Gita Upadhyay गीता उपाध्याय
समन्वयकी साँघु गीता उपाध्यायलाई हार्दिक श्रद्धाञ्जलि
कुनै पनि लेखक/लेखिकाको सबैभन्दा जीवन्त उपस्थिति उसको कृतिमा रहेको हुन्छ। तर हामी लेखक/लेखिकाको एउटा रचना अथवा पुस्तक पढेउपरान्त उसको अर्को रचना अथवा पुस्तकतिर धावमान हुन उत्सुक अधीर हुन्छौं। यसरी नै हामीलाई के पनि जान्न मन लागेको हुन्छ भने लेखक/लेखिका देख्नमा कस्ता छन्, उनीहरूका छरछिमेक कस्ता छन्, उनीहरूका साथीसंगती कस्ता छन् ? प्रस्तुत संकलन समन्वयकी साँघु गीता उपाध्यायलाई हार्दिक श्रद्धाञ्जलि यस्तै एक प्रयास हो। हाम्रो प्रयास के पनि हो भने लगभग अर्द्धशताब्दीदेखि अनुवाद र मौलिक लेखन (नेपाली र असमीया दुवै भाषा) मा अविराम रूपमा कलम चलाइरहेकी हाम्री विदूषी गीता उपाध्यायको व्यक्तित्व र सम्पूर्ण कृतित्वबारे पाठक समाज खास गरी नयाँ पीढीलाई अवगत गराउनु हो। – उत्तम प्रधान
अनुक्रमणिका
- गीता उपाध्याय : एक छोटो कैरन
- गरिमायुक्त व्यक्तित्व गीता उपाध्याय
- गीता उपाध्याय : व्यक्तित्व र कृतित्व
- सुश्री गीता उपाध्यायको व्यक्तित्व र कृतित्वको संक्षिप्त रूपरेखा
- गीता उपाध्यायको जीवन र कर्म : एक विहंगम दृष्टि
- एन फ्रेन्कको डायरीबारे
- गीता उपाध्याय र एन फ्रेङ्कको डायरी
- अनुवाद साहित्यको क्षेत्रमा गीता उपाध्यायको योगदान
- केही भन्नु पर्दा
- गीता उपाध्यायको नियात्राकारिता
- ब्रह्मपुत्रको किनारदेखि अलकानन्दाको तीरैतीर
- “…. हामी भर्खर तीर्थका ढोकामा आइपुगेका छौं …’
- ‘कथाञ्जली’-को भावभूमि
- गीता उपाध्यायकृत कथाञ्जली : एक अध्ययन
- विविध व्यक्तित्वका आलोकमा कथाकार गीता उपाध्याय
- कथाञ्जली – एक अवलोकन
- गीता उपाध्याय दिदीको ‘कथाञ्जली’ सरसर्ती पढ्दा
- ‘सुबासित बताह’ गीता उपाध्यायका कथाहरूको पर्यालोचना
- बाल साहित्यमा गीता उपाध्याय
- विश्वप्रसिद्ध किशोरी एन फ्रांकको कथा
- जन्मभूमि मेरो स्वदेश : परिक्रमा र मन्थन
- एक स्रष्टाका वाणीमा ध्वनित लाखौंको ढुकढुकी : जन्मभूमि मेरो स्वदेश
- उपन्यास जन्मभूमि मेरो स्वदेश – इतिहासपरक सामान्य पठन
- गीता उपाध्यायसँग बिताएका बाल्यकालका केही समय
- शैशवदेखि परिचित गीता दिदी : आफ्नो सम्झनाको सेरोफेरो
- गीता उपाध्याय
- भारतेली नेपाली साहित्यकी ध्रुवतारा प्रा. गीता उपाध्यायको सम्झनामा केही हरफहरू
- गीता उपाध्याय : मेरी घनिष्ठ मित्र
- आत्मप्रकाशले उज्यालिएको जीवन र सृष्टि
- प्रा. गीता उपाध्याय – एक विरल साहित्य सेविका
- साहित्यको फुलबारीमा समन्वयको फूल फुलाउने गीता उपाध्याय
- असमीया साहित्यमा गीता उपाध्यायको योगदान
- शिशु साहित्य लेखिका गीता उपाध्याय
- साहित्य समाजको वर्गीय प्रतिबिम्ब हो
- नेपाली साहित्य परिषद् असमकी विदाई अध्यक्षा सुश्री गीता उपाध्यायसित केही अन्तरङ्ग पलहरू
- अतीतलाई फर्केर हेर्दा
- केही अनुभूतिहरू
गीता उपाध्याय : एक छोटो कैरन
संकलन – उत्तम प्रधान
जन्म : 14 फरवरी, सन् 1939
जन्मस्थान : माजगाउँ, गाङ्गमौथान, बिहाली, जिल्ला शोणितपुर, असम
माता-पिता : स्व. भागीरथी देवी र स्व. टङ्कनाथ उपाध्याय
शिक्षा दीक्षा : सन् 1955 मा बिहाली हाइस्कुलबाट प्रवेशिका,
सन् 1959 मा सन्दिकै गर्ल्स कलेजबाट स्नातक,
सन् 1964 मा गौहाटी विश्वविद्यालय अन्तर्गत राजनीति विभागबाट स्नातकोत्तर।
आजीविका :
► सन् 1960 मा नेपाल सरकारको पर्यटन विभागमा कार्यरत
► सन् 1961 मा कन्डेन्स स्कुलमा प्रधानाचार्यको पदमा कार्यरत
► सन् 1965 देखि शिवसागर कलेज, असममा राजनीतिशास्त्र विभागमा प्रवक्ताको पदमा कार्यरत र सन् 1999 मा विभाग प्रमुखको पदमा सेवा निवृत्त
► एन.सी.सी.को लेफ्टिनेन्ट पदमा आसिन
संलग्नता :
► नेपाली साहित्य परिषद्, असमकी अध्यक्षा (1997-2001)
► सदौ असम लेखिका संस्थाकी अध्यक्षा (2001-2003)
► भारतीय गोर्खा परिसंघ, असम शाखा, अध्यक्षा (2003-07)
► सेवा साधना संस्था, तेजपुरकी प्रतिष्ठापक अध्यक्षा (2007) वर्त्तमान सदस्या
► हरिहरधाम उन्नयन समिति, तेजपुरकी उपदेष्टा (2007)
► सिक्किम अकादमकी सम्मानित सदस्या 2007
► असम साहित्य सभाकी मनोनित सदस्या(1998,2001,03)
► सर्वभारतीय राजनीति विज्ञान संस्थाकी आजीवन सदस्या
► जुविनाइल जष्टिस बोर्ड, तेजपुरकी जुरी 2009 देखि निवर्त्तमानसम्म
► असमीया भाषाको महिला पत्रिका जोनाकी बाटकी आजीवन सदस्या
प्रकाशित कृतिहरू :
अनुवाद :
► एन फ्रेन्कको डायरी (अङ्ग्रेजीबाट नेपाली, 1972)
► एन फ्रेन्कर डायरी (अङ्ग्रेजीबाट असमीया, 1975, सह अनुवादिका बासन्ती लस्कर)
► भानुभक्तर रामायण (नेपालीबाट असमीया, 1987)
► क’ला सुरूज (नेपालीबाट असमीया, 1998)
► मुनामदन (नेपालीबाट असमीया, 2000)
► नेपाल देशर साधु (नेपालीबाट असमीया, 2001)
► दरबारकी सुसारे (असमीयाबाट नेपाली, 2008)
► निज अभिव्यक्तिर दापोणत कर्मवीर धनबहादुर सोनार (नेपालीबाट असमीया, 2008)
► भूमिपुत्र (अङ्ग्रेजीबाट असमीया, 2008)
► आनन्दी गोपाल (मराठीबाट असमीया, 2008)
► अभियात्री (असमीयाबाट नेपाली, 2010)
मौलिक :
नियात्रा/निबन्ध/जीवनी :
► मन्दाकिनी र अलकानन्दाको तीरैतीर केदार बद्रीसम्म, 2003, नेपालीमा
► महापुरुष शंकरदेव : जीवन र कर्म 2003, नेपालीमा
► भ्रमण सोवँरण, 2008, असमीयामा
कथा सङ्कलन :
► एन फ्रान्कर गल्प (असमीयामा 1996) बाल कथा
► एन फ्रान्कको बाल्यकाल (नेपाली, 2008) बाल कथा
► सुवासित बताह (असमीयामा, 2005)
► कथाञ्जली (नेपालीमा, 2008)
► एकाँजलि गल्प सम्भार (शेवाली बरूवासित संयुक्त रूपमा, 2009)
उपन्यास :
► आमा म फास्र्ट भएँ (नेपालीमा 1997) बाल उपन्यास
► मा मई फास्ट हलों (असमीयामा 1997) बाल उपन्यास
► जन्मभूमि मेरो स्वदेश (नेपालीमा, 2013) उपन्यास
► सिलोर दरे उरे मन (सहलेखन, 2013) असमीया बाल उपन्यास)
► आईमोर जन्मभूमि (असमीयामा प्रकाशोन्मुख उपन्यास)
सम्पादन :
► चिन्ता चयनिका (असमीया निबन्ध सङ्ग्रह, 1992)
► असमीया नारी कविका निर्वाचित कविता (असमीयाबाट नेपालीमा) 2002
► बलिदान, पुड्के हवलदार र विलियम शेक्सपियरको राजा तृतीय रिचर्ड (नेपाली, 2004)
पुरस्कार/सम्मान :
► पद्मप्रसाद ढुङ्गाना साहित्य पुरस्कार 2001
► असम सरकारद्वारा साहित्यिक पेन्सन प्रदान, 2003
► आँखियों के झरोखे से शीर्षकमा साहित्य अकादमीद्वारा सम्मानित 2007
► पारिजात स्मृति साहित्य मितेरी सम्मान, 2007
► अभिजमान ट्रष्ट पुरस्कार, 2008
► फूलचन्द्र खण्डेलवाल संहति पुरस्कार, 2009
► डा. नीलिमा दत्त स्मृति अनुवाद पुरस्कार, 2009
► महाकवि देवकोटा शताब्दी सम्मान, 2010
► लालमान सञ्चरानी स्मृति साहित्यिक पुरस्कार, 2010
► प्रवीणा शइकीया साहित्य पुरस्कार, 2011
► साहित्य अकादमी अनुवाद पुरस्कार, 2011
► भानु सम्मान, भानु जन्मस्थल विकास समिति, नेपाल, 2011
अनुक्रमणिका
- गीता उपाध्याय : एक छोटो कैरन
- गरिमायुक्त व्यक्तित्व गीता उपाध्याय
- गीता उपाध्याय : व्यक्तित्व र कृतित्व
- सुश्री गीता उपाध्यायको व्यक्तित्व र कृतित्वको संक्षिप्त रूपरेखा
- गीता उपाध्यायको जीवन र कर्म : एक विहंगम दृष्टि
- एन फ्रेन्कको डायरीबारे
- गीता उपाध्याय र एन फ्रेङ्कको डायरी
- अनुवाद साहित्यको क्षेत्रमा गीता उपाध्यायको योगदान
- केही भन्नु पर्दा
- गीता उपाध्यायको नियात्राकारिता
- ब्रह्मपुत्रको किनारदेखि अलकानन्दाको तीरैतीर
- “…. हामी भर्खर तीर्थका ढोकामा आइपुगेका छौं …’
- ‘कथाञ्जली’-को भावभूमि
- गीता उपाध्यायकृत कथाञ्जली : एक अध्ययन
- विविध व्यक्तित्वका आलोकमा कथाकार गीता उपाध्याय
- कथाञ्जली – एक अवलोकन
- गीता उपाध्याय दिदीको ‘कथाञ्जली’ सरसर्ती पढ्दा
- ‘सुबासित बताह’ गीता उपाध्यायका कथाहरूको पर्यालोचना
- बाल साहित्यमा गीता उपाध्याय
- विश्वप्रसिद्ध किशोरी एन फ्रांकको कथा
- जन्मभूमि मेरो स्वदेश : परिक्रमा र मन्थन
- एक स्रष्टाका वाणीमा ध्वनित लाखौंको ढुकढुकी : जन्मभूमि मेरो स्वदेश
- उपन्यास जन्मभूमि मेरो स्वदेश – इतिहासपरक सामान्य पठन
- गीता उपाध्यायसँग बिताएका बाल्यकालका केही समय
- शैशवदेखि परिचित गीता दिदी : आफ्नो सम्झनाको सेरोफेरो
- गीता उपाध्याय
- भारतेली नेपाली साहित्यकी ध्रुवतारा प्रा. गीता उपाध्यायको सम्झनामा केही हरफहरू
- गीता उपाध्याय : मेरी घनिष्ठ मित्र
- आत्मप्रकाशले उज्यालिएको जीवन र सृष्टि
- प्रा. गीता उपाध्याय – एक विरल साहित्य सेविका
- साहित्यको फुलबारीमा समन्वयको फूल फुलाउने गीता उपाध्याय
- असमीया साहित्यमा गीता उपाध्यायको योगदान
- शिशु साहित्य लेखिका गीता उपाध्याय
- साहित्य समाजको वर्गीय प्रतिबिम्ब हो
- नेपाली साहित्य परिषद् असमकी विदाई अध्यक्षा सुश्री गीता उपाध्यायसित केही अन्तरङ्ग पलहरू
- अतीतलाई फर्केर हेर्दा
- केही अनुभूतिहरू
गरिमायुक्त व्यक्तित्व गीता उपाध्याय
कमल दीक्षित
गीता उपाध्यायलाई ‘गूगल’ मा समेत ‘सर्च’ गर्न सकिन्छ। तर त्यहाँ दक्षिण भारतकी अर्की गीता उपाध्याय पनि देखा पर्ने हुनाले अलि अलमलमा परिन्छ। भए पनि त्यहाँ हामी गीतालाई ‘नेपाली और असमीयाकी सेतु’ भनेर बयान गरेको देख्दा नेपाली मन तृप्त हुन्छ! अझ नेपाली, असमीया, हिन्दी तथा अंग्रेजीजस्ता चार भाषामा पोख्त, असम शोणितपुरकी गीता उपाध्याय नेपाली जातिकै गौरव हुनुहुन्छ भन्न मन लाग्छ मलाई।
असमीया र अंग्रेजीमा गीताजीका कुन कुन कृति प्रकाशित छन् त्यो मलाई थाहा छैन तर नेपालीमा भने मदन पुरस्कार पुस्तकालयमा 9 ओटा किताप मैले दर्ता गरेको छु। त्यसमा सबभन्दा माथि छ ‘एन फ्रेङ्कको डायरी’ वि.सं. 2029 साल साउनमा दरङ, असमबाट प्रकाशित र वाराणसीमा मुद्रित। कुमारी गीता उपाध्यायको पनि ‘फस्ट लभ’ त्यही एन फ्रेङ्क नै रहेछ कि क्या! किनभने वि.सं. 2066 सालमा उहाँले फेरि एन फ्रेङ्कलाई सम्झाउनुभएको छ। अत्यन्त स्नेहालु पाराले एनको ‘बाल्यकाल’ उधिन्नु भएको छ उहाँले नेपाली बालबालिकाहरूका लागि। तर यस पालि भने उहाँकी ‘एन’ असमबाट होइन नेपालबाट झुल्किएकी छन्, वनिता प्रकाशनको ‘ब्यानर’मा। उनको डायरी अनुवाद गर्दै जाँदा र पछि उनका बारेमा लेख्न बस्दा गीताजी ती दिवङ्गत भैसकेकी किशोरीसँग कति निकट हुनुभएछ भने आफू प्रौढा भैसकेपछि उहाँ त्यो एनको परिवार लुकेर बसेको एम्स्टर्डमको सानो कालकोठरीलाई सम्म हेर्न युरोप पुग्नुभएछ।
यहाँनिर मलाई समेत यो एन फ्रेङ्कको पुस्तकसँग आफ्नो ‘साइनो’ देखाउन मन लागेको छ। महानन्द सापकोटामार्फत् जोडिएको हो यो साइनो 2030 सालमा। 5.12.1972 का दिन गीता उपाध्यायले हस्ताक्षर गरेर त्यो ‘डायरी’ को एक प्रति महानन्दजीलाई ‘विनयोपहार’ गर्नुभएको रहेछ। महानन्दजी मलाई स्नेह गर्नुहुन्थ्यो। मदन पुरस्कार पुस्तकालयसँग पनि उहाँको निकै ममता थियो। तीस सालको असारमा म कामका सिलसिलामा एक पटक विराटनगर पुगेका बखत उहाँको दर्शन गर्न भनी तुलसीनिवास पनि गएको थिएँ। त्यहाँ उहाँले मलाई आफ्नो असम प्रवासको किस्सा सुनाउनुभयो। त्यसै बेला कुरैकुरामा गीता उपाध्यायको नाम आयो र उहाँले गीताजीको विद्वत्ताको प्रशंसा गर्दै त्यो किताप दराजबाट झिकेर देखाउनुभयो। मैले हाम्रो पुस्तकालयमा त्यो नभएको बताएँ। अनि उहाँले तत्काल’लेखिकाका निमित्त मेरा पक्षबाट मदन पुस्तकालयलाई चढाएँ महानन्द’ भन्ने अभिलेख राखेर मलाई त्यो पुस्तक बुझाउनु भयो। मैले पनि घर फर्कनासाथ विधिवत् त्यसलाई पुस्तकालयको सूचीमा चडाएँ नंबर 7391 मा।
‘एन फ्रेङ्कको बाल्यकाल’ को प्रकाशक वनिता प्रकाशनकी प्रमुख लक्ष्मी उप्रेतीको भनाइमा गीता उपाध्यायले नेपाली भाषाका केही महत्वपूर्ण कृतिहरूको असमीयामा अनुवाद गरेर प्रकाशित पनि गर्नुभएको छ रे। भानुभक्तको रामायण र मुनामदनजस्ता पुस्तक उहाँले असमीयामा अनुवाद गरिसक्नुभएको छ भन्ने सुन्दा तिनलाई हेर्ने उत्सुकता जागेको थियो ममा। तर त्यो सौभाग्य अझै मिलेको छैन, किनभने बङ्गाली पुस्तक यदाकदा आइपुगे पनि असमीया किताप बडै यता झुÏल्कदैनन्। मलाईचाहिं असमीयामा नेपाली कस्तो सुनिदो रहेछ भनेर हेर्न मन लागेको हो। मैले असमीयामा मुनामदन अनि रामयण पढ्न चाहेको थिएँ। धेरै नबुझे पनि असमीया म पढ्न सक्छु। पहिले त बोल्न पनि सक्थें, तर पछि कलकत्ता पुगेर बाङ्ला बोल्न थालेदेखि असमीया पूरै ‘पोहोरिगेलु’! त्यो असमीया मैले सिकेको भने बनारसमै हो, बिडला होस्टेलमा असमीया साथीहरू जमेपछि।
गीता उपाध्याले नेपालीमा अनुवाद गरेका पुस्तकहरू अवश्य पनि राम्रा छन्। तर तिनबाट उहाँको लेख्ने सीप कति छ बुझिंदैन। तर उहाँका आफ्नै कृतिहरू पढ्दा भने उहाँको नेपाली भाषाको ज्ञान र यस भाषामाथि उहाँको ‘कमाण्ड’ कस्तो तगडा छ थाहा हुन्छ। उहाँको ‘जन्मभूमि मेरो स्वदेश’, ‘कथाञ्जली’, ‘आमा म फस्ट भएँ’ जस्ता कृति कति मीठा छन् हचुवा रूपमा अलिअलि पाठ गर्दा पनि बुझिन्छ। म गीताजीका पुस्तकहरूको अनुशीलन गरेर, समीक्षा या टिप्पणी गर्न असमर्थ छु, त्यस्तो गर्नसक्ने शास्त्रीय ज्ञान मसँगै छैन। त्यसैले म त्यतापट्टि जाँदै जान्न।
अब अलिकता व्यक्तिगत कुरा गरेर यो छोटो लेख टुङ्ग्याऊँ। नेपाली कवि लेखकहरूले 75 वर्ष टेक्नु भनेकै ठूलो कुरो हो। त्यसमाथि गीताजीले पनि त्यो पचहत्तरे संघार काट्न लाग्नुभएछ! बधाई र शुभकामना! अनि 20 ओटा भोटो बढी फेरेको दाजुका नाताले उहाँलाई ‘शुभाशीर्वाद’ पनि!!
कितापहरूमा भेटेको बाहेक, ‘गीता बैनी’ लाई मैले पैले भेटेको चाहिं नेपालको एउटा शैक्षिक स्थल, पाटनको रातो बङ्गला स्कूलमा हो 2056 साल, सन् 1999 मा। उहाँहरू नेपाल उक्लेको बेला मदन पुरस्कार पुस्तकालय दर्शन गर्न आएका बेला पुस्तकालयको परिसरमै रहेको त्यस स्कूलमा रहेछु म र मलाई भेट्न भनी उहाँहरूलाई त्यतै पठाइदिएछन्। म त्यहाँ विद्यार्थीहरूलाई नेपालीमा छन्दपाठ कसरी गर्ने भनेर सिकाउँछु। स्वान्त सुखाय गरेकाले यो उमेरमा पनि मेरो त्यो कार्य अझै रोकिएको छैन, म अझै रातो बङ्गलामा पढाउँदैछु। गीताजीसँगको त्यो पहिलो भेटघाटपछि फेरि भेटेको छैन। त्यति सन् 2007 मै भेटेको भरमा म गीता उपाध्यायको गरिमायुक्त व्यक्तित्वका बारेमा के भनूँ?
◙ ◙
म.पु.पु. काठमाडौं
अनुक्रमणिका
- गीता उपाध्याय : एक छोटो कैरन
- गरिमायुक्त व्यक्तित्व गीता उपाध्याय
- गीता उपाध्याय : व्यक्तित्व र कृतित्व
- सुश्री गीता उपाध्यायको व्यक्तित्व र कृतित्वको संक्षिप्त रूपरेखा
- गीता उपाध्यायको जीवन र कर्म : एक विहंगम दृष्टि
- एन फ्रेन्कको डायरीबारे
- गीता उपाध्याय र एन फ्रेङ्कको डायरी
- अनुवाद साहित्यको क्षेत्रमा गीता उपाध्यायको योगदान
- केही भन्नु पर्दा
- गीता उपाध्यायको नियात्राकारिता
- ब्रह्मपुत्रको किनारदेखि अलकानन्दाको तीरैतीर
- “…. हामी भर्खर तीर्थका ढोकामा आइपुगेका छौं …’
- ‘कथाञ्जली’-को भावभूमि
- गीता उपाध्यायकृत कथाञ्जली : एक अध्ययन
- विविध व्यक्तित्वका आलोकमा कथाकार गीता उपाध्याय
- कथाञ्जली – एक अवलोकन
- गीता उपाध्याय दिदीको ‘कथाञ्जली’ सरसर्ती पढ्दा
- ‘सुबासित बताह’ गीता उपाध्यायका कथाहरूको पर्यालोचना
- बाल साहित्यमा गीता उपाध्याय
- विश्वप्रसिद्ध किशोरी एन फ्रांकको कथा
- जन्मभूमि मेरो स्वदेश : परिक्रमा र मन्थन
- एक स्रष्टाका वाणीमा ध्वनित लाखौंको ढुकढुकी : जन्मभूमि मेरो स्वदेश
- उपन्यास जन्मभूमि मेरो स्वदेश – इतिहासपरक सामान्य पठन
- गीता उपाध्यायसँग बिताएका बाल्यकालका केही समय
- शैशवदेखि परिचित गीता दिदी : आफ्नो सम्झनाको सेरोफेरो
- गीता उपाध्याय
- भारतेली नेपाली साहित्यकी ध्रुवतारा प्रा. गीता उपाध्यायको सम्झनामा केही हरफहरू
- गीता उपाध्याय : मेरी घनिष्ठ मित्र
- आत्मप्रकाशले उज्यालिएको जीवन र सृष्टि
- प्रा. गीता उपाध्याय – एक विरल साहित्य सेविका
- साहित्यको फुलबारीमा समन्वयको फूल फुलाउने गीता उपाध्याय
- असमीया साहित्यमा गीता उपाध्यायको योगदान
- शिशु साहित्य लेखिका गीता उपाध्याय
- साहित्य समाजको वर्गीय प्रतिबिम्ब हो
- नेपाली साहित्य परिषद् असमकी विदाई अध्यक्षा सुश्री गीता उपाध्यायसित केही अन्तरङ्ग पलहरू
- अतीतलाई फर्केर हेर्दा
- केही अनुभूतिहरू
गीता उपाध्याय : व्यक्तित्व र कृतित्व
नवसापकोटा
समयको अनादि अनन्त प्रवाहमा प्रत्येक समाजमा यदाकदा शुभगुणले सम्पन्न व्यक्तिहरूले यस धरतीमा जन्म ग्रहण गरेका छन् जसका जीवनका अनाविल कर्म र चिन्तनका अभिव्यञ्जनाले भविष्य समाजलाई द्रुत गतिमा उन्नत बनाउन सक्षम औ सहायक बनेका छन्। ऐतिहासिक औ पौराणिक दस्तावेजहरूमा यस्ता विनम्र निरहंकारी जीवनको चित्रण हामीले पढ्न पाएका छौं औ त्यस्ता आदर्शमुखर जीवनबाट प्रेरित भई धेरैले जीवन उन्नत बनाएको पनि देख्न पाएका छौं। यही नै मानव जीवनको विकासको चिरन्तन कर्म हो।
असमेली नेपाली समाजमा पनि यस्ता कयौं महान् आत्माहरूले जन्म लिई हाम्रो समाज जीवनलाई आफ्नो कर्ममय जीवनद्वारा सार्थकता प्रदान गरेको दस्तावेज पाइन्छ। यसको संरक्षण तथा संवद्र्धन गर्नु हाम्रो दायित्व बनेको छ। साथै यस्ता महान विभुतिलाई अभिनन्दन औ सम्मान प्रदर्शन गरेर हामी स्वयं सम्मानित भएका अनुभव गर्दछौं।
ब्रह्मपुत्राञ्चलको स्थानीय नेपाली र असमीया समाजमा यस्तै एकजना चिरपरिचित साहित्यिक व्यक्तित्वको नाउँ हो प्रा. गीता उपाध्याय। नेपाली लेखिकाका रूपमा जसरी उनलाई नेपाली साहित्यका पाठक-समाजले चिन्दछ, उति नै असमीया साहित्यको पाठक-समाजले असमीया सुलेखिकाका रूपमा चिन्दछ। असमीया र नेपाली – दुवै भाषालाई मातृ भाषाको रूपमा आदर गर्ने यी विदुषीले दुवै भाषाका साहित्य भँडारमा गहकिलो साहित्य अवदान दिई आफ्नो पहिचानमात्र होइन, एउटा दह्रो खाँबो गाड्ने गौरव हासिल गर्दछिन्। एकजना निष्ठावान् समाजकर्मीका रूपमा पनि दुवै सम्प्रदायमा उनी समाद्रित छिन्।
उनको व्यक्तित्व र कृतित्वको अध्ययन गर्दा निम्नलिखित बुँदामाथि दृष्टिपात गर्नु पर्ने हुन्छ :
1. पारिवारिक तथा व्यक्तिगत जीवन
2. पेशागत जीवन
3. साहित्यिक जीवन
4. सामाजिक जीवन
5. भ्रमणप्रिय जीवन
व्यक्तिगत तथा पारिवारिक जीवन :
असमको नेपाली समाजमा विप्लवी चरित्रका स्वाधीनता संग्रामी बाबू छविलाल उपाध्यायको परिवार सबैभन्दा उन्नत परिवार हो। उनका चार भाइ छोरा – टंकनाथ उपाध्याय, देवीप्रसाद उपाध्याय, भवानी प्र. उपाध्याय र नारायण उपाध्यायमध्ये टंकनाथ उपाध्याय र भागीरथी देवीको कोखबाट एक छोरी र चार भाइ छोराको जन्म हुन्छ – गीता उपाध्याय, रूपनारायण उपाध्याय, स्वरूप उपाध्याय, महेन्द्र उपाध्याय र अरूण उपाध्याय। उनीहरू सबैको आफ्नै स्वकीय गौरवपूर्ण चिन्हारी छ – जेठी दिदी – गीता उपाध्याय सुलेखिका र समाज सेविका। जेठा भाइ रूपनारायण उपाध्याय – सिविल इन्जीनियर जो असम सरकारको पी. डब्लु.डी.का ज्येष्ठ अभियन्ताका रूपमा सेवानिवृत्त भएका छन्, माहिला भाई स्वरूप उपाध्याय लोकसभाका भूतपूर्व सांसद थिए, साइँला भाइ मेडिकल डाक्टर जो यू.के. मा स्थाई बासिन्दा छन् अनि कान्छा भाई अरूण उपाध्यायले जुडिसियल सर्भिसमा सुनाम आर्जेका छन्। वर्तमान उनी असम सरकारका लिगल रिमेम्ब्राान्सर भई असमेली नेपाली जातिको गौरव बढाएका छन्।
विदुषी गीता उपाध्यायको जन्म असमको शोणितपुर जिल्लाको बिहाली मौजाअन्तर्गत माजगाउँमा सन् 1939 को 14 फरवरीमा हुन्छ। उनको व्यक्तिगत जीवनलाई नियाल्न खोज्दा उनमा नीति र निष्ठापूर्ण एउटा स्वतन्त्र जीवन जिउने उद्देश्यलाई सफलतापूर्वक पालन गरेको देखिन्छ। हर्दम हँसिलो मुख, मधुर वचन, व्यक्तिगत शालीनताकी खानी, लिङ्गभेदविहीन सबै स्तरका स्त्रीपुरूष/बालवनितासित मुक्तरूपमा आत्मीय भाव साट्न सक्ने स्वभाव भएको गोरो छरितो तथा आकर्षक व्यक्तित्वकी स्वामिनी हुन् गीता उपाध्याय। उनको स्वतन्त्रप्रियताको भावले उनलाई दाम्पत्य जीवनबाट विमुख राखेकोमा उनलाई कुनै पछुतो छैन। उनी एउटा अन्तर्वार्तामा भन्छिन् – “सानै उमेरदेखि मनमा थियो म अरू केटीहरूजस्तो बिहे गरेर पराइका घर जाने छैन। पुरूषबिना नारी एक्लै बस्न सक्दिन भन्ने कुरा सूनीसुनी त्यस कुराको खण्डन गर्ने मेरो विचार थियो र त्यसैबेलादेखि अविवाहित बस्ने मैले अठोट गरेकी थिएँ। घरमा मेरो बिहेका कुरा गर्दा घर छोडी जानेछु भनिदिन्थें। मेरा बुबाले भने यस विषयमा मेरो साथ दिनु हुन्थ्यो। अहिले 75 वर्षको उमेरमा म मैले लिएको सिद्धान्तमा सुखी छु।’ कुराका प्रसङ्गमा उनी अझै भन्दछिन् – “शिवसागर कलेजमा अध्यापन गर्दा निजी घर बनाएर एक्लै बसें। बिहे नगर्दा छोरीको जीवन व्यर्थ हुँदैन भन्ने कुरा आफ्नै अनुभवले जान्न सकें। दृढ इच्छाशक्ति छ र स्वावलम्बी हुन सक्ने हो भने अविवाहिताले आनन्दको जीवन बिताउन सक्दछन्। प्रेम वा माया गर्ने निर्दिष्ट बिन्दुमा नबाँधिएर स्वजन, बन्धुबान्धव, छरछिमेक, चिने/नचिनेका, अझै प्राणीमात्रलाई प्रतिदानको आकांक्षा वा स्वार्थ नराखीकन माया प्रेम बाँड्न सक्दा एउटा भिन्नै किसिमको आनन्द प्राप्त हुन्छ।’ यसरी आफ्नो विशाल हृदयमा कुनै एउटा निर्दिष्ट व्यक्तिलाई नबसाएर आफ्ना स्वजन, छरछिमेकको समाज तथा अझै बडी सम्पूर्ण प्राणी मात्रलाई स्थान दिनसक्ने साक्षात् स्नेहकी देवीको स्वच्छ, शुद्ध तथा मातृवत् रूप हामी उनमा पाउँछौं र श्रद्धाले स्वागत् गर्दछौं। आफ्नो परिवारमा चार भाइमाथिकी एक मात्र दिदी अर्थात् घरका जम्मा पाँच दिदी-भाइमा सबैकी जेठी दिदी भएकीले अहिले उनी नै आमाको स्थानमा सबैकी आदरणीया भएर बसेकी छिन्। भाइहरूले दिदीको सल्लाह नलिइकन कुनै काम गर्दैनन्। सबै बुहारीहरूले पनि त्यसै गरी आफ्नी आमाजूको आदर गर्दछन्। भदा भदैनीहरूकी एक मात्र फुपू अत्यन्त श्रदाकी आत्मीय छिन्।
पेशागत जीवन :
प्रा. गीता उपाध्यायको पेशागत जीवनलाई चियाउँदा यसलाई तीन खण्डमा हेर्न सकिन्छ :
क) पर्यटन सूचना अधिकारी
ख) प्रौढ नारी शिक्षण विद्यालयकी गुरूआमा
ग) शिवसागर कलेजकी प्राध्यापिका
सन् 1955 मा गुवाहाटीको सन्दिकै कलेजबाट बी.ए. पास गरेपछि केही दिन मावली गई नेपाल हेर्ने उद्देश्यले काठमाडौंस्थित मामाका घर जान्छिन्। त्यहाँ नेपालको विश्वेश्वरप्रसाद कोइराला सरकारले पर्यटन कार्यालयको स्थापना गर्नलागेको बेला पुगेकीले गीता उपाध्यायलाई पर्यटन सूचना अधिकारीको पदमा नियुक्ति गरिन्छ र दिल्ली पठाएर तकनिकी तालिम दिइन्छ। यस पदलाई सुश्री उपाध्यायले सन् 1959 देखि 1961 सम्म सुशोभित गर्दछिन् र आखिरकार आफ्ना हजुरबा बाबू छविलाल उपाध्यायका ढिपीले त्यो काम छोडेर घर फर्की आउनुपऱ्यो। किन भने देशभक्त हजुरबाले आफ्ना कुनै सन्तान नेपाल गई बसेको रूचाउनु हुन्नथ्यो।
शिक्षिकाका रूपमा गीता उपाध्यायलाई हेर्दा हामीले एउटी कुशल गुरुआमाका रूपमा उनलाई पाउँछौं। शुरूमा आफ्नै जन्मथलो बिहाली गाङ्मौथानमा प्रौढ नारी शिक्षिकाको दायित्वमा बसेर सन् 1962 देखि 1964 सम्म गाउँका नपढेका नारीहरूलाई फकाइ फुस्लाई विद्यालयमा ल्याएर उनीहरूलाई प्रारम्भिक शिक्षा र त्यसका अतिरिक्त नारीले घर परिवारमा पालन गर्नुपर्ने नीति नियम र कर्तव्यको समुचित शिक्षा दिई गाउँका अनपढ नारी समाजलाई शिक्षा दिन्छिन्। सन् 1964 मा गुवाहाटी विश्वविद्यालयबाट राजनीति विज्ञानमा स्नातकोत्तर (एम.ए.)मा सफलतापूर्वक उत्तीर्ण भएपछि शिवसागर जिल्लाको शिवसागर कलेजमा राजनीति विभागमा अध्यापिकाको पदमा नियुक्ति लिन्छिन्। त्यहाँ उनले आफ्नो जीवनको सुनौलो कर्ममय जीवन त्यसै कलेजको शिक्षादानमा व्यतित गर्दछिन्। प्रत्येक वर्ष बढेर आउने नयाँ प्रजन्मको अध्यापनमा आफैलाई बिर्सेर बस्छिन्। उनी राजनीति विभागकी विभाग प्रमुख थिइन्। फलस्वरूप कलेजको प्रशासनमा पनि उनको दक्ष हात थियो। एकजना आदर्शवान विदुषी शिक्षिकाका रूपमा उनी कलेजका सबै शिक्षक र शिष्यहरूकी श्रद्धापात्र थिइन्। उनी यति मात्र होइन, कलेजमा एन.सी.सी. लगी त्यसको लेफ्टिनेन्ट पदमा रहेर सन् 1972 सम्म अतिरिक्त रूपमा कार्यरत रहिन्। आफ्नो कलेजमा आफूले पढाएका विद्यार्थीहरू अहिले विभिन्न क्षेत्रका सरकारी ओहदामा पुगी बसेका छन् जसबाट आफ्नी गुरुआमालाई समयमा सश्रद्धा सहयोग गर्दछन्।
साहित्यिक जीवन :
गीता उपाध्यायले लेखन/सिर्जनशील प्रतिभा विरासतबाट पाएकी हुन् भन्न सकिन्छ। किन भने उनका बुबा टंकनाथ उपाध्याय स्वयम् एकजना सुसर्जक थिए। उनी अंग्रेजी भाषाका राम्रा ज्ञाता थिए। नाटक सम्राट शेक्सपीयरका नाटकहरू उनका निजी सम्पदसरि भएका थिए। “जुलियस सिजर’ सन् पचासकै दशकमा अनुवाद गरी प्रकाश गरेका थिए भने “मर्चेन्ट अब भेनिस’ को पनि अनुवाद गरी सकेका थिए। पछि नेपाली साहित्य परिषद्, असमले उनकै छोरी गीताका सहयोगमा सन् 1993 तिर छापियो। उनी नेपाली भाषामा कथा लेख्नमा पोख्त थिए। उनको “पुड्के हवलदार’ सन् 1940 तिरै काठमाडौंको “शारदा’ मा छापिएको थियो।
गीता उपाध्यायको साहित्यिक जीवन बडो रोचक छ। उनको लेख्ने शैली सरल छ, सुन्दर छ, अर्थगम्य छ। लेखन सम्बन्धका कुराकानी हुँदा के जान्न पाइन्छ भने बनारसबाट निस्कने नेपाली पत्रिका “तरूण’ मा सन् 1965 मा पत्र लेखेर साहित्यमा प्रवेश गर्दछिन् भने सन् 1967 मा विराटनगर (नेपाल) बाट निस्कने पत्रिका “नेपाल’मा एउटा प्रबन्ध प्रकाशित हुन्छ। यसरी पत्रपत्रिकामा उनका फटाकफुटुक निबन्ध निस्कन थाल्छन् भने सिङ्गो साहित्यिक पुस्तकका रूपमा सन् 1972 मा “एन फ्रेंकको डायरी’को अङ्ग्रेजी भाषाबाट नेपाली भाषामा अनुवाद गरी प्रकाशित गर्दछिन्। यस पुस्तकको प्रकाशनबाट विदुषी गीता उपाध्यायलाई नेपाली समाजले एउटी सुदक्षा साहित्यिकका रूपमा चिन्न थाल्यो।
यसरी उनले साहित्य लेखनलाई आफ्नो रूचिको विषय बनाई फटाकफुटुक पत्रपत्रिकामा पनि लेख/प्रबन्ध, कथादि छाप्न थाल्छिन्। यसका साथसाथै गहकिला साहित्यिक मूल्यका कृतिको पनि अवदान दिन सफल देखिन्छिन्। उनका नेपाली भाषामा प्रकाशित कृतिहरू हुन् – (1) एन फ्रेंङ्कको डायरी (अनूदित – 1972), (2) आमा म फास्र्ट भएँ (शिशु उपन्यास – 1997), (3) महापुरूष शङ्कर देव : जीवन र कर्म (2003), (4) मन्दाकिनी र अलाकानन्दाका तीरैतीर केदार बद्रीसम्म (नियात्रा – 2003) र (5) असमीया नारी कविताका निर्वाचित कविता (अनूदित काव्य ग्रन्थको सम्पादन – 2002) आदि।
प्राध्यापिका गीता उपाध्यायले नेपाली भाषा र असमीया भाषामा कतिपय मूल्यवान पुस्तकको अनुवाद गरी प्रकाश गरिदिएर दुवै भाषाबीच एउटा सेतुबन्धनको काम गरेकी छिन्। उनले असमीया भाषामा धेरै मौलिक र अनूदित ग्रन्थको अवदान दिएकी छिन्। तिनमा सर्वप्रथम सन् 1975 मा एन फ्रेंकको डायरी असमीया भाषामा पनि अनुवाद गरी प्रकाशित गराउँछिन्। सन् 1987 मा उनले भानुभक्तीय रामायणलाई असम साहित्य सभाका कार्यकर्ताको आग्रहमा गद्यानुवाद गरी भानुभक्तको परिचय असमीया साहित्यिक समाजलाई दिने प्रयास गर्दछिन्। यस पुस्तकको प्रकाशन असम साहित्य सभा स्वयम्ले गर्दछ। पुनः सन् 1996 मा “एनफ्रेंकर गल्प’ शीर्षकले एन फ्रेंङ्कको जीवनलाई कथाका रूपमा प्रकाशित गराउँछिन्। सन् 1997 मा “आमा म फास्ट भएँ’ को असमीया संस्करण निकाल्छिन् यसले बडो समादर लाभ गर्दछ। फलस्वरूप अर्को मौलिक शिशु उपन्यास “पुसीजनी मिको ह’ल’ पनि लेखेर प्रकाशित गरेकी छन्। नेपाली औपन्यासिक जगतका ख्यातिनाम भरत जङ्गमको नाम चलेको उपन्यास “कालो सूर्य’को असमीया भाषामा “कला सुरूज’का नामले अनुवाद गरी स्थानीय लयर्स-बुक्सद्वारा प्रकाशित गरिन्छ। त्यसै गरी महाकवि लक्ष्मीप्रसाद देवकोटालाई असमीया भाषामा चिन्हाउने उद्देश्यले उनको सर्वश्रेष्ठ कृति मुनामदनको असमीया भाषामा छन्दमा नै अनुवाद गरेर सन् 1999मा प्रकाशित गर्दछिन्। अनि नेपाली लोककथाबाट पनि असमीया सुधी समाजलाई परिचित गराउने उद्देश्यले उनले नेपाली लोककथाहरू असमीया भाषामा लेखेर “नेपाल देशर लोकसाधु’ नामले 2001 मा प्रकाशित गराउँछिन्। अनि सन् 2005 मा आफ्ना मौलिक असमीया कथाहरूको संगालो “सुवासित बताह’ नाउँले छापिन्छ।
असमीया भाषामा लिखित उनका फुटकर निबन्धहरू अपेक्षाकृत तथ्यसमृद्ध छन्। जस्तै चित्रलता फूकनद्वारा सम्पादित “असमीया साहित्य र लेखिका’ शीर्षक पुस्तकमा “असमर अनुवाद साहित्यत् लेखिकार अवदान’, स्वयम्द्वारा सम्पादित ” चिन्ताचयनिका’मा “असमीया संस्कृतिर समन्वयात्मक रूप, केइटामान जन गोष्ठीर अवदान’, श्रीमयी पत्रिकामा प्रकाशित “असमीया साहित्य – संस्कृतिलोई नेपाली सकलर अवदान’, आजीर असम खबर कागजको परिपूरिकामा प्रकाशित “प्रचार माध्यम आरू नारी’, नियात्रा विधामा “मोर विदेश भ्रमणर अभिज्ञता, एभन नइर पारत एटा आवेली, कार्निभल उत्सवर उलहमालह, शेक्स्पीयरर जन्मस्थान “किङ लियर’ देखिलो, परशुरामकुण्डत स्नान आरू केतबोर स्मृति’ आदि उत्कृष्ट रचना हुन्। यसलगायत उनले दिएका केही अन्तर्वार्ता असमीया भाषामा प्रकाशित भएको पाइन्छ।
यसरी हामी के देख्छौं भने विदुषी लेखिका गीता उपाध्यायले नेपाली साहित्यको ढुकुटीमा मौलिक, अनूदित तथा सम्पादित पाँचवटा ग्रन्थ दिएकी छिन् भने असमीया साहित्यको ढुकुटीमा अनूदित र मौलिक गरी 8 वटा ग्रन्थको अवदान दिइसकेकी छिन्।
सम्प्रति लेखिका गीता उपाध्याय एकैसाथ कतिपय पुस्तकको अनुवाद, लेखन तथा प्रकाशनमा तल्लीन छिन्। ती मूल्यवान् पुस्तकको सूची यस्तो छ –
1. ज्योतिप्रसाद अगरवालाको असमीया भाषाको मूल्यवान ग्रन्थ “कारेङ लिगिरी’को नेपाली अनुवाद
2. मराठी लेखक एच.जे.जोशीको उपन्यास “आनन्दी गोपाल’को असमीया भाषामा अनुवाद।
3. निग्रो लेखक रिचार्ड राइटको उपन्यास “नेटिवसन’को असमीया अनुवाद।
4. धनबहादुर सुनारको जीवनी – असमीया भाषामा
5. निरूपमा बरगोहाइँको श्रेष्ठ उपन्यास “अभियात्री’ को नेपाली भाषामा अनुवाद।
प्रा. गीता उपाध्यायबाट नेपाली र असमीया साहित्यले आ-आफ्ना ढुकुटीमा धेरै उत्तम कृतिको अवदान पाउँन समर्थ हुन्छन् –
नेपालीमा – 1. एन फ्रेंकको डायरी (अनुवाद)
2. मन्दाकिनी र अलकानन्दको तीरैतीर केदार बद्रीसम्म
(मौलिक – नियात्रा)
3. महापुरूष शङ्करदेव – जीवन र कर्म
(मौलिक – आलोचनात्मक कृति)
4. आमा म फास्र्ट भएँ (मौलिक – शिशु उपन्यास)
5. कारेङ लिगिरी – अनुवाद
6. अभियात्री – अनुवाद
असमीयामा- 1. एन फ्रेंकर डायरी – अनुवाद
2. भानुभक्त रामायण – अनुवाद
3. मुनामदन – अनुवाद
4. माँ मइ फास्ट हलों – मौलिक
5. कला सुरूज – अनुवाद
6. नेपाल देशर लोक साधु – संकलन तथा अनुवाद
7. आनन्दी गोपाल – अनुवाद
8. नेटिवसन – अनुवाद
सम्पादन – 1. असमीया महिला कविका निर्वाचित कविताहरू
2. चिन्ताचयनिका निबन्ध संग्रह (असम लेखिका संस्था शिवसागर शाखा)
“एन फ्रेंकको डायरी’ नेपाली भाषामा सन् 1972 मै अनुवाद गरी छपाएर लेखिका गीता उपाध्यायले एउटा महत्वपूर्ण पुस्तक नेपाली साहित्यको पाठकलाई दिन्छिन्। यो दोस्रो विश्वयुद्धमा हिटलरले यहुदीहरूमाथि गरेको बर्बरताको मर्मान्तिक घटनाको क्रमवद्ध रूपमा लेखिएको डायरी हो। यो डायरी पढ्ने कुनै पनि पाठकका आँखाबाट आँसु नझरी छोड्दैनन्। यस्तो एउटा महत्वपूर्ण ग्रन्थलाई साहित्यमा भित्र्याउँदै प्रवेश गरेकोमा लेखिकालाई हृदयले साधुवाद टक्र्याउनै पर्दछ। हिटलरले जर्मनीमा जब यहुदी निधन यज्ञ शुरू गयो, यो घटना विश्ववासीका निम्ति मानव संहारको एउटा जघन्य घटना थियो। एउटा देशको शासकले एउटा जातिको संहार गर्न गरेका भयानक यातनापूर्ण क्रियाहरूको सहजै उल्लेख गर्न सकिंदैन। ग्यास च्याम्बरमा हजारौंहजार यहुदीहरूलाई खाँदेर मरण ग्यास छोडी मारेको घटना कम दर्दनाक छैन। त्यस्तै कति कालकोठरीमा हजारौं यहुदीलाई थुनेर यातना दिंदै हत्या गर्ने कामहरू भए। एउटा यहुदी परिवार कुनै एउटा अञ्जान ठाउँमा गुप्तबासमा बस्छ जहाँ हिटलरका गुप्तचर “गेष्टापो’ ले भेउपाउन नसकुन्। त्यसरी धेरै दिन लुकेर बस्दा तेह्य वर्षे एन फ्रेंकले ती सबै घटनाको क्रमबद्ध रूपमा डायरी लेखेकी थिइन्। पछि उनीहरू गेष्टापोका नजरमा परेर पक्रा परे। आमाबाबुहरूबाट एन छुट्टिइन्। पछि उनले ज्यानसमेत गुमाइन्। तर एनका बाउ अटो फ्रेंक भने कसो गरी बाँचेछन्। उनको हातमा कसैले भेटेको एनको त्यो डायरी दिनाले त्यस मूल्यवान पुस्तकले प्रकाशको मुख देख्न पायो। यस्ता मूल्यवान् ग्रन्थलाई गीता उपाध्यायले नेपाली साहित्यमा भित्र्याएर उनी स्वयम् एन फ्रेंकको स्थान लाभ गरेकी छिन् भन्दा अत्युक्ति नहोला।
2. उनको दोस्रो मूल्यवान् कृति हो – महापुरूष शंकरदेव : जीवन र कर्म। वैष्णव धर्मका महान् दार्शनिक तथा असमीया भाषा, साहित्य, संस्कृतिका महापुरूषको जीवन र कर्मबाट यस पुस्तकमार्फत नेपाली जगतलाई अवगत गराई एउटा महत् कार्य गरेकी छिन् लेखिकाले।
3. लेखिकाको तेस्रो मूल्यवान् ग्रन्थ हो – “मन्दाकिनी र अलकानन्दाको तीरैतीर केदार बद्रीसम्म’। नियात्रा विधाको यो ग्रन्थ स्व. दिलबहादुर नेवारको “यात्रा संकलन : महाराष्ट्र’ (1977) र प्रा. जयनारायण लुइटेलको दुबई हुँदै अमेरीका (2001) पछि पूर्वाञ्चलको दोस्रो ग्रन्थ हो। विधागत रूपमा यो नियात्रा कृति बडो स्तरीय छ। पुस्तकका भूमिकाकार विद्वान् डा. जीवन नामदुङले आफ्नो भूमिकामा गरेको मन्तव्य यस पुस्तकका निम्ति उल्लेखनीय छ – “मौन साहित्यव्रती उपाध्यायको प्रस्तुत नियात्रा संकलन मन्दाकिनी र अलकानन्दको तीरैतीरको प्रकाशन समुच्चा नेपाली नियात्रा साहित्यकै निम्ति उहाँको साहित्यिक उत्कृष्टता (Literary excellence) अनुभवको विविधता, अनुभूतिको तीव्रता र चिन्तनको गम्भीरता नियाल्ने मनोरम त्रिवेणी भएको छ।’
सामाजिक जीवन :
लेखिका गीता उपाध्याय केवल लेखन विधामा मात्र सीमित नरहेर विभिन्न संघ संस्थासित निविड सम्बन्ध राख्दछिन्। लेखिकाका रूपमा उनको जुन स्थान छ त्योभन्दा कम स्थान समाज नेत्रीका रूपमा रहेको हामी पाउँदैनौं।
नेपाली साहित्य परिषद्, असमको अध्यक्षको पदलाई उनले 1997 देखि 2001 सम्म सुशोभित पार्दछिन्। नेसाप, असमको संविधानको प्रावधान अनुसार उनी पूर्व अध्यक्षा भएको नाताले सम्प्रति सल्लाहकारको पदलाई सुशोभित गर्दछिन्। उनी सर्वभारतीय राजनीति विज्ञान संस्थाकी आजीवन सदस्या, सर्वभारतीय नारी निरक्षरता संस्थाकी आजीवन सदस्या, नारी संघ, मइना पारिजात, लायन्स क्लब, सत्यसाई सेवा समिति, रङपुर साहित्य सभा आदिकी सदस्या रहेकी छिन् भने असमको सर्ववृहत साहित्यिक संगठन असम साहित्य सभाकी दुइ पटकसम्म सदस्या मनोनित भएकी छिन्। त्यसै गरी असम लेखिका संस्थासित पनि प्रा. गीता उपाध्यायको सन् 1977-78 देखि गहिरो सम्बन्ध रहेको हामी पाउँछौं – शुरूआतमा सदस्या रही, शिवसागर शाखाकी सचिव अनि क्रमशः सभानेत्री रहेपछि केन्द्रीय समितिमा उपसभानेत्री र सन् 2000 देखि 2003 सम्म सभानेत्रीको पद सुशोभित पारी गुरूदायित्व पालन गर्न सफल हुन्छिन्। अन्तमा प्रा. गीता उपाध्याय भारतीय गोर्खा परिसंघको असम राज्य शाखाको अध्यक्षको पद पनि सन् 2003-2005 को अवधिसम्म रहेर आफ्नो दायित्वमा परेको कर्तव्य सम्पादन गर्छिन्।
यस अतिरिक्त उनका सांस्कृतिक जीवनका केही पाटाहरू पनि यहाँहरूसमक्ष राख्न यहाँ करै लाग्छ। उनले संगीत र नाटकका क्षेत्रमा पनि विचरण गरेको केही दस्तावेज यस प्रकार छ – सन् 1972 मा आफ्नै निर्देशनमा एन फ्रेंकको डायरीलाई पूर्णाङ्ग नाट्क रूप दिएर शिवसागर कलेजको मञ्चमा मञ्चस्थ गराएको, फेरि भारत-पाक युद्धोत्तर कालमा (1971) सुगासा क्लबद्वारा यही नाटक मञ्चस्थ गराई उठेको रकम प्रधान मन्त्री राहत कोषमा पठाइएको, बाल विकास शीर्षक नाटक रचेर डिब्रुगढको आकाशवाणी केन्द्रबाट प्रसारित गराइएको आदि रहर लाग्दा विषय हुन्।
भ्रमणप्रिय जीवन :
गीता उपाध्याय एकजना सुपर्यटिका पनि हुन्। उनी समय हात लागेको बेला अथवा उछारका बेला स्थानभ्रमण गर्न रूचि राख्दछिन्। देशका विभिन्न दर्शनीय स्थलहरू र तीर्थस्थानहरूको भ्रमण उनले व्यापक रूपमा गरेकी छिन् भने विदेश भ्रमण पनि उनले गर्न भ्याएकी छिन्। यू.के. र यूरोपका कतिपय देशहरूको भ्रमण गरेको कुरा उनको नियात्रा “मन्दाकिनी र अलकानन्दको तीरैतीर केदार बद्रीसम्म’मा उल्लेखित छ जसमा उनले शेक्सपिएरको जन्म थलो किङ लियर पनि हेर्न भ्याएकी छिन् भने सन् 2005 मा अमेरीकाको पनि भ्रमण गरेको थाहा लाग्छ।
भ्रमण पनि शिक्षाको एउटा ठूलो विधा हो। जीवनका विभिन्न पाटाका अध्ययन गर्ने सुनौलो मौका भ्रमणबाट पाइन्छ। जसको प्रेरणाले आफ्नो जीवन पनि उत्साहले भरिन्छ भन्ने कुरामा प्रा. गीता उपाध्याय विश्वास राख्दछिन्।
यसरी लेखिका गीता उपाध्यायको जीवनलाई सर्वाङ्ग रूपमा दृष्टिपात गर्दा हामी अंग्रेजी साहित्यकार Oscar Wilde ले आफ्नै जीवनप्रति गरेको कथन “Do you want to know the great drama of my life? It’s that I have put my genius into my life; all I’ve put into my works is my talent” सम्झन पुग्छौं। त्यस्तै प्राध्यापिका गीता उपाध्यायलाई हामीले एकैसाथ एकजना कुशल शिक्षिका, सुलेखिका, भाषाविद, ख्यातनामा समाजसेविका तथा एउटी सुपर्यटिका रूपमा देख्न पाउँछौं। उनले आफ्नो सम्पूर्ण क्रियाशील उर्जालाई आफ्ना कृतिमा होमेर दुवै भाषामा उत्कृष्ट भन्दा उत्कृष्ट अभिव्यक्ति दिन सक्षम छिन्। यस्ती महान् लेखिकाको स्थान उच्च छ। ब्रह्मपुत्राञ्चलका नेपाली लेखिकाहरूका हाँचमा उनको नाम पहिलो पंक्तिमा पर्दछ। उनीभन्दा अघिका लेखिकाहरूमा माया ठकुरी, चन्द्रकला नेवार र आशा रानी राई हुन् भने, उनीपछि आउने लेखिकाहरूमा गोमा शर्मा, मैना थापा “आशा’, मुन्नी सापकोटा, नया देवी, मीना देवी, डा. शान्ति थापा, रश्मिरेखा शर्मा, रोजीरानी शर्मा, इन्दुप्रभा देवी, वीणा शर्मा, शारदा उपाध्याय, निरू शर्मा पराजुली, तिलोत्तमा थलाल, सीता देवी, लक्ष्मी मिनू, दीपा शर्मा आदिको ताँती क्रमशः लम्बिदैछ। यस्ती महान् साहित्यिक हाम्रा माझमा हुनु हाम्रो गौरव हो। भगवानले उनलाई चिरायु दिऊन्। अस्तु
सन्दर्भ सूचि :
1. लेखिकाका नेपाली/असमीया भाषाका कृतिहरू।
2. उनका विभिन्न पत्र-पत्रिकामा छरिएका लेख/निबन्धहरू।
3. ज्ञानबहादुर छेत्रीको अवलोकन (सन् 2000)
4. लेखिकासित विभिन्न मुहूर्त्तमा भएका कुराकानीका आधारको जानकारी।
अनुक्रमणिका
- गीता उपाध्याय : एक छोटो कैरन
- गरिमायुक्त व्यक्तित्व गीता उपाध्याय
- गीता उपाध्याय : व्यक्तित्व र कृतित्व
- सुश्री गीता उपाध्यायको व्यक्तित्व र कृतित्वको संक्षिप्त रूपरेखा
- गीता उपाध्यायको जीवन र कर्म : एक विहंगम दृष्टि
- एन फ्रेन्कको डायरीबारे
- गीता उपाध्याय र एन फ्रेङ्कको डायरी
- अनुवाद साहित्यको क्षेत्रमा गीता उपाध्यायको योगदान
- केही भन्नु पर्दा
- गीता उपाध्यायको नियात्राकारिता
- ब्रह्मपुत्रको किनारदेखि अलकानन्दाको तीरैतीर
- “…. हामी भर्खर तीर्थका ढोकामा आइपुगेका छौं …’
- ‘कथाञ्जली’-को भावभूमि
- गीता उपाध्यायकृत कथाञ्जली : एक अध्ययन
- विविध व्यक्तित्वका आलोकमा कथाकार गीता उपाध्याय
- कथाञ्जली – एक अवलोकन
- गीता उपाध्याय दिदीको ‘कथाञ्जली’ सरसर्ती पढ्दा
- ‘सुबासित बताह’ गीता उपाध्यायका कथाहरूको पर्यालोचना
- बाल साहित्यमा गीता उपाध्याय
- विश्वप्रसिद्ध किशोरी एन फ्रांकको कथा
- जन्मभूमि मेरो स्वदेश : परिक्रमा र मन्थन
- एक स्रष्टाका वाणीमा ध्वनित लाखौंको ढुकढुकी : जन्मभूमि मेरो स्वदेश
- उपन्यास जन्मभूमि मेरो स्वदेश – इतिहासपरक सामान्य पठन
- गीता उपाध्यायसँग बिताएका बाल्यकालका केही समय
- शैशवदेखि परिचित गीता दिदी : आफ्नो सम्झनाको सेरोफेरो
- गीता उपाध्याय
- भारतेली नेपाली साहित्यकी ध्रुवतारा प्रा. गीता उपाध्यायको सम्झनामा केही हरफहरू
- गीता उपाध्याय : मेरी घनिष्ठ मित्र
- आत्मप्रकाशले उज्यालिएको जीवन र सृष्टि
- प्रा. गीता उपाध्याय – एक विरल साहित्य सेविका
- साहित्यको फुलबारीमा समन्वयको फूल फुलाउने गीता उपाध्याय
- असमीया साहित्यमा गीता उपाध्यायको योगदान
- शिशु साहित्य लेखिका गीता उपाध्याय
- साहित्य समाजको वर्गीय प्रतिबिम्ब हो
- नेपाली साहित्य परिषद् असमकी विदाई अध्यक्षा सुश्री गीता उपाध्यायसित केही अन्तरङ्ग पलहरू
- अतीतलाई फर्केर हेर्दा
- केही अनुभूतिहरू
सुश्री गीता उपाध्यायको व्यक्तित्व र कृतित्वको संक्षिप्त रूपरेखा
ज्ञानबहादुर छेत्री
प्राक्कथन
भारतीय नेपाली साहित्यको विकासमा लेखिकाहरूको अवदान पनि कम छैन। अरू उन्नत जातिहरूको सेपमा सेपिएको, चेपमा चेपिएको भारतीय नेपाली जातिले गाँस र बाँसको समस्या झेल्दै आफ्नो भाषा-संस्कृतिलाई बँचाएर जातीय अस्तित्व अक्षुण्ण राख्न हम्मे परेका बेला त्यही जातिका नारीहरूमा जागृति आउनु अनि उनीहरूले पनि कलम लिएर सिर्जनात्मक कार्य गर्नु लर्तरो कुरा होइन। भारतवर्षको लोकतंत्रमा हुर्के बडे पनि भानुभक्तीय मानसिकताबाट मुक्त हुन सकेको थिएन हाम्रो समाज। सन्तानलाई स्कूलमा पठाउनु भन्दा खेतमा काम गर्न पठाउनु बेस ठाने र हाम्रा पुर्खाहरू भन्ने गर्थे पढीगुनी के काम, हलो जोती खायो माम। खुसीको कुरा, धेरै ढिलो भए पनि बिस्तारै यो अज्ञानताको कुइरो हट्दै गयो, छोरा र छोरीको भेदभाव पातलिंदै छ। यसको सुफल हाम्रो समाजले पनि पाउन थालेको छ। विभिन्न क्षेत्रहरूमा नेपाली नारीहरूले आफ्नो प्रतिभा देखाउन सक्षम बनेका छन्। भारतीय नेपाली साहित्यमा यस कुराको प्रतिफलन देख्न पाइन्छ। पारिजात, डा. कमला सांकृत्यायन, डा. लक्खीदेवी सुन्दास, बिन्द्या सुब्बा डा. कविता लामा, इन्द्रमणि दर्नाल, सूधा राई, मटिल्डा राई, माया ठकुरी, डा. शान्ति छेत्री, सुश्री गीता उपाध्याय, डा. शान्ति थापा, मुन्नी सापकोटा, अनामिका राई, गीता लिम्बु, मैना थापा, इन्दुप्रभा देवी, रश्मिरेखा शर्मा आदि छिमल छिमलका लेखिकाहरूले नेपाली साहित्य भण्डारमा आफ्ना अनमोल कृतिहरू सुरक्षित पारेका छन्। कतिले त झन् अरू भाषामा समेत लेखेर एकातिर हाम्रो भाषा साहित्य-संस्कृतिलाई विस्तृति प्रदान गरेका छन् भने अर्कातिर अन्य भाषाका कृति अनुवाद गरेर हाम्रो साहित्यलाई समृद्ध पारेका छन्। तेजपुरकी प्रतिभाशाली सुलेखिका गीता उपाध्यायले असमीया र नेपाली-यी दुवै भाषामा साहित्य सिर्जना गरेर एकातिर यी दुवै भाषिक जनगोष्ठीहरूका बीचमा सेतुबन्धनको काम गरेकी छन् भने अर्कातिर अनुवादका माध्यममा विश्वसाहित्यका कतिपय अनमोल कृतिहरू दुवै भाषाका साहित्यमा भित्र्याएकी छन्। यो लेखमा सुश्री गीता उपाध्यायको बहुमुखी व्यक्तित्व र कृतित्वको संक्षिप्त रूपरेखा कोर्ने प्रयास गरिएको छ।
छविलाल बाबूकी नातिनीका रूपमा जन्म र शिक्षा
भारतको स्वाधीनता संग्रामलाई नेतृत्व दिने असमका अग्रिम पंक्तिका नेताहरूमा बाबू छविलाल उपाध्याय एकजना नेता हुनुहुन्थ्यो। सन् 1921 मा यिनै बाबू छविलाल उपाध्यायको अध्यक्षतामा बसेको सभामा असम एसोसिएसनलाई असम प्रादेशिक कंग्रेसमा रूपान्तरित पार्ने ऐतिहासिक निर्णय लिइएको थियो। यस कारणले छविलाल उपाध्यायलाई असम कंग्रेसका पितृपुरूष भन्न सकिन्छ। उनीहरूको बिहाली माजगाउँस्थित घर कंग्रेसी नेताहरूको गुप्तबासको निर्भरयोग्य ठाउँ थियो। यही परिवारमा सन् 1939 को 14 फरवरीका दिन गीता उपाध्यायको जन्म भएको हो। उनका पिताको नाम टंकनाथ उपाध्याय अनि आमाको नाम भागीरथी देवी हो। टंकनाथ छविलाल उपाध्यायका छोरा हुनाले गीता उपाध्याय छविलाल उपाध्यायकी नातिनी हुन्। उनीहरूको परिवारमा अध्ययनको राम्रो परिवेश थियो। अंग्रेजी, बंगाली र असमीया भाषाका प्रशस्त पुस्तकहरू उनीहरूका घरेलु पुस्तकालयमा राखिएका हुनाले टंकनाथले त्यसको फाइदा लिएका थिए। त्यही समयमा उनले शेक्सपीयरका केही नाटकहरू नेपाली भाषामा अनुवाद पनि गरेका थिए। यसको सुफल गीता उपाध्यायलाई पनि प्राप्त भयो। उनले स्कूले छात्रा छँदै शरतचन्द्र, बंकिमचन्द्र, जीवनानन्द दास आदि लेखकका ग्रन्थ र “देश’ पत्रिका पढ्ने मौका पाइन्। यसरी कलिलो उमेरमा नै विश्व साहित्यसँग परिचित भएकी गीता उपाध्यायलाई साहित्यको सिर्जनात्मक क्षेत्रले आकर्षित गर्नु स्वाभाविक हो। साहित्य भन्नाले उनी विश्व-साहित्यलाई समग्रमा बुझ्छिन्। भाषा साहित्य सिर्जना गर्ने माध्यम हो। कालजयी साहित्य कुनै पनि भाषामा रचिन सक्छ, नेपालीमा पनि।
गीता उपाध्यायको प्राथमिक शिक्षा गाउँकै गांगमौथान प्राथमिक बालिका विद्यालयमा हुन्छ। त्यसपछि बिहाली हाइस्कूलबाट सन् 1955 मा प्रवेशिका परीक्षामा उत्तीर्ण भएकी गीता उपाध्याय उच्च शिक्षाका लागि गुवाहाटी जान्छिन्। (अरू कुरा उनको “शैक्षिक व्यक्तित्व’ शीर्षकमा परेकोले यहाँ उल्लेख गरिएन्।)
एन फ्रांकको डायरी :
सन् 1972 मा गीता उपाध्यायको पहिलो अनुवाद कृति “एन फ्रेंकको डायरी’ प्रकाशित हुन्छ। एन फ्रेंक नाम गरेकी एउटी यहुदी किशोरीले त्यो डायरीमा आफ्नै जीवन कथा लेखेर मानवताको धारणामाथि प्रश्नचिन्ह लगाएकी छन्। विश्वको मानव समाज लज्जित हुनु परेको छ उनको डायरीरूपी आँखाअघि।
द्वितीय विश्व युद्धका समयमा महाप्रतापी हिटलरको यहुदी निधन यज्ञ विश्वको इतिहासमा कलंकित अध्यायको रूपमा निन्दित भएको छ। एनहरूको परिवार ज्यान जोगाउन गुप्तबासी हुन बाध्य हुन्छ। त्यो परिवारको दोष के थियो भने उनीहरू यहुदी थिए। हिटलरका गुप्तचर गेस्टापोले पानी मुनि लुके पनि निकाल्छ नै भन्ने प्रवाद छ। बाहिर भएको खस्र्याक्क आवाजमा पनि गेस्टापो हो कि भनेर उनीहरूको मुटु काम्थ्यो। एउटा बन्द कोठाभित्र सास दबाएर दर्जन जति प्राणी कति दिन कटाउने? एकदिन गेस्टापोले उनीहरूलाई पकडा पारे। त्यसपछि? त्यसपछि उनीहरूलाई विभिन्न क्याम्पहरूमा सारिन्छ। छोरा-छोरी आमाबाबुबाट बिछोडिन्छन्। आमा-बाबुबाट बिछोडिएका दुइ बैनी थाङथिलो शरीर लिएर चरम अत्याचार सहँदै एकदिन यो पृथ्वीबाट विदा भए।
गुप्तबासमा छँदा एन फ्रेंकले डायरी लेखेकी थिइन्। एनको डायरीमा गुप्तबासमा उनीहरूले कसरी दिन बिताएका थिए त्यसको वर्णन गरेकी छन्। एनको मृत्युपछि उनका पिता अटो फ्रांकले त्यो डायरी फेला पारेर छपाए। यो डायरीले सारा विश्वमा हलचल मचायो। त्यो डायरी पढेर गीता उपाध्याय रोइन्। यसलाई नेपाली र असमीया भाषामा अनुवाद गरिन्। दुखको कुरा के छ भने छत्तीस वर्षपछि पनि यो अनुवाद ग्रन्थको (नेपाली) दोस्रो संस्करण देखिएन।
साहित्य सिर्जना :
यो छोटो लेखमा उनका कृतिहरूको चर्चा गर्नु नसकिने हुनाले उल्लेख मात्र गरिन्छ। सुश्री गीता उपाध्यायद्वारा सिर्जना गरिएका कृतिहरूलाई यसरी वर्गीकरण गर्न सकिन्छ :
मौलिक कृतिहरू :
(क) असमीया भाषामा
1) मा मइ फस्ट हलों (शिशु उपन्यास, 1997)
2) एन फ्रांकर गल्प (शिशु साहित्य, 1996)
3) सुवासित बताह (कथा संग्रह, 2005)
ख) नेपाली भाषामा
1) आमा म फस्ट भएँ (शिशु उपन्यास)
2) महापुरूष शंकरदेव : जीवन र कर्म (जीवनी, 2003)
3) मन्दाकिनी र अलकानन्दाको तीरैतीर बद्री केदारसम्म (नियात्रा, 2003)
अनूदित कृतिहरू :
क) लक्ष भाषा असमीया
1) एन फ्रांकर डायरी (मूल अंग्रेजी, 1975 सहलेखिका वासन्ती लस्कर)
2) भानुभक्तर रामायण (मूल नेपाली, 1987)
3) मुनामदन (मूल नेपाली, 2000)
4) कला सूरूज (मूल नेपाली, भरत जंगम, 1998)
5) थलुवा सन्तान (मूल अं. रिचर्ड राइट, 2008)
6) निज अभिव्यक्तिर दापोनत कर्मवीर धनबहादुर सोनार (मूल नेपाली, 2008)
7) नेपाल देशर लोक साधु (मूल नेपाली, 2001)
8) आनन्दी गोपाल (मूल मराठी, 2008)
ख) लक्ष भाषा नेपाली
1) एन फ्रेंकको डायरी (मूल अंग्रेजी, 1972)
2) अभियात्री (मूल असमीया- निरूपमा बरगोहाइ, 2008)
3) दरबारकी सुसारे (मूल असमीया- ज्योति प्रसाद आगरवाला, 2008)
सम्पादित कृतिहरू :
असमीयामा – चिन्ता चयनिका (प्रबन्ध संकलन, 1992)
नेपालीमा – असमीया नारीका निर्वाचित कविता (2002)
गीता उपाध्यायका कथा, निबन्ध, यात्रा संस्मरण नारीवादी चिन्तन तथा अन्य विविध विषयका लेखहरू असमीया र नेपाली भाषाका पत्र-पत्रिका, संस्था संगठनहरूका मुखपत्र र समय समयमा प्रकाशित हुने स्मृतिग्रन्थहरूमा प्रकाशित भएका पाइन्छन्। उनका केही चर्चित निबन्धहरू यस प्रकार छन् –
निबन्ध भाषा पत्रिकाको नाम एवं संख्या
1. असमर अनुवाद साहित्यत लेखिकार अवदान (असमीया) असमीया साहित्यर लेखिका (असमको अनुवाद साहित्यमा लेखिकाहरूको अवदान सम्पादक – चित्रलता पुकन
2. असमीया संस्कृतिर समन्वयात्मक रूप केइटामान जनगोष्ठीर अवदान (असमीया) चिन्ता चयनिका
(असमीया संस्कृतिको समन्वयात्मक रूप कतिपय जनगोष्ठीहरूको अवदान सम्पादक – गीता उपाध्याय
3. असमीया साहित्य संस्कृतिलै नेपाली सकलर अवदान (असमीया) श्रीमयी (दिसम्बर 1994)
(असमीया साहित्य संस्कृतिमा नेपालीहरूको अवदान
4. पुष्पलाल उपाध्यायका कवितामा स्वदेश प्रेम 1994 (नेपाली )पुष्पलाल उपाध्याय स्मृतिग्रन्थ
5. मेरो लण्डन भ्रमण (नेपाली ) हाम्रोध्वनि (बृहत विशेषांक)
पिता टंकनाथ उपाध्यायका कृति प्रकाशन :
यहाँ उल्लेखित आफ्ना कृतिहरूबाहेक उनले उनका परम पुज्य पिता स्वर्गीय टंकनाथ उपाध्यायका कृतिहरूको पनि खोजी गरेर प्रकाशित गराएकी छन्। ज्ञातव्य के छ भने उनका पिता टंकनाथ उपाध्यायले विलियम शेक्सपीयरका केही नाटकहरू नेपालीमा अनुवाद गरेका थिए। टंकनाथको “पुड्के हवल्दार’ शीर्षकको कथा सन् 1940मा “शारदा’ (काठमाडौं) पत्रिकामा प्रकाशित भएको थियो। “बलिदान” शीर्षकको लामो कथा भने प्रकाशित भएको थिएन। सुश्री गीता उपाध्यायले पिताका कृतिहरू प्रकाशित गराएर ठूलो श्रद्धा (श्राद्ध) गरेकी छन्। ती कृतिहरू यस प्रकार छन् –
1) भेनिसको सौदागर
2) राजा तृतीय रिचर्ड
3) जुलियस सीजर
4) बलिदान, पुड्के हवल्दार र राजा तृतीय रिचर्ड
उनको बहुआयामिक व्यक्तित्व शैक्षिक, सामाजिक तथा साहित्यिक क्षेत्रहरूमा फिंजिएको छ। उनको व्यक्तित्वलाई यसरी विभिन्न बुँदाहरूमा केस्राकेस्रा केलाएर हेर्न सकिन्छ।
शैक्षिक व्यक्तित्व : प्रख्यात स्वाधीनता सेनानी बाबू छविलाल उपाध्यायका चारभाइ छोराहरूमा सुसाहित्यिक टंकनाथ उपाध्यायकी जेठी सुपुत्री गीता उपाध्यायले बिहालीमा असमीया माध्यमका स्कूलमा प्राथमिक तथा हाइस्कूलको शिक्षाप्राप्त गरिन्। त्यसपछि गुवाहाटीको सन्दिकै गर्लस कलेजमा अध्ययन गरेर सन् 1955 मा बी.ए. को परीक्षामा उत्तीर्ण भइन्। त्यसताक गाउँकी एउटी नेपाली केटीले बी.ए.सम्म पढ्नु लर्तरो कुरा थिएन। तर गीता उपाध्यायले भने स्नातकोत्तर हुने प्रवल इच्छा हुनाले गुवाहाटी विश्वविद्यालयबाट 1964 मा एम.ए. (राजनीति विज्ञान)को परीक्षा पनि पास गरिन्। सन् 1965 मा शिवसागर कलेजमा राजनीति विज्ञानकी प्रवक्ताका रूपमा योगदान गरिन् अनि त्यसै कलेजमा सुदीर्घ वर्ष शिक्षादान गरेर विभाग प्रमुख भएर सन् 1999 मा सेवा निवृत्त भएकी हुन्। साठीका दशकतिर उच्चशिक्षित नारी अथवा पुरूषलाई उच्च ओहदाका अरू पनि सरकारी नोकरी पाउनु त्यति गाह्रो थिएन। तर गीता उपाध्यायले शिक्षकतालाई व्रतका रूपमा लिएर निष्ठाका साथ शिक्षकता गरेर छात्र एवं शिक्षक समाजमा जनप्रिय भइन्।
सामाजिक व्यक्तित्व :
कसैलाई नबिझाउने मीठो बोलीवचन, काममा निष्ठा र लगनशीलता, वचनवद्धता तथा जनप्रियताले गर्दा गीता उपाध्यायमाथि विभिन्न संस्था संगठनहरूका गुरूत्वपूर्ण दायित्व भार अर्पण गरिएको देखिन्छ। गीता उपाध्यायका अधीनमा काम गर्नु पर्दा कुनै पनि कार्यकर्ताले अप्ठ्यारो अनुभव गर्दैन। किन भने आइपरेका खण्डमा गोजीका पैसा खर्च गरेर भए पनि कार्यलाई सफल गराउँछिन् – यो उनको नेतृत्वको एउटा ठूलो गुण हो। उनले आजसम्म अलंकृत गरेका सामाजिक साहित्यिक संस्थाहरू यस प्रकार छन् –
सभानेत्री – नेपाली साहित्य परिषद्, असम (1997-2001)
सभानेत्री – अखिल असम लेखिका संस्था (2001-2003)
अध्यक्ष – भारतीय गोर्खा परिसंघ, असम राज्य शाखा (2003)
अध्यक्ष – सेवा साधना संस्था, तेजपुर (2007)
उपदेष्टा – हरिहरधाम उन्नयन समिति, तेजपुर (2007)
आजीवन सदस्य – सर्व भारतीय राजनीति विज्ञान संस्था
साहित्यिक व्यक्तित्व :
सुश्री गीता उपाध्यायको साहित्यिक व्यक्तित्व झन् उजेलिएको छ। उनको पहिलो अनूदित कृति एन फ्रेंकको डायरी सन् 1972 मा प्रकाशित भएको थियो र त्यही समयदेखि नै उनको साहित्य यात्राको शुभारम्भ मान्न सकिन्छ। 1972 देखि 2008 सम्मको छत्तीस वर्षको साहित्य यात्रामा उनले मौलिक, अनूदित र सम्पादित जम्मा उन्नाइस कृतिहरू असमीया तथा नेपाली भाषामा प्रकाशित गराएकी छन्। उनका अरू तीनवटा कृति प्रकाशोन्मुख छन्। अनुवाद र शिशु साहित्यमा उनको योगदान बडी मात्रामा रहेको छ। नियात्रा विधाको “मन्दाकिनी र अलकानन्दाको तीरैतीर बद्री केदारसम्म’ शीर्षक ग्रन्थलाई उनको आजसम्मको श्रेष्ठ कृति मान्न सकिन्छ। यस ग्रन्थमा उनको प्रकृति प्रेम तथा सूक्ष्म पर्यवेक्षण तथा अन्तर्दृष्टिको परिचय पाइन्छ। हाम्रा गाउँका कान्ला करेसाहरूमा भिटामिन र पौष्टिक तत्वले परिपूर्ण फलहरू लटरम्म फलिरहेका हुन्छन् तर अज्ञतावश हामी तिनको उपऱ्योग गरेर फाइदा उठाउन सक्तैनौं। उनको शिशु उपन्यास “आमा म फस्ट भएँ’ मा यस्तै कुराहरू पाइने हुनाले यो उपन्यास शिशुहरूका लागि मात्र होइन गाउँले जनजीवनको एउटा उपयोगी ग्रन्थ सिद्ध भएको छ। उनका अनूदित कृतिहरू पनि नेपाली साहित्यलाई समृद्ध पार्नमा सहायक भएका छन्।
