाएको मन केही पल’ बारे केही भन्नुपर्दा
- ‘कोसेली’ को गाँठो फुकाउन खोज्दा
- ‘निरु, यस्ता कोसेलीहरू लिएर फेरि पनि आउनु है ल!’
- अमिताभ शब्द’का दिव्य आभा फैलिंदा
- निरु शर्मा पराजुलीको हिन्दी कविता संकल्न -इन्द्रधनुषी सपनों की ओर-को प्राक्कथन
- निरू शर्मा पराजुली साहित्यमा निकै अघि बढिसकेकी लेखिका हुन्।
- सिपीभित्रको मोती खोज्न रुमलिँदा
- ‘बाँस फूलको गन्ध’ सुँघे पछि
- निरु शर्मा पराजुलीको ‘तिर्खाएको मन केही पल’ भित्र रूमल्लिँदा
- नीरूको मीठो कोसेली
- नेपालीहरूको चाड तीज र तीजगीतहरू
नीरूको मीठो कोसेली
◙ मुक्ति प्रसाद उपाध्याय
एउटा वृक्ष जादु झैँ अचानक पृथिवीमा आएर झ्वाम्म माटामा गाडिएर, झ्याँगिएर भकाभक फल फलाउन सक्दैन । त्यसका लागि लामो प्राकृतिक पद्धति छ । असल बीऊबाट असल बिरुवा बन्छ । झरी, बतास र बिनासकारी कुतत्वबाट जोगाएर उचित जलमल गरेन भने त्यो बिरुवा विशाल वृक्ष बन्न कदापि सक्दैन । झ्याँगिएर न त छहारी नै प्रदान गर्नसक्छ न त त्यसले फल नै फलाउन सक्छ । त्यस्तै त्यस्तै पाराले असल बीऊबाट असल बिरुवा नभै टुप्पामा पलाएर फल प्रदान गर्न तम्सिने हाम्रामा वरिष्ठ भनाउँदा साहित्यकारहरू भरमार पाइन्छ । पश्चिमका केही साहित्यिक कृतिहरू सरसर्ती हेरेर उत्तर आधुनिकताको टाकुरालाई चिहाएर आफूलाई महान साहित्यकार भनाउन खोज्नेहरूको मानसिकताले हाम्रो साहित्यको धरातल मलिलो र फाँटिलो हुनसक्छ भन्ने सोच धेरैको होला । जमीनमा मुनि मुनिसम्म जराहरू फैलिएर जमीनबाट आवश्यक पोषक तत्व प्राप्त गरेको वृक्षका फल पनि पोषिला, स्वादिला र रसिला स्वत: हुन्छन् । तर जराविहीन वृक्षको कल्पना गरौँ । त्यो कस्तो हुन्छ ? कति झ्याँगिन्छ र कति छहारी दिन्छ ? फल पनि कस्तो देला अनि आधारहीन त्यस वृक्षले कति लामो समयसम्म जमीनमा आफ्नो अस्तित्व कायम राख्न सक्ला ? यस्तै यस्तै प्रश्न हाम्रो भाषा साहित्यलाई अघि उभ्याएर गर्न मन लाग्यो । कतै हाम्रो साहित्य पनि उचित धरातल, हावा, पानी र जलमल पाउन नसकेको दुर्बल रुख जस्तो त छैन ?