समन्वयक व्यक्तित्व :
अनुवाद साहित्य तथा विभिन्न संस्था संगठनहरूका मार्फत सुश्री उपाध्यायले असमका विभिन्न जनगोष्ठीहरूमाझ समन्वय र सम्प्रीतिको संदेश दिएकी छन्। समन्वयको यो पाठ उनले आफ्नै पिता पुर्खाहरूबाट पाएकी थिइन्। उनका हजूरबा प्रख्यात स्वाधीनता सेनानी छविलाल उपाध्याय असमका सबै जनगोष्ठीमा एकजना सर्वमान्य जननेता थिए। उनीसँग लिइएको अन्तर्वार्तामा “तपाईं हामीबाट के चाहनु हुन्छ? युवा पींढीलाई के सन्देश दिन चाहनु हुन्छ?’ भन्ने प्रश्न सोधिएको थियो। यसको उत्तरमा बोल्दै उनले भनिन् हरिप्रसाद गोर्खा राई, अग्निबहादुर छेत्री, छविलाल उपाध्यायले निर्माण गरेको समन्वयको साँघु भत्किन नपाओस्। मैंले अरू एउटा नाम थपेर हरिप्रसाद गोर्खा राई, अग्निबहादुर छेत्री, छविलाल उपाध्याय, सुश्री गीता उपाध्याय आदिले निर्माण गरेको साँघुलाई हामी भत्किन दिने छैनौं, भने। दिदी मुसुक्क हाँसिन्। आश्वस्त भइन् वा भइनन्? उनको सम्पूर्ण उत्तर यस प्रकार छ-
नयाँ नयाँ विचार/विषय, नौला प्रयोगहरू नेपाली साहित्यमा भित्र्याएर विश्व साहित्यको दाँजोमा पुऱ्याउने प्रयास गरून् नयाँ पींढीका लेखकहरूले। सबैजसो भाषामा कलम चलाएर आफू बसोबास गरेको ठाउँका भिन्न भाषी समाज, साहित्य र संस्कृतिसँग समन्वयको सम्बन्ध गाँस्दै अनुवादको माध्यममा पनि नेपाली साहित्यको श्रीवृद्धि गर्ने प्रयास गरून्। हरिप्रसाद गोर्खा राई, छविलाल उपाध्याय, अग्निबहादुर छेत्रीहरूले बनाएको समन्वयको बाटो हराउन नपाओस्।
स्वजातीय प्रश्नमा नेपालीहरूमा एकता चाहने गीता उपाध्याय नेपाली-गोर्खाली, सभा-परिषद्, आन्सु-आग्सु आदि नाममा आपसमा कचिङल गर्नु मुनासिब ठान्दिनन्। उनी गोर्खाली र नेपाली यी दुइ शब्दलाई एकै अर्थ बुझाउने पर्यायवाची शब्द मान्दछिन् अनि दुवै नाममा संस्था-संगठनहरूमा हुनुमा कुनै समस्या देख्तिनन्। असमेली बुद्धिजीवीहरू साहित्यकारहरू एउटै साझा मञ्चमा रहेको चाहन्छिन् उनी।
असमीया र नेपाली भाषामा सकुञ्जेल लेखिरहने उनको विचार छ। उनले केही योजनाहरू हातमा लिएकी छन् जसमध्ये हालैमा एउटा नेपाली कथा संकलन प्रकाशित गरिने छ। अरू एकपल्ट विदेश भ्रमण गर्ने पनि उनका योजनाभित्र छ। गीता उपाध्यायको सुस्वास्थ्य अटुट रहोस्, उनका योजनाहरू सफल बनून्।
अन्तर्वार्ता :
साहित्य लेखनसँग सम्बन्धित तथा केही चर्चामा आएका मुद्दाहरूका विषयमा दिदीको अभिमत जान्ने अभिप्रायले केही जिज्ञासाहरू राखिएका थिए। तिनै कुराहरूलाई यहाँ भेटवार्ताका रूपमा प्रस्तुत गरिन्छ।
जिज्ञासा हाम्रो, प्रश्न राजु बरूवाको –
गीता उपाध्यायले बिहे गरिनन्। चिरकुमारी रहिन् उनी। यही आउँदो फरवरी महिनाको 14 तारिकमा उनको सत्तरी हिउँद पूरा हुनेछ। गहुँ गोरो धपक्क बलेको अनुहार, मिलेको जिउडाल, शिक्षा-दीक्षा, वंश-गौरव, धन-दौलत सबैतिरबाट सम्पन्न हुँदाहुँदै पनि गीता उपाध्याय कुमारी रहिन्। उनी कुमारी रहनुको कारण धेरैले धेरै किसिमले व्याख्या गरेको सुनियो। कसैले भने त्यस समयमा आफ्नो जातमा मिल्ने सुयोग्य वर नै भेटिएन। निकै बूढा-पाका एकजनाले युक्ति दर्शाउँदै उल्टै प्रश्न गरे बाबू छविलाल उपाध्यायको जस्तो उच्च खानदानमा केटी माग्न जाने साहस कसको थियो र कोही कानेखुसी गर्दै भन्थे प्रेममा धोका हुनाले दिदीले बिहे नै गर्दिन भनेर प्रतिज्ञा गरेकी छन्।जति मान्छे उति कुरा। तर यी सबै भए अनुमान गरिएका कुरा, जसको कुनै आधार हुँदैन – त्यसैले विश्वासयोग्य पनि हुँदैन। साँचो कुरा त उनैले मात्र भन्न सक्छिन्। तर सोध्ने आँट कसको? भन्ने इच्छा भए पनि कसैले नसोधी आफैं भन्न पनि नसुहाने! नितान्त निजी मामलामा प्रश्न गर्नु शिष्टाचारको परिपन्थी ठानेर कौतुहल निवारण गर्नेहरूमा यो लेखको लेखक पनि हो। तर एउटा अन्तर्वार्तामा राजु बरूवाको एउटा प्रश्नको उत्तरमा गीता उपाध्यायले उनले बिहे नगर्नुको कुरालाई खुलासा गरेकी छन्। उनले खुलासा गरेअनुसार अनुमान गरिएका कुनै पनि कुरा सत्य होइनन्।
नारीलाई हाम्रो समाजमा अबला ठानिन्छ। विनाश्रये न तिष्ठन्ति कविता बनिता लता। नारीलाई पुरूषको आश्रय चाहिन्छ नै। पुरूषबिना नारीले एक्लै केही गर्न सक्तिन भन्ने धारणा जनमानसमा थियो, अहिले पनि त्यो भानुभक्तीय मानसिकता छैन भन्न सकिन्न। गीता उपाध्याय यी कुराहरू मान्न तयार थिइनन्। उनलाई पक्का विश्वास थियो नारी पुरूषभन्दा कुनै कुरामा पनि कम छैन। पुरूषको सहायता नभए पनि नारीले कुनै पनि काम गर्न सक्छे। यो कुरालाई आफ्नै जीवनमा उतारेर सत्य साबित गर्न चाहन्थिन् उनी। गरेर देखाइन पनि। उनका विचारमा बिहे गर्नु पुरूषको अधीनमा हुनु हो अनि यसरी नारीको आफ्नो प्रतिभा विकसित हुने मौका मिल्दैन। धेरै नारीले आफुलाई छोराछोरी र चूल्हो चौकामा कैद गराएर आफ्नो प्रतिभाको हत्या गरेका छन् जुन कुराको चर्चासमेत कुनै दिन पनि पुरूष समाजले गर्ने प्रयोजनबोध गरेन।
गीता उपाध्यायको प्रतिभाको कदर सर्व भारतीय प्रेक्षापटमा नारी-पुरूष दुवै समाजमा समान रूपमा भएको छ। असमको प्रेक्षापटमा उनी बौद्धिक साहित्यिक समाजलाई नेतृत्व प्रदान गर्न सक्षम भएकी छन्। यसरी उनले बिहे नगर्नुको कारण उनको सिर्जनात्मक कार्यद्वारा दर्शाएकी छन्। फितलो मानसिकता र लर्तरो त्याग तपस्याले त्यो सम्भव हुने थिएन।
गीता उपाध्यायको मानसिक दृढतालाई सलाम।
सन्दर्भ :
1. अवलोकन – ज्ञानबहादुर छेत्री
2. केही असमीया र नेपाली पत्र पत्रिकाहरू
3. गीता उपाध्यायबाट प्राप्त लिखित तथ्यहरू तथा भेटवार्ता प्रसङ्गमा प्राप्त जानकारी।
(हाम्रोध्वनिबाट साभार- सम्पादक)
अनुक्रमणिका
- गीता उपाध्याय : एक छोटो कैरन
- गरिमायुक्त व्यक्तित्व गीता उपाध्याय
- गीता उपाध्याय : व्यक्तित्व र कृतित्व
- सुश्री गीता उपाध्यायको व्यक्तित्व र कृतित्वको संक्षिप्त रूपरेखा
- गीता उपाध्यायको जीवन र कर्म : एक विहंगम दृष्टि
- एन फ्रेन्कको डायरीबारे
- गीता उपाध्याय र एन फ्रेङ्कको डायरी
- अनुवाद साहित्यको क्षेत्रमा गीता उपाध्यायको योगदान
- केही भन्नु पर्दा
- गीता उपाध्यायको नियात्राकारिता
- ब्रह्मपुत्रको किनारदेखि अलकानन्दाको तीरैतीर
- “…. हामी भर्खर तीर्थका ढोकामा आइपुगेका छौं …’
- ‘कथाञ्जली’-को भावभूमि
- गीता उपाध्यायकृत कथाञ्जली : एक अध्ययन
- विविध व्यक्तित्वका आलोकमा कथाकार गीता उपाध्याय
- कथाञ्जली – एक अवलोकन
- गीता उपाध्याय दिदीको ‘कथाञ्जली’ सरसर्ती पढ्दा
- ‘सुबासित बताह’ गीता उपाध्यायका कथाहरूको पर्यालोचना
- बाल साहित्यमा गीता उपाध्याय
- विश्वप्रसिद्ध किशोरी एन फ्रांकको कथा
- जन्मभूमि मेरो स्वदेश : परिक्रमा र मन्थन
- एक स्रष्टाका वाणीमा ध्वनित लाखौंको ढुकढुकी : जन्मभूमि मेरो स्वदेश
- उपन्यास जन्मभूमि मेरो स्वदेश – इतिहासपरक सामान्य पठन
- गीता उपाध्यायसँग बिताएका बाल्यकालका केही समय
- शैशवदेखि परिचित गीता दिदी : आफ्नो सम्झनाको सेरोफेरो
- गीता उपाध्याय
- भारतेली नेपाली साहित्यकी ध्रुवतारा प्रा. गीता उपाध्यायको सम्झनामा केही हरफहरू
- गीता उपाध्याय : मेरी घनिष्ठ मित्र
- आत्मप्रकाशले उज्यालिएको जीवन र सृष्टि
- प्रा. गीता उपाध्याय – एक विरल साहित्य सेविका
- साहित्यको फुलबारीमा समन्वयको फूल फुलाउने गीता उपाध्याय
- असमीया साहित्यमा गीता उपाध्यायको योगदान
- शिशु साहित्य लेखिका गीता उपाध्याय
- साहित्य समाजको वर्गीय प्रतिबिम्ब हो
- नेपाली साहित्य परिषद् असमकी विदाई अध्यक्षा सुश्री गीता उपाध्यायसित केही अन्तरङ्ग पलहरू
- अतीतलाई फर्केर हेर्दा
- केही अनुभूतिहरू
गीता उपाध्यायको जीवन र कर्म : एक विहंगम दृष्टि
डा. इन्दुप्रभा देवी
‘भारतीय नेपालीहरूका प्रातःस्मरणीय इतिहास पुरुष स्वतन्त्रता सेनानी छविलाल उपाधायकी नातिनीको रूपमा मात्र होइन आफ्नै प्रतिभा र परिश्रमको भरमा गीता उपाध्यायले नेपाली साहित्यको इतिहासमा आफ्नो छुट्टै पहिचान बनाइसकेकी छन्।’ – डा. जीवन नामदुंग
नेपाली र असमीया भाषामा निरन्तर साहित्य साधना गरी रहने एक प्रखर व्यक्तित्व हुन् गीता उपाध्याय। दुवै भाषाको समाज र साहित्यमा उनको महत्वपूर्ण योगदान त छ नै दुई भाषाबीचकी उनी ऐक्यसूत्र पनि भएकी छन्।
सन् 1939 मा असमको शोणितपुर जिल्ला अन्तर्गत बिहालीको गाङमौथानमा जन्मिएकी गीता उपाधयायले घरमै एउटा साहित्यक, सांस्कृतिक परिवेश पाएकी थिइन्। भारतका स्वतन्त्रता संग्रामी छविलाल उपाध्याय उनका हजुर बुआ थिए। असम प्रादेशिक कंग्रेसका जन्मदाताहरूमा अग्रणी व्यक्ति छविलाल उपाध्यायको असम प्रेमको कुरा स्वतन्त्रता संग्रामको इतिहासको बिर्सिनसक्नु अध्याय हो। उनकै ज्येष्ठ पुत्र साहित्यिक टंकनाथ उपाध्याय गीता उपाध्यायका पिता हुन्। असमका प्रयासकालीन नेपाली कथाकार हुन् उनी। सन् 1940 मा काठमाडौंको शारदा पत्रिकामा प्रकाशित उनको ‘पुड्के हवलदार’ शीर्षक कथालाई कतिपय आलोचकले असमको पहिलो कथा मानेका छन्। टंकनाथ उपाध्याय अनुवादक पनि थिए। शेक्सपियरका तीनवटा अंग्रेजी नाटक उनले नेपालीमा भेनिसको सौदागर, जुलियस सीजर, राजा तृतीय रिचर्ड नाम दिएर अनुवाद गरेका छन्। यसरी एउटा शिक्षित – सुसंस्कृत परिवेश गीता उपाध्यायले जन्मदेखि नै पाएकी हुन्।
गाङ्मौथान प्राथमिक बालिका विद्यालयबाट शुरू भएको गीता उपाध्यायको आनुष्ठानिक शिक्षा जीवन गुवाहाटी विश्वविद्यालयको राजनीति विज्ञान विभागबाट सन् 1964 मा स्नातकोत्तर डिग्री लिएर समाप्त भएको हो। गुवाहाटीको सन्दिकै कलैजबाट उनले स्नातक डिग्री लिएकी हुन्। सन् 1965 मा शिवसागर कलेजको राजनीति विज्ञान विभागकी अध्यापिकाको रूपमा नियुक्त भई अनेक छात्र-छात्रालाई जीवनको मार्ग देखाएर सन् 1999 मा सेवा निवृत्त भए तापनि गीता उपाध्याय यहाँका सामाजिक-साहित्यिक-सांस्कृतिक कार्यमा सधैं नै जडित रहेकै छन्।
गीता उपाध्यायले असमीया र नेपाली दुवै भाषामा प्राय सँगसँगै लेख्न थालेको देखिन्छ। शुरू शुरूमा नेपालको बिराटनगरको “नेपाल’ नामको पत्रिकामा र बनारसबाट निस्कने “तरुण’मा उनका नेपाली निबन्धहरू प्रकाशित भएका थिए भने असमको शिवसागरबाट निस्कने “जयतीर्थ’मा असमीया निबन्धहरू प्रकाशमा आएका थिए। अङ्ग्रेजीबाट नेपालीमा उल्था गरेको “एन फ्रेङ्कको डायरी’ नामक कृति उनको पहिलो प्रकाशित कृति हो। सन् 1972 मा यो कृति प्रकाशमा आएका तीन वर्षपछि अर्थात् सन् 1975 मा असमीया भाषामा पनि यसको अनुवाद प्रकाश गरिन्। यसैलाई संक्षिप्तरूपमा पुनः “एन फ्रेङ्कर गल्प’ शीर्षकमा असमीयामा कथा पनि उनले निकालेकी हुन्। यो डायरी यहुदी परिवारकी एउटी 13 वर्षे किशोरीको पीडाको शाब्दिक प्रकाश हो। दोस्रो विश्वयुद्धमा हिटलरको यहुदी हत्याजस्तो कुख्यात कार्य चलिरहेको बेला एउटा यहुदी परिवारले गुप्तवास खटेको हुन्छ र त्यस परिवारकी 13 वर्षीय किशोरीले त्यो समयको भयानक अभिज्ञता र वेदनालाई एउटा डायरीमा लिपिबद्ध गरेकी हुन्छिन्। एन फ्रेङ्कको मृत्युपछि त्यो डायरी उनका पिताले देखेर प्रकाश गराउँछन्। विश्वभरि प्रख्यात भएको त्यो डायरी नै गीता उपाध्यायले नेपाली र असमीयामा अनुवाद गरेकी छन्। एन. फ्रेङ्कको डायरीको आधारमा सरल सहज भाषामा अनुवाद गरिएका उपाध्यायका कृतिहरू दुवै भाषाका महत्वपूर्ण सम्पद हुन् भन्न सकिन्छ।
गीता उपाध्यायले भानुभक्तको “रामायण’ असमीयामा अनुवाद गरेकी छन् र सन् 1987 मा असम साहित्य सभाबाट यो पुस्तक प्रकाशित भएको छ। अनुवाद गर्दा भानुभक्त रामायणमा भएका नेपाली उखान-टुक्काहरूलाई उनले असमीया बनाउने प्रयास गरेकी छन्। नेपालीको छन्दबद्ध रचना असमीयामा अनुवाद गर्नु सानो कुरा होइन। यो अनुवाद उत्कृष्ट भएको छ भन्न त मिल्दैन, तर तत्वपूर्ण भूमिकासहित यो असमीया भाषाको एउटा विशेष कृति भएको छ भन्नेमा चाहिं सन्देह रत्ति पनि छैन।
गीता उपाध्यायको पहिलो मौलिक रचना हो असमीया बाल उपन्यास “मा मइ फस्ट ह’लों’। सन् 1997 मा प्रकाशित यस असमीया उपन्यासलाई उनले “आमा म फस्ट भएँ’ नाम दिएर नेपालीमा उल्था गरेकी छन्। यस छोटो उपन्यासमा सहजलभ्य, स्वास्थ्यबर्धक फलफूल र कन्दमूलको प्रयोगमाथि गुरूत्व दिइएको छ। बाल मनस्तत्वमाथि रहेको उपाध्यायको अभिज्ञता र त्यो अभिज्ञताको कौशलपूर्ण उपस्थापनले यस कृतिलाई नानीहरूको मनपर्दो र चाखलाग्दो बनाएको छ।
रामायणपछि नेपाली भाषाबाट गीता उपाध्यायले असमीयामा अनुवाद गरेको कृति हो भरत जङ्गमको उपन्यास “कालो सूर्य’। “कला सूरुज’ नाम दिएर सन् 1998 मा यो अनुवाद उनले प्रकाश गरिन्। नेपालीको पृष्ठभूमिमा आधुनिक युगको दुर्नीति, भ्रष्टाचार, नैतिक स्खलनलाई चित्रित गरेर लेखिएको यो उपन्यास यहाँको वर्तमान परिप्रेक्षमा पनि उति नै प्रासंगिक रहेको छ।
लक्ष्मीप्रसाद देवकोटाद्वारा नेपाली झ्याउरे छन्दमा लेखिएको “मुनामदन’ असमीयामा अनुवाद गर्नु उपाध्यायको अर्को एक उल्लेखनीय कर्म हो। नेपाली “मुनामदन’मा शब्द र छन्दको जुन सम्मोहनी शक्ति छ, त्यो असमीया अनुवादमा नपाइए तापनि यस अनुवादले नेपाली साहित्यमा अंकित नेपाल र ल्हासाको आर्थ-सामाजिक र धर्मीय पक्षलाई, प्राकृतिक सौन्दर्यलाई असमीया पाठकका सामु उन्मुक्त पारिदिएको छ।
गीता उपाध्यायले नेपाली लोककथासित पनि परिचित गराएकी छन् असमीया पाठकलाई। नेपाली लोककथा संग्रह गरी सन् 2001 मा “नेपाल देशर लोकसाधु’ नाम दिई उनले पुस्तकाकारमा प्रकाश गरेकी छन्।
सन् 2003 मा गीता उपाध्यायका दुइटा नेपाली किताप प्रकाशमा आए। एउटा असमका “महापुरूष शंकरदेवको जीवन र कर्म’ आधारित छ भने अर्को भ्रमणमूलक छ। “महापुरूष शंकरदेव जीवन र कर्म’ शीर्षक पुस्तकमा महापुरुष शंकरदेवको वंश परिचयदेखि लिएर उनको लामो जीवन परिक्रमा र विशाल कर्मको जानकारी दिइएको छ। नेपाली साहित्य जगतमा यो एउटा अमूल्य संयोजन हो। “मन्दाकिनी र अलकानन्दको तीरैतीर केदार बद्रीसम्म’ शीर्षक भ्रमण संस्मरण उनको भ्रमण रुचिको परिचय मात्र होइन वर्णन क्षमताको प्रमाण पनि हो। देश-विदेश डुलेर लेखेका 6 वटा निबन्धको संकलन यस पुस्तकमा उपाध्यायको सूक्ष्म पर्यवेक्षण दक्षता छर्लङ्ग भएको छ। दार्जिलिङका प्रख्यात लेखक डा. जीवन नामदुङले लेखेका छन्- ‘मन्दाकिनी र अलकानन्दाको तीरैतीर केदार बद्रीसम्मको प्रकाशन समुच्चा नेपाली नियात्रा साहित्यकै निम्ति उहाँको साहित्यिक उत्कृष्टता (Literary excellence) अनुभवको विविधता, अनुभूतिको तीव्रता र चिन्तनको गभीरता नियाल्ने मनोरम त्रिवेणी भएको छ।’
मौलिक कथा लेखनमा पनि गीता उपाध्यायको दक्षता छ। सन् 2005 मा ‘सुवासित बताह’ शीर्षकमा उनले असमीया 25 वटा कथाको संकलन निकालेकी छन्। यसमा दैनन्दिन जीवनका साधारण घटनाहरूलाई नै उनले सुखपाठ्य रूपमा प्रस्तुत गरेकी छन्। सन् 2008 मा उनले शेवाली बरुवासित संयुक्त रूपमा ‘एकाँजली गल्प संभार’ शीर्षक असमीया मौलिक कथासंग्रह प्रकाश गरेकी छन्। नेपाली भाषाको उनको मौलिक कथा संग्रहको नाम हो – ‘कथाञ्जली’। सन् 2008 मा प्रकाशित यस कृतिको भन्नु पर्ने दुइ कुरामा उनले लेखेकी छन् – आफू बाँचेको समय, समाज, परिस्थिति, परिवर्तन, घटना इत्यादिले कुनै बेला मनमा तीव्र आलोडन सृष्टि गर्दा उब्जेका भाव अनुभूतिहरू अक्षर र शब्दमा सजाएर प्रकाश गर्ने तीव्र इच्छा हुन्छ, त्यस्तै इच्छाको परिणाम हो कथाञ्जली। यसमा 17 वटा कथा संकलित छन्।
सन् 2008 मा उनका निकैवटा अनुवाद कृति पनि प्रकाशमा आएका छन्। अमेरिकी निग्रो लेखक रिचर्ड राइडको ‘नेटिभ सन’ नामक उपन्यास उपाध्यायले ‘भूमिपुत्र’ शीर्षकमा अनुवाद गरेकी छन् र यसलाई प्रकाश गरेको छ लयार्स बुकस्टलले। सन् 2008 मै असमीयाकी विशिष्ट साहित्यिक निरुपमा बरगोहाइँको साहित्य अकादेमी पुरस्कार प्राप्त ‘अभियात्री’ उपन्यासको नेपाली अनुवाद गरी उनले नारीको जीवनीमूलक उपन्यास विधामा नेपाली साहित्यलाई अघि बढाएकी छन् भने ऐतिहासिक पात्र-पात्रा भएको रोमान्टिक नाटकको अनुवादद्वारा यस विधालाई पनि अघि सारेकी छन्। प्रख्यात असमीया साहित्यिक ज्योतिप्रसाद आगरवालाको ‘कारेङर लिगिरी’ नामक नाटकलाई गीता उपाध्यायले ‘दरबारकी सुसारे’ शीर्षकमा नेपालीमा उल्था गरेकी छन्। ज्योतिप्रसादको जीवन र कर्मबारे नेपाली पाठकलाई परिचय गराउने उद्देश्यले यस कृतिभित्र एउटा संक्षिप्त लेख पनि अन्तर्भुक्त गरिएको छ। यही सनमा अर्थात् 2008 मै उनले नेपालीबाट असमीयामा अनुवाद गरेको एउटा कृति हो ‘कर्मवीर धनबहादुर सोनार निज अभिव्यक्तिर दापोनत’।
सन् 2013 मा “सिलार दरे उरे मन’ शीर्षक असमीया शिशु उपन्यास चार जनाको संयुक्त रचनाको रूपमा प्रकाश भयो, जसमा गीता उपाध्यायको पनि योगदान रहेको छ। यस सन्-मा प्रकाशित उनको उल्लेखनीय कृति हो छविलाल उपाध्यायको जीवनको आधारमा लेखिएको उपन्यास “जन्मभूमि मेरो स्वदेश’। 210 पृष्ठको यस उपन्यासको स्वकथनमा उपन्यासकारले छविलाल उपाध्यायको विशाल कर्मक्षेत्रको छोटो परिचय दिएपछि लेखेकी छन् – छविलाल उपाध्याय भनेर चिनिने यिनै स्वतन्त्रता संग्रामी, शिक्षाप्रेमी, समन्वयका साधक, समाज संस्कारकको जीवन र कर्मलाई केन्द्रमा राखेर उपन्यासको रूपमा प्रस्तुत गर्ने प्रयास हो यो पुस्तक। यहाँ उनको जीवनको अति सक्रिय समय समेट्न खोज्दा प्रयोजनअनुसार वास्तव चरित्रका साथै काल्पनिक चरित्रहरू पनि सृजन गरेर घटनाक्रम अघि बढाउँदै लगेर उनका सहकर्मी सहयोगीहरूको भूमिका र सहयोगसमेट्ने सकेसम्म कोशिश गरिएको छ। असमकी नेपाली नारीले लेखेको प्रथम जीवनीमूलक उपन्यासको रूपमा यसको ऐतिहासिक मूल्य छ।
पुस्तकको रूपमा निस्किएका यी कृतिहरूबाहेक पनि असमीया र नेपाली पुस्तकपत्रिका आदिमा गीता उपाध्यायका अनेक निबन्ध, कथा, यात्रा संस्मरण, कविता आदि प्रशस्तै पाइन्छन्। उनले पुस्तक सम्पादन पनि गरेकी छन्। असम लेखिका संस्थाको शिवसागर शाखाद्वारा प्रकाशित “चिन्ता चयनिका’ नामक महत्वपूर्ण विविध विषयका 21 वटा निबन्धको संकलन उनको सम्पादनमा निस्किएको छ। असमीया कविताको स्वाद नेपाली पाठकलाई दिने असम लेखिका संस्थाको प्रयास साकार भएको छ कवि मीरा ठाकुर र उनको सहयोगितामा। “असमीया नारी कविका निर्वाचित कविता” सह-सम्पादन गरी नेपाली भाषालाई समृद्ध पार्नुका साथै असमीया कविताको परिधि विस्तृत पार्नुमा उनले सघाउ पुऱ्याएकी छन्।
गुवाहाटी र डिब्रुगढको आकाशवाणी केन्द्रबाट पनि गीता उपाध्यायका निबन्धहरू र अन्य कतिपय अनुष्ठान प्रसारित भएका छन्। उनको तत्वावधानमा डिब्रुगड केन्द्रबाट असमीया एकांकी नाटक “बाल विकास’ नामको शिशु मञ्चले गरेको अभिनय प्रसारित भएको थियो। यस अनुष्ठानको परिचालनाको साथै उनले यसको समूह गीत रचना गरी स्वर पनि दिएकी थिइन्। उपाध्याय गायिका पनि हुन्। उनले गाएका गीत र भजनले एक समयमा श्रोतालाई मन्त्रमुग्ध पार्दथिए भन्ने कुरा उनका सहकर्मीहरूबाट थाहा लाग्छ। तर हिजोआज भने उनले गीत गाएको सुनिंदैन। शायद साहित्य चर्चा गर्न जाँदा गीतको साधनामा अडचन आएको होला। उपाध्यायले एन फ्रेङ्को डायरीको असमीया पूर्णाङ्ग नाट्यरूप दिएर शिवसागर कलेजको प्रेक्षागृहमा मञ्चस्थ पनि गराएकी थिइन्। उनको परिचालनामा त्यस नाटकमा अभिनय गरेका थिए प्रख्यात व्यक्तित्व अध्यक्ष परागधर चलिहा, असम नाट्य सम्मिलनका योगेन चेतिया र कलेजका अन्य व्यक्तिहरूले। उनी स्थानीय सुगासा क्लवकी सचिव थिइन् र उनको नेतृत्वमा यस क्लवले च्यारिटी शो गरेर भारत-पाकिस्थानको युद्धको समयमा प्रधान मन्त्रीको राहत कोषमा आर्थिक योगदान पुऱ्याएको थियो।
कलेजमा अध्यापन गरेदेखि नै अनेक सामाजिक र साहित्यिक संस्थाहरूसित गीता उपाध्याय संलग्न रहेकी छन्। सन् 1978-79 बाट उनी असम लेखिका संस्थाको सम्पर्कमा आएर पछि सन् 2001 देखि 2003 सम्म यस संस्थाकी सभानेत्री पनि भएकी हुन्। उनी नेपाली साहित्य परिषदसित जडित भइन् सन् 1988-89 देखि। सन् 1997 बाट 2001 सम्ममा उनले सभानेत्रीको दायित्व सम्भालिन्। असम गोर्खा परिसंघको असम शाखाकी पनि उनी अध्यक्षा रहेकी थिइन्। सर्वभारत महिला निरक्षरता उन्मुलन संस्था, कान्ट्री विमेन एशोशिएसन, सेवा साधना संस्था, ऐन सहाय संस्था आदि गैरसरकारी संस्थासित संलग्न रही उनले सक्रिय रूपमा समाज सेवा गरेकी हुन् र अझै पनि विभिन्न संस्थासित जडित रही समाजकै काम गरिरहेकी छन्।
गीता उपाध्याय पद्मप्रसाद ढुङ्गाना स्मृति पुरस्कारदेखि लिएर साहित्य अकादमी अनुवाद पुरस्कार सम्म धेरै पुरस्कारले सम्मानित भइसकेकी छन्। सहज-सरल, अहंकार शून्य, मृदुभाषी उपाध्यायको व्यक्तित्वको आफ्नै एउटा चुम्बक क्षेत्र छ। छेउमा जो जान्छ त्यो व्यक्तित्वमा मोहित हुन्छ नै। कर्तव्यनिष्ठा, मानसिक साहस, उद्यम आदि गुण उनमा पूर्ण रूपमा छन् जसले उनलाई विकासको मार्गबाट लगेर शिखरमा पुऱ्याएको छ। यहाँको असमीया र नेपाली समाजमा गीता उपाध्याय हार्दिक आदर र श्रद्धासहित लिइने नाम हो। यहाँ उनी समन्वयकी सेतु भएकी छन् र साथ-साथै दुवै भाषा-साहित्य-समाज-संस्कृतिको साधनाद्वारा एक आदर्श व्यक्तिका रूपमा विशेष स्थान पनि प्राप्त गरेकी छन्। गीता उपाध्याय असमेली नेपाली समाजकै मात्र होइनन् समस्त नेपाली समाजकै गौरव हुन्। असमीया समाज पनि उनलाई लिएर गौरवशाली बनेको छ, यो हाम्रो अहोभाग्य हो।
सहयोगी प्राध्यापिका, असमीया विभाग, बी.बरुवा कलेज, गुवाहाटी, असम
अनुक्रमणिका
- गीता उपाध्याय : एक छोटो कैरन
- गरिमायुक्त व्यक्तित्व गीता उपाध्याय
- गीता उपाध्याय : व्यक्तित्व र कृतित्व
- सुश्री गीता उपाध्यायको व्यक्तित्व र कृतित्वको संक्षिप्त रूपरेखा
- गीता उपाध्यायको जीवन र कर्म : एक विहंगम दृष्टि
- एन फ्रेन्कको डायरीबारे
- गीता उपाध्याय र एन फ्रेङ्कको डायरी
- अनुवाद साहित्यको क्षेत्रमा गीता उपाध्यायको योगदान
- केही भन्नु पर्दा
- गीता उपाध्यायको नियात्राकारिता
- ब्रह्मपुत्रको किनारदेखि अलकानन्दाको तीरैतीर
- “…. हामी भर्खर तीर्थका ढोकामा आइपुगेका छौं …’
- ‘कथाञ्जली’-को भावभूमि
- गीता उपाध्यायकृत कथाञ्जली : एक अध्ययन
- विविध व्यक्तित्वका आलोकमा कथाकार गीता उपाध्याय
- कथाञ्जली – एक अवलोकन
- गीता उपाध्याय दिदीको ‘कथाञ्जली’ सरसर्ती पढ्दा
- ‘सुबासित बताह’ गीता उपाध्यायका कथाहरूको पर्यालोचना
- बाल साहित्यमा गीता उपाध्याय
- विश्वप्रसिद्ध किशोरी एन फ्रांकको कथा
- जन्मभूमि मेरो स्वदेश : परिक्रमा र मन्थन
- एक स्रष्टाका वाणीमा ध्वनित लाखौंको ढुकढुकी : जन्मभूमि मेरो स्वदेश
- उपन्यास जन्मभूमि मेरो स्वदेश – इतिहासपरक सामान्य पठन
- गीता उपाध्यायसँग बिताएका बाल्यकालका केही समय
- शैशवदेखि परिचित गीता दिदी : आफ्नो सम्झनाको सेरोफेरो
- गीता उपाध्याय
- भारतेली नेपाली साहित्यकी ध्रुवतारा प्रा. गीता उपाध्यायको सम्झनामा केही हरफहरू
- गीता उपाध्याय : मेरी घनिष्ठ मित्र
- आत्मप्रकाशले उज्यालिएको जीवन र सृष्टि
- प्रा. गीता उपाध्याय – एक विरल साहित्य सेविका
- साहित्यको फुलबारीमा समन्वयको फूल फुलाउने गीता उपाध्याय
- असमीया साहित्यमा गीता उपाध्यायको योगदान
- शिशु साहित्य लेखिका गीता उपाध्याय
- साहित्य समाजको वर्गीय प्रतिबिम्ब हो
- नेपाली साहित्य परिषद् असमकी विदाई अध्यक्षा सुश्री गीता उपाध्यायसित केही अन्तरङ्ग पलहरू
- अतीतलाई फर्केर हेर्दा
- केही अनुभूतिहरू
एन फ्रेन्कको डायरीबारे
डिल्लीराम तिम्सिना
परिचय
प्रथम र द्वितीय विश्वयुद्धका दुन्दुभिको स्वरमा नेपाली वीरहरूले पनि हाम्फाले, समराँगणमा उत्रिए, सशक्त भाग लिए, जीवन होमिदिए। कतिपय मरेर जानेले र बाँचेर फर्किनेले पनि वीरताको पुरस्कार भी.सी.पाए। किन्तु नेपाली कलमवीरहरूलाई भने प्रत्यक्ष रूपमा यस्ता महत्वपूर्ण ऐतिहासिक घटनाहरूले प्रभावित पारेको बुझिएन। नेपाली साहित्यका कुनै विधामा पनि युद्धविभीषिकाका तर्जन गर्जनको धक फुकाएर चित्रण गरिएको छैन र यो पक्ष खोक्रो र खुकुलो नै रहेको छ भने पनि हुन्छ। यस सन्दर्भमा ‘प्रह्लाद’ नाटकका समका चिन्तनको आफ्नै विशेषता छ – त्यति मात्र हो। दोस्रो महासमरका बखतमा जातीय विद्वेषको विषाक्त भावनाले गर्दा गुप्तावास बस्न बाध्य भएका यहूदी परिवारका किशोर किशोरीहरूका कोमल हृदयमा परेका प्रभावको यथार्थ चित्रण एनफ्रयांकको डायरीमा चित्रित गरिएको छ। यसैले रूपान्तरित भएता पनि प्रस्तुत पुस्तकले नेपाली साहित्यका पाठक पाठिकाहरूलाई विशेष गरी किशोर किशोरीहरूलाई अपेक्षित आनन्द प्रदान गर्ला भन्ने लागेको छ। किशोरी लेखिकाको सुन्दर शैलीले किशोरी अनुवादिकालाई प्रभावित पारेझै किशोरी पाठिकाहरूलाई पनि यसले प्रशस्त प्रेरणा दिनेछ।
मौलिक रचना प्रस्तुत गर्नभन्दा अनुवाद गर्न अपेक्षाकृत असजिलो हुन्छ। एक भाषाको रचनालाई भाषान्तरमा उतार्दा धेरै किसिमको तघारो नाघ्न समर्थ हुनुपर्छ। दुवै थरीका भाषामाथि पूर्ण अधिकार, उखान टुक्का र वाक्पद्धतिको विचार, रीति रिवाज र सभ्यता संस्कृतिसित घनिष्ट परिचय नभएसम्म अनुवाद हुनै सक्तैन। वस्तुतः भाषाको रूपान्तर भए तापनि त्यसभित्रको स्वत्व वा जीवनतत्त्वको रूपान्तर हुनै सक्तैन र आत्माविहीन छायाँले मात्र पछ्याउँछ। यसैले अनुवाद गर्ने काम लर्तरो मानिंदैन।
प्राध्यापिका कुमारी गीता उपाध्यायले प्रस्तुत डायरीलाई नेपालीमा र असमीया भाषामा समेत कुशलतापूर्वक अनूदित गर्नुभएको छ। आद्योपान्त समान रूपले ग्रन्थको छायाँनुवाद गरिएको छ र स्थानविशेषमा भावानुवादको परिपाटीलाई पनि पन्साएको छैन। सरल नेपाली शब्दको प्रयोग नै उहाँका अनुवादकलाको विशेषता हो। कतिपय ठाउँमा प्रसिद्ध संस्कृत शब्दको प्रयोग भएको छ र आसामका नेपाली बोलीचालीमा प्रचलित भएका पचिसकेका असमीया शब्दको प्रयोगसमेत अवश्य भएको छ। तर बीस लाख जति नेपालीले आफ्ना पारेका शब्द भित्रायउँदा नेपाली शब्दभण्डार नै सम्पन्न हुने ठानेर सन्तोष मान्ने ठाउँ पनि छ।
खाट्नु (खट्नु), कम्यो (कम्ती भयो), खैराँते प्रतिष्ठान (महत्त्वहीन संस्था), रूठो (रूखो), खाँटी (विशुद्ध), तफात (फरक), मुर्खामी (मूर्खता), पाने ठेउको (पानस), जाक (बथान), वदगुण (अवगुण), बेरा (बार) जस्ता अनेक शब्दहरू नेपाली शब्दकोशमा थपिन आएका छन्। अग्निशर्मा (रिसाहा), पंचमुख (बोलैया), प्रश्नठोकिनु, बुद्धिखटाउनु, बान्धवी, वक्षबन्धनीजस्ता शब्द-प्रयोगले अनुवादमा प्राणसञ्चार गर्न सघाउ पुऱ्याएको छ।
विदुषी अनुवादिकाले प्रस्तुत रचना आफ्नै बोलीमा प्रस्तुत गरेर नेपाली भाषालाई ठूलो गुन लाउनुभएको छ। उहाँबाट नेपाली भाषा साहित्यले धेरै आशा राखेको छ। यस रचनाले नेपाली जगत्मा उचित आदर पाउनेछ।
23 जुलाई 1972
काशी हिन्दूविश्वविद्यालय, वाराणसी
(एन फ्रेन्कको डायरीबाट साभार-सम्पादक)
अनुक्रमणिका
- गीता उपाध्याय : एक छोटो कैरन
- गरिमायुक्त व्यक्तित्व गीता उपाध्याय
- गीता उपाध्याय : व्यक्तित्व र कृतित्व
- सुश्री गीता उपाध्यायको व्यक्तित्व र कृतित्वको संक्षिप्त रूपरेखा
- गीता उपाध्यायको जीवन र कर्म : एक विहंगम दृष्टि
- एन फ्रेन्कको डायरीबारे
- गीता उपाध्याय र एन फ्रेङ्कको डायरी
- अनुवाद साहित्यको क्षेत्रमा गीता उपाध्यायको योगदान
- केही भन्नु पर्दा
- गीता उपाध्यायको नियात्राकारिता
- ब्रह्मपुत्रको किनारदेखि अलकानन्दाको तीरैतीर
- “…. हामी भर्खर तीर्थका ढोकामा आइपुगेका छौं …’
- ‘कथाञ्जली’-को भावभूमि
- गीता उपाध्यायकृत कथाञ्जली : एक अध्ययन
- विविध व्यक्तित्वका आलोकमा कथाकार गीता उपाध्याय
- कथाञ्जली – एक अवलोकन
- गीता उपाध्याय दिदीको ‘कथाञ्जली’ सरसर्ती पढ्दा
- ‘सुबासित बताह’ गीता उपाध्यायका कथाहरूको पर्यालोचना
- बाल साहित्यमा गीता उपाध्याय
- विश्वप्रसिद्ध किशोरी एन फ्रांकको कथा
- जन्मभूमि मेरो स्वदेश : परिक्रमा र मन्थन
- एक स्रष्टाका वाणीमा ध्वनित लाखौंको ढुकढुकी : जन्मभूमि मेरो स्वदेश
- उपन्यास जन्मभूमि मेरो स्वदेश – इतिहासपरक सामान्य पठन
- गीता उपाध्यायसँग बिताएका बाल्यकालका केही समय
- शैशवदेखि परिचित गीता दिदी : आफ्नो सम्झनाको सेरोफेरो
- गीता उपाध्याय
- भारतेली नेपाली साहित्यकी ध्रुवतारा प्रा. गीता उपाध्यायको सम्झनामा केही हरफहरू
- गीता उपाध्याय : मेरी घनिष्ठ मित्र
- आत्मप्रकाशले उज्यालिएको जीवन र सृष्टि
- प्रा. गीता उपाध्याय – एक विरल साहित्य सेविका
- साहित्यको फुलबारीमा समन्वयको फूल फुलाउने गीता उपाध्याय
- असमीया साहित्यमा गीता उपाध्यायको योगदान
- शिशु साहित्य लेखिका गीता उपाध्याय
- साहित्य समाजको वर्गीय प्रतिबिम्ब हो
- नेपाली साहित्य परिषद् असमकी विदाई अध्यक्षा सुश्री गीता उपाध्यायसित केही अन्तरङ्ग पलहरू
- अतीतलाई फर्केर हेर्दा
- केही अनुभूतिहरू
गीता उपाध्याय र एन फ्रेङ्कको डायरी
डा. दिवाकर प्रधान
पूर्वाञ्चल भारतका गोर्खाहरू विभिन्न ज्ञानानुशासनमा अनुशासित छन्। मातृभाषा नेपालीलाई जत्तिकै असमीया भाषालाई पनि आफ्नो सम्झेर आस्तित्विक रक्षामा अग्रसर भइरहेका छन्। ‘स्वदेशे पूज्यते राजा विद्वान सर्वत्र पूज्यते’ भनेझैं कति असमे गोर्खा आफ्नो प्राज्ञिक क्षमताले गर्दा राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा योग्य र सम्माननीय सिद्ध भएका छन्। ती विद्वज्जनमध्ये हामी गीता उपाध्याय महोदयालाई सम्मान गर्ने गर्दछौं। असमका साहित्यिक र सामाजिक सङ्घ-संस्थादेखि साहित्य दर्शनको क्षेत्रमा गीता उपाध्यायको नाम पहिलो पङ्क्तिमा लिनुपर्ने हुँदछ। सत्तरको दशकदेखि असमीया र नेपाली पाठकहरूमा प्रस्तुत उपाध्याय महोदया एन फ्रेन्कको डायरी-ले प्रसिद्ध भइन्। बालकदेखि दिग्गजसम्मलाई सम्झेर साहित्य लेखेकी छिन्। ‘आमा म फस्ट भए’ छोटो तर मीठो बाल उपन्यास हो। भानुभक्तीय रामायण र देवकोटेली मुनामदनजस्ता अमर रचनाहरू असमीया पाठकहरूका लागि प्रस्तुत गरिदिइन्। एन फ्रन्कलाई असमीया पाठकहरूले आख्यानको रूपमा पाए किनभने ‘एन फ्रान्कर गल्प’ लेखिदिइन्। जीवनी लेखनमा पनि लागिन् – महापुरूष शङ्करदेवबारे लेखेर।
यिनले पढेर र परेर धेरै ज्ञान हासिल गरेकी छिन्। यिनले मानव र प्रकृतिलाई, जीवन र जगतलाई, नीति र राजनीतिलाई राम्ररी चिनेकी छन्। प्रदेश, देश र महादेशलाई देखेकी छन्। यसको प्रमाण यिनको आत्मकथात्मक भ्रमण वृतान्तबाट पाइन्छ। यिनको यात्रा संस्मरण पुस्तकाकार रूपमा छ – ‘मन्दाकिनी र अलकानन्दाको तीरैतीर केदार बद्रीसम्म’। असमीया र नेपाली साहित्यानुरागीकी साँघुको रूपमा गीता उपाध्याय परिचित छिन्। दुवै भाषाका साहित्यिक र सामाजिक संस्थाहरूमा पनि सक्रिय देखिइने गीता महोदयाले आफूले मात्र साहित्य गर्नु नभई अरूलाई पनि प्रेरित गरिरहेकी छिन्। दुई भाषालाई र दुई भाषाका साहित्यलाई राष्ट्रिय प्रवाहको मूलधारामा प्रवाहित गर्नमा यिनी लागिपरेकी छन्।
यिनको पेशाको पद थियो प्राध्यापिका। प्राध्यापनमा प्रतिष्ठा धेरै पाइन् तर पदमाद कहिल्यै रहेन। यिनको विनम्रता अनुकरणीय छ। पेशागत क्षेत्रबाट अवकास लिएर पनि यिनी साहित्यिक र सामाजिक कार्यबाट अवकास लिएकी छैनन्। उमेरको प्रौढताले विचारकी प्रौढ भइन् तर कार्यशीलतामा अझ तारूण्य थपिएको लाग्दछ। यिनको प्रौढताले यिनको प्राज्ञिक क्षमता अझ बढ्दै जाऊन् भन्ने कामना गर्दछु।
नेपाली भाषामा अनूदित एन फ्रेन्कको डायरी (1972)-ले गीता उपाध्यायलाई प्रतिष्ठित बनायो, जसरी 1947 मा मूल डच भाषामा र 1952 मा अनूदित अङ्ग्रेजी भाषामा प्रकाशित भएपछि एन फ्रेन्क प्रतिष्ठित बनेकी थिइन्।
डायरी पनि एक किसिको आत्मकथा नै हो। साहित्यमा यसको लोकप्रियता विस्तार हुनुमा एन फ्रेन्कको ठूलो हात छ। विश्व डायरीको कथा एन फ्रेन्कबिना अधुरो हुन्छ। यिनको युद्धकालीन लेखन Diary of a Young Girl कयौ अनुवाद, नाटक र सिनेमाका आधार भइसकेको छ। एन फ्रेन्कलाई दैनन्दिनीकार र लेखक भनेर चिनिन्छ।
एन फ्रेङ्कको जन्म 12 जून 1029 मा जर्मनीको फ्र्याङ्कफर्ट शहरमा यहुदी परिवारमा भएको थियो तर केही वर्ष निदरल्यान्डको आम्र्सटर्डममा बसेकी थिइन्। 1933, नाजी पार्टीले जर्मनीमा अधिकार पाएकै वर्ष, फ्रेन्क परिवार जर्मनीको फ्याङ्कफर्टमा बसाइँ सरेका थिए। निदरल्याण्ड पनि नाजीले लिएपछि 1940 को मईमा आम्र्सटर्डममा फ्रेङ्कहरू घेरिए। त्यो बेला एनका बा अट्टो फ्रेङ्कले काम गर्ने कार्यालयको माथ्लो तल्लामा यिनीहरू दुई वर्षसम्म लुकेर बस्नुपरेको थियो। ती दुई वर्षसम्म नाजीहरूले यहुदीहरूलाई हुनसम्मको अत्याचार गर्दैथिए। फ्रेन्क परिवार लुकेको गोप्य सूचना कसैले दिएका हुनाले फ्रेङ्क परिवार 1942 को जुलाईमा पक्रा परे। कालान्तरमा एन र उनकी दिदी मार्गोट फ्रेन्कलाई बर्जेन-बर्सेन कन्सन्ट्रेसन क्याम्प भनिने यातनागारमा लगियो। त्यहीं 1945 मा यिनीहरूको मृत्यु भएको थियो।
दोस्रो महायुद्ध सकेपछि परिवारमा बाँचेका एक मात्र सदस्य अट्टो फ्रेन्क आम्र्सटर्डम फर्केर पुरानो ठाउँमा खोज्दा एन फ्रेङ्कको डायरी भेटे। 1947 मा मूल डच भाषामा छपाउनमा सफल भए। त्यसपछि कयौं भाषामा अनुवाद हुने क्रममा 1952 मा द डायरी अब अ यङ गर्ल छापियो। गीता उपाध्यायले यही अङ्ग्रेजी अनुवादको माध्यमबाट नेपाली रूपान्तर गरेकी थिइन्।
बाबु अट्टो फ्रेन्क (1889-1980) र आमा एडिथ फ्रेङ्क हल्याण्डर (1900-45) बाट 12 जून 1929 मा जन्मने एन फ्रेङ्कको पूरा नाम एनिलिज मेरी फ्रेन्क थियो। यिनकी दिदी पनि थिइन् मार्गोट (1926-45)। यिनीहरू जुडावादी धर्मावलम्बी भए पनि अरू धर्मावलम्बीहरूसित छासमिस बसेका हुनाले धर्ममा कट्टर थिएनन्। यिनीहरू आफूलाई उदार यहुदी मान्दथे। आमा आदर्श घरेलु महिला थिइन् भने बा अध्ययनशील व्यक्ति थिए। बाको ठूलो पुस्तकालय थियो। छोरीहरूलाई पढ्नमा प्रेरणा दिन्थे।
3 मार्च 1933 मा भएको फ्याङ्कफर्ट नगरपालिका परिषद्को चुनाउमा एडोल्फ हिटलरको नाजी पार्टीले जितेको हो। बिस्तारै निदरल्याण्डमा पनि नाजी पसे। नाजीहरू यहुदीको उन्नतिमा डाह गर्थे। ठूला बेपारी सबै यहुदी थिए, ज्ञान-विज्ञान र कला क्षेत्रमा अघि थिए, उच्च पदस्त अधिकारीहरू थिए। 1933 देखि 1939 सम्म भागेर जर्मनी पस्ने तीन लाख यहुदीहरूमध्ये फ्रेङ्क परिवार पनि थिए।
फ्रेन्क परिवार लुकेर बस्दाको अनुभव त्यस डायरीमा पाइन्छ। फ्रेङ्क परिवारको अनुभवले यहुदी जनगणको अनुभूति थाहा लाग्दछ। किशोरी एनको डायरीमा परिवार सदस्यहरूको भिन्न व्यक्तित्व बोधन भएको थाहा लाग्दछ। एन बाबुसित मिल्ने र मार्गोट आमासित मिल्ने भएको थाहा लाग्दछ। एन भावुक पनि थिइन् तर मार्गोट थिइनन्, एन छुच्ची पनि थिइन् तर मार्गोट सोझी। बा-आमाले बेला-बेला दिदीलाई ठगेको कारण एनलाई झपार्दथिए। गुप्तवासमा भने ती दुई घनिष्ट भएको कुरा लेखिएको छ। एन अलिक ठूली भएर बुद्धि पलाएपछि भने दिदीचाहिंलाई माया गर्नथालेकी बुझिन्छ। 12 जनवरी 1944 को डायरीले भन्छ – ‘मार्गोटको व्यवहार कति राम्रो! बल्ल बुझें, अचेल ऊ मेरी साथी हुँदैछिन्।’
एनले ठाउँठावै आमासित अप्ठेरो सम्बन्ध भएको कुरा लेखेकी छन्। 7 नोभेम्बर 1942 को डायरीमा आमालाई मुखाले, छुच्ची र आफूलाई ध्यान नदिने महिलाको रूपमा चित्रित गरेकी छन्। ‘उनी मेरी आमा होइनन्’ – सम्म लेखेकी छन्। पछि बुद्धि आएपछि त्यही अंश सुधारेकी, आमाको मायालाई चिनेकी कुरा पनि लेखेकी छन्। दुई फ्रेन्क बहिनी गुप्तवासबाट निस्केर स्कूल पढ्न जाने इच्छा प्रकट गरेकी छन्। गुप्तवासबाटै बेप भिस्कुइजी नामबाट करेस्पोन्डेन्सबाट सर्ट ह्राण्ड कोर्स उच्च अङ्क लिई उत्तीर्ण गरेकी कुरा पनि उल्लेख छ। गुप्तवासमा धेरजसो उनीहरूको समय पढाइ र लेखाइमा बित्थ्यो। डायरी दिनहुँ लेख्ने र घरीघरी संशोधन र सम्पादन गर्ने गर्थिन्। बोलेर भन्न नसकेका कुरा लेखेर भनेकी छन् – मनका भाव, विचार र जीवनाकाङ्क्षा आदि। बुधबार 5 अप्रेल 1944 को डायरीमा आफू पत्रकार हुनमा प्रेरित बन्दैगएको कुरा लेखेकी छन् – ‘अज्ञानी नहुनाका लागि मैले स्कूलका काम गर्नैपर्छ, जीवन चिन्नै पर्छ, पत्रकार हुनुपर्छ किनभने मलाई थाहा छ कि म के चाहन्छु … तर म सक्षम छु भन्ने कहिले देखूँला’; ‘पुस्तक लेख्ने वा पत्रिकामा समाचार लेख्ने भइनछु भने पनि म आफ्नै लागि लेख्ने त हुनैपर्छ, म आमाजस्तै बस्ने हुन कल्पनामा पनि सोच्न सक्दिनँ, लोग्ने र नानी स्याहार्ने नारीबाहेक म अरू पनि केही बन्नुपर्छ’।
यस्ता धेरै रोचक प्रसङ्गहरूको पठनीय सङ्ग्रह हो एन फ्रेन्कको डायरी। गीता उपाध्यायले यस पुस्तकलाई दुईपल्ट अनुवाद गरिन् नेपालीमा र असमीयामा क्रमैले 1972 मा र 1975 मा। नेपालीमा एन फ्रेन्कको डायरी र असमीयामा एन फ्रेकर डायरी। नेपालीमा एउटै मात्र संस्करण छापियो भने 1975 पछि अहिलेसम्म असमीयामा 14 संस्करण छापिसकेको छ। नेपाली संस्करणको कुरा गर्नुपर्दा यो अरूणकुमार उपाध्यायको प्रकाशनमा काशीबाट छापिएको थियो र भूमिकाकार थिए काशी हिन्दू विश्वविद्यालयको भारतीय भाषा विभागका तत्कालीन प्राध्यापक डा. डिल्लीराम तिमसिना। भूमिकामा लेखिएको छ – ‘आद्योपान्त समान रूपले ग्रन्थको छायानुवाद गरिएको छ र स्थानविशेषमा भावानुवादको परिपाटीलाई पनि पन्साएको छैन। सरल नेपाली शब्दको प्रयोग नै उहाँका अनुवादकलाको विशेषता हो। कतिपय ठाउँमा प्रसिद संस्कृत शब्दको प्रयोग भएको छ र आसामका नेपाली बोलीचालीमा प्रचलित भएका पचिसकेका असमीया शब्दको प्रयोगसमेत अवश्य भएको छ।’
असमे गोर्खाहरूले नेपाली भाषालाई स्थानीय सौन्दर्य दिएका कुरा गीता उपाध्यायका लेखनबाट थाहा लाग्दछ। असमीया शब्दहरू नेपाली भाषामा सहज रूपले यिनको अनुवादकालसम्ममा चल्न थालिसकेका कुरा पुस्तक पढ्दामा पुष्टि हुन्छ। यति मात्र नभई यस्ता शब्दले नेपाली भाषाको शब्दभण्डारै सम्पन्न हुने कुरा बुझेर सन् 2011 मा नेपाल प्रज्ञा-प्रतिष्ठानले संगोष्ठी राखेर नेपालीमा प्रयोग हुने जातभाषाका शब्दहरूसँगै असमपट्टि प्रयोग हुने आगन्तुक असमीया भाषाका शब्दहरूलाई पनि वृहत् नेपाली शब्दकोशको नयाँ संस्करणमा ठाउँ दिएको थाहा लाग्दछ।, उदाहरणका लागि – खाट्नु (खट्नु), कम्यो (घट्यो), जाक (बथान), अग्निशर्मा (रिसाहा), तफात (भिन्नता), मूर्खाली (मूर्खता) आदि।
साहित्यक दृष्टिकोणका अतिरिक्त सामाजिक, आर्थिक र राजनीतिक ज्ञानका दृष्टिले पनि यो पुस्तक उपयोगी छ। अनुवाद साहित्य सिर्जनपरम्परामा एन फ्रेङ्कको डायरीले अङ्ग्रेजीबाट नेपालीमा अनुवाद गरिने दीर्घपरम्परालाई बचाइराख्नका साथै यस सम्बन्धी घट्दो चासोलाई प्रोत्साहन गर्ने जमर्को पनि गरेकी छन् गीता उपाध्यायले। विश्वजनीन विषयवस्तुहरूलाई साहित्यका अद्यातन विधामा समेटी नेपाली साहित्यमा प्रयोग गर्नु उपाध्यायको ठूलो दक्षता हो। 15 वर्षभन्दा पनि कम उमेरकी लेखिकाको अन्तरहृदयको अनुभव र अनुभूति अभिव्यक्त भएको यस पुस्तकमा विश्वमा विकासका लागि स्थापित विभिन्न ज्ञानराशि सन्निवेश भएको हुनाले पनि यस पुस्तकको उपयोगिता छ। यूरोपेली समाज र राजनीतिको ज्वलन्त रूप पनि यसले प्रस्तुत गरेको छ तथापि यसमा वैश्विक अनुभूति फेला परेका हुनाले अहिलेसम्म प्रायः बीसवटा भाषामा अनुवाद भइसकेका छन्। तीमध्ये दुइटा भाषालाई गीता उपाध्यायले विश्व-साहित्यमा प्रतिनिधित्व गरेकी छन्।
भारतीय भाषा विभाग, काशी हिन्दू विश्वविद्यालय, वाराणसी
अनुक्रमणिका
- गीता उपाध्याय : एक छोटो कैरन
- गरिमायुक्त व्यक्तित्व गीता उपाध्याय
- गीता उपाध्याय : व्यक्तित्व र कृतित्व
- सुश्री गीता उपाध्यायको व्यक्तित्व र कृतित्वको संक्षिप्त रूपरेखा
- गीता उपाध्यायको जीवन र कर्म : एक विहंगम दृष्टि
- एन फ्रेन्कको डायरीबारे
- गीता उपाध्याय र एन फ्रेङ्कको डायरी
- अनुवाद साहित्यको क्षेत्रमा गीता उपाध्यायको योगदान
- केही भन्नु पर्दा
- गीता उपाध्यायको नियात्राकारिता
- ब्रह्मपुत्रको किनारदेखि अलकानन्दाको तीरैतीर
- “…. हामी भर्खर तीर्थका ढोकामा आइपुगेका छौं …’
- ‘कथाञ्जली’-को भावभूमि
- गीता उपाध्यायकृत कथाञ्जली : एक अध्ययन
- विविध व्यक्तित्वका आलोकमा कथाकार गीता उपाध्याय
- कथाञ्जली – एक अवलोकन
- गीता उपाध्याय दिदीको ‘कथाञ्जली’ सरसर्ती पढ्दा
- ‘सुबासित बताह’ गीता उपाध्यायका कथाहरूको पर्यालोचना
- बाल साहित्यमा गीता उपाध्याय
- विश्वप्रसिद्ध किशोरी एन फ्रांकको कथा
- जन्मभूमि मेरो स्वदेश : परिक्रमा र मन्थन
- एक स्रष्टाका वाणीमा ध्वनित लाखौंको ढुकढुकी : जन्मभूमि मेरो स्वदेश
- उपन्यास जन्मभूमि मेरो स्वदेश – इतिहासपरक सामान्य पठन
- गीता उपाध्यायसँग बिताएका बाल्यकालका केही समय
- शैशवदेखि परिचित गीता दिदी : आफ्नो सम्झनाको सेरोफेरो
- गीता उपाध्याय
- भारतेली नेपाली साहित्यकी ध्रुवतारा प्रा. गीता उपाध्यायको सम्झनामा केही हरफहरू
- गीता उपाध्याय : मेरी घनिष्ठ मित्र
- आत्मप्रकाशले उज्यालिएको जीवन र सृष्टि
- प्रा. गीता उपाध्याय – एक विरल साहित्य सेविका
- साहित्यको फुलबारीमा समन्वयको फूल फुलाउने गीता उपाध्याय
- असमीया साहित्यमा गीता उपाध्यायको योगदान
- शिशु साहित्य लेखिका गीता उपाध्याय
- साहित्य समाजको वर्गीय प्रतिबिम्ब हो
- नेपाली साहित्य परिषद् असमकी विदाई अध्यक्षा सुश्री गीता उपाध्यायसित केही अन्तरङ्ग पलहरू
- अतीतलाई फर्केर हेर्दा
- केही अनुभूतिहरू
अनुवाद साहित्यको क्षेत्रमा गीता उपाध्यायको योगदान
मोहन सुवेदी
साहित्यको नाममा ग्लेमरको पछिपछि नकुदेर एकश्रेणीका लेखक-लेखिकाहरू स्वकीय लेखनकार्यसित निविडरूपले अनवरत जडित भइरहेका पाइन्छन्। गीता उपाध्यायको नाम यसै प्रसंगमा सगौरव लिनसकिन्छ। सामाजिक दायबद्धतालाई मध्य नजर राखेर भाषिक र जातिगत समन्वयका लागि उहाँले साहित्यलाई आफ्नो कर्मक्षेत्र रोज्नुभयो र अनेक कृति रचना गरेर दुवै भाषालाई समृद्धिशाली बनाउनमा ठूलो मदत् पुर्याउनु भयो।
भारतीय नेपाली साहित्यमा एकजना सुपरिचित लेखिकाको रूपमा प्रतिष्ठित भएकी सुश्री गीता उपाध्यायको एउटा भिन्नै साहित्यिक परिमण्डल छ। हामी उहाँलाई कथाकार, कवयित्री, निबन्धकार, शिशु उपन्यासकारको रूपमा स्थापित भएको पाउँछौं। तर विशेषगरी अनुवादको क्षेत्रमा उहाँको साहित्यिक योगदानलाई साँच्चै नै अतुलनीय मान्नु पर्दछ। पूर्वाञ्चल भारतको नेपाली साहित्यको इतिहास केलाउँदा उहाँको यस्तो योगदानको बारेमा विश्वस्तरूपले अनुभव गर्न सकिन्छ।
नेपाली र असमीया भाषा-साहित्यबाट लेखकीय जीवनको शुभारम्भ गर्नु हुने गीता उपाध्यायको पहिलो कृति नै थियो अनुवाद ग्रन्थ एन फ्रेन्कको डायरी 1972, नेपालीमा र 1975मा असमीयामा जुन उहाँले बासन्ती लस्करसित संयुक्तरूपले अंग्रेजीबाट असमीया भाषामा अनुवाद गर्नु भएको थियो। यस ग्रन्थले त्यसबेला असमीया पाठक एवं समालोचकहरूबाट यथेष्ट समादर पाउन सक्षम भएको थियो औ असमीया भाषाकी एकजना लेखिकाको रूपमा उहाँले प्रतिष्ठा पाउन सफल हुनुभएको थियो। दोस्रो विश्वयुद्धको भयावहताको जीवन्त दस्तावेज, हिट्लरको यहुदी निधनको कलंकित इतिहास, मानवीयता हनन् आदि विभिन्न दिशालाई समेटेर ऐतिहासिक साक्षीस्वरूप एन फ्रेङ्कद्वारा लिखित अनौठो जीवनगाथाले भरिएको यस कृतिलाई असमीया र नेपाली भाषाका पाठकहरूको हातमा पुऱ्याइदिनुभयो।
नेपाली, असमीया एवं अंग्रेजी – यी तीनै ओटा भाषामा समानरूपले कलम चलाउन सक्ने गीता उपाध्यायको अध्ययनको गहीनता र व्यापकताले गर्दा नै उहाँले अनुवाद साहित्यलाई समृद्धशाली तुल्याउनु भएको छ। विश्व साहित्यको विशाल दरवारमा नेपाली साहित्यका अमूल्य कृतिलाई पुऱ्याउने क्रममा उहाँको योगदान अति नै सराहनीय छ। त्यसरी नै, असमीया र अंग्रेजी भाषाका कतिपय ग्रन्थ नेपालीमा अनुवाद गरेर हाम्रो साहित्यको क्षेत्र फराकिलो पार्नु भएको छ। उहाँको समग्र अनुवाद कर्मलाई छोटकरीमा निम्नलिखित तरिकाले वर्गीकरण गर्नसकिन्छ —
1. अंग्रेजीबाट असमीया भाषामा :
(क) एन फ्रेङ्कर डायरी (सह लेखिका बासन्ती लस्कर, सन् 1975)
(ख) आनन्दी गोपाल (मूल- मराठी, सन् 2008)
2. नेपालीबाट असमीया भाषामा :
(क) भानुभक्तको रामायण (सन् 1987)
(ख) देवकोटाको मुनामदन (सन् 2000)
(ग) भरत जंगमको कालो सूर्य (सन् 1998)
(घ) निज अभिव्यक्तिर दापोनत कर्मवीर धनबहादुर सोनार (सन् 2008)
(ङ) नेपाल देशर लोक साधु (सन् 2001)
3. अंग्रेजीबाट नेपाली भाषामा :
(क) एन फ्रेङ्कको डायरी (सन् 1972)
4. असमीयाबाट नेपाली भाषामा :
(क) अभियात्री (मूल : निरुपमा बरगोहाइँ, सन् 2008)
(ख) दरबारकी सुसारे (मूल : ज्योति प्रसाद आगरवाल, सन् 2008)
यसरी माथिका अनूदित कृतिहरूलाई केलाउँदा हामी के पाउँदछौं भने उहाँले कविता, कथा, उपन्यास, जीवनी,संस्मरण, नाटक आदि विभिन्न विधाअन्तर्गत बहुमूल्य ग्रन्थलाई अनुवादको माध्यमद्वारा विभिन्न भाषाका पाठकसमक्ष पुर्याइदिनु भएको छ।
नारीवादी सर्जकको रूपमा उहाँले विभिन्न भाषा र विधामा कलम चलाए तापनि विशेषगरी शिशुग्रन्थ लेखनप्रति उहाँको अत्यधिक रूचि रहेको देखिन्छ। ‘आमा, म फाष्र्ट भए’ उहाँको एक अन्त्यम् मौलिक शिशुग्रन्थ हो, जुन कृति नेपाली एवं असमीया भाषामा प्रकाशित भएको छ। पिता स्व. टंकनाथ उपाध्याय स्वयं एकजना प्रतिभाशाली कथाकार एवं अनुवादक हुनाले सानै उमेरदेखि नै साहित्यप्रति उहाँको अत्यधिक रूचि रहेको जानिन्छ। विश्वसाहित्यका प्रतिष्ठित साहित्यकारहरूका विभिन्न क्लासिक ग्रन्थहरू अध्ययन गर्दै जाँदा उहाँ स्वतः सिर्जनात्मक दिशातर्फ आग्रहान्वित हुनुभएको कुरो थाहा लाग्छ। असमीया भाषाका पाठकहरूले पनि उहाँका कृतिहरूको यथेष्ट समादर गरेका छन्, उत्साहित भएका देखिन्छन् समालोचकहरू पनि।
उहाँका कृतिहरूमा मूलतः मानवीय मूल्यबोधप्रतिको तीव्र आस्थाशीलता, देश र जातिप्रेमको अशेष भावना, समाजका निपीडित महिला र शिशुहरूप्रति भइरहेको शोषण, अत्याचार र स्वार्थपर व्यवहारको विरुद्ध विद्रोहात्मक स्वर तीव्ररूपमा प्रकट भएको पाइन्छ। विशेषगरी, एकजना सफल अनुवादकको रूपमा असमीया र नेपाली भाषा-साहित्यबीच समन्वयको सेतु रचना गरेर उहाँले बिर्सिन नसक्ने गुण लगाउनु भएको छ। निरन्तररूपले असमीया औ नेपाली भाषामा कलम चलाएर उहाँले दुवै जातिका भाषा र साहित्यलाई विश्व दरबारमा लिएर जाने क्रममा कयौं सिंडीहरूको निर्माण गरिसक्नु भएको छ। यस कार्यको स्वीकृतिस्वरूप रूपकोंवर ज्योतिप्रसाद आगरवालाको अमूल्य कृति ‘कारेङर लिगिरी’ (दरबारकी सुसारे) को अनुवाद ग्रन्थका लागि उहाँलाई भारतीय साहित्य अकादमी, नयाँ दिल्लीले ‘अनुवाद पुरस्कार’ले सम्मानित गरेको छ।
अनुवाद कर्मक्षेत्रमा धेरैओटा सकारात्मक दिशाहरू प्रत्यक्षरूपमा जडित भएका पाइन्छन्। यसबाट दुवै भाषा-भाषीका आर्थ-सामाजिक, सांस्कृतिक औ भौगोलिक गतिविधिहरूको जानकारी पाइन्छ। उदाहरणस्वरूप, ज्योतिप्रसाद आगरवालाको नाटक ‘कारेङर लिगिरी’मा असमीया जनजीवनको सम्पूर्ण प्रतिच्छवि टल्केको छ। वेश-भूषा, रहन-सहन, आचार-व्यवहार, रीति-नीति, सामाजिक परिवेश, परम्परागत नियम-कानुन आदिको विस्तृत ज्ञानको समाहार भएको छ यस कृतिमा। नेपाली पाठकले यसको रसास्वादन पाउन सक्ने व्यवस्था गरिदिनुभयो गीता उपाध्यायले। उहाँले अति मौलिक तरिकाले त्यस कृतिको अनुवाद गरिदिएर असमीया साहित्य-संस्कृतिको स्वाद वितरण गर्नुभएको पाइन्छ। त्यसरी नै भरत जंगमको ‘कालो सूर्य’को अनुवाद कार्यद्वारा असमीया पाठकवर्गले नेपाली साहित्य-संस्कृतिको विस्तृतिबारेमा जान्ने मौका पाएका छन्। असमीया र नेपाली साहित्यको बीचमा सुदीर्घ साँधु निर्माण गर्ने काममा उहाँको योगदान अति नै सराहनीय छ। भानुभक्तको ‘रामायण’ र देवकोटाको ‘मुनामदन’ कृतिलाई अनुवाद गरेर उहाँले यी दुवै श्रेष्ठ कृतिलाई विश्वासाहित्यको विशाल दरवारमा प्रतिष्ठित गराउनु भयो, जसका लागि हामी असमेली नेपाली गौरव अनुभव गर्दछौं।
कहिलेकाहीं कुनै व्यक्ति अप्रत्यासित रूपले साहित्यको विशाल मायामय जगतभित्र प्रवेश गरेका हुन्छन्, तर अरू कोही भने जीवनका कतिपय घटनाचक्रको चेपारोमा परेर साहित्यको सृष्टिशीलताप्रति अति सजिलै आकर्षित हुने गर्दछन्। मानवीय मूक्तिलाभको अशेष चाहनाले ती साहित्यिकहरूको मन क्रियाशील भइरहन्छ। ती श्रेणीका कलमकारहरूका लागि साहित्य रचना एकप्रकारको मानसिक महौषधको रूपमा चिन्हित हुने गर्दछ। नेपाली साहित्यकी प्रख्यात लेखिका सुश्री गीता उपाध्याय त्यस्तै एकजना सृष्टिशील कलमकार हुनुहुन्छ जसले सम्पूर्ण जीवन नै साहित्यको सिर्जनामा उत्सर्गित गरिदिनुभएको छ।
तेजपुर, असम
अनुक्रमणिका
- गीता उपाध्याय : एक छोटो कैरन
- गरिमायुक्त व्यक्तित्व गीता उपाध्याय
- गीता उपाध्याय : व्यक्तित्व र कृतित्व
- सुश्री गीता उपाध्यायको व्यक्तित्व र कृतित्वको संक्षिप्त रूपरेखा
- गीता उपाध्यायको जीवन र कर्म : एक विहंगम दृष्टि
- एन फ्रेन्कको डायरीबारे
- गीता उपाध्याय र एन फ्रेङ्कको डायरी
- अनुवाद साहित्यको क्षेत्रमा गीता उपाध्यायको योगदान
- केही भन्नु पर्दा
- गीता उपाध्यायको नियात्राकारिता
- ब्रह्मपुत्रको किनारदेखि अलकानन्दाको तीरैतीर
- “…. हामी भर्खर तीर्थका ढोकामा आइपुगेका छौं …’
- ‘कथाञ्जली’-को भावभूमि
- गीता उपाध्यायकृत कथाञ्जली : एक अध्ययन
- विविध व्यक्तित्वका आलोकमा कथाकार गीता उपाध्याय
- कथाञ्जली – एक अवलोकन
- गीता उपाध्याय दिदीको ‘कथाञ्जली’ सरसर्ती पढ्दा
- ‘सुबासित बताह’ गीता उपाध्यायका कथाहरूको पर्यालोचना
- बाल साहित्यमा गीता उपाध्याय
- विश्वप्रसिद्ध किशोरी एन फ्रांकको कथा
- जन्मभूमि मेरो स्वदेश : परिक्रमा र मन्थन
- एक स्रष्टाका वाणीमा ध्वनित लाखौंको ढुकढुकी : जन्मभूमि मेरो स्वदेश
- उपन्यास जन्मभूमि मेरो स्वदेश – इतिहासपरक सामान्य पठन
- गीता उपाध्यायसँग बिताएका बाल्यकालका केही समय
- शैशवदेखि परिचित गीता दिदी : आफ्नो सम्झनाको सेरोफेरो
- गीता उपाध्याय
- भारतेली नेपाली साहित्यकी ध्रुवतारा प्रा. गीता उपाध्यायको सम्झनामा केही हरफहरू
- गीता उपाध्याय : मेरी घनिष्ठ मित्र
- आत्मप्रकाशले उज्यालिएको जीवन र सृष्टि
- प्रा. गीता उपाध्याय – एक विरल साहित्य सेविका
- साहित्यको फुलबारीमा समन्वयको फूल फुलाउने गीता उपाध्याय
- असमीया साहित्यमा गीता उपाध्यायको योगदान
- शिशु साहित्य लेखिका गीता उपाध्याय
- साहित्य समाजको वर्गीय प्रतिबिम्ब हो
- नेपाली साहित्य परिषद् असमकी विदाई अध्यक्षा सुश्री गीता उपाध्यायसित केही अन्तरङ्ग पलहरू
- अतीतलाई फर्केर हेर्दा
- केही अनुभूतिहरू
केही भन्नु पर्दा
छविलाल उपाध्याय
प्राध्यापिका गीता उपाध्यायलाई असमका नेपाली अनेपाली साहित्य जगतले नजान्ने कुरै आएन। साथै भारत तथा नेपालसम्म परिचित नाउँ हो। राजनीति विज्ञानमा स्नातकोत्तर उपाधि प्राप्त गरेर पूर्व असमको शिवसागर महाविद्यालयमा विभागीय प्रमुख रही सन् 1999 मा अवकाशप्राप्त गरेकी हुन्।
सन् 1972 देखि साहित्य साधनामा संलग्न भएको हामी पाउँछौं। मौलिक र अनूदित गरी झण्डै 1 दर्जन जति उनका कृतिहरू पाठकवृन्दले पाइसकेका छन्। त्यस अतिरिक्त विभिन्न पत्र-पत्रिकाहरूमा लेखहरू प्रकाशित भइरहेकै छन्। नेपाली र असमीया दुवै भाषामा (अर्जुनले दुवै हातले वाण चलाएझैं) बराबर कलम चलाएर दुवै थरिका भाषाको भण्डारलाई गहकिलो बनाउन प्रयासरत छिन् भन्दा अनौठो नहोला भन्छु म।
अनुवादकार्य मौलिक लेखनभन्दा धेरै जटिल कार्य हो। मौलिक लेखनमा लेखकलाई जुन स्वाधीनता छ अनुवादकार्यमा पाइँदैन। अर्कातिर भन्ने हो भने एउटा भाषाबाट अर्का भाषामा भाषान्तर गर्नलाई निकै परिश्रम गर्नु पर्ने हुन्छ। साथै दुवै भाषाको मर्मज्ञ हुनुपर्दछ। दुवैथरिका भाषा र संस्कृतिमा रूमलिएको हुनुपर्दछ, अनि भाव र भाषा बुझेको हुनुपर्दछ। मूलकृतिको भाषाबाट अर्का भाषामा जस्ताको तस्तै उतार्न त्यति सजिलो काम होइन। यसमा भावचाहिं ओसारिन्छ आत्मा ओसारिंदैन।
कुनैचाहिं यस्ता असजिला शब्द हुन्छन्, अर्का भाषामा सोझै लान सकिंदैन। नेपालीका केही शब्दहरू जस्तै सुटुक्क, थ्याच्च, खत्र्याक्क, जुरूक्क, झसङ्ग, हिरिक्क, घुटुक्क, ठ्याम्म, मच्याक-मच्याक, टुप्लुक्क आदि। त्यस्तै अरू भाषाका पनि छन्। अनि यो पनि मान्नु पर्छ कि अरू अरू विधाको भन्दा नाटकको भाषाचाहिं धेरै नै सहज-सरल हुन्छ। असमीया भाषाका लब्ध प्रतिष्ठित कवि तथा नाट्यकार ज्योतिप्रसाद आगरवाला विरचित नाटक ‘कारेङर लिगिरी’लाई ‘दरबारकी सुसारे’ नामकरणले नेपालीमा भाषान्तर गरेर नाटक विधामा पनि आफ्नो नाउँ दर्ता गरेकामा साधुवाद छ। प्रस्तुत ऐतिहासिक नाटकमा छोटा छोटा 5 अङ्क राखिएका छन्, जसमा 17 दर्शन/दृश्यमा सजाइएको छ। पात्र संख्या; पुरुष पात्र 11 र नारी पात्र 9 गरी जम्माजम्मी 20 पात्रहरू समावेश छन्।
प्राध्यापिका गीता उपाध्यायका पूर्व प्रकाशित कृतिहरू यसप्रकार छन् – असमीया र नेपाली – सुवासित बताह; नेपाल देशर साधु; मन्दाकिनीको तीरैतीर केदार बद्रीसम्म; महापुरूष शङ्करदेव जीवन र कर्म, आमा म फस्ट भएँ, मौलिक र मुनामदन, भानुभक्तर रामायण, कला सुरुज, एन फ्रेंकर डायरी असमीयामा अनूदित हुन्। असमीया नारी कविका निर्वाचित कविता-सम्पादना, सम्मान र सेवा
1. पद्मप्रसाद ढुङ्गाना साहित्य पुरस्कार
2. 15 अगस्त 2003 देखि असम सरकारद्वारा आजीवन साहित्यिक पेन्सन (भत्ता) प्राप्त।
3. लेखिका संस्था असमद्वारा डा. नीलिमादत्त अनुवाद पुरस्कारप्राप्त
4. पूर्व अध्यक्षा, नेपाली साहित्य परिषद्, असम।
5. पूर्व अध्यक्षा, असम लेखिका संस्था
6. पूर्व सदस्या असम साहित्य सभा।
(‘दरबार की सुसारे’ नाटकको ‘केही भन्नु पर्दा’बाट साभार – सम्पादक।)
अनुक्रमणिका
- गीता उपाध्याय : एक छोटो कैरन
- गरिमायुक्त व्यक्तित्व गीता उपाध्याय
- गीता उपाध्याय : व्यक्तित्व र कृतित्व
- सुश्री गीता उपाध्यायको व्यक्तित्व र कृतित्वको संक्षिप्त रूपरेखा
- गीता उपाध्यायको जीवन र कर्म : एक विहंगम दृष्टि
- एन फ्रेन्कको डायरीबारे
- गीता उपाध्याय र एन फ्रेङ्कको डायरी
- अनुवाद साहित्यको क्षेत्रमा गीता उपाध्यायको योगदान
- केही भन्नु पर्दा
- गीता उपाध्यायको नियात्राकारिता
- ब्रह्मपुत्रको किनारदेखि अलकानन्दाको तीरैतीर
- “…. हामी भर्खर तीर्थका ढोकामा आइपुगेका छौं …’
- ‘कथाञ्जली’-को भावभूमि
- गीता उपाध्यायकृत कथाञ्जली : एक अध्ययन
- विविध व्यक्तित्वका आलोकमा कथाकार गीता उपाध्याय
- कथाञ्जली – एक अवलोकन
- गीता उपाध्याय दिदीको ‘कथाञ्जली’ सरसर्ती पढ्दा
- ‘सुबासित बताह’ गीता उपाध्यायका कथाहरूको पर्यालोचना
- बाल साहित्यमा गीता उपाध्याय
- विश्वप्रसिद्ध किशोरी एन फ्रांकको कथा
- जन्मभूमि मेरो स्वदेश : परिक्रमा र मन्थन
- एक स्रष्टाका वाणीमा ध्वनित लाखौंको ढुकढुकी : जन्मभूमि मेरो स्वदेश
- उपन्यास जन्मभूमि मेरो स्वदेश – इतिहासपरक सामान्य पठन
- गीता उपाध्यायसँग बिताएका बाल्यकालका केही समय
- शैशवदेखि परिचित गीता दिदी : आफ्नो सम्झनाको सेरोफेरो
- गीता उपाध्याय
- भारतेली नेपाली साहित्यकी ध्रुवतारा प्रा. गीता उपाध्यायको सम्झनामा केही हरफहरू
- गीता उपाध्याय : मेरी घनिष्ठ मित्र
- आत्मप्रकाशले उज्यालिएको जीवन र सृष्टि
- प्रा. गीता उपाध्याय – एक विरल साहित्य सेविका
- साहित्यको फुलबारीमा समन्वयको फूल फुलाउने गीता उपाध्याय
- असमीया साहित्यमा गीता उपाध्यायको योगदान
- शिशु साहित्य लेखिका गीता उपाध्याय
- साहित्य समाजको वर्गीय प्रतिबिम्ब हो
- नेपाली साहित्य परिषद् असमकी विदाई अध्यक्षा सुश्री गीता उपाध्यायसित केही अन्तरङ्ग पलहरू
- अतीतलाई फर्केर हेर्दा
- केही अनुभूतिहरू
गीता उपाध्यायको नियात्राकारिता
प्रा. डा. खगेन्द्रप्रसाद लुइटेल
1. विषय परिचय :
सन् 1939 फेब्रुअरी 14 मा शोणितपुर, असममा जन्मिएकी गीता उपाध्याय त्यस क्षेत्रकी उच्चशिक्षित भारतीय नेपाली महिला हुन्। उनले राजनीतिशास्त्रमा एम.ए. गरेकी छन्। मूलतः शिक्षण पेसा अवलम्बन गरेकी गीताको भारतीय नेपाली साहित्यका क्षेत्रमा पनि विशेष संलग्नता र उल्लेख्य योगदान रहेको देखिन्छ। नेपाली र असमीया दुवै भाषामा कलम चलाउने भारतीय नेपाली महिला साहित्यकार गीता उपाध्यायका मौलिक तथा अनूदित थुप्रै कृतिहरू प्रकाशित छन्। लगभग चार दशकदेखि साहित्य क्षेत्रमा क्रियाशील गीताले भारतीय नेपाली साहित्यको श्रीवृद्धिमा उल्लेखनीय योगदान पुऱ्याएकी छन्। यिनले असमीयाबाट नेपालीमा र नेपालीबाट असमीयामा विभिन्न कृतिहरूको अनुवाद गरी यी दुवै भाषामा एकअर्काको साहित्यलाई परिचित गराउने उल्लेखनीय कार्य गरेकी छन्। नियात्रा र जीवनीमूलक निबन्धका साथै कथाहरूको पनि सिर्जना गरेकी गीताले केही रचनाको सम्पादन पनि गरेको देखिन्छ। कुशल सर्जक र अनुवादकका रूपमा रहेकी गीता उपाध्यायलाई साहित्यप्रति लगनशील व्यक्तित्वका साथै कुशल सङ्गठकका रूपमा पनि लिने गरेको पाइन्छ। भिन्न भाषी, समाज, साहित्य र संस्कृतिका बीचमा समन्वय स्थापित गर्ने अभिप्रायबाट उत्प्रेरित गीता उपाध्यायका रचनामा नारीवादी चेतना पनि पाइन्छ। नेपाली जाति र भाषाप्रति सम्मान प्रकट गर्ने गीताले नेपाली जातिमा एकता हुनुपर्ने धारणा अभिव्यक्त गरेको पाइन्छ। विभिन्न साहित्यिक र साहित्येतर क्षेत्रमा संलग्न भएर आफ्नो छुट्टै पहिचान निर्माण गरेकी गीता उपाध्यायको आजीविका र अन्य संलग्नता निम्नलिखित अनुसार रहेको छ :
शिवसागर कलेज, असममा राजनीतिशास्त्र प्रवक्ता (1965),
शिवसागर कलेज, राजनीति विभागको विभागाध्यक्ष,
नेपाली साहित्य परिषद्, असमको अध्यक्ष (1997-2001)
असमीया लेखिका संस्थाको अध्यक्ष (2001-2003)
भारतीय गोर्खा परिसंघ, असम शाखाको अद्यक्ष (2003-2005),
सेवा साधना संस्था, तेजपुरको अध्यक्ष (2007),
हरिहरधाम उन्नयन समिति, तेजपुरको उपदेष्टा (2007),
असम साहित्य सभाको सदस्य,
सर्वभारतीय राजनीति विज्ञान संस्थाको आजीवन सदस्य,
असमीया भाषाको प्रगतिशील महिला पत्रिका जोनाकी बाटको आजीवन सदस्य।
निबन्ध, कथा, उपन्यास आदि विधाका माध्यमबाट आफ्नो साहित्यिक पहिचान निर्माण गरेकी गीता उपाध्यायले कतिपय नेपाली कृतिहरूको असमीया भाषामा अनुवाद पनि गरेकी छन्। यसबाट यिनको बहुभाषिक व्यक्तित्व पनि झल्कन्छ। यिनी सिर्जना र अनुवादका साथै सम्पादनका क्षेत्रमा पनि क्रियाशील देखिन्छन्। गीता उपाध्यायका प्रकाशित कृतिहरू निम्नलिखित छन् :
निबन्ध : मन्दाकिनी र अलकनन्दाको तीरैतीर केदार बद्रीसम्म (2003), (नियात्रा),
महापुरुष शङ्करदेव : जीवन र कर्म (2003, जीवनी)।
कथा : कथाञ्जली (2008)।
उपन्यास : आमा म फाष्र्ट भएँ (बाल उपन्यास, प्रकाशन मिति उल्लेख नभएको)
जन्मभूमि मेरो स्वदेश (2013)।
अनुवाद : एन फ्रेन्कको डायरी (1972),
भानुभक्तको रामायण (1987, नेपालीबाट असमीया)
मुनामदन (2000, नेपालीबाट असमीया),
दरबारकी सुसारे (2008, असमीयाबाट नेपाली),
अभियात्री (2010, असमीयाबाट नेपाली),
कला सुरूज (1998, नेपालीबाट असमीया)
नेपाल देशर लोक साधु (2001, नेपालीबाट असमीया),
निज अभिव्यक्तिर दापोनत कर्मवीर धनबहादुर सोनार (2008, नेपालीबाट असमीया),
थलुवा सन्तान (2008, अङ्ग्रेजीबाट असमीया)
आनन्दी गोपाल (2008, मराठीबाट असमीया)।
सम्पादन : चिन्ता चयनिका (1992, निबन्ध सङ्ग्र)
असमीया नारी कविका निर्वाचित कविता (सन् 2002),
टङ्कनाथ उपाध्यायको मौलिक रचना।
अन्य : असमीया भाषामा विभिन्न विधाका थुप्रै कृति प्रकाशित।
यसरी लामो समयदेखि शिक्षणका साथै विभिन्न साहित्यिक एवं सामाजिक क्षेत्रमा समेत संलग्न रही सेवा गरेबापत गीता उपाध्यायले निम्नलिखित सम्मान र पुरस्कार पनि प्राप्त गरेकी छन् :
पद्मप्रसाद ढुङ्गाना साहित्य पुरस्कार (2001)
असम सरकारद्वारा साहित्यिक पेन्सन प्रदान (2003)
सिक्किम अकादमीको सम्माननीय सदस्य (2007)
पारिजात स्मृति साहित्य मितेरी सम्मान (2007)
फूलचन्द्र खण्डेलवाल संहति पुरस्कार (2009)
डा. नीलिमादत्त स्मृति अनुवाद पुरस्कार (2009)
महाकवि देवकोटा शताब्दी सम्मान (2010)
लालमान सञ्चरानी स्मृति साहित्यिक पुरस्कार (2010)।
यस आलेखमा गीता उपाध्यायका नियात्रागत प्रवृत्तिको चर्चा गर्दै ‘मेरो लन्डन भ्रमण’ शीर्षक नियात्राका केन्द्रीयतामा यिनको नियात्राकारिताको चर्चा गरिएको छ।
2. गीता उपाध्यायका नियात्रागत प्रवृत्ति :
नेपाली र असमीयामा थुप्रै मौलिक तथा अनूदित कृतिहरू प्रकाशित गरेकी भारतीय नेपाली महिला साहित्यकार गीता उपाध्यायका नियात्रा र जीवनीमूलक निबन्ध प्रकाशित छन्। यिनका रचनामा विभिन्न भाषी समाज साहित्य र संस्कृतिका बीचमा समन्वय स्थापित गर्ने तथा नेपाली जातिमा एकता हुन पर्ने धारणाको अभिव्यक्ति पाइन्छ। गीता उपाध्यायको स्वदेश तथा विदेशको यात्रा वृत्तान्तमा आधारित नियात्राहरूको सङ्ग्रह “मन्दाकिनी र अलकानन्दाको तीरैतीर केदार बद्रीसम्म’ प्रकाशित छ र यसमा छवटा रचना सङ्गृहीत छन्। यिनमा दुईवटा रचना भारतसँग, एउटा नेपालसँग र तीनवटा युरोप भ्रमणसँग सम्बद्ध छन्। आयामका दृष्टिले ‘मन्दाकिनी र अलकानन्दको तीरैतीर केदार बद्रीसम्म’ शीर्षक रचना निकै लामो हुनाका साथै 11 उपभागमा विभाजित छ भने अरू मध्यम आयामका छन्। यिनका प्रायः सबै रचनाको शीर्षकबाटै वर्णित ठाउँबारे जानकारी पाइन्छ। विषयवस्तुका दृष्टिले हेर्दा यिनका नियात्राहरू भारतीय भूमिमा पर्ने विभिन्न तीर्थस्थलको भ्रमणका साथै छिमेकी देश नेपाल तथा युरोपको एउटा शक्तिशाली देश बेलायत यात्राको सन्दर्भमा केन्द्रित देखिन्छन्। यिनका विभिन्न तीर्थस्थलको यात्रामा आधारित रचनामा अलौकिक ईश्वरीय शक्तिप्रति आस्था पनि प्रकट गरिएको छ। यिनका नियात्रामा धार्मिक तीर्थस्थल मात्र नभई साहित्यिक तीर्थस्थलको पनि वर्णन गरिएको छ। नेपालीका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तथा विश्वविख्यात नाटककार शेक्सपियरको जन्मस्थल पुग्दाको आत्मानुभूतिलाई यिनले निबन्धात्मक संरचनामा प्रस्तुत गरेकी छन्।
सीमित विषयवस्तुमा नियात्रा सिर्जना गर्ने गीता उपाध्यायका रचनामा आफूले यात्रा गरेका ठाउँको भौगोलिक, प्राकृतिक एवं सांस्कृतिक पक्षको वर्णन पाइन्छ। आफूले घुमेका ठाउँबारे जानकारी दिनुका साथै ती ठाउँसँग सम्बद्ध विभिन्न ऐतिहासिक सन्दर्भ, आफूले सुनेका विभिन्न प्रकारका किम्बदन्ती एवं कथाहरूको पनि उपयोग यिनका निबन्धमा गरिएको छ। यसका साथै यिनका रचनामा आफूद्वारा अर्जित पूर्वज्ञानको पनि उपयोग गरिएको पाइन्छ। लेखकको अध्ययन र पूर्व ज्ञानमा आधारित यसप्रकारको इतिहास तथा संरचनामूलक ज्ञानको प्रयोग स्वाभाविक र सान्दर्भिक ढङ्गमा गरिएकाले त्यसबाट पाठकलाई थप सूचना प्राप्त हुन्छ। यस्ता सन्दर्भ वर्णनले नियात्रालाई पठनीय, रोचक एवं प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेको देखिन्छ। यिनका कतिपय रचनामा यात्रा वर्णनकै क्रममा सामाजिक विसंगति र विकृतिको उल्लेख गर्दै तिनप्रति व्यङ्ग्य प्रहार पनि गरिएको छ।
गीता उपाध्यायका नियात्रामा प्रयुक्त भाषा सरल एवं सहज रहेको छ। तत्सम शब्दको आधिक्य पाइने यिनका रचनामा असम क्षेत्रमा बोलिने कथ्य नेपालीको प्रभाव पनि पाइन्छ। यसका साथै यिनका रचनामा ठाउँठाउँ उखान र टुक्काको प्रयोग पनि गरिएको छ। वर्णनात्मक एवं विवरणात्मक शैलीमा लेखिएका यिनका यात्रानिबन्धको भाषाशैलीय विन्यास कृत्रिम र बनावटी पाराको नभई सहज एवं स्वाभाविक खालको रहेको छ।
3. ‘मेरो लन्डन भ्रमण’ नियात्राको विश्लेषण :
गीता उपाध्यायको ‘मेरो लन्डन भ्रमण’ शीर्षक नियात्रा “मन्दाकिनी र अलकनन्दाको तीरैतीर केदार बद्रीसम्म’ नामक पुस्तकमा सङ्कलित छ। यो सन् 1982 को जून महिनामा आफूले गरेको लन्डन भ्रमणलाई विषयवस्तु बनाई लेखिएको संस्मरणात्मक वृत्तान्त हो। बेलायतको बेल्समा डाक्टरी पेसा गर्ने भाइ महेन्द्रको आग्रह र सम्पूर्ण खर्च भाइले नै बेहोर्ने हुनाले यस्तो मौका गुमाउन नहुने ठानी लन्डन जाने निर्णय गरिएको जानकारी रचनाको सुरुमै दिइएको छ। दिल्लीबाट यात्रा शुरू गरिएको र बहराइनमा पुगेपछि विमानमा आएको गडबडीका कारण त्यहाँको एक भव्य होटेलमा रात बिताएको अनि भोलिपल्ट अर्को विमानद्वारा लन्डन पुगेको घटना वर्णित यस नियात्रामा लन्डन पुगेपछि त्यहाँका विभिन्न ठाउँमा घुमेका प्रसङ्गको पनि वर्णन गरिएको छ। यसमा नियात्राकारले विभिन्न सन्दर्भको वर्णन इमानदारीपूर्वक नढाँटी प्रस्तुत गरेकी छन्।
नियात्राकार गीता उपाध्याय लन्डन जान विमानमा प्रवेश गरेदेखि नै विभिन्न सन्दर्भबाट प्रभावित देखिन्छिन्। विमानको भौतिक सुखसुविधादेखि लिएर बहराइनको विमानस्थल, त्यहाँको भव्य होटेल बसाइँ आदिका साथै लन्डन टेकेदेखि नै त्यहाँको भौतिक उन्नति तथा अनुशासनप्रेमले यिनलाई छक्कै पारेको छ। आठ तलामाथि गाडी पार्किङ गरिएको घटनाले आश्चर्यचकित तुल्याएको अभिव्यक्ति पाइने यस निबन्धमा यस्तै रोचक थुप्रै घटनाहरूको वर्णन गरिएको छ। अङ्ग्रेजका चालचलन, रीतिरिवाज आदिको प्रस्तुति पाइने यस नियात्रामा लन्डनको प्राकृतिक एवं भौतिक सौन्दर्यको कलात्मक वर्णन पाइन्छ। लन्डन सहर, त्यहाँको प्रशासनिक व्यवस्था, टेम्स नदी र त्यहाँको आकर्षक पुल, संसद भवन आदिको वर्णन गरिएको यस नियात्रामा विभिन्न सन्दर्भ जोड्दै लन्डन टावरको विशेष वर्णन गरिएको छ। लन्डन टावरभित्र अवस्थित किल्लाका बारेमा ऐतिहासिक जानकारी दिने प्रयत्नका साथ त्यसै किल्लामा रहेको हरियो जोडी कागको किम्वदन्तीसम्बन्धी वर्णन पनि यसमा पाइन्छ। ब्रिाटिस म्युजियमको वर्णन पनि निकै जानकारीमूलक ढङ्गले गरिएको यस नियात्रामा मैन म्युजियमको पनि चर्चा गरिएको छ। विशाल पार्लियामेन्ट भवन र यसमाथि राखिएको घडी, संसद् भवन, वेस्ट मिनिस्टर एबी आदिको वर्णन पनि ऐतिहासिक सन्दर्भबाटै गरिएको यस निबन्धमा यी विभिन्न सन्दर्भबाहेक लन्डनमा देखेभोगेका निकै कुरा भए पनि सबैको विवरण लेख्दा लामो हुने डरले नलेखिएको कुरा व्यक्त गर्दै निबन्ध समाप्त गरिएको छ।
नियात्राकार गीता उपाध्यायको यस यात्रानिबन्धमा लन्डनका मानिसहरूको सज्जनता र अनुशासनप्रियताको मूक्तकण्ठले प्रशंसा गरिएको छ। लन्डन सहर र त्यसका छेउछाउ आफूले घुमेका बेला देखेभोगेका विभिन्न दृश्य, नीतिनियम, भौगोलिक अवस्था आदिको जानकारीमूलक प्रस्तुति पाइने यस नियात्रामा त्यस परिवेशसँग सम्बद्ध अन्य कतिपय ऐतिहासिक सन्दर्भको उल्लेख पनि पाइन्छ।
गीता उपाध्यायको ‘मेरो लन्डन भ्रमण’ निबन्धमा प्रयुक्त भाषा सरल एवं सहज रहेको छ। यसमा असमी एवं अङ्ग्रेजी भाषाका अनेक शब्दको प्रयोग पाइए पनि यस प्रकारको प्रयोगले रचनालाई जटिल र क्लिष्ट भने तुल्याएको छैन। सरल र सहज भाषा तथा वर्णनात्मक र विवरणात्मक शैलीको प्रयोग गरिएको यो निबन्ध सहज पठनीय छ।
4. उपसंहार :
गीता उपाध्यायको ‘मेरो लन्डन भ्रमण’ शीर्षकबाटै विषयवस्तु स्पष्ट हुने खालको रचना हो। भाइको निम्तामा गरिएको यस नियात्रामा दिल्लीदेखि लन्डनसम्मको हवाइयात्रा र लन्डन पुगेपछि त्यहाँका विभिन्न ठाउँमा घुमेका प्रसङ्गको वर्णन गरिएको छ। लन्डनका विभिन्न दृश्य, अनुशासनलगायतका अनेक सन्दर्भबाट आफू निकै प्रभावित भएको कुरा उल्लेख गरिएको यस रचनामा लन्डनको प्राकृतिक एवं भौतिक सुन्दरताको वर्णनका साथै त्यहाँका मानिसको सज्जन बानीव्यवहार, अनुशासन आदिको प्रशंसात्मक अभिव्यक्ति पनि पाइन्छ। लन्डनका विभिन्न ठाउँको वर्णन गर्दै त्यससँग सम्बद्ध कतिपय ऐतिहासिक सन्दर्भहरू पनि यसमा प्रस्तुत गरिएको छ। विदेशी परिवेशमा केन्द्रित भई प्रथम पुरुष दृष्टिबिन्दुमा लेखिएको छ। यस रचनाको उद्देश्य त्यहाँका विभिन्न ठाउँको जानकारीमूलक प्रस्तुति रहेको छ। सरल नेपाली भाषामा लेखिएको यस नियात्रामा कतिपय असमी र अङ्ग्रेजी शब्दको प्रयोग तथा वर्णनात्मक र विवरणात्मक शैलीको उपयोग गरिएको छ। परिवेशगत व्यापकता भए पनि विषयवस्तुकै केन्द्रीयतामा राखिएको यसको शीर्षक सरल भएर पनि सामञ्जस्यमूलक, औचित्यपूर्ण र सार्थक छ। भाषाशैलीय विन्यासगत विशिष्टताभन्दा विषयबोधका दृष्टिले बढी उपयोगी रहेको यो नियात्रा त्यस ठाउँमा नपुगेको पाठकका लागि जानकारीमूलक रहेको छ।
समग्रमा भन्नु पर्दा यात्रालाई विस्तारका साथ विभिन्न भागमा विभाजन गरी प्रस्तुत गर्ने गीता उपाध्यायका नियात्रा स्वदेश र विदेश दुवै ठाउँसँग सम्बद्ध छन्। यिनका स्वदेशसँग सम्बद्ध नियात्रा मूलतः त्यसै क्षेत्रका तीर्थस्थलसँग सम्बद्ध छन् र तिनमा अलौकिक ई·ारीय शक्तिप्रति आस्था प्रकट गरिएको छ भने विदेशसम्बन्धी नियात्रा नेपाल र बेलायतसँग सम्बद्ध छन् र तिनमा तत्स्थानको सूचना बढी छन्। शीर्षकबाटै वर्णित ठाउँबारे जानकारी पाइने यिनका नियात्रामा आफूले यात्रा गरेका ठाउँको भौगोलिक, प्राकृतिक, सांस्कृतिकादि विविध पक्षको वर्णन पाइन्छ। संरचनामूलक नियात्रा लेख्ने गीताका नियात्राको भाषा सरल तथा शैली वर्णनात्मक र विवरणात्मक छ। ‘मेरो लन्डन भ्रमण’ का सन्दर्भबाट मात्र हेर्दा पनि यिनको नियात्राकारिता उल्लेख्य रहेको देखिन्छ।
त्रिभूवन विश्वविद्यालय
कीर्तिपूर, काठमाडौं, नेपाल
अनुक्रमणिका
- गीता उपाध्याय : एक छोटो कैरन
- गरिमायुक्त व्यक्तित्व गीता उपाध्याय
- गीता उपाध्याय : व्यक्तित्व र कृतित्व
- सुश्री गीता उपाध्यायको व्यक्तित्व र कृतित्वको संक्षिप्त रूपरेखा
- गीता उपाध्यायको जीवन र कर्म : एक विहंगम दृष्टि
- एन फ्रेन्कको डायरीबारे
- गीता उपाध्याय र एन फ्रेङ्कको डायरी
- अनुवाद साहित्यको क्षेत्रमा गीता उपाध्यायको योगदान
- केही भन्नु पर्दा
- गीता उपाध्यायको नियात्राकारिता
- ब्रह्मपुत्रको किनारदेखि अलकानन्दाको तीरैतीर
- “…. हामी भर्खर तीर्थका ढोकामा आइपुगेका छौं …’
- ‘कथाञ्जली’-को भावभूमि
- गीता उपाध्यायकृत कथाञ्जली : एक अध्ययन
- विविध व्यक्तित्वका आलोकमा कथाकार गीता उपाध्याय
- कथाञ्जली – एक अवलोकन
- गीता उपाध्याय दिदीको ‘कथाञ्जली’ सरसर्ती पढ्दा
- ‘सुबासित बताह’ गीता उपाध्यायका कथाहरूको पर्यालोचना
- बाल साहित्यमा गीता उपाध्याय
- विश्वप्रसिद्ध किशोरी एन फ्रांकको कथा
- जन्मभूमि मेरो स्वदेश : परिक्रमा र मन्थन
- एक स्रष्टाका वाणीमा ध्वनित लाखौंको ढुकढुकी : जन्मभूमि मेरो स्वदेश
- उपन्यास जन्मभूमि मेरो स्वदेश – इतिहासपरक सामान्य पठन
- गीता उपाध्यायसँग बिताएका बाल्यकालका केही समय
- शैशवदेखि परिचित गीता दिदी : आफ्नो सम्झनाको सेरोफेरो
- गीता उपाध्याय
- भारतेली नेपाली साहित्यकी ध्रुवतारा प्रा. गीता उपाध्यायको सम्झनामा केही हरफहरू
- गीता उपाध्याय : मेरी घनिष्ठ मित्र
- आत्मप्रकाशले उज्यालिएको जीवन र सृष्टि
- प्रा. गीता उपाध्याय – एक विरल साहित्य सेविका
- साहित्यको फुलबारीमा समन्वयको फूल फुलाउने गीता उपाध्याय
- असमीया साहित्यमा गीता उपाध्यायको योगदान
- शिशु साहित्य लेखिका गीता उपाध्याय
- साहित्य समाजको वर्गीय प्रतिबिम्ब हो
- नेपाली साहित्य परिषद् असमकी विदाई अध्यक्षा सुश्री गीता उपाध्यायसित केही अन्तरङ्ग पलहरू
- अतीतलाई फर्केर हेर्दा
- केही अनुभूतिहरू
ब्रह्मपुत्रको किनारदेखि अलकानन्दाको तीरैतीर
डा. जीवन नामदुङ
ब्रह्मपुत्रको विशाल सेतूले असमसित हाम्रो भौगोलिक दूरत्व कम गराइदिएको छ। हामीलाई असम पुग्न असम बुझ्नमा यस निर्जीव सेतूको भूमिका महत्वप्रति हामी नतमस्तक छौं। असमान भौगोलिक अवस्थान र जनजीवन रहेका असमेली भाषा, साहित्य र संस्कृतिसम्म सुगमतापूर्वक पुग्न र हाम्रा भाषा, साहित्य र संस्कृतिका विविधता, विशेषता र विशिष्टतासमेतलाई असमेली जनमानसमा पुऱ्याउने सजीव सेतूको भूमिका कुशलतापूर्वक निर्वाह गर्ने स्वनामधन्य लेखिका प्रा. गीता उपाध्याय हुनुहुन्छ भन्ने कुरा निर्विवाद रहेको छ। अरबौंको जनसंख्या भएको भारतभूमिको नागरिक हामी भारतको संविधानभित्र स्थान पाइसकेको हाम्रो भाषा, यही भाषाको सुप्रसिद्ध लेखिका गीता उपाध्याय नेपाली भाषामा झैं असमेली भाषाका पनि ख्यातनामा लेखिका हुन्। भारतीय नेपालीहरूका प्रातः स्मरणीय इतिहास पुरुष स्वतन्त्रता सेनानी छविलाल उपाध्यायकी नातिनीको रूपमा मात्र होइन आफ्नै प्रतिभा र परिश्रमको भरमा गीता उपाध्यायले नेपाली साहित्यको इतिहासमा आफ्नो छुट्टै पहिचान बनाइसकेकी छन्। साहित्यका विविध विधामा सिद्धहस्त लेखिका प्रमाणित भइसकेकी उपाध्यायको व्यक्तित्व अनुवादिकाको रूपमा, बाल उपन्यासकारको रूपमा र नियात्राकारको रूपमा उल्लेखनीय रहेको देखिन्छ। ‘असम साहित्य सभा’ असमको शीर्षस्त साहित्यिक संस्थाको जसले उपाध्यायले असमीया भाषामा नेपालीबाट अनुवाद गरेकी ‘भानुभक्तको रामायण’ (सन् 1987)मा प्रकाशित गरेको छ भने भरत जंगमको उपन्यास ‘कालो सूर्य’ पनि असमीया भाषामा अनुवाद गरी प्रकाशित भइसकेको छ। मौलिक र अनूदित गरी प्रस्तुत पुस्तक ‘मन्दाकिनी र अलकानन्दाको तीरैतीर केदार बद्रीसम्म’ लगायतजम्मा आठौं पुस्तकका स्रष्टा प्रा. उपाध्याय स्वयममा एक साहित्यिक संस्था हुनुहुन्छ, अतएव एक साहित्यिक संस्थाले गर्न पर्ने साहित्यिक दायित्व कुशलतापूर्वक निर्वाह गर्दै आएकी छिन्। यस दृष्टिले मौन साहित्यव्रती उपाध्यायको प्रस्तुत नियात्रा संकलन ‘मन्दाकिनी र अलकानन्दाको तीरैतीर’ को प्रकाशन समुच्चा नेपाली नियात्रा साहित्यकै निम्ति उहाँको साहित्यिक उत्कृष्टता (Literary Excellence) अनुभवको विवधता, अनुभूतिको तीव्रता र चिन्तनको गम्भीरता नियाल्ने मनोरम त्रिवेणी भएको छ। छः ओटा नियात्राहरूको यस संग्रहभित्रकै सबैभन्दा विशालका नियात्राकै शीर्षकमा सम्पूर्ण पुस्तकको नामाकरण गरिएको हुनाले लेखिकाले आफ्ना रहल पाँच नियात्राप्रति पक्षपात पो गरिन् कि भन्ने कौतूहलता उठ्नु अस्वाभाविक लाग्दैन। तर विभिन्न नियात्रामा लेखिका बहुविध अनुभव बटुल्नमा कति दक्ष छिन भने पाठकले पुस्तक पढेको होइन लेखिकासितै साक्षात्कार भएर उक्त संस्मरणमा सहभागी भएको अनुभूत गर्दछ। नियात्रा भन्नुको तात्पर्य कुनै पनि देश वा स्थानको भौगोलिक, ऐतिहासिक, राजनैतिक, पुरातात्त्विक इतिवृत्तको विचरण वा विवरण मात्र नभएर त्यहाँ हामीजस्तै मान्छेको जीवनशैली के कस्तो छ अर्थात् साहित्यमा लेखिने र खोजिने वस्तु नै जीवन भएको हुनाले जीवन त्यहाँ कसरी प्रतिबिम्बित भएको छ भन्ने सत्यप्रति लेखिका सजग र सचेत छिन्। साहित्यमा जीवन देख्न भुल्नेहरू धेरै छन्। जीवन खोज्न भुलाउनेहरू पनि कम छैनन्। तर साहित्यले जीवन जिउने विधि र प्रविधि दुवै सिकाउँछ। जीवन जिउने क्रममा देखा परेका सुमधुर क्षणहरू कहीं कथा कहीं कविता कहीं नाटक र गीता उपाध्यायको कलममा नियात्राका अविस्मरणीय क्षणहरू भएर साहित्यमा उत्रेका छन्, अभिव्यक्त भएका छन्। अलकानन्दाको कहालीलाग्दो तीरैतीर घोडामा उÏक्लदा पनि लेखिका घोडा मालिकले महाराष्ट्रका बाबुछोरा नदीमा चिप्लिएर खसेको कथालाई रोमाञ्चकारी ढंगले भनेको विवृति संस्मरणमा सविस्तार वर्णन गर्छिन् भने सोही यात्राको अन्तिम क्षणतिर भेटेका वनमाली डेकाको आवाज र अनुनयमा सम्पूर्ण असमको माया देख्छिन्। धर्मपरायण र हिन्दू संस्कारमा हुर्किएकी आफ्नी आमासितको यस सहयात्रामा लेखिकाले आमालाई विभिन्न बोध र अनुभूतिहरूबाट चिन्ने र आभास प्राप्त गर्ने मौका प्राप्त गरेकी छिन्। आमाको निष्कलंक र उदार हृदयको असीमिततालाई छाम्ने, अनुभव गर्ने र अनुभूतिहरूबाट स्पर्श गर्ने रोचक प्रसङ्ग र वार्तालाप यस नियात्राको थप आकर्षण समस्त पाठकवर्गलाई नौलो उपहार छ। ‘मन्दाकिनी र अलकानन्दाको तीरैतीर’ को निख्लाम तीर्थयात्रा मात्र नभएर त्यस स्थानको यात्रामा आत्मविभोर हुँदै आत्मविस्मृत हुँदै ठूलो भाइले भूगोल पढेर हजूरआमाको विश्वास र आस्थालाई जित्न नसक्नुको प्रकरणजस्ता लेखकीय स्वच्छन्द विचरण र कल्पनाको संगमले यस नियात्रालाई अलग पहिचान र विछट्टको परिधान दिएको देखिन्छ।
भाषा सरल, सहज संवेद्य हुँदहुँदै पनि अभिव्यक्तिगत ईमानदारीता एवम् ध्वन्यात्मक/झर्रा शब्दहरूको स्वतः स्फूर्त प्रयोगपक्ष यस पुस्तकको लोकप्रियताको एउटा घटक हुन गएको छ। प्रायः प्रायः सबैजस्ता पङ्क्तिहरूमा प्रयुक्त शब्दहरू नमूनाका उत्तरदायी बने तापनि केही ध्वन्यात्मक शब्दहरू यस प्रकार छन् :
घोडावाले धेर ढिलो गर्दा गौरीकुण्ड पुग्न रात पर्छ भनेर हतार लगाएकोले भरभराउँदो आगो ताप्ने लोभ थामेर हामी घोडामा चढ्यौं।
मोटी स्वानी मान्छे चारजनाले बोक्ने डोलीबाट ओर्लेर ढलकढलक गर्दै हिंडेर गएको देखियो।
स्वास्नी मान्छेचाहिं पाइलैपिच्छे बड्बडाउँदै थिइन्। (पृष्ठ – 43)
शब्दशब्दले वाक्य बनिन्छ, वाक्यवाक्यले रचना वा लेख यस्तै लेखहरूद्वारा तयार हुन्छ स्तरीय पुस्तक। यस दृष्टिले रचनाकार शब्द प्रयोगप्रति धेरै सचेत र सम्पर्कित हुनु आवश्यक देखिन्छ। ढुक्कै लाग्यो वा खुशी भएँ भन्दा हामी औपचारिक हुन्छौं तर घैंटामा घाम लाग्यो भन्नाले हामी अझ बढी हार्दिक र आत्मीय हुन्छौं। पाठकहरूसित हातेमालो गर्दै आफ्ना नियात्राहरूमा अघि बढ्नचाहनु हुने लेखिका यात्रामा कतिपल्ट निराश पनि बन्छिन् त्यसभन्दा बढ्ता घैंटामा घाम लागेको अनुभव गर्छिन्।
भाइहरूले लिफ्टमा चढाएर आफ्नो गाडी भएको ठाउँमा पुऱ्याएर मेरो समानसमेत मलाई गाडीमा चढाए तर गाडी एकै ठाउँमा घुम्न थाल्यो। मलाई अचम्भ लाग्यो र किन यसो गरेको भनेर सोधें। भाइले भन्यो गाडी आठ तलामाथि पार्क गरिएको थियो अहिले तल ओह्यालेको हो। बल्ल मेरो घैंटामा घाम लाग्यो। (पृष्ठ, 107)
रसिकता सत् साहित्यकै सफलताको कुञ्जी हो। तर रसिकताको प्रयोग स्थान र परिस्थितिअनुसार काल प्रभावकारी एवम् – कालजयी बनेको देखिन्छ। व्यंग्य र रसिकता सगोत्रीय बन्धु भएकाले समय समयमा एकले अर्कोको जातीय इलाकामा अधिकार नजमाए पनि प्रवेशसम्म त गरेकै देखिन्छ। व्यंग्य र रसिकतालाई लेखिकाले कैयन स्थानमा एकसाथ राखेर स्वयम्लाई प्रस्तुत गर्छिन् :
‘एकजना अधिकारीले व्यवसाय के हो भनेर सोध्यो, मैले राजनीति विज्ञान विषयमा अध्यापन गर्छु भनेर जवाफ दिनेसाथ मुसुक्क हाँसेर जान दियो। राजनीति गर्ने पेशा त परै जावोस् विषयको पनि यस्तो प्रभाव देख्दा मनमनमा हाँसो उठ्यो।’ (पृष्ठ 106)
‘हजारहजार परेवा हातमा खानेकुरा लिएर उभिनेसाथ उडेर आएर हातमा, टाउकोमा, काँधमा नाकमा (यदि लामो छ भने) बस्छन्।’ (पृष्ठ 111)
राजनीति शब्दको महत्व र प्रभावले हाम्रो समाज मात्र होइन युरोपेली समाज पनि कतिसम्म प्रभावित छ भन्ने व्यंग्यको चास्नी पस्कन लेखिका पछि पर्दिनन् भने टाउकामा काँधमा, हातमा परेवा बसेको देखिए तापनि नाकमा बसेको कपोलकल्पित कुरालाई लेखिका रसिकताका साथ रसिकले (लोभी बाहुनमा झैं) व्यंग्य कस्न पछि पर्दिनन्। ‘कार्निभल उत्सवको आनन्द’ लिंदा पनि नजानिंदो पाराले लेखिका ठाउँठाउँमै व्यंग्यवाण प्रहार गर्छिन् भने आफ्नी सहयात्री हीरासित ‘परशुराम कुण्ड स्नान’ मा पनि लेखिकाको विनोद स्वभाव यदाकदा दृष्टिगोचर हुनजान्छ। यति हुँदाहुँदै पनि उहाँको लेखनीमा पाइने रसिकता एवम् व्यंग्य प्रहार व्यक्ति विशेषप्रति होइन सामाजिक विसंगति र निरन्तर खस्कँदो सांस्कृतिक विडम्बनाप्रति रहेको देखिन्छ। लेखिका स्वयम् उपन्यासकार र सफल अनुवादिकासमेत् रहेकै कारण उहाँका नियात्राहरू इतिहास वा भूगोलको पिरियडजस्ता मात्र नभएर सम्बन्धित स्थानको धार्मिक, पुरातात्त्विक, सामाजिक, सांस्कृतिक, वैज्ञानिक र आर्थिक स्थितिको झलक पनि रसिकताका साथ सजीव भई उत्रन्छन्। यात्राका सामान्य घटनाक्रमलाई पनि औपन्यासिकताको बर्कोले ढाकेर पाठकको ध्यान र हृदयलाई केन्द्रित गर्ने लेखिकाको नियात्रा लेखन क्षमता विलक्षण छ।
विदुषी लेखिका उपाध्यायज्यूले यस पल्ट हामीलाई (हाम्रो साहित्य भण्डारलाई) ‘मन्दाकिनी र अलकानन्दको तीरैतीर केदार बद्रीसम्म’ को उपहार दिनु भएको छ। भोलि त्यसदेखि उताका रोचक र महिमामयी यात्रा नियात्राबारे हामीलाई सम्झनु हुने छ। भारतीय नेपाली साहित्यमा नियात्रा विधा साह्यै टाक्सिएको विधा छ। दिलबहादुर नेवार, सानु लामा र सलोन कार्थकहरूका सार्थक कलम र जाँगरप्रति आशावादी थियौं प्रा. गीता उपाध्यायका माझिएका कलम यस विधातर्फको ठूलो भरोसा र आड पाएका छौं अब। अलकनन्दाको प्रवाहझैं गतिशील बनोस् उहाँको नियात्रा।
सोनादा, दार्जीलिङ।
(मन्दाकिनी र अलकानन्दको तीरैतीर केदार बद्रीसम्मको भूमिकाबाट साभार – सम्पादक)
अनुक्रमणिका
- गीता उपाध्याय : एक छोटो कैरन
- गरिमायुक्त व्यक्तित्व गीता उपाध्याय
- गीता उपाध्याय : व्यक्तित्व र कृतित्व
- सुश्री गीता उपाध्यायको व्यक्तित्व र कृतित्वको संक्षिप्त रूपरेखा
- गीता उपाध्यायको जीवन र कर्म : एक विहंगम दृष्टि
- एन फ्रेन्कको डायरीबारे
- गीता उपाध्याय र एन फ्रेङ्कको डायरी
- अनुवाद साहित्यको क्षेत्रमा गीता उपाध्यायको योगदान
- केही भन्नु पर्दा
- गीता उपाध्यायको नियात्राकारिता
- ब्रह्मपुत्रको किनारदेखि अलकानन्दाको तीरैतीर
- “…. हामी भर्खर तीर्थका ढोकामा आइपुगेका छौं …’
- ‘कथाञ्जली’-को भावभूमि
- गीता उपाध्यायकृत कथाञ्जली : एक अध्ययन
- विविध व्यक्तित्वका आलोकमा कथाकार गीता उपाध्याय
- कथाञ्जली – एक अवलोकन
- गीता उपाध्याय दिदीको ‘कथाञ्जली’ सरसर्ती पढ्दा
- ‘सुबासित बताह’ गीता उपाध्यायका कथाहरूको पर्यालोचना
- बाल साहित्यमा गीता उपाध्याय
- विश्वप्रसिद्ध किशोरी एन फ्रांकको कथा
- जन्मभूमि मेरो स्वदेश : परिक्रमा र मन्थन
- एक स्रष्टाका वाणीमा ध्वनित लाखौंको ढुकढुकी : जन्मभूमि मेरो स्वदेश
- उपन्यास जन्मभूमि मेरो स्वदेश – इतिहासपरक सामान्य पठन
- गीता उपाध्यायसँग बिताएका बाल्यकालका केही समय
- शैशवदेखि परिचित गीता दिदी : आफ्नो सम्झनाको सेरोफेरो
- गीता उपाध्याय
- भारतेली नेपाली साहित्यकी ध्रुवतारा प्रा. गीता उपाध्यायको सम्झनामा केही हरफहरू
- गीता उपाध्याय : मेरी घनिष्ठ मित्र
- आत्मप्रकाशले उज्यालिएको जीवन र सृष्टि
- प्रा. गीता उपाध्याय – एक विरल साहित्य सेविका
- साहित्यको फुलबारीमा समन्वयको फूल फुलाउने गीता उपाध्याय
- असमीया साहित्यमा गीता उपाध्यायको योगदान
- शिशु साहित्य लेखिका गीता उपाध्याय
- साहित्य समाजको वर्गीय प्रतिबिम्ब हो
- नेपाली साहित्य परिषद् असमकी विदाई अध्यक्षा सुश्री गीता उपाध्यायसित केही अन्तरङ्ग पलहरू
- अतीतलाई फर्केर हेर्दा
- केही अनुभूतिहरू
“…. हामी भर्खर तीर्थका ढोकामा आइपुगेका छौं …’
डा. खेमराज नेपाल
शीर्षकमा तोकिएको वाक्य यस लेखकको होइन, उद्धृति मात्र हो। अनि त्यो उद्धृतिको आधार हो हामी सबैकी परिचिता गीता दिदीको अथवा भनौं गीता उपाध्यायको ! यहाँनेर, गीता उपाध्यायको कुनचाहिँ पुस्तकबाट यो वाक्य लिइएको होला….भन्ने जिज्ञासा रहेको अनुभव हुन्छ र सो जिज्ञासा मेटिदिनु उचित समझन्छु। ….. हामीले चर्चा गरिल्याएको यस वाक्यको आधार पुस्तक हो मन्दाकिनी र अलकानन्दाको तीरै तीर केदार-बद्रीसम्म-2003, अर्थात गीता दिदीको भ्रमण-वृत्तमा आधारित कहानी अथवा भनौं निबन्ध संग्रह।
असमेली नेपाली तथा असमीया साहित्याकाशमा गीता उपाध्यायका धेरै कृति पाइन्छन् जसमा उल्लेखित कृति अन्यतम छ। यस कृतिमा जम्मा? ठाउँका भ्रमण वृत्तान्त भए तापनि पहिलो शीर्षकको निबन्ध अर्थात मन्दाकिनी र अलकानन्दाको तीरैतीर केदार बद्रीसम्म भित्रचाहिँ जम्मा एघारओटा खण्ड समाविष्ट छन्। यस्ता भ्रमण वृत्तान्तका कृतिलार्ई हिजोआज नियात्रा पनि भनिन्छ। यहाँ समाविष्ट विषयहरूमा पहिलो निबन्ध मन्दाकिनी र अलकान्दाको तीरैतीर केदार बद्रीसम्म भनी माथि उल्लेख गरिएको छ। अनि यसै निबन्धका आधारमा यस कृतिको न्वारन गरिएको छ भने हामीले लिएको शीर्षकको वाक्य पनि यसै पाठको पहिलो खण्डमा पाइन्छ (पृ. 13)।
भारतवर्षमा रामायण-महाभारत-पुराण आदिको कालदेखि नै तीर्थाटन अथवा भनौं तीर्थ-यात्रालाई शिक्षाको एउटा अङ्ग मानिएको छ भने तीर्थलाई शिक्षा र संस्कृतिको केन्द्रबिन्दु भनिन्छ। शिक्षा र संस्कृतिले मानिसलाई मानवीय गुणहरूको तालिम दिई उसलाई पूर्ण मानव बनाउने क्रममा अघिसार्ने हुनाले यसलाई अति पवित्र मानिएको छ। त्यसैले श्रीमद्भागवत् गीतामा भनिएको छ: न हि ज्ञानेन सदृशं पवित्रमिह विद्यते- अर्थात ज्ञानभन्दा पवित्र अर्थोक केही पनि छैन/हुँदैन। यस्तो पवित्र ज्ञानचर्चा र ज्ञानार्जनको ठाउँ नै तीर्थ हो र त्यस्तो पवित्र ज्ञानार्जन गर्ने उद्देश्यले गरिएको तीर्थाटन अथवा तीर्थयात्राको समग्र व्यवस्थालाई नै धर्म भनिएको हो। र, त्यही धर्मको अन्वेषणमा प्राचीन कालदेखि नै न केवल भारतवर्षमा, अपितु, समग्र विश्वमा तीर्थाटनको सूत्रपात भएको देखिन्छ। अनि त्यो शिक्षा भौतिक अथवा आध्यात्मिक पनि हुन सक्तछ। यसै सन्दर्भमा भारतवर्षका विभिन्न प्रान्तमा विकसित भएका तीर्थ-क्षेत्रलाई उल्लेख गर्न सकिन्छ जसमा उत्तर भारतका बनारस, प्रयाग, वृन्दावन-मथुरा, हरिद्वार, ऋषिकेश, केदार-बद्री आदि उल्लेख्य छन्। यसका साथै तीर्थ क्षेत्रहरूको भ्रमणबाट विभिन्न ठाउँको भौगोलिक स्थिति र त्यहाँको समाज-व्यवस्थाको चाक्षुस अभिज्ञताको झलक यस्ता कृतिहरूमा स्पष्ट रूपमा उल्लेख हुँदा यस्ता कृतिबाट पाठक-समाजले विभिन्न प्रकारका साना अथवा ठूला ज्ञान आहरण गर्न सक्नेछन्। यसरी पाठक समाजलाई ज्ञान दिई उनीहरूलाई उपकृत पार्न सक्नु नै लेखक-लेखिकाको उद्देश्य सफल हुनु हो, धर्म कमाउनु हो। छोटकरीमा भन्नु हो भने तीर्थयात्राको उद्देश्य नै ज्ञानार्जन हो। जसको भ्रमण सम्बन्धी चाक्षुस अभिज्ञता हुँदैन उसको पुस्तकी ज्ञान मात्र अधुरो हुन्छ। अर्थात जसले देश-देशान्तरको भ्रमण गरेको हुँदैन ऊ कूप-मण्डूक नै रहन्छ। अनि तीर्थाटनपछि तीर्थयात्रीले यस्तो ज्ञान प्राप्त गरोस् जसले उसलाई पूर्णमानव हुने पथमा डोऱ्याओस्। अवश्य, यहाँनेर उल्लेखनीय के छ भने तीर्थबाट ज्ञान पाउनु नै धर्म / पुण्य अर्जन गर्नु होइन, जबसम्म त्यो ज्ञानको यथायथ प्रयोग समाज जीवनमा अथवा भनौं व्यावहारिकतामा हुँदैन। व्यावहारिकतामा प्रयोग नभएको त्यो ज्ञान त्यो ज्ञानी अथवा साधकका लागि भार अथवा बोझ मात्र हुन्छ (ज्ञानं भार:क्रियां विना)।
धेरै अर्थ युक्त तीर्थ शब्दमा विभिन्न प्रत्यय र अन्यान्य शब्दहरू जोड़िएर बनिएका तीर्थ, तीर्थक्षेत्र, तीर्थस्थान, तीर्थाटन, तीर्थभ्रमण, तीर्थयात्रा, तीर्थस्नान आदि जस्ता शब्दहरूले यस्तै धेरै अर्थ व्यक्त गरेका छन् अथवा गर्न सक्नेछन् भन्ने कुरो पनि यहाँ अविस्मरणीय छ।
नेपाली साहित्यमा सामग्रिकरूपमा हेर्नु हो भने जङ्गबहादुर राणाको वेलायत यात्राको विवरणलाई थातीराखी फस्टाउँदै आएको नियात्रा विधामा धेरै कृतिहरू थपिँदै आएका छन्। अनि, पूर्वाञ्चलीय अथवा पूर्वोत्तर भारतको नेपाली साहित्यमा पनि यो हाँगो मौलाउँदै आएको देखिन्छ। सुश्री गीता उपायायको प्रस्तुत कृति पनि त्यसै विधाअन्र्तगत पर्दछ।
आलोचित कृतिमा जम्मा छओटा शीर्षकका निबन्ध समाविष्ट छन् भनी हामीले उल्लेख गरिसकेका छौं। अनि ती छओटा निबन्धभित्रको पहिलो निबन्धमा चाहिँ कुल 11 ओटा खण्ड रहेको कुरो पनि उल्लेख्य छ। यसरी विचार गर्दा के देखिन्छ भने यस पुस्तकको शीर्षकभित्रको पहिलो निबन्धका 11 ओटा खण्ड मात्रलाई नै एउटा सिङ्गो कृति पार्न सकिने थियो तापनि लेखिकाले त्यसो नगरेको देखिन्छ र अरू पाँचओटा निबन्ध यहाँ समाविष्ट छन्। एघारओटा खण्डयुक्त यो पहिलो निबन्धमा लेखिका गीता उपाध्याय र उनकी आमा भागीरथी देवीले गरेको उत्तराखण्डको हरिद्वार, ऋषिकेश, बद्री, केदार आदिमा उनीहरू जाँदाको चाक्षुष अभिज्ञता, कहीँ सुखद र कहीँ दु:खद स्थितिको यथार्थ वर्णन पाइन्छ। देवनदी गङ्गाको पवित्र जलस्रोतको लीलाभूमि यस भूभागका विभिन्न मनोरम दृश्यहरूले तीर्थस्थानको सौन्दर्य पक्षलाई व्यक्तयाएको छ भने यस्ता पवित्र क्षेत्रमा पनि बाँचिरहेका ठगाहा (सक्सेना) र पेटपालो गर्नमा धौधौ परेका मानव मात्र (बालगोपाल) जस्ताको दुखेसोमा तीर्थक्षेत्रको पवित्रता म्लान भएको अनुभव हुन्छ।
गीता उपाध्याय एक नारी स्रष्टा हुनाले नेपाली मात्र होइन, सम्पूर्ण भारतीय समाजमा कहीँ नारीहरूलाई गरिएको सम्मान र कहीँ अवज्ञाका विभिन्न परिवेश र परिस्थितिको उनले सूक्ष्म रूपले अनुभव गर्न सकेको देखिन्छ र त्यस्ता परिस्थितिहरूलाई युक्ति साथ उपस्थापन गरेको पनि पाइन्छ। त्यतिमात्र होइन, समग्र नारी अथवा स्त्रीहरूलाई दुर्बल नसम्झिउन् भन्ने सन्देश पनि यहाँ दिइएको छ। उदाहरणका लागि आमालाई मात्र साथमा लिएर उत्तराखण्डको यात्रामा गएकी गीता उपाध्यायबाट बद्री-केदारसम्मको बसभाड़ा जनको 150 को ठाउँमा जब 225 रूपिया गरी दुइटा टिकटमा 150रू अधिक लिएको थाहा भएपछि जब उनी त्यसको प्रतिवादमा जान निस्किन् त्यसबेला आमाले भो बाबु, कसैसँग झगड़ा नगर भनेको सुन्दा उनको प्रतिक्रिया यस प्रकारको छ :… आमाको कुरा सुन्दा आफनो आत्मसम्मानमा चोट लागेको अनुभव गरें। अनि मलाई झनक्क रिस उठ्यो। मुखदेखि झट्ट निस्कियो – के छोरो साथमा छैन, छोरीसित मात्र आएकी छु भनेर डर लाग्यो? (पृ.19)। यसलाई गीता उपाध्यायको मात्र उक्ति नभनेर छोराप्रति मात्र अधिक आस्था र विश्वास (वास्तव जीवनमा चाहिँ छोराले घरबाट निकालेर खेदेको नै भए पनि) राख्ने भारतीय समाज व्यवस्थाप्रति नै उठेको नारीहरूको रिसको बहिप्र्रकाश भन्नु पर्दछ।
त्यो जेसुकै भएपनि, उत्तराखण्डका चारै धामको दर्शनपछि आफनो तीर्थ यात्रा समाप्त गरी उनीहरू जब हरिद्वार फर्केर होटलमा बस्ने बेला भयो त्यस बेलाको लेखिकाको निर्णय यस प्रकारको छ : जाँदा ठगाइखाएको अभिज्ञताले गर्दा “सिन्दी’ होटलमा नगएर हामी “वाहे गुरु’ भन्ने पञ्जावी होटलमा गयौं (पृ.79)।
यहाँनेर मननीय कुरो के छ भने गीता उपाध्यायको यस रचनामा पाइएको विवरण आज त्यहाँ खोजेर पाइँदैन। किनभने 2013मा भएको उत्तराखण्डको विध्वंसी भूकम्पले गर्दा त्यहाँको भौगोलिक स्थितिमा अकास-पतालको परिर्वतन भएको खबर छ। यसरी कहीं बाढी र कहीं भूकम्पजस्ता प्राकृतिक प्रकोपले गर्दा धेरै ठाउँको जनजीवन अस्त-व्यस्त भएको छ र यहाँ पनि त्यस प्रसङ्गलाई उपेक्षा गर्न सकिएन।
गीता उपाध्यायको उक्त कृतिको दोस्रो निबन्ध पनि भारतवर्षको पूर्वप्रान्तको पुराण र इतिहास प्रसिद्ध वर्तमानको अरुणाचल प्रदेशमा पर्ने तीर्थक्षेत्र परशुराम कुण्डसँग सम्बन्धित छ। परशुराम कुण्डसँग पनि भारतीय उपमहादेशको जनजीवन उत्तिकै सम्बन्धित छ जत्तिको बद्री-केदार अथवा अन्यान्य स्थानको! तर, फरक कति छ भने यो तीर्थक्षेत्रमा जाने अथवा भनौं परशुराम कुण्डमा नुहाउने समयचाहिँ माघे सग्राँतिलाई मात्र तोकिएको छ। अनादि कालदेखि भारतीयहरूले पूर्वोत्तर भारतको दुर्गम क्षेत्रमा रहेको यस कुण्डलाई आविष्कार गरी यहाँ माघ अर्थात मकरसंक्रान्तिमा नुहाउने जुन विधि-नियमको प्रतिष्ठा गरेका थिए त्यो आज पनि जस्ताको तस्तै प्रयोज्य छ। तर, विभिन्न समयमा भएको भूकम्प र अन्य प्राकृतिक प्रकोपको चपेटामा परेर यसको अवस्थानमा वर्षेनी केही परिवर्तन देखिएको छ जसलाई नितान्तै स्वाभाविक भन्नु पर्दछ र यस्तो स्थिति गीता उपाध्यायको यसै ग्रन्थको अघिल्लो निबन्धमा चर्चा गरिएको छ। यस्तो प्राचीन र पुराण प्रसिद्ध तीर्थस्थानमा हाम्री स्रष्टा गीता उपाध्याय र उनकी सहकर्मी हीराले 1979को माघेसँग्रातिमा गरेको यात्राको रोमाञ्चक वर्णन परशुराम कुण्ड र केही स्मृति शीर्षक यस निबन्धमा निबद्ध पाइन्छ। यस निबन्धको थालनीमै स्रष्टाले उनीहरू गएका समयको विवरण आजका तीर्थयात्रीले (ई.2015) निश्चय नै देख्ने छैनन् भनी उल्लेख गरेको देखिन्छ जो अक्षरस: साँचो ठहरिन्छ। यसो हुनमा मुख्यत: प्राकृतिक प्रकोप तथा विज्ञान र प्रविधि विद्याको चमत्कारपूर्ण आविष्कारलाई औंल्याउन सकिन्छ। अवश्य, यस प्रान्तको विकटिलो यात्रामा लेखिकालाई कुनै प्रकारको अफ्ट्यारो आइनलागेको र जति पनि अफ्ट्याराहरू आइलागेका थिए ती जम्मै जसको कोही सहायक छैन त्यसलाई ईश्वले नै सहाय गर्दछन् भन्ने उक्तिको यथार्थतामा सुल्झिएका देखिन्छन्। त्यसैले यस निबन्धमा उत्तराखण्डको यात्राको जस्तो आफू ठगिएको अनुभव र खेद लेखिकामा पाइँदैन।
यस यात्रा सङ्कलनको तेस्रो निबन्ध हो भानुभक्त जन्मिएको गाउँ चुँदी-रम्घा पुग्दा….। यस निबन्धमा लेखिकाले जातीय कवि भानुभक्त आचार्यको जन्म ठाउँ तथा वर्तमान नेपालको तनहुँ जिल्ला अन्तर्गत अन्यान्य ठाउँको विवरण समावेश गरेको पाइन्छ। बैसाख 27 गतेदेखि (वर्ष लेखिएको छैन) उनको यो यात्रा आरम्भ भएको छ र काठमाण्डौंबाट छुटेको उनको गाडी डुमरे हुँदै तनहुँ जिल्लामा पस्तछ र बाटामा भानु-घाँसी स्मारक पार्कलाई नजर लगाउँदै चुँदी खोलाको तीरैतीर सेँपा बगैचामा पुग्दछ। त्यहाँ भानु जन्म स्थल विकास समितिका सचिव सम्पा उपाध्याय उनीहरूलाई पर्खिबसेका थिए र सम्पाको सहयोगमा उनीहरू दिउँसो एक बजे भानुभक्तको घर भएको ठाउँमा पुगेका थिए (पृ. 101)।
भानुभक्तको जन्मठाउँको विवरण भएको यस निबन्धमा भानुभक्त सम्बन्धी धेरै जानकारी पाइन्छ। यो सानो लेखमा ती सबैको चर्चा सम्भव नभए पनि भानुभक्तको वंश-परम्पराको परिचयका साथै नेपाली जातीय जीवनका धरोहरस्वरूप भानुभक्तको संस्मरणमा बनिएका विभिन्न पार्क र सालिगहरू, संग्रहालय, भानुभक्तको घरको आकृति, ढाँचा आदिको चाक्षुष विवरणले यो निबन्ध कुँदिएको छ। यी सबै भए तापनि लेखिकाको आफ्नो भाष्य: भानुभक्तको घरलाई शेक्सपियरको घर-बगैंचाझैं किन संरक्षण गरेर राख्न नसकेको भन्ने गुनासो पनि व्यक्त भएको छ जसले भविष्यमा यस दिशामा अग्रसर हुने आवश्यकतालाई पुन: प्राथमिकता दिनुपर्ने अनुभव हुन्छ।
गीता उपाध्यायको यस यात्रा सङ्कलनमा समाविष्ट रहल तीन निबन्धचाहिँ उनको बेलायत भ्रमणसँग सम्बन्धित छन्। यस सन्दर्भमा हामीले यस लेखको थालनीमै नेपाली साहित्यमा नियात्रा विधाको आरम्भ नै जङ्गबहादुर राणाको वेलायत यात्राको विवरणबाट भएको हो भनी उल्लेख गरिसकेका छौं। त्यसैले नेपाली नियात्रा विधामा सात सागर तेह्य नदीपारिको इङ्गलेण्ड अथवा भनौं बेलायतको कस्तो स्थान रहेछ त्यो सजिलै अनुमान गर्न सकिन्छ। थालनीदेखि लिएर नेपाली नियात्रा विधाको विकासको यात्रामा बेलायतसँग सम्बन्धित धेरै नै निबन्ध सङ्कलन तथा फुटकर निबन्ध प्रकाशित भएका छन् र गीता उपाध्यायको यस कृतिमा पनि त्यस्तै भएको छ। यहाँ समाविष्ट तीन निबन्ध हुन् मेरो लण्डन भ्रमण, शेक्शपीयरको जन्म स्थानमा किङ् लियर हेरें र कार्निभल उत्सवको आनन्द। यहाँ समाविष्ट लेखिकाको लण्डन भ्रमण शीर्षक निबन्धमा 1982को जुन महिनाको 5 तारिखको रातमा दिल्लीको पालम हवाइअड्डाबाट लण्डनको ह्थ्रिो हवाइअड्डासम्म पुग्दाको र त्यसपछिका विभिन्न घटना-परिघटनाहरूको रोचक वर्णन पाइन्छ। त्यसरी नै शेक्शपीयरको जन्मस्थानमा किङ्लियर हेरें भन्ने अर्को निबन्धमा अंग्रेजी साहित्यका विश्वविख्यात नाट्यकार शेक्शपीयरको जन्म ठाउँ, उनको घर र अन्यान्य सामग्रीहरूको साथै प्राय पाँचसय वर्षअघिको नाट्यकलासमेत कसरी जिउँदै राखेको छ यसको पनि प्रत्यक्ष विवरण दिनाले पाठकवृन्द साँचै नै उपकृत हुने छन् भन्ने आशा गर्न सकिन्छ। लेखिकाकै शब्दमा भन्नु हो भने : म आफू नाटकको त्यति आउभाउ नबुझ्ने साधारण दर्शक हिसाबले भन्नु पर्दा सबैको अभिनय राम्रो लाग्यो। तर, राजा लियर र उनको विदूषकको अभिनय भने बिर्सिनसक्नु थियो। नाट्यशालाबाट बाहिर निस्केदा चारसयवर्ष अघिको समयबाट फर्केर आए जस्तो लाग्यो।… म अनुप्राणित र सारै प्रभावित भएँ त्यो साँझद्वारा…! कसरी अंग्रेज जातिले आफ्ना देशका सर्वश्रेष्ठ नाट्यकारलाई र नाट्यकलाको सुमहान गौरवसमेतलाई जिउँदै राख्ने मात्र होइन अविराम प्रचेष्टा र उच्च साधनाद्वारा त्यसको प्रचार-प्रसारसमेत गरेका रहेछन् त्यो आफ्नै आँखाले देखेर म छक्कै परें (पृ.127-128)।
शेक्सपीयरको मृत्युको पाँचसय वर्षपछि र अझ आउने दिनहरूमा पनि उनका सामग्री, उनको समयको नाट्यकला यथावत संरक्षण गरी प्रचार-प्रसार गर्न सकिने सत्यताको अनुकरणमा भानुभक्त, देवकोटा, पारसमणि, मणिसिंह, छविलाल, विष्णुलाल आदिको बारेमा पनि केही गर्नुपर्ने आवश्यकताको अनुभव हुन्छ। उल्लेख्य के छ भने छविलाल, पुष्पलाल अथवा विष्णुलालजस्ता यस भेकका लालहरू….का परिजन तथा यस भेकका सामाजिक, साहित्यिक आदि सङ्गठनहरूले आज उनीहरूद्वारा व्यवह्रित सामग्रीहरूको संरक्षणका लागि के व्यवस्था लिएका छन् त्यो पनि आजको तारिख (24.01.2015) मा चर्चाको विषय हुन गएको छ।
यस कृतिको अन्तिम निबन्ध हो कार्निभल उत्सवको आनन्द। यो उत्सव कृषि सम्बन्धी रहेको र यस उत्सवको पालनमा आत्म संयम र आत्म चिन्तनको प्राधान्य रहेको पनि उल्लेख्य छ। यस उत्सवमा कार्निभल रानीलाई निर्वाचन गर्नुपर्ने विधान र त्यस विधानअनुसार लेखिकाले उपभोग गरिएको त्यस उत्सवमा शिलाङबाट गएका भारतीय नेपाली मूलका डा. थानबहादुर थापा र बृटिस कन्या डा. हिउजकी छोरी लिलिमा थापालाई रानी निर्वाचन गर्नु पनि उल्लेख्य घटनाहरूमा अन्यतम मानिएको छ। यो उत्सवको समाप्तिमा गीता उपाध्यायको चर्चित कृतिको इति भएको छ।
उपसंहार :
नेपाली र असमीयामा बराबर कलम चलाउने गीता उपाध्यायले मौलिक र अनूदित गरी निकै कृतिहरूले नेपाली र असमीया साहित्यको ढिकुटी भरेको देखिन्छ। भानुभक्त आचार्यको रामायण, महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन, भरत जङ्गमको उपन्यास कालो सूर्यको असमीया अनुवाद कला सूरुज आदि नेपालीबाट असमीयामा अनूदित कृतिका उदाहरण हुन् भने निरुपमा बरगोहाँईको अभियात्री (उपन्यास), ज्योतिप्रसाद अग्रवालको दरबारकी सुसारे (नाटक) आदि असमीयाबाट नेपालीमा अनूदित कृति हुन्। उल्लेख्य के छ भने उनको यस पछिल्लो कृतिमा उनलाई 2011 को साहित्य अकादेमीको अनुवाद पुरस्कारले विभूषित गरिएको छ।
अन्तमा, पूर्वाञ्चल भारतकी स्रष्टाहरूमा आजीवन संलग्न रहने गीता दिदीको भागीरथीको सान्निध्यको अभिज्ञताको यो सृष्टि-तीर्थयात्रा…., भागीरथीकै सृष्टिझैं उल्लोल-कल्लोल पयोधाराले भविष्यमा पनि अव्याहत रहोस् 2015 को यो पावन मुहूर्तमा यही छ मनोकामना…!
मो.943538383
ईमेल: kherane@gmail.com
अनुक्रमणिका
- गीता उपाध्याय : एक छोटो कैरन
- गरिमायुक्त व्यक्तित्व गीता उपाध्याय
- गीता उपाध्याय : व्यक्तित्व र कृतित्व
- सुश्री गीता उपाध्यायको व्यक्तित्व र कृतित्वको संक्षिप्त रूपरेखा
- गीता उपाध्यायको जीवन र कर्म : एक विहंगम दृष्टि
- एन फ्रेन्कको डायरीबारे
- गीता उपाध्याय र एन फ्रेङ्कको डायरी
- अनुवाद साहित्यको क्षेत्रमा गीता उपाध्यायको योगदान
- केही भन्नु पर्दा
- गीता उपाध्यायको नियात्राकारिता
- ब्रह्मपुत्रको किनारदेखि अलकानन्दाको तीरैतीर
- “…. हामी भर्खर तीर्थका ढोकामा आइपुगेका छौं …’
- ‘कथाञ्जली’-को भावभूमि
- गीता उपाध्यायकृत कथाञ्जली : एक अध्ययन
- विविध व्यक्तित्वका आलोकमा कथाकार गीता उपाध्याय
- कथाञ्जली – एक अवलोकन
- गीता उपाध्याय दिदीको ‘कथाञ्जली’ सरसर्ती पढ्दा
- ‘सुबासित बताह’ गीता उपाध्यायका कथाहरूको पर्यालोचना
- बाल साहित्यमा गीता उपाध्याय
- विश्वप्रसिद्ध किशोरी एन फ्रांकको कथा
- जन्मभूमि मेरो स्वदेश : परिक्रमा र मन्थन
- एक स्रष्टाका वाणीमा ध्वनित लाखौंको ढुकढुकी : जन्मभूमि मेरो स्वदेश
- उपन्यास जन्मभूमि मेरो स्वदेश – इतिहासपरक सामान्य पठन
- गीता उपाध्यायसँग बिताएका बाल्यकालका केही समय
- शैशवदेखि परिचित गीता दिदी : आफ्नो सम्झनाको सेरोफेरो
- गीता उपाध्याय
- भारतेली नेपाली साहित्यकी ध्रुवतारा प्रा. गीता उपाध्यायको सम्झनामा केही हरफहरू
- गीता उपाध्याय : मेरी घनिष्ठ मित्र
- आत्मप्रकाशले उज्यालिएको जीवन र सृष्टि
- प्रा. गीता उपाध्याय – एक विरल साहित्य सेविका
- साहित्यको फुलबारीमा समन्वयको फूल फुलाउने गीता उपाध्याय
- असमीया साहित्यमा गीता उपाध्यायको योगदान
- शिशु साहित्य लेखिका गीता उपाध्याय
- साहित्य समाजको वर्गीय प्रतिबिम्ब हो
- नेपाली साहित्य परिषद् असमकी विदाई अध्यक्षा सुश्री गीता उपाध्यायसित केही अन्तरङ्ग पलहरू
- अतीतलाई फर्केर हेर्दा
- केही अनुभूतिहरू
‘कथाञ्जली’-को भावभूमि
खडकराज गिरी
आरम्भ-बिन्दुबाट नियाल्नु हो भने हामीले जातीय सङ्घर्षका कयौं कथाहरू व्यक्त गरिएको भेट्छौं; भौगोलिक, सामाजिक-आर्थिक अवस्थाले ल्याएको स्थितिमाझका कथा। सङ्घर्ष हाम्रा योद्धा-जातिको रगतमै मिसिएको छ। सिर्जनशील लेखकहरूले यी योद्धाहरूको जीवन-गाथा बडो सूक्ष्म ढङ्गले नियाल्दै लेखे र दिशा दिन खोजे। आज समय फेरिएको छ। स्थिति त्यो छैन जो थियो अथवा स्थिति कहीं त्यही नै छ तर भिन्दै अवस्था र आवश्यकतामा। लेखकको सजगसचेत विचारले पनि मोड लिएको छ। त्यसो भनेर हाम्रो जीवन सङ्घर्ष गाथा लेखिन छोडेको छैन, स्वरूप भिन्दै हुँदै गइरहेछ। राजन मुकारूङको ‘दमिनी भीर’ हाम्रो अति मार्मिक जीवन सङ्घर्ष गाथा हो। उनले आजको परिपाटीले हेरेका छन्, पाठकले पत्याउने गरी। पाठक स्वयम् परिवर्तित हुँदै गइरहेछ भने उसले परिवर्तन खोज्दछ! हामी आजको पृष्ठभूमिमा हिजोका पात्रको नाउँ जोड्दछौं जो हास्यास्पद परिलक्षित हुन्छ। त्यो आवश्यक छ के त? तर्क होइन विचारणीय। पाठक बित्यासबाट उब्रोर केहीछिन भिन्दै वायुमण्डलमा सास फेर्न खोज्दछ भने सर्जकले पनि त्यसरी नै सिर्जना गर्नु पर्छ। आखिर लेखिने कसका लागि हो! डा. गोविन्दराज भट्टराईको ‘सुकरातको डायरी’ यस्तै फरक मानसिकताको चित्रण हो अति बौद्धिक छ तापनि।
सन् 2008 मा प्रकाशित गीता उपाध्यायको कथासङ्ग्रह ‘कथाञ्जली’ शीर्षक पढ्दा पुरानो परिपाटी अनुभव हुन्छ तर यसका कथाहरू अध्ययन गर्दा भने केही पारम्परिकताभन्दा भिन्दै अर्थहरू भेट्न सक्षम हुनेछौं। गीता उपाध्यायको नेपाली मौलिक सिर्जनशील लेखनले विगतको कुनै लामो समयवधि ओगटेको छैन। अनि उत्कृष्ट लेखनले तात्पर्य लामो समयावधिको लेखन भन्ने भ्रम पनि पाल्नुहुँदैन। पहिलोचोटिमै उत्कृष्ट लेख्ने लेखकको कमी छ, ठान्दिनँ म। वस्तुलाई हेर्नु पऱ्यो, गहिराइमा डुब्नुपऱ्यो र आजको परिदृश्यमा उत्रनुपऱ्यो (शैली, भाव र कथानक पक्षबाट) त्यही नै आजको उत्कृष्ट लेखन हुनसक्छ निःसन्देह। उसै त गीता उपाध्यायको लेखन अवधि झण्डै 42/43 वर्ष पुगेको छ – अन्य भाषासित (असमीया) साइनु र अध्यापन विषय पनि साहित्य नरहेको हुँदा यो क्रमबद्ध उन्नत हुन नसकेको हो भाषाई दृष्टिले जसलाई उहाँले स्वीकार्नु भएको छ।
व्यवहारले अति सरल, स्वभावले अति शान्त, संवेदनशील, मिलनसार, ज्ञानी-गुनी विदुषी महिला हुनुहुन्छ प्रा. गीता उपाध्याय। र पनि हो कि उहाँको मौलिक कथा लेखनको यस सङ्ग्रहले कुनै चतुराई कथेजस्तो देखिंदैन। घम्लङ्गै छ सरल-सपाट। ‘आफू बाचेको समय, समाज परिस्थिति, परिवर्तन, घटना इत्यादिले तीब्रा आलोडन सृष्टि गर्दा उब्जेका भाव अनुभूतिकै परिणाम हो’ मात्रै भनेर आफ्ना दुई कुरामा जाहेर गर्नुभएको छ।
कथाको भावभूमि
‘कथाञ्जली’-मा सत्र कथा समावेश गरिएका छन्। यी कथाको सूक्ष्म भावभूमि यस प्रकार छ –
जन्मदिन आजको कथा हो भन्न मिल्छ। यस कथामा एकातिर आशाका पालुवा पलाएका छन् लटरम्मै र छ हरियाली जसले वृद्ध यशोदालाई बाँच्ने प्रेरणा दिएको छ। अर्कातिर, आगत समयको इङ्गितमा यसको जटिलता छ, एकान्तमा जीउने स्थिति। मुख्यतः त्यस मोडमा जब जीवन-साथी अर्थात् लोग्नेकी स्वास्नी र स्वास्नीको लोग्ने बितेको हुन्छ। जन्मदिनको मूल भाव यशोदाको ‘एकान्त’ क्षणमा अन्त्य गरिएको हुन्छ।
लोग्ने बितेपछि नरमायाको जीवनमा आइपरेको गरिबीको बिहाल स्थिति भन्नु पर्छ आमाको मुटु। आफ्नो मुटुभन्दा प्यारी छोरीलाई अर्काकोमा नोकर्नी पार्ने स्थिति आउनु कति ठूलो विडम्बना हो!
मायालु लोग्ने बिर्खे बम फुटेर मरेपछि निर्धन चुनीले अस्वस्थ्य मानिसकतामा जीउनु परेको र आफ्ना अरू कोही नहुँदा लथालिङ्गका अवस्थामा जीवनलाई अफाल्नु पर्ने स्थिति वर्णन छ धैर्यको सीमानामा।
समयले आँखाको ज्योति हरेपछि विगतका रमाइला क्षण गमेर जीवन यापन गर्नु आँखा टाइटनिक भए – को सार हो। कथा सकारात्मक छ भने यसको बुनोट सरल-सहज। जागिर अभिमुखी युवा-पुस्ता जीवन-यापन एवम् क्रमोन्नतितिर पाइला चाल्दै जन्मथलो छोडेर सहर पस्ने अवस्थाको इङ्गित पनि छ यसमा।
‘आज हाम्रा घरमा दसैं आयो होइन बा?’ शिशु सन्ते वा सन्तवीरको अति मार्मिक पीडा हो यो। घर जग्गा-जिमीं साहुलाई बन्धक राखेर धन कमाउने र दारिद्रय मेटाउने अपार इच्छा बटुलेर हाम्रा सन्तति के विदेशमा सुखी छन्? युगौं भए नेपाली विदेशिन थालेका र आज पनि विदेशिरहेकै छन्। यो किन भइरहेछ? यसको निदान के हो? कसले सोचिदिने हो यसबारे? हामी नै हौं धने! धोको कथाले जुन मुद्दा उठाएको छ। हाम्रा राजनीतिक र यसका शीर्षले नसोचिदिए समाधान सम्भव छैन। लेखकको अभिव्यक्तिले पनि सार्थकता भेट्दैन।
आफ्नैमाझ द्वन्द्व सृष्टि गर्न सक्षम मातृत्वले सम्भ्रान्त सोच राख्दछ। अभावपूर्तिका लागि दिदी अमृताले जब मातृत्व वहन गर्छे र नानी जन्मन्छ एउटा स्वाभाविक मोह ऊप्रति जाग्रत हुन्छ। बैनी आशङ्काले ग्रसित हुन्छे। कथाको आसयले वैश्विक सोच राख्दछ जो प्रायशः शिक्षित समुदायमा भेटिन्छ।
अश्वत्थामा हतोहतः इति गज भनी धर्मराज युधिष्टिरले भनेको कुराको पौराणिक आधारमा प्रतिभा देवीले आफ्नो होश नरही गरेको कार्यको अन्त्य स्वीकृतिले सत्यवादी – दृष्टिकोण दर्शाउँछ अपराधबोध कथामा। कथा अति सूक्ष्म सोचको भए तापनि यसका ती सूक्ष्म तानाबाना बडो स्वाभाविक छन्।
संस्कृतिको उपायबाट आएको शब्द उपायान्तर (उपायदेखि भिन्न) कथाले सकारात्मक दिशा लिएको छ। आज पढे-लेखेकाले आफ्नो योग्यतानुसार जागिर नभेटे त्यत्तिकै बस्ने विचार विपरीत नवीनराज कछहरी छेउ चिया र सेलरोटीको पसल थापी उपार्जन गर्ने उद्यमको बाटो लिन्छ, जो प्रेरणापरक हो। लेखिकाले वैचारिक खुराकको अभावमा अन्योलित बेकार युवा समुदायमा आशा-संचार गर्न खोज्नु भएको छ।
सञ्जीवनी एपार्टमेन्ट-मा चार परिवारका चार भिन्दा-भिन्दै समस्यामूलक जीवन-गाथा समेटिएका छन्। एउटा एपार्टमेन्टभित्रका कोठाको त्रासदलाई केही भिन्न पाराले ठक्ठकाउँदै सचेत पार्न खोज्नु भएको छ लेखिकाले। यो वर्तमान हामी बाँचेको संसार हो। थाहा हुँदैन कति कोठाभित्रै आ-आफ्नै परचक्री छन्।
सारी किनेको रसिदले ल्याएको हुन्छ सोझी रूमाको मानसपटलमा उथल-पुथल। कथामा बनावटी केही भेटिंदैन। सही चित्र। हलुका कलात्मक उब्जेको। अन्त्य सन्तोषप्रद छ। यही नै हो हैपी एनिभरसरीको सरप्राइज!