हाम्रो भाषा-साहित्य विकासको चरम गतिमा छ भन्छौँ । भारतीय अन्य भाषाको दाँजामा काँधमा काँध मिलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा पनि हाम्रो भाषा-साहित्य ओर्लिसकेको कुरा हामी गर्छौँ, सुन्छौँ अनि मक्ख पर्छौँ । हाम्रो साहित्य कतै आधारहीन अर्थात् जराविहीन वृक्ष झैँ त छैन ? बलियो वृक्षको आधार बलियो जरा हो भने गहकिलो साहित्यको आधार बाल साहित्य हो भन्ने कुरा हामीले बिर्सेका छौँ । भारतको परिप्रेक्षमा हेर्ने हो भने नेपाली भाषामा बाल साहित्यको विकास अति नगण्य छ भन्नुपर्छ । बङ्गला, मराठी, हिन्दी आदि भारतीय साहित्यका वरिष्ठ विद्वान साहित्यकारहरूले बाल साहित्यमा जोशिलो भएर कलम चलाएको पाइन्छ । नेपालमा पनि प्रख्यात, चर्चित र विद्वान साहित्यकारहरूले सक्रिय र निरन्तर रूपमा बाल साहित्यको रचना गरेको पाइन्छ । तर भारतीय नेपाली साहित्यमा ठूला र वरिष्ठ साहित्यिकहरूको कलम त्यस तर्फ उदासीन देखिन्छ । बाल साहित्यमा कलम चलाउँदा साहित्यकारको स्तर तल झर्छ भन्ने भावना नसुनिएको र नदेखिएको होइन । बाल साहित्य तल्लो दर्जाको साहित्य भन्ने सोच नै भारतीय नेपाली बाल साहित्यको विकासमा लामो तगारो भनेर तेर्सिएको देखिन्छ । यस प्रसङ्गमा मैले भोगेको र सुनेका दुइवटा उदाहरण यहाँ राख्न मन लाग्यो । वर्षदिन जति अघि बाल साहित्य समाज, नेपालका कोषाध्यक्ष कार्तिकेय घिमिरे भारतमा नेपाली बाल साहित्यको विकासको जानकारी लिन आएका थिए । नेपाली बाल साहित्यको विकासमा भारतमा कुनै सङ्घ-संस्थाको भूमिका नभएकाले उनले भारतमा पनि एउटा बाल साहित्य संस्था खोल्ने र नेपाल र भारत मिलेर नेपाली बाल साहित्यमा धेरै काम गर्न सकिने सम्भावनाहरूको कुरा उल्लेख गरे । सोही अनुरूप अति छोटो समयमा बाल साहित्यमा कलम चलाई सकेका केही साहित्यकारहरूलाई निम्त्याइयो । दार्जिलिङबाट स्नेहलता राई, खर्साङबाट शिशुपाल शर्मा, सिक्किमबाट थमन नौवाग र भीम प्रधान तथा सिलगढीका केही साहित्यकारहरूको उपस्थितिमा बाल साहित्य संस्थाको एउटा अस्थायी कमिटि बनायौँ । असमतिरका बाल साहित्कारहरूलाई फोन मार्फत सो जानकारी गराइयो । उनीहरूलाई सो काम मन पर्यो र भविष्यमा उनीहरू उपस्थित हुने वचन दिए । सन 2016 को 11,12,13 मार्चमा नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौं र काँकरभिटाको भानु प्रतिष्ठानको संयुक्त आयोजनामा भएको अन्तर्राष्ट्रिय नेपाली भाषा संगोष्ठीमा सहभागी बन्न जाँदा बाल साहित्यको पुस्तक प्रकाशन गरिसकेकी असमकी एकजना साहित्यिक मित्रसित भेट भयो । उनका अघि मैले बाल साहित्य संस्थाको खाँचो र यसमा रहेर काम गर्नुपर्ने कुरा झिकेको मात्रै के थिएँ हाम्रा कुरा सुनिरहेका एकजना विद्वान साहित्यिक मित्र बीचमा बोले “ पर्दैन पर्दैन, तपाईँ त्यति तल झरेर बाल साहित्यको काम गर्नु पर्दैन । तपाईँले त अब कलेज र यूनिभर्सिटी लेभेलका पुस्तक लेख्नु पर्छ ।” ती मित्रको विचार सुनेर म हक्क न बक्क परेँ । मेरो त बोली नै निस्किएन । त्यतिबेलै डा. चुडामणि बन्धुले मलाई देख्नुभयो । हाँस्दै हामी भएतिर आउनु भयो । मलाई एउटा पुस्तक दिँदै भन्नुभयो “ मुक्ति भाइ ! यो नेपाल बाल साहित्य समाजको वार्षिक पत्रिका बाल साहित्य हो । यो तपाईँलाई । ” धन्यवाद भनेर छड्के पाराले मैले ती साहित्यिक मित्रलाई हेरेँ । बुझ्नेलाई श्रीखण्ड नै अघि तेर्सिए पछि बुचपचाउने ती मित्रलाई मैले केही भनिरहनु पर्छ जस्तो मलाई लागेन ।
भाग्यले साथ दियो र मेरो किशोर विज्ञान उपन्यास मालती ले साहित्य अकादेमी बाल साहित्य पुरस्कार 2015 प्राप्त गर्यो । फोनमा धेरै मित्रहरूको बधाई थापेँ, पछि भेटमा पनि थापेँ । ती मध्ये एकदुइजना मित्रहरूको बधाई दिने भाषा मैले कहिले बिर्सन सक्दिनँ । बधाईको भाषा यस्तो थियो “ ए ! केटाकेटी पुस्तक लेखेर पुरस्कार पाको ? ल ल, बधाई छ । अब राम्रा किताब लेख्नुपर्छ ।” यसलाई उपहास भन्नु कि बधाई भन्नु ? म हाँसे अनि धन्यवाद दिएँ । हाम्रा साहित्यकारहरूको सोच यस्तो रहेपछि भारतमा हाम्रो बाल साहित्य कसरी मौलाउँछ ?