साक्षात्कारात्मक कथा अँटिली योद्धा नारीले गरेको बलवती युद्धको परिणाम हो जसलाई जुठीका माध्यमबाट देखाइएको छ। यसमा सरल भाषा-वर्णन भेटिन्छ।
आत्मपीडा बुझ्ने मानवीय दायित्व हुनुपर्छ नीडहारामा प्रतिबिम्बित जस्तो। विकृत सोचले सम्पूर्ण सोच विकृत पार्छ। आज नारी-चेतना जाग्रत हुँदै गइरहेछ र प्रत्येक अमिल्दा स्थितिबाट मुक्त हुँदै गइरहेछन् नारी। आफूलाई संरक्षित पार्नतिर लागिरहेछन्। कथा सतर्कताको सबल पक्ष बनेको छ।
भुइँचालो पूर्वको भुइँचालोलाई एउटा सफल प्रेमपरक कथा भन्न सकिन्छ। विधवा मानसीको निरिह अवस्थालाई दिगन्त र आमा (सासु)को वरिपरि देखाएर भित्री भावना जाग्रत पार्न खोजिएको छ। जीवनको भुइँचालो प्रकृत भुइँचालोभन्दा कम हुँदैन।
संयुक्त परिवार विच्छिन्न हुँदै गइरहेछ र नै आमा-बाबुको काख छोडेर छोराछोरी जागिरको सिलसिलामा बाहिर सहरहुँदो जानु पर्ने स्थितिले वृद्ध आमा-बाबु एक्लिनु पर्ने अवस्था छ आज। वैश्विकरणको वर्तमान समयमा शिक्षित समुदायको मूल आयश्रोत जागिर नै रहेको बेला आ-आफ्नो घर छोडेर परदेशिनुको बेथाले पिरोल्ने जुन प्रकृया छ प्रह्लाद बरूवाजस्ता बुझकी पात्रले यसलाई स्वीकार्नु परेको हो। यसको समाधानका लागि लेखिकाले दीपकुमारजस्तो पात्र भित्र्याउनु परेको छ, दुई स्थितिमाझको तारतम्य मिलाउन (अपरम्पार)।
बेकार युवकहरूले जङ्गल पस्ने अर्थात् उग्रवाद अपनाउने कारणहरूमध्ये एक समाजमा व्याप्त भ्रष्टाचार रहेको कुरा उद्गीरणमा उल्लेख छ जो आजको जल्दोबल्दो समस्या पनि हो। यस अन्तर्गत विभिन्न सङ्घ-सङ्गठनमा हाम्रा युवा होमिन पुगेका छन्, यसो भन्दै – ‘सर, म जङ्गल पसेर बन्दुक हातमा लिएँ भन्ने सुन्नुभो भने छक्क नपर्नू।’ समाज र प्रशासनको आँखा खोल्न मनग्ये छ यो वाक्य।
उपरोक्त भावभूमिमा अडिएका ‘कथाञ्जली’-का कथाका मूल प्रवृत्ति र विशेषता हुन् – सामाजिक सचेतता, दायित्वबोध, आर्थिक दुरावस्थाप्रति सङ्घर्ष, सत्यवादिता, कर्मनिष्ठता, प्रेमपरकता, सरलता-सहजता, वादहीनता, स्वच्छन्दता, यथार्थवादिता आदि।
कथाहरूको पृष्ठभूमि, एकान्त आलाप, गहिराइ, चिन्तन प्रकृया, आधुनिकता आदि समय सापेक्ष रहेको छ। गरिबी हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहने छ। यो शाश्वत हो। यसैलाई आजको दृष्टिले हेरिएको छ। सोच-आकाङ्क्षाजस्तो आज छ त्यस्तै कथामा भित्र्याइएको छ। पात्रहरूको व्यवहार र सरलतालाई सर्वोपरी विशेषता भन्नु पर्छ।
भाषा र वाक्य संरचना :
भावभूमिसित एकात्म रहेको हुन्छ भाषा र वाक्य संरचना। भावलाई सम्प्रेषणीय पार्न वाक्य संरचना सठीक रहन आवश्यक छ। नत्र भने गम्भीर कुरा पनि अलिनु पर्न जान्छ। केही अमिल्दा दृष्टान्त पनि रहन गएका छन् यस सङ्ग्रहमा —
(क) बेलुका उनी तातो भात पकाउनुबाहेक केही गर्दैनन् (अपरम्पार)
(ख) दुइटै छोरा औ छोरीलाई लिएर बाबु-आमा निकै गर्वित थिए (अपरम्पार)
(ग) छिटो गर मैले बाहिर टेक्सी खडा राखेको छ (हैपी एनिभरसरी)
(घ) तै पनि उसका मनभित्र शंकाको काँडो बिझेको अनुभव गर्छे उ (संजीवनी एपार्टमेन्ट)
(ङ) उसलाई आफूलाई काम, क्रोध, मोहको जकडबाट धेरै मुक्त भएझैं अनुभव हुन लागेको थियो र प्रात्याहिक तुच्छताका साना तिना कुराले … (अपराधबोध)
(च) भित्रबाट नानीलाई बाबुलाईको स्वर एकोहोरो गुँजिरहेको थियो (मातृत्व)
(छ) छोरो सुतेको बाट जुरुक्क उठेर सोध्छ बा (धोको)
(ज) आफ्नो स्वास्नीलाई सुम्सुमाउँदै उ भन्छन् (मातृत्व) आदि
वाक्य संरचनाले लेखनलाई मोहक पार्छ। वाक्य गठन कमजोर भइदियो भने भाव पक्ष सशक्त रहन सक्तैन। तसर्थ आफ्नो मौलिक लेखनलाई पहिलो चोटिमा कहिल्यै निर्णायक पारिदिन हुँदैन। पुनर्लेखन गर्दा वाक्य गठन स्वतः सुधिंर्दै जान्छ। ‘बूढो माझी र सागर’ उपन्यासका लेखक हेमिंगवेले नोबेल पुरस्कार प्राप्त आफ्नो यस कृतिको भूमिकामा यसलाई कयौंचोटि लेखिएको, सुध्याइएको कुरा उल्लेख गरेका छन्। कथाञ्जलीका कथामा सो अभाव झल्किन्छ। जे होस्, हाम्रो उद्देश्य शुद्ध साहित्य लेख्नु-प्रदान गर्नु पनि हो। अर्को संस्करणमा यसबारे विचार पुऱ्याइएला।
शब्द व्यवहार :
यस कथासङ्ग्रहमा अङ्ग्रेजी शब्द बाक्लै प्रयोग गरिएका छन्। केही दृष्टान्त – ट्रङ्क (जन्मदिन); सर्टिफिकेट, बर्थडे, ब्लाउज, सिन्थेटिक, राशन, युनीफर्म, मास्टरनी, ब्याग (आमाको मुटु); सुटटाई, गेट, कम्पाउण्ड, सिजन, अर्नामेन्टल, पेन्टसर्ट, रिजर्भ, फुलप्रुफ, फ्रीज (आँखा टाइटनिक भए); डार्लिङ, कन्ट्राक्ट, बाथरुम, मेगाजिन, एक्सिडेन्ट, प्लेन, रेलिङ (मातृत्व) आदि
शब्द सामञ्जस्य :
सही शब्दको सही अर्थ प्रयोग हुनुपर्छ, नत्र अनर्थ हुन्छ। यथा : आउछ (हुनु पर्ने आउँछ), ओच्छ्यान (हुन पर्ने ओछ्यान), सक्दिन (हुनु पर्ने सक्दिनँ वा सक्तिनँ), डाको (हुनु पर्ने डाँको), पुच्छ (हुनु पर्ने पुछ्दछ), खाँदेनौ (हुनु पर्ने खाँदैनौं), भने (हुनु पर्ने भनें), दौंड्दै (हुनु पर्ने दगुर्दै), निर्खान (हुनु पर्ने निखार्न) आदि। यस्ता धेरजसो शब्द मुद्रणकै गल्तीले हुनु पर्छ। विद्वान लेखक र अध्ययनशील पाठकले खुट्याएरै पढ्छन् तर विद्यार्थीवर्ग एवम् सिकारु लेखक यही अशुद्ध स्वरूपलाई ‘बडाले जो गर्यो काम हुन्छ त्यो सर्वसम्मत …’ सही ठान्दछन् जो पछिसम्म गलत, सही भएर रहेको हुन्छ उनीहरूको मगजमा। यसबारे हामी सजग रहनै पर्छ।
प्रा. गीता उपाध्याय जुन परिवेशमा हुर्कनु-पढ्नु-बढ्नु भएको हो त्यसले गर्दा भाषामा त मीठास् छ निश्चय भावको गहिराइ पनि उत्तिकै भेटिन्छ तर उहाँले एउटै काल-परिस्थितिमा असमीया-अङ्ग्रेजी भाषालाई समेत काख बोकी हिंड्नु परेकाले नेपाली लेखन परिपाटी तलबितल पर्न गएको हो। 42/43 वर्षको लेखन अनुभवबीचको धेरै कालखण्ड नै उहाँले असमीया भाषा-साहित्यलाई अर्पण गर्नु भएको छ। त्यसैले असमीया भाषा मनकारी छ। असम लेखिका सङ्घसित जडित भई कार्य गर्नुले उहाँको भाव जागरण अद्यतन रह्रो। यसले नेपाली लेखनमा पनि मदत पुऱ्याएको छ। हामीलाई उपकार गरेको छ। फलस्वरूप, उहाँले असमीया भाषामा अनुवाद गरेका भानुभक्तीय रामायण, देवकोटीय मुनामदन, भरत जङ्गमको कालो सूर्य र नेपाली लोककथाजस्ता कृतिले त्यस जाति-जनगोष्ठीमा हाम्रो चिन्हारी दर्ता गराएका छन्। लेखनमा प्रा. गीता उपाध्याय इमानदार भएकैले ‘आनुष्ठानिक शिक्षाको अभाव’ भन्दै स्वीकारोक्ति राख्नुहुन्छ र ‘कथा लेखनमा भई रहेको परिवर्तन, नौला प्रयोग, लेखन शैली, आङ्गिक इत्यादिको वैचित्र्य, प्रकाशित कथाहरूमा फेला नपर्दा प्रबुद्ध पाठक हताश हुनेछन्…’ भन्ने शङ्का ल्याएर हाम्रो दृष्टिमा उहाँ अग्लिनुभएको छ झन्।
जे नभए तापनि ‘कथाञ्जली’ अन्त्य होइन। फलेको बोट नुघ्छ। हामी त्यही र त्यस्तै सिक्छौं। लेखिकाको आँट नहराओस्, स्वास्थ्यले सधैं साथ दियोस्, जीवन सुखमय होस् र हामी उहाँका सिर्जना पढ्न पाइरहूँ – यही कामना गर्दै ‘कथाञ्जली’ प्रति मेरो धारणा थान्को लाउँछु।
डिगबोई, असम
अनुक्रमणिका
- गीता उपाध्याय : एक छोटो कैरन
- गरिमायुक्त व्यक्तित्व गीता उपाध्याय
- गीता उपाध्याय : व्यक्तित्व र कृतित्व
- सुश्री गीता उपाध्यायको व्यक्तित्व र कृतित्वको संक्षिप्त रूपरेखा
- गीता उपाध्यायको जीवन र कर्म : एक विहंगम दृष्टि
- एन फ्रेन्कको डायरीबारे
- गीता उपाध्याय र एन फ्रेङ्कको डायरी
- अनुवाद साहित्यको क्षेत्रमा गीता उपाध्यायको योगदान
- केही भन्नु पर्दा
- गीता उपाध्यायको नियात्राकारिता
- ब्रह्मपुत्रको किनारदेखि अलकानन्दाको तीरैतीर
- “…. हामी भर्खर तीर्थका ढोकामा आइपुगेका छौं …’
- ‘कथाञ्जली’-को भावभूमि
- गीता उपाध्यायकृत कथाञ्जली : एक अध्ययन
- विविध व्यक्तित्वका आलोकमा कथाकार गीता उपाध्याय
- कथाञ्जली – एक अवलोकन
- गीता उपाध्याय दिदीको ‘कथाञ्जली’ सरसर्ती पढ्दा
- ‘सुबासित बताह’ गीता उपाध्यायका कथाहरूको पर्यालोचना
- बाल साहित्यमा गीता उपाध्याय
- विश्वप्रसिद्ध किशोरी एन फ्रांकको कथा
- जन्मभूमि मेरो स्वदेश : परिक्रमा र मन्थन
- एक स्रष्टाका वाणीमा ध्वनित लाखौंको ढुकढुकी : जन्मभूमि मेरो स्वदेश
- उपन्यास जन्मभूमि मेरो स्वदेश – इतिहासपरक सामान्य पठन
- गीता उपाध्यायसँग बिताएका बाल्यकालका केही समय
- शैशवदेखि परिचित गीता दिदी : आफ्नो सम्झनाको सेरोफेरो
- गीता उपाध्याय
- भारतेली नेपाली साहित्यकी ध्रुवतारा प्रा. गीता उपाध्यायको सम्झनामा केही हरफहरू
- गीता उपाध्याय : मेरी घनिष्ठ मित्र
- आत्मप्रकाशले उज्यालिएको जीवन र सृष्टि
- प्रा. गीता उपाध्याय – एक विरल साहित्य सेविका
- साहित्यको फुलबारीमा समन्वयको फूल फुलाउने गीता उपाध्याय
- असमीया साहित्यमा गीता उपाध्यायको योगदान
- शिशु साहित्य लेखिका गीता उपाध्याय
- साहित्य समाजको वर्गीय प्रतिबिम्ब हो
- नेपाली साहित्य परिषद् असमकी विदाई अध्यक्षा सुश्री गीता उपाध्यायसित केही अन्तरङ्ग पलहरू
- अतीतलाई फर्केर हेर्दा
- केही अनुभूतिहरू
गीता उपाध्यायकृत कथाञ्जली : एक अध्ययन
डा0 कविता लामा
नेपाली र असमेली दुवै साहित्यका अनुवाद विधामा समान रूपले उच्च स्थान ओगट्न सफल भएकी सुश्री गीता उपाध्यायका मौलिक नेपाली कृतिहरूमा बाल उपन्यास आमा म फस्ट भएँ (सन् 1997)को प्रकाशन भएपछि अर्को कृति हो 17 वटा कथाहरूको सङ्ग्रह कथाञ्जली (2008)।
अङ्ग्रेजी र असमेली भाषासाहित्यका उत्कृष्ट कृतिहरू बहुसंख्यामा नेपालीमा अनि नेपालीका बहुचर्चित मूल्यवान पुस्तकहरू असमीया भाषामा अनुवाद गरेर सुश्री उपाध्याय नारी अनुवादकका रूपमा अग्रपंक्तिमा उभिन सक्षम पनि छिन्। सन् 1972 मा अङ्ग्रेजी पुस्तक एन फ्रेंकको डायरी नेपालीमा अनुवाद गरी साहित्य जगतमा प्रवेश गरेकी यिनका अन्य अनूदित कृतिहरू यस प्रकार छन् –
1) दरबारकी सुसारे (ज्योतिप्रसाद अग्रवालालिखित नाटक असमीयाबाट, 2008)
2) अभियात्री (निरूपमा बरगोहाइँको उपन्यास असमीयाबाट, 2008)
3) भूमिपुत्र (अङ्ग्रेजीबाट असमीयामा)
4) भानुभक्तीय रामायण (सन् 1987 असमीयामा)
5) मुनामदन (लक्ष्मीप्रसाद देवकोटा, सन् 2000 असमीयामा)
6) मा मइ फस्ट हलो (बाल उपन्यास मौलिक, 1997)
7) कला सुरुज (भरत जङ्गमको उपन्यास “कालो सूर्य’, 1998)
8) नेपाल देशर लोक साधु (लोककथा सङ्ग्रह, 2001)
9) कर्मवीर धनबहादुर निज अभिव्यक्तिर दापोनत (सन् 2008)
10) एन फ्रांकर डायरी (अङ्ग्रेजीबाट, सन् 1975 असमीयामा)
11) एन फ्रांकर गल्प (सन् 1996, मौलिक)।
अनुवादजस्तो जटिल अनि चुनौतिपूर्ण विधामा स्थापित भइसकेकी यिनले असमीया भाषामा पनि कथाहरू लेखेर सुवासित बताह (सन् 2005) शीर्षकमा कथासङ्ग्रह प्रकाशित गरेकी छन्। 14 फरवरी सन् 1939मा शोणितपुर, असममा माता भागिरथी देवी अनि पिता टङ्कनाथ उपाध्यायका घरमा जन्म ग्रहण गरेकी सुश्री गीता उपाध्यायले राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी हुन्। असमको शिवसागर कलेजमा प्राध्यापन गर्ने यिनी सन् 1999मा राजनीति विभागबाट विभागीय प्रमुखका रूपमा सेवा निवृत्त भएकी अचेल पुस्तक-अनुवाद कार्य एवं साहित्य सिर्जनामा साधनारत छिन्।
उत्तरपूर्वीय भारतमा नेपाली कथाको लेखन परम्परा 30 को दशकमा आएर सुरु भएको देखिन्छ। यस विधाम विशेषमा नारी कथाकारहरूको सहभागिता र सक्रियता भने 60 को दशकमा माया ठकुरीको उदय यिनको पहिलो कथा “बौलाही’ भएको थाहा लाग्छ। शिलङबाट प्रकाशित हुने आशा पत्रिकामा यिनको यो कथा छापिएको छ। आशा भन्दा अघि सन् 1936मा मणिसिंह गुरूङको सम्पादनमा तत्कालीन विभाजन हुन अघिको असमको राजधानी शिलङबाट गोर्खा-सेवक पत्रिका प्रकाशित भएको हो। कथा विधामा यस पत्रिकाको भूमिका उल्लेख्य छ। यस पत्रिकामार्फत कथा लिएर पदार्पण भएका कथासर्जक हुन रामप्रसाद ज्ञवाली, धनबहादुर राई एवं कृष्णचन्द्र अर्याल। कथा लेखन परम्पराको सुरुवात पुरुष लेखकहरूका सिर्जनाबाट भए तापनि एउटा सिङ्गो कथासङ्ग्रह प्रकाशनको परिप्रेक्ष्यमा हेर्दा नारी कथाकार नै अघि रहेको देखिन्छ। शिलङबाट प्रकाशित हुने उषा पत्रिकामा पहिलो कथा लिएर प्रवेश गर्ने चन्द्रकला नेवारकृत सातवटा कथाहरूको सङ्कलन ममता (सन् 1965) उत्तरपूर्वीय भारतीय नेपाली कथाको विकासक्रममा देखा परेको पहिलो व्यक्ति कथाकारको एकल सङ्ग्रह हो। ममतापछि यिनको दोस्रो कथासङ्ग्रह साँघुरो धरातल (सन् 2005) शीर्षकमा छापिएको छ।
विशेषत : 90 को दशकदेखि यहाँको कथा विधा नारी कथाकारहरूद्वारा धेरै विकसित भएको पाइन्छ। माया ठकुरी, चन्द्रकला नेवार, रत्ना खडका, धनमाया क्षत्री, योजना सुब्बा, नवकुमारी देवी, सुषमा लामा, सरस्वती गुरूङजस्ता अग्रज तथा उम्दा कथा सर्जक अनि मुन्नी सापकोटा, गीता लिम्बु, आशारानी राई, शान्ति थापा, लक्ष्मी मिनु र अनामिका राईजस्ता विशिष्ट कथा कारहरूले यस विधा विशेषलाई स्तरीय र उत्कृष्ट रचनाहरू दिएर अत्यन्त समृद्ध बनाएको देखिन्छ। अघिबाटै अग्रज एवं समकालीन नारी कथा लेखकद्वारा निर्मित समृद्ध कथात्मक जगतमा प्रवेश गर्छिन् कथाञ्जली (सन् 2008) कृति लिएर सुश्री गीता उपाध्याय। यसै कथाकृतिभित्रका केही सुन्दर रचनाहरूको चर्चा गरिने प्रयास रहेको छ यहाँ।
थालनी खुबै रोचक, चाखलाग्दो, नयाँ ढङ्गमा गरिएका धेरजसो कथाशीर्षक छोटा, दरिला, अनि कथा आयतन पनि छोटा राख्न मन पराउने सुश्री उपाध्याय कथा प्रस्तुतिकरणका दृष्टिले खुबै राम्रा कथाशिल्पीका रूपमा देखिन्छिन्।
समय सचेत यिनले आफ्ना कथाहरूमा समसामयिक विषयलाई विशेष ध्यानमा राखेर कथा बुनेकी छन्। 17 वटा कथाहरूमा बेग्लाबग्लै विषय पाइन्छन्। केही विषय यस्ता छन् जो अघि सायदै कुनै कथालेखकबाट लेखिएका छन्। उदाहरणस्वरूप प्रस्तुत गर्नसक्छौं “मातृत्व’ कथालाई। यो कथा अत्याधुनिक विषयमा केन्द्रित छ। दुई दिदीबहिनीमाझको विश्वास, प्रेम, सद्भाव, आफ्नोपनले यहाँ अलका र अमृताले एक अति महत्वपूर्ण निर्णय लिन र दिन परेको छ। त्यो निर्णय हो बहिनी अलका बिहे भएको 6 वर्षपछि पनि सन्तानसुख प्राप्त गर्नबाट वञ्चित भएकीमा उसको अनुरोधस्वरूप दिदी अमृता तीन लाख रूपियाँ पाउनको निम्ति गर्भ किरायामा दिन राजी हुन्छे। अर्थात् दिदी अमृता बहिनी अलकाको निम्ति Surrogate Mother बन्न तयार बन्छे। पतिको मृत्युपछि एक्लो भएकी अमृता एउटी छोरी डलीकी आमा भएकीले छोरीको उज्जवल भविष्यको निम्ति खर्च गरिने त्यो तीन लाख रूपियाँ सोचेर नानीलाई जन्म दिन्छे। तर समयको बहाउले आज अमृतालाई अर्कै मोडमा ल्याएर उभ्याइदिएको छ। उसको कोखबाट जन्मिएको नानीलाई अब अलका केवल आफ्नो नानीको रूपमा हेर्न चाहन्छे र दिदीको उपस्थिति उसको निम्ति ठूलो समस्या बन्छ। दिदीको त्यो मायालाग्दो बहिनी भएर होइन तर एकजना पराया ईर्ष्या गर्ने, असुरक्षित महसुस गर्ने नारी भएर अलका आफ्नो लोग्ने प्रकाशमानसित भन्छे – “त्यो भए काम सकियो। मैले गर्भ बोक्न सकिन भनेर दिदीको गर्भ किरायामा लिएको त हो नि तीन लाख दिन्छौं भनेका थियौं नि होइन? तिरिदियौं बस काम पूरा भयो।’ (पृ. 40) आफ्नो काम पूरा हुनासाथ दिदीलाई घरबाट निकालिदिनु कति स्वार्थी र कमजोर नारीको रूपमा चित्रित छे अलका। नारीको निम्ति आमा बन्नु कति ठूलो कुरो हो। कोख दिदीको तर आमा आफू भएपछि अलकाको आँखाअघि अमृताको महान त्याग मूल्यहीन सिद्ध भएको छ। यस कथामा यही स्वार्थपन टड्कारो रूपमा देखाइएको पाइन्छ।
नारी पात्रहरूलाई प्रमुखता दिएर लेखिएका अनि नारीकै विविध रूप र आयाममा आधारित कथाहरूमध्ये एउटा कथा हो “यन्त्रणाको व्यापार’। यस कथामा हाम्रा चेलीहरू ठगिएका, शोषित भएका, मानसिक यन्त्रणाले पीडित अनि शरीर बेचबिखनमा लिप्त हुनमा हाम्रा आफ्नै माइतीहरू धेरै हदसम्म दायी छन् भन्ने तीतो सत्यलाई बढो मार्मिक ढङ्गमा कथाकारले कमलीको जीवन व्यथाबाट चित्रण गरेकी छन्। विश्वासघात, धोका, छलकपट गर्ने पात्र आफ्नै वरिपरि घुमिरहेका हुन्छन्। परेश दाई यस्तै एउटा पात्र हो। समाजका तल्लोवर्गका मानिसहरू कसरी आर्थिक स्थितिको चपेटमा परेर छोरीले केही कमाएर घर ल्यायोस् भन्ने चाहना राख्न बाध्य बन्छन् त्यही दुःखद स्थिति छ कमलीको घरमा पनि।
गीता उपाध्यायका पात्रहरू निम्नवर्ग र निम्नमध्यवर्गका छन्। कथा “यन्त्रणाको व्यापार’-मा गाउँले सीधा सोझा, इमानदार पात्र छन्। सोझा पात्रहरूको विश्वास र भरोसा पनि त्यही अनुरूप गहिरो र बलियो रहेको देखिन्छ। तर त्यही गाउँमा सबैले अत्यधिक विश्वास गरेको परेश दाइजस्ता धूर्त, दुष्ट पात्रले हाम्रा चेलीबेटीको इज्जतलाई बजारमा बेच्नसम्म हिचकिचाएको छैन। यस्ता धूर्तता, दुष्टयाँइका शिकार भएका सरल, निष्कपट, सोझा गाउँले कमलीका आमा बाबासाथै गाउँका अन्य छोरीका आमाबाबा छन्। यस कथाले समाजको अति महत्त्वपूर्ण तथा अहिलेघरी चर्चित यस्ता अमानवीय घटनालाई चित्रण गरेर सबै आमाबाबा, अभिभावक, छोराछोरीलाई ससमय सचेत तुल्याउने प्रयास गरेको छ।
यस्तै अर्को नारीकेन्द्रित कथा छ “आँटिली योद्धा’। यस कथाको विषयले एकचोटि लक्खीदेवी सुन्दासको नारीवादी प्रवृत्तिमा लेखिएको कथा “मायाको प्रतिवाद’-को सम्झना गराउँछ। प्रथमपुरूष दृष्टिकोणमा लेखिएको यस कथामा कथालेखक स्वयंको उपस्थिति एकजना नारी लेखकको रूपमा भएको छ – “कथा एउटा लेख्नु पर्ने। पत्रिका सम्पादकले फोनमाथि फोन गरी रहेका छन्। मनले खाएका पात्रपात्रा आँखा सामले आएका छैनन्। युग सुहाउँदा आधुनिक पात्रपात्रा राख्छु यसपालिको कथाको क्यानभसमा भनेर मनमनै अठोट गरेर मचाहिं कलम समातेर बसेकी छु।’ (पृ 68)
कस्तो कथा लेख्नुपर्ने हो भन्ने गहिरो सोचमा परेकी कथाकारसमक्ष निम्नवर्गीय काम गर्ने नारी पात्र जुठी खडा हुनपुग्छे। पहाडमा धेरै वर्षअघि कथाकारकी बहिनी वीणाको घरमा लेखकले उसलाई भेटेकी हुन्छन्। मृत जुठी आज कथाकारअघि जिउँदो भएर प्रत्यक्ष रूपले उभिन पुग्छे। यति मात्र होइन तर ऊ कथाकारलाई उसको कथा लेख्ने आग्रह गर्छे। 30, 35 वर्षकी जुठी काली सुकेटी छे। गरिब जुठी अशिक्षित तर ऊ आफ्ना हक र अधिकार प्राप्त गर्नाका लागि सधैं आवाज उठाउने नारी हुन्छे। “मायाको प्रतिवाद’ कथामा जस्तै यस कथामा पनि कथाकार र जुठीमाझ धेरैबेरसम्म वार्तालाप भएको छ जसरी कथाकार सुन्दास र “भ्रमर’ उपन्यासकी नारी पात्रा “माया’माझ वार्तालाप भएको छ।
प्रस्तुत कथामा नारी वा छोरीले पाउनपर्ने सम्पत्ति अधिकारको उल्लेख गरेकी छे अशिक्षित जुठीले। अनपढ जुठीले शिक्षाको महत्त्वलाई बुझ्दै भन्छे – “हजुरकी बैनीले मलाई अक्षर चिन्हाइदिनु भयो बूढी औंलाको छाप लाउन छोडेर सही गर्न जाने। पढ्न लेख्न जान्दा मान्छे डराउने रछन्। पीर गर्न पनि आँट नगर्दा रछन्।’ (पृ. 72)
गीता उपाध्यायलिखित यस कथामा नारीवादी स्वर टडकारो रूपमा सुनिन्छ। अन्य कथाहरूको दाँजोमा यस कथालाई अलिक भिन्नै रूपमा प्रस्तुत गर्ने कोशिश गरिएको देखिन्छ। पढेलेखेका नारीले मात्र आफ्नो अस्तित्व, हक र अधिकारको कुरा गर्न सक्छ भन्ने टेकलाई यस कथाकी जुठीको सचेतपूर्ण सोचाइले धराशयी बनाएको छ। पितृसत्तात्मक समाजको पोल ऊ यसरी खोल्छे – “बाहिरको देखावटीले केही हुँदैन हजुर भित्रको मन खुलेको हुनपर्छ। हामी स्वास्नीमान्छे भन्दैमा सधैं दबेर बस्नु पर्छ भन्ने कुनचैं शास्त्रमा लेखेको छ? शास्त्र पनि त तिनै लोग्ने मान्छे भनाउँदाले बनाएको हो नि?’ होइन त हजुर?’ (पृ. 70)
ऊ अझ आँटिली, साहसी भएर भन्छे – “लोग्नेले मलाई कुटपिट लछारपछार गर्दा त्यसो नगर भन्नु त कता हो कता गाउँका मुखिया भनाउँदाले कस्तो भने सुन्नुहुन्छ? स्वास्नीले लोग्नेले गरेको माया होस् गोदाइ होस् समान मानेर खप्न पर्छ, शास्त्रले त्यसै भनेको छ। अनि त आइमाई दबाउन भनी सबै मिलेका होइनन?’ (पृ 70) पुरूषप्रधान समाजले नारीलाई यस्तै उपदेश दिएर सधैं आफूमुनि दबाएर राख्दै आएको छ। कति सत्यता लुकेको छ उसको उक्त भनाइमा। सारा जीवन समाजमा बाँच्न उसले कानुनी लडाइँदेखि लिएर मानसिक यातनाको विरूद्धमा लडाइँ जित्न सकेकी छे। तसर्थ ऊ आँटिलीयोद्धा भएर नारीलाई स्वअस्तित्वको लडाइँमा जागरूक तुल्याउँछे। अन्य केही कथाहरूमा सुश्री उपाध्यायले सामान्यतः नारी चरित्रलाई एक्लोपनमा छट्पटिएका, गरिबीमा रोएका, अभाव र अन्यायदेखि उन्मुक्ति चाहेका, स्वयंलाई असुरक्षित महसुस गरेका, मानसिक रोगका शिकार बनेकाजस्ता परम्परागत रूपमा चित्रित गरेकी छन्। तर “आँटिली योद्धा’ की जुठी र अऩ्य नारी नरमाया, चुनीमाया, मानसिक तुलनामा गरिब नै भए तापनि ऊ आफ्नो अधिकारको निम्ति लड्न सधैं तत्पर रहेकी देखिन्छे। “धोको’ कथामा धनेकी स्वास्नी मेनका पुरुषप्रधान समाजको हकडक यसरी बताउँछे – “किन मलाई भन न, के मेरा सुन्ने कान छैनन्? बुझ्ने मन छैन? तिम्हेरू लोग्ने मान्छे हामी स्वास्नी मान्छेलाई मान्छे नै गन्दैनौ।’ (पृ. 36) लोग्ने मान्छेले स्वास्नी मान्छेलाई आफूसमान पटक्कै ठान्दैन भन्ने कुरा यस भनाइबाट स्पष्ट बुझिन्छ। घरमा चोरी भयो काम गर्ने नोकर्नी फूलमती (कथा “अपराधबोध’) एक गरिब महिलामाथि शङ्का गर्नु, उसलाई दोषी ठहयाउनु, जबकि त्यहाँ वास्ताविकता अर्कै हुन्छ। सिल्क साडी किनेको क्यासमेमो लोग्ने किशोरको कमिजबाट पाउँदा उसको चरित्रमाथि उठेका नानाथरीका शङ्का उपशङ्का जो स्वास्नी रूमाको मनमा आइरहन्छ र दिनभरी ऊ अशान्ति भएर छट्पटाइरहन्छे तर त्यस शङ्कामा पनि सत्य कुरो अर्कै देखिन्छ (हेपी एनिभरसरी)। लोग्ने मानिसमाभन्दा धेर शङ्कालु प्रवृत्ति स्वास्नी मानिसमा प्रबल रूपमा रहेको हुन्छ भन्ने कुरा कथाकारले माथि उल्लिखित दुइजना नारी पात्रका मनोस्थितिहरूलाई यहाँ खुबै सुन्दर ढङ्गमा देखाएकी छन्।
कथाञ्जलीभित्रका कथाले शिक्षाको महत्त्वलाई अत्याधिक जोड दिइएको पाइन्छ। जीवनसित सम्झौता पनि गर्दै अघि बढेका पात्रहरू दुःखमा अर्काको सहारा बन्नु, विपदमा सधैं सहयोगको हात बढाउनु, गरिबदुःखीका अभाव एकअर्कामा बाँड्नु मानवीय मूल्य पनि बुझ्ने खालका देखिन्छन्। मानवता र शिक्षाको पाठ पढाउने पात्रहरूमा नारीहरू नै अग्रपंक्तिमा देखिन्छन्। कथाकार स्वयं नारी हृदयकी भएकीले हुनसक्छ यिनी आफ्ना कथाहरूमा नारी पात्र विद्या दिदी गरिब धनेको घरमा दसैंमा छोरो सन्तेलाई खान मन लागेको मासु पुऱ्याउन पुग्छे। धने गरिब तर आफ्नो छोरालाई कालो अक्षर भैंसी बराबर बनाउन चाहँदैन र विद्या दिदी भन्छे – “एक एक थोपा शीत उघाएर गाग्रो भरेझैं अलि अलि पैसा जम्मा गरेर छोरालाई उच्च शिक्षित पार्ने सपना देख्न सक्ने मान्छे हौ तिमी धने।’ (पृ. 36) यो भनाइ धनेको निम्ति ठूलो उत्साह बन्छ।
अति मीठा, कथा “सन्जीवनी एपार्टमेन्ट’को ठक् ठक् ठक गरी रातभरि जागो रहेर पूरा एपार्टमेन्टलाई चौकीदारी गर्ने पात्र जसको जीवनको एउटै आशा, भरोसा छोरो बिग्रिएर ड्रग्सको लतमा पर्दा त्यस छोरोलाई सही बाटो देखाउने म्याडम पनि एक नारी नै देखिन्छे। “आमाको मुटु’ कथाकी नरमाया आफू अशिक्षित छे तर छोरीलाई पढाउने हैसियत ऊ र उसको परिवारसित छैन। छोरीलाई पढाउने इच्छा राखेर नै ऊ ममताको घरमा छोरीलाई राख्न राजी हुन्छे। ममतालाई छोरीको इच्छा ऊ यसरी जनाउँछे – “छोरीलाई पढ्न मन छ पढाइदिनु भए -‘
हुन्छ, हुन्छ, आफ्नो काम सकेर स्कूल जान्छे नि – म स्कूलमा नाम लाइदिन्छु। (पृ 19) नरमायाको सपना छ छोरी भगवती पढेर जीवनमा ठूलो मान्छे बनोस्।
यस्तै “आँटिली योद्धा’-की प्रमुख पात्र जुठी आफू बूढी औंलाको छाप लाउनदेखि कसरी सही गर्न सक्ने भई त्यसको श्रेय कथाकारकी बैनी वीणालाई दिन्छे। आफू शिक्षित भएर नै नारी अधिकार र हकका निम्ति लड्न सक्ने भई भन्ने कुरा पनि ऊ आफ्नै मुखबाट कथाकारलाई सुनाउँछे। शिक्षाको उज्यालो बाटोमा समाज उन्मुख भएको हेर्न चाहने सुश्री उपाध्यायको “अपरम्पार’ कथाका प्रह्लाद भन्छन् – “उनकी श्रीमतीले साथी हुनलाई नै यो केटालाई पठाइन्जस्तो लाग्यो उनलाई।
यसले पढ्छ, ठूलो हुन्छ, छेउमा बसेर उनी यसको रेखदेख गर्छन्, पढाउछन्, सँगै बसेर यसले खाएको हेर्छन्। उनी सोच्न लागे। (पृ. 91)
समाज शिक्षित हुनु नै समाज विकसित र सभ्य हुनु हो भन्ने उच्च विचारका कथा लेखिका उपाध्यायले बालश्रमको कुप्रथालाई आफ्ना कथामा चित्रित गर्न बिर्सिएकी छैनन्। उदाहरणार्थ कथा “आमाको मुटु’, र “अपरम्पार’लाई लिन सकिन्छ। मान्छे शिक्षित हुनु त राम्रो र ठिकै हो तर आजको परिप्रेक्ष्यमा शिक्षित छोराछोरी बिस्तारै आफ्ना आमाबाबा, परिवार र समाजदेखि टाढिंदै गइरहेछन्। “जन्मदिन’की यशोदा, “सन्जीवनी एपार्टमेन्ट’की एक न. घरकी वृद्धा, “अपरम्पार’का प्रह्लाद बरूवा आदि पात्रहरू नितान्त एक्ले छन्, जीवन बाँचिरहेका छन्।
कथा “मनदुर्निग्रहम’का विजयानन्दलाई लाग्छ हामीले बाँचेको हिजोको मीठो क्षण आजका नानीहरूले बाँच्न पाइरहेका छैनन्। विवाहित छन् तर एक्लोपनले सधैं विपरीत दिशामा लखेटिरहन्छ “सन्जीवनी एपार्टमेन्ट’की दोस्रो तल्लाको दुई नम्बर घरकी युवती एवं कथा “नीडहारा’को आदित्यजस्ता पात्रहरूलाई, जसले वैवाहिक जीवनको सुखभोग गर्न सकिरहेका छैनन्। कथाकार गीता उपाध्यायका कथागत वैशिष्ट्यहरूमध्ये प्रमुख देखिन्छ सकारात्मक सोच। विश्वका हरेक देश र समाज शिक्षित छन् तर त्यस देश र समाजलाई दिशा निर्देश गर्ने युवा पिंढी आज बेकारी समस्याले पिरोलिएको छ। यो समस्या यिनका कथाहरूमा पनि चित्रित पाइन्छ। सामाजिक यथार्थवादी कथाकारका रूपमा उभिन पुगेकी कथा लेखिका यिनी नवीनजस्तो बुझकी ज्ञानी युवक, परिवारको जिम्मेदार छोरो, बी. ए. पास गरेको तर उसले सरकारी नोकरी गर्ने सौभाग्य पाउन सक्तैन। दूधको ढुङ्ग्रो बोकेर घरघर दूध पुऱ्याउने उसले तर जीवन बाँच्ने उपायहरू सोच्न थाल्छ। नवीन बढो व्यावहारिक केटोको रूपमा देखिन्छ। “जहाँ इच्छा त्यहाँ उपाय’ यस उच्च विचारलाई कथाकारले नवीनजस्ता सकारात्मक सोचका पात्रद्वारा बेकारी समस्याको समाधान बुद्धिद्वारा हुन्छ तर हरेश खाएर हुँदैन भन्ने सत्य कुराको उद्घाटन गरेकी छन्। युवाहरू विकल्पका मार्गहरू खोज्दैनन् जीवनको गाडी अघि बढाउनलाई बरू साटोमा कुबाटोतर्फ अग्रसर हुन्छन्। यही विषयमा आधारित “उपायान्तर’ कथाले आजको युवा पिंढीलाई सुमार्ग वा सही मार्गदर्शन गर्ने प्रयास गरेको छ।
आमा म फस्ट भएँ जस्तो बालोपयोगी उपन्यासकी स्रष्टा गीता उपाध्याय बालबालिकाका अन्तरमन पढ्नमा निकै खप्पिस देखिन्छिन्। बाल पात्रहरू धनेको छोरो सन्ते (धोको), नरमायाकी छोरी भगवती (आमाको मुटु) अति गरिबीमा जन्मेका र हुर्केका छन्। यिनीहरूको एउटै इच्छा छ मीठो खान पाउनु। “छोराले बाबुलाई हल्लाउँदै भन्यो – भन्नु न त बा’ यसपाला दसैंमा हामी पनि मासु चिउरा खाने हो।’
“यसपाला दसैंमा मासु चिउरा खाने है’
“बाबु हल न चल भैबसेको देखेर पाखुरामा ठेल्दै छोराले भन्यो खै बा’ मासु र चिउरा खाने भनेको दसैंमा आज हामीले देवी दर्शन गऱ्यौं? अनि आज दसैं त हो नि?’ (पृ. 33, 34)
छोराको प्रश्नहरूको सही उत्तर दिएर चित्त बुझाउन सकेको छैन धने।
कथाभरि बालक छोराका यो प्रश्न धने मासु किन्न नसकेको विवशताप्रति अति गहिरो व्यङ्ग्य भएर देखिएको छ। गरिबलाई ऋण दिन पनि कसले पत्याउँछ? कम पैसामा भए पनि धनेले मासु किन्ने कोशिश नगरेको होइन। तर ऊ गरिब भएकोले उसलाई पैसामा पनि मासु दिन अस्वीकार गयो चतुरे दाइले। छोरोको बाल-मनलाई बुझाउनु कस्तो हम्मे पर्छ उसलाई त्यो दिन। विद्या दिदीले मासु ल्याइदिएर ठूलो बोझबाट अनि आफू छोरोको अपराधी हुनबाट बाँच्नसकेको छ धने यहाँ। बालमनोविज्ञानमा आधारित यो कथा अति मार्मिक र संवेदनशील भएको छ। कारण बालमनलाई धनी र गरिबमाझको ठूलो भिन्नता थाहा हुँदैन। त्यही स्थिति सन्तेको पनि छ। अर्को बालपात्रलाई लिएर लेखिएको अति मर्मस्पर्शी कथा छ “आमाको मुटु’। यस कथाकी सानी छोरीले आफूभित्रको इच्छा सन्तेले झैं सोझै भाषामा भनेकी छैन। ऊ आफ्नी आमालाई परोक्ष रूपमा यसो भन्छे – “कसले मसिनो चामलको भात पकायो कति मीठो बास्ना आयो हकि? बा हुँदा तिमी पकाउँथ्यो नि ह्वैन आमा, अनि मखन खारेको घिउसँग अलिककति नून मोलेर खान दिन्थ्यो, कस्तो खान मन लाग्यो हौ मलाई!’ (पृ. 16)
सन्तेको मासु र चिउरा खाने इच्छा पूरा गर्न असमर्थ भएको लाचार बाबु धनेको मुटु कटकटी दुखेको हुन्छ भने छोरी भगवतीको उक्त भनाइ सुनेर आमा नरमायाको मुटु रक्ताम्मे भएको महसुस गर्छिन् कथाकार स्वयं पनि। र यिनी भन्छिन् – “लगत्तै घर फर्केर मागेर भए पनि एक मुठी मसिनो चामलको भातसँग मखन मोलेर खुवाएर ल्याउन मन लाग्यो नरमायालाई।’ तत्क्षण नरमाया छोरीलाई मखन मोलेको भात खुवाउन असमर्थ छे। किनभने यसो गर्नाको निम्ति आमासित प्रशस्तै पैसा हुनुपयो जसले छोरीको इच्छा पूरा गर्न सकियोस्। ऊ स्वयं अभावपूर्ण हालतसित जुझिरहेकी छे। यद्यपि यी पात्रहरूमा गरिबी र दुःखले जीवनप्रति नकारात्मक सोच ल्याएको छैन। बरू यी बाबाआमा छोराछोरीलाई उज्यालो भविष्य दिने सपना देख्छन्।
मानवीय सम्बन्धलाई प्राथमिकता दिएर लेखिएका कथाहरू छन् – “जन्मदिन’, “हेपी एनिभरसरी’, “अपरम्पार’, “नीडहारा’ आदि। असम गुवाहाटीलाई मूल पृष्ठभूमिमा राखी सिर्जिएका धेरजसो कथाहरूमा कथा लेखिका गीता उपाध्यायले आञ्चलिक भाषिक विशेषतालाई प्रमुख ध्यानमा राखेकी छन्। जस्तै, तामुल, घोट्टा, तन्ना, खाट, गुहाली, बान्धवी, आम, नास्ताको डिब्बा, नाकस, नौतुन, राय, पोत्नु, झाडुपोछा, झुल्ना, कपडा, गोलभेंडा, किस्सा, ताल्चा, तलासी, बदलाउ, ढुनमुनिन्, टन्डमन्ड, हुलचुल, पाउनापासा, भरिभण्डा आदि। यसअतिरिक्त यिनका पात्र आफ्ना स्तरअनुरूप शब्द प्रयोग गर्छन्। यिनका पात्रहरू कथ्य भाषाको प्रयोग स्वाभाविक ढङ्गले गर्छन्। केही उदाहरण टिपौं – मैना (महिना), चाह (चिया), पिलसिङ (पेन्सन), बैनी (बहिनी), भैमा (भुँइमा), मिनेट (मिनट), उनेरकै (उनीहरूकै), हुइन नि (होइन नी), नभा (नभए) इत्यादि।
कथामा आगन्तुक शब्दको प्रयोग आवश्यकताअनुसार गरिएको पाइन्छ – प्रोजेक्ट, पिज्जा, सुइमिङ, पेष्ट, मल्टिनेशनल, टोटली इनोसेन्ट, स्ट्रीट लाइट, फ्लाइओभर, Surrogate Mother, केरासिन स्टोभ, फरमेल ड्रेस, प्रोभिडेन्ट फण्ड इत्यादि। कथाकारले कथाशीर्षक पनि अङ्ग्रेजीमा राखेकी छन् – “हेपी एनिभरसरी’ अनि “सन्जीवनी एपार्टमेन्ट’।
नेपाली कथासाहित्य लेखन परम्परामा कथास्रष्टा सुश्री गीता उपाध्यायद्वारा प्रयुक्त भाषा शैली अति मीठो, सरल र सुन्दर छ। विषय प्रस्तुतिकरण यिनी निजी ढङ्गमा गर्छिन। “सन्जीवनी एपार्टमेन्ट’ कथाभित्र चारवटा उपकथाहरू एकै समयमा घटित छन्। अति रोचक प्रकारले सुरू गरिएको ठक् ठक् ठक् आवाजले एउटै एपार्टमेन्टभित्रका तीनवटा फ्लाटमा बसोबास गर्ने तीनवटा बेग्लाबेग्लै परिवारका कथालाई एकैसाथ पाठकसमक्ष प्रस्तुत गरेको छ। ठक् ठक् ठक् आवाज गर्ने चौकीदार स्वयंको व्यक्तिगत व्यथा अनि उसको परिवारसम्बन्धित कथा पनि यस एपार्टमेन्टसित जोडिएको कुरा कथाकारले खुबै नौलो तरिकाले प्रस्तुत गरेकी छन्। र यही कुरा ठक् ठक् ठक् आवाजले रातको अऩ्धकारलाई विदा दिएर दिनको उज्यालोको स्वागत पनि गरेको छ।
समग्रमा कथाञ्जलीभित्रका कथागुच्छाले भारतीय नेपाली साहित्यमा खुबै सुन्दर, कलात्मक, सुगन्धमय, झरिलो, हरियाली, बघैंचा निर्माण गरेको छ। यी प्रत्येक कथा नै आजका मान्छेले बाँचेका कथा हुन्। चरित्र चित्रणमा कृत्रिमता छैन्, पात्रको लुगाफाटा लगाइ, हिंडाइ, बसाइ, बोलाइले उसको चरित्रलाई छर्लङ्ग देखाएको छ। जस्तै, परेश दाइको चित्रण यसरी गरिएको छ – निधारदेखि कानसम्म तालु चिल्लो छ। अघिल्तिरका दाँत पानको दागले राता भएका छन्। मगमग बास्ना आउने जर्दा पान उनका मुखमा सधैं हुन्छ। खुकुलो खागी रङ्गको प्यान्ट र माटो रङ्गको स्पोर्टिङ लाएका छन्। पैला देख्दा घिन लाग्छ।
कथा बुनोटमा कथाकारको अनुभवी कलमले यथेष्ट सौन्दर्य ल्याएको छ। यिनको लेखनको परिपक्वता हरेक कथामा पाइन्छ। आफू बाँचेको समाज र परिवेश विशेषबाट टिपेका पात्रहरू बढी स्वाभाविक ढङ्गमा चित्रित छन्।
नारी कथाकारका रूपमा गीता उपाध्याय आफ्ना मौलिक रचनाहरू लिएर साहित्यमा ढिलो गरी प्रवेश गरेकी भए तापनि यिनको पहिलो कथाकृति कथाञ्जली नेपाली कथा भण्डारमा अमूल्य रत्न भएर परेको छ। बहुप्रतिभाकी धनी यिनी कथा लेखन परम्परामा एकजना बेजोड तथा अतुलनीय समकालीन कथाकारका रूपमा देखिन्छिन्।
◙ ◙
नेपाली विभाग, सिक्किम विश्वविद्यालय
सिक्किम
(हाम्रोध्वनिबाट साभार – सम्पादक)
अनुक्रमणिका
- गीता उपाध्याय : एक छोटो कैरन
- गरिमायुक्त व्यक्तित्व गीता उपाध्याय
- गीता उपाध्याय : व्यक्तित्व र कृतित्व
- सुश्री गीता उपाध्यायको व्यक्तित्व र कृतित्वको संक्षिप्त रूपरेखा
- गीता उपाध्यायको जीवन र कर्म : एक विहंगम दृष्टि
- एन फ्रेन्कको डायरीबारे
- गीता उपाध्याय र एन फ्रेङ्कको डायरी
- अनुवाद साहित्यको क्षेत्रमा गीता उपाध्यायको योगदान
- केही भन्नु पर्दा
- गीता उपाध्यायको नियात्राकारिता
- ब्रह्मपुत्रको किनारदेखि अलकानन्दाको तीरैतीर
- “…. हामी भर्खर तीर्थका ढोकामा आइपुगेका छौं …’
- ‘कथाञ्जली’-को भावभूमि
- गीता उपाध्यायकृत कथाञ्जली : एक अध्ययन
- विविध व्यक्तित्वका आलोकमा कथाकार गीता उपाध्याय
- कथाञ्जली – एक अवलोकन
- गीता उपाध्याय दिदीको ‘कथाञ्जली’ सरसर्ती पढ्दा
- ‘सुबासित बताह’ गीता उपाध्यायका कथाहरूको पर्यालोचना
- बाल साहित्यमा गीता उपाध्याय
- विश्वप्रसिद्ध किशोरी एन फ्रांकको कथा
- जन्मभूमि मेरो स्वदेश : परिक्रमा र मन्थन
- एक स्रष्टाका वाणीमा ध्वनित लाखौंको ढुकढुकी : जन्मभूमि मेरो स्वदेश
- उपन्यास जन्मभूमि मेरो स्वदेश – इतिहासपरक सामान्य पठन
- गीता उपाध्यायसँग बिताएका बाल्यकालका केही समय
- शैशवदेखि परिचित गीता दिदी : आफ्नो सम्झनाको सेरोफेरो
- गीता उपाध्याय
- भारतेली नेपाली साहित्यकी ध्रुवतारा प्रा. गीता उपाध्यायको सम्झनामा केही हरफहरू
- गीता उपाध्याय : मेरी घनिष्ठ मित्र
- आत्मप्रकाशले उज्यालिएको जीवन र सृष्टि
- प्रा. गीता उपाध्याय – एक विरल साहित्य सेविका
- साहित्यको फुलबारीमा समन्वयको फूल फुलाउने गीता उपाध्याय
- असमीया साहित्यमा गीता उपाध्यायको योगदान
- शिशु साहित्य लेखिका गीता उपाध्याय
- साहित्य समाजको वर्गीय प्रतिबिम्ब हो
- नेपाली साहित्य परिषद् असमकी विदाई अध्यक्षा सुश्री गीता उपाध्यायसित केही अन्तरङ्ग पलहरू
- अतीतलाई फर्केर हेर्दा
- केही अनुभूतिहरू
विविध व्यक्तित्वका आलोकमा कथाकार गीता उपाध्याय
लीला लुइटेल
1. परिचय
गीता उपाध्यायको जन्म असमको शोणितपुर भन्ने ठाउँमा सन् 1939 फेब्रुअरी 14 का दिन भएको हो। राजनीतिशास्त्रमा एम.ए. अध्ययन पुरा गरी शिवसागर कलेजमा राजनीतिशास्त्र प्रवक्ताका रूपमा प्रवेश गरेकी उपाध्याय यसै कलेजमा विभागाध्यक्षसमेतको कार्यभार पुरा गरी हाल सेवा निवृत्त भएकी छन्। नेपाली साहित्य परिषद्, असमीया लेखिका संस्था एवं भारतीय गोर्खा परिसङ्घको राज्यिक शाखाको अध्यक्षसमेत रहेकी यिनी असम साहित्य सभाको सदस्य तथा असमीया भाषाको प्रगतिशील महिला पत्रिका जोनाकी बाटको आजीवन सदस्यका रूपमा विभिन्न साहित्यिक संस्थामा आफ्नो सक्रियता देखाइरहेकी छन्। साहित्यिक सङ्घसंस्थाका अतिरिक्त सर्वभारतीय राजनीति विज्ञान संस्था एवं सर्वभारतीय निरक्षरता उन्मूलन समितिको आजीवन सदस्य, सेवा साधना संस्थाको अध्यक्ष, हरिहर धाम उन्नयन समिति, तेजपुरको संरक्षकजस्ता पदमा रहेर विभिन्न गैरसाहित्यिक संस्थामा पनि कार्य गरिसकेकी यिनी कुशल सङ्गठकका रूपमा परिचित छन्।
नेपाली, हिन्दी, असमीया, बङ्गाली, अङ्ग्रेजी आदि विविध भाषा पढ्न, बोल्न र लेख्न सक्षम गीता उपाध्यायको कलम नेपाली र असमीया दुवै भाषामा समान रूपले चलेको पाइन्छ। लामो समयदेखि सिर्जना, अनुवाद, सम्पादन आदिका माध्यमबाट नेपाली एवं असमीया भाषासाहित्यको सेवा गरेबापत यिनी पद्मप्रसाद ढुङ्गाना साहित्य पुरस्कार, पारिजात स्मृति साहित्य पुरस्कार, मितेरी सम्मान, फूलचन्द्र खण्डेलवाल संहति पुरस्कार, डा. नीलिमा दत्त स्मृति अनुवाद पुरस्कार, महाकवि देवकोटा शताब्दी सम्मान, लालमान सञ्चरानी स्मृति साहित्यिक पुरस्कारजस्ता नेपाल तथा भारतबाट प्रदान गरिने विभिन्न पुरस्कार एवं सम्मानबाट पुरस्कृत एवं सम्मानित भएकी छन्। यिनलाई असम सरकारले साहित्यिक पेन्सन पनि प्रदान गरेको छ। यसका अतिरिक्त यिनी सिक्किम अकादमीको सम्मानीय सदस्यका रूपमा मनोनीत भएको पनि जानकारी पाइन्छ।
2. विषयप्रवेश : साहित्यकार गीता उपाध्यायको व्यक्तित्व :
साहित्यकार गीता उपाध्याय सिर्जन, अनुवाद एवं सम्पादनका माध्यमबाट साहित्यका क्षेत्रमा निरन्तर रूपमा सक्रिय व्यक्तित्व हुन्। यिनको लेखकीय व्यक्तित्वका विविध पाटालाई केलाउँदै तिनको विश्लेषण गर्नु यस लेखको अभीष्ट रहेको छ।
2.1 कथाकार व्यक्तित्व :
निकै अगिदेखि नै विविध क्रियाकलापका माध्यमबाट साहित्य साधनामा लागिरहेकी भए पनि नेपाली भाषामा गीता उपाध्यायको कथा लेखनको प्रारम्भ पछि आएर मात्र हो। 2003 को हाम्रोध्वनिमा प्रकाशित ‘जन्मदिन’ शीर्षक कथाका माध्यमबाट नेपाली कथाका क्षेत्रमा प्रवेश गरेकी गीता उपाध्यायको कथाञ्जली (2008) नामक कथा सङ्ग्रह प्रकाशित छ। यिनले असमीया भाषामा पनि कथा लेखेकी छन्। असमीया भाषामा यिनको सुवासित बताह (2005) शीर्षक एकल कथा सङ्ग्रह प्रकाशित छ भने असमीया कथाकार शेवाली बरुवासित मिलेर लेखिएको एकाँजली गल्प संभार (2009) नामक संयुक्त कथा सङ्ग्रह पनि प्रकाशित छ। नेपाली भाषामा लिखित यिनका कथाको विभिन्न कोणबाट तल चर्चा गरिनेछ।
2.2 उपन्यासकार व्यक्तित्व :
गीता उपाध्यायको ‘आमा म फास्ट भएँ’ शीर्षक बाल उपन्यास प्रकाशित छ। प्रकाशन मिति उल्लेख नभएको प्रस्तुत उपन्यास 6 परिच्छेद र 45 पृष्ठको लघु आयाममा संरचित छ। पोषणसम्बन्धी उचित ज्ञानको अभावमा बालबालिकाको स्वास्थ्यमा हुनसक्ने असरलाई प्रस्तुत गर्दै सहज एवं सरल ढङ्गमा उपलब्ध हुनसक्ने सामग्रीबाटै उचित पोषण पूर्ति गर्न सकिन्छ भन्ने विषयलाई यस उपन्यासमा प्रस्तुत गरिएको छ। अनुकूल सहभागी प्रयुक्त यस उपन्यासमा असमेली परिवेश चित्रित छ। सुरुमा दुखद वातावरणको प्रस्तुति पाइए पनि यस उपन्यासको अन्त्यचाहिं अत्यन्त सुखद वातावरणमा भएको छ। सन्तुलित भोजनका विषयमा अभिभावक एवं बालबालिकालाई जानकारी गराउने उद्देश्यद्वारा अभिप्रेरित यो उपन्यास प्रथम पुरुष दृष्टि बिन्दुमा संरचित छ। सरल एवं सहज भाषा प्रयुक्त यस उपन्यासमा असमेली कथ्य भाषाको प्रभाव रहेको छ। उपन्यासकार स्वयंले असमीया भाषामा अनुवाद गरी मा मइ फस्ट हलों (1997) शीर्षकमा प्रकाशित गर्नाले पनि प्रस्तुत उपन्यास लोकप्रिय रहेको सङ्केत पाइन्छ।
जन्मभूमि मेरो स्वदेश (2013) शीर्षक गीता उपाध्यायको अर्को औपन्यासिक कृति हो। 210 पृष्ठमा संरचित प्रस्तुत कृतिलाई जीवनी र ऐतिहासिक उपन्यासको मिलनबिन्दुका रूपमा लिनसकिन्छ। असमेली नेपाली जनजीवनले अत्यन्त श्रद्धाका साथ नाम लिने स्वतन्त्रता सङ्ग्रामी छविलाल उपाध्यायको जीवनीमा आधारित प्रस्तुत कृतिमा छविलाल उपाध्यायको जीवनीका महत्वपूर्ण घटना र सन्दर्भ एवं स्वराज आन्दोलनमा छविलालले पुऱ्याएको योगदानका विविध पक्षलाई तथ्यमा आधारित भई यथार्थमूलक ढङ्गले प्रकाश पारिएको छ। यति हुँदाहुँदै पनि उपन्यासकारले कतैकतै कल्पनाको पनि सहारा लिएको अनुमान गर्न सकिन्छ। जातीय विभूतिप्रति आस्था प्रकट गर्दै आफ्नो देश, आफ्नो भाषा एवं जातीय उन्नतिका सन्दर्भ उल्लेख गरी आउने पुस्तालाई यसतर्फ उन्मुख गराउनु प्रस्तुत कृतिको उद्देश्य रहेको छ। जातीय एवं ऐतिहासिक व्यक्तित्वको जीवनीलाई औपन्यासिक संरचनामा ढालेर प्रस्तुत गरिएको यस कृतिमा प्रयुक्त भाषा सरल एवं सहज हुनुका साथ असमेली कथ्य नेपाली भाषाको प्रभाव यत्रतत्र भेटिन्छ।
गीता उपाध्यायले अन्य चारजना असमेली उपन्यासकारसँगको सहकार्यमा असमीया भाषामा सिलार दरे उरे मन (2013) नामक उपन्यास रचना गरेको जानकारी पनि पाइन्छ।
2.3 निबन्धकार व्यक्तित्व :
गीता उपाध्यायलाई निबन्धकारका रूपमा परिचय गराउने दुई कृति प्रकाशित छन्। स्वदेश तथा विदेशको यात्रा विवरणमा आधारित यिनको नियात्रा सङ्ग्रह मन्दाकिनी र अलकानन्दाको तीरैतीर केदार बद्रीसम्ममा छ वटा शीर्षकका यात्रा विवरण छन्। तीमध्ये ‘मन्दाकिनी र अलकनन्दाको तीरैतीर केदार बद्रीसम्म’ शीर्षक रचना निकै लामो भएकाले यसलाई प्रसङ्गअनुरूप 11 उपभागमा विभाजित गरिएको छ। असम क्षेत्र, भारतको उत्तराञ्चलमा पर्ने विभिन्न तीर्थस्थलको भ्रमणका साथै छिमेकी देश नेपाल तथा युरोपको एउटा शक्तिशाली देश बेलायत यात्राको विवरण यिनका निबन्धमा समेटिएका छन्। प्रायः सबै रचनाहरूमा शीर्षकबाटै कृतिमा वर्णित ठाउँहरूको जानकारी पाइने यस कृतिमा पुगेका ठाउँको भौगोलिक, प्राकृतिक एवं सांस्कृतिक पक्षको वर्णन उचित ढङ्गमा गरिएको छ। भ्रमण गरिएका ठाउँको वर्णन गर्दै जाँदा विभिन्न सन्दर्भ जोडेर सामाजिक विसङ्गति र विकृतिको उल्लेख गर्दै तिनप्रति व्यङ्ग्य गर्ने प्रवृत्ति यिनका नियात्रामा पाइन्छ। यिनका अधिकांश नियात्राहरू विभिन्न तीर्थस्थलको यात्रा आधारित भएकाले तिनमा अलौकिक ई·ारीय शक्तिप्रति आस्था पनि प्रकट गरिएको छ। यिनका नियात्रामा धार्मिक तीर्थस्थल मात्र नभई साहित्यिक तीर्थस्थलको पनि वर्णन गरिएको छ। नेपाली जातीय एकताका प्रतीक आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँ तथा विश्वविख्यात नाटककार शेक्सपियरको जन्मस्थल स्टाफोर्डअपन इभनलाई साहित्यिक तीर्थ भएको धारणाको अभिव्यक्तिका साथ ती स्थानमा पुग्दाको अनुभूतिलाई भावुक ढङ्गले यिनका नियात्रामा प्रस्तुत गरिएको छ।
आफू पुगेका ठाउँको भौगलिक सांस्कृतिक आदि पक्षको वर्णन गरिएको गीता उपाध्यायका नियात्रागत रचनामा उक्त ठाउँको ऐतिहासिक जानकारीका साथ त्यससँग सम्बन्धित आफूले सुनेका विभिन्न प्रकारका किंवदन्ती एवं कथाहरूको पनि प्रयोग पनि यिनका निबन्धमा पाइन्छ। यसका साथै आफूद्वारा अर्जित पूर्व ज्ञानको उपयोग गर्ने लेखकको प्रयास प्रशंसनीय छ। यसप्रकारका इतिहास तथा सूचनामूलक तथ्यको प्रस्तुतिले पाठकलाई जानकारी प्रदान गर्नका साथै यस्ता सन्दर्भले नियात्रालाई पठनीय, रोचक एवं प्रभावकारी बनाएका छन्। सरल एवं सहज भाषामा लेखिएका गीता उपाध्यायका नियात्रामा तत्सम शब्दको आधिक्यका साथै असम क्षेत्रमा बोलिने कथ्य नेपालीको प्रभाव भेटिन्छ। यसका साथै यिनका निबन्धमा पाइने वर्णनात्मक एवं विवरणात्मक शैली प्रयुक्त यिनका यात्रानिबन्धमा सन्दर्भ र प्रसङ्गअनुरूप उखानटुक्काको पनि प्रयोग पाइन्छ।
निबन्धकार गीता उपाध्यायको अर्को निबन्धात्मक कृति महापुरूष शङ्करदेव जीवन र कर्म (2003) प्रकाशित छ। असमीया साहित्य, सङ्गीत, नृत्य, चित्रकलालगायत वैष्णव धर्मको प्रचारजस्ता विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुऱ्याउने एवं असमीया साहित्यमा युगकै निर्माण गर्ने पन्ध्रौं शताब्दीका बहुमुखी प्रतिभाका रूपमा परिचित शङ्करदेवका जीवनीका विविध पाटालाई अनुसन्धानमूलक ढङ्गले प्रस्तुत गरिएको छ। शङ्करदेवद्वारा रचित विभिन्न साहित्यिक कृतिको उल्लेख गर्दै उनका प्रतिनिधि रचनाको विश्लेषण गरिएको यस कृतिमा गीता उपाध्यायको समालोचकीय व्यक्तित्व पनि प्रस्टिएको छ।
2.4 सम्पादक व्यक्तित्व :
नेपाली साहित्यका विविध विधामा कलम चलाउने गीता उपाध्याय सम्पादकका रूपमा पनि परिचित छन्। यिनीद्वारा सम्पादित असमीया नारी कविका निर्वाचित कविता(2002) नामक कृति प्रकाशित छ। यसमा विभिन्न समयमा असमीया भाषामा कलम चलाउने सत्तरीजना महिलाहरूका कविता नेपाली भाषामा डा. शान्ति थापाद्वारा पैंतीसवटा, मुन्नी सापकोटाद्वारा तीसवटा र पाँचवटा चम्पा उपाध्यायद्वारा अनुदित कविताहरूलाई कालक्रमिक रूपमा समाविष्ट गरिएको छ। यिनले चिन्ता चयनिका(1992) नामक कृतिका माध्यमबाट असमीया भाषाका निबन्धहरूको पनि सम्पादन गरेकी छन्। आफ्ना पिता टङ्कनाथ उपाध्यायका छरिएर रहेका रचनाहरूलाई सङ्कलन गरी बलिदान, पुड्के हवलदार र विलियम शेक्सपियरको राजा तृतीय रिचर्ड नामक कृति यिनको सम्पादनमा प्रकाशित भएको जानकारी पाइन्छ।
2.5 अनुवादक व्यक्तित्व :
गीता उपाध्यायले 1972 मा विश्वचर्चित एन फ्रान्कको डायरी र सन् 1987 नेपालीका जातीय उन्नायक एवं भाषिक एवं सांस्कृतिक एकताका उन्नायक एवं शीर्षस्थ कवि भानुभक्तको रामायणलाई नेपालीबाट असमीया भाषामा अनुवाद गरेकी छन्। यिनले नेपालीबाट असमीया भाषामा अनुवाद गरेको नेपालीका महाकवि लक्ष्मीप्रसाद देवकोटाको अत्यन्त लोकप्रिय काव्यकृति मुनामदन पनि 2000 मा प्रकाशित छ। कविताबाहेक यिनले भरत जङ्गमको कालो सूर्य शीर्षक उपन्यासलाई कला सूरूज शीर्षक दिई असमीया भाषामा अनुवाद गरेको पाइन्छ। नेपाली लोककथाहरू असमीया भाषामा अनुवाद गरिएको यिनको नेपाल देशर लोक साधु नामक कृति पनि प्रकाशित छ। यिनले ज्योतिप्रसाद आगरवालाको कारेङर लिगिरी शीर्षक नाटकलाई दरबारकी सुसारे शीर्षकमा असमीयाबाट नेपालीमा अनुवाद गरेको पाइन्छ। यो नाटक 2008 मा प्रकाशित भएको देखिन्छ। यसैगरी असमीया उपन्यासकार निरूपमा बरगोहाइँको उपन्यासको अनुवाद अभियात्री (2010) नामक कृति पनि प्रकाशित छ। यिनले धनबहादुर सोनारको जीवनीलाई निज अभिव्यक्तिर दापोनत कर्मवीर धनबहादुर सोनार (2008) नाम दिई नेपालीबाट असमीयामा अनुवाद गरेकी छन्। यसरी अनुवाद कार्यका माध्यमबाट नेपाली र असमीया भाषामा लोकप्रिय रहेका विभिन्न कृतिलाई एक अर्का भाषीबीच परिचित गराउनु यिनको उल्लेखनीय वैशिष्ट¬ हो। यिनको यस प्रकारका कार्यले यिनलाई नेपाली र असमीया भाषीबीच सेतुको रूपमा स्थापित गरेको छ। यी दुई भाषाबाहेक यिनले अङ्ग्रेजीबाट पनि असमीया एवं नेपालीमा विभिन्न कृतिको अनुवाद गरेको जानकारी पाइन्छ। यसैगरी यिनले भूमिपुत्र (2008, अङ्ग्रेजीबाट असमीया) नामक कृतिको पनि अनुवाद गरेको देखिन्छ।
एक भाषाबाट अर्को भाषामा विभिन्न कृतिको अनुवाद गर्दा यिनले मूल कृतिको मर्मलाई पहिल्याएर सरल ढङ्गमा प्रस्तुत गरेको पाइन्छ। यसरी अनुवाद गर्दा लक्षित भाषामा नभएका सांस्कृतिक सन्दर्भ तथा शब्दलाई मूलको यथावतै राखी पादटिप्पणीका रूपमा यस्ता शब्द तथा सांस्कृतिक सन्दर्भलाई अथ्र्याइएको छ। यसरी मूल भाषाका शब्दलाई यथावत रूपमा प्रस्तुत गर्दै लक्षित भाषाका पाठकलाई सुगम तरिकाले बुझाउने प्रयास गर्नु यिनको अनुवाद कलामा पाइने वैशिष्ट¬ हो।
3. विषयविस्तार : गीता उपाध्यायको कथाशिल्प :
17 वटा कथा सङ्कलित गीता उपाध्यायको कथाञ्जली नामक कथा सङ्ग्रह अनुराग प्रकाशन, गुवाहाटीद्वारा सन् 2008 मा प्रकाशित कथाहरूको सँगालो हो। यिनको यसै कथा सङ्ग्रहमा समाविष्ट कथाहरूको अध्ययन गरी विविध कोणबाट गीता उपाध्यायका कथात्मक प्रवृत्ति केलाउनु प्रस्तुत लेखको अभीष्ट रहेको छ। यिनका कथामा तत्सम शब्दका साथै असमीया शब्दको प्रयोग पर्याप्त मात्रामा भएको छ। सरल भाषिक विन्यासमा संरचित यिनका कथामा प्रयुक्त वाक्य गठनमा असमेली नेपाली भाषिकाको प्रभाव रहेको देखिन्छ।
3.1 शीर्षक र संरचना :
गीता उपाध्यायको प्रस्तुत कथा सङ्ग्रहको शीर्षक कथाञ्जली रहेको छ। यसमा समाविष्ट कथाका शीर्षक विषयवस्तु भाव, पात्रनाम आदि आधारमा चयन गरिएको छ। प्रायः छोटा खालका शीर्षक रहेका यिनका कतिपय कथाका शीर्षक तत्सम शब्द प्रयुक्त छन् भने केही कथाका शीर्षकमा अङ्ग्रेजीका शब्द एवं पदावली पनि प्रयुक्त छन्। यिनका सबै कथाहरू शीर्षकबाट कथ्यको सहजै अनुमान गर्न नसकिने खालका छन्। यिनका कथाको शीर्षकीकरण असहज र अस्वाभाविक नभएर सहज र स्वाभाविक रहेको देखिन्छ। प्रायः कथाका शीर्षकहरू अभिधात्मक देखिने यस सङ्ग्रहमा समाविष्ट कथाका शीर्षक अभिधात्मक-प्रतीकात्मक जेजस्ता भए पनि अधिकांश कथाका शीर्षक कथ्यअनुरूप सामञ्जस्यमूलक छन्।
गीता उपाध्यायका कथाञ्जली नामक कथा सङ्ग्रहमा समाविष्ट कथाहरू प्रायः सबै कथाहरू सरदर मझौला आयाममै संरचित छन्। यिनका कथाको सङ्गठनात्मक व्यवस्थापन प्रचलित परिपाटीबद्ध ढाँचाको देखिन्छ र सबैजसो कथाहरूमा आदि, मध्य र अन्त्यको क्रमिक विन्यास पाइन्छ। प्रायः वर्णनात्मक ढङ्गबाट कथाको प्रारम्भ गरी लगभग उही तरिकाले कथानकको विस्तार गर्दै समापनको बिन्दुमा पुऱ्याउने परिपाटी यिनको यस सङ्ग्रहका कथामा देखिन्छ। यिनले अधिकांशतः वर्णनात्मक पद्धतिबाट कथाको सुरुतिरै प्रमुख सहभागी, घटना, कार्यव्यापार आदिको परिचय दिंदै मूल कथ्य वा सम्भावित समस्या प्रस्तावित गर्ने र मध्य भागमा त्यसको व्यापक विस्तार गरी अनेक सङव्र्टावस्थाहरू पार गराउँदै प्रायः विषम ढङश्र्ले कथालाई अन्त्य गर्ने तरिका अपनाएकी छन्। यसर्थ प्रचलित परिपाटीबद्ध ढाँचामा कृति र वस्तु दुवैको क्रमिक सङ्गठनात्मक व्यवस्थापन गरी कथा सिर्जना गर्नु कथाकार गीताको शीर्षक एवं संरचनागत विशेषता हो।
3.2 विषयवस्तु :
विषयवस्तुलाई कथ्य वा वस्तु पनि भनिन्छ। वस्तु कथा संरचना निर्माणको लागि अनिवार्य घटक हो। गीता उपाध्यायका कथामा प्रयुक्त वस्तुको सङ्क्षिप्त विवरण यस प्रकार रहेको छ :
जन्मदिन – रोजीरोटीको खोजीका सिलसिलामा सन्तान लाखापाखा लागेपछि आमाबाबुको एकाङ्गी वृद्धावस्थाको संवेदनशील प्रस्तुति। परम्परागत परिवारिक संरचना क्रमशः विघटित हुँदै गएको युगीन यथार्थको चित्रण।
आमाको मुटु – अभावको पीडामा पिल्सिन बाध्य मातृत्वको संवेदनशीलता एवं बालसुलभ क्रियाकलापको प्रस्तुति।
धैर्यको सीमानामा – गरिबी एवं अभावबाट उत्पन्न मानसिक समस्याको चित्रण।
आँखा टाइटानिक भए – विश्वप्रसिद्ध पानीजहाज टाइटानिकसँग मानव जीवनको तुलना गरी जीवनसम्बन्धी दृष्टिकोणको प्रस्तुति।
धोको – अभाव र गरिबीको पराकाष्ठामा पिल्सिएको नेपाली सांस्कृतिक संस्कारको चित्रण
मातृत्व – वाहिका मातृ अर्थात् सरोगेट मदरका स्वाभाविक क्रियाकलापले बीजक आमाका मनमा पारेको द्वन्द्वका साथै मान्छेको स्वार्थीपनको पराकाष्ठाको चित्रणका साथै ‘सरोगेट मदर’ र सन्तान जन्माउन चाहने आमाका बीचमा भएका आन्तरिक एवं बाह्र द्वन्द्वको प्रस्तुति।
अपराधबोध – अज्ञानतावश भएको आफ्नो भूलका कारण अन्य आरोपित हुनुपुग्दा मान्छेका मनमा हुने सकस एवं पीडाका साथै संसारलाई ढाँट्नसक्ने मान्छेले आफूलाई ढाँट्न नसक्ने यथार्थमूलक प्रस्तुति।
उपायान्तर – बढ्दो शिक्षित बेरोजगारी र स्वावलम्बनको खोजी। शिक्षितहरूले काम गर्नु हुँदैन, जागिर खानैपर्छ भन्ने परम्परागत सङ्कीर्ण सोचाइको खण्डन गर्न खोजिएको छ।
सन्जीवनी एपार्टमेन्ट – सहरिया जीवनप्रति वितृष्ण एवं ग्रामीणजीवनप्रति मोहको भाव।
हेपी एनिभरसरी – अनावश्यक शङ्काले शरीर एवं मन दुवैलाई पीडा हुने दृष्टिकोणको प्रस्तुति।
आँटिली योद्धा – घरपरिवारबाट पीडित नेपाली नारीका क्रियाकलापका साथै महिला सशक्तिकरणका लागि नारी स्वयं जागरुक हुनुपर्ने दृष्टिकोणको प्रस्तुति।
नीडहारा – पुरुषका अनेक रूपका साथै नेपाली समाजमा व्याप्त लैङ्गिक विभेदका अनेक रूपको चित्रण। पुरुषको स्वेच्छाचारी वृत्तिलाई देखाउँदै नारी अस्मिताको खोजीका साथ नारीवादी अवधारणालाई पनि प्रस्तुत गरिएको छ।
भुइँचालो पूर्वको भुइँचालो – विपरीत लिङगीप्रतिको आकर्षणको साथै दबाएर राखेका वासनामय वृत्तिहरूले मौका पाउनेबित्तिकै बाहिर निस्कन खोज्ने भावको प्रस्तुति। यौनच्छाको अभिव्यक्ति।
अपरम्पार – वृद्धावस्थामा पुगेको व्यक्तिका लागि सन्तानको उन्नति सुखद वा दुखद के हो छुट्टायाउन कठिन वर्तमान अवस्थाको प्रस्तुति।
यन्त्रणाको व्यापार – सामाजिक समस्याको रूपमा रहेको चेलीबेटी बेचबिखन तथा समाजमा रहेका मुखुन्डोधारीहरूको खुलासा।
मनदुर्निग्रहम – सामान्य व्यक्तिको क्रियाकलापको प्रस्तुति।
उद्गीरण – वर्तमानमा विकराल रूपमा रहेको बेरोजगारी समस्या तथा यसबाट उत्पन्न हुनसक्ने हिंसा, हत्या एवं आतङ्कको स्थितिलाई देखाउँदै यस खाले परिस्थितिबाट पीडित युवा मानसिकताको प्रस्तुति।
माथिको तथ्याङ्कलाई हेर्दा कथाकार गीता उपाध्याय विभिन्न स्थान, उमेर, वर्ग तथा अवस्थाका मानिसहरूले विषम तथा विसङ्गत परिस्थितिमा भोग्नु परेका विविध खाले समस्यालाई विषयवस्तु बनाएर कथा सिर्जना गर्ने कथाकार हुन्। यिनको यस सङ्ग्रहका कथामा पाइने प्रमुख सन्दर्भ मानवीय संवेदना हो। यिनले नारीका दुर्दशा, वेदना, छटपटी, उकुसमुकुस, नेपाली महिलाका पीडा, सन्तानप्रतिको मोह, सङ्कटमा परेको मातृत्व आदिलाई वस्तुको रूपमा यस सङ्ग्रहका कथामा समेटेकी छन्। यसका साथै यिनले यौनदुराचार, देहव्यापार, गरिबी, परिस्थितिजन्य विवशता, बाध्यता, आर्थिक दुरवस्था आदि अनेक सन्दर्भ र प्रसङ्लाई कथात्मक संरचनामा ढालेकी छन्। गीता उपाध्यायका यस सङ्ग्रहका कथामा प्रयुक्त विषयवस्तुलाई हेर्दा यिनले अधिकांशतः असमेली नेपाली जनजीवनका सुखदुख, तथा त्रासद एवं विसङ्गत परिस्थितिहरूलाई मार्मिक ढङ्गले प्रस्तुत गर्दै कथात्मक संरचना प्रदान गरेको देखिन्छ।
3.3 सहभागी
कथाका घटनाहरूलाई अगाडि बढाउने वा गति प्रदान गर्ने काम पात्र वा सहभागीहरूले गर्छन्। विनासहभागी कथाको निर्माण हुँदैन। पुरुषभन्दा नारी सहभागीको आधिक्य पाइने कथाञ्जलीमा समाविष्ट कथाहरूमा विभिन्न स्थान, वर्ग, उमेरका सहभागीको उपस्थिति रहेको छ। अधिकांशतः असमेली नेपाली जातीय सहभागीको प्रयोग पाइने गीता उपाध्यायका कतिपय कथामा असमीया जातिका सहभागीलाई पनि उपस्थित गराइएको छ। प्रायः अनुकूल सहभागीको प्रयोग पाइने यिनका कथामा प्रतिकूल सहभागीको उपस्थिति अत्यन्त न्युन रहेको छ। यिनका कतिपय कथामा प्रयुक्त प्रतिकूलजस्ता देखिने सहभागी पनि आफ्नो व्यक्तिगत स्वभावका कारणबाट नभई परिस्थितिका कारण प्रतिकूलजस्ता देखिए पनि ती यथार्थमा प्रतिकूल नभई अनुकूल प्रवृत्तिकै रहेका छन्। यिनका कथामा प्रयुक्त कतिपय सहभागीहरू सत्चरित्रका भए पनि विषय परिस्थितिका कारण असत्जस्ता देखिन्छन्। यिनले सत् र असत् चरित्रलाई परम्परागत दृष्टिले प्रस्तुत नगरी घटना र परिस्थितिका सापेक्षतामा प्रस्तुत गरेको पाइन्छ। यसरी समाजमा देखापर्ने विभिन्न वर्ग र उमेरका सहभागीलाई उभ्याएर तिनका माध्यमबाट कथ्यलाई अगि बढाई कथात्मक संरचना निर्माण गर्नु यिनको चरित्रगत वैशिष्ट्य हो।
3.4 परिवेश
परिवेशअन्तर्गत स्थान, समय र वातावरण पर्छन्। गीता उपाध्यायका कतिपय कथामा स्थानको उल्लेख पाइन्छ भने स्थानको उल्लेख स्पष्ट रूपमा नभएका कथामा पनि असमको मध्यम एवं निम्न वर्गीय सहरिया नेपाली परिवेश चित्रित छ। प्रायः सबै कथामा असमको सहरिया परिवेशको चित्रण पाइने हुनाले यिनका कथामा परिवेशगत विविधता त्यति देखिंदैन। यिनका कथामा समयको उल्लेख स्पष्ट रूपमा नभए पनि ती सबैमा वर्तमान समयकै चित्रण पाइन्छ। यिनका कतिपय कथामा प्राकृतिक एवं सांस्कृतिक परिवेश चित्रित छ। प्रकृति र मानवको तादात्म्यलाई देखाइएका यिनका कथामा ‘प्रकृतितर्फ फर्क’ भन्ने अवधारणाको प्रस्तुति पनि पाइन्छ। असमेली नेपाली सहरिया परिवेशमा लेखिएका भए पनि यिनका अधिकांश कथा सार्वकालिक एवं सार्वस्थानिक विशेषतायुक्त देखिन्छन्। यिनका कथामा सुखद एवं दुखद दुवै वातावरण चित्रित छ। यिनका कतिपय कथा सुखद वातावरणमा सुरू भएर दुखद वातावरणमा अन्त्य गरिएका छन् भने कतिपय कथाहरूको प्रारम्भ दुखद वातावरणमा भए पनि अन्त्यमा सुखद वातावरणको सङ्केतका साथ आशावादी दृष्टिकोणको प्रस्तुति पाइन्छ। यिनका अधिकांश कथामा समय र स्थानभन्दा वातावरण सशक्त ढङमा आएको छ र त्यो आन्तरिक बाह्र दुवै पक्षबाट सुखदभन्दा बढी दुखद र त्रासद रहेको छ। यिनका कथामा उल्लिखित परिवेश कृत्रिम र अस्वाभाविक नभई सहज र स्वाभाविक रहेको देखिन्छ। यसरी सुखद एवं दुखद मिश्रित वातावरणमा सार्वकालिक एवं सार्वस्थानिक गुणयुक्त कथाको सिर्जना गर्नु कथाकार गीता उपाध्यायको यस सङ्ग्रहमा सङव्र्लित कथाको परिवेशगत विशेषता रहेको पाइन्छ।
3.5 उद्देश्य
हरेक विधाका साहित्यिक कृतिको सिर्जना उद्देश्यमूलक ढङश्र्ले गरिने हुँदा साहित्य सिर्जनाका पछाडि प्रत्यक्ष वा परोक्ष रूपमा कुनै न कुनै उद्देश्य अन्तर्निहित हुन्छ। उद्देश्यविना कुनै पनि साहित्यिक कृतिको रचना हुँदैन। गीता उपाध्यायको कथाञ्जली कथा सङ्ग्रहमा समाविष्ट कथा सिर्जनाको मुख्य उद्देश्य ससाना घटनाका माध्यमबाट वर्तमान युगीन असमेली नेपाली जनजीवनका विविध पाटालाई देखाउँदै तिनले भोग्नु परेका विविध खाले बाह्र एवं आन्तरिक समस्याको प्रस्तुति रहेको पाइन्छ। यसरी विविध सन्दर्भ र प्रसङश्र्का माध्यमबाट ससाना समस्यामा अल्झिएको मानिसकतालाई सरल ढङश्र्ले प्रस्तुत गर्नु यिनको यस सङ्ग्रहका कथाको अभीष्ट रहेको देखिन्छ।
3.6 दृष्टिबिन्दु
कथाशिल्प विश्लेषणको एउटा महत्वपूर्ण घटक/तत्व दृष्टिबिन्दु पनि हो। कथाकार गीता उपाध्यायका यस सङ्ग्रहका अधिकांश कथाहरूमा तृतीयपुरुष दृष्टिबिन्दुको प्रयोग पाइन्छ भने ‘आँखा टाइटानिक भए’, ‘आँटिली योद्धा’ जस्ता कथा प्रथमपुरुष दृष्टिबिन्दुमा संरचित छन्। विभिन्न समस्यामा जेलिएका मानिसका बाह्र एवं आन्तरिक क्रियाकलापका चित्रण गर्ने प्रयासका कारण यिनका अधिकांश कथाहरू समस्यामूलक बन्न पुगेका छन्। यसरी अधिकांशतः तृतीयपुरुष दृष्टिबिन्दु र अंशतः प्रथमपुरुष दृष्टिबिन्दुको प्रयोगका साथ मूलतः सामाजिक तथा अंशतः मनोवैज्ञानिक यथार्थको प्रस्तुति गीता उपाध्यायको कथागत विशेषता रहेको देखिन्छ।
3.7 भाषाशैली
अभिव्यक्तिको माध्यम भाषा हो भने अभिव्यक्तिको तरिका शैली हो। भाषाशैलीय विन्यासका दृष्टिले गीता उपाध्यायका यस सङ्ग्रहका अधिकांश कथाहरू छोटाछोटा अजटिल संरचनामा आबद्ध छन्। घुमाउरो पाराको नभएर सोझो, सरल र अभिधात्मक भाषाको प्रयोगमा रुचि राख्ने गीता उपाध्यायका कथामा असमेली नेपाली भाषाको प्रयोग पाइन्छ। यिनले केही कथामा सहभागी र परिवेशअनुरूपको भाषिक प्रयोग गरेकी छन्। यिनको यस सङ्ग्रहमा सङ्गृहीत कथामा नेपालीबाहेक हिन्दी, अङ्ग्रेजीलगायत स्थानीय भाषाका शब्द, पदावली तथा वाक्यको प्रयोग पाइन्छ। यिनले प्रयोग गरेका अङ्ग्रेजी शब्दमा कथ्य असमेली भाषाको उच्चारणको प्रभाव पनि प्रचुर मात्रामा भेटिन्छ। ‘प्राइमेरी’, ‘टेम’ (टाइम), ‘केरासिन’, फरमेल’, ‘कन्ट्राक्ट’ आदिजस्ता शब्दलाई यसको उदाहरणका रूपमा लिन सकिन्छ। यिनको क्रियापदको प्रयोगमा पनि असमेली नेपालीको प्रभाव पाइन्छ। यसका अतिरिक्त यिनका कथामा तत्सम शब्दको प्रयोग पनि पाइन्छ। यिनका कथामा ‘हुलस्थुल’, ‘गडा’, ‘लजेनचुस’, ‘सपुर’, ‘नाकस’ जस्ता नेपाली शब्दकोशमा प्रविष्ट नभएका शब्दको प्रयोग पनि यथेष्ट रूपमा पाइन्छ। यिनको वाक्य गठनमा विविधखाले असङ्गतिहरू पनि देखा पर्छन्। यिनको लेखनको विकास विविध जातीय एवं भाषिक परिवेशमा भएकाले यस खाले शब्दको प्रयोग एवं असङ्गत परिस्थितिलाई अस्वाभाविक रूपमा नभएर स्वाभाविक रूपमा लिनुपर्छ। यिनका कथामा नेपाली तथा हिन्दी उखानहरूको पनि प्रयोग गरिएको छ। यिनले प्रयोग गरेका उखानहरू यस प्रकार रहेका छन् –
मर्नु भन्दा बौलाउनु निको।
घर घर में उज्याला है मेरे घर में अँधेरा
काला अक्षर भैंसी बराबर।
हलो जोत्यो खायो माम।
छोरीको जन्म हारेको कर्म
उखानबाहेक गीताले उक्तिको पनि प्रयोग गरेकी छन्। यिनले प्रयोग गरेका उक्तिको नुमना यस्ता छन्-
अभावले स्वभाव नष्ट गर्छ।
कसैलाई केही अपवाद लाउनुभन्दा पहिला धेरै सोच विचार गर्नु आवश्यक हुन्छ।
यस प्रकारका विविधतायुक्त भाषिक प्रयोगले गीताको यस सङ्ग्रहका कथालाई स्वाभाविक बनाउन महत्वपूर्ण भूमिका खेलेको छ। वर्णनात्मकता यिनको कथा लेखनको शैलीगत पहिचान हो। समग्रमा भन्दा सहभागी र परिवेशअनुरूप सहज र स्वाभाविक भाषिकविन्यासका साथ सरल भाषा र वर्णनात्मक शैलीको प्रयोग कथाकार गीता उपाध्यायको कथाञ्जली कथा सङ्ग्रहको भाषाशैलीय विशेषता हो।
4. उपसंहार
लामो समयदेखि मौलिक एवं अनुवादमूलक कृतिका माध्यमबाट नेपाली एवं असमीया साहित्यमा उल्लेखनीय योगदान पुऱ्याएकी गीता उपाध्यायले अङ्ग्रेजीलगायत असमीया भाषाबाट नेपालीमा र नेपालीबाट असमीया भाषामा विभिन्न कृतिहरूको अनुवाद गरी दुवै भाषामा एकअर्काको साहित्यलाई परिचित गराउने उल्लेखनीय कार्य गरेकी छन्। यिनले यी दुवै भाषामा मौलिक कथाकृति एवं उपन्यासको सिर्जनासमेत गरेकी छन्। छोटाछोटा अजटिल संरचनामा आबद्ध यिनका कथामा असमेली नेपाली जनजीवनलाई विषयवस्तु बनाइएको छ। मानव जीवनमा परिआउने अनेक समस्यालाई सहज ढङ्गमा लिई जीवनप्रति सकारात्मक दृष्टिकोण राखेर अगि बढ्नु पर्ने भाव यिनका कथामा अभिव्यञ्जित छ। असमको सहरिया परिवेशका साथै प्राकृतिक परिवेशको चित्रण पाइने यिनका कथामा तत्सम शब्दका साथै असमीया शब्दको प्रयोग सहज रूपमा गरिएको छ। समग्रमा भन्दा लामो समयदेखि अनुवाद एवं मौलिक कृतिका माध्यमबाट साहित्य सेवामा क्रियाशील रही नेपाली र असमीया दुवै साहित्यको विकासमा महत्वपूर्ण योगदान पुऱ्याउने गीता उपाध्यायले पछिल्लो समयमा कथाकारका रूपमा पनि आफ्नो पहिचान बनाएकी छन्।
कीर्तिपुर, काठमाडौं।
अनुक्रमणिका
- गीता उपाध्याय : एक छोटो कैरन
- गरिमायुक्त व्यक्तित्व गीता उपाध्याय
- गीता उपाध्याय : व्यक्तित्व र कृतित्व
- सुश्री गीता उपाध्यायको व्यक्तित्व र कृतित्वको संक्षिप्त रूपरेखा
- गीता उपाध्यायको जीवन र कर्म : एक विहंगम दृष्टि
- एन फ्रेन्कको डायरीबारे
- गीता उपाध्याय र एन फ्रेङ्कको डायरी
- अनुवाद साहित्यको क्षेत्रमा गीता उपाध्यायको योगदान
- केही भन्नु पर्दा
- गीता उपाध्यायको नियात्राकारिता
- ब्रह्मपुत्रको किनारदेखि अलकानन्दाको तीरैतीर
- “…. हामी भर्खर तीर्थका ढोकामा आइपुगेका छौं …’
- ‘कथाञ्जली’-को भावभूमि
- गीता उपाध्यायकृत कथाञ्जली : एक अध्ययन
- विविध व्यक्तित्वका आलोकमा कथाकार गीता उपाध्याय
- कथाञ्जली – एक अवलोकन
- गीता उपाध्याय दिदीको ‘कथाञ्जली’ सरसर्ती पढ्दा
- ‘सुबासित बताह’ गीता उपाध्यायका कथाहरूको पर्यालोचना
- बाल साहित्यमा गीता उपाध्याय
- विश्वप्रसिद्ध किशोरी एन फ्रांकको कथा
- जन्मभूमि मेरो स्वदेश : परिक्रमा र मन्थन
- एक स्रष्टाका वाणीमा ध्वनित लाखौंको ढुकढुकी : जन्मभूमि मेरो स्वदेश
- उपन्यास जन्मभूमि मेरो स्वदेश – इतिहासपरक सामान्य पठन
- गीता उपाध्यायसँग बिताएका बाल्यकालका केही समय
- शैशवदेखि परिचित गीता दिदी : आफ्नो सम्झनाको सेरोफेरो
- गीता उपाध्याय
- भारतेली नेपाली साहित्यकी ध्रुवतारा प्रा. गीता उपाध्यायको सम्झनामा केही हरफहरू
- गीता उपाध्याय : मेरी घनिष्ठ मित्र
- आत्मप्रकाशले उज्यालिएको जीवन र सृष्टि
- प्रा. गीता उपाध्याय – एक विरल साहित्य सेविका
- साहित्यको फुलबारीमा समन्वयको फूल फुलाउने गीता उपाध्याय
- असमीया साहित्यमा गीता उपाध्यायको योगदान
- शिशु साहित्य लेखिका गीता उपाध्याय
- साहित्य समाजको वर्गीय प्रतिबिम्ब हो
- नेपाली साहित्य परिषद् असमकी विदाई अध्यक्षा सुश्री गीता उपाध्यायसित केही अन्तरङ्ग पलहरू
- अतीतलाई फर्केर हेर्दा
- केही अनुभूतिहरू
कथाञ्जली – एक अवलोकन
दुर्गाप्रसाद घिमिरे
प्राध्यापिका गीता उपाध्यायको कथाञ्जली (सन 2008)मा प्रकाशित 17 ओटा संग्रहित कथाहरू वैचारिक भावनाले सृष्ट, भौतिक संस्कारबाट आत्मसात गरिएका स्वानुभूतिशील भावनाको एक सुन्दर चित्रण हो। कथाको आकार सानो हुनाले मनको झ्यालबाट सानो संसार चियाइन्छ। कथा भयो मानवीय प्रवृत्तिको सही विश्लेषण। कथाहरू वर्गीकरण गर्दा :-
(1) गरीबीको सेपमा ठिङ्गुरिएका कथाहरू आमाको मुटु, धैर्यको सीमानामा, यंत्रणाको व्यापार, धोको।
(2) प्रवासी शिक्षित छोरा – बुहारीको सान्निध्यबाट टाढा भएका आमा-बाबुहरूको पंक्तिमा भएका कथाहरू – जन्मदिन, सञ्जीवनी एपार्टमेण्ट, अपरम्पार
(3) बेरोजगारीका कथाहरू – उपायान्तर, उद्गीरण
(4) उत्पीडनमूलक कथाहरू – आँटिली योद्धा, नीडहारा
(5) छासमिसे कथाहरू – आँखा टाइटनिक भए, मातृत्व, हेपी एनिभरसरी, भुइँचालो पूर्वको भुइँचालो, मनदुर्निग्रहम, अपराध बोध र सञ्जीवनी एपार्टमेन्ट।
(1) गरीबीका सेपमा ठिङ्गुरिएका कथाहरू – आमाको मुटु कथामा विधवा जीवनमा खान लाउन धौ धौ परेर अर्काका घरमा चाकर भएर बस्ता छोरीको आबरू बँचाउन चिन्तामा परेकी नरमाया, गाउँले सरल जीवन निर्वाह गर्ने दुःखी परिवारकी छोरी कमलीलाई वेश्यालयसित संलग्न परेश दाइ भन्ने दलालले अक्काश पत्ताल देखाएर कमलीलाई नोकरीमा पनि लगाइदिने, बिहे पनि गर्दिने भनी वाक्जालमा फँसाएर वेश्यालयमा लगेर बेच्न लगेको दारूण कथा, रिक्सावाला भएर दुइ मूठी खाइरहेका बिर्खे र काञ्चनमायाका जीवनमा एक विध्वंसी घटना आइलाग्छ। काञ्चनमायाको जुलपी खान हुरूक्कै भएर लोग्नेलाई करकर गर्दा छेउको ओभर ब्राीज मुनीको जुलपी दोकानमा गएको बिर्खे बम विस्फोटले चोक्टा लाम्टा भएर छरिएर मर्छ। त्यसपछि दुःखको पराकाष्ठामा पुगेकी रमैया बूढीले काञ्चानमायालाई चुनी नाम दिएर आफ्नो आश्रयमा राख्छे। लोग्ने फर्किएर आउँछ भन्ने भ्रममा परेर भर्मनीया हुन्छे। त्यही बकेर रमैयाका आश्रयमा लथालिङ्गको जीवन बिताइरहिछ। धोको – कथामा हाजिरा गरेर जसै तसै जीवन चलाइरहेको सन्तेले दसैंमा उसको छोराको मासु खान्छु कि खान्छु भन्ने हठमा दसैं चलिरहेको बेला हाम्रो दसैं आएको छैन भनी बाबुले ढाँट्छ, छोरो मान्दैन। तीस रूपिया लिएर गाउँमा एक पौवा मासु किन्न गएको पनि गाउँमा एक पौवा मासु जोख्नै मान्दैनन् भन्दै खाली हात फर्केर आउँछ। दैव संयोग महाष्टमीका दिन कागजले छोपेर एक बटुको पक्कू घरमा ल्याइदिंदा दुवै लोग्ने स्वास्नीले विद्या दिदीलाई साक्षात ताड्नहारा भगवतीले घरमा प्रवेश गरेको अनुभव गर्छन्। यसरी नै सन्तेको मासु खाने धोको पुग्छ।
अर्को छिमलमा आउने कथाहरू प्रवासी भएर बस्ने शिक्षित छोरा-बुहारीबाट टाढा आमा-बाबुहरू एकाकीपन भोगी रहेको मर्म यथा- जन्मदिन कथामा एकाकीपनको बेरसिलो भावनालाई थुम्थुम्याउन यशोदाले ससुराका पालादेखिको तुलफूल र रूखपात नै एकाकीपनको सहारा पाएकी छ। रूखका कोइली चरा लोखर्केहरू नै उसका छोरा-छोरी हुन् र यिनैसँग एकाकार भएर बाँच्न चाहन्छे ऊ। अपरम्पार – कथामा छोरा-बुहारीबाट धेरै टाढा प्रह्लाद बरूवाको एक्लो जीवन संचालित छ। पत्नी वियोगले जीवन झन् भाराक्रान्त छ। गाउँको एउटा केटो घरको काम धन्धा गर्छु भन्दै आएकाले प्रह्लाद बरूवालाई बुढेस कालको लट्ठीजस्तो भएको छ। सञ्जीवनी एपार्टमेन्ट-का चार नम्बर घरका वासिन्दा जगन्नाथ कर्कट रोगको बिमारी। रोगको अथाह वेदना आफ्नै छातीमा गुमस्याएर अर्धाङ्गिनीबाट पनि गोप्य राखिबसेको छ। आफ्नो एकमात्र छोरो अष्ट्रेलियामा जागिरे छ। यहाँ पनि दुइ दम्पति एकाकीपनको चिप्ले ढुङ्गामा बास गरेका छन्। 1 नं घरकी वृद्धा बिचरीलाई आमा एक्ली भई भनेर छोराले शहरमा ल्याएर आफूसँग नराखेर एक्लै राख्छ। शहरमा छोरा-बुहारी बेग्लै बस्छन्। गाउँमा छँदा कति हाइढुक्क थियो, इष्ट-मित्र, बिहे-बटुलो कति रमाइलो। यहाँ त दिनमा धुम्धुमती एक्लै, राती पनि उही। छ्या, कस्तो निरस जीवन! गाउँ घरको रमाइलो परिवेश छाडेर यहाँ एक्लै काल पर्खिएर बसेकी छन् बुढिया।
कथाका लुङमा उनिएर आएको बेरोजगारीका कथाहरू हुन् उद्गीरण र उपायान्तर। उपायान्तर कथामा बेरोजगार शिक्षित युवकले घरका खेत बेचाएर बी.ए. पास गर्छ तर नौकरी पाउन दुर्लभ देखेर दूध बेच्न थाल्छ। त्यसमा पनि मन नबसेर दूध बेचेको तीन सय रूपियाले कचहरीका छेउमा एउटा चिया दोकानको चिया र सेल रोटी बेचेर पैसा कमाउने अनि एउटा रेष्टुराँ खोल्ने स्वप्नलोकमा विचरण गरेको देखाएर उपाय पो के छ र! भन्ने बुझाइएको छ। उद्गीरण कथामा गरीब युवक अरूपले कष्ट साध्य गरी बी.ए. पास गर्छ। नेताका पछि लाग्दा नोकरी त मिल्ला नै भनी नेताको चुनाउ प्रचार कार्यमा जोडतोडले लाग्छ यस कारणले कि नेताले उसलाई नोकरीमा लगाइदिन्छ। नेताले चुनाउमा जित्यो, उसैको पार्टीको सरकार गठन पनि भयो। नोकरीका लागि अन्तर्वार्तामा बसेर अरूपले पास गयो, नोकरीको तालिकामा नाम पनि आउँछ तर तीस हजार घुस दिन नसक्ता जसै तसै बी.ए. पास गर्ने युवकले तोकिएको घुसको रकम दिनाले नोकरी पाउँछ। हतास भएर मुर्मुरिदै बन्दुक लिएर जंगलमा पस्नु सिवाय अर्को गत्यान्तर देख्तैन। हो, यस्ता कारकहरूले कुबाटोमा लान्छन् अनि संत्रासवादको दैलो उघारेर राज्यमा शान्ति अस्तव्यस्त पार्छन्। यसको कारण ग्रासबाट देश सहजै फुत्किन सक्तैन भन्ने यो कथाले जाहेर गर्छ।
बेरोजगारी आज हुरहुर बलेको आगोझैं भएको छ। प्रशासनिक मानदण्ड र आर्थिक स्तर तल झर्दै गएकाले बेरोजगार बेरोकटोक अघि बढेको छ, नियन्त्रणहीन भएको छ फलस्वरूप संत्रासवादजस्ता सर्वनाशी समस्या बढ्दै गएको छ भन्ने प्रकारान्तरले देखाइएको छ।
“कथाञ्जली’का कथाहरूमा उत्पीडनमूलक कथाहरू पनि समावेश छन्। ती कथाहरू भए – आँटिली योद्धा र नीडहारा। आँटिली योद्धामा लोग्नेद्वारा यातना भोगेकी जुठीले संग्रामी जीवन अपनाउँछे। दाइजोमा पाएको खेतबारी पनि लोग्नेले राखेको हुनाले कचहरीमा नालिश गरी खेतबारी आफ्नो पारी। खोसिएको गाँस उद्धार गर्दै आफ्ना घरबाट खेदिएका दुइ बालिका ल्याएर लालन पालन गरेकी छ। यही निर्यातित, निपीडित जुठीको जीवन कथाकारले आफ्नो लेखनीमा उतारेकी छिन्। नीडहारा कथामा कलेजको एक प्रवक्ताले आफ्नो समपर्यायकी शिक्षा नभएकी भइन भनेर स्वास्नी र काखमा भएको छोरोसहित घरबाट खेदिदिन्छ। कोर्टद्वारा छोड पत्र पनि गराउँछ। परपुरूषसँग लहसिएकी भनेर निहु खोज्यो, पन्सायो। तर उसले रूचाएकी युवतीलाई पहिलेकीसँग छुटानाम गरें भनेर फुर्किएर सुनाउन जाँदा रूचाएकी युवतीले आफ्नी पत्नी र काखको बालख त्याग्न सक्नेले उसलाई पनि त्यसै गर्न के बेर! भनी प्रवक्ता नामधारी आदित्यलाई लोपयाइ दिन्छे। यसरी परोक्षरूपमा घरघरमा चलेका कति घटना छन् कति! यस्ता उत्पीडनले कसरी पारिवारिक जीवनहरू भत्किदै गएका छन र सामाजिक श्रृंखलाको चोइटो उक्काउँदै गएका छन्। कथामा यही सन्देश निहित छ।
छासमिसे कथाहरूमा – आँखा टाइटनिक भए, मातृत्व, भुइँचालो पूर्वको भुइँचालो, अपराध बोध, मनदुर्निग्रहम् र सञ्जीवनी एपार्टमेन्ट हुन्। आँखा टाइटनिक भए कथा – मा टाइटनिक जहाजका निर्माताहरूले जहाजको एउटा सानो चोइटोसम्म उक्किएर कुनै दिन मरम्मत गर्नु पर्छ होला भन्ने सोचेका थिएनन् तर महासागरको पानी तलको पर्वताकारको हेमानको हिउँको डल्लामा ठोक्किएर ध्वंस भयो त्यस्तै शिकारी जीवनको लामो अवधिमा काकाका आँखा धमिलिंदै गएर बेपरवाहीले पूरै आँखा अन्धा हुन्छ भन्ने विश्वास उनलाई थिएन भन्ने जाहेर गरिएको छ। मातृत्व भन्ने कथामा अहिलेको चिकित्सा विज्ञानको चमत्कारी क्रिया देखाइएको छ यसरी – अलका भन्ने नारीको कोख बाँझो छ। दिदी अमृताले अमेरिकाको मेगाजिन एउटामा Surrogate Mother अर्थात् अर्काको गर्भ किरायामा लिएर सन्तानहीनले सन्तान जन्माउन सक्छन् भन्ने कुरा पढेकी थिई र त्यही कुरा बैनी अलकालाई भन्दा बैनीले खुब चोचोमोचो मिलाएर लोग्नेको शुक्राणु नलीद्वारा दिदीको डिम्वाणुमा प्रवेश गराई भ्रूण सृष्टि हुन्छ अनि सन्तान जन्मिन्छ भन्छे। भतिजी डलीको सुन्दर भविष्यको प्रलोभन देखाएर विधवा दिदी अमृतालाई राजी गराउँछे किन भने त्यसको विनिमयमा डलीका नाममा तीन लाख रूपियाँ जम्मा राखिदिने कबूल हुन्छ। सन्तान जन्मिन्छ। दिदीको कोखबाट जन्मिएर नानी उसको काखमा खेलेको देख्ता बैनीलाई ईर्ष्याले सही नसक्नु हुन्छ। दिदीको काखमा खेलिरहेको नानीलाई अचानक आफ्नो कोठामा लिएर जान्छे। बाहिर सुन्ने गरी कराउँछे, दिदीको हवाई जहाजको टिकेट लिएर भोलि नै पठाउन पर्छ। त्यसैलाई भन्छन् काम चलो, भाँडो आफल तेरो ठाँडो। अब यसपछि भुइँचालो पूर्वको भुइँचालो। यस कथामा – तुलसीको पात र गंगाजलको पवित्रताजस्तै एक युवती विधवा मानसीले आफ्नो वैधव्यको पवित्रता रक्षा गर्नु पर्छ भन्ने समाजको विधि विधानलाई मिचेर यौन लिप्साको गुलियो चाट्न उत्रावल भइरहिछ। प्राकृतिक भुइँचालोभन्दा युवतीको शरीरबाट फुटेर आउने यौनेच्छाको भुइँचालो अझ भयंकर देख्छे ऊ। समाजको विधवाप्रतिको निषेधाज्ञा तोड्ने विचारमा छे मानसी। अपराध बोध कथा औंठी हराएको घटनामा आधारित छ। बुहारीले हतारमा औंठी बाथरूममै छाडेर आएकी हुन्छे। सासू नुहाउन जाँदा बुहारीको सूनको औंठी भेट्छे। सासू बाथरूमबाट निस्किदा बुहारी सानो छोरालाई स्कूल जाने बसमा चढाउन गएकी हुन्छे। सासूले बुहारी नहुँदा भरे दिन्छु भनी आफ्ना दराजमा औंठी थन्क्याउँछे। बूढी मान्छे पूजा-पाठमा लागेकी हुनाले औंठीको कुरा भुसुक्कै बिर्सिन्छे। काम धन्धा गर्न आउने फूलमतीले चोरी भन्ने बुहारीको शंका छ। हल्लखल्ल र शंका उपशंकाका कुरा चलिरहेकै बीचमा एक दिन सासूले आफ्नो दराज यसो उघार्दा औंठी भेट्छे। बूढी मान्छेलाई आफ्नो गल्तीमा औंठी भेटियो भन्न पनि सारै लाज मर्दो भयो। औंठी लगेर नानीका कपीमुनि सुटुक्क राख्छे। बुहारीले छोरालाई स्कूल पठाउने हुँदा औंठी भेट्छे। सही कुरा प्रकाश गर्न मरे जत्तिकै भएको हुनाले बुढियाले अपराधबोधको भुमरीमा परेर बाहिर निस्किन नसकेको कुराले खित्का थाम्न मुस्किल पर्छ। बूढेश कालमा सबैभन्दा ठूलो रोग बिर्सिने रोग हो। यही कुराको तात्पर्य यहाँ बताइएको छ। दोस्रो तलाकी 2 नं घरकी युवती – धनी परिवारका युवकसँग बिहा भएर के भो! रक्सीको ह्वास्स गह्नाउने मुख लिएर घर पस्ता युवती के सोच्छे भने बरू विमलसँग बिहे गरेको भए सुखी हुन्थी कि ऊ? सञ्जीवनी एपार्टमेन्ट – यस कथामा रातीको चौकीदारी गर्ने चौकिदारको छोरो ड्रग्स खाने लतमा डुबेको छ। चौकिदार बसेकै घरमा उमेरमा पाकी म्याडमले ड्रग्सको उपचार गर्छे। उसैको उपचारले चौकिदारको छोराको ड्रग्स खाने बानी छुट्छ, छोरो सुध्रिन्छ। हेरी एनिभरसेरीमा- किशोर ठूलो ओहदाको जागिरे। स्वास्नी रूमाले हतारमा आलमारीबाट सर्ट निकाल्दा जेपबाट एउटा रसीद झर्छ। आ आहिले हेर्दिन रसीद भनेर राख्छे। फुर्दस पाएर रसीद हेर्दा सिल्कको सारी किनेको दुइ हजारको रसीद रहेछ। सारी त उसलाई दिइएको छैन। बस, के थियो? आइमाई मान्छे, शंका उपशंकामा जल्न थाल्छे। बेलुका लोग्नेले आफ्नो ब्यागबाट सारी झिकेर रूमालाई उपहार दिंदा रूमाको शंकाले डाको छोडेर रून्छ। मन दुर्निग्रहम् – कथामा विजयानन्दको रातो टाई र आफ्नै अफिसमा काम गर्ने मिसेस सोमाको ठूलो रातो टीकोमा टाँसिन पुगेको चोर अन्तर्मनले झस्काउँछ विजयानन्दलाई। मन दुर्निग्रहम भनेर थेत्तरो मनलाई ढाँढस पाइन्छ।
अब सोहोर-साहार र बटुल-बाटुल पारेर भन्नु पर्दा प्रा0 गीता उपाध्यायको कथा लेखन पूर्खाबाट पाएको बौद्धिक धन हो, दाइजो हो। बिना संस्कार यत्रो औधी हौसला पाउनु दुर्लभै हुन्छ। कथाबारे भन्नु भनिसकें। अब यति मात्र भन्नु छ, गीता उपाध्यायको लेखन शैली हिउँदै ब्रह्मपुत्रको प्रवाहजस्तै शान्त, धीर, धवल र पांडित्य प्रदर्शनविहीन आफ्नैपनको छ। अंग्रेज लेखिका जेन अष्टीनजस्तै नेपाली जेन अष्टीन बनून्। वृद्धावस्थाले तगारो नलगाओस्, लेखन कला अझै अबाध गतिले चलोस्। यही कामना सहित –
चाँदमारी, तेजपुर
(साभार हाम्रोध्वनि – सम्पादक)
अनुक्रमणिका
- गीता उपाध्याय : एक छोटो कैरन
- गरिमायुक्त व्यक्तित्व गीता उपाध्याय
- गीता उपाध्याय : व्यक्तित्व र कृतित्व
- सुश्री गीता उपाध्यायको व्यक्तित्व र कृतित्वको संक्षिप्त रूपरेखा
- गीता उपाध्यायको जीवन र कर्म : एक विहंगम दृष्टि
- एन फ्रेन्कको डायरीबारे
- गीता उपाध्याय र एन फ्रेङ्कको डायरी
- अनुवाद साहित्यको क्षेत्रमा गीता उपाध्यायको योगदान
- केही भन्नु पर्दा
- गीता उपाध्यायको नियात्राकारिता
- ब्रह्मपुत्रको किनारदेखि अलकानन्दाको तीरैतीर
- “…. हामी भर्खर तीर्थका ढोकामा आइपुगेका छौं …’
- ‘कथाञ्जली’-को भावभूमि
- गीता उपाध्यायकृत कथाञ्जली : एक अध्ययन
- विविध व्यक्तित्वका आलोकमा कथाकार गीता उपाध्याय
- कथाञ्जली – एक अवलोकन
- गीता उपाध्याय दिदीको ‘कथाञ्जली’ सरसर्ती पढ्दा
- ‘सुबासित बताह’ गीता उपाध्यायका कथाहरूको पर्यालोचना
- बाल साहित्यमा गीता उपाध्याय
- विश्वप्रसिद्ध किशोरी एन फ्रांकको कथा
- जन्मभूमि मेरो स्वदेश : परिक्रमा र मन्थन
- एक स्रष्टाका वाणीमा ध्वनित लाखौंको ढुकढुकी : जन्मभूमि मेरो स्वदेश
- उपन्यास जन्मभूमि मेरो स्वदेश – इतिहासपरक सामान्य पठन
- गीता उपाध्यायसँग बिताएका बाल्यकालका केही समय
- शैशवदेखि परिचित गीता दिदी : आफ्नो सम्झनाको सेरोफेरो
- गीता उपाध्याय
- भारतेली नेपाली साहित्यकी ध्रुवतारा प्रा. गीता उपाध्यायको सम्झनामा केही हरफहरू
- गीता उपाध्याय : मेरी घनिष्ठ मित्र
- आत्मप्रकाशले उज्यालिएको जीवन र सृष्टि
- प्रा. गीता उपाध्याय – एक विरल साहित्य सेविका
- साहित्यको फुलबारीमा समन्वयको फूल फुलाउने गीता उपाध्याय
- असमीया साहित्यमा गीता उपाध्यायको योगदान
- शिशु साहित्य लेखिका गीता उपाध्याय
- साहित्य समाजको वर्गीय प्रतिबिम्ब हो
- नेपाली साहित्य परिषद् असमकी विदाई अध्यक्षा सुश्री गीता उपाध्यायसित केही अन्तरङ्ग पलहरू
- अतीतलाई फर्केर हेर्दा
- केही अनुभूतिहरू
गीता उपाध्याय दिदीको ‘कथाञ्जली’ सरसर्ती पढ्दा
कमला देवी भट्टराई
सुलेखिका श्रद्धेया गीता उपाध्याय दिदीको कथा संग्रह ‘कथाञ्जली’ उपहार भेटेर बहुत आनन्द लाग्यो। मलाई कसैले नेपाली किताप उपहार स्वरूप दियो भने उपहार दिने व्यक्तिप्रति मेरो शिर श्रद्धाले नम्र हुन्छ। यो कथा संग्रह पढेर मलाई कस्तो लाग्यो – पाठकहरूसमक्ष बताउन प्रयास गरेकी मात्रै हुँ। हुन त मैले साहित्यमा जसले भर्खरै अ आ क ख सिक्तै छु – महान साहित्यिक गीता दिदीको पुस्तकको बारेमा केही लेख्नु बाउन्ने भयेर चन्द्रमालाई छुने प्रयास गर्नु मात्रै हो। तर यो पुस्तक पढेर मलाई यति राम्रो लागो कि केही नलेखी सकिन।
श्रद्धेय दिदीको सुन्दर आवरण भएको 17 वटा कथाको संगालो हो ‘कथाञ्जली’। यस पुस्तकका प्रत्येक कथामा पात्र-पात्राहरू जीवन्त भएर हाम्रा वरिपरी घुमिरहेका छन् जस्तो लाग्छ। लेखिकाले सूक्ष्म दृष्टिले निरीक्षण गर्नु भएको छ कथाको पटभूमिलाई। प्रत्येक कथामा सृष्टि गर्नु भएको छ – आवेग र युक्तिको अपूर्व मायाजाल।
एकाइसौं शताब्दीमा पनि पुरूषले महिलालाई मानसिक तथा शारीरिक शोषण गरी नै रहेका छन्। तर ‘आँटिली योद्धा’ की नायिका अनपढ गरीब भए पनि उद्यमी साहसी भएर आफ्नो हकलाई लिएर आफूसाथै अरू बेसहाराको पनि सहारा बन्न पुगेकी छन्। ‘जन्मदिन’ कथामा नायिकाले आफ्नो एक्लोपनलाई प्रकृतिमा समाहित भएर दुरभगाउन प्रयास गरेकी छन् भने ‘आमाको मुटु’ मा गरिबीका अगाडी आमा लाचार भएर आफ्नो ममताबोधलाई पर राखेर आफ्नो प्यारी छोरीलाई अर्काको घरमा नोकरनी बन्न पुऱ्याएकी छन्। समय छँदै आँखाको सही देखभाल नगरेका हँसिला, रसिला, तीब्रा दृष्टि शक्ति भएको शिकारी व्यक्ति वृद्धावस्थामा अन्धोभएर अतीतको स्मृति रोमन्थन गरेको मार्मिक व्यथा ‘आँखा टाइटनिक भए’मा अति सुन्दर तरिकाले वर्णन गरेको पाइन्छ। ‘यन्त्रणाको व्यापार’मा नेताको घृणनीय मुखौटो लगाएको रूपको पोल खोलेको छ भने ‘हेपी एनिभरसरी’मा पति-पत्नीको सम्बन्ध विश्वासले नै अघि बढाउन पर्छ नारीको सन्देहशील मन हुनाले यो सम्बन्धमा खोट लाग्ने सम्भावना हुन्छ। मान्छेको मन छिटो हिंड्छ। कहाँ कहाँ पुगेर कस्तो सम्म कल्पना गर्न सक्छ आफ्नो बाल्यकाल सम्झिएर अचेलका नानीहरूको बाल्यकालको खेल्ने-डुल्ने फुर्सत नभएको देख्ता दुःखी भएका छन् नायक ‘मन दुर्निग्रहम’मा, ‘मातृत्व’ मा ममताबोधले दिदी बैनीको बीचमा खोट लाग्ने सम्भावना वर्णन गरेको पाइन्छ। ‘अपराधबोध’ मा गरीब, बेसहारामाथि झुटो दोष लगाएका छन्। यो हाम्रो समाजको कटुसत्य हो। सत्य जान्दाजान्दै पनि सासुले आफूले सत्यकुरो भन्न नसकेर त्यो बेसहरालाई नै दोषीपारेको देखिन्छ। एउटी कलिली विधवाको कर्तव्यबोध र आफ्नो प्रेमको बीचमा खडा भएको मनको कुरो अति सुन्दर गरी वर्णन गरेको पाइन्छ ‘भुइँचालो पूर्वको भुइँचालो’मा। ‘उपायान्तर’ र ‘उदगीरण’ यी दुइटा कथामा शिक्षित भएता पनि घुस नदिइकन नोकरी नभेटेकाले दुवै नायक नै हतास भएका छन् तर एउटा कथामा नायकले आफै पसल खोली स्वावलम्बी भएर दृष्टान्त देखाउने संकल्प लिएका छन् भने अर्का कथाका नायकले हतास भएर हातमा बन्दुक लिन पनि प्रस्तुत भएको पाइन्छ। यसरी नै नारीको मार्मिक व्यथा, टाडा बसेर नोकरी गर्न गएका छोरा-छोरीका आमा-बाबुको एक्लोपन, घरमा भए पनि समयको व्यस्तता, पुरूष प्रधान समाजको प्रधानता आदि समाजमा घटी नै रहेका कुरा वर्णन पाइन्छ ‘कथाञ्जली’मा।
लेखिका दिदीको भाषा सहज-सरल छ। हामी जस्ता साधारण पाठक-पाठिका वर्गलाई कितापको भाषा सहज नै बोधगम्य हुन्छ। पाको उमेरको अनुभवले नै होला लेखिका दिदीले प्रत्येक कथामा जीवनको सच्चाई छर्लङ्ग पार्न सक्षम हुनु भएको छ। दिदीको अनुभवी कलमबाट अरूपनि नयाँ कृतिको आशा गर्छौ।
(साभार हाम्रो प्रजाशक्ति -सम्पादक)
अनुक्रमणिका
- गीता उपाध्याय : एक छोटो कैरन
- गरिमायुक्त व्यक्तित्व गीता उपाध्याय
- गीता उपाध्याय : व्यक्तित्व र कृतित्व
- सुश्री गीता उपाध्यायको व्यक्तित्व र कृतित्वको संक्षिप्त रूपरेखा
- गीता उपाध्यायको जीवन र कर्म : एक विहंगम दृष्टि
- एन फ्रेन्कको डायरीबारे
- गीता उपाध्याय र एन फ्रेङ्कको डायरी
- अनुवाद साहित्यको क्षेत्रमा गीता उपाध्यायको योगदान
- केही भन्नु पर्दा
- गीता उपाध्यायको नियात्राकारिता
- ब्रह्मपुत्रको किनारदेखि अलकानन्दाको तीरैतीर
- “…. हामी भर्खर तीर्थका ढोकामा आइपुगेका छौं …’
- ‘कथाञ्जली’-को भावभूमि
- गीता उपाध्यायकृत कथाञ्जली : एक अध्ययन
- विविध व्यक्तित्वका आलोकमा कथाकार गीता उपाध्याय
- कथाञ्जली – एक अवलोकन
- गीता उपाध्याय दिदीको ‘कथाञ्जली’ सरसर्ती पढ्दा
- ‘सुबासित बताह’ गीता उपाध्यायका कथाहरूको पर्यालोचना
- बाल साहित्यमा गीता उपाध्याय
- विश्वप्रसिद्ध किशोरी एन फ्रांकको कथा
- जन्मभूमि मेरो स्वदेश : परिक्रमा र मन्थन
- एक स्रष्टाका वाणीमा ध्वनित लाखौंको ढुकढुकी : जन्मभूमि मेरो स्वदेश
- उपन्यास जन्मभूमि मेरो स्वदेश – इतिहासपरक सामान्य पठन
- गीता उपाध्यायसँग बिताएका बाल्यकालका केही समय
- शैशवदेखि परिचित गीता दिदी : आफ्नो सम्झनाको सेरोफेरो
- गीता उपाध्याय
- भारतेली नेपाली साहित्यकी ध्रुवतारा प्रा. गीता उपाध्यायको सम्झनामा केही हरफहरू
- गीता उपाध्याय : मेरी घनिष्ठ मित्र
- आत्मप्रकाशले उज्यालिएको जीवन र सृष्टि
- प्रा. गीता उपाध्याय – एक विरल साहित्य सेविका
- साहित्यको फुलबारीमा समन्वयको फूल फुलाउने गीता उपाध्याय
- असमीया साहित्यमा गीता उपाध्यायको योगदान
- शिशु साहित्य लेखिका गीता उपाध्याय
- साहित्य समाजको वर्गीय प्रतिबिम्ब हो
- नेपाली साहित्य परिषद् असमकी विदाई अध्यक्षा सुश्री गीता उपाध्यायसित केही अन्तरङ्ग पलहरू
- अतीतलाई फर्केर हेर्दा
- केही अनुभूतिहरू
‘सुबासित बताह’ गीता उपाध्यायका कथाहरूको पर्यालोचना
रतिप्रभा गगै
मधुर भाषी, मानव दरदी, सम्वेदनशील हृदय भएकी गीता उपाध्यायको ‘सुबासित बताह’ मोठ 25 वटा कथाहरूको एक सुपाठ्य कथा सङ्ग्रह हो। छोटा आयाममा रचित यी कथाहरू सजीव र यथार्थमूलक छन्। कथाको संज्ञा ‘A slice of life’ लाई नै आलोच्य सङ्ग्रहमा प्रतिफलित भएको पाइन्छ। यस कथा सङ्ग्रहको शीर्षक कथाका साथै सन्निविष्ट कथाहरूको विषयवस्तुलाई चारवटा भागमा विभाजित गर्न सकिन्छ :-
(क) जीवन र समाज विषयक विभिन्न समस्या केन्द्रिक कथा।
(ख) दरिद्रताले सृष्टि गरेको समस्या केन्द्रिक कथा।
(ग) जीव-जन्तुप्रति रहेको आन्तरिक करूणासम्पन्न कथा।
(घ) पुरुषतन्त्र विरुद्ध प्रतिवादी कथा।
निवर्त्तमानमा क्षयशील समाजको प्रत्येक कुनाकाप्चाप्रति लेखिकाको सजग दृष्टि रहेको अनुभव हुन्छ। समाजमा नैतिकताको स्खलन र मानवताको अपमृत्यु भएको देखेर उनको हृदय व्यथित भएको पाइन्छ। अन्याय र अनीतिले ग्रस्त समाजको विभिन्न प्रतिच्छविले उनको हृदयमा जन्मेका आनुभूतिक आलोडन कथाहरूमा अभिव्यक्त भएका छन्।
निःस्वार्थ रूपले देशका लागि प्राणको आहुति दिन तयार स्वाधीनता सङ्ग्रामी दधिकान्तले राजनैतिक दुराचार, स्वार्थपरकता देखेर मान्छेलाई ‘राक्षस’ भनेको छ। धनीरामले पञ्चायतको प्रेसिडेन्ट हुने आशामा घरको एकमात्र भरोसा हलिरामलाई गोली हानेर मारेको छ। मूल्यवृद्धिको प्रतिवादमा शोभायात्रा निकाल्ने दायित्व लिई बढी दिनहाजिरा दिएर मान्छे ओसार्नेहरूमा हलिराम पनि एकजना थियो। तर धनीरामको मनमा हुने प्रतिक्रिया यस प्रकार व्यक्तिन्छ – अचेलको राजनीति तपाइँहरूको झैं भइबसेको छैन नि बडाबा। एउटा घर बर्बाद भएर के हुन्छ, हाम्रो पार्टी त बाँच्यो। ‘म पञ्चायतको प्रेसिडेन्ट बने भने हलिरामकी स्वास्नीलाई केही सुविधा गरिदिउँला। त्यो देख्नमा राम्री छे अनि जवान पनि छे; पञ्चायत अफिसको प्युन नै बनाइदिउँला।’ धनीरामको निकृष्टता देखेर निःस्वार्थी स्वाधीनता सङ्ग्रामी दधिकान्तका मनमा घृणा उब्जिएको छ, एकजना वृद्धको सीमाहीन घृणा। दधिकान्तले के अनुभव गरेका छन् भने, आजको पृथिवीमा हामीजस्ता मानिसका निम्ति ठाउँ छैन। धनीरामजस्तालाई ‘राक्षस’ भन्दै यही क्षोभमा दधिकान्तले मृत्यु वरण गरेका छन्। दधिकान्तको मृत्युले कथामा चरम हताशाको सृष्टि गरे पनि नैतिकताको समर्थनमा एक सबल मत पृष्ठपोषण गर्न लेखिका सक्षम बनेकी छन्।
निवर्त्तमान पाश्चात्यमुखी जीवन निर्वाह प्रणालीमाथि व्यङ्ग प्रहार गरी लेखिकाले कथाको शीर्षक राखेकी छन् ‘हेपी बर्थ डे’। साथै प्रस्तुत कथामा समयको प्रबल प्रवाहको प्रभाव पनि देखाउन चाहेकी छन्। गाउँमै जन्मी गाउँमै हुर्के बढेको यशोदाको ठूलो छोरो अचेल सपरिवार दिल्लीमा बसोबास गर्छ। काञ्छी छोरीको परिवार अमेरिका बस्न थालेपछि पति प्रमोद डेकाको मृत्युपछि ऊ एक्ली हुन्छे। सासुससुराका पालाका आम, लिची आदिले भरिभराउ बारी एक्लै यशोदाले रूङ्नु अचेलको एक परिचित दृश्य हो। मानिस आफ्नो गाउँठाउँ छोडी जीविकाको ताडनामा टाढा बस्नु परेको छ। आमाबाउ एक्लो भएका छन्। यस्ता घटना प्रतिरोध गर्ने उपाय छैन। यो समयको आह्वान हो। लेखिकाले यस्तो परिस्थितिलाई स्वीकारेकी छन् र निर्णय लिएकी छन् – ‘प्रकृति नै प्रकृतिको उत्तराधिकारी हो।’
स्खलित समाजको प्रतिच्छविसम्पन्न अन्य कथाहरू हुन् – आत्मीयता, कुलाङ्गार, विश्वास र अपकृत्यु आदि।
जीवनको क्षण भङ्गुरताबारे लेखिकाको गभीर उपलब्धि व्यक्त भएको छ ‘जीवनको आयोजन’ शीर्षक कथामा। राति फुल्ने अति सुन्दरसुवासित नाइट व्लुमिङको सौन्दर्य र सुवासका निम्ति लेखिकाले सँगी साथीहरूसित जुन आयोजन गरिन्, जुन आग्रह र रहर देखाइन् अनि बिहान जब त्यो सुन्दर सतेज साम्राज्ञीजस्ती फूल वैलायो; त्यो देखेर लेखिकाको हृदयलाई मृत्युचेतनाले ग्रास गयो। त्यसर्थ उनको मनमा प्रश्न उदय भएको छ – यदि रूप रङ्ग र सुवास यति क्षणस्थायी हुन् भने जीवनको यत्रो विशाल आयोजन किन गर्नु?
सुखको समय र दुःखको समयबीच एक भिन्नता लेखिकाका दृष्टिमा परेको छ – ‘सन्त्रासको एकदिन’ शीर्षक कथामा। भिन्नाभिन्नै एपार्टमेन्टमा एक्लै सुखले खाने मानिसहरू विपत्तिका बेला एक बनेको उदाहरण प्रस्तुत गरिएको छ प्रस्तुत कथामा। मोहन पारिखले विपत्तिका बेला हराएका सुमित र रतनलाई भेटेको छ एकै किसिमले अनाथ बनेको रहीमको बीचमा।
आत्मीयता, भूतर भय, एखन फोटोर बाबे, दृष्टिभ्रम, अन्धतार आगते, स्वप्न भङ्गर अवसाद आदि कथाहरूमा लेखिकाले अति सूक्ष्म अनुभूतिलाई जीवन्त रूप दिने प्रयास गरेकी छन्। आमाका निम्ति सन्तान नै सर्वस्य हो। तर ‘कुलाङ्गार’ शीर्षक कथामा यमुनाले एकमात्र सन्तान जितुको कुकर्मदेखि अतिष्ट भई घर छाडी अघोरी हुने निर्णय लिएपछि उसले छोराको बिगिंर्दो बानीको चरम रूप देखी। मानिसको भीडको सुविधा लिएर तरूणीको निषिद्ध अङ्गमा हातहाल्ने प्रयास गरेको छोराको गालामा चड्यामचड्याम थप्पडाएर भन्छे – कुलाङ्गार – म तँलाई मारिदिन्छु! एकजना आमालाई यो भन्दा बढी दुःखको कुरो के हुन सक्छ। यो समाजको नैतिक पतनको उदाहरण हो।
दरिद्रता समाजिक समस्या भए तापनि विशेष रूपमा दारिद्रयलाई केन्द्रीयतामा राखी लेखिएको कथा हो – दारिद्रयतार रूप। माइलाकी आमा, कल्पनाको कल्पना, दीपुको दुर्गति आदि। अर्काका घरमा काम गर्ने अनेक केटीहरूमाझ कल्पना पनि छे। अति सूक्ष्म र सम्वेदनशील रूपमा कल्पना घरमा जान नसकेको हृदयस्पर्शी वेदना कथामा व्यक्त भएको पाइन्छ। सबै कथाहरूमा लेखिकाको करूण हृदयको सूक्ष्म सम्वेदनशीलता व्यक्त भएको छ।
मानिसझैं लेखिकाको पनि पृथिवीका अरू जीव-जन्तुप्रति करूणा रहेको पाइन्छ। अस्फूट बेदना, राङलीर बिदाय, मेकुरीर एपिटाफ, बछरे बछरे बाढी जा आदि कथाहरूमा जीवजन्तुप्रति रहेको उनको करूणा व्यक्त भएको छ। ‘अस्फुट वेदनामा’ एउटा कुकुरको छाउरोप्रति रहेको मालिकको माया व्यक्त भएको छ। ‘राङलीर बिदाय’ मा दरिद्रताले खोक्रो पारेको बाउले प्याउली गाई राङलीलाई बेचेर सन्तानको रहर पुरा गरेको पाइन्छ। लेखिकाले कथाहरूमा स्वाभाविक र मर्मस्पर्शी भाषामा वर्णन गरेकी छन्। ‘मेकुरीर एपिटाफ’ कथामा लेखिकाले बिरालाको जीवनबाट मानिसको जीवन प्रत्यक्ष गरी दुखमा विव्रत भएकी छन्। दयानन्दको दृष्टिमा मानिस र बिरालाको मृत्यु एकाकार भएको छ; उनको अनुभूतिले भन्छ – ”Death is a great leveler’ ‘बछरे बछरे बाढी जा’ कथा अति मर्मस्पर्शी कथा हो। मानिस पशुभन्दा पनि अधम हो भन्ने कुरो वास्तवमा सत्य हैन। कारण मानिसको तुलना मात्र मानिससितै गर्न सकिन्छ। ‘लक्ष्मी’ जस्ता आमासित अधम मानिसको तुलना गर्न सकिन्छ र? मानिसको ईर्ष्याको बलि भयो लक्ष्मी। यो बडो दुःखद कथा हो। समयमा दूध दुहुन भनि मालिकको प्रतीक्षा गरिरहेको लक्ष्मी गोठमा लागेको आगामा डढ्यो। दाम्लो खोलिदिंदा पनि ‘लक्ष्मी’ दूध नदिइकन गइन। दुःखमा हृदय चिरिइन्छ। यस्तै हुन्छ मानिस। लेखिकाको कलममा जीवन्त रूप प्राप्त गरेको मर्मस्पर्शी कथा बनेको छ ‘बछरे बछरे बाढी जा’ शीर्षक कथा।
क्षोभ, परिचयहीनतार बेदना, सिद्धान्त, आजिर जानकी – आदि कथाहरूमा नारीलाई प्राधान्य दिइएको पाइन्छ। युगौंदेखि निष्पेषित नारी पुरुष-तान्त्रिक समाजमा पुरुषले निर्णय गरेको नियमको अधीनमा छे। पुरुषतन्त्रको नियमका विरुद्ध लेखिकाको कलम प्रतिवादी बनेको छ। ‘परिचयहीनतार बेदना’ कथामा लेखिकाले नारीको परिचयबारे प्रश्नको उठान गरेकी छन्। आमाबाउका घरमा पितृका परिचयले एक नाम रहेकी तरूणी बिहेपछि नयाँ घरमा नयाँ बुहारी बन्छे। नन्ददेवरहरूका भाउज्यु, कसैकी काकी, कसैकी बडीआमा, समान उमेरका निम्ति बरूवानी आदि पतिका उपाधिले नारी परिचित बन्छे। आफ्नो नामसमेत बिर्सिने ती आइमाइले सुँकसुँक गरी रूनका साथै आत्मसहायक गोटका निम्ति उपस्थित भएका सबै महिलाहरू सुँक्सुँकाउन थाले। यो परिवेश बडो कारूणिक बनेको छ। यो परिवेश बडो मर्मस्पर्शी बनेको छ। कदमतलि गाउँकी राङ्ढाली तरुणी, बिहु नचरी अलका शइकीयाहरू आहतगुरि गाउँमा आफ्नो परिचयबारे शंकित बनेका छन्। परिचयहीनताको पीडा पुरुष प्रधान समाजको प्रत्येक नारीको अन्तर्मनमा पूँजीभूत भइबसेको छ। समाजमा परिचय नभएका नारीको स्वयं निर्णय लिने अधिकार पनि छैन। घरमै अविवाहित भइबसेकी यमुनालाई अन्तमा रक्साहा माइला भिनाज्यूसित बिहे गरिदिने तय गरे। दिदी रूनुको मृत्यु (यमुनाअनुसार रक्साहा भिनाज्यूले हत्या गरेको हो।) पछि मुनमुन सानीमाले हेरचाह गरेको अनि कसैलाई दिन नसकेको यमुनालाई हिल्ला लाइदिने प्रयास गरिएको छ। तर लेखिकाले यमुनाद्वारा यो व्यवस्थाप्रति प्रतिवादको स्वर उरालेकी छन्। यमुनाकी दिदी मरेको तीन महिना नहुँदै अर्की भित्र्याउन बेहुलो बनेर तर्खरिएका छन् माइला भिनाज्यु। यमुनाकी जेठी दिदी कुसुम तरूणी छँदै भिनाज्यु मरे तर कुसुम दिदीको अर्को बिहे गरिदिने कुरो कसैले गरेनन्। त्यसर्थ अन्तमा यमुनाले निर्णय गरी – तल्लो जातको हर्षसित उसले बिहे गर्ने छे। उसले हर्षलाई भन्ने छे – ‘तिमी मलाई आजै र अहिल्यै लैजाऊ।’
‘आजिर जानकी’ मा पुरुष तन्त्रप्रति तीव्र प्रतिवाद गरिएको छ। देश रक्षाका पोशाक पहिरिने दुइ पुरूष (जानकी अनुसार दुइ जनावर)ले जानकीको गर्भमा एक बीउ रोपे, जसले गर्दा प्रेमी रामप्रसादले जानकीलाई बिहे गर्न अस्वीकार गर्दछ। जानकीले रामप्रसादप्रति व्यङ्ग गर्दै भन्छे – अयोध्याका राजा रामले, पुरुषोत्तम रामले जानकीलाई वनमा लगेर छोडेका थिए। ‘म आजको युगकी जानकी हुँ। एकान्त राम निर्भर जानकी हैन।’ त्यसर्थ जानकीले गर्भको सन्तानलाई केवल आफ्नै परिचयले बचाइराख्ने निर्णय लिएकी छे। लेखिकाको हृदयमा बलिरहेको आगो जानकीका कुराले निभाउन खोजिएको छ।
आलोच्य कथा सङ्ग्रहको शीर्षक कथा हो ‘सुबासित बताह’। निवर्त्तमान समाजको आकाशबतास धुलाम्मै भएको छ; अपमृत्युले चारैतिर अँगालेको छ। यस्तो स्थितिमा लेखिकाको सम्वेदनशील हृदयले खोजिनिकालेको छ एक झोंका सुवासित बतास। जुन समयमा युवा पीढी नष्ट भएको अपवादको लहर चारैतिर फैलिएको छ त्यो समयमै लेखिकाको हृदय उद्भासित गर्ने एक घटना सङ्घटित भएको छ। देशका निम्ति निस्वार्थ त्यागी स्वाधीनता सङ्ग्रामी एकजनालाई भेट्न जाँदा उनले एक अति स्वार्थी युवा पीढीको प्रतिनिधि भेटिन्। लुगाफाटा लाएको देख्ता शिक्षितझैं लाग्ने एकजना युवाले ज्येष्ठ र मातृसम सहयात्रीलाई धक्काउँदै सामान्य शिष्टाचारको पालनसम्म नगरी ‘सरी’ सम्म भन्दैन। लेखिका हताश भएकी छन्। देशका निम्ति निःस्वार्थ रूपले आन्दोलन गरेका स्वाधीनता सङ्ग्रामीका विपरीत यस्तो शिष्टाचारविहीन आचरण गर्ने युवा पीढीलाई देखेर हताश हुने कुरो नै हो। तर लेखिकाका छेउमा बसेर यात्रा गरेको अर्को युवाको व्यवहार देखी उनको हृदयमा विश्वास जन्मिएको छ, स्वाधीनता सङ्ग्रामीको त्याग त्यसै खेर गएको छैन। बटालियनमा काम गर्ने देवजीत बरा नाम गरेको युवाले वीणा थापा नाम गरेकी युवतीका हातदेखि भाइटीकाको टीको थाप्न प्रत्येक वर्षझैं यस वर्ष पनि जाँदैछ। देवजीतको बैनीसँगै वीणाले पनि भाइटीकाको टीको लाइदिने छे। कुरा गर्दै जाँदा खुसीले उज्यालो भएको देवजीतको अनुहार हेरी लेखिकाको हृदय उद्भाषित भएको छ, मनको आकाश एक झोंका बतासले छोइदिएको छ – त्यो सुवास चारैतिर फैलाइदिएको छ। लेखिकाको आशावादी मनमा आशाको सञ्चार भएको छ।
कथा संग्रहमा छोटा छोटा कथा भए पनि एकेकवटा कथामा निखोट र सजीव छविमा लेखिकाको आशावादी स्वर गुञ्जिएको छ। उनको बलिष्ठ लेखनले कथाहरू सुखपाठ्य बनेको छ। नाटकीय प्रारम्भ, व्यञ्जनामय अन्तले कथाहरूले उत्कृष्टताको माग गर्न सक्छन्। असमीया कथा साहित्यमा गीता उपाध्यायको कथा सङ्ग्रह ‘सुबासित बताह’ ले आफ्नो स्थान प्राप्त गर्न सक्षम बनेको छ।
(प्रस्तुत समालोचना गीता उपाध्यायद्वारा रचित असमीया कथा सङ्ग्रह ‘सुबासित बताह’ को हो र यो सान्दर्भिक भएकाले सम्पादकले स्वयं उल्था गरी राखेको हो, साभार अभिनन्दन गीता उपाध्याय।)
अनुक्रमणिका
- गीता उपाध्याय : एक छोटो कैरन
- गरिमायुक्त व्यक्तित्व गीता उपाध्याय
- गीता उपाध्याय : व्यक्तित्व र कृतित्व
- सुश्री गीता उपाध्यायको व्यक्तित्व र कृतित्वको संक्षिप्त रूपरेखा
- गीता उपाध्यायको जीवन र कर्म : एक विहंगम दृष्टि
- एन फ्रेन्कको डायरीबारे
- गीता उपाध्याय र एन फ्रेङ्कको डायरी
- अनुवाद साहित्यको क्षेत्रमा गीता उपाध्यायको योगदान
- केही भन्नु पर्दा
- गीता उपाध्यायको नियात्राकारिता
- ब्रह्मपुत्रको किनारदेखि अलकानन्दाको तीरैतीर
- “…. हामी भर्खर तीर्थका ढोकामा आइपुगेका छौं …’
- ‘कथाञ्जली’-को भावभूमि
- गीता उपाध्यायकृत कथाञ्जली : एक अध्ययन
- विविध व्यक्तित्वका आलोकमा कथाकार गीता उपाध्याय
- कथाञ्जली – एक अवलोकन
- गीता उपाध्याय दिदीको ‘कथाञ्जली’ सरसर्ती पढ्दा
- ‘सुबासित बताह’ गीता उपाध्यायका कथाहरूको पर्यालोचना
- बाल साहित्यमा गीता उपाध्याय
- विश्वप्रसिद्ध किशोरी एन फ्रांकको कथा
- जन्मभूमि मेरो स्वदेश : परिक्रमा र मन्थन
- एक स्रष्टाका वाणीमा ध्वनित लाखौंको ढुकढुकी : जन्मभूमि मेरो स्वदेश
- उपन्यास जन्मभूमि मेरो स्वदेश – इतिहासपरक सामान्य पठन
- गीता उपाध्यायसँग बिताएका बाल्यकालका केही समय
- शैशवदेखि परिचित गीता दिदी : आफ्नो सम्झनाको सेरोफेरो
- गीता उपाध्याय
- भारतेली नेपाली साहित्यकी ध्रुवतारा प्रा. गीता उपाध्यायको सम्झनामा केही हरफहरू
- गीता उपाध्याय : मेरी घनिष्ठ मित्र
- आत्मप्रकाशले उज्यालिएको जीवन र सृष्टि
- प्रा. गीता उपाध्याय – एक विरल साहित्य सेविका
- साहित्यको फुलबारीमा समन्वयको फूल फुलाउने गीता उपाध्याय
- असमीया साहित्यमा गीता उपाध्यायको योगदान
- शिशु साहित्य लेखिका गीता उपाध्याय
- साहित्य समाजको वर्गीय प्रतिबिम्ब हो
- नेपाली साहित्य परिषद् असमकी विदाई अध्यक्षा सुश्री गीता उपाध्यायसित केही अन्तरङ्ग पलहरू
- अतीतलाई फर्केर हेर्दा
- केही अनुभूतिहरू
बाल साहित्यमा गीता उपाध्याय
मुक्ति उपाध्याय बराल
जनहितको भावनालाई विद्वान लेखकहरूले आफ्ना आन्तरिक अनुभूतिद्वारा सहज, सरल र कलात्मक तरिकाले पस्किएका लेख्य सामग्रीलाई साहित्य कोसेलीका रूपमा मानवले ग्रहण गरेको पाइन्छ। मानवजीवनको अनुभव तथा अध्ययन नै साहित्य सृजनाका मुख्य आधार मानिन्छ।
जटिल मानव मस्तिष्क बुझेर बुझिनसक्नु अचम्मको सृष्टि हो। असीमित क्षमतासम्पन्न चिन्तन भण्डार छ यसमा। लगभग तेह्य सय ग्रामको मानव मस्तिष्कमा दुइहजार करोड स्नायुकोषहरू गुजुल्टिएको विकराल जाल हुन्छ। तर मानिसले आफ्नो मस्तिष्कको हजार अंशमा एक अंश पनि प्रयोगमा ल्याउन सकेको छ छैन भन्ने कुराको अन्वेषणमा यही मानव मस्तिष्क नै सक्रियरूपमा अघिबढेको देखिन्छ। यसलाई धेरैभन्दा धेरै क्षमता सम्पन्न बनाउनका लागि मानिसले विभिन्न दिशातर्फ आफ्नो सोच निरन्तर ढल्काइरहेको सत्यता उल्लेख गरिरहनु नपर्ला। त्यही ढल्काइको एउटा परिणाम बाल-साहित्य हो भन्ने कुरामा शङ्का राख्ने ठाउँ छैन।
मानव जीवनको अनुभव र सूक्ष्म अध्ययनले अनि मानव मस्तिष्कलाई बढी भन्दा बढी सक्रियता तर्फ ढल्काउने प्रयास गीता उपाध्यायज्यूले आफ्नो बाल साहित्य रूपी शिशु उपन्यासिका – आमा म फाष्ट भएँमा गर्नु भएको पाइन्छ। शुरूमा नै एउटा कुरा उल्लेख नगरी सकिएन। त्यो के भने, बाल साहित्य भन्नाले कति वर्षका उमेरसम्मका बालकबालिकाका निम्ति लेखिन्छ….। यस कुरामा बाल मनोविज्ञान अध्ययन गर्ने विद्वानहरूको विचारमा धेरै भिन्नता नभए तापनि सोचमा केही तलमाथि पाइन्छ। अति नै सूक्ष्मरूपमा केही विद्वानहरूका विचार यहाँ राख्न युक्ति सङ्गत देखिन आयो।
असमका हाम्रा साहित्यकार खड्कराज गिरीले कक्षा छ तलका बालकबालिकालाई बाल भन्न रूचाएको देखिन्छ (गिरी, पूर्वाधार, मार्च 2008, पृष्ठ 21)। पश्चिमी शिक्षाविद डा. अर्नेष्ट जोन्सले पाँच वर्षसम्मका बालकबालिकालाई पूर्व बाल्यावस्था, छदेखि बाह्य वर्षसम्मकालाई उत्तर बाल्यावस्था अनि तेह्य वर्षदेखि अठार वर्षसम्म युवावस्था भनेको पाइन्छ (अधिकारी, सन् 2005, पृष्ठ – 58)। बालबालिका भन्नाले नवजात शिशुदेखि पन्ध्रवर्षको किशोर अवस्थासम्मका केटाकेटी भन्ने गरिन्छ (जोशी, बाल साहित्य 1, वि.स. 2045, पृष्ठ 35)। बाल्य अवस्थालाई भिक्टर प्रधानले शिशुबाल, बालबाल र किशोरबाल भनेर तीनवटा स्वरूपको उल्लेख गरेको पाइन्छ। (प्रधान, बाल साहित्य, वि.स. 2053, पृष्ठ 22)। संयुक्त राष्ट्र संघीय महासभाले 1989 सन्को 20 नभेम्बरमा पारित गरेको बाल अधिकार सम्बन्धी महासन्धिको धारा 1 ले कुनै मुलुकमा कानुनद्वारा गरिएको अन्य व्यवस्थाबाहेक बालबालिका भन्नाले 18 वर्ष मुनिका केटाकेटी बुझिन्छन् भन्ने उल्लेख पाइन्छ। यसरी फेरि बाल साहित्य लेखन र बाल मनोविज्ञानका दृष्टिले 3 देखि 6, 7 देखि 9, 10 देखि 12, 13 देखि 15 वा त्यसदेखि माथि बालबालिकाको उमेरअनुसार समूह विभाजन गरेको पनि पाइन्छ।
बाल साहित्यले एउटा छुट्टै विशिष्ट अर्थ, उद्देश्य आदि बोकेको हुन्छ। त्यसबारे विभिन्न साहित्यिक विद्वानहरूले आ-आफ्नै पाराले बालसाहित्यलाई परिभाषित गरेर धारणा र विचार के कसरी व्यक्त गरेका छन्, त्यसलाई पनि अति सूक्ष्म रूपमा चिहाउन मन लाग्यो।
अविकसित बालकलाई मनोरञ्जन दिंदै निर्माणका कार्यतर्फ राष्ट्र र संस्कृतिको मोहतर्फ र ज्ञानतर्फ आकृष्ट गराउने काम बाल साहित्यको हो (शर्मा, गरिमा, पूर्णाङ्क – 17, बैशाख 2041, पृष्ठ – 106)।
बाल साहित्य सम्पूर्णरूपले बालबालिकाकै निम्ति उनीहरूको बौद्धिक स्तर, मनोविज्ञान, तथा अन्य आवश्यकतालाई ध्यानमा राखेर लेखिन्छ (छेत्री, मधुपर्क, वर्ष 28, फागुन 2052, अङ्क 10, पृष्ठ – 5)।
बालबालिकाका निम्ति स्वस्थ मनोरञ्जन, उपयोगी शिक्षा, व्यावहारिक ज्ञान र नयाँ नयाँ सूचना दिने सबै कृतिलाई बाल साहित्य शब्दले जनाउने चलन छ (बन्धु, बाल साहित्य, वि.स. 2045, पृष्ठ – 2)।
यो विभिन्न आयुवर्गका बालकबालिकाका लागि तिनको मानसिक तहअनुसार रोचक र सहज ग्राह्र हुने किसिमबाट लेखिने गर्दछ। यो ज्ञानमूलक हुन्छ भने मनोरञ्जनमूलक पनि हुन्छ। त्यसैले बाल साहित्यलाई बालकका लागि उपयोगी हुने त्यस्तो साहित्य भन्न सकिन्छ जसले ज्ञान वा आनन्द वा दुवै प्रदान गर्छ। (उपाध्याय, बाल साहित्य, वि.स. 2054, पृष्ठ – 11)
यसरी विभिन्न साहित्यिक विद्वानहरूको विचार र धारणालाई अध्ययन गरेर एउटा निष्कर्षमा पुग्नु पर्दा बाल साहित्यको परिभाषा यस प्रकारले प्रस्तुत गर्नु पर्ने देखिन्छ। – उमेर अनुसार बालबालिकाले सजिलै बुझ्न सक्ने सहज, सरल भाषा प्रयोग गरी मनोरञ्जनात्मक तरिकाले ज्ञान विज्ञान आदि विभिन्न विषयमा जानकारी दिने रोचक र आकर्षक शैलीद्वारा प्रस्तुत गरिएका विभिन्न विधाका रचना हुन्। यी रचनाहरू आकर्षक र कलात्मक त हुनै पर्छ साथसाथै रङ्ग र चित्र प्रयोगको अनिवार्यताले बाल साहित्यका रचनाहरूमा सुनमा सुगन्ध थप्ने काम गर्छ।
प्रौढद्वारा बाल साहित्यका विभिन्न विधाहरूमा कलम चलाउनु भनेको सजिलो काम भन्न पटक्कै मिल्दैन। साधारण साहित्य आफ्नो रूचिअनुसार विद्वता, कला, शैली, भाषा आदि झल्काएर लेख्नमा कुनै त्यस्तो बन्धन रहेको हुँदैन। तर बाल साहित्य लेखनमा आफ्नो रूचिको कुनै महत्व हुँदैन। बाल साहित्यमा केवल बालकबालिकाको रूचि समावेश भएको हुनुपर्छ। त्यसैले यसमा बढी एकाग्रता र प्रयासको आवश्यकता देखिन्छ।
एकजना सफल बाल साहित्य लेखक तब मात्रै हुन सकिन्छ जब सानासाना बालकबालिकाको मस्तिष्कले सोचेझैं सोच्न सक्ने क्षमता हुन्छ (क्राफ्ट, राइटिङ्ग फर चिल्ड्रेन, सन् 2002, पृष्ठ – 133)।
पाठ्यपुस्तकको उद्देश्य साक्षर बनाएर सूचना र ज्ञान दिनु हो भने बाल साहित्यको उद्देश्य बालकबालिकालाई मनोरञ्जन र आनन्द दिनु हो भनिन्छ। बाल साहित्यले आफ्नो आकर्षक शैलीद्वारा पढ्ने अभिरूचि जागृत गराउनमा मदत गर्छ, कल्पना र विचार शक्तिको प्रवद्र्धन र जीवन जगतका बहुमूल्य ज्ञानको अभिवृद्धि खेलखेल पद्धतिमा मनोरञ्जनका साथ गराउँछ भन्ने कुरा नै निर्विवाद देखिन्छ।
बालकबालिकाको उमेरअनुसारको मानसिक स्तर ध्यानमा राखेर बाल साहित्यलाई श्रेणी विभाजन गर्नु पर्ने कुरा स्पष्ट देखिन्छ। अक्षर ज्ञान पाएर पढ्न सक्ने बालकबालिकाका लागि बाल उपन्यास प्रयोज्ज हुन्छ। हुन त सचेत आमाबाबुले पढेर बाल उपन्यास सुनाउने गरेको उदाहरण पनि नभएका होइनन्। तर बालकबालिकाले स्वयम् पढ्न सक्नुचाहिं बढी प्रभावकारी हुन जान्छ। बाल साहित्यकार भिक्टर प्रधानको विचारलाई अघि राख्दै बाल उपन्यासलाई तीन श्रेणीमा विभाजन गर्नु पर्ने कुरा स्वीकार गर्नु पर्ने देखिन्छ। शिशु-बाल उपन्यास, बाल-बाल उपन्यास अनि किशोर-बाल उपन्यास। यस प्रकारले विचार गरी हेर्दा गीता उपाध्यायले लेखेको – आमा म फाष्र्ट भएँ-लाई बाल उपन्यासको श्रेणीमा राख्न सकिन्छ। तर गीता उपाध्यायज्यू स्वयम्ले आफ्नो यस पुस्तकमा यसलाई शिशु पुस्तिका भन्नु भएको छ अनि अङ्ग्रेजी अक्षरमा चाइल्ड नोभेल लेख्नु भएको छ। उपाध्यायज्यूले आफ्ना कृतिहरूको अन्तिम कभर पेजमा नेपालीमा प्रकाशित कृतिहरूको सूची लेख्दा – आमा म फस्ट भएँ – शिशु उपन्यासिका भनी लेख्नु भएको पाइन्छ। अलमलको स्थितिमा नपरेर उहाँले सोझै बाल उपन्यास लेख्नु भएको भए दृढ आत्म विश्वासको परिचायक हुने थियो।
आफ्नो भाषा, साहित्य र जातिको सेवामा समर्पित भावनाले एकहोरो पाराले निरन्तर लागि पर्नु हुने गीता उपाध्यायज्यू वन्दनीय हुनुहुन्छ। असमको माजगाउँ भन्ने ठाउँमा जन्मेर, हुर्केर असमीया माध्यमबाट शिक्षा शुरू गरेर त्यसबेला सन् 1939 जन्मिएकी नारीले उच्च शिक्षा प्राप्त गरी कलेज स्तरमा राजनीति विज्ञान पढाउन पुग्नु नै स्वयम्मा एउटा महत्वपूर्ण कुरा देखिन्छ। उहाँ असमको शिवसागर कलेजमा नियुक्ति पाउँदा मीरा कटकी र उहाँ मात्रै नारी शिक्षिका हुनुहुन्थ्यो। असमको नेपाली नाटक मञ्चनको इतिहासमा माजगाउँ थिएटर पार्टीको अवदान अविस्मरणीय छ। तीसको दशकमा माजगाउँ नेपाली थिएटर पार्टीले मञ्चन गर्ने नाटक, गीत आदिको रचना र अन्य भाषाबाट नेपाली भाषामा अनुवाद गरी नेपाली भाषा-साहित्य संसारमा ओर्लंदै, मणिसिंह गुरूङले शिलाङबाट प्रकाश गर्नु हुने नेपाली पत्रिका गोर्खा सेवकमा उदेक समाचार शीर्षक स्तम्भ लेख्ने र काठमाडौंबाट प्रकाशित शारदा पत्रिकामा सन् 1940 मा पुड्के हवलदार कथा प्रकाशित गराउने भाषा, साहित्य, संस्कृति तथा जाति प्रेमी टङ्कनाथ उपाध्यायकी प्रथम सन्तान हुनुहुन्छ गीता उपाध्याय। प्रतिभा लिएरै जन्मिएकी गीताज्यूले आफ्ना बाबुको प्रेरणा र उदाहरण पाएर आफ्नो प्रतिभालाई कसी लाउँदै जानु भयो। टङ्कनाथ उपाध्यायले त्यतिबेलै शेक्सपियरका केही नाटक नेपाली भाषामा अनुवाद गरी ती मध्ये जुलियस सिजर शिलाङबाट प्रकाश गर्नु भएको थियो। त्यस्ता बाउकी छोरी गीताज्यू किन पो चुप लागेर बस्नुहुन्थ्यो। कलेज शिक्षिका भएर नियुक्ति पाएपछि त्यही कलेजका शिक्षिकालाई लिएर सुगासा संस्था खोल्नमा उहाँको महत्वपूर्ण भूमिका रहेको थियो। त्यस संस्थाले गीताज्यूको अगुवाइमा धेरै सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको जानकारी पाइन्छ। उहाँले आफ्ना विद्यार्थीहरूलाई कवाली, नृत्य, गीत नाटक आदि पनि सिकाउनु हुन्थ्यो (शइकीया, नाट्य-पीठ, सन् 2003, पृष्ठ-7) शिक्षा, अनुभव अनि ज्ञानले मानिसलाई समर्पण, सेवा र प्रेमको भावना प्रदान गर्छ भन्ने कुरा गीता उपाध्यायज्यूको जीवन शैली निरीक्षण गर्दा नबुझ्ने कुरा आउँदैन। शान्त, सौम्य, मृदु तथा मिष्टभाषी गीताज्यूलाई देख्दै श्रद्धाभावले दुइहात जोडिन्छन्।
उहाँको सबैभन्दा पहिलो प्रकाशित कृति हो एन फ्रेङ्कको डायरी। सन् 1972 मा छापिएको यस अनुवाद पुस्तक लिएर उहाँ साहित्य लेखनको फाँटमा ओर्लिएर निरन्तर अघि बढिरहेको पाइन्छ। असमीया र नेपाली गरी उहाँले जम्मा अहिलेसम्म सत्रह-अठारवटा साहित्यिक कोसेली हामीलाई प्रदान गरिसक्नु भएको छ। नेपाली साहित्यका धरोहरस्वरूप रहेका रामायण र मुनामदनजस्ता कृतिहरू असमीया भाषामा अनि असमीया भाषाका मूल्यवान साहित्यिक रचनाहरू नेपाली भाषामा अनुवाद गरेर दुइ भाषा-साहित्य र जातिका बीचमा समन्वय सूत्र बाँध्ने उहाँको प्रयास सराहनीय देखिन्छ।
उहाँले अनुवाद गरेको पहिलो अनुवाद कृति – एन फ्रेङ्कको डायरी-को शुरूको परिचयमा साहित्यकार डिल्लीराम तिमसिनाले यसरी लेखेको पाइन्छ – किशोरी लेखिकाको सुन्दर शैलीले किशोरी अनुवादिकालाई प्रभावित पारेझैं किशोरी पाठिकाहरूलाई पनि यसले प्रशस्त प्रेरणा दिनेछ।
गीता उपाध्यायज्यूले साहित्य लेखनको शुरू नै अनुवाद बाल साहित्यबाट गरेको देखिन्छ। उहाँको पहिलो मौलिक रचना – आमा म फाष्र्ट भए पनि बाल साहित्यकै रूपमा हामीले पाएका छौं। उहाँको यो बाल मौलिक उपन्यास नेपाली भाषामा लेखिएको भारतको पहिलो बाल उपन्यास हुन पुगेछ। सिक्किम अकादमीले 6 जुलाई 2008 मा गान्तोकमा बाल साहित्यमाथि एउटा सेमिनारको आयोजन गरेको थियो। त्यसमा गीता उपाध्यायज्यूलाई सिक्किम अकादमीले सम्मान गरेको थियो। त्यही सेमिनारमा यो ऐतिहासिक तथ्य थाहा हुन गयो। नेपाली भाषामा बाल साहित्य लेखनको फाँटमा नेपालले गतिलै पाइला चालेर लम्किरहेको पाइन्छ। त्यसको दाँजामा भारतमा नेपाली भाषामा बाल साहित्यको फाँट अनुर्वर देखिन्छ भन्नुमा अत्युक्ति हुँदैन। त्यसको लेखा-जोखा पनि सिक्किम अकादमीले राखेको त्यस सेमिनारमा भइसकेको छ। बाल साहित्यको कुरै गर्नु पर्दा एउटा तीतो सत्य उल्लेख नगरी मन मानेन। त्यो के भने, नेपालमा बाल साहित्यको उन्नति गराउन नेपाली साहित्य जगतका विशिष्ट साहित्यकारहरू नै कम्मर कसेर मैदानमा ओर्लिएको पाइन्छ। तर भारतमा भने त्यस प्रकारको मानसिकता हाम्रा साहित्यकारहरूमा नपाइनु बाल साहित्य फस्टाउन नसक्नुको मुख्य कारण मान्न नसकिने कुरै आउँदैन। यस्तो स्थितिमा गीता उपाध्यायज्यूको यस तर्फको अवदान अनुकरणीय देखिन आउँछ। हाम्रो समाजको एउटा दयनीय स्थिति के देखिन्छ भने, नेपाली भाषामा लेखिएका बाल पाठ्य सामग्रीको विक्री-वितरण व्यवस्था छँदै छैन भन्दा पनि हुन्छ। साथै यदाकदा निस्किएका बाल साहित्यका नेपाली रचनाहरू उपलब्ध गराएर आफ्ना नानीहरूलाई पढेर सुनाउने वा पढ्न दिने प्रवृत्तिमा पनि उदासीनता परिलक्षित भएको पाइन्छ। अर्कातिर अङ्ग्रेजीका आकर्षक बाल साहित्यहरू भने खोजी खोजी नानीहरूका लागि किनिदिने प्रवृत्तिमा कमी पाइँदैन। हाम्रो भाषामा विशेष गरी भारतमा बाल साहित्यका रचनाहरू आकर्षक नहुनुमा बजार व्यवस्था, हाम्रो समाजको उदासीनता तथा रचनाकारहरू सबैमा नै कतै न कतै खोट देखिन आउँछ। अहिलेको आधुनिक परिपाटीमा चिटिक्क पाराको सजावट भएका सामग्रीतिर सबै आकर्षित भएको पाइन्छ। बाल साहित्यका सामग्री आकर्षक बनाउन खर्च पनि केही बढी लाग्ने गर्छ। हाम्रा यताका बाल साहित्यका रचनाहरू छापिदिएर बजार व्यवस्था मिलाई दिने प्रकाशक पनि उत्साहका साथ अघि सरेको उदाहरण पनि विरलै पाइन्छ। त्यसर्थ रचनाकारकै आफ्नो प्रयास र लगानीमा बाल साहित्य छाप्नु पर्ने बाध्यता छर्लङ्ग हुन जान्छ। गीता उपाध्यायज्यूले लेखेको अनि स्वयम् प्रकाश गरेको बाल उपन्यास – आमा म फाष्र्ट भएँ-लाई अवलोकन गर्दा त्यसले स्वतः धेरै कुरा भनिरहेको पाइन्छ। व्यापारिक भावनाभन्दा आफ्नो एउटा कृति छापेर प्रकाशमा ल्याउने भावना यसमा प्रबल भएको देखिन्छ। यस बाल उपन्यासको आवरण पृष्ठ, जो बाल रचनाको मुख्य आकर्षण केन्द्र हो, त्यो आकर्षक छ भन्न नमिल्ने देखिन्छ। बालकबालिकाले पाठ्यपुस्तक बाध्यताले पढ्ने गर्छन्, रहरले होइन। तर बाल साहित्य आकर्षण, मनोरञ्जन र रहरले नानीहरू पढ्ने गर्छन्, त्यसमा बाध्यताको कुनै ठाउँ हुँदैन। आकर्षक चित्र अनि सातै रङ्ग समावेश गरिएको आवरण कुनै पनि बाल साहित्यको महत्वपूर्ण कलापक्ष हो भनिन्छ। साथै आमा म फाष्र्ट भएँ उपन्यासका भित्री पन्ना नपढिकन पल्टाउँदै जाँदा पनि यो बालबालिकाका लागि नभएर प्रौढ मानिसका लागि लेखिएको पुस्तक भन्न मिल्ने देखिन्छ। किनभने आमा म फाष्र्ट भएँका भित्री पृष्ठमा कथावस्तुसित सुहाउँदिला एउटै चित्रहरू पनि देख्न पाइँदैन। बालकबालिकालाई चित्रात्मक वर्णनले कुनै पनि बाल रचना पढ्न प्रेरित गराउँदैन भन्न सकिंदैन। गीता उपाध्यायको यस बाल उपन्यासले भारतेली नेपाली बाल साहित्यको के कस्तो अवस्था रहेको छ त्यो स्पष्ट नहुने कुरै छैन। हुन त गीताज्यूले यसैलाई असमीया भाषामा पनि प्रकाशित गराइसक्नु भएको जानकारी उहाँ स्वयम्ले मेरो भन्ने कुरामा उल्लेख गर्नु भएको पाइन्छ। सन् 1997 मा पहिले असमीया संस्करण प्रकाशित भएपछि सन् 1998 मा नेपाली संस्करण छापिएको हो। हालसम्म आइपुग्दा अहिलेसम्म असमीया भाषामा यसका तीनवटा संस्करण प्रकाशित भइसकेको जानकारी गीताज्यू स्वयम्ले गराउनु हुन्छ भने नेपाली भाषामा छापिएका पहिलो संस्करणका प्रतिहरू अझै केही यथावत रहेका छन्। उपाध्यायज्यूको “मा मइ फाष्ट हलों’ का असमीया संस्करण असमका असमीया स्कूलहरूले किनेर विभिन्न कार्यक्रमका उपलक्षमा विद्यार्थीहरूलाई पुरस्कारस्वरूप प्रदान गरिएको कुरा जानकारीमा आएको छ। जन्मदिन, विवाह तथा अन्य कुनै समारोहमा पुस्तक प्रदान गर्ने प्रथा असमको एउटा आफ्नै पाराको विशिष्टता देखिन्छ। त्यो प्रथा हाम्रामा पनि भित्र्याउन सक्दा साहित्य सम्बर्धन्मा निकै सहयोग प्राप्त हुने थियो भन्न सकिन्छ।
बाल उपन्यास “आमा म फाष्र्ट भएँ’ को उद्देश्य र विषयवस्तु बालक-बालिका अनि गाउँघरमा बसोबास गर्ने अल्प शिक्षित निम्न आर्थिक अवस्थामा जीवन गुजारा गर्ने अभिभावकहरूका लागि पनि पठनीय र मननीय भएको छ। स्वस्थ शरीरमा नै स्वस्थ र सक्रिय मस्तिष्क रहेको हुन्छ। बालक-बालिकाको शरीर स्वस्थ छैन भने पढ्ने काममा उनीहरूमा आलस्यता आउँछ। यसरी बालकबालिकाले वरदानस्वरूप पाइआएको जटिल मानव मस्तिष्कका स्नायुहरू सक्रिय राखेर यसलाई क्षमतासम्पन्न बनाउन असमर्थ हुन्छन्। गाउँमा जन्मिएकी, हुर्केकी, पढेकी गीता उपाध्यायज्यूका नजरबाट उनको गाउँको परिवेशमा स्वास्थ्यबारे रहेको असचेतता लुक्न सकेको थिएन। उनको शिक्षित अनि सचेत मनले गाउँका मानिसहरूमा स्वास्थ्य सचेतता प्रदान गर्नु पर्छ भनी घच्घचाइ रहेको हुँदा यो रचना लेख्न उहाँ प्रेरित हुनु भएको कुरा उहाँकै “मेरो भन्ने कुरा’बाट स्पष्ट हुन्छ। उहाँ मूलतः राजनीति विज्ञानकी छात्रा अनि शिक्षिका भएर पनि जीव-विज्ञानका विषयमा उहाँले धेरै अध्ययन मनन् गर्नु परेको बोध पुस्तक पढेपछि स्वतः थाह लाग्छ। उनको उपन्यासको मुख्य पात्र चन्द्रनाथ कक्षा पाँचौंको विद्यार्थी हो। सहयोगी पात्रपात्राका रूपमा उसैका कक्षाका साथीहरू, गुरूआमा अनि उसका आमाबाबु र बैनी रहेका छन्। घरिघरी बिमारी भइरहेर स्कूलमा पनि धेरै अनुपस्थित हुने चन्द्रनाथको खोजीखबर गर्न कक्षा पाँचकी मेडम एकदिन चन्द्रनाथको घर आउँछिन् र त्यहाँको परिवेश अवलोकन गर्छिन्। त्यसको भोलिपल्टदेखि नै ती मेडमले पाँचौं कक्षामा पढ्ने चन्द्रनाथहरूलाई सन्तुलित खाद्य अनि परिवेश स्वच्छताबारे दुइतीन दिन लगातार उपदेशात्मक जानकारी गराउँछिन्। गीता उपाध्यायज्यूले स्वयम् भन्न चाहेका कुराहरू मेडम (बाइदेऊ……, गुरूआमा…..) का मुखबाट भनिएको पाइन्छ। वीणा मेडमले गरेको उपदेशात्मक भाषणको बीचमा बेला बेला विद्यार्थीहरूले प्रश्नहरू पनि राखेका अनि पौष्टिक आहारको कमीले देखा परेका रोगहरूद्वारा आक्रान्त केही उदाहरण पनि त्यहाँ प्रस्तुत गरिन्छन्। त्यही दुइतीन दिनको उपदेशले मुख्य पात्र चन्द्रनाथ ज्ञानी बन्छ। उसले घरको सरसफाइ तथा खानपीनमा विशेष ध्यान दिंदै आमाबाउलाईसमेत ज्ञान दिन्छ। बिरामी भइरहेर स्कूल अनुपस्थित रहेर पढाइमा समेत कमजोर चन्द्रनाथ स्वस्थ बन्छ, सधैं स्कूल जान थाल्छ, घरमा पनि मन लगाएर पढ्छ अनि वार्षिक परीक्षामा ऊ कक्षामा पहिलो हुन्छ। अति छोटकरीमा भन्नुपर्दा उपन्यासको कथासार यति नै हो। यस बाल उपन्यासका मुख्य पात्र चन्द्रनाथ र उसका साथीहरूजस्ता विद्यार्थी सर्वत्र उपलब्ध हुँदा हुन् त शिक्षण पद्धतिमा शिक्षण सूत्र र शिक्षा मनोविज्ञानका ठूल्ठूला पुस्तकहरूको खाँचो नगण्य हुने थियो भन्न सकिन्छ। विभिन्न शिक्षण प्रणालीहरू अवलम्बन गरी विद्यार्थीहरूको मन जितेर उनीहरूको आफ्नो प्रतिभा शक्ति विकसित गराउँदै व्यवहारमा ल्याउन सक्नु नै ज्ञानको दिशातिर उनीहरूलाई अग्रसर गराउन सक्नु शिक्षकशिक्षिकाहरूको ठूलो उपलब्धि मानिन्छ। त्यसका लागि शिक्षकशिक्षिकाहरूलाई उचित तालिम दिने गरिन्छ। परम्परागत भाषण पद्धति सबै विद्यार्थीहरूका लागि प्रभावकारी हुन्छ भन्न सकिंदैन।
यहाँ वीणा मेडमले कक्षामा प्रदान गरेको भाषण शिक्षण पद्धतिलाई कक्षा पाँचौंका चन्द्रनाथ आदि विद्यार्थीले अति सजिलै थपक्कसित ग्रहण गरेर व्यवहारमा सुधार ल्याउनु, उनीहरू ज्ञानी बनिनु आदि लेखिका गीता उपाध्यायज्यूको सरल र विनम्र मनका परिचायक हुन् भन्नु पर्ने देखिन्छ। सुनेर वा देखेर पाएको ज्ञानभन्दा आफ्नो भोगाइको अनुभव र प्रत्यक्ष उदाहरण आदिद्वारा पाएको ज्ञान दिगो हुन्छ भनिन्छ। यही कुरालाई ध्यानमा राखेर, कलेजकी शिक्षिका हुँदा उपाध्यायज्यूले सुगासा समूह तयार पारी विभिन्न सांस्कृतिक कार्यक्रम गराएझैं यस बाल उपन्यासमा पनि अन्त्यतिर उहाँले जागृति सेना गठन गराई विद्यार्थीहरूलाई समूहमा काम गर्ने प्रेरणा दिनु एउटा राम्रो र ठोस उदाहरण बनेको पाइन्छ।
उनको आफ्नो मौलिक नाट्यकृति नदेखिए तापनि दरबारकी सुसारे अनुवाद नाटक लेख्ने गीताज्यू सशक्त नाटककार हुनुहुन्छ। एन फ्रेङ्कको कथासार नाटकीय रूपान्तर असमीया भाषामा गरेर त्यसलाई मञ्चन गराउनमा समेत उहाँको महत्वपूर्ण भूमिका रहेको कुरा थाहा लाग्छ (शइकीया, नाट्य-पीठ सन् 2003, पृष्ठ-8)। निर्देशन र अभिनयसमेतमा दक्षता प्राप्त गरिसकेकी उपाध्यायज्यूले जागृति सेना उपन्यासको शुरूमा नै तयार पारेर गाउँमा विद्यार्थीद्वारा सडक नाटक तथा मञ्च नाटक प्रस्तुत गर्दै खेलखेल शिक्षण पद्धति अप्नाएर उहाँ आफ्नो उद्देश्यतर्फ अघि बढ्न नसक्ने कुरा थिएन। तर उहाँले त्यस जागृति सेनालाई गाउँघरका मानिसहरूमा सरसफाइ र पुष्टिकर सन्तुलित आहारबारे जानकारी प्रदान गराउन घरघर पठाउनु पनि उहाँको मनमा रहेको सुधारवादी भावनाको उपज हो भन्नु पर्छ। यही भावनालाई अझै व्यापक रूप प्रदान गर्न स्कूल विदा भएको दिन नजीकैको कुनै हस्पिटल परिदर्शन गराएर जागृति सेनाद्वारा विरामीको सेवा अनि साथसाथै हस्पिटलका डाक्टरहरूको सहयोग लिएर बिमारीका कारण र निवारणका उपायहरूको व्याख्या गराउँन सक्दा विद्यार्थीहरूका मनमा अझ बढी प्रभाव विस्तार गराउन नसकिने कुरा आउँदैनथ्यो भन्न नमिल्ने कुरै थिएन। रूखबिरूवा रोप्नु पर्छ, जङ्गल मास्नु हुँदैन भन्ने कुरा परिवेश सचेतताका लक्षण हुन्। गीता उपाध्यायज्यूले वीणा मेडमद्वारा वनभोज आदिको आयोजन गराएर जागृति सेनालाई प्राकृतिक परिवेशमा लगेर प्रकृतिको संरचनाबारे गहकिलो जानकारी गराउँदै विश्व परिवेश दिवसको उपलक्षलाई पनि राम्ररी प्रयोग गर्न सकिने प्रशस्त ठाउँ “आमा म फाष्ट भएँ’ बाल उपन्यासमा देखिन आउँछ। त्यसो हुँदा बाल उपन्यास रूपी यस कृतिमा सुनमा सुगन्ध थपिने थियो भन्न सकिन्छ।
ठाउँ हेरिहेरी एउटै भाषाका भिन्न प्रस्तुति र शैली हुन्छन् भन्ने कुरा सर्वविदितै छ। असममा बोलिने तथा लेखिने नेपाली भाषामा एउटा अर्कै चिन्हारी छ अनि आफ्नै पाराको सौन्दर्य छ। असम अञ्चलको छाप पर्नु त्यहाँको नेपाली भाषाको एउटा महत्वपूर्ण पक्ष हो जसले सुमधुर रस घोल्दै प्राण सञ्चार गराउन सघाउ पुऱ्याउँछ। असमको नेपाली भाषामा त्यहाँकै प्रकृति र स्वच्छता पाइने हुनाले त्यसलाई त्यही रूपमा ग्रहण गर्न सक्नुमा नै नेपाली भाषासाहित्यको व्यापकतामा हातेमालो गर्नु हो भन्न सकिन्छ।
असमका नेपाली बोलीचालीमा प्रचलित भएर पचिसकेका असमीया शब्दको प्रयोगसमेत अवश्य भएको छ। तर बीसलाख जति नेपालीले आफ्ना पारेका शब्द भित्र्याउँदा नेपाली शब्द भण्डार नै सम्पन्न हुने ठानेर सन्तोष मान्ने ठाउँ पनि छ (तिमसिना, एन फ्रेङ्कको डाएरी, परिचय लेख, सन् 1972, पहिलो संस्करण, असम)।
अब यस युगमा आएर पनि हामी सन्तोष गरेरै बाँच्नु कि सत्यतालाई ठोकुवा गरेर अँगाल्नु…. असममा प्रचलित नेपाली भाषामा यतिधेरै आञ्चलिक, तत्सम र तत्भव शब्दहरू छन् त्यस तर्फ हाम्रा शब्दकोश निर्माण गर्ने विद्वान लेखकहरूको ध्यान नजानु एउटा ठूलो विडम्बना मान्नुपर्छ। प्रसङ्गवश यहाँ उठान भएको यो चिन्तनमननको एउटा महत्वपूर्ण विषय हुँदाहुँदै पनि त्यसलाई बीट मार्दै मूल विषयतिर लम्किन कर लाग्यो।
गीता उपाध्यायज्यू समानान्तर रूपमा नेपाली र असमीया भाषामा कलम चलाउन सक्ने प्रतिभा हुनुहुन्छ। दुवैहातले लेख्न सक्ने भए उहाँ एकहातले नेपाली अनि अर्काले असमीया लेख्नु हुने थियो। एन फ्रेङ्कको नाटक मञ्चन विशेषाङ्क एउटा असमीया पत्रिका नाट्य-पीठमा गीताज्यू आफ्नो एउटा संस्मरणमा भन्नुहुन्छ – 1966 सन्-मा नै एनको डाएरीबाट प्रभावित भएर त्यसलाई नेपालीमा अनुवाद गर्ने काम मैले थालें। तर मैले असमीया माध्यमबाट शिक्षा प्राप्त गरेकी हुँ। त्यसैले नेपाली अनुवाद गर्ने क्रममा पहिले असमीयामा त्यसको चिन्तनभावना आउने गथ्र्यो र मैले असमीयामा पनि अनुवाद गर्ने विचारले सहकर्मी बसन्ती लस्करलाई छेउमा राखेर असमीया भन्दै गएँ अनि मचाहिं नेपाली लेख्दै गएँ। यसरी दुवै भाषामा हामीले अनुवाद सक्यौं।
असमीया भाषा साहित्यमा गीता उपाध्यायज्यूले निरन्तर सेवा पुर्याउनु भएकामा असमबाट उहाँ – फूलचन्द खण्डेलवाल पुरस्कारले अलंकृत भइसक्नु भएको छ। असमीया भाषामा गीता उपाध्याय विशेषाङ्क निस्किसकेको छ। उहाँबारे त नेपाली भाषामा पनि एउटा पत्रिका निकाल्न सक्दा नराम्रो हुने थिएन भन्ने विचार मनमा आइरहेको बेलामा स्पन्दन को वर्ष-2, अङ्क 11-12, कमलमणि दीक्षित विशेषाङ्क टुप्लुक्क आइपुग्यो। त्यसमा असमकी वरिष्ठ महिला हस्ताक्षर प्रा. गीता उपाध्याय अङ्क निस्किने जानकारी पाउँदा हर्षको सीमा रहेन। कुवेतजस्तो ठाउँमा कर्मजीवन अघि बढाउने क्रममा होमबहादुर छेत्रीज्यूले नेपाली भाषा-साहित्यको सेवामा आफूलाई निस्वार्थ समर्पण गर्नु वन्दनीय छ। उहाँकै प्रेरणाले अभिभूत भएर गीता उपाध्यायज्यूको बाल साहित्य सम्बन्धमा कनीकुथी सम्मान भावनाले ओतप्रोत भएका यी पुष्पाक्षर अघि सारें।
सारांशमा भन्नुपर्दा सम्पूर्ण रूपले बालबालिकाकै निम्ति उनीहरूको बौद्धिक स्तर, मनोविज्ञान, उपयोगी शिक्षा, व्यावहारिक ज्ञान तथा केही नयाँ सूचना दिने प्रकारले यस बाल उपन्यासको रचना भएको छ भन्न सकिन्छ। आजका बालबालिका भोलिका नागरिक हुन्। त्यसैले जनहित र राष्ट्रहितको भावनालाई विद्वान लेखिका गीता उपाध्यायज्यूले आफ्ना आन्तरिक अनुभूतिद्वारा सहज, सरल तरिकाले पस्किएको यस बाल उपन्यासका लागि साधुवादको भुने अर्थात “खलागर खराइ’ टक्रयाउन चाहन्छु। उहाँका अध्ययन र अनुभवबाट सृजना भएका साहित्यका कोसेली हामीले अझै पाउँदै जानेछौं भन्ने आशा र शुभकामनासहित यो कलम बिसाउने अनुमति चाहन्छु।
सन्दर्भ सूची
1. गिरी, खडगराज, शिशु साहित्य र भविलाल लामिछानेको बादल पारीको देश (लेख), पूर्वाधार वार्षिक पत्रिका, वर्ष-6, अङ्क-6, मार्च 2008, सम्पादक-टीका ढुङ्गेल, पृष्ठ-21।
2. अधिकारी, रामलाल, विषय परिक्रमा, निर्माण प्रकाशन, नाम्ची, सिक्किम, सन् 2005, पृष्ठ-58।
3. जोशी, जगत बहादुर, बाल साहित्य – अस्तित्व र प्रयोजन (लेख), बाल साहित्य-1, काठमाडौं, वि.स. 2045, पृष्ठ-35।
4. प्रधान, भिक्टर, बाल साहित्यको अर्थ, उद्देश्य र आधुनिकता (लेख), बाल साहित्य, वार्षिक पत्रिका, काठमाडौं, वि.स. 2053, पृष्ठ-22।
5. शर्मा, डा. तारानाथ, साझा प्रकाशनका 2040 मा प्रकाशित पुस्तक, (लेख), गरिमा, साझा प्रकाशन, काठमाडौं, पूर्णाङ्क – 17, वैशाख 2041, पृष्ठ-106।
6. छेत्री, डा. जगत, बालकथा साहित्यको संरचना र प्रारूप (लेख), मधुपर्क, गोर्खा पत्र संस्थान, काठमाडौं, वर्ष-28 अङ्क-10, फागुन-2052, पृष्ठ-5।
7. बन्धु, डा. चुडामणि, बाल साहित्य – अस्तित्व र प्रयोजन, (लेख) बाल साहित्य, काठमाडौं, वि.स. 2045, पृष्ठ-2.