बाल साहित्य लेख्नु अति सजिलो छ, ऐरे गैरे नत्थु खैरे जसले पनि बाल साहित्य लेख्न सक्छ अनि थोरै पढेका, साधारण साहित्य लेख्न नसक्ने अज्ञानीहरूले बाल साहित्य लेख्छन् भन्ने हाम्रा धेरै विज्ञ साहित्यिक मित्रहरूको सोचाई नभएको होइन । जसरी स्तरीय साधारण साहित्य अध्ययन, चिन्तन्, मनन् नगरी लेख्न सकिँदैन सोही अनुरूप स्तरीय बाल साहित्य लेख्नु भनेको पनि सागरको सतहमा बसेर नै मोती टिप्न खोज्नु जत्तिकै हो । तर वास्तवमा साधारण साहित्य लेख्नुभन्दा बाल साहित्यमा कलम चलाउनु अप्ठ्यारो विषय हो भनेर केही विज्ञ साहित्यिक व्यक्तित्वहरूको भनाइ रहेको पाइन्छ । बाल साहित्यमा लेख्नु पर्ने विषयको सही जानकारी, बाल मनोविज्ञान अनि बाल बालिकाका जिब्रामा सहजै आउने भाषा, आनन्द प्रदान गर्ने शैली आदिको ज्ञान नभएकाहरूको बाल साहित्य प्रभावकारी हुँदैन । साधारण साहित्य लेखकले आफ्नो रुचि अनुसार लेख्दा हुन्छ तर बाल साहित्यमा लेखकको आफ्नो रुचिको कुनै महत्व हुँदैन । बाल साहित्यमा केवल बालक बालिकाको रुचि मात्रै समावेश गरिएको हुनुपर्छ । बाल साहित्यको नाममा उपदेश र नीतिशिक्षाका ठूलठूला कुराले मात्रै त्यो शुष्क मरूभूमि तुल्य हुन्छ । बाल साहित्य आनन्द र मनोरञ्जनले परिपूर्ण हुनुपर्छ । बाल अवस्था भनेको जन्मे पछि किशोर अवस्थासम्मलाई बुझिन्छ । त्यसर्थ उमेरलाई विचार गरेर उनीहरूले सजिलै बुझ्न र ग्रहण गर्न सक्ने सहज, सरल र मीठो भाषामा मनोरञ्जनात्मक तरिकाले प्रकृति, ज्ञान, विज्ञान आदि विभिन्न विषयमा रोचक र आकर्षक शैली प्रयोग गरी कलात्मक तरिकाले लेखिएका विभिन्न विधाका रचना हुन बाल साहित्य । बाल पुस्तक आदिमा विषय अनुसारका चित्र अनि सोही अनुरूपका रङ प्रयोगले सुनमा सुगन्ध थप्ने काम गर्छ ।
पाठ्य पुस्तक र पत्र-पत्रिकामा फुटकर रचनाका रूपमा बाल कविता लेख्ने भारतीय नेपाली कविहरू धेरै भए तापनि बाल कविताकै पुस्तक प्रकाशित गर्ने कविहरू पर्याप्त छैनन् । अहिलेसम्मको प्राप्त जानकारी र उपलब्ध भएका पुस्तक अनुसार प्रकाशित बाल कविता पुस्तकहरूको एउटा सूची तयार पार्ने जमर्को निम्न अनुसार गरियो ।
1) सन 1957 – पारसमणि प्रधान – बटुलबाटुल
2) सन 1971 – ध्रुव दवाडी – बाल विनोद
3) सन 1979 – नैनसिंह योञ्जन – बाल सङ्गीत
4) सन ? — सरद छेत्री – कुनै अग्लो रुख नभएको देश
5) सन 2000 – खिरोदा खडका – बाल कुसुम
6) सन 2001 – ज्योति शाक्य — चिरिबिरी
7) सन 2001 – भोटु प्रधान – हाम्रा बाल कविता
8) सन 2002 – खिरोदा खडका – बाल बाटिका
9) सन 2004 – वेग वसन्त थापा – फाठशालाको पहिलो दिन
10) सन 2006 – शिशुपाल शर्मा – बाल कविता कोसेली
11) सन 2006 – भविलाल लामिछाने – बादल पारिको देश
12) सन 2008 – शिबु छेत्री — अभियान
13) सन 2007 – स्नेहलता राई – मनका हरफहरू, बाल सुमन
14) सन 2009 – स्नेहलता राई – बालोद्यान, मेरो प्यारो गाउँ