8. उपाध्याय, डा. केशवप्रसाद, बाल साहित्यको विषय चयनमा समय सापेक्षता, (लेख) बाल साहित्य काठमाडौं वि.स. 2054, पृष्ठ-11।
9. क्राफ्ट एन्ड्रियु, राइटिङ फर चिल्ड्रेन, द फ्रिलेन्स राइटर्स ह्राण्ड बुक, लण्डन, जुडी पियट्कुस (प्रकाशक) लिमिटेड, सन् 2002, पृष्ठ-133।
10. शइकीया, डा. अनिल, सम्पादक, नाट्य-पीठ अङ्क-6, नाट्य पीठ प्रकाशन, शिवसागर, असम सन् 2003, पृष्ठ-7
11. उपाध्याय, गीता, एन फ्रेङ्कको डायरी अङ्गेजीबाट अनुवाद, प्रकाशक – अरूण कुमार उपाध्याय, दरङ, असम, पहिलो संस्करण, सन् 1972.
12. उपाध्याय, गीता, आमा म फाष्र्ट भएँ बाल उपन्यास पहिलो संस्करण सन् 1998।
13. तिमसिना, डिल्लीराम, परिचय लेख, एन फ्रेङ्कको डायरी, गीता उपाध्याय, पहिलो संस्करण, सन् 1072 दरङ, असम, प्रकाशक – अरूण कुमार उपाध्याय।
सिलगढी
(साभार हाम्रोध्वनि, फरवरी, 2010-सम्पादक)
अनुक्रमणिका
- गीता उपाध्याय : एक छोटो कैरन
- गरिमायुक्त व्यक्तित्व गीता उपाध्याय
- गीता उपाध्याय : व्यक्तित्व र कृतित्व
- सुश्री गीता उपाध्यायको व्यक्तित्व र कृतित्वको संक्षिप्त रूपरेखा
- गीता उपाध्यायको जीवन र कर्म : एक विहंगम दृष्टि
- एन फ्रेन्कको डायरीबारे
- गीता उपाध्याय र एन फ्रेङ्कको डायरी
- अनुवाद साहित्यको क्षेत्रमा गीता उपाध्यायको योगदान
- केही भन्नु पर्दा
- गीता उपाध्यायको नियात्राकारिता
- ब्रह्मपुत्रको किनारदेखि अलकानन्दाको तीरैतीर
- “…. हामी भर्खर तीर्थका ढोकामा आइपुगेका छौं …’
- ‘कथाञ्जली’-को भावभूमि
- गीता उपाध्यायकृत कथाञ्जली : एक अध्ययन
- विविध व्यक्तित्वका आलोकमा कथाकार गीता उपाध्याय
- कथाञ्जली – एक अवलोकन
- गीता उपाध्याय दिदीको ‘कथाञ्जली’ सरसर्ती पढ्दा
- ‘सुबासित बताह’ गीता उपाध्यायका कथाहरूको पर्यालोचना
- बाल साहित्यमा गीता उपाध्याय
- विश्वप्रसिद्ध किशोरी एन फ्रांकको कथा
- जन्मभूमि मेरो स्वदेश : परिक्रमा र मन्थन
- एक स्रष्टाका वाणीमा ध्वनित लाखौंको ढुकढुकी : जन्मभूमि मेरो स्वदेश
- उपन्यास जन्मभूमि मेरो स्वदेश – इतिहासपरक सामान्य पठन
- गीता उपाध्यायसँग बिताएका बाल्यकालका केही समय
- शैशवदेखि परिचित गीता दिदी : आफ्नो सम्झनाको सेरोफेरो
- गीता उपाध्याय
- भारतेली नेपाली साहित्यकी ध्रुवतारा प्रा. गीता उपाध्यायको सम्झनामा केही हरफहरू
- गीता उपाध्याय : मेरी घनिष्ठ मित्र
- आत्मप्रकाशले उज्यालिएको जीवन र सृष्टि
- प्रा. गीता उपाध्याय – एक विरल साहित्य सेविका
- साहित्यको फुलबारीमा समन्वयको फूल फुलाउने गीता उपाध्याय
- असमीया साहित्यमा गीता उपाध्यायको योगदान
- शिशु साहित्य लेखिका गीता उपाध्याय
- साहित्य समाजको वर्गीय प्रतिबिम्ब हो
- नेपाली साहित्य परिषद् असमकी विदाई अध्यक्षा सुश्री गीता उपाध्यायसित केही अन्तरङ्ग पलहरू
- अतीतलाई फर्केर हेर्दा
- केही अनुभूतिहरू
विश्वप्रसिद्ध किशोरी एन फ्रान्कको कथा
यादव भट्टराई
गीता उपाध्याय भारतमा बसेर पनि भाषा, साहित्यका निम्ति लागिपर्नुभएकी लेखिकाको नाउँ हो। सन् 1939 फरवरी 14 मा आमा भागिरथी देवी र बाबु टंकनाथ उपाध्यायकी सुपुत्रीका रूपमा जन्मनु भएकी उपाध्याय असमको शिवसागर कलेजको सेवानिवृत्त प्राध्यापक हुनुहुन्छ। नेपाली र असमीया भाषाकी लेखिका र अनुवादकसमेत रहनुभएकी उहाँका विभिन्न विधाका मौलिक र अनूदित गरी एक दर्जन कृतिका साथै चारवटा सम्पादित कृतिसमेत प्रकाशित छन्। गुवाहाटी विश्वविद्यालयबाट सन् 1964 मा राजनीतिशास्त्रमा एम.ए.गर्नु भएकी उपाध्यायले पद्मप्रसाद ढुङ्गाना पुरस्कार, डा. नीलिमा दत्त अनुवाद पुरस्कार, पारिजात साहित्य मितेरी नेपाल सम्मानजस्ता पुरस्कार र सम्मान प्राप्त गर्नु भएको छ।
‘एन फ्रान्कको डायरी’ नेपाली भाषामा अनुवादकृति प्रकाशन गरिसक्नु भएकी गीता उपाध्यायको त्यसै कृतिमा आधारित ‘एन फ्रांकको बाल्यकालको कथा’ शीर्षकको बालकृति प्रकाशनको तयारीमा हुनु खुसीको कुरो हो। दोस्रो विश्वयुद्धको त्रासदीपूर्ण अवस्थाको चित्रणमा यहुदी परिवारले भोगेका क्षण वास्तवमै कारूणिक लाग्दछन्। जर्मनीबाट विस्थापित परिवार हल्यान्ड पुगेर पनि सुरक्षित अनुभव गर्न नपाउनु दुःखद यथार्थ हो। हिटलर शब्दले मानव इतिहासको त्रासद कालखण्डको स्मरण गराउँछ। यसै परिप्रेक्ष्यमा जर्मनीमा हिटलरको शासन सुरू भएलगत्तै यहुदीहरूमाथिको अत्याचारका कारण त्यहाँबाट विस्थापित हुनु पुगेका परिवारहरूमध्ये अटो फ्रांकको परिवारसमेत बसाइँ सर्न बाध्य हुन्छ। एन फ्रांक अटो फ्रांककी कान्छी छोरी जसले युद्धको भयावह अवस्थामा किटी नाम गरेकी काल्पनिक पात्रलाई सम्बोधन गरी डायरी लेख्न थालेकी हुन्। लुकेर बसेको अवस्थामा पनि एउटी किशोरीले विषम परिस्थितिका अनुभव र मनको भावावेगसमेतलाई डायरीका पृष्ठहरूमा समेटेर युद्धको वस्तुस्थिति मात्र होइन त्यस बेलाको राजनीतिक घटनाका परिदृश्यलाई समेत अङ्कन गर्न खोज्नु प्रशंसनीय कार्य हो भने लाग्दछ। बालसुलभ अनुभवको अभिव्यञ्जनालाई लिपिबद्ध गर्दै एन फ्रान्कका तत्कालीन संवेग र आवेगलाई कथात्मकरूपमा प्रस्तुत गर्ने लेखिका गीता उपाध्यायले असल काम गर्नु भएको छ। विशेष गरी बालबालिकाहरूका लागि एउटी बालिकाको असामान्य जीवन-परिस्थितिको अभिव्यक्तिले उत्साह र जिज्ञासा दुवै उत्पन्न गर्नेछ भन्ने विश्वास गर्न सकिन्छ।
एन फ्रान्कले भोगेको दुःख एवम् दुई परिवारबीच स्थापित स्नेह आदिको अन्तर्भूत यथार्थले बालबालिका थप रोमाञ्चित हुनेछन्। कृतिमा एनले गुप्तगृहमा बिताएका अभावग्रस्त दिनहरूको चित्रण गरिएको छ भने स्वतन्त्रताको अभावमा झेल्नु परेका पीडालाई पनि उत्तिकै मर्मस्पर्शीरूपमा व्यक्त गरिएको छ। यस किसिमको परिस्थिति भोग्दै जाँदा एनमा देखा परेको परिपक्वता, गाम्भीर्य र दायित्वबोध वास्तवमै प्रेरणाप्रद छन्। कष्टका समयमा दुःख बिर्साउन एनबाट गरिएका ठट्टाहरू हुन् वा अन्य कुनै पनि सन्दर्भ तिनलाई डायरीमा लिपिबद्ध गर्ने उनको बानीले पछिल्ला पुस्तालाई इतिहाससँग परिचित हुने अवसर प्राप्त भएको छ। अप्ठेरो परिस्थितिमा एनसहित आठजनालाई बचाउन सहयोग गर्ने पनि जर्मन नै थिए। यस किसिमको मानवीयताप्रति एनको गहिरो विश्वास थियो। एन भविष्यमा लेखिका बन्न चाहन्थिन्। तर, निष्ठुर समयले उनलाई लामो समय जीवित रहन दिएन। अन्ततः नाजी पुलिसका मानिसहरूको कैदमा परेका एन र उनकी दिदी मार्गोटको बन्दी शिविरमा मृत्यु हुन्छ। यसरी सन् 1929 जुन 12 मा जन्मेकी एनको मृत्यु 1945 मा नाजीहरूको अत्याचारबाट हुन पुग्यो। एनले लेखेको डायरी उनका बाबु अटो फ्रांकको हातमा पर्छ। डायरी पढिसकेपछि एनका बाबु आफूले कहिल्यै नसोचेको एनको एक बेग्लै रूप अनुभव गर्न पुग्छन् र आश्चर्य मान्दछन्। पछि एनको डायरी प्रकाशित भयो र एनले जीवित हुँदा चाहेजस्तै उनी विख्यात भइन्-पुस्तकमार्फत्।
लेखिका गीता उपाध्यायले बडो सुन्दर ढङ्गबाट एनको जीवनका महत्त्वपूर्ण क्षण, उनका गतिविधि र चिन्तनलाई यस पुस्तकमा समेट्नु भएको छ। पुस्तकमा लेखिका स्वयम् एनबाट प्रभावित भई उनीहरू लुकेर बसेको घर हेर्ने इच्छाले आर्मस्टरडम सहरको गुप्तगृह पुग्नु भएको कुरा उल्लेख गरिएको छ। अत्यन्त सरल भाषामा एनको जीवन-चित्रका साथै युद्धको विभीषिकालाई रोचक ढङ्गमा प्रस्तुत गरिएको छ। यसका साथै एनले लेखेको ‘ब्लारी’ शीर्षकको रोचक कथा पनि कृतिमा समावेश गरिएको छ। एनको जीवनका घटना र अनुभव बालबालिकाले चाख मानेर पढ्नेछन्। साथै, ब्लारी नाम गरेको एउटा भालुको बच्चाले आफ्नी आमाबाट भागेर पृथ्वीको आविष्कार गर्ने रहरको सुन्दर कथा पनि बालबालिकाले रमाएर पढ्नेछन् भन्ने विश्वास गर्न सकिन्छ।
एन फ्रान्कको डायरीमा आधारित रहेर बालसुलभ अभिव्यक्तिमा लेखिका गीता उपाध्यायले विश्वमै चर्चित प्रसङ्गलाई नेपाली पाठकका लागि गर्नुभएको रचना प्रशंसनीय छ। पुस्तक पढेर बालबालिकाले जीवनको कठिन क्षण र सुखद क्षणको अनुभव गर्न पुग्नेछन्। एनको चरित्र र विचारले बालबालिकाहरू लाभान्वित हुनेछन्। बालबालिका भनेका काँचा माटा हुन्, तिनलाई चाहेका आकारमा ढाल्न सकिन्छ भन्ने मान्यताअनुरूप एनको जीवनचित्रले गहिरो प्रभाव पार्नेछ। प्रस्तुत पुस्तक अन्य पाठकका लागि पनि उत्सुकतापूर्ण हुनेछ भन्ने लाग्दछ। डायरीलेखन स्वयम्मा एउटा महत्त्वपूर्ण कार्य हो जसका माध्यमबाट इतिहासका महत्त्वपूर्ण घटना र सन्दर्भहरू लिपिबद्ध हुन पुग्दछन् र ऐतिहासिक एवम् अभूतपूर्व बन्छन्। बालबालिकाहरूले डायरीलेखनको यस महत्त्वलाई बुझेर त्यसतिर पनि लाग्न सके भने त्यो प्रशंसायोग्य हुनेछ।
अन्त्यमा, भारतमा बसेर पनि नेपाली भाषा, साहित्यमा योगदान गर्नु हुने आदरणीय स्रष्टा गीता उपाध्यायलाई यस किसिमको महत्त्वपूर्ण विषय र पात्रमा आधारित कृति रचनाका निम्ति मुरी-मुरी प्रशंसा र बधाई भन्छु।
भैरहवा, 2065 असोज 6
(एन फ्रांकको बाल्यकालको कथाको भनाइबाट, साभार – सम्पादक)
अनुक्रमणिका
- गीता उपाध्याय : एक छोटो कैरन
- गरिमायुक्त व्यक्तित्व गीता उपाध्याय
- गीता उपाध्याय : व्यक्तित्व र कृतित्व
- सुश्री गीता उपाध्यायको व्यक्तित्व र कृतित्वको संक्षिप्त रूपरेखा
- गीता उपाध्यायको जीवन र कर्म : एक विहंगम दृष्टि
- एन फ्रेन्कको डायरीबारे
- गीता उपाध्याय र एन फ्रेङ्कको डायरी
- अनुवाद साहित्यको क्षेत्रमा गीता उपाध्यायको योगदान
- केही भन्नु पर्दा
- गीता उपाध्यायको नियात्राकारिता
- ब्रह्मपुत्रको किनारदेखि अलकानन्दाको तीरैतीर
- “…. हामी भर्खर तीर्थका ढोकामा आइपुगेका छौं …’
- ‘कथाञ्जली’-को भावभूमि
- गीता उपाध्यायकृत कथाञ्जली : एक अध्ययन
- विविध व्यक्तित्वका आलोकमा कथाकार गीता उपाध्याय
- कथाञ्जली – एक अवलोकन
- गीता उपाध्याय दिदीको ‘कथाञ्जली’ सरसर्ती पढ्दा
- ‘सुबासित बताह’ गीता उपाध्यायका कथाहरूको पर्यालोचना
- बाल साहित्यमा गीता उपाध्याय
- विश्वप्रसिद्ध किशोरी एन फ्रांकको कथा
- जन्मभूमि मेरो स्वदेश : परिक्रमा र मन्थन
- एक स्रष्टाका वाणीमा ध्वनित लाखौंको ढुकढुकी : जन्मभूमि मेरो स्वदेश
- उपन्यास जन्मभूमि मेरो स्वदेश – इतिहासपरक सामान्य पठन
- गीता उपाध्यायसँग बिताएका बाल्यकालका केही समय
- शैशवदेखि परिचित गीता दिदी : आफ्नो सम्झनाको सेरोफेरो
- गीता उपाध्याय
- भारतेली नेपाली साहित्यकी ध्रुवतारा प्रा. गीता उपाध्यायको सम्झनामा केही हरफहरू
- गीता उपाध्याय : मेरी घनिष्ठ मित्र
- आत्मप्रकाशले उज्यालिएको जीवन र सृष्टि
- प्रा. गीता उपाध्याय – एक विरल साहित्य सेविका
- साहित्यको फुलबारीमा समन्वयको फूल फुलाउने गीता उपाध्याय
- असमीया साहित्यमा गीता उपाध्यायको योगदान
- शिशु साहित्य लेखिका गीता उपाध्याय
- साहित्य समाजको वर्गीय प्रतिबिम्ब हो
- नेपाली साहित्य परिषद् असमकी विदाई अध्यक्षा सुश्री गीता उपाध्यायसित केही अन्तरङ्ग पलहरू
- अतीतलाई फर्केर हेर्दा
- केही अनुभूतिहरू
जन्मभूमि मेरो स्वदेश : परिक्रमा र मन्थन
लक्ष्मण अधिकारी
प्रवेश –
तेजपुर निवासी गीता उपाध्याय असम नेपाली साहित्य इतिहासमा प्रतिष्ठापित नाम हो। शैशवकालबाटै अध्ययन, मनन र लेखन कार्यमा संलग्न भई भारतीय नेपाली साहित्यको धरातलमै आफ्नो वर्चस्व कायम गर्नु उहाँको एक अन्यन्य उपलब्धि मान्नुपर्दछ। उहाँका अनेक रचनाहरू छन्। अनुवाद साहित्यमा साहित्य अकादेमी पुरस्कार प्राप्त गरिसक्नुभएको छ उहाँले।
गीता उपाध्यायको जन्म 14 फरवरी, 1939 सन्-मा भएको हो भने उहाँ राजनीति विज्ञानको विभाग प्रमुखसम्म भई शिवसागर महाविद्यालयबाट सेवा निवृत्त हुनुभएको हो। लेखन क्षेत्रको उहाँको धरातल निकै फैलिएको छ र उहाँ नेपाली तथा असमीया भाषामा बराबर लेख्नुहुन्छ। अद्यावधि गीता उपाध्यायका मौलिक, अनुवाद गरी असमीया औ नेपाली दुवै भाषामा जम्मा 23 वटा कृतिहरू छन् जसमा उपन्यास, कथा र निबन्ध-प्रबन्धहरू पर्दछन्।
गीता उपाध्यायको सद्य प्रकाशित “जन्मभूमि मेरो स्वदेश’ उपन्यास एउटा दीर्घकाय उपन्यास हो, जसले भारत स्वाधीन आन्दोलनमा असमका नेपालीहरूको सहयोग, भूमिका र कृतित्वको गाथा, कथा, व्यथा बोकेर अघिबढेको छ। यो उपन्यास मुख्यत: असमका नेपाली सिंहपुरुष छविलाल उपाध्यायमाथि लेखिएको उपन्यास हो। लेखिकाको स्वीकारोक्तिअनुसार यो उपन्यास असमीया भाषामा लेख्ने मनसालाई असमकी श्रेष्ठ साहित्यिक ड. शान्ति थापाले नेपाली भाषामा लेख्न मन परिवर्तन गरिदिएको हो। यसको फल असमका नेपाली जनताले शिर ठाडो गर्नसक्ने गरी पाएका छन्, लाभैलाभ भएको छ।
उस बेलाका स्वतन्त्र सेनानीहरूको बलिदान, त्याग र अहोपुरुषार्थले आजका भारतीयहरूलाई स्वतन्त्र देश प्रदान गरेको कुरा भनिरहनु पर्ने अवश्य होइन। नेपाली जाति विश्वमा छरिएर बसेको छ र जुन देशमा जन्म्यो र बस्यो त्यसैलाई “जन्मभूमि मेरो स्वदेश’ को आस्थामा लियो। देशभक्तको तुलनामा नेपाली जाति विश्वको अहं दर्जामा छ, यो आज देखिइरहेको सत्य हो।
प्रस्तुत उपन्यास “जन्मभूमि मेरो स्वदेश’को उद्देश्य छ, भारतवर्षप्रति रहेको नेपालीहरूको आस्था, श्रद्धा र देशभक्ति जाहेर गर्नु। जब यो देश अङ्ग्रेजको शासनग्रस्त थियो तब जम्मै भारतीयहरू अङ्ग्रेजलाई देश बाहिर गर्न महात्मा गान्धीको नेतृत्वमा एकत्रित भई आन्दोलन गर्दा असमका नेपालीहरू पनि चुप लागेर बस्न सकेनन् र उनीहरूले पनि आफ्नोतिरबाट देशमातृको उत्थानमा सहयोग गरे। त्यही कुरो उपन्यासको वर्णन केन्द्र भएको छ। त्यसमा पनि बाबू छविलाल उपाध्यायको योगदान ऐतिहासिक स्वरूप थियो, त्यही कुरा उपन्यासको मूल विषय छ। छविलाल उपाध्यायको शैक्षिकताको मानदण्ड थोरै भए पनि उनको प्रतिभा र स्वाध्याय परिधि निकै फराकिलो थियो र उनले त्यो समयमा असम समाजलाई नै पथनिर्देश दिनसकेका थिए, त्यही कुरा उपन्यासमा वर्णित छ। असमका नेपालीहरूले भारत मातृलगायत असमभूमिलाई कति श्रद्धा गर्थे, त्यही त उपन्यासले भन्न चाहेको हो। बाबू छविलाल उपाध्याय जब भारत स्वाधीनता आन्दोलनमा थिए त्यतिखेर उनले अङ्ग्रेज सरकारले दिएको प्रलोभनलाई पनि देशमातृको सेवामा तुच्छ सोचे, त्यस्तो महत् आदर्श “जन्मभूमि मेरो स्वदेश’ उपन्यासले जनमानससमक्ष पुऱ्याउन जमर्को लिएको छ। स्वाधीनता सङ्ग्रामीहरूको बिर्सिएका ती महत् कार्यहरू पुन: स्मृतिपटमा ल्याइदिने काम गरेको छ उपन्यासले। त्यसैले यो उपन्यासका मूल पात्र “बाबू छविलाल उपाध्याय’ छन्, जो देशभक्त, जातिभक्त र समाजसंस्थापक थिए। उनैको जीवनवृत्तमा रचिएको उपन्यासले उसबेलाका स्वतन्त्रता सेनानी र असमे समाजको स्थिति, अवस्था र व्यवस्थालाई परिवेशको रूपमा व्यक्त गर्दै छविलाल उपाध्यायको जीवनसम्मको पथमा गतिमान छ यो उपन्यास।
उपन्यासको धरातल भारत स्वाधीनता आन्दोलनमा गोठपाला र खेतीकिसानी गर्ने नेपालीहरूको सहयोग नै धरातल हो। जब भारतमा स्वाधीनता आन्दोलन चर्किन थाल्यो उस समयका नेपालीहरूको अहं सम्पत्ति नै थियो गोठ र खेती। बिहाली माजगाउँवासीहरूले काजिरङ्गामा गोठ पालन गरेका थिए। त्यसैबेला भारतभरि स्वाधीनताको आन्दोलन पनि चर्किेदै थियो। नेतृत्वमा थिए, महात्मा गान्धीआदि। यतिखेरै काजिरङ्गाबाट गोपालक नेपालीहरूका गाई र भैंसी लखेट्छ अङ्ग्रेज सरकारले। काजिरङ्गालाई संरक्षित वनाञ्चल (रिजर्भ फरेस्ट ऐन) घोषणा गरेको निहुँमा। गाई-भैंसी जोगाउने अथवा थान्को लाउने समय पनि पाएनन् तदानीन्तन गोपालकहरूले। यही घटनाबाट अघि बढ्छ उपन्यास “जन्मभूमि मेरो स्वदेश’। पहिले बिहालीवासीका र पछि असम अनि पछि भारतवासीकै सादर हुनपुगेका छविलाल उपाध्यायको व्यक्तित्व, कृतित्व, साहस र प्रतिभाको परिचय दिएको छ उपन्यासले।
विमोचन
“भनि नसक्नु भयो बा! रुँदै भन्छ चन्द्रलाल – “फरेस्टर आएर हाम्रो आमे छपडीका सबै गोठमा आगो लगाइदिए।’ ….. डिलमा माहिला महाजन (छविलाल उपाध्याय) लाई देख्दा सबै कराएर रोएझैं एकोहोरो भन्नथाले – “हामी बर्बाद भयौं महाजन। … गाई-भैंसी सबै भट्किएर जङ्गल पसे।’ “… अब रिजापमा गाई-भैंसी पाल्न दिँदैन सरकारले गोठ हटाउनुपर्छ भन्यो। अनि भोलिपल्ट गोठमा आगो लगाउन आइगए। आजै गोठ हटाउनु भन्ने आदेश छ भन्दै आगो झोस्दै गरे। …।’ त्रिशूले माइलाको कुरामा मात्र छविलाल छर्लङ्ग भए, ब्रह्मपुत्रका किनारमा एकैपल्ट जम्मै गोपालकहरू गाई-भैंसी जङ्गलमैं छोडेर रुँदै-कराउँदै किन आए। छविलालले गोठ हटाउन सरकारले दिएको आदेश पहिल्यै थाहा पाएका थिए र त्यहाँ खजाना (तिरो) तिरेर गाई-भैंसी राख्न पाइयोस् भनेर अर्जी पनि चढाएका थिए, सरकार बहादुरलाई। तर सरकार बहादुरले त्यो कुराको वास्तै नगरी आफ्नो एकपक्षीय सिद्धान्तमा रही गोपालकहरूप्रति सामान्यतम पनि सहानुभूति नदेखाई, उनीहरूको पशुधनको चिन्तै नगरी एक्कासी प्रहरी पठायो र गोठहरू विनाश गऱ्यो। छविलाल उपाध्यायले यो घटनालाई सहज रूपमा लिन सकेनन्। विदेशी सरकारले गरेको अन्यायको प्रतिवाद नगरी नहुने र सरकारमाथि मुद्दा ठोकेर पुन: त्यही स्थानमा गोठ राख्ने सङ्कल्पबद्ध भए छविलाल। परामर्श दिनेमा थिए, रामलाल, बगीराम आदि। छविलाल सोच्दथे काजिरङ्गामा गोठ राख्दा वनाञ्चलको क्षतिभन्दा गोठपालाहरूले गर्दा वन-जङ्गलसहित त्यहाँका वन्य पशुधनको अझ सुरक्षा हुने भन्ने तर्कसम्मत युक्ति थियो र यस विषयमा अपील गरेका पनि थिए अनि पशु राखे बापत सरकारलाई तिरो तिर्ने चुक्ति पनि थियो। तर त्यसो भएन, गोपालकहरूको पराशर्म सरकारले मानेन शायद छविलाल उपाध्याय जाग्नु थियो अथवा छविलाल उपाध्यायलाई अङ्ग्रेजको विरोधमा लड्ने देशमातृको आह्वान थियो। त्यसैले अङ्ग्रेजले गरेको भारतीयको विरोधमा सुप्त छविलाल जागे र जुर्मुराएर उठे। उनी गोपालकहरूको उद्धारका निम्ति सरकारमाथि मुद्दा ठोक्न तेजपुर पुग्छन्।
संयोग : सुनमा सुहाग (मणिकाञ्चन संयोग)
धोती र कमीज परिधान गर्ने, टाउकामा माथिसम्म उठेको कालो बिर्के टोपी लाउने, छ फुट अग्ला, गहिरा-तीखा आँखा भएका फराकिलो निधार, चुच्चो नाक, थोरै जुँगा र घुँडासम्म हात भएका छविलाल उपाध्याय गोपालकहरूमाथि अङ्ग्रेजले गरेको अत्याचारको मुद्दामा कुन उकील लिँदा काम बन्छ त्यो राम्ररी जान्दछन् र पहिलेदेखि सहयोग लिइआएको उकीललाई पत्तै नदिई उनी चन्द्रनाथ शर्मा नामका युवक उकीलसँग भेट गर्छन्। उनीहरूको भेटलाई लेखिकाले लेखेअनुसार एकदिन चन्द्रनाथ शर्माका मुखबाट निस्किन्छ – “… आन्दोलनको भलोको लागि तपाईंसँग मेरो भेट हुनु हाम्रा वैष्णवगुरु शङ्कर-माधवको भेट भएझैं मणिकाञ्चन संयोग भएछ।’
छविलाल आफ्नो परिचय दिँदै चन्द्रनाथलाई पहिलो भेटमा भन्छन्- “म माजगाउँ बिहालीबाट आएको। मेरो नाम छविलाल उपाध्याय हो।’ नाम सुन्ने बित्तिकै चन्द्रनाथ शर्माले चिन्दछन् र बस्न दिँदै भन्छन्- “तपाईं असम एसोसिएसनको पनि सदस्य हुनुहुन्छ नि?’ त्यतिखेरसम्ममा बिहालीबाट असम एसोसिएसनका सदस्य मात्र दुईजना रहेछन्, एकजना बगीराम शइकीया अर्काजना छविलाल उपाध्याय। छविलालले भेटको उद्देश्य बताएपछि युवक र कुशल उकील चन्द्रनाथ शर्मा भन्छन् यस विषयमा सरकारमाथि मुद्दा ठोकेर मात्र हुँदैन, यो विषयलाई जातीय मुद्दा बनाई देशव्यापी बनाए मात्र सबैले थाहा पाउनेछन्, सरकारद्वारा स्थानीय मानिस कसरी पीडित रहेछन्। त्यसैले यसलाई जातीय मञ्चमा लानुपर्छ भन्ने परामर्श दिँदै भन्छन्- “अदालतमा यो विषय उठाउनुका साथसाथ असम एसोसिएसनमा जोडदार तरिकाले यसलाई पुऱ्याउनुपर्नेछ। असम एसोसिएसन अहिले असमको एकमात्र राजनैतिक, सामाजिक अनुष्ठान हो।’ सहमति बन्छ। विषय एसोसिएसनमा उत्थापन हुनेभो। दुवैमा देशमा चलिरहेको अनेक विषयका बातचित हुन्छन्। छविलाल उपाध्यायलाई चन्द्रनाथ महात्मा गान्धीको नेतृत्वमा चलेको बृटिस विरोधी आन्दोलनमा सहयोग गर्न आह्वान गर्छन्। अङ्ग्रेज सरकारले काजिरङ्गाका बढी सङ्ख्यक गोपालक नेपालीलाई किन अत्याचार गऱ्यो, यो पनि दुई महारथीको बातचितमा खुलासा गर्नुभएको छ लेखिकाले। चन्द्रनाथ शर्मासँग बातचितमा उपाध्याय भन्छन्- “सन् 1914 मा शुरु भएको विश्वयुद्धमा अङ्ग्रेज सरकारले मलाई आसाम राइफलमा गोर्खा सिपाही भर्ना गर्ने काममा सघाइदिनुपर्छ भनेको थियो। मैले पनि धेरै नेपाली जवानलाई फौजमा भर्ना गर्न सघाएँ। …।’ चन्द्रनाथ शर्मालाई कुरा बुझ्न बाकी रहेन। उनले बुझे, यो व्यक्तिले फौज भर्ना गर्न सघायो भने शासनको विरोधमा खडा हुन पनि सक्नेछ भन्ने आशङ्काले उपाध्यायसहितै नेपालीहरूलाई कमजोर पार्न यो आक्रमण गरेको हो। छविलाल उपाध्याय अझ थप्छन्, चिया बगानका गोरा साहेबहरू मलाई महात्मा गान्धीका विषयमा विभिन्न कुरा सोधिरहन्छन्। उनले अफ्रिकामा गरेको आन्दोलन र भारत फर्केर आएको कुरा सोध्छन्। उनीहरू मेरा कुरा सुनेर भन्छन्- “सब खबर रखता है, ठीक ठीक है’ भन्छन् तर भित्रबाट खुसी देखिँदैनन्। छविलाल उपाध्याय “वसुमती’को नियमित पाठक थिए। देशमा घटिरहेका कुराहरू उनी जान्दछन्। त्यसैले उनबाट भित्रभित्रै बृटिस सरकार भयभीत छ र उनको बल, पौरख र देश आन्दोलनमा उनले ठूलो मानिसको जमात खडा गर्नसक्ने सम्भावना बुझेर छविलाललाई निरस्त पार्ने कोशिशमा छ भन्ने कुरा चन्द्रनाथ शर्माले गहिरो गरी बुझे र माहिला महाजन (छविलाल)लाई बुझाए कि यो तपाईंमाथि आक्रमण हो। यसलाई प्रतिहत गर्न आन्दोलनकारी भारतवासीसँग तपाईंले पनि सहयोग दिनुपऱ्यो। उसैदिन चन्द्रनाथ शर्मा छविलाललाई जोरहाटमा बस्नगइरहेको “असम एसोसिएसन’को अधिवेशनमा उपस्थित हुन निम्तो दिन्छन्।
सन् 1921 को मध्य अप्रेलको कुनै एक दिन जोरहाटतिर जाने जहाज बिहालीघाट आइपुग्दा मेलाजस्तो परिवेश थियो। असम एसोसिएसनको अधिवेशनमा जान तेजपुरबाट- चन्द्रनाथ शर्मा, अमियकुमार दास, लक्ष्मीधर शर्मा, गोपीनाथ बरदलै, शिवप्रसाद आगरवाला, विष्णुराम मेधीआदि र बिहालीबाट- छविलाल उपाध्याय, पोवाल दास, मोहन शर्मा, बगीराम शइकीयाआदि। त्यो जहाजमा एसोसिएसनका सभापतिलाई छोडेर जम्मा चालीसजना मानिसहरू अधिवेशनका निम्ति थिए। तर एसोसिएसनका सभापति तरुणराम फुकन भने थिएनन्। यात्रामा चन्द्रनाथले महात्मा गान्धीले भारतीयहरूलाई अङ्ग्रेज सरकारसँग असहयोग गर्न आह्वान गरेको कुरा सुनाउँछन्। असममा यस बेलासम्म प्रदेश कङ्ग्रेस गठन भएको थिएन। सदस्यहरूको माग थियो, एसोसिएसन भङ्ग गरेर प्रदेश कङ्ग्रेस गठन गर्ने। तसर्थ जहाजको भेलामा उनीहरूको प्रसङ्ग यही चल्छ। थुप्रै अरूहरूसँग चिना-परिचय हुन्छ, मत विनिमय हुन्छ र स्वराज र सत्याग्रह आन्दोलनलाई अझ बल मिल्छ। त्यहाँ भेला भएकाहरूले “रोलट ऐन’को प्रतिवाद गर्न भेला भएका भारतीयमाथि जनरल डायरले अन्धाधुन्ध गोली चलाई जलियाँवालाबागमा तीनसय उनासीजना मानिस एकै ठाउँ हत्या गरेको कुरा पनि बात मार्छन्। उसले त्यो हत्याकाण्डमा पन्ध्र सय राउन्ड गोली चलाएको हिसाब पनि बताए अमियकुमार दासले। अङ्ग्रेज सरकारको यस्तो अन्याय र अत्याचारले भारतीयहरूको मनमा विदेशी शासनप्रति एक प्रकारको घृणा पैदा गयो र स्वाधीनता आन्दोलनमा लागिपर्ने खोराक जुटायो।
ऐतिहासिक छविलाल उपाध्यायको जन्म
छविलाल उपाध्याय, गोपालक र गाउँ-घरका ठूलाठालु मात्र थिए यतिञ्जेल। अहिलेसम्म उनले केही गरे पनि सीमित परिधिभित्र थियो, गाई-भैंसीकै लागि मात्र थियो, अङ्ग्रेज सरकारका लागि मात्र थियो। तर 17 अप्रेल, 1921 सन्को दिन र चन्द्रनाथ शर्माको संयोग र तरुणराम फुकनको अनुपस्थितिले उनीबाट महत् कार्य गरायो। छविलाल उपाध्याय असम एसोसिएसनको अन्तिम अधिवेशनको मूल सभामा सभापतित्व गर्ने हुन्छन्, चन्द्रनाथ शर्मा, कुलधर चलिहा र नवीनचन्द्र बरदलैजस्ता दिग्गज नेताहरूको प्रस्तावमा। उनी भारत स्वाधीन आन्दोलनको प्रथम प्रहरको एक महान् साक्षी मात्र बनेनन् उनी एकजना महान् नेतृत्वसम्पन्न व्यक्तित्वका धनी र कुशल वक्ता पनि रहेको परिचय सार्वजनिक भयो, उनी इतिहास पुरुष भए, त्यो सभामार्फत। उसैदिन भारतीय राष्ट्रिय कङ्ग्रेसअन्तर्गत असम प्रदेश कङ्ग्रेस गठन गर्ने निर्णयका उनी जन्मदाता मात्रै नभएर त्यसको सभापति पनि भए। छविलाल उपाध्याय यसरी ऐतिहासिक युगको भेटी बनेर खडा भए असम प्रान्तको भारत स्वराज आन्दोलनमा।
यो घटनाले एकातिर छविलाल उपाध्यायको व्यक्तित्व र कृतित्वको परिचय दिन्छ भने अर्कातिर असमवासी नेपालीहरू अनुष्ठानिक शिक्षाग्रहण नगरे पनि स्वाध्याय र आत्मबलको जोडमा कुनै पनि शिक्षित अथवा डिग्रीधारीहरूभन्दा कम हुँदैनन्, परिस्थिति नेपालीहरूको गुरु हो, चाहिएको खण्डमा जस्तो सुकै परिस्थिति पनि झेल्नसक्ने क्षमता नेपालीहरूमा हुन्छ भन्ने परिचय दिन्छ। असममाताको दूधको मोल चुकाउन नेपालीहरूलाई सिकाइरहनु पर्दैन। ज्ञान-गुण, बल र कौशल जुनसुकै क्षेत्रमा पनि नेपालीहरू पछि हट्तैनन्। फत्ते गर्न सक्छन्, आइपरेको परिस्थिति। छविलाल उपाध्यायले समग्र नेपालीहरूको नाक उच्च पारे, त्यसदिन र भारतमा जहिलेतहिलेसम्म।
उनले त्यो सभामा आफ्नो मन्तव्यमा अङ्ग्रेज सरकारले गरेको अन्याय-अत्याचारका कुराहरू गरे, महात्मा गान्धीका कुराहरू गरे र उनको आन्दोलनमा सबैले सहयोग गरी अङ्ग्रेजलाई भारतबाट लखेट्नुपर्ने कुराहरू गरे। काजिरङ्गाबाट गोठ लखेटेको कुरा गर्दै अङ्ग्रेजले भारतीयप्रति गरेको अत्याचार प्रभावशाली र सरल भाषामा यसरी वर्णन गरे कि सुन्नेहरूका आँखा रसाएर आएका थिए। उनको भाषणपछि चन्द्रनाथ, कुलधर, गोपीनाथ बरदलैआदि सबैले प्रशंसा गर्दै भनेका थिए “हात्तीले आफ्नो बल थाहा नपाएझैं तपाईंलाई आफ्नो प्रतिभा थाहा छैन’। उनीहरूले देखेका र बुझेका छविलाल अझ चारगुणा प्रतिभाशाली देखिए उनीहरू हतवाक् भए। छविलालले देशमातृका निम्ति “तपाइँहरूसँग मातृभूमिको सङ्ग्राममा सामेल हुन पाउनु मेरो लागि आनन्द मात्रै होइन, अहोभाग्य पनि हो भन्ने ठान्छु। आफूले सकेसम्म कुनै काममा चुक्ने छुइनँ, यति कुरा म ठोकेर भन्नसक्छु’ भन्दै बलवान योद्धाझैं बोलेका थिए, अर्थात् उनमा लुकिरहेको सिंह गर्जेको थियो अङ्ग्रेजको विरोधमा। र त उनले सभामा रहेका सारा बुद्धिजीवी र ज्ञानीगुणीहरूलाई वक्तव्य राख्नसक्ने दक्षतामा कोशौं दूर छोडेका थिए। कहाँ गोठपालाको समस्या बोकेर गएका छविलाल कहाँ आज आफैं नेतृत्वक्षमताको पगरी गुँथेर असमका जनमानसमा उच्च स्थान लिएर घर फर्किए, यो विधिको विधान हैन त अरू के हो? अथवा देशमातृको आह्वान हो छविलाल उपाध्यायलाई।
लेखिकाले उपन्यासमा छविलाल विषयका तथ्यहरू नछुटुन् त्यसप्रति विशेष ध्यान दिएकी छन्। हुन त जम्मै सामलहरू प्रस्तुत गर्न जाँदा उहाँलाई समेट्न समस्या झेल्न पऱ्यो निश्चय, तर प्रत्येक कुराहरू नै कलमले समाएको छ, प्रस्तुत गरेको छ र इतिहास फेरि सुरक्षित हुनपुगेको छ। छविलालको कृतित्वले असमको नेपाली शिर ठाडो गरेर बाँचेको छ, लेखिकाको प्रयास स्तुत्य छ।
त्यो ऐतिहासिक सभामा काजिरङ्गाका गोपालकहरूको दुख निवारण र घटनाको जानकारीका निम्ति एउटा इन्क्वायरी (अनुसन्धान) समिति गठन भयो। समिति तीनजनाको थियो, कुलधर चलिहा, परमानन्द आगरवाल र चन्द्रनाथ शर्माजस्ता अति विशिष्ट व्यक्तित्वहरू समितिमा थिए। समितिका सदस्यहरू एक दिन छविलालका घरमा उपस्थित हुन्छन् र राङ्साली, ब्राह्मजान, दिघली, गमिरी, बिहाली, हेलेम र काजिरङ्गाका गोपालकहरूसँग भेट गरे, दु:ख-दुर्दशा बुझे। चन्द्रनाथ शर्माले धेरैजना सँग तिलक स्वराज फन्डमा धन जमा गरे अनि सबैले अङ्ग्रेज शासनको विरोध गर्न जनतालाई आह्वान गर्दै धेरैजनालाई कङ्ग्रेसको सदस्य बनाए। छविलाल उपाध्यायले इन्क्वायरी समितिका सबैलाई अतिथि सेवा गरे, मानिसहरू भेला गरेर भारत स्वाधीन आन्दोलन महात्मा गान्धीको अहिंसा नीतिमा अघिबढ्ने आह्वान गरे। यसरी क्रमश: गाउँदेखि सहरसम्म स्वाधीनता आन्दोलनको रूप चर्किएर तीव्रतर हुँदै गयो। नेतृत्वमा थिए- छविलाल उपाध्याय, कुलधर चलिहा, चन्द्रनाथ शर्माआदि।
छविलाल उपाध्यायको अग्निपरीक्षा
छविलाल उपाध्याय जब एसोसिएसनको सभाको सभापतित्व गरेर घर फर्किए, तब जुन छविलाल गएका थिए उही छविलाल फर्किएका थिएनन्। छविलाल अर्कै भएर आए। उनमा देशभक्ति, शासकीय विरोधको शक्ति जागेर आएको थियो। माजगाउँका छविलाल भारत स्वाधीनता आन्दोलनमा असमकै केन्द्रबिन्दु बनेर फर्किएका थिए।
एकदिन पुलिसहरू छविलालका घरमा गएर भन्छन्, “यसरी स्वराजको काममा हिँड्न लागे घरका सबै सामान कुर्की गरेर लैजान्छौं। … तिमीहरूलाई चेतावनी दिन पठाएको सरकारले, होशियार हुनु सबै, …. सरकार बहादुरको विरोध गर्नेलाई छोडिँदैन।’ अङ्ग्रेज सरकारले छविलालमाथि विदेशीको आरोप लाएर नोटिस पनि जारी गयो। उनको दुईनाले बन्दुक, टोटा-गोली र पिस्तोल सबै क्रोक गरेको खबर सर्वत्र जङ्गलको आगोझैं फैलियो। छविलाल भन्छन्- “मलाई नराम्रो पनि लागेको छैन, डर पनि लागेको छैन। बन्दुक, पिस्तोल सरकारले दिएको थियो सरकारले लग्यो। मलाई नेपालको मान्छे विदेशी भन्ने अपवाद लगाए र त्यस कुराले दु:ख र अपमानबोध भएको छ। मेरो सम्मुखमा भनेदेखि त त्यसको जवाफ दिन मैले जानेको छु र समयमा दिने पनि छु।’ छविलालको साहस, धैर्य र शक्ति देखिन्छ यहाँ। उनी अङ्ग्रेज सरकारबाट भयभीत छैनन्, बन्दुक खोसेर निहत्था पारेकोमा दु:खित पनि छैनन् तर नेपालको हो, भन्ने शब्दले भने उनलाई पिरोल्यो, मर्माहत बनायो। उनले जन्मभूमिलाई स्वदेश स्वीकारेको भावनामा कुठाराघात गयो अङ्ग्रेज सरकारले। उनको सुप्त शक्ति जाग्यो। हुन त जोरहाटको सभापछि छविलाल जागेका थिए अनि तेजपुरको पोलो फिल्डमा महात्मा गान्धीको भाषणपछि अझ जागृत भए छविलाल। साथै काङ्ग्रेसको सभामा अहमदाबाद पनि असमको प्रतिनिधि भएर जाने कुरा उनको निश्चय थियो।
तेजपुरको पोलो फिल्डमा महात्मा गान्धी देशवासीलाई सत्याग्रहका विषयमा व्याख्या गरेर बुझाउँछन्। विदेशी वस्त्रदाहका निम्ति आह्वान गर्छन्। त्यसदिन छविलालले महात्मा गान्धीको दर्शन पाउछन् र उनको आदर्श र व्यक्तित्वप्रति नतमस्तक हुन्छन्। त्यहीं ज्योतिप्रसाद आगरबालाकी मातृ किरणमयी आगरबालाको नेतृत्वमा तेजपुरका महिलाहरूले विदेशी वस्त्रदाहको कार्यसूची सम्पन्न गर्छन् सभा मध्यमैं, महात्मा गान्धीमा रहेको जादूई शक्ति प्रकट भयो त्यहाँ त्यसरी।
उसै दिन छविलाल उपाध्यायलाई तेजपुरका पुलिस कमिश्नर मि. क्रेच साहबले सभास्थलीबाट निकै टाढा हजारा पार्कमा लिएर जान्छ र उसलाई सहयोग गरे महिनाको पाँचसय रु. दिने कुरा गर्छ। साथै भन्छ, “तिमी स्वाधीन नेपाल देशका नागरिक हौ, किन बित्थैमा कङ्ग्रेसमा लाग्दछौ…।’ उसको प्रलोभन सुनेर छविलाल सगर्व भन्छन्, “हुनसक्छ नेपाल स्वाधीन देश हो र मेरो पितृभूमि पनि। तर मैले नेपाल देखेको छुइनँ, म त यहीँ जन्में, यहीँ मर्छु पनि। म आफ्नो जन्मभूमिको कुरा मात्रै जान्दछु, यहाँको सङ्ग्राम मेरो पनि सङ्ग्राम हो।’
सुनेर महात्मा गान्धी पनि अभिभूत भए। प्रशंसा गरे छविलाल उपाध्यायको र भने – “छविलाल ने अच्छा किया।’ सबै छक्क परे, उनको आँट देखेर। यो प्रसङ्गले छविलालको व्यक्तित्व र भावमूर्ति समग्र असममैं श्रद्धास्पद र विश्वसनीय बन्यो, उनलाई नेता स्वीकार्न अब कसैमा द्विधाबोध रहेन, उनी असमका गान्धीसरह नेता हुनपुगे। छविलाल भारतभूमिप्रति निष्ठावान् सेवक थिए त्यसको प्रमाण योभन्दा अर्को के हुनसक्छ? उनलाई जहाँबाट लगेको थियो कमिश्नरले त्यहीँ ल्याएर छाडिदियो। देशमातृको स्वाधीनतामा महात्मा गान्धीबाट दीक्षित छविलाल दृढ सङ्कल्प थिए, उनलाई अङ्ग्रेजले हल्लाउन सकेन।
सरकार बहादुरको एलेन साहेबले एकदिन हातमा कलम-कागज लिएर छविलाललाई सोध्छ, “के चाहिन्छ भन, जे मागे पनि दिन्छु।’ छविलाल त्यसलाई मुखभरिको जबाफ दिन्छन् यसरी- “देशको स्वार्थभन्दा मेरो व्यक्तिगत स्वार्थ ठूलो होइन। मेरो सङ्कल्पमा म अटल छु। यस्तो प्रलोभनले मलाई हल्लाउन सक्दैन।’
उनी सच्चा देशभक्त थिए र उनी कुनै प्रलोभनको वशवर्त्ती नभई देशसेवामा अटल रहे।
वस्त्रदाह आन्दोलन
छविलालको नेतृत्वमा आन्दोलन मत्थर भएन, तीव्रतर हुँदै गयो। वस्त्रदाहयज्ञ पनि सम्पन्न भयो उनको नेतृत्वमा। छविलालकी पत्नीले मायाले पोल्न सकिनन्, एउटा बेलायती सारी। छविलाल बुझाउँछन्- “तैंले कस्तो नबुझेकी। एउटाचाहिँ राखिस् भने यत्रा लुगा पोलेको के काम लाग्यो त? …।’ उनले पत्नीको आग्रह पनि देशमातृको सेवामा तुच्छ सम्झे। उनले एउटै वस्त्र नराखी सबै जलाए। महात्मा गान्धीको नेतृत्वमा चलेका सबै आन्दोलनमा आत्मोत्सर्ग गरे असमवासीसहितै माजगाउँ वासी छविलालआदि स्थितप्रज्ञ नेताहरूले।
छविलालको जेल यात्रा
छविलाल, हरिप्रसाद, टीकाराम उपाध्याय, रामलालआदि बसेर वीरेले दिएको खबर कागज पढेर बसिरहेको बेला बगीराम शइकीया लालटोपीहरू आउँदै गरेको समाचार लिएर टुप्लुक्क आइपुग्छन्। किन कि उनीहरूको हेलेम र ब्रह्मजानतिर गएर कङ्ग्रेस सदस्य भर्ना गर्ने कुरा थियो। उनीहरू सन्देह व्यक्त गर्छन्, सदस्यको काममा जाने सुइँको पाए छन् क्यार! छविलाललाई केही आभाष थियो, उनलाई पुलिसले पक्राउ गर्नसक्छ। त्यही भयो। तीनजना लालटोपीसहित आएको इन्सपेक्टरले एउटा कागज देखाउँदै भन्यो, “तपाईंलाई एरेस्ट गर्ने वारन्ट छ। … तपाईंका भाइ हरिप्रसादको नाममा पनि …।’
पुलिसहरू आएको देखेर त्यहाँका मानिसमा खलबली मच्चियो। कोही भागे। कोही आपस्तमा कुरा गर्न लागे। यो खबर जङ्गलको आगोजस्तै सबैतिर क्षणभरमैं फैलिन्छ। उनीहरू दुई भाइलाई जहाजबाट तेजपुर सदर जेल ल्याइयो। छविलाल र हरिप्रसाद थुनामा परे। तर जेलमा बनेको खाना खाँदैनन् दुवै भाइ। दुई दिनसम्म भोकै बस्छन्। जेलर आएर भन्छ- “तपाईं जेलमा हुनुहुन्छ। घरमा होइन।’ उनीहरू आफ्नो सिद्धान्तमा अटल रहन्छन्। पानी मात्रै पिएर दिन बिताइरहेका दाजु-भाइलाई जेल सुपरिटेन्डेन्टले पनि फकाउँछन्- “जेलको कानुन मान्नुपर्छ।’ तर मान्दैनन् उनीहरू। सरकार बहादुर उनीहरूलाई समस्या समाधानको उपाय दिन आग्रह गर्छ। उनीहरूले आफैं पकाएर खान्छौं भनेपछि त्यसको व्यवस्था मिलाइन्छ र उनीहरू पकाएर खान्छन्। केही दिनपछिदेखि साना बाहुनले बनाएको भान्सा व्यवस्था मिलाइन्छ उनीहरूका लागि। राजनैतिक बन्दीहरूलाई सश्रम कारावासीझैं छविलाललाई कोपी रोप्न लगाएर सराकारले मर्यादा नदिन खोज्यो। तर छविलालले त्यसको पनि निडर प्रत्युत्तर दिए। उनले कोपीका बिरुवका टुप्पाचाहिँ माटामा गाडे। यो कार्यद्वारा उनले राजनैतिक कारावासीहरूको उचित आदर हुनुपर्छ भन्ने कुरा साव्यस्त गरे अनि उनको त्यो साहसिक कार्यले अरूअरू कैदीहरूले पनि राजनैतिक सम्मान प्राप्त गरे। जेलमा रहेका समयमा उनीहरूले स्थानीय जनताका सहयोगमा बिहुको आनन्द पनि लिएको उल्लेख छ, उपन्यासमा।
जेलमा बस्नु छविलालका निम्ति एउटा सुनौलो मौका बन्यो। त्यहाँ उनीअघि थुनामा परेका असमजननीका विशिष्ट सन्तानहरूसँग भेट भयो र आन्दोलनबारे धेरै कुराहरू जान्ने मौका पाए। त्यो समयलाई लेखिकाले छविलालको प्रज्ञा प्रस्फुटन समय हो भन्न खोज्नुभएको छ। त्यतिखेर प्रचार पत्र-पत्रिका, समाचार, रेडियोआदिको प्रचलन थोर भएको हुँदा सबैतिरका सबै कुराहरू र महात्मा गान्धीका उद्देश्य, विधि र वार्ताहरू सुन्न बुझ्न पाइँदैनथियो। तर जेलको समागममा छविलालले थुप्रै कुराहरू बुझे र जाने अनि भविष्य योजनाहरूमा कौशलताको विकास गर्नमा उनलाई सजिलो भयो। हरिप्रसाद, छविलालभन्दा तीन महिनाअघि रिहा हुन्छन् तर स्वेच्छा सेवक वाहिनी गठन गर्ने सभामा उनी सभापति भएकाले उनले छ महिना जेल खटे। स्वाधीनता आन्दोलनमा जम्मा तीनपटक जेल भोग्दछन् छविलाल।
महात्मा गान्धीको मौनतामा छविलालको समाज सेवा
चौरीचौरामा पुलिसचौकीभित्र उत्तेजित जनताले बाइसजना पुलिसलाई जलाएको घटनाले महात्मा गान्धी सारै दु:खित भए। उनको अहिंस आन्दोलनमा यो विपरीत कार्य भएकाले सत्याग्रह आन्दोलन बन्दको घोषणा गरेर महात्मा गान्धीले सारा सङ्ग्रामीहरूलाई हताश पारे। उनको यस्तो घोषणाले मोतिलाल नेहरू र चित्तरञ्जन दासजस्ता मानिसहरू पनि खुसी भएनन्। त्यतिखेर असममा ज्योतिप्रसाद आगरवाला सङ्ग्राममा पूर्णरूपले होमिइसकेका थिए भने चन्द्रनाथ शर्मा बिरामी शरीरले स्वराजको काममा थिए। चन्द्रनाथ शर्मा क्षयरोगले ग्रस्त भए। अमिय कुमार दासले लेखेको चिठीका आधारमा बगीराम शइकीयाले छविलाललाई छ: दिनपछि खबर दिए। चन्द्रनाथ शर्मा शिलाङमा गिरीश बरुवाका घरमा खसेछन्। छविलाल छक्क पर्छन् र भन्छन्- “अब हाम्रो दायित्व अझ बढ्यो।’ मोलान चन्द्र, बगीराम, छविलालआदिले बरगाङमा चन्द्रनाथ शर्माको शोकसभा राख्छन्। पुष्पाञ्जलि अर्पण गर्छन् र आन्दोलन विषयमा चर्चा हुन्छ।
महात्मा गान्धीको आन्दोलनले मौनरूप लिएको बेला छविलालले माजगाउँमा उच्च शिक्षाका लागि विद्यालयको अभाव महसुस गर्दछन्। यसै पनि उनलाई बालिकाहरू शिक्षित हुनुपर्छ भन्ने कुराले पिरोलिरहेको थियो। गाउँमा बगीराम शइकीयाले पढाउँदै गरेको जातीय विद्यालय राम्रै चलेको थियो। तर नन्दलाल अधिकारी नामको युवकले त्यही स्कूलका छेउ उभिएर बगानको साहबलाई ढुङ्गा हानेको हुँदा उसलाई साहबले पक्रेर लान्छ। पछि बगीराम शइकीया र छविलाल गएर उसलाई छोडाएर त ल्याउँछन् तर साहेबले स्कूल बन्द गर्न लाउँछ। त्यो स्कूल हुनुको कारणले नै यो केटाले यसो ग:यो भन्ने कुरा गर्छ साहबले।
“तेजपुर ग्रेजियर्स एसोसिएसन’ लाई समग्र असमवासीकै निम्ति हुने गरी “असम ग्रेजियर्स एसोसिएसन’को गठन हुन्छ त्यसका सभापति स्वयं छविलाल उपाध्याय बन्छन्।
छविलालका अगुवाइमा बिहाली हाइस्कूलको निर्माण हुन्छ। स्कूलका निम्ति माजगाउँ नेपाली थिएटर पार्टीका बाजाहरू पनि बेचिन्छ। 27 नोभेम्बर 1941 का दिन मन्त्री रोहिणी कुमार चौधुरीका हातबाट आनुष्ठानिक उद्घाटन गरिन्छ बिहाली हाइस्कूलको। कटन कलेजमा बी.ए. पढ्दै गरेका विष्णुलाल उपाध्याय हुन्छन् त्यो ऐतिहासिक क्षणका ऐतिहासिक पहिला शिक्षक।
बालिका शिक्षाका पक्षमा छविलाल
प्राय: मानिसहरू छविलालका घरमा भेला हुने गर्छन्। आन्दोलनका विषयमा जान्न र छविलालले प्रतिनिधित्व गरेका सभा-समितिको खबर बुझ्न। त्यस्तै भेलामा एकदिन छविलाल आफ्नो मनको उकुस-मुकुस पोख्छन्। “विद्या विहीन पशु। … छोरी चेलीले शिक्षा नपाए हाम्रो परिवारमा उज्यालो कसरी आउँछ?’ उनीहरूसँग पहिले प्राथमिक स्कूलमा आफ्ना छोराछोरीलाई पढाउने अनि मिडल स्कूलको स्थापना गर्ने कुराको चर्चा गर्छन्। किनभने त्यतिखेरसम्म माजगाउँमा उच्च शिक्षाको विद्यालय थिएन। मात्र हातीबन्धा एलपी स्कूल थियो। बाकी शिक्षा लिन जिल्ला पुग्नुपर्थ्यो।
यसैबीच माजगाउँमा दुर्गा पूजाको आयोजन गरे। उपन्यासमा दुर्गा पूजाको कुरा प्रारम्भमै पनि आएको छ। तर त्यतिबेलै काजिरङ्गाबाट गोठहरू उच्छेद गरिएको हुँदा त्यो सोचेजस्तो सम्पन्न हुनसकेन। पुन: दुर्गा पूजाको चर्चा चल्छ र त्यो पल्टको पूजामा अन्यान्य उन्नत सहरमा सम्पन्न गरिने “बाइजी’ नाचको पनि आयोजन गरिन्छ।
यसैपल्ट गाउँका उत्साही, छविलालका छोरा टङ्कनाथ, देवीप्रसाद, भाइका छोरा गौरीकान्त, खरेलका छोरा कुमुद शर्माआदि पढाइ आधामैं छोडेर घर आएका युवकहरूले “माजगाउँ नेपाली थिएटर पार्टी’को गठन हुन्छ। थिएटर पार्टीको भवन पनि एक वर्षभित्रै बनाइन्छ। त्यहाँ हलघर, ग्यालेरी, स्टेज, ग्रीनरूमसहितको भवन बनिन्छ। बाजा-गाजाहरू पनि किनेर ल्याइन्छ। बाहुनका छोराहरूले बाजा बजाउन हुँदैन भन्नेहरू एकातिर थन्किन्छन्। छविलाल आफैंले पनि समर्थन दिन्छन्, बाजा बजाउन। यो कुराले रूढिवादबाट उहिल्यै उँभो उक्सिएको प्रमाण दिन्छ माजगाउँ। त्यहाँ हारमोनियम मास्टर कहलाएका थिए गङ्गाधर खतिवडा। टङ्कनाथ क्लेरीनेट बजाउँथे, रामलाल ड्रम बजाउँथे। त्यस रङ्गमञ्चमा धेरै असमीया, बङ्ला नाटकहरू नेपालीमा अनुवाद गरेर खेलियो। ज्योतिप्रसाद आगरवाला र छविलाल उपाध्यायको सहयोगमा असमीया नाटकहरू टिकट बिक्री गरेर पनि मञ्चस्थ गरियो। यसै पार्टीले महानन्द सापकोटाको “देवान छाप’ नाटक पनि खेल्यो। “माजगाउँ नेपाली थिएटर पार्टी’ तेस्रो स्थानमा थियो।
स्त्री शिक्षाका निम्ति छविलालले ठूलो योगदान पु:याएका छन्। छविलाल, टिकाराम, हरिप्रसाद, विष्णुलाल, बगीरामआदिले आफ्ना छोरीहरूलाई पढाउनका निम्ति आफैं स्कूल लिएर जान्छन्। पण्डित गुणनाथले पनि आफ्नी छोरी स्कूल पठाएर छोरी पढाउन हुँदैन भन्नेहरूको मुखमा बुचो लगाइदिए। अबबाट माजगाउँमा पनि छोरीहरूलाई पढाउने चलन बस्यो। यस्तो चलन बसाउनमा छविलालको मुख्य भूमिका देखिन्छ। मैतालु छोरीलाई पनि घर नजाउञ्जेल पढाए। पछि मनमाया र अन्नपूर्णा मास्टरनी पनि (शिक्षयित्री) बने। पछि गाङ्मौथान बालिका एम भी स्कूल बन्यो छोरीहरूका निम्ति छुट्टै। विष्णुलालकी पत्नी अन्नपूर्णा त्यहीं शिक्षयित्री बनिन्। माजगाँउ शिक्षा, भारतको सङ्ग्राममा समानरूपले अघि बढिरह्रो।
छविलालको समाज संस्कार
छविलाल अङ्ग्रेजका विरोधमा लड्ने देशप्रेमी मात्र थिएनन्। उनले राम्ररी बुझेका थिए, अङ्ग्रेज त बाहिरका शत्रु हुन् एक दिन यहाँबाट जान्छन् नै। तर समाजमा रहेको अनेक कुससंस्कार र कुलतले समाजलाई जसरी पङ्गु पार्दैछ त्यसबाट निस्तार पाउनु अति जरूरी छ। त्यसैले उनले गोठगोठमा गएर अफीम, भाङ (गाँजा) को लतबाट मानिसलाई दूर गर्नु अति दुष्कर जरूरी कार्य थियो। भारतीयहरू जति अफीमची हुन्छन् उति नै सरकार बहादुरको फायदा थियो। दूरदर्शी छविलालले त्यो बुझेका थिए। त्यसैले उनले गोठपाला नेपालीहरूलाई शपथ खुवाउँदै अफीम खान छोडाए। यो कुराले पनि सङ्ग्राम विरोधी सरकारलाई निकै प्रभाव पायो।
छविलाल बाल्य विवाहको पक्षमा थिएनन्। यो कुरा त्यतिखेर स्पष्टिन्छ जब दधिरामकी छोरी 11 वर्षको उमेर नपुग्दै परसर्दछे। किनभने, उस बेलाको समाजमा संस्कृतको यो वाक्य सारै प्रचलित र मान्य थियो – “अष्ट वर्षे भवेत् गौरी, नव वर्षे तु रोहिणी। दश वर्षे भवेत् कन्या तदुध्र्वं च रजस्वला।’ छोरी घरमा रजस्वला भई भने पितृ-मातृ नरकगामी हुन्छन्। त्यसैले छोरी रजस्वला हुने अघि नै विवाह गरिदिनुपर्दछ भन्ने समाजमा मान्यता थियो। तर माजगाउँमा विपरीत आइलाग्यो। दधिराम ब्राह्मणकी कन्या घरमैं रजस्वला भई। पञ्चायत बस्छ। के गर्ने कसो गर्ने? पञ्चायतमा रामलाल वसुमती पत्रिकाको उदाहरण दिँदै भन्छन्- “शारदा ऐन पास भएको छ। बाल्य विवाह गर्नु हुँदैन। …’। छविलाल आफ्नो सिद्धान्त सुनाउँछन्- “हामी माजगाउँ बिहालीका मान्छेले सधैँ छेउछाउका गाउँका मान्छेलाई बाटो देखाउने, आदर्श देखाउने काम गरिआएका छौं। …।’ चन्द्रलालले आफ्नो छोरासँग त्यो केटीको बिहे गर्ने सिद्धान्त दिन्छ मिटिङ्मा। छविलालले त्यसलाई स्याबासी दिन्छन्।
गान्धीजीको मौनता भङ्ग
गुवाहाटीको पाण्डुमा बसेको एकचालीसौं अधिवेशनबाट गान्धीजीले आफ्नो मौनता भङ्ग गर्नुहुन्छ। हुनत त्यो अधिवेशनकै दिन पञ्जाबमा स्वामी श्रद्धानन्दको हत्या भएको खबरले सबैलाई मर्माहत पाऱ्यो। तै पनि महात्मा गान्धीले मौनता तोडेर आन्दोलनको दोस्रो पर्यायका विषयमा सोच्न थाले। आन्दोलन चर्किन थाल्यो। एकजना पनि भारतीय नभएको “साइमन कमिटी’को विरोध भयो सर्वत्र। लाला लाजपतरायको नेतृत्वमा साइमनको विरोधमा कालो झन्डा देखाएर प्रतिवाद गरियो। प्रतिवादमा लाला लाजपतरायका छातीमा पुलिसको लात्तो पनि बज्रियो। त्यस्तो जघन्य काण्ड गर्ने सरकारका विरोधमा मानिसहरू जङ्गिएर विरोधमा यहाँ पनि बाटामा मौन र थानामा मात्र नारा लगाउने जुलुस निकालिन्छ।
1930 जनवरी 26 को दिन माजगाउँ, बिहालीमा स्वतन्त्रता दिवस पालन भयो। लगत्तै महात्मा गान्धीले 1930 मार्च 12 को दिन दान्डी यात्रा गरे। ऐन अमान्य आन्दोलन। लीलाधर बरुवाले पनि दान्डीयात्रामा भाग लिएका थिए भन्ने उल्लेख छ, उपन्यासमा। यो आन्दोलनले भारतभरि तीव्ररूप लिएपछि सरकारले भारतीयहरूलाई जाति-धर्मको नाममा विभाजन गर्ने कौशल रच्यो। त्यसको विरोधमा महात्मा गान्धीले आमरण अनशन गरे। उनी ऐन अमान्य आन्दोलनमा पक्राउ परेर जेलमा थिए। अम्बेदकरप्रति सबैको आस्था रहेको चर्चा हुन्छ छविलालका आँगनमा। पछि अम्बेदकर र गान्धीबीच समझौता भएर दलित समस्या केही सुल्झेपछि गान्धीले अनशन तोडे र जेलबाट पनि मुक्त भए।
काउन्सिल चुनाउ आयो। सरकार भारतीय सैनिकमा रहेका नेपालीहरूदेखि डरायो र उनीहरू भारतीय होइनन् भन्ने कुरा निकाल्दै चुनाउमा अंशग्रहण गर्न आफूले बृटिस प्रजा हौं भन्ने प्रमाण देखाउनु पर्ने भयो। सबै नेपालीहरू छक्क परे। यसको विरोधमा छविलालले जिल्ला उपायुक्त, असमका प्रधानमन्त्री, असम र भारतका गवर्नरलाई स्मारक-पत्र प्रदान गरे। कागज-पत्रहरूकै आधारमा चुनाउमा भोटाधिकार साव्यस्त गरे। तर चुनाउमा कुनैले बहुमत ल्याउन सकेन। मुस्लिम लीग र कङ्ग्रेसको सरकार पालैपालो चल्ने भयो।
काउन्सिल चुनाउको लगत्तैपछि जनगणनाको मेहरो चल्यो। बिहाली नाट्य मन्दिरमा छविलालआदिको उपस्थितिमा बसेको सभामा असम शिक्षा प्रचार समितिका सचिव अम्बिकागिरी रायचौधुरीले सबैसित अनुरोध गरे, यो पालाको जनगणनामा आफ्नो मातृभाषा असमीया लेखाउन। मातृभाषा असमीयाको श्रीवृद्धिमा असमबाट बङ्लाभाषा खेद्नु थियो। त्यतिखेर छविलालले भनेका थिए- “असम नै हाम्रो मातृभूमि हो, हाम्रो स्वदेश हो। यो देशको सङ्कट, यहाँका रैथाने जातिको सङ्कट भनेपछि हाम्रो पनि सङ्कट हो। …….. आफ्नो सहयोग दिनपर्दछ, ….।’
त्यहाँ आफ्नो मातृभाषा किन नलेख्नुको विरोधमा थुप्रै थिए। पछि छविलाललाई थुप्रैले भने पनि। तर छविलालले सबैलाई बुझाउँदै भने, “अहिलेको समयमा ठिकैजस्तो लाग्छ मलाई। …।’
1942 सन्को 8 अगस्तका दिन मुम्बईमा कङ्ग्रेसले कार्यकारिणी सभामा “भारत त्याग’ आन्दोलनको प्रस्ताव लिइयो र महात्मा गान्धीलाई नै नेतृत्वको दायित्व दिइयो। सभास्थलबाटै महात्मा गान्धी र जवाहरलाल नेहरूलगायत कङ्ग्रेसका थुप्रै नेताहरू पक्राउ परे। यसको विरोध सारा भारतभरि भयो। जुलुस निकालियो। तिनसुकीयामा दलवीरसिंह लोहार, डिगबोइमा भक्तबहादुर प्रधान, तेजपुरमा प्रसादसिंह सुब्बा र शिलाङ्मा सेते राणाले कडा नेतृत्व दिइरहेका थिए। भक्तबहादुरलाई देश निकाला ग:यो सरकारले। तैपनि लुकीलुकी स्वराजको काम गरिहिँडे। यो समयमा थुप्रै नेताहरूले आत्मगोपन पनि गरे। ज्योतिप्रसाद आगवाला छविलालका घरमा आत्मगोपन गर्न पुग्छन्। छविलालले उनको हेरचाहमा आफ्नो जेठो छोरालाई नियोग गरेका थिए।
भारतत्याग आन्दोलनलाई तीव्ररूप दिन पुण्यलता देवी डुलिहिँड्न लागिन् गाउँगाउँ घरघर। उनी “मृत्यु वाहिनी’ गठन गर्दै र प्रशिक्षण दिँदै डुल्छिन्। छविलालका घरमा गएर गाउँवासीलाई बुझाउँछिन् उद्देश्य र लक्ष्य। उनी गाउँका युवक-युवतीहरूलाई ओजपूर्ण भाषण दिन्छिन्। अन्नपूर्णा देवीले पनि उस्तै सारगर्भित भाषण दिएर उद्बुद्ध पारिन् त्यहाँ।
भारत त्याग आन्दोलनको कार्यसूचीमा परेको भारतीय राष्ट्रिय कङ्ग्रेसको तिरङ्गा झण्डा थानाहरूमा फहराउने कार्यक्रम 20 सितम्बरको दिन ढेकियाजुली, गहपुर थानामा गरिने भन्ने तोकिन्छ। त्यो दिन छविलालकी साँहिला भाइकी छोरी गुरूश्वरी झन्डा बोकेर अघिअघि हिँड्िछन् भने महिलाहरूमा, पद्मा, मुक्ता, तिलरूपा, छाया, मायाआदि स्कूल पढ्ने चेलीहरू पनि थिए। अन्नपूर्णा र भोगमाया जुलुसमा सामेल भएर सरकारी जागीरभन्दा देश ठूलो हो भन्ने सावित गरे। बिहाली थानामा त्यो दिन देशवासीमा देशभक्तिको सागर उर्लेर छताछुल्ल भएको थियो। तर त्यही कार्यसूची रूपायन गर्दा गहपुरमा भने एउटी 15 वर्षीया युवती कनकलताको देहान्त भयो पुलिसकर्मीका गोलीले।
यसैबीच भारतभरिका नेपालीहरूलाई एउटै मञ्चमा ल्याई सांस्कृतिक, भाषिक, आर्थिक, सामाजिक, राजनैतिक हक-अधिकारका निम्ति एकजुट पार्न “अल इन्डिया गोर्खा लीग’ गठनका काममा लागिपरेका तथा “अखिल भारतीय गोर्खा लीग’का सभापति डम्बरसिंह गुरुङ्सहित केही अरू सदस्य आएर छविलाललाई भेट गर्छन् र बृहद् उद्देश्यको कुरा गर्छन्। छविलाल उपाध्याय र तेजपुरका प्रसादसिंह सुब्बा लीगका सदस्य हुन्छन्। तेजपुरमा लीगको अधिवेशन तेजपुरको जजफिल्डमा 10,000 मानिसका निम्ति बनेको विशाल प्यान्डलमा सम्पन्न हुन्छ। तर त्यहाँ डम्बरसिंह गुरुङ बिरामी परेर आउनसक्नु भएन।
यसैबीच निम्तो आयो नेपाल नरेशबाट अखिल भारतीय गोर्खा लीगलाई। नेपाल नरेशलाई भेट्न जानेमा असमबाटै छविलाल उपाध्याय, धर्मानन्द उपाध्याय र प्रसादसिंह सुब्बा तीनजना थिए। श्री 3 सरकार पद्मशमशेर जङ्गबहादुर राणासँग बातचीत भयो। श्री 3 सरकारबाट छविलालले बिहाली हाइस्कूलका लागि पाँच हजार रुपयाँ चन्दा ल्याएको कुरा मर्मस्पर्शी रहेको छ, उपन्यासमा। छविलालआदिले त्यो यात्रामा लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण समआदि पनि भेट गरेका थिए। श्री 3 सरकारसँग बातचीत गर्ने प्रमुख व्यक्ति छविलाल थिए, यो पनि गौरवको विषय उपन्यासमा पाइन्छ।
जिन्नाले गर्दा भारत र पाकिस्तान छुट्टियो। छुट्टाछुट्टै भएर बने दुई राष्ट्र। स्वतन्त्रता सङ्ग्रामीहरूलाई यो घटनाले सारै दुख दियो। 1947 को 15 अगस्तमा आएको स्वाधीनताको रूप सोचेभन्दा अर्कै थियो। मध्यराति 12 बजे अङ्ग्रेज सरकारले युनियन ज्याकलाई हटाएर भारतीय झन्डा फहरायो। स्वतन्त्र देशका प्रधानमन्त्री बने जवाहरलाल नेहरू। बिहाली हाइस्कूलमा स्वाधीनताको झन्डा फहराउँदै आनन्दोल्लास मनाउँछन् र जयध्वनि र वन्देमातरम्को ध्वनि गुञ्जायमान हुन्छ बिहालीको आकाश।
भारत स्वाधीन हुन्छ, स्वाधीन भारतका साक्षी भएर रहन्छन् छविलाल, भीमलाल, रामलाल, विष्णुलाल, हरिलाल, मनमाया, अन्नपूर्णा, धनमाया, बगीराम शइकीयाआदि। स्वाधीन भारतमा राजनीतिक बन्न चाहँदैनन् छविलाल। उनी समाजसेवा गर्न रुचाउँछन्। छविलाल समाजमा गरिनुपर्ने कामहरूका विषयमा चर्चा गर्न लाग्छन्। तर उनी पुन: दुखित हुन्छन्, खबर आउँछ- महात्मा गान्धीलाई गोली हानेर हत्या गरियो। देशका मानिसहरूले महात्मा गान्धीको हत्याको भोलिपल्ट उपवास राख्छन्, छविलालले उपवास पालन गर्छन्।
महान् व्यक्तित्व सम्पन्न, कर्मठ, दृढ निश्चयी, महाज्ञानी, पारदर्शी, निडर, धैर्यशील छविलालको 1980 सन्को 24 जनवरीको बिहान नौ बजे आफ्नै परिजनका बीचमा नश्वर देहबाट आत्मा निस्कन्छ र परमधामतिर लाग्छ। उनको नश्वर लीला समाप्त हुन्छ। “छविलाल उपाध्याय आज इतिहास बन्नपुगे, तर उनले बालेको ज्ञानको दियोले हाम्रा नयाँ पिँढीलाई निरन्तर अघिबढ्ने बाटो देखाइरहेको छ, चाहे त्यो सत्य कसैले अनुभव गरोस् वा नगरोस्।’
उपन्यास लेखकप्रति
छविलाल उपाध्यायमाथि लेखिएको उपन्यासले भारतीय नेपालीहरूको शिर गौरवले उच्चा मात्र नपारेर स्वाधीनता सङ्ग्रामीहरूलाई सम्मान प्रदान गरेको पनि बुझाउँछ। यो उपन्यास विशेषत: छविलालमाथि लेखिएको हुँदा समीक्षात्मक दृष्टिकोणमा पनि छविलाललाई नै बढी महत्व दिइयो। छविलालसँगका धेरै सङ्ग्रामीहरू नै आदिबाट अन्तसम्म छन्। त्यसैले यो इतिहास बगीरामको पनि हो, रामलालको पनि हो, विष्णुलालको पनि हो, धनमायाको पनि हो। छविलाललाई अङ्ग्रेज सरकारले नै पहिले नै चिनिसकेको थियो र उनलाई विचलित पार्न धेरै कौशल अपनायो। यदि छविलाल देशमातृको स्वार्थमा नलागेर व्यक्तिगत अथवा जातिगत स्वार्थमा लाग्थे भने उनले सुख र सुविधा धेरै उपभोग गर्ने थिए। तर उनी पक्का देशमातृभक्त भएकाले उनले समग्र देशवासीलाई नै आफ्ना सन्तान सोचे। उनले बृटिस विरोधी आन्दोलनमा आफ्नो धन, मन र जन समर्पण गरे। धनमायाले सङ्ग्रामीहरूको सेवा नै मुख्य उद्देश्य मानिन्। छविलाल र धनमाया दुवैको अहोपुरुषार्थ उपन्यासले व्यक्त गर्छ। छविलाल देशको काममा र धनमाया घरमा आएका इष्टमित्रसहित सङ्ग्रामीहरूको सेवामा अघिपछि केही नहेरी जुटेका थिए।
उपन्यासले छविलालको चरित्रको परिचय मात्र नदिएर तत्कालीन समाज, गोठ र मानिसको सहावस्थान, शिक्षाआदि विषयको पनि परिचय दिएको छ। घटनाहरूलाई क्रमबद्ध सजाउने काम भने राम्रै निर्वहन भएको छ। दुई सय पृष्ठको ऐतिहासिक उपन्यास कथामा ऐतिहासिक पुरुष छविलाल उपाध्यायलाई समेट्नु लेखिकाको महत् कार्य हो। देशभक्त, जातिभक्त, अग्रजभक्त (पुर्खाभक्त) र कर्त्तव्यनिष्ठ महात्माबाट यति महत् कार्य सम्पादित हुनसक्ने पक्ष उपन्यासका क्षेत्रमा अघि सार्नसकिन्छ। लेखिकाको कार्य स्तुत्य छ। यो उपन्यास नेपालीमा लेख्न प्रेरणा दिने (भूमिकामा भनेअनुसार) डा. शान्ति थापाको स्वभाषा र स्वजातिप्रति रहेको अगाध प्रेम नमन योग्य छ “गर्नेभन्दा गराउने ठूलो’ भनेजस्तै।
देशका तदानीन्तन नेतृवृन्द र छविलालमा पाइने सबैभन्दा ठूलो अन्तर छविलालले देशहितको पक्ष पहिलो र जातिहितको पक्ष दोस्रो मानेको प्रतीत हुन्छ। पहिले देशपछि जाति भन्ने दृष्टान्त छविलालका भनाइमा धेरै ठाउँ आएको पाइन्छ, उपन्यासमा।
“जन्मभूमि मेरो स्वदेश’ उपन्यासको अहं विशेषता पनि परिलक्षित भएको छ। उपन्यासमा धेरै महत्वपूर्ण घटनाहरू पनि जेलमा अथवा भेलामा रोमन्थनको रूपमा उपस्थापन गरिएको छ। प्रायजसो घटनाहरू सोझै यतिखेर यहाँ घट्यो नभनेर जिज्ञासुहरूलाई वर्णन गरेर सुनाइएको छ। यसो हुनुले लेखन सत्यतालाई प्रकट गर्छ। किनभने, त्यो समयमा भारतवर्ष अथवा अन्य कुनै प्रान्तमा घटेका घटनाहरू आजजस्तो सोझै सुन्न र जान्न पाइँदैनथियो। स्वराज आन्दोलनमा घटेका घटनाहरू देशवासीले ढिलो गरेर पाउने गर्थे, कतै वसुमती पत्रिका र कतै अन्य उपायले। त्यसैले पत्रपत्रिका पाठकले ती कुराहरू आफ्ना परिजनलाई भन्ने गर्थे र थाहा पाउँथे। यो उपन्यासले पनि धेरै कुराहरू ग्रामवासीलाई यसरी नै जान्न दिएको छ, जो उसबेलाको सत्य आधार हो।
समीक्षा दृष्टिकोण
उपन्यास “जन्मभूमि मेरो स्वदेश’ एकातिरबाट अध्ययन गरी संक्षेप जानकारी दिने प्रयास गरिएको छ। कतैकतै घटना र उक्तिहरूको पुनर्लेखन र संक्षेप व्याख्यासम्म पनि छ। यो एउटा ऐतिहासिक उपन्यास भएको हुनाले उनै ऐतिहासिक पुरुषलाई अझ व्याख्यामा ल्याइएको छ। तसर्थ समीक्षामा वाद सम्पर्कमा केही कुरा छैन। उपन्यासले पाठकहरूलाई नि:सन्देह भारतीयहरूको स्वराज आन्दोलन, वस्त्रदाह आन्दोलन, ऐन अमान्य आन्दोलन र भारतत्याग आन्दोलनका क्षणहरूको साक्षात्कार गराउँछ। वन्दे मातरम्। जयतु भाषा जननी।
खौराङ्ग, उदालगुढी, असम
अनुक्रमणिका
- गीता उपाध्याय : एक छोटो कैरन
- गरिमायुक्त व्यक्तित्व गीता उपाध्याय
- गीता उपाध्याय : व्यक्तित्व र कृतित्व
- सुश्री गीता उपाध्यायको व्यक्तित्व र कृतित्वको संक्षिप्त रूपरेखा
- गीता उपाध्यायको जीवन र कर्म : एक विहंगम दृष्टि
- एन फ्रेन्कको डायरीबारे
- गीता उपाध्याय र एन फ्रेङ्कको डायरी
- अनुवाद साहित्यको क्षेत्रमा गीता उपाध्यायको योगदान
- केही भन्नु पर्दा
- गीता उपाध्यायको नियात्राकारिता
- ब्रह्मपुत्रको किनारदेखि अलकानन्दाको तीरैतीर
- “…. हामी भर्खर तीर्थका ढोकामा आइपुगेका छौं …’
- ‘कथाञ्जली’-को भावभूमि
- गीता उपाध्यायकृत कथाञ्जली : एक अध्ययन
- विविध व्यक्तित्वका आलोकमा कथाकार गीता उपाध्याय
- कथाञ्जली – एक अवलोकन
- गीता उपाध्याय दिदीको ‘कथाञ्जली’ सरसर्ती पढ्दा
- ‘सुबासित बताह’ गीता उपाध्यायका कथाहरूको पर्यालोचना
- बाल साहित्यमा गीता उपाध्याय
- विश्वप्रसिद्ध किशोरी एन फ्रांकको कथा
- जन्मभूमि मेरो स्वदेश : परिक्रमा र मन्थन
- एक स्रष्टाका वाणीमा ध्वनित लाखौंको ढुकढुकी : जन्मभूमि मेरो स्वदेश
- उपन्यास जन्मभूमि मेरो स्वदेश – इतिहासपरक सामान्य पठन
- गीता उपाध्यायसँग बिताएका बाल्यकालका केही समय
- शैशवदेखि परिचित गीता दिदी : आफ्नो सम्झनाको सेरोफेरो
- गीता उपाध्याय
- भारतेली नेपाली साहित्यकी ध्रुवतारा प्रा. गीता उपाध्यायको सम्झनामा केही हरफहरू
- गीता उपाध्याय : मेरी घनिष्ठ मित्र
- आत्मप्रकाशले उज्यालिएको जीवन र सृष्टि
- प्रा. गीता उपाध्याय – एक विरल साहित्य सेविका
- साहित्यको फुलबारीमा समन्वयको फूल फुलाउने गीता उपाध्याय
- असमीया साहित्यमा गीता उपाध्यायको योगदान
- शिशु साहित्य लेखिका गीता उपाध्याय
- साहित्य समाजको वर्गीय प्रतिबिम्ब हो
- नेपाली साहित्य परिषद् असमकी विदाई अध्यक्षा सुश्री गीता उपाध्यायसित केही अन्तरङ्ग पलहरू
- अतीतलाई फर्केर हेर्दा
- केही अनुभूतिहरू
एक स्रष्टाका वाणीमा ध्वनित लाखौंको ढुकढुकी : जन्मभूमि मेरो स्वदेश
डा. गोविन्दराज भट्टराई
गतवर्ष कार्तिकमा उत्तरपूर्वी पार्वत्य विश्वविद्यालय (नेहु) द्वारा आयोजित स्मृति-विज्ञान (निमोनिक्स) विषयक प्रथम अन्तर्राष्ट्रिय महासम्मेलनमा भाग लिने उद्देश्यले प्राप्त निमन्त्रणाको सम्मान गर्दै म शिलाङ पुगेको थिएँ। सम्मेलन सकेर यता फर्किंदै गुवाहाटी महानगरमा बास बस्न पुगें। सोही साँझ सपरिवारका सम्पादक स्रष्टा भाइ रोहित गौतम पनि भेट गर्न आइपुग्नुभो। पल्टनबजास्थित होटल सिरोइ लिलीमा हामी निकैजना निकैबेर रमायौं। उहाँले नै मलाई सुश्री गीता उपाध्यायज्यूले ‘आन्तरिक शुभकामनाका साथ’ तेजपुर असमबाट पठाउनुभएको एउटा उपहार पनि हस्तान्तरण गर्नुभयो। अनुराग प्रकाशनको एक सुन्दर प्रस्तुति ‘जन्मभूमि मेरो स्वदेश’ शीर्षक एउटा अत्यन्तै लोभलाग्दो आवरणमा उपन्यास रहेछ। त्यसबेला स्रष्टासित सम्वाद हुन सकेन परन्तु त्यहाँबाट नेपाल फर्किने क्रममा राजधानी एक्स्प्रेसमै सो कृति पढ्न थालें। काठमाडौं पुग्दा यसको पठन सम्पन्न गरेको थिएँ; यसले मलाई आकर्षित गरेको थियो।
सर्वप्रथम त यसले मलाई आक्रषित गर्ने तत्व भाषा-प्रयोग नै रहेको थियो। यता नेपालतिरको कुरागर्दा यतिखेर भाषा पूर्ण विचलित स्थितिमा छ। अघि महानन्द सापकोटा, बालकृष्ण पोख्रेल, तारानाथ शर्माजस्ता अग्रणी चिन्तकहरूले यसमा दुरुहता थपिंदै गएको प्रमाण दिंदै यसलाई सरलतातिर लाने अभियान आरम्भ गर्नु भयो जसलाई पछि झर्रोवादी आन्दोलन भनियो। झर्रोवादले आफ्ना देशज, मौलिक र ग्राम्य शब्दलाई टिपेर साहित्यिक लेखनमा स्थापित गरी जनजिब्राो तर्फ ढल्किने आग्रह गर्यो। यो एक प्रकारको मौलिक सौन्दर्यको खोजी पनि थियो। यस्तो अभियान अन्य पनि चल्दछ। अघि बेलायतमा साहित्यका र फ्रान्समा कलाका क्षेत्रमा विशुद्धतावादी (प्युरिष्ट) र सरलतावादी उठेका थिए। र हाम्रामा चलेको झर्रोवादी अभियानलाई ‘जनताको भाषा’को आग्रह गर्ने वाममार्गी लेखकहरूले पनि निकै प्रोत्साहित गरे (यहाँ चूडामणि रेग्मीका अभियान सम्झनु पर्दछ) र यस्तो प्रकारको लेखनको एउटा धारा वा प्रवाह नै चल्यो। परिणामस्वरूप लेख्य र कथ्यमा अन्तर पर्दै गए। लेख्य भाषामा आउने गम्भीर शब्द संस्कृत मूलका तत्सम शब्द अप्रयोजनीय मान्न थालियो; ती उच्च लेखनबाट विस्थापित हुन थाले। यसले नेपाली साहित्यलाई ठूलो नोक्सान गऱ्यो। वास्तवमा संसारका सबै भाषामा लेख्य र कथ्य स्वरूपहरूमा आंशिकदेखि व्यापक अन्तर हुन जान्छ; त्यसो हुनुलाई स्वाभाविक मानिएको छ। त्यस कारणले दुवै शैली समानान्तर चलेका हुन्छन्; चल्नु आवश्यक छ। यता भारतवर्षका हिन्दी, अझ बंगाली र असमीयाजस्ता भाषामा जोडिएका स्रष्टाका कृति हेर्छु; मलाई बडो आनन्द लाग्छ। कारण त्यहाँ भाषाको उच्च रूप, प्राञ्जलतासँगै वैशिष्ट्य पनि सुरक्षित हुन्छ।
यता असमीया संस्कृतिमा जन्मे-हुर्केकी द्वैभाषिक क्षमताले युक्त गीता दिदीका केही कृति ता यदाकदा पढेको हुँ। परन्तु जन्मभूमि मेरो स्वदेशलाई गहिरिएर पढ्दा उहाँको भाषा प्रयोजनले मलाई धेरै छोएको छ। यस्तो स्तरीयता र उच्चता हाम्रो भाषामा हुनु वाञ्छनीय मात्र होइन यस्तो प्रयोगको दृष्टान्त दिनु नै प्रशंसनीय कार्य हो। तर नेपालभित्रका नयाँ छिमलका स्रष्टाहरूले उत्कृष्टता छोडेर सरलताको मार्ग लिएका छन्। त्यसैले होला यो कृति पढ्दै जाँदा म यसको शैलीले, भाषा प्रयोगले मोहित हुँदै गएको थिएँ। नेपालमा रचित वर्तमान कालका झण्डै शतप्रतिशत आख्यानमा यस्ता शब्द र पदको अपेक्षा गर्न सकिंदैन। प्रयोग गर्नेहरूमा अग्रणी पुस्ताका बीपी कोइराला, भवानी भिक्षु, तारिणीप्रसाद कोइराला, विजय मल्लसम्म यो थियो। यसको उच्चता र विशेषता उहाँहरूले स्थापित गर्नुभएको थियो। सर्वोच्च स्थानमा त महाकवि देवकोटा नै हुनुहुन्छ। यसको दृष्टान्त छ ‘शाकुन्तल शब्दार्थ सञ्चय’। महाकविको शाकुन्तल महाकाव्यभित्र कति तत्सम शब्दको (संस्कृत मूलको) प्रयोग छ तिनको अध्ययनबाट प्रा. हेमचन्द्र पोखरेल (धनकुटा)ले ग्रन्थकोश (Exigetic Dictionary) तयार पार्नुभयो। अझ बीपीको लेखनमा यस्तो सौन्दर्यको एक दृष्टान्त दिंदै म भन्दछु – यो त उहाँमाथि परेको महान् हिन्दी साहित्यका स्रष्टाको प्रभाव र प्रेरणा थियो – बी.पी. शताब्दी उपलक्ष्यमा प्रकाश्य एक आलेखमा डा. मतीप्रसाद ढकालले बी.पी.को आख्यानमा प्रयुक्त संस्कृत शब्द शीर्षक एक अनुशन्धानात्मक आलेख तयार पार्नुभयो। अनाग्रह, सन्ध्याको धूमिलता, आत्मश्लाघा, हेतुहीन, अपरिमेय दृष्टान्त, गृहकातर, अचिन्त्य, अनिन्द्य, सुचिता, अचञ्चल, आमोद विहार, द्यूत, क्षात्रधर्म, असंयत, परचक्री, राजनीतिक अनुगामिनी, निद्र्वन्द्व यस्ता अनगिन्ती शब्द बीपीको आख्यानलगायत अन्य सिर्जनामा आउँछन्। एउटा प्रमाण ता निम्न उद्धृताम्शमा देखिन्छ – भन्छन्, खोट लागेको बलिलाई देवीले ग्रहण गर्दिनन् रे। त के किञ्चित् नै भए पनि भावनाको नदेखिने सुदूर सीमामा कतैबाट सानो प्रथामाक्रमण भएको बुझ्दाबुझ्दै किञ्चित् नै भए पनि खोट लागेको समर्पण पूर्ण हुन्छ र? के त्यसको सिद्धिमा कतै पूर्णता आउन सक्ला र?
इन्द्रमायाले त्यसदिन एकदम तटस्थ भएर निर्णय गरेकी थिई कि उसको हृदय केही हदसम्म खोटिएको छ; केही हदसम्म उसको प्रेम अपूर्ण नै रहन गएको छ; केही हदसम्म पीताम्बरको ईर्ष्याको अग्निबीज इन्द्रमायाले नै उसलाई दिन पुगेकी हो। प्रणयव्रत यदि मनसा, वाचा, कर्मणा एकसाथ पूरा गर्नुपर्ने हो भने इन्द्रमायालाई आफ्नो सफाइमा यति मात्र भन्नु थियो, हे भगवान्। वाचा र कर्मणाले म वर्तमा एकनिष्ठ छु; केवल मनसाको एक क्षुद्र कुना मात्र धूमिल भएको छ। उसले गर्दा म स्वयम् आफूलाई दण्डित भइरहेकी पाउँछु। दण्ड बेहोरेपछि दोषमुक्त हुनुपर्ने; मनसाको निरन्तरको अपराधलाई निरन्तरको दण्ड सहेर म अकलुषित भइरहेकी छु (तीन घुम्ती पृ. 17)।
पछि ईश्वर बराल, इन्द्रबहादुर राईजस्ता विद्वान्को वैचारिकता र सामालोचनाको भाषा यस्तै उचाइको भयो; कतिले तिनको आलोचना पनि गरे। कृष्णचन्द्रसिंह प्रधानको पनि भाषा उच्च थियो। आज राजे·ार देवकोटा, मदनमणि दीक्षित, ध्रुवचन्द्र गौतम, गोविन्दराज भट्टराई, शारदा शर्माहरूमा किञ्चित त्यो पाइएला परन्तु अरू सबै सरलताको बाढीमा बगिसकेका छन्। यसको बतासले उडाइरहेको छ। म बारम्बार आह्वान गर्दछु लेखनमा बौद्धिकता, वैचारिक उच्चता, सम्प्रेषणीयता स्थापित गर्नको निमित्त उच्च शब्दको आवश्यकता पर्दछ। यसको निमित्त बुल्केको अंग्रेजी हिन्दी कोश, अथवा टीकादत्त बरालकृत तत्सम शब्दकोश, अथवा नेपाली वृहत शब्दकोश अथवा आप्टेको संस्कृत शब्दकोश, संस्कृत अंग्रेजी शब्दकोश अनेक कोशहरू उपलब्ध छन्; त्यस्ता कोशको प्रयोग आवश्यक छ। हिन्दीमा कति त अनलाइन कोशहरू पनि छन्। तिनको प्रयोग आवश्यकता हुन्छ। यस्तो प्रयोग क्षमताको जगमा ता अलिकति आधारभूत ज्ञानको पनि आवश्यक पर्दछ। गीता दिदीको यो देखेपछि म झसङ्ग भएको छु किनभने नेपाली स्रष्टाले कोशको प्रयोग नगर्दो रहेछ। त्यसो त कोश हेरेर कसैले लेख्तैन। सहजरूपले भाषाले बोक्ने चलाउने शब्द नै लेखकका पनि सम्पदा हुन् तर नेपालको कुरा गर्दा भाषालाई त्यसरी उच्च ज्ञानले उठाउने परम्पराको अन्त्य गरिएको छ त्यस कारण शब्दकोशको कुरा गरेको हुँ। हाम्रो भाषाको स्तरीयता कसरी शिथिल भयो त्यसको म पछि कुरा गर्नेछु।
गीता दिदीको कृतिभित्र हरियो तृण भूमि, अट्ब्य आरण्यको विस्तृति, अनास्वादितपूर्व, (पृ. 10) खाद्याभ्यास, ग्रहण-वर्जन, जनगोष्ठी (पृ.11) प्रवजन, द्विधा, संशयहरू, मेघमुक्त नीलो आकाश, पृ. 12), गोपालक (पृ. 14), उच्छेद (पृ. 15), गुरुत्व, बुद्धिदीप्त युवक, बनाञ्चल (पृ. 22), सत्याग्रह (पृ. 29) सङ्गबद्ध, नदी बक्ष, प्रकृत उद्देश्य, वाकरुद्ध, अभियोग, मानसिक-आवेगिक यन्त्रणा (पृ. 36), यस्तै प्रकारले उच्च शब्दको प्रचुरता देखिन्छ। यसको मूल कारणचाहिं उतातिरको असमीया वा नेपाली अर्थात् बंगाली भाषा एक आपसमा प्रभावित भै उन्नत शैली स्थापित गर्न सकेको हो कि भन्ने लाग्दछ। एउटा अनास्वादितपूर्व शब्दसँग कत्रो संक्षिप्तता र अर्थभार बहन क्षमता छ जसको सट्टा जनबोलीमा जाँदा योभन्दा पहिले कहिल्यै स्वाद नलिइएको भन्ने हुन्छ; एक शब्दको सट्टा पाँच लाग्छन्, फेरि पनि त्यो गहनता हुन्न। यस आख्यानमा पनि तत्सम शब्दको घनत्वले निर्मित अनेक वाक्य र अनुच्छेद छन्। म एउटा दृष्टान्त दिन चाहन्छु – काजीरंगाबाट अचानक गोठ उच्छेद गरेको समयमा आर्थिक रूपले विपर्यस्त र अलपत्र परेका गोपालकहरू विस्तारै फेरि संस्थापित भइसके (पृ. 116)। यस्तो भाषाले यो लेखन विशिष्ट काव्य निर्माणतिर प्रवृत्त भएझैं लाग्दछ। त्यसो त यहीं दार्जीलिङ सिक्किमदेखि नै लेख्य नेपालीले यस्तो रुप लिन्छ।
त्यति मात्र होइन। बहुल समाजमा जीवन यापन गर्दा मिश्रितता नै एउटा प्रधान लक्षण हुन जान्छ। भाषा साहित्य संस्कृति सबै मिश्रित हुन्छ। आसामका बहुल समाजमा बस्ने नेपालीहरूले विविध छिमेकीहरूबाट सहज ग्रहण गरेका शब्दको प्रयोजनले एक त त्यताको सामाजिक-संस्कृतिक चित्र आधान गर्दछन् त्यसैले होला मलाई उताका कृति पढुञ्जेल एक प्रकारको नवीन सुवासले निरन्तर आकर्षित गरिरहन्छ। उदाहरणको लागि विवेच्य आख्यानमै रैथाने, नामघर, टौ, फरेस्टर, रिजाप, बैठा, छपडी, खजाना, पर्मिट, उकिल, किरिम, जहाज घाट, रिजर्भ, वर्क कल्चर, खोकाको चिया, कोइला, मोहोरि, रोलट ऐन, खिलाफत, गुडमिठाइ, अकिन्चन, चाङ्घर, पत्थरको लकिर, कुर्की (क्रोक), तदन्त, इन्क्वाइरी कमिटि, वन्दे मातरम्, डाङरिया पूजा, माघबिहु, बाइजिनाच, मणिपुरे नाच, बंगाली पूजा, यस्तै प्रकारका स्थानीय जीवनका शब्दले यो कृति भरभूर रहेको छ।
गत वर्ष नै मैले यस कृतिको अध्ययन सम्पन्न गरी कति ठाउँमा दृष्टान्त पनि दिइसकेको छु। परन्तु यसको महत्त्व नबुझ्ने वा यसको लेखनको प्रशंसा गर्न नसक्ने वा बोध गर्न नसक्ने पाठकको आधिक्यले गर्दा यस्तो कृति एक्लिएर रहन्छजस्तो डर पनि लाग्दछ। दुई दशक अघिदेखि राजनीतिक उग्रवादको कारणले गर्दा नेपालका विद्यालय स्तरीय पाठ्यक्रमबाट संस्कृत भाषा विषयको नै उच्छेदन गरियो र निर्मूल पारियो। वास्तवमा संस्कृतको मार्ग यात्रा गर्दै नेपाली बनिएको थियो तर आज तिनै जननी आफ्नै घरमा उपेक्षित छिन्; हामी सन्तति कस्ता कृतघ्न बन्दैछौं। हाम्रा नानीहरूलाई उच्च भाषाको अक्षरारम्भ गर्नसम्म नसक्ने बनाइयो। वर्तमान पुस्ताका स्रष्टाहरूले परिणामस्वरूप भाषिक दरिद्रता भिरेर हिंड्नु परेको छ। नेपाली वाङमयको सम्पन्नता-मार्ग नै अवरुद्ध छ। नेपाली वाङमयलाई नै यसले दण्डित गरिरहेको छ। किनभने सबैकी जननी ता संस्कृत हुन् उनलाई प्रवेश निषेध गरिएपछि मुश्किलले बामे सर्न थालेको नेपाली भाषा हतोत्साहित मात्र होइन निरालम्ब भएको छ। उनीहरूले नै जानुन् जसले प्राचीन विश्वको रत्नगर्भमा पुग्ने साँघु भत्काइदिए। भन्छन् – कि साँघु भत्काउनेको नाम चल्छ कि बनाउनेको। नेपालमा यतिबेला भत्काउनेको नाम खुब चलेको छ। त्यसमाथि एकथरी नयाँ समूहका मित्रहरू उदाएर नेपाली भाषा भवनलाई तोडफोड गरी यसको अंगभंग गरी स्थापित हुन लागेको व्याकरणिक (लेख्य) परम्परा र अभ्यासलाई महाअन्योलमा लगेर छोडिदिएका छन्। यो पनि अर्को ठूलो दुःखको कुरा हो। परिणामस्वरूप विश्वविद्यालयको नेपाली बेग्लै, गोरखापत्रको बेग्लै, प्रत्येक ठाउँमा प्रत्येक व्यक्तिको बेग्लै भएको छ। क्लासिकल लाइनका गुरुहरूको अगुवाइमा नेपाली भाषा भत्काइएको छ। आसामको नेपाली यस्तो बिघ्नबाट, यस्तो यातनाबाट बचेको रहेछ। यो कृति देख्ता मलाई त्यता पनि खुशी लागेको छ। मेरो एक अनुरोध छ – नेपालको दृष्टान्तलाई यतातिर मानक नबनाउनु होला। यति लामो समयदेखि यस भूमिमा हुर्केको नेपालीको आफ्नै शब्दकोश आफ्नै व्याकरणको निर्माण गर्नुहोला। जुन स्थापित परम्परा छ त्यसैको सम्मान गर्दै अघि बढ्नु होला। किनभने नेपालका सबै स्थापित कोश र व्याकरणहरू भत्काइएको बेला छ।
तेस्रो कुरा विवेच्य उपन्यासको स्वकथन अंशमा एउटा स्मरणीय उक्ति छ; व्याख्या गर्नुभन्दा यसलाई स्रष्टाकै वाणीमा यहाँ साभार गर्न चाहन्छु – असमीया भाषामा पहिला लेख्न प्रारम्भ गर्न लागेको यो पुस्तक मलाई यस विषयमा केही लेख्नुहोस् भनी झक्झकाइरहने आदरणीय बहिनी डा. शान्ति थापाले असमीया होइन पहिले नेपालीमा लेख्नुहोस्, हाम्रा भाषामा यस्ता पुस्तक चाहिन्छन् भनेर सुझाउ दिएकी हुनाले आफ्नो कमजोरी थाहा हुँदाहुँदै नेपालीमा लेख्ने प्रयास गरें। प्रबुद्ध पाठकवर्गलाई यसले बौद्धिक सन्तुष्टि दिन सफल हुने हो होइन, तर आफ्नो सन्तुष्टिचाहिं यति हो कि इतिहासको एउटा महत्त्वपूर्ण समयमा एकजना गोठपाल नेपालीले असमको जातीय मञ्चमा केही महत्वपूर्ण भूमिका लिनका साथ त्यो समयको पिछाडिएको नेपाली समाजलाई भारतको स्वतन्त्र संग्राममा अंशिदार बन्न प्रेरित गर्नका साथ शिक्षा र सुसंस्कारको उज्यालो देखाउने प्रयासमा केही सफलता प्राप्त गर्न सफल भएका थिए र इतिहासमै महत्वपूर्ण मानिने त्यो समयलाई सामान्यरूपमा भएपनि पुनः निर्माण गरेर पाठक सामुन्ने ल्याउने विनम्र प्रयास पुस्तकाकारमा प्रकाश गर्ने काम सम्पूर्ण हुन सक्यो (पृ.6-7)।
यसरी एउटा भिन्न प्रकृतिको सामाजिक सांस्कृतिक परिवेशमा पुगेपछि (रहेपछि) ती वक्ताले आफ्नो भाषिक क्षमता पनि सोही अनुकूल हुनु वा गराउनु पर्दोरहेछ। म राइटर्स अव् दि इण्डियन डायास्पोरा शीर्षक ग्रन्थमा परेका अनिता देसाइ, भिएस नैपल, डोम मोरे, रोहिन्टन मिस्त्री, शशी थरुर, विजय लक्ष्मीजस्ता अनेक डायास्पोरामा पुगेका भारतीय लेखकलाई हेर्छु। उनीहरूले आफ्नो मातृ भाषालाई छोडेर त्यताकै गुणवती अर्की मातृ भाषालाई स्वीकार गरेर बसेका छन् उनीहरू ता अंग्रेजी, जर्मन, फ्रेन्च आदि भाषाका सफल प्रयोक्ता भइसके। यता गीता दिदीको परिवेश त्यस्तो नभइकन भिन्न छ। डायास्पोरिक भूमि नभइकन त्यो प्रदेश उहाँहरूको स्वदेशको रूपमा ग्राह्र छ, स्वीकार्य र पूजित छ तथापि असमीयाजस्तो ठूलो भाषाको संगतमा रहनु परेकाले गर्दा आसाम प्रदेशभित्रका शिक्षित वा स्रष्टा नेपालीहरू द्वैभाषिक क्षमता लिएर बसेका छन्। यसपालिको भ्रमणमा देखें – ज्ञानबहादुर क्षेत्री, चन्द्रमणि उपाध्याय, जमदग्नि उपाध्याय, माधव भट्टराई सबै द्वैभाषिक, त्रैभाषिक शिल्पयुक्त छन्। मनमा दुईवटा संस्कृति समानान्तर रूपले संचालित छन्। अझ गीता दिदीको कुरा गर्दा विवेच्य कृतिको आवरणमा छापिएका स्रष्टाका असमीया भाषामा लिखित वा अनूदित विविध पुस्तकको सूची मात्र पढ्दा पनि यो कुरा प्रष्ट हुन्छ।
दुई प्रकारका मातृ दुग्धले सम्पोषित असमीया नेपालीहरू गीता दिदीझैं दुवै मातृ दुग्धको ऋण तिरिरहेका छन्। यसमा हामीलाई ठूलो गौरव छ। अघिको उधृताम्स हेर्दा शान्ति थापाको प्रेरणाले उहाँले नेपाली भाषामा यसको सिर्जना गर्नुभएको रहेछ भन्ने कुरा खुल्दछ। यसरी नेपाली भाषामा लेखेर उहाँले हाम्रा दुवै देशलाई बराबर ऋण लगाउनु भएको छ। वास्तवमा भाषा साहित्य विकासको एउटा चरणमा पुग्दा धेरै नेपालीहरूलाई यस्तो भएको छ। हिन्दीमा लेखन आरम्भ गरेका बीपी कोइरालालाई नेपाली अग्रजहरूको प्रेरणाले नेपालीमा लेख्ने मोह बढ्यो र लेख्तालेख्तै यत्रो यशकीर्ति कमाउनु भयो। उदयका सम्पादक काशीबहादुर श्रेष्ठ ‘उदय’लाई पनि यताका आफन्त अग्रजहरूले नेपालीमा लेख्ने प्रेरणा दिनासाथ नेपपालीमै एउटा साहित्यिक पत्रिकासमेत निरन्तर सम्पादन र प्रकाशन गर्न प्रेरित हुनु भयो। हिन्दी वा बंगाली, असमीयाजस्ता निकटस्थ भाषा परिवारमा पुगेर अन्तर्घुलित नेपालीहरूले दुवै साँघुमा यात्रा गरेका छन्। अझ कति स्रष्टाले असमीयामै सिर्जना गरेको देखें; त्यस्ता निधिलाई नेपालीमा अनुवाद गरी नेपाली पाठकहरूसम्म पुर्याइदिनु होला। त्यसैगरी डा. शान्तिको सल्लाह र दिदीको रोजाइको परिणामस्वरूप एक अमूल्य कृति तयार हुन आएको छ।
चौथोमा यस कृतिको प्रमुख विशेषताको चर्चा गर्दा यो अत्यन्तै ठूलो ऐतिहासिक महत्व बोकेको सिर्जना हो। यसको शीर्षक नै सारतत्त्व बुझाउन सार्थक छ। अनादिकालदेखि भारतभूमिमा बसेर तिनै माताको सेवामा समर्पित नेपाली जातिले त्यस भूमिलाई यो मेरो स्वदेश हो भनिकन स्पष्टताका साथ तिनलाई जन्मभूमिको सम्मान गरेको एउटा दृष्टान्त हो। यताको माटोमा लेखिएका कति आख्यान वा अन्य कृतिमा ज्यादा चिन्ता गुनासो र द्वैधताको अस्पष्ट वाणी सुन्नु पर्छ; अघिको समयमा त्यस्तो स्थिति थियो। हालै मात्र गुवाहाटीको डाउनटाउन युनिभर्सिटीमा आयोजित महाकवि देवकोटाको मानवतावाद विषयमा आयोजित कार्यक्रमको अवसरमा पनि मलाई सिक्किमका सीके श्रेष्ठद्वारा रचित कवितासंग्रह वनमाराको विमोचन गर्ने अवसर मिल्यो। यसका अधिकांश कविताले नेपाली जातिको पराइपना, दीनहीनता, परिचयहीनता देखाउन खोज्छ। त्यसो होइन, अब ता गीता दिदीझैं साधिकार बोल्नुपर्छ। उता डा. शान्ति थापाको मोहनी डट् कममा पनि यही वृहत्तर लक्ष्यको प्रतीकात्मक प्रस्तुति छ किनकि आज आएर पितापुर्खाको प्रयत्नले भाषा, भूमि, राजनीतिक अधिकारसबै समान रूपले ग्रहण र उपभोग गर्न पाएपछि फेरि ती गुनासाहरू गरिरहनु नेपाली जातिकै स्थिरत्वमा एउटा प्रश्न चिन्ह हो। त्यो प्रश्न चिन्हलाई मेट्ने गरी वा मेटिने गरी स्वतन्त्रताधिकारको पूर्ण उपभोग गर्दै यस कृतिमा एउटा अमर वाणी स्थापित भएको छ। पैतृक जातीय अधिकारमा परिणत भएको छ।
यसको कथानकको पाठक स्वयम्ले आस्वादन गरून् र लेखिकाका पितामह एक महान् संगठक महान त्यागी स्वतन्त्रता सेनानी भएकाले गान्धी युगमा अंग्रेज उपनिवेष विरुद्ध लड्दै भारतीय झण्डा फहराएका थिए। त्यस भूमिको लागि अर्पित अशिक्षित र दुःखी नेपाली जातिले अज्ञानतावश पनि कत्रो योगदान गरेका थिए। अथवा सचेततापूर्वक सो भूमिको निमित्त कत्रो बलिदानी लडाइँ लडे। तिनै परिवारकी महान् लेखिका ती सम्पूर्ण तेजपुर परिवेशका आसामी नेपाली वा भारतीय नेपालीका तर्फबाट एउटा साहसिक वाणी प्रस्तुत गरिरहेकी छिन्। सरल साहित्यको कथात्मकताभित्र आवेष्टित भए पनि यो वाणी सम्पूर्ण भारतीय नेपालीको अन्तरात्माको आह्वान हो। स्रष्टाले अन्य जातिमा उदाएका अन्य वीर नरनारीले पनि समान योगदान दिएको कुरा इतिहासबद्ध गर्नुभएको छ। लेखन अत्यन्तै सुन्दर पठनीय र कलापूर्ण भएको कुरा यसले बताउने छ। यसले सयौं वर्षदेखि स्थापित जातिले भू-स्वामित्वको प्रेमले लडेको कथा बताउँछ। स्वतन्त्रता प्रेमले बलिदान भएको कथा बताउँछ। यसमा नेपाली मात्र छैनन् अनेक स्थानीय जाति जनजाति पनि मिसिएका छन्। यो त वृहत्तर राष्ट्र निर्माणको प्रक्रियामा गरिएको बलिदान थियो।
अन्त्यमा गए सालको शिलाङ यात्रामा किनारीकृत जातिहरूले विश्वमै भाषिक, जातीय, सांस्कृतिक, स्वाधिकारको लागि लडेका लडाइँहरूको चर्चा गरेर आएको थिएँ। ती लडाइँ आफ्नो पहिचानको निमित्त, सहअस्तित्वको निमित्त र समान अवसरको निमित्त लडिएका थिए। अबको समयमा एउटा साम्राज्य उठेर अनेक राज्यहरू अन्तर्भुक्त हुने सपना समाप्त भएको छ। पोष्टमोडर्न परिवेशमा मेगान्यारेटिब् (महावर्णन) को पालो सकिएका छन्, लघुवर्णन सम्मानित छ। दिदीको यो गाथा एक त्यस्तै लघुवर्णन हो; यसमा ठूलो शक्ति छ। अहिले विश्वपरिवेश हेर्दा गायत्री स्पिभाकले सोधेको प्रश्न ‘क्यान द सबाल्टर्नज स्पीक?’ को प्रत्युत्तर ‘यस दे क्यान’ हो। भारतीय राज्य सरकारसामू किनारीकृतहरू बोलेको आवाज हो। त्यसको ध्वनि नेपालसम्म गुञ्जित छ। एउटा राज्यभित्रका शोषित पीडित वा दमित उठ्न नसकेका जाति, भाषा र संस्कृतिहरूको आवाजको लडाइँ प्रत्येक सरकारले सुन्नु परेको छ। यो कृति त्यस्तै एक पहिचानको लडाइँ र प्राप्तिको संकेत हो।
गएपालि शिलाङको सम्मेलनमा निमोनिक्स अर्थात् स्मृति विज्ञान विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा एउटा कार्यपत्र प्रस्तुत गरी आसाम फर्की आएको थिएँ। आसाम पुगेकै समयमा फ्रान्सेली स्रष्टा प्याट्रिक मोदियानोले नोबेल पुरस्कार प्राप्त गरेको सुनें। द सर्च अब वारेन्ट शीर्षक नोबल विजयी कृतिमा जर्मनीबाट निस्कासित घुम्दै भाग्दै तीन पुस्तापछि फ्रान्सेली नागरिक बन्न पुगेका यहुदी मोदियानोले सम्पूर्ण अतीत स्मृतिलाई अर्थात् आफ्ना पिताजीका पालासम्मको अवर्णनीय कष्टलाई र यायावरीय जीवनलाई उपन्यासको विषय बनाएका छन्। यस्तै प्रकारले बाँचेका कयौं नोबेल पुरस्कार विजयी स्रष्टाहरू छन् जसले एउटा देश छोडेर अर्को, फेरि अर्को गर्दै यायावरीय जीवनलाई शरण दिलाएका छन्। गीता दिदीको जराको खोजी गर्दै जाँदा त्यही कथा आउँछ। तर विश्व संस्कृतिको एउटा अध्याय यस्तै प्रकारले खण्डित र योजित छ। यो पनि मोदियानोका पिता जर्मनबाट उच्छेदित भई अल्जेरियाजस्ता अनेक देश घुम्दै फ्रान्समा एक अर्धरक्षित नागरिकको रूपमा हुर्किएका थिए। त्यस्तै गरी यस आख्यानमा पात्रका पुर्खाको कथा नेपालको इलामबाट आरम्भ भएको कुरा अर्धविस्मृत हुन लागेको स्मृति कथा जोड्दै आसामको तेजपुर ब्रह्मपुत्रको आसपास पुग्दछ। लीलबहादुर क्षत्रीले ब्रह्मपुत्रको छेउछाउमा र अझ प्रतिध्वनिहरू विस्मृतिहरू लेखेर तिनै नेपाली जातिको स्मृतिका अमर कथा लेखेर अमरत्वको आर्जन गर्नुभएको छ। अर्की यसस्वी लेखिका दिदी गीताले अर्को अमर कथाको सिर्जना गर्नुभएकोमा म हार्दिक बधाई ज्ञापन गर्दछु। वास्तवमा पूर्वी भारतका नेपाली जातिको इतिहासको अभिलेखनमा यी दुई स्रष्टाका अमर कृतिको महत्त्व अनेक इतिहासका ग्रन्थको भन्दा ठूलो छ। जन्मभूमि मेरो स्वदेश एक ऐतिहासिक जीवनीपरक गाथा हो। यसमा व्यक्तिको, समयको, जातिको इतिहासको सबैको जीवनी छ।
त्यसैले गर्दा जन्मभूमि मेरो स्वदेश एउटा आख्यान मात्र होइन। नेपाली जातिको यात्रापथ र नपढी नहुने ऐतिहासिक मार्गको झल्का पनि हो। हामी सबै त सदैव अतीत नै लेख्छौं व्यक्तिको होस्, समाजको होस्, राष्ट्रको होस्। बुनिनले त्यही लेखे, ब्रोड्स्कीले त्यही लेखे, सोल्झेनित्सनले त्यही लेखे, निरद सी चौधरी, राजा राओ, सल्मान रुस्दी, भिएस नैपल अझ हामीलाई भर्खरै 86 वर्षमा छोडीजाने माया एङ्गेलुको जीवनी त्यस्तै छ – अफ्रिकादेखि अमेरिकासम्मको यो विश्वका चतुर्थाम्स लेखकको यस्तो स्थिति छ। त्यसमध्ये गीता दिदी पर्नुहुन्छ। लीलाबहादुर, नवसापकोटा यस्तै अरू अनेक दिशाका अनेक लेखक यसमा पर्नुहुन्छ। दिदीलाई फेरि पनि यो मास्टरपिस कृतिको लागि हार्दिक बधाई अर्पण गर्दछु। आफ्नो पचहत्तरौं जन्मदिन नजिक आएको कुरा भन्नुभो। डा. शान्तिले केही रचनाको संयोजन गर्न थालेको कुरा लेख्नुभो। यस्ता पुनीत कार्यमा संलग्न बैनी डा. शान्ति थापालाई पनि बधाई छ।
यो हतारमा पुष-माघको शुष्क फूलबारीमा धेरै भेटिनँ दुईचार थुँगा टिपी यही माला उनेर दिदीसमक्ष भर्चअल (परोक्ष) हुलाकमार्फत् पठाएको छु। त्यो गलामा यो सुहाउला भन्ने छ।
टाढाको भाइ।
2071 माघ 21 प्राध्यापक (अङ्ग्रेजी)
ट्याङ्लाफांट, कीर्तिपुर त्रिभुवन विश्वविद्यालय
tu.govinda@gmail.com काठमाडौं, नेपाल
अनुक्रमणिका
- गीता उपाध्याय : एक छोटो कैरन
- गरिमायुक्त व्यक्तित्व गीता उपाध्याय
- गीता उपाध्याय : व्यक्तित्व र कृतित्व
- सुश्री गीता उपाध्यायको व्यक्तित्व र कृतित्वको संक्षिप्त रूपरेखा
- गीता उपाध्यायको जीवन र कर्म : एक विहंगम दृष्टि
- एन फ्रेन्कको डायरीबारे
- गीता उपाध्याय र एन फ्रेङ्कको डायरी
- अनुवाद साहित्यको क्षेत्रमा गीता उपाध्यायको योगदान
- केही भन्नु पर्दा
- गीता उपाध्यायको नियात्राकारिता
- ब्रह्मपुत्रको किनारदेखि अलकानन्दाको तीरैतीर
- “…. हामी भर्खर तीर्थका ढोकामा आइपुगेका छौं …’
- ‘कथाञ्जली’-को भावभूमि
- गीता उपाध्यायकृत कथाञ्जली : एक अध्ययन
- विविध व्यक्तित्वका आलोकमा कथाकार गीता उपाध्याय
- कथाञ्जली – एक अवलोकन
- गीता उपाध्याय दिदीको ‘कथाञ्जली’ सरसर्ती पढ्दा
- ‘सुबासित बताह’ गीता उपाध्यायका कथाहरूको पर्यालोचना
- बाल साहित्यमा गीता उपाध्याय
- विश्वप्रसिद्ध किशोरी एन फ्रांकको कथा
- जन्मभूमि मेरो स्वदेश : परिक्रमा र मन्थन
- एक स्रष्टाका वाणीमा ध्वनित लाखौंको ढुकढुकी : जन्मभूमि मेरो स्वदेश
- उपन्यास जन्मभूमि मेरो स्वदेश – इतिहासपरक सामान्य पठन
- गीता उपाध्यायसँग बिताएका बाल्यकालका केही समय
- शैशवदेखि परिचित गीता दिदी : आफ्नो सम्झनाको सेरोफेरो
- गीता उपाध्याय
- भारतेली नेपाली साहित्यकी ध्रुवतारा प्रा. गीता उपाध्यायको सम्झनामा केही हरफहरू
- गीता उपाध्याय : मेरी घनिष्ठ मित्र
- आत्मप्रकाशले उज्यालिएको जीवन र सृष्टि
- प्रा. गीता उपाध्याय – एक विरल साहित्य सेविका
- साहित्यको फुलबारीमा समन्वयको फूल फुलाउने गीता उपाध्याय
- असमीया साहित्यमा गीता उपाध्यायको योगदान
- शिशु साहित्य लेखिका गीता उपाध्याय
- साहित्य समाजको वर्गीय प्रतिबिम्ब हो
- नेपाली साहित्य परिषद् असमकी विदाई अध्यक्षा सुश्री गीता उपाध्यायसित केही अन्तरङ्ग पलहरू
- अतीतलाई फर्केर हेर्दा
- केही अनुभूतिहरू
उपन्यास जन्मभूमि मेरो स्वदेश – इतिहासपरक सामान्य पठन
नवीन पौड्याल
1. आमुख :
नेपाली र असमीया साहित्य क्षेत्रमा गीता उपाध्यायको नाम अति आदर र उल्लेखका साथ लिइन्छ। उनी विशिष्ट लेखिका हुन्। उनले आफ्नो जीवन नै भाषा साहित्यमा समर्पित गरेकी छन्। उनको जन्म 14 फरवरी, 1939 मा असमको शोणितपुर जिल्लाको बिहाली गाङमौथानमा भएको हो। उनले राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन समाप्त गरेपछि शिवसागर कलेजमा यसै विषयमा प्राध्यापन गरी सन् 1999 मा सेवानिवृत्त भएकी हुन्। आफ्नो सेवा कार्यबाट निवृत्त भएपछि उनी साहित्य लेखनतिर अझ सक्रिय रूपमा ओर्लिएकी छन्। हालसम्म उनका नेपाली भाषामा जम्मा दशवटा र असमीया भाषामा बाह्यवटा पुस्तक प्रकाशित गरेकी छन्।
उनका प्रकाशित पुस्तकहरूको सूची नियाल्दा उनलाई एक सफल उपन्यासकार (जन्मभूमि मेरो स्वदेश, 2013), कथाकार (नेपाली कथासंग्रह कथाञ्जली, असमीया कथासंग्रहहरू सुबासित बताह, 2005, एकाजली गल्प संभार 2008), शिशु साहित्यकार (आमा म फस्ट भएँ, 1998, एन फ्रेन्कको बाल्यकाल, 2008), अनुवादक (नेपालीबाट असमीयामा, असमीयाबाट नेपालीमा, अन्यबाट नेपालीमा र अन्यबाट असमीयामा), जीवनी लेखक (महापुरुष शंकरदेव- जीवन र कर्म, 2003), सम्पादक (असमीया नारी कविका निर्वाचित कविता, 2002)। यसमध्ये उनको भानुभक्तको रामायणको असमीया अनुवाद अत्यन्त महत्वपूर्ण रहेको छ। पुरस्कारका हकमा हालसम्म उनले मुख्यगरी साहित्य अकादमीको अनुवाद पुरस्कार हासिल गरेकी छन्।
2. जन्मभूमि मेरो स्वदेश उपन्यासमा पाइने इतिहास चेतना :
नेपाली साहित्यमा कुनै व्यक्तिविशेषको जीवनीमा आधार गरेर तयार पारिएका केही उपन्यास छन्। त्यसमाथि कुनै उपन्यास आफ्नै जीवनलाई केन्द्रिविन्दु बनाएर, कुनैमा कुनै महापुरुषको जीवनीलाई आधार बनाएर लेखेका छन्। उदाहरणका रूपमा ध्रुबचन्द्र गौतमको ‘बाढी’ उपन्यासमा आफ्नै जीवनलाई आधार बनाएका छन् भने लीलबहादुर छेत्रीको ‘प्रतिध्वनिहरू विस्मृतिका’ उपन्यासमा आफ्ना बाबुको संघर्षमय जीवनलाई आधार बनाएर लेखेका छन्। यसमा बाबुले सुनाएको आफ्नो जीवनको वास्तविक कथालाई वस्तुगत सामल बनाएर उपन्यास बुनिएको छ। लैनसिंह बाङदेलले हलेण्डका विश्वविख्यात चित्रकार रेम्ब्राान्टको जीवनीलाई लिएर ‘रेम्ब्राान्ट’ उपन्यास लेखेका छन्। यसै सिलसिलामा गीता उपाध्यायको ‘जन्मभूमि मेरो स्वदेश’ उपन्यासमा पनि असमका प्रख्यात स्वतन्त्रता सेनानी छविलाल उपाध्यायको जीवनीलाई आधार बनाएर आख्यानीकरण गरिएको छ। यसमा उनको बाल्यकाल, सामाजिक, राजनैतिक क्रियाकलापलाई मूलाधार बनाएर एउटा सिङ्गो औपन्यासिक कृति रचना भएको छ। यसबाट पाठकलाई दोहोरो लाभ भएको छ – इतिहासको ज्ञान र औपन्यासिक आख्यानपरक पठनको आनन्द।
यसमा इतिहास र आख्यान तत्व सन्तुलित र समानुपातिक रूपमा सँगसँगै हिंडेका छन्। मुख्य पात्र छविलालको पात्रीकरण गरिए तापनि यसका छविलाल हुबहु होइनन्। उनको कल्पना, बोलीवचन प्रायः जम्मै काल्पनिक हुन्। कुनै व्यक्तिविशेषको हरेक गतिविधि र कल्पनासमेतलाई त्यति नजिकबाट कसैले रेकर्ड राख्न सक्दैन। इतिहास मात्र बन्यो भने कुनै कृति सफल बन्दैन। साहित्य अध्ययन गर्नेहरू इतिहासमा रमाउन सक्दैनन्। कुशल लेखकले यी दुवैलाई मिसाएर एउटा सुन्दर र कला-कृति निर्माण गर्न सक्छ। यसमा कल्पनाको प्रयोग गरेर आख्यानीकरण गरिएको छ। कथावस्तु र इतिहासलाई यसरी तालिकाबद्ध गर्न सकिन्छ –
जन्मभूमि मेरो स्वदेश उपन्यास इतिहास मात्र बन्नदेखि छुट्टिएर एउटा विशिष्ट रूपमा औपन्यासिक कृति बनेको छ। उपन्यासको शुरूवात् विशेषगरी सन् 1921 मा जोरहाटमा सम्पन्न असम सम्मेलनलाई कसरी गान्धीको स्वाधीनता संग्रामको आह्वानको प्रभावस्वरूप असम प्रदेश कांग्रेस दलमा रूपान्तरित भयो, त्यसको पृष्ठभूमिदेखि लिएर काजीरङ्गाको जंगललाई रिजार्व फरेस्ट घोषित गरेर गौचरण र जनबस्तीलाई हटाउने अंग्रेज सरकारको गतिविधि आदिलाई आधार बनाएको छ। कांग्रेस दल असममा फस्टाउनका मूल कारण काजीरङ्गाको ग्राम उच्छेद काण्ड र गोर्खाली जनजीवनको ठूलो समर्पण थियो। त्यहाँ वर्षौंदेखि गौपालन गर्दैआएका गोर्खाली जनजीवनमाथि तत्कालीन अंग्रेज सरकारले चौबीस घण्टाभित्र घर र ठाउँ छोड्नु भनी कठोर सरकारी आदेश र त्यसको फलस्वरूप उत्तेजना सृष्टि भएको स्थिति देखाइएको छ। ती ठाउँमा गोर्खालीलगायत केही आदिवासी जनजाति पनि परेका थिए। ती उच्छेद भएका मानिसहरूमा अंग्रेज शासनप्रति एक प्रकारको क्षोभ र घृणा उत्पन्न पैदा भएको स्थितिमा असममा पनि कांग्रेस दलको बीजारोपण हुन्छ र असम प्रदेश कांग्रेसको उदय हुन्छ। महात्मा गान्धीको दक्षिण अफ्रिकाबाट भारत फिर्ता र उनको स्वाधीनता संग्रामको शंखघोषको प्रभाव मूल रैथाने भारतीयहरूमा पर्नु स्वाभाविक थियो।
उपन्यासमा सोझै इतिहासको बखान छैन। व्यक्तिको कङ्कालजस्तो मात्र यसमा इतिहासको आधार लिएको छ। मूल रूपमा कङ्काललाई शिल्प-संरचनागत रगत-मासु र प्राण भरेर एउटा सुन्दर औपन्यासिक कृति तुल्याइएको छ। संवाद योजना, कल्पना, परिवेश, नयाँ नयाँ घटना-प्रसङ्ग र त्यसको घटनावली निर्माण, पात्रीकरण र पात्रगत उदात्तता प्रदान दृष्टिविन्दु सापेक्षता आदिले यो एउटा उपन्यास बनेको छ।
3. उपन्यासको संरचना :
जम्मा 210 पृष्ठहरू रहेको यस उपन्यासमा अध्याय विभाजन नगरिएता पनि यसमा बीच बीचमा रहेका खाली ठाउँलाई अर्को परिच्छेदका रूपमा मान्न सकिन्छ। कुनै घटना र प्रसङ्ग समाप्तिपछि एउटा खाली ठाउँ (स्पेस) दिएर अर्को घटना-प्रसङ्ग थालिएको पाइन्छ। उपन्यासको शुरूआत् काजीरङ्गामा गोठालाहरूको उच्छेददेखि लिएर कथावस्तु तीव्र गतिमा अघि बढेको छ। उपन्यासभित्र वेशभूषा, संस्कार, चिन्तन, खानपीन, मनका तर्कना, दैनन्दिनका घटना वर्णन, घरेलु व्यवाहिक पक्ष आदि सबैको उल्लेख पाइन्छ। कथा तत्व कहिले मन्द गतिमा र कहिले तीव्र गतिमा अघि बढेको पाइन्छ। यसमा लगभग चालिसदेखि पचास वर्षको कालावधि रहेको देखाइएको छ।
4. उपन्यासको ऐतिहासिक कथावस्तु :
उपन्यासको कथावस्तु असमका प्रसिद्ध स्वाधीनता सेनानी छविलाल उपाध्यायको जीवनलाई आधार बनाएर तयार पारिएको छ। यसमा उनको यौवनवस्थादेखि लिएर उनको मृत्युपर्यन्त कथावस्तु विस्तारित भएको छ। यसको कथावस्तुको मूल खाँबो मूल पात्र हो भने उनकै वरिपरि नै कथावस्तु बुनिएको छ। यसको कथावस्तुको तीन चरणलाई यसरी विभाजन गर्न सकिन्छ – काजीरङ्गामा गौपालन प्रतिबन्ध कानून लगाएर त्यसलाई आरक्षित जङ्गल तुल्याएर रातारात त्यहाँका मानिसहरूका गाइगोठ र घर उच्छेद गर्दा मानिसहरूमा परेको प्रभाव र यस कुरामा छविलाल उपाध्यायले चिन्तन, सरसल्लाह गर्नु यसको आदिभाग, काजीरङ्गाको प्रभावस्वरूप असम सम्मेलन असम प्रदेश काँग्रेस कमिटिको गठन, त्यसको नयाँ कमिटिको सभापतिका रूपमा छविलाल उपाध्यायको भूमिकादेखि लिएर भारतको स्वाधीनता सङ्ग्राममा उनीलगायत अन्य विभिन्न व्यक्तिहरूको योगदानको चर्चा, उनी दुईपल्ट जेल चलान गरिएको इत्यादि मध्यभाग र उनी जेलयातना भोगिसकेर भारतमा जल्दो-बल्दो रूपमा स्वतन्त्रता सङ्ग्रामको चर्चा, अखिल भारतीय गोर्खा लीगको असम शाखा गठन, तेजपुरमा यसको महाधिवेशनको चर्चा, गोर्खालीगको सात सदस्यीय टोलीमा छविलाल आदिको काठमाडौं भ्रमण चर्चा, भारतले स्वतन्त्रताको लक्ष्य हासिल गरेको, महात्मा गान्धीको हत्यादेखि लिएर उनको देहान्तसम्मको कथालाई अन्त्यभाग मान्न सकिन्छ।
प्रस्तुत उपन्यासमा दोस्रो, तेस्रो र चौथो दशकको असमको सामाजिक, राजनैतिक, शैक्षिक, भौगोलिक स्थितिको रूपरेखा कोरिएको छ। तत्कालीन असमको पातलो जन-घनत्व, विकास कार्यको न्यूनता, सवारी साधनको घोर अभाव, प्रशस्त अन्नपानीको पौल, गौपालन र त्यसबाट प्राप्त आमदनीका साथै गौपालनसम्बन्धी बेलाबेलामा उब्जिरहने समस्या, सरकारी नीतिको कठोरता, समाजमा जातीय सौहार्दता र सन्तुलन, मानिसहरूको दिनचर्या आदिबारे धेरथोर मात्रामा प्रकाश पारिएको छ। उस बेला सवारी साधनको
रूपमा हात्ती, घोडा, गोरूगाडी र नदी पार गर्न नौका र जहाज मात्र थिए। रेलचाहिं गौहाटीसम्म मात्र आइपुगेको थियो।
5. ऐतिहासिक सहभागी र सहभागिता :
उपन्यासको पात्रत्वका रूपमा प्रदान गरिएको सहभागी चरित्रको चित्रणमा उपन्यासकारले निकै सचेतता देखाएकी छन्। यसमा स्वतन्त्रता सेनानी छविलाल उपाध्यायमा केन्द्रित रहेकाले यसको पात्र-विधान व्यक्तिप्रधान किसिमको रहेको छ। आख्यान चिन्तक इ. एम. फोस्र्टरले वर्गीकरण गरेको गोलो र च्याप्टो पात्रका भेदमध्ये यस उपन्यासको पात्रविधानअनुसार यसका मुख्य पात्र छविलाल उपाध्यायको चरित्र परिस्थितिअनुसार परिवर्तन नभई सदा एकनासी हुनाले उनी च्याप्टो पात्र हुन्। पाठकमा सहानुभूति, विश्वास र आदर्श भाव जगाउन सक्षम रही उपन्यासको केन्द्रीय पात्र हुनाले उनी मुख्यपात्र बनेका छन्। यसमा उनकै चारित्रिक विशेषतालाई ध्रुवीकृत गरिएको छ। उनी आफ्नो मनको कुरा अरूलाई सहजै व्यक्त गर्ने, बाह्र र सामाजिक गतिविधितिर उन्मुख हुने तथा तुरुन्त निर्णय लिन सक्ने र प्रफुल्ल मानसिकता भएका उनी बहिर्मुखी चरित्र हुन्। यसमा पनि मनमा भावनाभन्दा विचारको प्रमुखता भएको हुनाले मनोवैज्ञानिक पात्र वर्गीकरणअनुसार उनको चरित्रलाई विचारप्रधान बहिर्मुखी पात्र मान्न सकिन्छ। यसै गरी मुख्य पात्र छविलालको चरित्रलाई फ्रायडेली वर्गीकरणअनुसार उनी विवेकी, आत्म संयमी, विचारशील, नैतिकवादी, निष्ठावान, अनुशासित र तर्कलाई प्रमुखता दिने सुपर-इगो चरित्रका हुन्।
नेपालको इलाम जिल्लाको एउटा गाउँ इरौंटारबाट श्रीकृष्ण घिमिरेका छोरा काशीनाथ घिमिरेले आफ्नो सम्पूर्ण जाय-जेथा लिएर आसाम पसेका थिए। त्यहीं नै उनका छोराहरू भीमलाल, छविलाल, हरिप्रसाद, रामलाल, गोविन्दजस्ता योग्य छोराहरू आसामकै शोणितपुर जिल्लाको बिहालीमा जन्मेका थिए। उनीहरूको आफन्त, नाता-गोता र सन्तानले आसामका विभिन्न ठाउँमा रही योग्य ठाउँमा पुगेका छन्। छविलालका छोराहरू टङ्कनाथ, भवानीप्रसाद पनि सुयोग्य पुत्र बन्नसकेको तथ्य प्रस्तुत गरिएको छ। टङ्कनाथ आफ्नो ठूलो कारबार सम्हाल्न बर्मासम्म पुगेका छन्। उनी पढाइपट्टिभन्दा बढी नाटक गर्छन्, गीत लेख्छन्, साहित्यमा रूचि राख्छन्। यसबाट उनी आफ्ना शिक्षाप्रेमी बाबुसित डराएका छन्।
5.2 चरित्रको उदात्तीकरण :
गीता उपाध्यायको प्रस्तुत उपन्यासमा मूल नायकलगायत प्रायः सबै पात्रहरूको उदात्तीकरण गरिएको छ। छविलाल उपाध्याय एक सच्चा समाजसेवक, निष्ठावान पति, कर्तव्यशील चरित्र, समर्पित राजनेता, निष्कलङ्क र उदात्त चरित्र, आदर्श पुरुष, दानी, अतिथि सत्कार गर्ने, सबैको सधैंको सहयोगी, सहनशील व्यक्तित्व र सम्पन्न घर गृहस्थीका रूपमा उतारिएको छ। प्रशस्त खेती-पाती, गौपालन, घरमा एउटा हात्ती र दुईवटा घोडा पालेको, घरमा प्रायः पाहुना आइरहने र तिनको समुचित आदर-सत्कार गर्ने सम्पन्न व्यक्तिका रूपमा देखाइएको छ। उनकी श्रीमती धनमाया पनि कुशल गृहिणी, सुशीला, अतिथि सत्कारमा सदैव पछि नहट्ने, घरका सम्पूर्ण कुराको देखभाल गर्ने, घरमा आइपर्ने सबै कुराको अगाडि नै सोच-विचार गर्ने, पारिवारिक शान्ति-श्रृङ्खला र मेलमिलाप कायम राख्ने एक आदर्श नारीको रूपमा उतारिएको छ। यसमा उपन्यासका मूलनायक छविलाल र उनकी श्रीमतीबाहेक उनका भाइहरू पनि उत्तिकै आदर्श पुरुषका रूपमा चरित्राङ्कन गरिएको छ। हरिप्रसाद पनि दाजु छविलालकै मातहतमा रही सहयोग गर्ने, स्वतन्त्रताको आन्दोलनमा उत्तिकै सक्रिय योगदान दिने, प्रत्येक सभा र जुलुस आदिमा सहभागिता जनाउने, दाजुसँगै जेल जाने उत्तिकै आदर्श पुरुषका रूपमा देखाइएको छ। अर्का भाइ रामलाल पनि सधैं दैनिक समाचार पत्र-पत्रिका अध्ययन गर्ने, भारतको स्वाधीनता संग्रामको हरेक गतिविधि र गान्धीको कार्यकलाप र रणनीतिबारे जानकारी हासिल गरेर गाउँ-घर र जनतामा स्वतन्त्रताको भावना सञ्चार गरिदिने काम गरेका छन्। उनी पनि दाजु सँगसँगै जेल यात्रा पनि गरेका छन्।
उनी एक सामान्य राजनैतिक साँचा र निष्ठावान नेता मात्र नभई एक सचेत समाज सेवक, सुधारक, शिक्षाप्रेमी, जातिप्रेमी पनि थिए। समाजमा रहेको अन्यायको विरोधमा आवाज उठाउँथे, वकील पक्रेर कानुनी लडाइँ गर्थे, भाषणमा व्यक्त गर्थे। उनी एक सच्चा समाज सुधारक थिए। समाजमा विद्यमान कतिपय कुसंस्कार, रूढी र कुप्रथालाई हटाउन जीवनभर लागिपरे। पहिलो रजस्वलाभन्दा अघि नै कन्याको बिहा भइसक्नु पर्छ नत्र उक्त बालिकालाई कसैले बिहे गर्दैन भन्ने सामाजिक रूढीलाई उनले हटाए। आफ्नै छोरासित उसको बिहा गरिदिने व्यवहारिक रूपमा नै उनी उदाहरण दिएर त्यस्ता कतिपय कुप्रथा हटाएका थिए।
6. परिवेश :
प्रस्तुत उपन्यासको परिवेश विधान पनि ऐतिहासिक पृष्ठभूमिमा आधारित छ। यसको कालिक परिवेश बीसको दशकदेखि सत्तरीको दशकसम्मको घटनादिलाई लिइएको छ। ब्रह्मपुत्र नदीको किनारदेखि केही परको गाउँ माजगाउँ-बिहालीको ग्रामीण परिवेश यसको मुख्य भौगोलिक परिवेशको रूपमा रहेको छ। यसमा उपाध्यायको उमेर लगभग तीस वर्ष जतिको देखिन्छ भने उनी नब्बे वर्षभन्दा बढी उमेरसम्म बाँची सन् 1980 मा स्वर्गवास भएको उल्लेख पाइन्छ। राजनैतिक परिवेशका रूपमा भारतमा अंग्रेजहरूको शासन, नयाँ नयाँ कानुनबाट जनतामा परेको पेशागत समस्या र जनतामा त्यसप्रतिको रोष, भारतको स्वतन्त्रता संग्राममा महात्मा गान्धीको पदार्पण र उनको नेतृत्वको देशमा परेको प्रभावबाट आन्दोलन चर्किएको प्रसङ्ग, असममा पनि विदेशी सामान बहिष्कार, असहयोग आन्दोलन, देशमा हिन्दू-मुस्लिम दङ्गा, मुहम्मद अली जिन्नाको भारत-पाकिस्तान विभाजनको प्रस्ताव आदिको प्रभावको चर्चा गरिएको छ। सामाजिक परिवेशको पक्षमा पनि यसमा केही महत्वपूर्ण तथ्य छन्। समाजमा व्याप्त अन्धविश्वास, अशिक्षा, गरीबी आदिको उल्लेख पाइन्छ। छविलालले गाउँमा पाठशाला खोल्न जोड दिए, सामाजिक सुधारको निम्ति जोड दिए, गाउँलेको हक र हितका निम्ति लडिरहे। उनी समग्र असमीया समाजका सम्मानित व्यक्तित्व थिए भन्ने प्रमाण त उनी असममा कांग्रेस दलका प्रथम सभापति बनेबाट स्पष्ट हुन्छ।
7. उपसंहार :
नेपाली साहित्यमा जीवनीपरक उपन्यासको परम्परामा गीता उपाध्यायको जन्मभूमि मेरो स्वदेश एउटा विशिष्ट उपन्यास हो। यसमा असमका प्रख्यात स्वतन्त्रता सेनानी र गान्धीवादी नेता छविलाल उपाध्यायलाई मुख्य नायकत्व प्रदान गरी उनका विविध पक्षलाई नजिकैबाट हेरिएको छ। यसमा उनको चरित्रको उदात्तीकरण गरिएको छ भने कथावस्तुलाई जतिसक्दो इतिहाससित गाँस्दै कल्पना पनि जडान गरेर एउटा सुन्दर औपन्यासिक कृति तुल्याइएको छ। उनले समाजमा विद्यमान कतिपय कुप्रथाको उन्मूलन, जनतालाई मर्का पर्ने कानुनको विरोध, भारतको स्वतन्त्रता आन्दोलनका केही झलक, भारतमा गोर्खालीहरूको सुरक्षा र हक हितका निम्ति एउटा राजनैतिक संगठनको आवश्यकता बोध गरी सर्वभारतीय स्तरमा गोर्खा लीगको स्थापना र त्यसको एउटा कार्यक्रमको रूपमा रहेको डम्बरसिंह गुरूङको नेतृत्वमा काठमाडौं जाने टोलीमा असमका प्रतिनिधिका रूपमा छविलाल उपाध्याय सामेल रहेका इत्यादिजस्ता केही तथ्य पनि उल्लेख पाइन्छन्। यस हिसाबले प्रस्तुत उपन्यासलाई एक अब्बल ऐतिहासिक उपन्यासका रूपमा मान्न सकिन्छ।
सहकारी प्राध्यापक, नेपाली विभाग
दार्जीलिङ सरकारी स्नातकोत्तर कलेज
दार्जीलिङ
अनुक्रमणिका
- गीता उपाध्याय : एक छोटो कैरन
- गरिमायुक्त व्यक्तित्व गीता उपाध्याय
- गीता उपाध्याय : व्यक्तित्व र कृतित्व
- सुश्री गीता उपाध्यायको व्यक्तित्व र कृतित्वको संक्षिप्त रूपरेखा
- गीता उपाध्यायको जीवन र कर्म : एक विहंगम दृष्टि
- एन फ्रेन्कको डायरीबारे
- गीता उपाध्याय र एन फ्रेङ्कको डायरी
- अनुवाद साहित्यको क्षेत्रमा गीता उपाध्यायको योगदान
- केही भन्नु पर्दा
- गीता उपाध्यायको नियात्राकारिता
- ब्रह्मपुत्रको किनारदेखि अलकानन्दाको तीरैतीर
- “…. हामी भर्खर तीर्थका ढोकामा आइपुगेका छौं …’
- ‘कथाञ्जली’-को भावभूमि
- गीता उपाध्यायकृत कथाञ्जली : एक अध्ययन
- विविध व्यक्तित्वका आलोकमा कथाकार गीता उपाध्याय
- कथाञ्जली – एक अवलोकन
- गीता उपाध्याय दिदीको ‘कथाञ्जली’ सरसर्ती पढ्दा
- ‘सुबासित बताह’ गीता उपाध्यायका कथाहरूको पर्यालोचना
- बाल साहित्यमा गीता उपाध्याय
- विश्वप्रसिद्ध किशोरी एन फ्रांकको कथा
- जन्मभूमि मेरो स्वदेश : परिक्रमा र मन्थन
- एक स्रष्टाका वाणीमा ध्वनित लाखौंको ढुकढुकी : जन्मभूमि मेरो स्वदेश
- उपन्यास जन्मभूमि मेरो स्वदेश – इतिहासपरक सामान्य पठन
- गीता उपाध्यायसँग बिताएका बाल्यकालका केही समय
- शैशवदेखि परिचित गीता दिदी : आफ्नो सम्झनाको सेरोफेरो
- गीता उपाध्याय
- भारतेली नेपाली साहित्यकी ध्रुवतारा प्रा. गीता उपाध्यायको सम्झनामा केही हरफहरू
- गीता उपाध्याय : मेरी घनिष्ठ मित्र
- आत्मप्रकाशले उज्यालिएको जीवन र सृष्टि
- प्रा. गीता उपाध्याय – एक विरल साहित्य सेविका
- साहित्यको फुलबारीमा समन्वयको फूल फुलाउने गीता उपाध्याय
- असमीया साहित्यमा गीता उपाध्यायको योगदान
- शिशु साहित्य लेखिका गीता उपाध्याय
- साहित्य समाजको वर्गीय प्रतिबिम्ब हो
- नेपाली साहित्य परिषद् असमकी विदाई अध्यक्षा सुश्री गीता उपाध्यायसित केही अन्तरङ्ग पलहरू
- अतीतलाई फर्केर हेर्दा
- केही अनुभूतिहरू
गीता उपाध्यायसँग बिताएका बाल्यकालका केही समय
नया देवी
गीता उपाध्याय मेरी बाल्यकालकी साथी हुन्। अहिले उनी सुलेखिकाका रूपमा परिचित छिन्। यस निबन्धमा मैले उनको बाल्यकालको एक खण्डचित्र प्रस्तुत गर्ने जमर्को गरेकी छु। गीता उपाध्यायको जन्म शोणितपुर जिल्लाअन्तर्गत बिहाली मौजाको माजगाउँमा भएको हो। यहीं असमका विख्यात स्वतन्त्रता संग्रामी सिंहपुरूष छविलाल उपाध्यायको घर छ। छविलाल उपाध्यायका जेठा छोरा टङ्कनाथ उपाध्यायकी जेठी छोरी हुन् गीता। उनी योग्य जीबाकी योग्य नातिनी हुन्। उनी आफ्ना जीबाको साहस, स्वाधीन मन, कर्मशक्ति, स्पष्टवादिता, दृढता आदि सबै गुणको उत्तराधाकिरी बन्न सकेकी छन्।
हामी दुवैको जन्मस्थान एउटै ठाउँ भएकाले हाम्रो बाल्यकाल सँगै व्यतीत भएको थियो। हामी सँगै हुर्केका बढेका थियौं, लेख पढ पनि एउटै स्कुलमा भएको थियो, र नै आज पनि उनीसित भेटघाट हुँदा बाल्यकालको सम्झना आइदिने गर्छ, अनि मन अञ्जानमै अतीततिर धाउन खोज्छ। आज पनि हाम्रो भेटघाट हुँदा पारगरी आएका दिनहरूको सम्झनामा हामी मग्न हुने गर्छौं।
उनको र मेरो उमेरमा दुइ वर्षको फरक छ। उमेरमा जेठी भए पनि बाल्यकालमा म उनलाई नाम काढेर बोलाउने गर्थें अनि ‘तपाईं’ भनेर सम्बोधन पनि गर्दिनथ्एँ। हाम्रो समाजमा आफूभन्दा ठूला अनि आफ्नै दाज्यूभाइ र दिदीबहिनीबीच पनि सानाले ठूलालाई ‘तपाईं’ भनि सम्बोधन गर्ने चलन रहिआएको छ तर हाम्रो गाउँमा यसको व्यतिक्रम रहेको छ। पछि जब म सन्दिकै गर्लस कलेजमा पढ्न जाँदा उनी स्नातक कक्षामा अध्ययनरत थिइन्। होस्टलमा प्रचलित नियमअनुसार आफूभन्दा ठूलो कक्षामा पढ्ने सबैलाई दिदी र तपाईं भनेर सम्बोधन गर्नु पर्दथियो। मैले अति सहज रूपमा बाल्यकालमा सँगै खेलेर हुर्केकी साथी ‘गीता’लाई दिदी भनेर बोलाउन थालें। हाम्रो साइनामा आएको परिवर्तनका साथसाथै मैले उनीबाट दिदीको स्नेह र माया प्राप्त गरें। हाम्रो साइनोको परिवर्त्तन अति सहज रूपमा भएको थियो। हुन पनि पारिवारिक साइनोका नाताले पनि उनी मेरी दिदी नै हुन्।
गीता दिदी र म पढ्ने स्कुलको नाम थियो गाङमौथान बालिका विद्यालय। यो प्राथमिक तहको स्कुल थियो। हाम्रो गाउँको दक्षिण-पूर्वमा अवस्थित ‘गाङमौ’ नामक स्थानमा महापुरूष श्री श्री शंकरदेवले पाँच वर्षसम्म रही शास्त्र आलोचनाका साथै अनेक ग्रन्थहरू रचेका थिए। त्यतिखेरदेखि यो स्थानलाई पवित्र स्थान मान्दै आइएको छ। गाङमौथानलाई चिरस्मरणीय बनाइ राख्नका लागि यहाँका छेउछाउ बसोबास गर्ने सबै जातिले मिलेर यस अञ्चलका स्थानीय प्रतिष्ठानहरूलाई गाङमौथान बालिका स्कुल, गाङमौथान डाकघर, गाङ्मौथान पञ्चायत आदि नामले नामकरण गरेका छन्। गाङमौथान स्कुलको पढाइ समाप्त गरिसकेपछि हामी बिहाली स्कुलमा पढ्न गएका थियौं।
गीता दिदीका पिताजी स्व. टङ्कनाथ उपाध्याय साहित्यानुरागी र संगीतप्रिय व्यक्ति थिए। शेक्सपियरका कयौं नाटक उनले नेपाली भाषामा अनुवाद गरेका थिए। सन् 1940 मा उनको पुड्के हवल्दार शीर्षक कथा नेपालको शारदा पत्रिकामा छापिएको थियो। गीतादिदीकी माता स्व. भागीरथी देवी पनि साहित्यानुरागी र संगीतप्रिय थिइन्। बाल्यकालदेखि नै गीतादिदीले आफ्ना मातापिताबाट संगीतचर्चा र अध्ययनप्रियताको गुण आर्जन गरेकी हुन्। उनी एकमात्र जेठी छोरी र उनी पछि चारजना भाइहरू छन्। दिदीका यी चारैजना भाइहरू मातापिताको स्नेह, हेरचाह, सत्पथ र सुशिक्षाले गर्दा समाजमा सम्मानीय स्थान प्राप्त गर्न सफल बनेका छन्।
बाल्यकालमा हाम्रो खेल्ने ठाउँ मुख्य रूपमा दुइवटा थिए। एउटा थियो हाम्रो घरका सम्मुखमा रहेको पुरानो पोखरीको किनार जहाँ हामी सबै मिलेर बालुवाको घर बनाउथ्यौं अनि सधैं देखिरहेका यथार्थ जीवनका खेलहरू खेल्ने गर्थ्यौ। साल काठद्वारा निर्मित दुइतले काठको घरका माथि तलामा उनीहरू बसोबास गर्दथ्ए अनि तलतिरको खाली ठाउँमा ठूला ठूला सिन्धी गाइ बाँध्ने गर्दथिए। घरका सम्मुखमा रहेको लामो वरण्डाका दुइछेउमा ठूला ठूला काठका भऱ्याङ थिए, पछिल्तिर पनि दुइटा साना भयाङ थिए। वरण्डामा भएका रेलिङहरूका साथ त्यो घर देख्नमा अति सुन्दर देखिन्थ्यो। जीबा सधैं नै समाज र देशको काममै व्यस्त रहन्थे। त्यो घर मानौ हाम्रो खेलका लागि मात्र थियो यही सोची हामी स्कुलको विदापछि, आइतबारको दिन अनि साथै अन्यान्य विदाका बेला सबै साथी त्यहीं भेला हुने गर्दथ्यौं। दिदीसँग मिलेर पियानो बजाउने, ग्रामोफोन बजाउने, भर्ङागको रेलिङमा सुरेली खेल्ने आदि जस्ता खेलहरू खेल्न हामीलाई पूर्ण स्वाधीनता प्राप्त थियो। आमै राम्री, शान्त-शिष्ट र मधुरभाषी महिला थिइन्। हामीले जति नै होहल्ला गरे पनि उनी रिसाउँदिन थिइन्।
जीबाको घरको यही वरण्डामै हाम्रो सबै प्रकारका खेल सम्पन्न हुन्थे। घरको ठूलो आँगनमा पनि खेल्ने गर्थ्यौ। जीबाका वरण्डामा हामी मैना पारिजात, मौमेल, बालिका समिति आदि कार्यक्रम पनि आयोजित गर्दथ्यौं। सबै कार्यक्रममा सबैजना मिलेर नियमअनुसार सभापति, सचिव आदि पनि चयन गर्दथ्यौं। ती कार्यक्रमहरूमा आशू भाषण, विभिन्न विषयका रचना, एकांकी र महान व्यक्तिहरूको जीवनी पाठ गर्ने व्यवस्था मिलाउथ्यौं। स्कुलको विदापछि साधारणतः खेलकुदको कार्यक्रम भए पनि आइतबारको दिन दिउँसो हामीले विभिन्न कार्यक्रम आयोजित गर्ने गर्थ्यौ। यसका साथै अन्य विदाका दिनहरूमा विशिष्ट व्यक्तिको जीवनी आदि पाठ गर्ने नियम थियो। यी सबै विषयमा गीता दिदीले अग्रणी भूमिका पालन गर्थिन्।
जीबाको आँगनमा हाम्रो खेल समाप्त भएपछि हामी प्रायःजसो नै उनको फलको बगैंचामा पस्दथ्यौं। त्यो बगैंचामा प्रायः सबै थरीका फलमूल थिए। त्यहाँ आफ्नो रूचि र इच्छाअनुसार फलहरू टिपेर खानै गर्थ्यौ। त्यसपछि हामी सुस्तरी गीता दिदीको घरको आँगनमा रोपेको लङको बोटतिर अघिबढ्थ्यौं। त्यस बोटबाट लङ टिपी नखाउञ्जेल हाम्रो दिनभरिको कार्यक्रमको समाप्ति हुँदैनथ्यो। लङको बोटमा हाम्रो उपद्रो र हल्ला सुनी दिदीकी माताले भित्रबाट मधुर स्वरमा भन्थिन् ‘गीतु हेर है रूखबाट लडेर हातखुट्टा भाँचियो भने राम्रो हुन्न है।’ यो कुरा गीता दिदीलाई भने पनि हामी पनि डरले यताउति लुक्ने गर्थ्यौ। तर सुस्त सुस्त उनीदेखि हामी नडराउने भयौं। त्यसो हुँदा खेलको अन्तमा प्रत्येक दिन हामी लङ टिपी खान्थ्यौं लङ नभेट्दा पात भए पनि चबाउँदै घरतिर लाग्ने गर्थ्यौ।
यातायातका दृष्टिले हेर्दा हाम्रो गाउँ एकदमै पिछाडिएको गाउँ थियो। गाउँदेखि राष्ट्रिय मूल सडकमा आउनु पर्दा आठ मील हिंड्न पर्दथ्यो। तर स्थल पथबाट यातायातको अप्ठ्यारो भए पनि ब्रह्मपुत्र नदीमा पानी जहाज चल्दथ्यो र असमका प्रायः ठाउँहरूमा जाने सुविधा थियो। हाम्रो गाउँको छेवैमा थियो ‘काठनीबारी घाट’। असमीया लेखक महिम बराको प्रसिद्ध कथा संकलन काठनीबारी घाटको लेखन यसैको पृष्ठभूमिमा भएको हो। तर पछिपछि गाउँका मानिसहरूले यो घाट उपयोग गर्न सकेनन्, कारण 1950 सन्-मा गएको भुइँचालोले गर्दा ब्रह्मपुत्रमा जहाज चल्न सकेन। त्यसो हुँदा गाउँका मानिसले यातायातको असुविधालाई सधैंको साथी मान्न थाले।
हाम्रो गाउँका छेवैदेखि ब्रह्मपुत्र र बरगाङ नदी बगेर जाने हुँदा यो अञ्चलको जलवायु यथेष्ट राम्रो छ। माटो पनि उर्वर छ। खेतीमाथि आधारित भई गुज्रान गर्ने मानिसको जीवन सजिलै निर्वाह भइरहेको थियो। प्रायः सबैका घरमा गाइ हुँदा हाम्रो गाउँमा दूधको अभाव थिएन। सानामा हामी भूगोलको कितापमा कतिपय विशेष ठाउँहरू कुन, कहाँ, किन प्रसिद्ध छ भनि पढ्दा ‘बिहाली दूधका निम्ति प्रसिद्ध छ भनि पढ्दथ्यौं। तर परवर्त्ती कालमा यही बिहालीमै दूधको अभाव हुन थाल्यौ अनि हेर्दाहेर्दै कितापबाट त्यो नाम मेटियो। जे नै होस्, गाउँका बासिन्दाहरू आत्मनिर्भरशील भएकाले यातायातको असुविधा खासै असुविधा भएको थिएन। तर पनि गाउँदेखि बाहिर जान पर्दा चाहिं असुविधा नभएको होइन। गीता दिदी गुवाहाटीस्थित सन्दिकै गर्ल्स कलेजमा पढ्न जाँदा उनको बाकस, बेडिङ आदि बिहानै उज्यालो हुनुभन्दा अघि नै पठाएर उनी स्वयंचाहिं कसैको साइकलमा चढी गएको हामीले देखेका हौं। त्यति बेला दिनको एक बेला मात्र एउटा बास ट्रङ्क रोड भएर तेजपुर जाँदथ्यो र राति फिर्ता हुन्थ्यो। अनि त्यो बसमा जान पर्दा बरगाङ भन्ने ठाउँमा सखारै साढे सात बजे पुग्न पर्दथ्यो। पछि म पढ्न जाँदा पनि एकै प्रकारले गएकी थिएँ।
यति भित्र र यातायातको असुविधा भएको गाउँ भए पनि हाम्रो शैशव काल त्यति अँध्यारो थिएन। गाउँबासी शिक्षा आदि क्षेत्रमा सजग थिए। त्यति बेला स्वाधीनता आन्दोलनसित जडित व्यक्तिहरू डाकमार्फत कलकत्ताबाट खबर कागत, पत्रिका आदि झिकाएर देशका अअरू अञ्चलसित सम्पर्क राख्तथे। साथै उनीहरू नारी शिक्षादेखि लिएर अन्यान्य सबै विषयमा सजग रहन्थे। उनीहरूको सजगताको प्रभाव हामीमाथि पनि पर्न गएकोथ्यो।
त्यस बेला स्वाधीनता आन्दोलनको आँधी सबै ठाउँमा चलेको थियो। भित्री र यातायातको असुविधा भएको हाम्रो माजगाउँ पनि यसको व्यतिक्रम थिएन। जीबा छविलाल उपाध्याय स्वयं एक महत्वपूर्ण स्वाधीनता आन्दोलनकारी थिए। उनी सन् 1921 भै कारावास खटेका थिए। ठूलो भएपछि हामीले के जानेका थियौं भने बगीराम शइकीया, हरिप्रसाद उपाध्याय अनि पिताजी विष्णुलाल उपाध्याय आदि व्यक्तिहरू धेरै महिनासम्म काराबास खटेका थिए। रूपकोवँर ज्योतिप्रसाद आगरवालाले जीबाका घरमा आत्मगोपन गरी आन्दोलनलाई उत्साह प्रदान गरेका थिए। त्यति बेला असमका कयौं नेता अमिय कुमार दास, चन्द्रनाथ शर्मा, पुष्पलता दास आदि आन्दोलनका कामले जीबाका घर जान्थे र कयौं दिन बस्ने गर्थे। यी सबैको प्रभाव हामीमाथि जति पर्न गयो त्यो भन्दा बढी गीता दिदीमाथि पर्नु स्वाभाविकै हो। फलस्वरूप दिदीले हाम्रो खेलकुदका माझमै ससाना प्लेकार्ड बनाउनु, शोभायात्रा निकाल्नुजस्ता काममा भाग लिने गर्थिन्। हामी सबै मिलेर जीबाका घरदेखि हाम्रो अर्को खेल्ने ठाउँ पोखरी किनारसम्म शोभायात्रा गर्दथ्यौं। त्यो शोभायात्रामा अघिअघि गीतादिदी र पछिपछि हामी हुन्थ्यौं। शोभायात्रामा हामी नारा दिन्थ्यौं भारत स्वाधीन होस्, बन्दे मातरम्, महात्मा गाँधीकी जय आदि आदि। साथै गाउँका सबै व्यक्तिहरूबाट सुनेका ‘विश्व विजयी नौजवान’, ‘कदम-कदम बढाए जा’ आदि गीत सिकेर गाउने गर्थ्यौ।