15) सन 2010 – स्नेहलता राई – प्रकृति र पृथ्वी
16) सन 2010 – पारसमणि प्रधान – बाल कविता
17) सन 2010 – शैलेन्द्र समदर्शी – बाल गजल सङ्ग्रह
18) सन 2010 – सञ्जय राणा – मोनिका
19) सन 2011 – टी. एन. सुवेदी – वसन्त फेरि मुस्कायो
20) सन 2011 – सुभाष श्रेष्ठ – बाल गजल सङ्ग्रह
21) सन 2012 – डा. शान्ति छेत्री – फूलबारी
22) सन 2012 – भीम प्रधान – बाल कोसेली
23) सन 2013 – असित राई – गाऔँ र नाचौँ
24) सन 2013 – शिबु छेत्री – चिम्मा नानी चिम्मा
25) सन 2014 – सुभाष श्रेष्ठ – रानी चरी
26) सन 2014 – खुमान सुनार – सुनचराको गुँड
27) सन 2014 – बसन्ती शाह – बाल दर्पण
28) सन 2015 – डा. दैवकी देवी तिमसिना – घाम पानी घाम पानी स्यालको बिहा
29) सन 2015 – विष्णु शास्त्री – ची मुसी ची
30) सन 2016 – भविलाल लामिछाने – चराको चिरबिर भुराको किरकिर
नेपाली साहित्यमा मात्रै होइन नीरू शर्मा पराजुली असमीया साहित्यमा पनि आफ्नो एउटा राम्रो स्थान बनाइसकेर चिनारी पाइसकेकी कवि हुन् । हुन त नीरूले कथा, कविता, निबन्ध, अनुवाद साहित्यमा कलम चलाइसके तापनि उनको मनपर्दो विधा कविता नै हो । नेपाली र असमीया कविता लेखनको गहिराइमा डुबिसकेकी पराजुली बाल कविता लेखन तर्फ ढल्किनु उनको महानता हो भन्नुपर्छ । बाल कविता लेखनले कविको स्तर तल झर्दैन, बरू यसले बाल मनसित रूमलिन पाउँदा विचारमा शुद्धता, परिपक्वता र भावनाको गहिराइमा पुग्न सहयोग पुर्याउँछ । बाल कविता सङ्कलनका रूपमा उनले कोसेली अघि सारेर उनी बाल्यकालमा फर्किएर समाज, परिवेश र प्रकृतिसित खेल्न, रमाउन, नाच्न, उफ्रिन र कुनै बन्धन बिना मन खोलेर स्वतन्त्र रूपमा आफूलाई अघि सार्न गरिएको उनको प्रयास सह्रानीय भएको पाइन्छ । पराजुलीले आफ्नो मातृभाषा नेपालीमा बाल कविता सङ्कलन कोसेली हामीलाई दिनुअघि उनले असमीया भाषामा बगी बरमार बारी बाल कविता सङ्कलन लेखेर एउटी सशक्त बाल कविका रूपमा आफूलाई स्थापित गरिसकेकी छन् । बाल कविता सङ्ग्रह कोसेली मा जम्मा 61 वटा मुक्तक रूपी साना साना बाल कविता समावेश भएका छन् । उनका बाल कविताहरूलाई अहिलेको यान्त्रिक, भौतिकवादी, अप्राकृतिक र कृत्तिम परिवेशले कुनै असर गर्न सकेको छैन । अहिले पनि गाउँमा बसोबास गर्ने केही शिशुहरूले केही मात्रामा भए तापनि प्राकृतिक परिवेशको सम्पर्कमा रूमलिन पाएका हुन्छन् । तर बढ्दो आधुनिक ढाँचाका शहर अञ्चलमा बसोबास गर्ने शिशुहरू प्राकृतिक परिवेशबाट पूरै अलग्गिएका हुन्छन् । साँच्चै भन्ने हो भने शहरमा बस्ने धेरै शिशुहरूले घाम झुल्केको, अस्ताएको मनोरम दृश्य, जुनेली रातको मीठो आभास अनि चरा-चुरूङ्गी, कीट-पतङ्ग, जीव-जन्तु आदिको रहन-सहन, खान-पान,बानी-बेहोरा आदि विभिन्न कुराको प्रत्यक्ष अनुभव गर्नबाट बञ्चित नै रहेका हुन्छन् । अहिलेका हाम्रा शिशुहरू पढाइ साथै विभिन्न प्रकारका प्रतिस्पर्धाबाट सुल्किनु पर्ने परिवेशको सृजना भएकाले मानसिक थिचाइले गर्दा प्राकृतिक परिवेशको उपभोग गर्दै खेल्ने, घुम्ने, रमाउने र प्रकृतिबाट सिक्ने कुराहरूबाट धेरै टाढिएका अनुभव सबैलाई भएकै कुरा हो । यी सबै कुराहरूलाई विचार गरेर नीरू शर्मा पराजुली कोसेली मा समावेश गरिएका बाल कविताहरूमा केही क्षण भए तापनि प्रकृतिको काखमा विचरण गराउँदै हाम्रा वरिपरिका प्राणीहरूसित मितेरी साइनो गाँस्दै निर्मल र पवित्र प्रवाहमा कोमल शिशु मन रमाउन र रूमलिन पाउन् भन्ने विचार राखेर मनोरञ्जनात्मक कविताहरू पस्किन सफल बनेकी देखिन्छिन् । बाल कविताहरूमा नभै नहुने विशेष गुण लयात्मकता र गेयात्मकता कोसेली का प्राय सबै बाल कविताहरूमा पाइनु भनेको बाल कविमा हुनुपर्ने कला हो । नीरूका यी बाल कविताहरू प्राथमिक तहका नानीहरूका लागि विशेष उपयोगी देखिन्छन् । प्रकृति नै जीवनको मूल आधार हो भन्ने आभासका साथ स्वतन्त्र मनले प्रकृतिलाई उपभोग तथा सहज, सरल मानवीय गुणले आफूलाई सिञ्चन गराउँदै मनोरञ्जन र आन्नदमा रमाउन लगाउँदै खेल खेलमा प्राकृतिक लगायत साधारण ज्ञानका दिशामा नानीहरूलाई डोहोर्याउन गरिएको नीरूको प्रयास प्रसंशनीय देखिन्छ । बाल कविता पुस्तकको एउटा सबल पक्ष हो कविता अनुसारका चित्र समावेश गरिनु अनि चित्रहरू रङ्गीन भए बाल मन कविताहरू प्रति अझ धेर आकर्षित भएर रमाउन सक्छ । कोसेली बाल कविता सङ्कलनका प्रत्येक कविताको भनाई र भाव अनुसारका यथार्थ चित्र पाइनु यसको महत्वपूर्ण पक्ष मान्नुपर्छ । बाल कविता पुस्तकको सही मानदण्डलाई विचार गरेर नीरू शर्मा पराजुलीले यस पुस्तकमा धेरै परिश्रम गरेको देखिन्छ । कुशल चित्रकारद्वारा स्तरीय, राम्रा र रङ्गीन चित्र मनले मात्रै हुँदैन । यसका लागि धन पनि चाहिन्छ । हाम्रामा विशेष गरी भारतमा पुस्तक प्रकाशन गरेर बिक्री-वितरण गरिदिने संस्था छैनन् भन्दा अत्युक्ति पटक्कै हुँदैन । एकदुइवटा संस्था भए तापनि केवल नाफालाई विचार गरेर उनीहरू पाठ्य पुस्तकको प्रकाशनमा नै बडी उत्साही देखिन्छन् । त्यसो हुँदा भारतमा नेपाली पुस्तक, त्यो बाल पुस्तक होस वा अन्य त्यसका लागि सबै खर्चको भारी कवि वा लेखकको थाप्लामा नै आएको देखिन्छ । अनि हाम्राहरूले फेरि किताब किनेर पढौँ भन्न जानेका छैनन् । त्यसो हुँदा किताब छाप्न रहर गर्ने कवि वा लेखकको गोहालीको बहर जान्छ नै । त्यो फेरि फर्किने होइन । रहर गरेर बहर गुमाउने नीरू शर्मा पराजुलीले बाल साहित्यका लागि एउटा अति नै महत्वपूर्ण काम गरेकी छन् जो लरतरो प्रकाशनले पनि आँट गर्न सक्दैन भन्न मन लाग्यो । साँच्चै नै नीरू ठूलै धन्यवादकी पात्र बनिएकी छन् । उनलाई मेरा तर्फबाट धन्यवादका पुष्पाक्षरका साथ साहित्य मार्फत यश र धन दुवै प्राप्त होस् भन्ने शुभाशीष दिन मन लाग्यो । मलाई पूर्ण विश्वास छ, साहित्य सेवाको बाटो लामो र कठिन भए तापनि नीरू पछि सर्ने प्रतिभा होइनन् । अघि बढ सधैँ अघि बढ ।
बाल कविता सङ्कलन कोसेली का प्राय सबै कविता राम्रा भएका देखिन्छन तापनि केही कविताहरूको उदाहरण अघि नसारिकन कसरी यसको बीट मार्नु ? मैले त सकिनँ । शरीर बूढो भए पनि मन बूढो कहिल्यै हुँदो रहेनछ । अझै पनि मन त बालखै छ । त्यसैले नीरूका यी बाल कवितामा मेरो मन प्रशस्त रमायो र धेरै कुरा सिक्यो, जान्यो । शुरूमा नीरूले बाल बालिकालाई फूलबारी र आकाशको विचरण गराउन लगेकी छन् –फूल फुल्यो फूलबारीमा
मौरी थाले झुम्न
हातेमालो गरी साथी
जाऔँ हामी घुम्न ।
आकाशको सागरमा
पौरिन्छ है जून
हाम्रा सानी नानीका ती
दुइ कानमा सुन ।
कोसेली का बाल कविताहरू गेयात्मक, लयात्मक र मनोरञ्जनात्मक तथा जानकारीमूलक रहेका पाइन्छन् ———-
टाटे पाङ्ग्रे पुतलीका
कति राम्रा लुगा
पल्ला घरे साइँलाबाका
कति राम्रा जुँगा ।
पात सिउँदै सुजेराले
बनाएछ गुँड
बनमा बस्ने हात्तीका
लामा लामा सुँड ।
नानीहरू पुतलीका राम्रा लुगाले रमाउँछन् भने साइँलाबाका जुँगा देखेर हाँस्नेछन्, रमाउने छन् अनि सुजेराको गुँड बनाउने कलाबारे जानकारी पाउनेछन् ।
शिशुहरू कविता गाएर रमाइलो गर्दै झुम्नसक्नु ठूलो कुरा हो —
भ्यागुताले लगाएछ
शिरमा रातो टोपी
कमिलाले टोकी दिए
लाग्यो उसलाई खोकी ।
बिरालाका घरमा
मुसाको छ राज
मुसासँग लडाइँ गर्दा
परिहाल्यो साँझ ।
कवितामा रमाउँदै, नाच्दै नानीहरूले हाम्रा संस्कृतिबारे पनि केही जानुन् भन्ने नीरूको विचार प्रसंशनीय देखिन्छ ———-
गाइ तिहार हाम्रो चाड
गाइ पुजन गर्छौँ
लक्ष्मी पुजन गरेर
भैली खेल्न कुद्छौँ ।
भाइटिका हाम्रो चाड
दाजुभाइलाई पुज्छौँ
दिदी बैनी मिलेर
टिका लगाई दिन्छौँ ।
दशैँ आयो बाबा मलाई
ल्याइदिनु है जुत्ता
लुगा पनि चाहिन्छन् नि
भएका धेरै बुट्टा ।
कोसेली मा परेका प्राय सबै बाल कविता रमाइला, मन पर्दा, पढौँ पढौँ लाग्ने र उदाहरण दिउँ जस्ता दोखिन्छन् । बेहुलो हुँदा बुकुवा दल्ने जस्ता हाम्रा परम्पराका धेरै कुरा लगायत विभिन्न जन्तुका शिशुहरूका नाम हाम्रो भाषामा बडो रोचक प्रकारले राखिएका हुन्छन् भन्ने कुरा पनि नीरूले आफ्ना कविताहरू मार्फत बालक बालिकालाई जानकारी गराउने राम्रो प्रयास गरेको पाइन्छ ———–
पल्ला घरे बाले ल्याए
ठुलो एउटा खसी
बेहुलालाई नुहाइदिए
बुकुवा नै धसी ।
ऊँटको बच्चालाई
भन्छन् बोता
आमाले पकाउँछिन्
घुमाउने रोटा ।
हाम्रो साहित्य साथ साथै बाल साहित्यको भण्डार गहकिलो पार्दै जानेछन् भन्ने पूर्ण विश्वासका साथ फेरि अन्त्यमा नीरू शर्मा पराजुलीलाई बधाई सहित शुभकामना टक्र्याउँदछु ।
अस्तु ।
मिति – माता तीर्थ औँसी
06,05 2016
विषयसूची
- निरु शर्मा पराजुलीको “म मानिसको निर्मल उत्सव’ लाई नियाल्दा
- निरु शर्मा पराजुली कृत ‘तिर्खाएको मन केही पल’ बारे केही भन्नुपर्दा
- ‘कोसेली’ को गाँठो फुकाउन खोज्दा
- ‘निरु, यस्ता कोसेलीहरू लिएर फेरि पनि आउनु है ल!’
- अमिताभ शब्द’का दिव्य आभा फैलिंदा
- निरु शर्मा पराजुलीको हिन्दी कविता संकल्न -इन्द्रधनुषी सपनों की ओर-को प्राक्कथन
- निरू शर्मा पराजुली साहित्यमा निकै अघि बढिसकेकी लेखिका हुन्।
- सिपीभित्रको मोती खोज्न रुमलिँदा
- ‘बाँस फूलको गन्ध’ सुँघे पछि
- निरु शर्मा पराजुलीको ‘तिर्खाएको मन केही पल’ भित्र रूमल्लिँदा
- नीरूको मीठो कोसेली
- नेपालीहरूको चाड तीज र तीजगीतहरू
नेपालीहरूको चाड तीज र तीजगीतहरू
◙ निरूशर्मा पराजुली
मानवजीवनमा चाड पर्वहरूको एउटा विशेष महत्व छ। यस्ता चाडहरूले राष्ट्रीय चेतना जाग्रत गरेर आफ्नो समाज, संस्कृतिप्रति मानवजीवनलाई श्रीशील बनाउँदछन्। एकता र प्रेमको डोरीमा बाँधेर मानवजीवनलाई महीमामण्डित पार्दछन। लोकजीवनमा परम्परादेखि चलिआएको त्यस्तै एउटा नेपालीहरूको रमाइलो चाड हो ‘तीज’। तीज उत्सव विशेष गरी विवाहिता नेपाली महिलाहरूको ब्रातोत्सव हो। यो उत्सवसँग जडित छ धार्मिक र सामाजिक भावना।
प्रत्येक वर्ष भाद्र ‘शुक्ल तृतीया’को दिनमा यो पर्व पालन गरिन्छ। ‘तीज’ उत्सवको दिन निराहार बसेर नृत्यगीत गाएर नेपाली नारीहरूले भक्तिपूर्वक, एकाग्रभई शिवपार्वतीको पूजा गर्दछन्। हिमालयकी छोरी गौरीले शिव भगवानलाई पतिरूपमा पाउनका निमित्त बालुवाको शिवलिङ्ग बनाएर तपस्या गरेकी थिइन्, अन्न, जल केही ग्रहण नगरी एकध्यान, एकचित्त, एकनिष्ठ भएर। गौरीको तपस्यामा सन्तुष्ट भएर भगवान शिवले गौरी सामु प्रकट भई उनको मनोकामना पूर्ण हुनेछ भनी वरदान दिनु भएको थियो। त्यसै कारण नेपाली नारीहरूले गौरीझैं उपवास बसेर अन्न जल केही ग्रहण नगरी आफ्ना स्वामी र दाम्पत्यजीवनको सुख-शान्ति र मंगल कामना गर्दछन्, अनि अति श्रद्धापूर्वक ‘हरितारिका ब्रात कथा’ श्रवण गर्दछन्।
तीज विशेषगरी विवाहिता नारीहरूको ब्रातोत्सव हो। तीजमा टाडा टाडा भएका छोरी-चेलीहरू माइतीघर जानलाई व्याकुल भई बसेका हुन्छन्। माइती घर नजाउञ्जेलसम्म उनीहरूले यस चाडको आनन्द अनुभव गर्न सकेका हुदैनन्। विवाह गरेर पठाएका छोरी-चेलीका लागि आफ्नो माइती घर अतिनै माया र गौरवको थलो हुन्छ। प्रत्येक नारीहरूले स्वामीको घरमा आफ्ना माइती र आफन्ताहरूले सन्मान पाऊन् भन्ने मनोभावना राख्दछन्। आफ्नो जन्मघर, आफू हुर्किएको गाउँ, साथी-सँगीहरू उनीहरूका लागि अतिनै प्यारा हुन्छन्। आफ्नो माइती गाउँमा माइती घरमा गएर हाँस्न, नाच्न, खानपान गरी रमाइलो गर्न अति आग्रहपूर्वक तीज पर्वलाई उनीहरूले कुरिबसेका हुन्छन्। अन्तरमा जतिनै माइत जाने आग्रह, चाहना भए तापनि तीजमा भने माइतीघरबाट सन्मानसहित चेलीहरूलाई दाज्यू-भाई, अथवा आत्मीयहरूलाई पठाएर निमन्त्रण गरेर ल्याउने चलन छ। छोरी-चेलीले अधीर भएर माइतीको आगमनको बाटो कुरिबसेका हुन्छन्।
भदौ शुक्ल द्वितीयाको दिन ‘दर’ खाने नियम। माइती घरमा छोरीचेलीलाई ल्याएर नानानथरिका खाद्यान्न मिष्ठान्नहरू बनाएर ‘दर’ खुवाइन्छ। घरघरमा अति आनन्दित खुशी भएर छोरीहरूले दर खान्छन्। किनभे भोलिपल्ट भदौ शुक्ल तृतीयाका दिन उनीहरूले उपवास बसेर शिव पार्वतीको हरितालिका ब्रात पालन गर्छन्। शिव-पार्वतीको पूजा गरेर हरितालिका ब्रात कथा श्रवण गरेर सारा दिन भजन कीर्तन गरी तीजगीत गाएर नाच्दै गाउँदै आनन्दमय हुन्छन्।
तीज पर्वमा महिलाहरूले गाउने गीतलाई तीजगीत भनिन्छ। यी गीतहरू चाडपर्व उत्सव पर्वका गीत हुन्। यी गीतहरू विशेष गरी लोकजीवनका गीत हुन्। गाउँका अशिक्षित निरक्षर नारीहरूका ह्मदयबाट निस्किएका सुख-दुख, हर्ष-विषाद, आनन्द निरानन्द आदि अनुभूति र अनुभवले भरपुर छन् यी गीतहरू।
तीज उत्सवमा धनी, गीरब सबै चेलीहरूलाई माइती घर जान सारोनै मन लाग्छ। तर केही कारणवश उनीहरू जान पाएनन् भने अथवा दाज्यु-भाइहरू लिन आएनन् भने आफ्नो माइतीघरलाई सम्झिएर उनीहरूको ह्मदय रून्छ। माइतीले बिर्सिए भन्ने वेदनाले मन पिरोल्छ। यस्ता पिरोलिएका मुटुका व्यथाका अभिव्यक्ति हुन् तीज गीतहरू। तीज आउने अघिअघि कागले का..का गर्दा पनि माइती घरबाट उनीहरूलाई कौआले समाचार लिएर आयो भनी उनीहरू झस्किन्छन्, उत्फुल्लित हुन्छ। यसको अभिव्यक्ति यसप्रकारको छ —
‘दइलामनि खोरसानीको बिरुवा
फूलेर फलेर डालि लचक्क
आँगनको डिलमा बसी काली कौआ का का
बाबाले पठाएको के समाचार
ल्यायौ बरिलै।’
छोरी-चेलीका लागि माइती भनेकै आमा-बाबु हुन्। आफ्ना सन्तानहरूलाई आमा बुवाले अतिनै निःस्वार्थ माया गर्छन्। सद्बुद्धि सुपरामर्श दिने आमा-बुवा उनीहरूका लागि महान हुन्। त्यसै कारण आमा-बुवाको मृत्युपछि माइती घरमा उनीहरूले शून्यता अनुभव गर्छन्। आमा बुवालाई गुमाएर न्यारुाो मान्छन्। तर पनि दाज्यु-भाई रहुन्जेल उनीहरूको आग्रह सदा रहन्छ माइतीघरप्रति। त्यसै कारण उनीहरूले दाजु-भाईलाई भन्दछन् – हामी बाटो हेरी रहन्छौ तिमीहरूले कहिलै नभुल्नु है हामीहरूलाई —
‘शिरमा लाउने शिरैकेरे शिरफूल
पावैमा लाउने बीच बरिलै
लग्ने र भेट्ने गरे मेरा दाजै
विर्साइ दिए आमा-बाबा माइती बरिलै।’
तीज उत्सवले दाज्यु-भाई, दिदी-बहिनीहरूको बीचको मायाको बन्धन दर्बिलो पार्दछ। यस पर्वमा दाज्यु-भाई, दिदी-बहिनीहरू मिलेर अतीत स्मृति स्मरण गर्दै आनन्दित हुन्छन्। उनीहरू आफ्नो वाल्यकालको समयमा फर्किएर जान्छन् जुन समयमा निर्मल, निश्छल मायाले ओगटी राखेको थियो उनीहरूलाई। हराइसकेका शैशवका दिनहरूलाई फेरि एकबाजी जिउँदै उनीहरू आनन्दभिभोर भई गाउँछन् –
‘गोठमा राम्रो झालेमाले गाईले
माइतमा राम्रो दाज्यु भाईले।’
फेरि आफ्नो घर-संसारमा व्यस्त भई रहेका दिदी-बहिनीहरू माइती घरमा भेला भएर आनन्द विभोर भई गाउँछन् —
‘शिरको शिरफूल भाग्य भए लाउँला
दिदी-बैनी भेट हुन कहाँ पाउँला।’
नेपाली जातिको उत्सव तीजले आमा-बाबा दिदी-बहिनी, दाज्यु-भाईहरूलाई मायाको डोरीले सँगाली राख्छ। यसको आध्यात्मिक भावनाले स्वामीप्रति समर्पित भएर माया र सहयोगिताको साथ संसारधर्म पालन गर्न प्रेरणा प्रादन गर्दछ।
‘तीज’ नेपालीहरूको अतिनै अमूल्य चाड हो। यसले दर्बिलो बनाउँदछ भाइ-बहिनीको मायाको पवित्र बन्धन् पति-पत्नीको आत्मिक सम्पर्कलाई।
खारघुली, गुवाहाटी