हाम्रो गाउँको छेउमै बरगाङ नदी छ। वर्षामा जब नदी उर्लिन्छ त्यतिखेर रातीको निस्तब्धतामा पानी बगेको मधुर आवाज हामीले घरमै सुन्थ्यौं। त्यो मधुर आवाज सुन्ने बित्तिकै नदीलाई छेवैबाट हेर्ने इच्छा हुन्थ्यो। भोलिपल्ट स्कुलमा भेला भएपछि सबैमिलेर घरमा नसोधी नदी हेर्ने तय गर्यौं। वर्षामा बरगाङ नदी खरस्रोता हुन्छ र यसले धेरै मानिसका साथै घर पनि बगाइलाने गर्छ। यस्ता दृश्यहरू देखेर हामी बडो दुःखी बन्दथ्यौं। घरमा सुनेको त्यो मधुर आवाज नदी किनारमा बडो डरलाग्दो सुनिन्थ्यो। गाउँले केटाकेटी हुनाले अनि त्यसै माथि नदी पनि छेउमै पर्नाले किनारको कुनतिर जानु हुँदैन अनि कुनतिर ओर्लनु हुँदैन भन्ने कुरा हामीले जानेका थियौं। हामी नदीको किनारतिर जाँदा प्रायः घरमा नभनीकनै जाने गर्थ्यौ। घरमा थाहा पाए बढेको नदी हेर्न एक्लै जान दिंदैनथ्ए। हिउँद याममा पनि हामी नदीको किनारमा जाने गर्थ्यौ। त्यतिबेला पानी सुकेर जताततै बालुवाको चर निस्किन्थ्यो। अनि नदीले पनि ससाना स्रोतको सृजना गर्दथ्यो। त्यस बेला हामी पौडी खेल्न सिक्थ्यौं। नदीको चरमा अथवा पानीको यस पार उसपारमा हामी बालुवाको घर बनाइ खेल्ने गर्थ्यौ।
एकदिनको कुरो। हामी बेहुला-बेहुलीको खेल खेलिरहेका थियौं। खेलका बीचमा एउटा घरदेखि बेहुलो श्रृङ्गारेर अर्को घरमा विवाह गरी बेहुली लिई फिर्ता आउँदा एउटा सानो झरना/स्रोत तर्दै गरेका बेला गीता दिदीले किनारतिर हेर्न इशारा गरिन्। मैले के देखें भने नदीको किनारमा हातमा सिप्कनो लिएर सेतो धोती कमेज पहिरेका मेरा पिताजी उभिइरहेका छन्। उनले सिप्कनो हल्लाउँदै किनारमा आउने इशारा गरिरहेका छन्। बेहुलाबेहुलीको खेल त्यहीं समाप्त गरी हामी सबै किनारतिर अघि बढ्यौं। त्यो सम्भाव्य विपत्ति मेरा निम्ति मात्रै भए पनि अरू साथीहरूका मनमा पनि उत्तिकै डर र आशंका लागेको थियो। यतिञ्जेलको आनन्द धूलामा मिसिएको थियो। सबैले मलाई भने, ‘तँलाई आज राम्ररी कुट्ने छन्।’ पिताजी हामी भन्दा अघि नै गए। डरले म चुपचाप थिएँ। गीता दिदी पनि डराएकी थिइन् अनि उनका पिताजी पनि आउलान् भने शंका व्यक्त गरेकी थिइन्। त्यसर्थ हामी नदीदेखि सोझै आउन सक्ने बाटोदेखि नआएर घुमाउरो बाटोदेखि घर फर्क्यौं अनि त्यसरी आउँदाखेरी पहिला गीता दिदीको घर भेट्यौं। उनको घरतिर आउँदा बाटामा उनका पिताजीलाई त भेटेनौ तर माताजी चिन्तित बनेर आँगनमा उभिई नदीतिर हेरिरहेको देख्यौं। गीतादिदी सबैलाई छोडी कतैतिर नहेरी डराइडराई घरभित्र पसिन्। हामी पनि चाँडचाडो आ-आफ्ना घरतिर लाग्यौं। घर पुगेपछि पिताजीसित भेट नभएकाले म डराइरहेकी थिएँ। कतिखेर आएर सिप्कनाले कुट्ने हुन् भन्ने चिन्तामा थिएँ र नभनिकन नदीतिर गएकामा धिक्कार लागिरहेको थियो। पिताजी घर पुगेपछि कुनै काममा व्यस्त भएकाले गर्दा सम्भवतः रीसउठे पनि सुस्त सुस्त शान्त बन्नु भएको थियो। धेरै बेरपछि मलाई देखेर पिताजीले यति मात्रै भन्नुभएको थियो – तिमीहरूलाई नदीको पानीमा खेल्न कसले अनुमति दियो? सबै ठाउँमा पानी एक समान हुँदैन। अब हुँदो पानीमा गएको थाहा पाएँ भने …।’ त्यो दिन सम्भाव्य विपददेखि बाँचेकी थिएँ।
दिदी र हाम्रा साथीहरूका स्मृतिपटलमा रहेका यी स्मृति कहिल्यै मेटिने छैनन्। भन्दै जाँदा यस्ता खालका कैयन स्मृतिहरू अझै पनि सम्झनामा आई नै रहने छन्। भारतवर्ष स्वाधीन हुँदाखेरी हामी सानै भए तापनि कुनै कुनै स्मृति अझै पनि मनमा स्पष्ट रूपमा अंकित छन्। भारत स्वाधीन भयो भन्ने घोषणा हुनुभन्दा अघि नै देशवासीले दुइ दिन आनन्द उत्सव पालन गरेका थिए। हाम्रो गाउँमा अअरू कार्यक्रमसित ‘ध्रुव’ नाटक मञ्चन गर्ने निर्णय गरिएको थियो। हाम्रा स्कुलकी गुरूआमा श्रद्धेय भोगमाया देवीले ध्रुव नाटक मञ्चन गराउने दायित्व लिनु भएको थियो। त्यो नाटकमा गीता दिदीले राजा उत्तानपादकी काञ्छी रानीको छोरो उत्तमको भूमिका खेलेकी थिइन्। म चाहिं जेठी स्वास्नीको पुत्र ध्रुव बनेकी थिएँ। यो नाटक खेलेर हामीले धेरै प्रशंसा बटुलेका थियौं। यो नाटक खेलीसकेपछि हाम्रो बालिका समितिको एकाङ्की नाटक खेल्ने आँट बढ्दै गएको थियो। गीता दिदीको निर्देशनमा हामीले महिनैपिच्छे एकेकवटा नाटक खेल्न थालेका थियौं।
मेरो सम्झनामा रहेका कुराहरू लेख्दै जाँदा यो लेख लामो भएको छ तर पनि हाम्रो बाल्यकालका धेरै स्मृतिहरू लेख्न बाँकी नै रह्रो। सबै कुरा लेखें भने ससानो उपन्यास नै हुने डर भएकाले यतिमै आफ्नो कलमलाई विश्राम दिएँ।
तेजपुर
(यो संस्मरणात्मक लेख असमीयादेखि नेपाली अनुवाद सम्पादक स्वयंले गरेकी हुन्। अभिनन्दन गीता उपाध्यायबाट, साभार – सम्पादक)
अनुक्रमणिका
- गीता उपाध्याय : एक छोटो कैरन
- गरिमायुक्त व्यक्तित्व गीता उपाध्याय
- गीता उपाध्याय : व्यक्तित्व र कृतित्व
- सुश्री गीता उपाध्यायको व्यक्तित्व र कृतित्वको संक्षिप्त रूपरेखा
- गीता उपाध्यायको जीवन र कर्म : एक विहंगम दृष्टि
- एन फ्रेन्कको डायरीबारे
- गीता उपाध्याय र एन फ्रेङ्कको डायरी
- अनुवाद साहित्यको क्षेत्रमा गीता उपाध्यायको योगदान
- केही भन्नु पर्दा
- गीता उपाध्यायको नियात्राकारिता
- ब्रह्मपुत्रको किनारदेखि अलकानन्दाको तीरैतीर
- “…. हामी भर्खर तीर्थका ढोकामा आइपुगेका छौं …’
- ‘कथाञ्जली’-को भावभूमि
- गीता उपाध्यायकृत कथाञ्जली : एक अध्ययन
- विविध व्यक्तित्वका आलोकमा कथाकार गीता उपाध्याय
- कथाञ्जली – एक अवलोकन
- गीता उपाध्याय दिदीको ‘कथाञ्जली’ सरसर्ती पढ्दा
- ‘सुबासित बताह’ गीता उपाध्यायका कथाहरूको पर्यालोचना
- बाल साहित्यमा गीता उपाध्याय
- विश्वप्रसिद्ध किशोरी एन फ्रांकको कथा
- जन्मभूमि मेरो स्वदेश : परिक्रमा र मन्थन
- एक स्रष्टाका वाणीमा ध्वनित लाखौंको ढुकढुकी : जन्मभूमि मेरो स्वदेश
- उपन्यास जन्मभूमि मेरो स्वदेश – इतिहासपरक सामान्य पठन
- गीता उपाध्यायसँग बिताएका बाल्यकालका केही समय
- शैशवदेखि परिचित गीता दिदी : आफ्नो सम्झनाको सेरोफेरो
- गीता उपाध्याय
- भारतेली नेपाली साहित्यकी ध्रुवतारा प्रा. गीता उपाध्यायको सम्झनामा केही हरफहरू
- गीता उपाध्याय : मेरी घनिष्ठ मित्र
- आत्मप्रकाशले उज्यालिएको जीवन र सृष्टि
- प्रा. गीता उपाध्याय – एक विरल साहित्य सेविका
- साहित्यको फुलबारीमा समन्वयको फूल फुलाउने गीता उपाध्याय
- असमीया साहित्यमा गीता उपाध्यायको योगदान
- शिशु साहित्य लेखिका गीता उपाध्याय
- साहित्य समाजको वर्गीय प्रतिबिम्ब हो
- नेपाली साहित्य परिषद् असमकी विदाई अध्यक्षा सुश्री गीता उपाध्यायसित केही अन्तरङ्ग पलहरू
- अतीतलाई फर्केर हेर्दा
- केही अनुभूतिहरू
शैशवदेखि परिचित गीता दिदी : आफ्नो सम्झनाको सेरोफेरो
मित्रदेव शर्मा
साहित्य अकाडमी अनुवाद पुरस्कार, नेपाल प्रज्ञा प्रतिष्ठान, भानुभक्त सम्बन्धित प्रतिष्ठान, पश्चिम सिक्किमको लालमान सञ्चरानी, सिक्किम, दार्जीलिङलगायत देश विदेशका धेरै संस्था प्रदत्त सम्मान, तक्मा आदिले गीता उपाध्याय दिदीको झोली भरिन लागेको छ। विश्वका धेरै देश र भारतका तीर्थस्थान भ्रमण गरेर पर्यटन सम्बन्धी धेरै लेख प्रकाशित छन्। एन फ्रेङ्कको जन्म थलो, मृत्यु स्थल साथै उनका पिताको पुस्तकालय र संग्रहालय प्रत्यक्ष गरी त्यसको आलोकचित्रसहित वर्णन दिदीबाट पाइन्छ। विश्वश्रेष्ठ नाट्यकार शेक्सपियरको निवास र रङ्गशालाको रोचक व्यौरा उहाँको रचनामा पाइन्छ। असम लेखिका संस्थाको दुइटा कार्यकाल सभानेत्री रूपमा र नेपाली साहित्य परिषद् असमका एउटा कार्यकालको सभानेत्री रूपले एकै व्यक्तिले असमीया र नेपाली साहित्य संगठनको सर्वोच्च पद् सम्हाल्नु लरतरो योग्यता र कर्मकुशलता प्रदर्शन गरेको होइन। असम लेखिका संस्थाले गीता उपाध्यायको अभिनन्दन ग्रन्थ 3/4 वर्ष अघि प्रकाश गरेको छ। नेपालीका तर्फको ग्रन्थ भएको छैन। तर भेटवार्त्ता र साक्षातकार धेरै पत्रिकामा दुवै भाषामा प्रकाश भएका छन्। ‘गीता बाइदेऊ आमार’ अथवा ‘हाम्रो गीता दिदी’ भन्ने होड व्यापक छ। ‘मेरी आमा देवकी पनि हुन् यशोदा पनि हुन्। दुवै मेरा बराबरीका’ भन्ने दिदीको उक्ति सन् 2010 मा ‘फूलचन्द खण्डेलवाल स्मृति पुरस्कार’ असम साहित्य सभाका सभापति रङबङ टेरनका हातबाट प्राप्त गरेपछि गोलाघाट नगरको विशाल जनसभामा भन्नु भएको थियो। नेपाली साहित्य परिषद् असमको प्रतिनिधिका रूपमा त्यो सभामा उपस्थित हुने सौभाग्य यस पंक्तिकारले पाएको थियो। ‘भानुभक्त रामायण’को असमीया अनुवाद, देवकोटाको अमरकाव्य ‘मुनामदन’को असमीया छन्दानुवाद, आसामका सर्वमान्य वैष्णव गुरू श्रीमन्त शङ्कर देवको जीवनी नेपालीमा प्रकाश गरेर गीता उपाध्याय दिदीले दुई भाषाभाषी बीच अटुट रहने साँघु निर्माण गर्नु भएको छ। शिशु साहित्य, कथा, उपन्यास, अनुवाद, नियात्रा साहित्य, जीवनी आदि धेरै विधामा दिदीले कलम चलाउनु भएको पाइन्छ।
दिदीसितको परिचय
गीता दिदीको जन्म 1939 मा तथा मेरो सन् 1943 मा बिहालीको गाङमौथान/माजगाउँमा भएको हो। हाम्रा दुइ घरको दूरी प्राय 200 गज थियो। 5/6 वर्षको उमेरमा दिदीकी कान्छी फुपूको विवाह उत्सवमा आमाको पछेउरामा समातेर दिदीहरूका घर गएको याद आउँछ। 10/11 वर्षकी गीता दिदीले केटाकेटीको खानपिनतिर ध्यान दिनु भएको रिमरिम सम्झना आउँछ। दिदीका पिता र हजुरबासित मेरा पिताको स्वतन्त्रता संग्रामकाल र तेजपुर सरकारी हाई स्कूलमा पढ्न जानेकालदेखिको सम्पर्कले दिदीले मप्रति विशेष माया देखाएको अनुभव गरेको थिएँ। सातौं श्रेणीमै स्कूल छाडेर दिदीले प्राइभेट अध्ययन गरेकाले काम विशेषले दिदीका घर जाँदा मात्र देखादेख हुन्थ्यो। 1953 सनमा म हाइस्कूलमा दाखिला लिएपछि दिदीका पिता टङ्कनाथ उपाध्यायले गरेको सर विलियम शेक्सपीयरको नाटक ‘जुलियस सिजर’को एक प्रति मेरा पितालाई स्वयं अनुवादकले दिनु भयो। त्यो नाटक मैले पछि आठौं-नवौं कक्षामा पुगेपछि धेरै पल्ट पढें। ब्रुटस र मार्क एन्टनी नाउँका प्रतिस्पर्धी पात्रको युक्ति तर्कले प्रभावित भएर हाइस्कूल कालेज र विश्वविद्यालय स्तरमा तर्क प्रतियोगितामा अवतीर्ण हुन थाल्छु। मेरो मानसिक विकासमा यस नाटकको ठूलो भूमिका रहेको छ। नाटकका संलाप काव्यमय थिए।
सन् 1960 को मार्च महिनाको कुरा। एकदिन टङ्कनाथ उपाध्यायले उहाँकी भाञ्जी उषा उपाध्यायको गृह शिक्षक बन्ने प्रस्ताव दिनु भयो। म भर्खर मेट्रिक परीक्षा लेखेर घर आएको थिएँ। 3 महिनापछि फलाफल आउँछ। अनि कलेजमा दाखिल हुनु पर्ने अथवा जीविकाको तलाशमा निस्कनु पर्ने स्थिति आउँछ। त्यो प्रस्ताव स्वीकार्दै भोलिपल्टैदेखि बाबू छविलाल उपाध्यायको घरमा उहाँकी 8 वर्षे नातिनी कुमारी उषा उपाध्यायलाई पढाउन थालें। महिना पुगेकै दिन टङ्क उपाध्यायले बोलाएर पैसा दिनु हुन्थ्यो। हाम्रो घरको आर्थिक स्थिति दयनीय रहेको जानेरै होला! 3 महिनापछि मेट्रीकको रिजल्ट आयो। सबै दौंतरी कालेज पढ्न गए। म उषालाई ट्यूसन पढाउन नियमानुसार गइराखेकै छु। एकदिन छविलाल बाबू मेरा छेउमा आएर भन्नु भयो, ‘तेरो रिजल्ट राम्रो भएको सुने। साथीहरू सबै कलेजमा दाखिला लिएर गाउँ छाडे। तँ किन नगएको?’ उत्तर छोटो दिएँ, ‘बा म आघौं जान्छु।’ भन्नु भयो, ‘घर जाने बित्तिकै तेरा बाबूलाई यहाँ पठाइहाल।’ मैले घरमा आएर पितालाई समाचार सुनाएँ। पिताजीलाई चार सय रूपियाँ धारमा दिएर त्यसै दिन तेजपुर लगेर छोरो कलेजमा दाखिला गराउने निर्देश दिनु भएछ। उहाँको निर्देश पालन भयो। मेरो दाखिला आइ.एस.सीमा दरङ कालेज तेजपुरमा भयो। ऊषाले उनको गृह शिक्षक हराइन्। त्यो बेला बाँहबारी-तेजपुर बास सेवा भइसकेको थियो। पूजा पार्वण विदा आदिमा 2/4 दिनको निमित्त तेजपुरबाट घर आउँथें। कलेज खुलेपछि त्यही बसमा फर्किंन्थें। बाँहबाडी बस कथमचित उम्कियो भने त्यहाँबाट बडगाङसम्म कसैका साइकलमा ‘डबलकेरी’ अथवा पैदल 7 किलोमिटर हिंड्नु पर्छ। एकदिन भाइबैनीलाई बेडिङबाकस बोकाएर बस बिसौनी आई पुग्दा नपुग्दा बस छुट्यो। आफ्नो पुर्पुरोलाई दोष लगाएर घर फर्किने तर्खमा थिएँ। गीता दिदीका पिता बस बिसौनीका छेउमा उभिनु भएको रहेछ। मलाई बोलाउनु भयो र भन्नु भयो, ‘समयको टुप्पी अघिल्तिर हुन्छ भनेर पढेको थिइनस्? एकदिन क्लास खोतिहुँदा कति नोकसान हुन्छ? पर्खी एकछिन।’ म पर्खिएँ। एकैछिन पछि उहाँका काकाका छोरा साइकल लिएर बडगाङ जान आए। उनलाई मेरो बाकस र बेडिङ केरियरमा साइकलको पुरानो टियुबले बाँधेर लान निर्देश दिनु भयो। मलाई भन्नु भयो ‘तँ पछिपछि कुदेर जा बडगाङसम्म’ म जान पाइला सारें। फेरि कराउनु भयो, ‘कृतज्ञता प्रकट गर्नसम्म जानेको छैनस्। न मलाई भनिस न त ती तेरो बोजालगिदिनेलाई। व्यावहारिक सौजन्यबोध तिमीहरूले जान्नु पर्छ।’ बाबू छविलालको तथा उनका ज्येष्ठ पुत्र टङ्कनाथको सेवाको आदर्श यस अकिञ्चनले भन्दा उहाँहरूकी छोरी नातिनीले अधिक पाएको हुनु पर्छ।
सन् 2001 मा जागिरबाट अवकाश पाएर तेजपुरमा स्थायी बसोबास गर्न आउँदा गीता दिदीका र मेरा पितामाताको परलोक भइसकेको थियो। एउटै पैतृक गाउँबाट आएका हुनाले हाम्रो पुर्खादेखिकै सम्पर्क रह्रो। तर दिदी असमीया र नेपाली उभय साहित्यमा सर्वत्र परिचित भइसक्नु भएको रहेछ। मेरो पनि मन साहित्य पढ्नतिर लम्किन थाल्यो। ‘बुढो सुगा बोल्दैन’ भन्छन्। बोली फुटाउन सक्छु कि तै दिदीलाई पछ्याए!
तेजपुर, असम
अनुक्रमणिका
- गीता उपाध्याय : एक छोटो कैरन
- गरिमायुक्त व्यक्तित्व गीता उपाध्याय
- गीता उपाध्याय : व्यक्तित्व र कृतित्व
- सुश्री गीता उपाध्यायको व्यक्तित्व र कृतित्वको संक्षिप्त रूपरेखा
- गीता उपाध्यायको जीवन र कर्म : एक विहंगम दृष्टि
- एन फ्रेन्कको डायरीबारे
- गीता उपाध्याय र एन फ्रेङ्कको डायरी
- अनुवाद साहित्यको क्षेत्रमा गीता उपाध्यायको योगदान
- केही भन्नु पर्दा
- गीता उपाध्यायको नियात्राकारिता
- ब्रह्मपुत्रको किनारदेखि अलकानन्दाको तीरैतीर
- “…. हामी भर्खर तीर्थका ढोकामा आइपुगेका छौं …’
- ‘कथाञ्जली’-को भावभूमि
- गीता उपाध्यायकृत कथाञ्जली : एक अध्ययन
- विविध व्यक्तित्वका आलोकमा कथाकार गीता उपाध्याय
- कथाञ्जली – एक अवलोकन
- गीता उपाध्याय दिदीको ‘कथाञ्जली’ सरसर्ती पढ्दा
- ‘सुबासित बताह’ गीता उपाध्यायका कथाहरूको पर्यालोचना
- बाल साहित्यमा गीता उपाध्याय
- विश्वप्रसिद्ध किशोरी एन फ्रांकको कथा
- जन्मभूमि मेरो स्वदेश : परिक्रमा र मन्थन
- एक स्रष्टाका वाणीमा ध्वनित लाखौंको ढुकढुकी : जन्मभूमि मेरो स्वदेश
- उपन्यास जन्मभूमि मेरो स्वदेश – इतिहासपरक सामान्य पठन
- गीता उपाध्यायसँग बिताएका बाल्यकालका केही समय
- शैशवदेखि परिचित गीता दिदी : आफ्नो सम्झनाको सेरोफेरो
- गीता उपाध्याय
- भारतेली नेपाली साहित्यकी ध्रुवतारा प्रा. गीता उपाध्यायको सम्झनामा केही हरफहरू
- गीता उपाध्याय : मेरी घनिष्ठ मित्र
- आत्मप्रकाशले उज्यालिएको जीवन र सृष्टि
- प्रा. गीता उपाध्याय – एक विरल साहित्य सेविका
- साहित्यको फुलबारीमा समन्वयको फूल फुलाउने गीता उपाध्याय
- असमीया साहित्यमा गीता उपाध्यायको योगदान
- शिशु साहित्य लेखिका गीता उपाध्याय
- साहित्य समाजको वर्गीय प्रतिबिम्ब हो
- नेपाली साहित्य परिषद् असमकी विदाई अध्यक्षा सुश्री गीता उपाध्यायसित केही अन्तरङ्ग पलहरू
- अतीतलाई फर्केर हेर्दा
- केही अनुभूतिहरू
गीता उपाध्याय
इमरान शाह
म जान्दिन मेरा साथीहरू कति छन्। तर सोच्दा झट्ट सम्झिन सक्ने नामहरूमा एउटा नाम गीता उपाध्याय पनि हो। सम्झना छैन। शायद, शिवसागर कलेजमा मैले आठ-दस वर्ष काम गरिसकेपछि उनी राजनीति विज्ञान विभागमा प्राध्यापिका भएर आएकी हुन्। त्यतिबेलादेखि अहिलेसम्म उनलाई एक विचित्र रूपमा भेट्ने गरेको छु। विभिन्न क्षेत्रमा उनको प्रतिभाको मोहनीय अभिव्यक्ति देखेर मुग्ध बनेको छु।
खेलकुदप्रति मेरो अलि बढी कमजोरी रहेको छ। उनीप्रति मेरो प्रथम आकर्षणको कारण रहेको थियो खेलकुदप्रति उनको बढी लगाव रहेकाले गर्दा। उनी राम्रो बेडमिन्टन् खेल्थिन्। टेबल टेनिस खेल्थिन्। खेल्न त हामी सबै खेल्छौं। तर उनले केही सहकर्मीहरूसित मिलेर योजनाबद्ध तरिकाले खेलको परिवेश तयार पारेकी थिइन्। प्रतियोगिता आयोजित गर्थिन्। अति कम समयमै समसाँझै चकमन्न हुने जयसागर कसरी कोलाहलमय बन्यो त्यो बिर्सिन सकिन्न।
पहिरन र कुराकानीमा गीता उपाध्याय हरहमेशा मृदुभाषी भद्रमहिला हुन्। बितेका तीन कोडीभन्दा पनि धेरै समयदेखि उनी देख्नमा एकै छिन्। अति सावधानीपूर्वक जीवन यापन नगरे यो सम्भव हुँदैन। म अझै पनि सम्झिने गर्छु यी शान्त-शिष्ट-भद्र महिला एन सी सी अफिसरका रूप बडो स्मार्ट थिइन् अनि अति साहसीझैं देखिन्थिन्।
गीता उपाध्याय साहित्य क्षेत्रमा पनि आउलिन् भनेर मैले कहिल्यै पनि सोचेको थिइन्। पढ्थिन। जान्दथ्एँ। राम्रो पाठिका भनेर पनि जान्दथ्एँ। रूचिसम्पन्न। तर … बासन्ती चुतियासित मिलेर एन फ्रान्कको डायरी अनुवाद गरिन्। म पनि त्यस अनुवादसित जडित हुन पुगेको थिएँ। शायद त्यही नै आरम्भ थियो होला। त्यसपछि सुस्त सुस्त गीता उपाध्याय सुलेखिका बन्दै गइन्। समानान्तराल रूपमा असमीया र नेपाली दुवै भाषामा साहित्य चर्चा गरिरहिन्। अनि सफलताको शिखर चुम्न पुगिन्। उनको नियात्रा साहित्यले मलाई मुग्ध बनाएको छ। उनका कथा र बाल-साहित्य पनि उच्च मानदण्डका छन्।
हामी सबैकी माया र श्रद्धाकी शान्ति दिदीसित मिलेर लोक कल्याणको काममा सदाव्यस्त गीता उपाध्यायको कर्ममय जीवनको लेखाजोखा म प्रस्तुत गर्न सक्दिन। तर जयसागरअन्तर्गत ग्राम्य अञ्चलका महिलाहरूका कल्याणका निम्ति विभिन्न योजनाअन्तर्गत कार्य गरेको कुरो म जान्दछु।
गीता उपाध्यायले एन फ्रान्कको डायरीको नाट्यरूप सर्वप्रथम माधव बेजबरूवा प्रेक्षागृहमा मंचस्थ गरेकी थिइन्। यो एउटा अति साहसिक पदक्षेप थियो। त्यसका लागि जर्मनी र यहुदीहरूको बानी बेहोरा जान्न उनले धेरै खट्नु परेको थियो।
गीता उपाध्यायको सान्निध्य र बन्धुत्व प्राप्त गरेकामा म स्वयंलाई भाग्यवान ठान्दछु।
सहकर्मी र भूतपूर्व सभापति
असम साहित्य सभा, असम
(अभिनन्दन गीता उपाध्यायबाट, साभार-सम्पादक)
अनुक्रमणिका
- गीता उपाध्याय : एक छोटो कैरन
- गरिमायुक्त व्यक्तित्व गीता उपाध्याय
- गीता उपाध्याय : व्यक्तित्व र कृतित्व
- सुश्री गीता उपाध्यायको व्यक्तित्व र कृतित्वको संक्षिप्त रूपरेखा
- गीता उपाध्यायको जीवन र कर्म : एक विहंगम दृष्टि
- एन फ्रेन्कको डायरीबारे
- गीता उपाध्याय र एन फ्रेङ्कको डायरी
- अनुवाद साहित्यको क्षेत्रमा गीता उपाध्यायको योगदान
- केही भन्नु पर्दा
- गीता उपाध्यायको नियात्राकारिता
- ब्रह्मपुत्रको किनारदेखि अलकानन्दाको तीरैतीर
- “…. हामी भर्खर तीर्थका ढोकामा आइपुगेका छौं …’
- ‘कथाञ्जली’-को भावभूमि
- गीता उपाध्यायकृत कथाञ्जली : एक अध्ययन
- विविध व्यक्तित्वका आलोकमा कथाकार गीता उपाध्याय
- कथाञ्जली – एक अवलोकन
- गीता उपाध्याय दिदीको ‘कथाञ्जली’ सरसर्ती पढ्दा
- ‘सुबासित बताह’ गीता उपाध्यायका कथाहरूको पर्यालोचना
- बाल साहित्यमा गीता उपाध्याय
- विश्वप्रसिद्ध किशोरी एन फ्रांकको कथा
- जन्मभूमि मेरो स्वदेश : परिक्रमा र मन्थन
- एक स्रष्टाका वाणीमा ध्वनित लाखौंको ढुकढुकी : जन्मभूमि मेरो स्वदेश
- उपन्यास जन्मभूमि मेरो स्वदेश – इतिहासपरक सामान्य पठन
- गीता उपाध्यायसँग बिताएका बाल्यकालका केही समय
- शैशवदेखि परिचित गीता दिदी : आफ्नो सम्झनाको सेरोफेरो
- गीता उपाध्याय
- भारतेली नेपाली साहित्यकी ध्रुवतारा प्रा. गीता उपाध्यायको सम्झनामा केही हरफहरू
- गीता उपाध्याय : मेरी घनिष्ठ मित्र
- आत्मप्रकाशले उज्यालिएको जीवन र सृष्टि
- प्रा. गीता उपाध्याय – एक विरल साहित्य सेविका
- साहित्यको फुलबारीमा समन्वयको फूल फुलाउने गीता उपाध्याय
- असमीया साहित्यमा गीता उपाध्यायको योगदान
- शिशु साहित्य लेखिका गीता उपाध्याय
- साहित्य समाजको वर्गीय प्रतिबिम्ब हो
- नेपाली साहित्य परिषद् असमकी विदाई अध्यक्षा सुश्री गीता उपाध्यायसित केही अन्तरङ्ग पलहरू
- अतीतलाई फर्केर हेर्दा
- केही अनुभूतिहरू
भारतेली नेपाली साहित्यकी ध्रुवतारा प्रा. गीता उपाध्यायको सम्झनामा केही हरफहरू
होमबहादुर क्षेत्री
नेपाली साहित्य घरबाट निस्केर सारा संसारमा पुगिसक्ने लामो यात्रामा असमीया भाषासँगको मितेरी विशेषरूपमा महत्व राख्दछ किन भने उत्तरपूर्वी भारतको असममा नेपाली भाषीको बसोबास धेरै मात्रामा भयो। असमीया भाषा-साहित्य अनि नेपाली भाषा-साहित्यको मित्रत्व हुनु स्वाभाविक हुन गयो। नेपाली भाषामा असमीया भाषादिको प्रभाव मात्र होइन, साहित्यिक चर्चा अनि अनुवाद गरेर एकार्कालाई बुझ्ने प्रक्रिया अझै कायम छ। यसले हाम्रो भाषा-साहित्यले सिक्ने अनि सिकाउने मौका पाएको छ। अनि भारतको संविधानमा नेपाली भाषाले मान्यता पाएपछि त स्थितिमा बढी सुधार आएको छ। साहित्य अकादमी, दिल्लीले नै नेपाली-असमीया भाषाका पुस्तकहरूलाई अनुवाद गर्ने, छाप्ने-छपाउने काम हातमा लिएको देखिन्छ। गीता दिदीको मुहार झलक्क झल्किन्छ यस सन्दर्भमा एक दीर्घकालीन समर्पित व्यक्तित्वका रूपमा। नेपाली र असमीया साहित्यका अनेक मोतीदाना दिने दिदीलाई धन्यवाद र शुभकामना!
प्रा. गीता उपाध्याय असमको मुटु तेजपुरमा वास गर्दै विगत पाँच दसकबाट साहित्यसेवा गरिरहनु भएको छ। मूलतः असमीया भाषाबाट साहित्य साधना थाल्ने प्रा. गीतालाई असमीया र नेपाली भाषी- दुवैले समानरूपमा चिनेका छन्। अनुवाद विधा र नियात्रा लेखनमा विशेष अवदान रहे तापनि उहाँले कथा, कविता र निबन्धद्वारा नेपाली भाषाको सेवा गरिरहेको देख्न पाइन्छ। असम साहित्य सभा अनि विभिन्न नेपाली संस्थाद्वारा सम्मानित प्रा. गीता जीवनको यस याममा पनि अति सक्रिय हुनुहुन्छ अनि साहित्यमन्दिरमा पुष्प अर्पण गरिरहनु भएको छ लगातार। अनुवाद साहित्य तथा विभिन्न संस्था-संगठनहरूका मार्फत उहाँले समन्वय र सम्प्रीतिको संदेश दिइरहनु भएको छ। समन्वयको यो पाठ उहाँले आफ्नै पिता-पुर्खाबाट पाउनु भएको छ। हजुरबा प्रख्यात स्वाधीनता संग्राम सेनानी र असमका गान्धीका रूपमा ख्यातिप्राप्त स्व. छविलाल उपाध्यायको समन्वयात्मक सीप प्रा. गीतामा प्रष्ट देखिन्छ।
नेपाली साहित्यलाई उच्चतम् तहसम्म लैजानका लागि समन्वय अनि पारस्परिक लेन-देनको महत्वबारे धेरै चर्चाको खाँचो छैन – यो सर्वविदित छ। प्रा. गीता उपाध्यायले आदिकवि भानुभक्तको रामयण र महाकवि देवकोटाको मुनामदनको असमीया भाषामा अनुवाद गरेर नेपाली साहित्यको स्तरको एउटा सानो झझल्को असमीया साहित्यकार र पाठकका सामु राखिदिनु भयो। साथै, अंग्रेजी र असमीया भाषाका पुस्तक र रचनादिलाई नेपाली भाषामा पेश गरेर उहाँले हाम्रो भाषा-साहित्यलाई धनी पार्नु भयो।
असममा हाइ स्कूले छात्रकालावस्थामा गीता दिदीको ‘एन फ्रेन्कको डायरी’ 1973 तिर पढ्न पाएको थिएँ। तदोपरान्त विभिन्न पत्र-पत्रिका र साहित्यिक कार्यक्रममार्फत् उहाँबारे थाहा लागिरहेको लामो समयान्तराल बित्यो। शिलाङमा पूज्य गुरूवर स्व. गोपीनारायण प्रधानबाट पनि उहाँबारे अनेक कुरा थाहा लाग्यो। तर भेट भयो प्रथम पटक सन् 1982 मा शिवसागरमा। उहाँ जयसागर कलेजमा पढाउनु हुन्थ्यो, त म शिवसागरकै तेल एवं प्राकृतिक ग्यास आयोगमा सहायक निदेशक। अफिसको जीपमा ड्राइभर दाजी स्व. टेकबहादुरलाई गीता दिदीको डेरामा पुऱ्याउने अनुरोध गरें। मिसन सफल भयो। यति वर्षसम्म सुनेको र पढेको व्यक्तित्वसँग भेट मात्र होइन, उहाँको डेराको बैठकीमा बसेर चियाको चुस्की पनि लिने सुअवसर प्राप्त भयो। म धन्य भए असमकी एक सफल नारी लेखिका र समाजसेवी महिलाको सौम्य रूपको साक्षात दर्शन हुँदा। तपोरान्त उहाँ हराउनु भयो अनि म पनि हराएँ। साहित्यिक पत्र-पत्रिकाको माध्यमबाट नै भावनाहरूको आदानप्रदान भइरह्रो।
देहरादून, दिल्ली, बडोदराहुँदै म कुवेतमा जागीरको सिलसिलामा पुगें। गीता दिदीले अध्यापनको क्षेत्रबाट अवकाश प्राप्त गरेर साहित्य र समाजका कार्यहरूमा समयदान गरेको चाल पाइरहन्छु। सन् 1990 तिर पुनः एकपल्ट दिदीसंग भेट हुन्छ दिल्लीमा – पूर्व सांसद श्री स्वरूप उपाध्यायज्यूको डेरामा भलाकुसारीका दुइ-चार कुरा अनि साहित्य चर्चा।
सन् 2007 मा गुवाहाटी भ्रमणका बेला डा. शान्ति थापा र श्री नवसापकोटासंग भेट भयो। ‘हाम्रोध्वनि’मा प्रकाशित सर्वश्रेष्ठ रचनाका लागि अभिजमान ट्रस्टले पुरस्कारको घोषणा गरियो। 2008 का लागि प्रा. गीता उपाध्यायलाई पुरस्कृत गरियो। तदोपरान्त गीता दिदीसँग इ-मेलमार्फत सम्पर्क चरिरह्रो साहित्यिक मितेरीका रूपमा। अनि नभेम्बर 2010 मा अभिजमान ट्रस्टको मासिक साहित्यिक प्रकाशन ‘स्पन्दन’मा प्रा. गीता उपाध्यायको विशेषांक प्रकाशित गरेर सम्मान गरिन्छ। यो अंक संसारका विभिन्न देशहरूमा पुग्दछ अनि आसामे नेपाली समाजकी विद्वान प्रा. गीताको बारेमा धेरै जानकारीहरू थाहा लाग्दछ विश्वसमाजलाई।
सदैव साहित्यसेवा गरिरहने अनि साहित्यको सृजना गर्ने पुनीत कामलाई आशीर्वाद दिने दिदीले कविता पठाउनु हुन्छ स्पन्दनका लागि —
असम्भव शब्द हराउने रहेछ
‘होम’ भाइका आँटले
यो सत्यलाई प्रस्टाइदियो;
स्पन्दनलाई, यसका स्रष्टालाई
जाति जोड्ने, भाषा फैलाउने
शान्तिवार्त्ता छर्ने प्रयासलाई;
नयाँ बाटो कोरियोस्
नौलो पन्ना जोडियोस्
झांगियोस्, फलोस्-फुलोस्
नेपाली साहित्य-संस्कृति
विश्वभरि नै मौलियोस्।
यसरी स्पन्दन र गीता दिदीमा साहित्यिक मितेरी चलिरहेको छ। यसै दौरान 2010 मा मलाई पश्चिम सिक्किम साहित्य प्रकाशन गेजिंग बजारमा ‘स्रष्टा कविता पुरस्कार’ थाप्ने मौका आयो। गीता दिदीलाई पनि त्यही समारोहमा लालमान संचरानी पुरस्कार प्राप्त भयो। उहाँसंग दोस्रो पल्ट भेटं भयो। म सपरिवार गएको थिएँ गेजिंग बजार। दिदीले त्यस दिन हाम्रो होटलमा हामीसँग रात्रि भोजन गर्नु भयो। धेरै कुरा भए-साहित्यिक र पारिवारिक! भानु जयन्तीको कार्यक्रम अनि घुमघाम पनि संगै भयो। नेपाली समाजकी एक विदुषी महिला, सफल साहित्यकार/समाजसेविका अनि समर्पित व्यक्तित्वसंग बिताएका ती दिन चिरस्मरणीय रहने छन्।
कुवैत
अनुक्रमणिका
- गीता उपाध्याय : एक छोटो कैरन
- गरिमायुक्त व्यक्तित्व गीता उपाध्याय
- गीता उपाध्याय : व्यक्तित्व र कृतित्व
- सुश्री गीता उपाध्यायको व्यक्तित्व र कृतित्वको संक्षिप्त रूपरेखा
- गीता उपाध्यायको जीवन र कर्म : एक विहंगम दृष्टि
- एन फ्रेन्कको डायरीबारे
- गीता उपाध्याय र एन फ्रेङ्कको डायरी
- अनुवाद साहित्यको क्षेत्रमा गीता उपाध्यायको योगदान
- केही भन्नु पर्दा
- गीता उपाध्यायको नियात्राकारिता
- ब्रह्मपुत्रको किनारदेखि अलकानन्दाको तीरैतीर
- “…. हामी भर्खर तीर्थका ढोकामा आइपुगेका छौं …’
- ‘कथाञ्जली’-को भावभूमि
- गीता उपाध्यायकृत कथाञ्जली : एक अध्ययन
- विविध व्यक्तित्वका आलोकमा कथाकार गीता उपाध्याय
- कथाञ्जली – एक अवलोकन
- गीता उपाध्याय दिदीको ‘कथाञ्जली’ सरसर्ती पढ्दा
- ‘सुबासित बताह’ गीता उपाध्यायका कथाहरूको पर्यालोचना
- बाल साहित्यमा गीता उपाध्याय
- विश्वप्रसिद्ध किशोरी एन फ्रांकको कथा
- जन्मभूमि मेरो स्वदेश : परिक्रमा र मन्थन
- एक स्रष्टाका वाणीमा ध्वनित लाखौंको ढुकढुकी : जन्मभूमि मेरो स्वदेश
- उपन्यास जन्मभूमि मेरो स्वदेश – इतिहासपरक सामान्य पठन
- गीता उपाध्यायसँग बिताएका बाल्यकालका केही समय
- शैशवदेखि परिचित गीता दिदी : आफ्नो सम्झनाको सेरोफेरो
- गीता उपाध्याय
- भारतेली नेपाली साहित्यकी ध्रुवतारा प्रा. गीता उपाध्यायको सम्झनामा केही हरफहरू
- गीता उपाध्याय : मेरी घनिष्ठ मित्र
- आत्मप्रकाशले उज्यालिएको जीवन र सृष्टि
- प्रा. गीता उपाध्याय – एक विरल साहित्य सेविका
- साहित्यको फुलबारीमा समन्वयको फूल फुलाउने गीता उपाध्याय
- असमीया साहित्यमा गीता उपाध्यायको योगदान
- शिशु साहित्य लेखिका गीता उपाध्याय
- साहित्य समाजको वर्गीय प्रतिबिम्ब हो
- नेपाली साहित्य परिषद् असमकी विदाई अध्यक्षा सुश्री गीता उपाध्यायसित केही अन्तरङ्ग पलहरू
- अतीतलाई फर्केर हेर्दा
- केही अनुभूतिहरू
गीता उपाध्याय : मेरी घनिष्ठ मित्र
चित्रलता फुकन
आजको युगका मानिसको जटिल समाजमा घनिष्ठ मित्र खोजेर भेट्नु निकै कठिन कुरा हुन्छ। भाग्यवश : मैले एउटी मित्र भेटें। जो वास्तवमै असल मित्र हुन्। उहाँ हो गीता उपाध्याय। उहाँसंग मेरो चालचलन या त चरित्रका विभिन्न दिशामा केही फरक नभएको होइन, तर हाम्रो हृदय भने अभिन्न छ। गीता दयालु, मिलानसार, अल्पभाषी, सहनशीलता आदि सबै राम्रा गुणहरूका अधिकारी हुनुहुन्छ। शोणितपुरको एउटा सुसंस्कारित परिवारमा उहाँको जन्म भएको हो। भारतको स्वतन्त्रता सङ्ग्रामका सेनानी स्वर्गीय छविलाल उपाध्याय उहाँका हजुरबा हुनुहुन्थ्यो।
1960 सन्-मा गुवाहाटी सन्दिकै कलेजमा गीतासँग परिचय भएको थियो हाम्रो सामान्य रूपमा। त्यसबेला थोरै समय गीतासँग भेट भएकाले गर्दा उहाँको भित्री हृदय चिहाएर हेर्न सकेकी थिइन्। तर उहाँको शिवसागर कलेजको जागिरको समयमा उहाँसँग मेरो मित्रता घनिष्ठ हुनुपुग्यो। मैले बुझ्न पाएँ, असमीया साहित्य संस्कृतिको सेवा गर्नु नै मूल लक्ष्य हो गीताको। साहित्य-संस्कृतिका यस्ता हरेक कामहरूमा उहाँ अथक रूपमा जुटिरहन सक्नुहुन्छ। यस्ता अनुष्ठानहरू परिचालना गर्नमा उहाँको धैर्यशीलता, कष्ट सहिष्णुता र दक्षता सराहनीय छ। यस्ता अनुष्ठानहरूले गीतालाई मेरो नजिक ल्याएको छ र म गीताकी अनुरागी बन्न पुगेकी छु।
मेरो सहयोगमै गीताले शिवसागर लेखिका संस्था प्रतिष्ठा गर्नुभो। समयमा यो संस्था एक दर्बिलो अनुष्ठानमा परिणत हुन्छ। असम लेखिका संस्थाको उद्योगमा शिवसागर लेखिका संस्थाले एउटा कविताको कार्यशाला आयोजना गरेको थियो। गीता र उहाँका सहयोगी संस्थाका सदस्यहरूको असीम कष्टमा अनुष्ठानले अपूर्व सफलता हासिल गरेको थियो। यस अनुष्ठानका प्रतिष्ठित एवम् विशिष्ट अतिथिहरूमा थिए – श्री यतीन्द्र कुमार बरगोहाइँ, डा. कवीन फुकन, डा. गोविन्द प्रसाद शर्मा र श्री हीरेन भट्टाचार्य। प्रतियोगीहरूका कविताहरू अगावै सङ्ग्रह गरी प्रतिष्ठित व्यक्ति श्री यतीन्द्र कुमार बरगोहाइँले अत्यन्त सुन्दर रूपमा प्रतियोगीहरूलाई राम्ररी बुझाएका थिए। आधुनिक कवितामाथि गहन वक्तव्य राखेका थिए – डा. कवीन फुकन र गोविन्द प्रसाद शर्माले। अनुष्ठानले यस्तो सफलता अर्जन गरेको थियो, असम लेखिका संस्थाको इतिहासमा यो एक स्वर्णीम स्मृति भएर रहने छ। त्यसबेला नै गीताको कर्मदक्षता, मितव्ययिता, अध्ययनशीलता र सहनशीलता मनोभावको परिचय पाएकी थिएँ। त्यसताक म असम लेखिका संस्थाकी साधारण सचिव थिएँ र जयसागरमा गीताको घरमै बसेर गीतालाई सघाएकी थिएँ। उहाँको निपुण परिचालनामा अनुष्ठानका सबै कार्यक्रमहरू सुचारू रूपमा सम्पन्न भएका थिए, खान-पीन सुन्दर थियो, अतिथि र प्रतिनिधिवर्गहरू बस्ने सुन्दर व्यवस्था थियो। संस्थाका सदस्याहरूको सहयोगमा ‘चयनिका’ नाममा उहाँले उच्चस्तरीय पत्रिका सम्पादना गरी निकाल्नु भएको थियो। संस्थालाई सक्रिय गराउनु भएको थियो उहाँले।
उहाँ अनुवादमा सिपालु हुनुहुन्छ। शिवसागर कलेजको जागिरे अवस्थामा उहाँले बासन्ती सुतीया (लस्कर)सँग मिलेर एन फ्राङको डायरी अङ्ग्रेजीबाट असमीयामा अनुवाद गर्नु हुन्छ। भानुभक्तको रामायण नेपालीबाट असमीयामा अनुवाद गर्नु हुन्छ। नेपालीमा प्रकाश गर्नु भएको छ शङ्करदेव जीवन र कर्म ग्रन्थ। ‘मुनामदन’ जस्तो झ्याउरे काव्य उहाँले असमीयामा अनुवाद गर्नु भएको छ। यसैको बीचबाट उहाँको मौलिक काव्य प्रतिभा कसरी झल्किएको छ ‘मुनामदन’बाट एक पङ्क्ति उल्लेख गरियो —
हाती दाँत जेन बगा
कला चकुर मनि, मोहनीया हाँहि
माखनर दरे’ देहा।’
अर्को ….
थोपाकै फुलिछे फूल
बसन्तर बा लागि बगरी हालिहे
बताहत नाचिछे फूल।’
गीता कथाकार पनि हुन्। ‘सुवासित बताह’ शीर्षक उहाँको कथा सँगालो प्रकाशित भइसकेको छ। उहाँका कथाहरू छोटाछोटा छन्। कथानक सामग्री साधारण छन्। तर त्यसैको माध्यममा उहाँको दक्षता फुटेको छ। कथाहरू मानवताबोधले भिजेका छन्। उहाँ एक बाल साहित्यकार पनि हुनुहुन्छ। ‘मा मइ फास्र्ट हलों’ उहाँको बालग्रन्थ हो। यस ग्रन्थले बालकको नैतिक चरित्र गठनमा शिक्षाको माध्यमबाट मनोरञ्जनका विषयवस्तु उत्थान गरिएको छ। बालबालिकाहरूको उपयोगी यो सुन्दर ग्रन्थ हो। उहाँका अन्य केही नेपाली भाषाका असमीयामा अनुवाद ग्रन्थ हुन्। ‘कला सूरुज’, ‘स्वअभिव्यक्तिर निज दापोणत कर्मवीर धन बहादुर सोनार’ आदि।
गीता अति भ्रमणप्रिय हुन्। उहाँले भारतवर्षका धेरैजसो ठाउँ भ्रमण गर्नुका साथै योरोपका अनेक देशहरू भ्रमण गरिसक्नु भएको छ। यी भ्रमणमाथि लेखिएको उहाँको भ्रमण कहानी ‘भ्रमण सोवँरण’ एउटा प्रसिद्ध ग्रन्थ हो। अर्कातिर रेडियो केन्द्रदेखि सुरु गरी असमका विभिन्न पत्रिका, समाचार पत्रहरू आदिमा उहाँका प्रबन्धहरू छरिएर रहेका छन्। उहाँ आत्मप्रचारदेखि तर्किएर रहने साहित्यिक हुनुहुन्छ। म उहाँको साहित्यिक जीवनको उत्तरोत्तर उन्नति कामना गर्दछु।
लेखिका संस्था पनि गीताको मुटु हो। संस्थाको यस्तो एउटा कुनै अधिवेशन छैन, जहाँ गीता र म पुगेका छैनौं। उहाँ सभानेत्री भएको समयमा पनि गीता देखिनु भएको थियो अत्यन्त गणतान्त्रिक। कुनै निर्णय उहाँले एक्लै लिनु भएको थिएन। यस्तो अनुकरणीय व्यक्तित्वले गर्दा नै उहाँले लेखिका संस्थाबाहेक पनि अन्य अनुष्ठानको गुरू दायित्वको अभिभारा लिनु भयो। उहाँ नेपाली साहित्य परिषद्को पनि अध्यक्षाको रूपमा निर्वाचित हुनुभएको थियो। यस अवधिको एउटा स्मरणीय घटना उल्लेख गर्न चाहेकी छु।
साहित्य सभाको डिब्रुगड अधिवेशनको कुरा। त्यस अधिवेशनमा सभापतिको आसनमा हुनुहुन्थ्यो लोकप्रिय पत्रकार, सु-साहित्यिक श्रीमान होमेन बरगोहाइँ। उहाँलाई हेर्न मानिसको घुइँचो लागेको थियो। सभाघरमा जनता नअँटाउने भए। साहित्य सभाका सबै प्रतिनिधिहरूले बस्ने ठाउँ नपाएर उभिनु पर्ने भयो। यस्तो स्थिति देखेर मञ्चमाथि उक्लेर बस्न मलाई ठीक लागेन। गीताले भन्नु भयो – ‘अन्य सदस्यहरू भने बसेका छन्।’ मैले भने ‘गीता अरू बसे बसुन्, प्रतिनिधिहरू उभिइरहेका छन्, म कसरी मञ्चमा बसेर सभा उपभोग गर्नु सक्छु। मेरा कुरा सुनेर गीता पनि जानुभएन मञ्चमा। हामी दुवै नृत्य, गीत प्रदर्शन गरिने मञ्चतर्फ उभिइरह्यौं। त्यस्तो देखेर कुनै एकजनाले हामीलाई त्यहीं दुइटा कुर्सी राखिदिए।
मेरो लामो मित्रताको जीवनमा कुनैदिन गीताले केही भेटेका-नभेटेका आरोप लगाएको मैले सुनेकी छैन। पुरस्कारप्रति पनि उहाँको लोभ-लालसा छैन। तापनि वर्तमान निस्किएका असङ्ख पुरस्कारबाट गीताले केही एउटा पाउनु उचित हो। आज पनि अन्य दसजना सदस्यासँग घुमिरहेकी छन्। उहाँको बिरामी स्वास्थ्यले बाधा दिएको छैन। उहाँ सबैलाई समव्यवहार गर्नुहुन्छ। संस्थाका सदस्यहरूसँग पनि उहाँको सुमधुर सम्पर्क थियो।
गीता साँचै दयालु र प्रज्ञावान हुनुहुन्छ। उहाँसँग मेरो मित्रता थियो अत्यन्त आत्मिक। यस्तो एकजना स्वच्छ हृदयकी मित्रलाई लिएर म गौरवान्वित छु। फोन एउटा गर्ने साथ उहाँ भन्न बिर्सिनु हुन्न – ‘चित्रलता, स्वास्थ्यको ख्लाल राख्नू। केलसियम खानु है।’ मानौं यो आमाको कण्ठस्वर हो। तर म उहाँलाई यसरी भन्दिन। खोइकुन्नि शायद मेरो बाह्रिक आवरणमा कठोरपन छ। ‘Tears are more truthful than smile, because one can smile infront of every one, but one will cry who is special to them. उहाँ नै मेरो मित्र। मेरो सङ्कटको समयमा वटवृक्षको जरालेझैं मलाई सधैं घेरिराख्ने मेरी साथी दीर्घजीवी बनुन्। ◙ ◙
असमीयाबाट नेपाली अनुवाद : दीपक थापा
(यो लेख ‘अभिनन्दन गीता उपाध्याय’ बाट सान्दर्भिक भएकाले यस पुस्तकमा साभार राखिएको छ। — सम्पादक)
अनुक्रमणिका
- गीता उपाध्याय : एक छोटो कैरन
- गरिमायुक्त व्यक्तित्व गीता उपाध्याय
- गीता उपाध्याय : व्यक्तित्व र कृतित्व
- सुश्री गीता उपाध्यायको व्यक्तित्व र कृतित्वको संक्षिप्त रूपरेखा
- गीता उपाध्यायको जीवन र कर्म : एक विहंगम दृष्टि
- एन फ्रेन्कको डायरीबारे
- गीता उपाध्याय र एन फ्रेङ्कको डायरी
- अनुवाद साहित्यको क्षेत्रमा गीता उपाध्यायको योगदान
- केही भन्नु पर्दा
- गीता उपाध्यायको नियात्राकारिता
- ब्रह्मपुत्रको किनारदेखि अलकानन्दाको तीरैतीर
- “…. हामी भर्खर तीर्थका ढोकामा आइपुगेका छौं …’
- ‘कथाञ्जली’-को भावभूमि
- गीता उपाध्यायकृत कथाञ्जली : एक अध्ययन
- विविध व्यक्तित्वका आलोकमा कथाकार गीता उपाध्याय
- कथाञ्जली – एक अवलोकन
- गीता उपाध्याय दिदीको ‘कथाञ्जली’ सरसर्ती पढ्दा
- ‘सुबासित बताह’ गीता उपाध्यायका कथाहरूको पर्यालोचना
- बाल साहित्यमा गीता उपाध्याय
- विश्वप्रसिद्ध किशोरी एन फ्रांकको कथा
- जन्मभूमि मेरो स्वदेश : परिक्रमा र मन्थन
- एक स्रष्टाका वाणीमा ध्वनित लाखौंको ढुकढुकी : जन्मभूमि मेरो स्वदेश
- उपन्यास जन्मभूमि मेरो स्वदेश – इतिहासपरक सामान्य पठन
- गीता उपाध्यायसँग बिताएका बाल्यकालका केही समय
- शैशवदेखि परिचित गीता दिदी : आफ्नो सम्झनाको सेरोफेरो
- गीता उपाध्याय
- भारतेली नेपाली साहित्यकी ध्रुवतारा प्रा. गीता उपाध्यायको सम्झनामा केही हरफहरू
- गीता उपाध्याय : मेरी घनिष्ठ मित्र
- आत्मप्रकाशले उज्यालिएको जीवन र सृष्टि
- प्रा. गीता उपाध्याय – एक विरल साहित्य सेविका
- साहित्यको फुलबारीमा समन्वयको फूल फुलाउने गीता उपाध्याय
- असमीया साहित्यमा गीता उपाध्यायको योगदान
- शिशु साहित्य लेखिका गीता उपाध्याय
- साहित्य समाजको वर्गीय प्रतिबिम्ब हो
- नेपाली साहित्य परिषद् असमकी विदाई अध्यक्षा सुश्री गीता उपाध्यायसित केही अन्तरङ्ग पलहरू
- अतीतलाई फर्केर हेर्दा
- केही अनुभूतिहरू
आत्मप्रकाशले उज्यालिएको जीवन र सृष्टि
यतीन्द्र कुमार बरगोहाइँ
जातिगत घृणा र असमानताको मतवादले मानव जातिको इतिहासमा कति करुण र बर्बर अध्यायको सूत्रपात गर्दछ त्यसबारे धारणा हाम्रो यस प्रजन्मका धेरै व्यक्तिको छैन। विशेष गरी यहुदी विद्वेषसँग मेल भएका मतवादहरूले वर्तमान भारत र समग्र विश्वलाई नै घेरेको छ। जो एकसमयमा पीडित थिए, उनीहरूले एक भूल र प्रतिक्रियाधर्मी दृष्टिभङ्गी अङ्गालेर जातिगत विद्वेष र पीडाको कारण बनेका छन्। यहुदीहरूको एक ठूलो सङ्ख्या अहिले इजराइलमा बसोबास गर्दछ र उनीहरूमध्य धेरै सङ्ख्यकले स्वतः एक अमानवीय र बर्बर मुसलमान विद्वेषक भावना पैल्याएका छन्। इजराइली विचारवाद र मुसलमान विद्वेष युरोप र अमेरिकामा बर्तिरहेको वर्णवादी चिन्ता, जसको घुम्टोभित्रको समर्थनले कुनै कुनै समयमा संसारका विभिन्न मुलुकमा बर्बर जाति-विद्वेषी राजनैतिक विचारधारा जन्माएको छ। ती वर्णवादीहरू नै मूल रूपमा दोषी हुन्। यसको पृष्टभूमि र उच्च स्तरमा लुकेको छ साम्राज्यवादी स्वार्थ। यो तेलको बजार दखलको स्वार्थ हो। यसैको प्रतिक्रियास्वरूप अर्कातिर मुसलमानहरूको एउटा अंश बन्न पुगेको छ गोडामी, प्रतिक्रियाधर्मी, धर्मीय मौलवादी र अन्य धर्मविद्वेषी। एक सठीक मतवाद अनुसन्धान गर्ने व्यक्तिका लागि यस प्रकारको प्रतिक्रियाशील चिन्ताचर्चाको विस्तारको विरुद्ध सधैं सावधान र सचेत रहनु आवश्यक छ।
हाम्रो वर्त्तमान युगको यस ऐतिहासिक राजनैतिक खाँचो पूर्तिमा निःसन्देह ‘एन फ्राङ्कको डायरी’ एक कालजयी थप स्मृति हो – जसले चुपचाप मानिसको मनमा जाग्रत गराउछ हुण्डरी विजयी, मरणविजयी आध्यात्मिक बल। एन फ्राङ्कझैं जो नाजीवादी अत्याचारको विरुद्ध कहिल्यै नहारी मानवीय सङ्ग्राममा जुटेका थिए, उनीहरू धेरैको प्राणनाश भयो, गैस चेम्बरमा प्राण आहुति दिए, तर आत्मीक रूपमा उनीहरू अनुप्रेरणा र आदर्श भएर बाँचिरहेका छन्। तर एन फ्राङ्क असहनीय पीडालाई पराभूत गरेर बाँचिरहिन्।
उनै एन फ्राङकको असहनीय दिनलिपिको एक असमीया संस्करण (1975) जुन व्यक्तिले पाठक समाजको हातमा हालिदिन पहिलो अनुप्रेरणा पाए, उनै व्यक्तिलाई हेर्न, भेट्न, उनीसँग बातचित गर्न निश्चय सबैको चाहना हुन्छ। एन फ्राङ्कको डायरी पढेपछि मेरो मनमा त्यस्तै एक तीव्र चाहना जागेको थियो। यसै इच्छाले मलाई सम्भवतः असम लेखिका संस्थाका अग्रणी सैनिकहरूप्रति निकै आकर्षित गराएको थियो।
यिनै व्यक्ति जसलाई मैले कुनै दिन दिदीको उच्च आसनबाट अलिकति पनि टाढिन दिएको छैन तिनै गीता दिदीका एकजना भाइ घटनाक्रममा मेरो विश्वविद्यालय जीवनका मित्र अरूण उपाध्याय न्यायाधीश र एकजना उदार मनोभावसम्पन्न व्यक्ति हुनुहुन्छ। अरूणका दाज्यू स्वरूप उपाध्यायलाई मैले व्यक्तिगत रूपमा नजिकबाट नभेटे तापनि त्यस विद्यार्थी जीवनमा उनी साहसी, अध्ययनशीलता र रूपान्तरकामी आदर्शका अनुरागी भन्ने बुझिसकेको थिएँ। त्यसबेलाको (1970-71) विश्वविद्यालयको जीवनमा महत्वपूर्ण रूपान्तरकामी प्रभाव विस्तारको प्रयास गर्ने एकजना छात्रनेता डा. राजेन शइकीयाको टेबुलमा एकदिन ज्याँ पल सात्र्रेको ‘ध्र्दृद्धड्डद्म’ सङ्ग्रह देखेको मलाई राम्रो ख्याल छ। त्यसको आवरण पृष्ठमा स्वरूप उपाध्यायको हस्ताक्षर थियो। छात्रावस्थामा सात्र्रेको अनुरागी केही पाठक हुन्छन्। मैले भित्रभित्रै एउटा इच्छासाँचेर राखेको थिएँ। उपाध्यायसित कुनै दिन भेट गर्नु पर्छ। इच्छा अधुरो नै रह्रो। जीवनका विभिन्न किसिमका लेठाहरूले मलाई यति नै व्यस्त गराएको छ, जसले गर्दा सोचेको कुरा पुरा हुनसकेन। मैले पनि सात्र्रेका निकै पुस्तक अध्ययन गरेको छु। आस्तिक अस्तित्ववादी र नास्तिक अस्तित्ववादी दुवै पक्षका तर्क-वितर्कको तात्विक जालको बारेमा पनि मेरो केही धारणा छ। तर त्यो 1971 सालमै ‘words’ अध्ययन गर्ने मानिसलाई भेट गर्ने तीव्र चाहना त्यतिकै रह्रो। जे नै होस्, 1993 सालको कुनै एउटा दिन गीता दिदीसँग मेरो भेट हुन्छ। भेट गर्ने क्षेत्रमा निःसन्देह मूल कारण प्रीति दिदी। प्रीति दिदीले मलाई सधैं लेखिका संस्थाको कामकाजमा सहयोग गर्नका लागि अनुप्रेरणा दिनु भएको थियो। र यो नै थियो संस्थाका ज्येष्ठा नेत्रीहरूसँग मेरो एक सुन्दर र समयले भेट्न नसक्ने गहिरो सम्पर्क बनिने मूल कारण।
परिचयको पहिलो पर्वमै गीता दिदीबाट थाहा पाएँ स्वरूप र अरूण उहाँका भाइ हुन्। त्यसपछि असम लेखिका संस्थाका प्रत्येकजसो महत्वपूर्ण सभा-समितिमै मैले गीता दिदीलाई भेटेको छु। मेरी श्रीमती लेखिका संस्थाकी कार्यकर्ता भएकाले गर्दा गीता दिदीलाई घरमा पनि निकै पटक भेटेको छु। मैले धेरै पटक उपलब्धि गरेको छु, दिदी साँचै अनौंठो व्यक्तित्वकी अधिकारी हुन्। सौन्दर्य, व्यक्तित्व तथा प्रतिभाबाहेक अरू केही एउटा छ – जसलाई हामी एउटा निर्मल अभिव्यक्तिको राम्रो कविताको सम्पूर्णतासँग दाँज्न सक्दछौं।
मलाई लाग्छ मानौं गीता दिदी आँन्द्रे जिभको निष्ठावान एक चरित्र हो, जसले आत्मिक विश्वास र आस्था राखेर टुङ्गामा पुग्न काम गरिरहेको छ। मैले दिदीलाई नास्तिक भन्ने ठानेको छुइनँ। साधनाको क्षेत्रमा सौन्दर्य, सुषमा र एक आध्यात्मिक पूर्णताको माध्यमबाट उहाँ बिस्तारो बिस्तारो तर दृढ पाइला टेकेर अगि बढिरहनु भएको छ। एन फ्राङ्कको अनुवादको जस्तो गहिरो र अन्त्यहीन सङ्ग्रामको सुरूवात। पुस्तकबारे लेखिरहनु खाँचो छैन। अनुवाद ग्रन्थको कुनै तुलना छैन।
अनुवाद साहित्यमा गीता उपाध्यायको महत्वपूर्ण योगदान रहेको छ। उहाँका अनुवादहरूमा एन फ्राङ्कको डायरीबाहेक भानुभक्तको रामायण (1987), एन फ्राङ्कर गल्प (1996), भरत जंगमको कला सूरुज, नेपाल देशर लोकसाधु (2000), मुना-मदन (2000), भूमिपुत्र (2003) मुख्य हुन्। प्रसिद्ध कथाकार गीता दिदीको जीवनको आदर्श के हो, त्यो उहाँका निर्वाचनबाट अडकल लगाउन सकिन्छ। उहाँले के खोज्नु भएको छ त्यो सम्भवतः भानुभक्तको रामायण अनुवादपछि एन फ्राङ्कको डायरी अनुवादबाट पत्तो लाग्द छ।
आध्यात्मिक मुक्तिका लागि उहाँको खोज-तलास चलिरहेको छ। व्यक्तिगत जीवनमा पनि आध्यात्मिक मुक्तिका लागि उहाँको प्रचेष्टा रहेको छ। त्यो एउटा छुट्टै अध्याय हो। साहित्य साधनाको क्षेत्रमा तर सधैं शोषित-पीडितवर्गप्रति उहाँको पीडा देखिन्छ। उहाँको एक मानवदरदी हृदय चिर प्रवाहशील रूपमा रहेको छ। गहिरो समवेदना दुर्वल र पीडितहरूप्रति भएकाले गर्दा उहाँ संसारकै सबैभन्दा जघन्य नाजीवाद शक्तिको विरुद्ध लडाइँ गरेर बाँच्ने एन फ्राङ्कको अनुवादमा सङ्लग्न रहेको कुराले नै उहाँको जीवन दर्शनको बाटो पक्का गराएको छ।
सरल निष्ठाको दृढतापूर्ण यात्रा उहाँका कथाहरूमा पनि पाइने गरिन्छ, कुनै जटिलताविना, जहाँ एउटा निर्दिष्ट बाटो खुला भएको पाइन्छ। नमुनाका लागि हामी दुइटा कथाको बारेमा चर्चा गर्न सक्छौं। हाम्रो समाजमा स्वभाविक नारीको समस्याको मूल्याङ्कन र अधिकार सम्बन्धी कुराहरूमा पुरुषतान्त्रिक विचारधाराको नचाहिंदो प्रभाव देख्न पाइन्छ। यस किसिमका घर र नातासम्बन्धी प्रश्नहरूमा परम्परागत पुरुषतान्त्रिक समाजको घर र सामन्तयुगीय सम्पत्ति केन्द्रिक आत्मीयताका धारणाहरूले प्रभाव विस्तार गर्दछ। यस्ता विषयमा उपाध्यायको विचारधारा खोतलेर हेर्दा हाम्रा आँखामा छर्लङ्ग पर्दछ, उहाँले अवहेलना र अमानवीयताको विरुद्ध एक सशक्त र आनुभूतिक रूपमा अन्तर्मुखी वा व्यक्तिमुखी प्रतिक्रिया नै बढी मात्रामा प्रकाश गर्नु भएको छ। नारी अधिकारवादीहरूले स्वभाविक रूपमा यौन जीवनका सम्पर्कहरूलाई लिएर जतिसम्म तीव्र, तीखो विचारभाव पोखेका हुन्छन् – ती कुराहरूले उपाध्यायका कथाहरूमा महत्व पाएका छैनन्। ‘क्षोभ’ कथामा हामी पाउँछौं – साधारण बसयात्रीको एकभाँडो पानी हेर्ने प्रयोजनीयतालाई बुझ्ने क्षेत्रमा साधारण पुरुष यात्री, ड्राइभर तथा गाडी परिचालक आदि सबैले मूलतः पुरुषका सजिला-अप्ठेरा कुराहरूप्रति मात्र बढी चासो राख्छन्। पुरुषहरूले पिसाब गर्नका लागि खुला ठाउँ अथवा सामान्य झाडी-जङ्गलको लुक्ने ठाउँ नहुँदा पनि चल्दछ। नारीको क्षेत्रमा हुँदैन। नारीको लज्जा ढाक्ने दैहिक र मानसिक खाँचो पुरुषकेन्द्रीकताले सर्वदा अस्वीकार गर्दै आएको देखिन्छ। कथाकारको चारघण्टे बसयात्रामा देखिएको छ – पुरुषको दृष्टिबाट मात्र पिसाब गर्ने कुरा हेरियो। यो साधारणतया निजी खण्डका भनौं बसबिसौनी नभएका यात्रीबाहक बसहरूका क्षेत्रमा हुनेगर्छ। आफ्नो कोखमुनि अनुभव भएको भीषण पीडा हत्केलाले समातेर आफ्नो प्रवल इच्छा र खाँचो दबाउमा राखेको कुरा जसरी ‘क्षोभ’ कथामा व्यक्त गरिएको छ, सामान्य कुराले पनि यो पुरुषतान्त्रिक विचारधाराको विरुद्ध आफ्नो वेदनामिश्रित अनुभव प्रकाश गर्न सफल भएको छ। “आत्मीयता’ कथामा पनि सोही प्रकार यात्रापथमा भएको दूर्घटना एउटामा मानवीय सहानुभूतिका ज्वार उठाएर कथाकारले साधारण मानिसको निस्क्रियतालाई अर्थात् आफ्नो परिवारको या त नातासम्बन्धी मानिसको धारणामा परिचालित भएर राजमार्गमै भएको दुर्घटनामा घाइते लोग्ने-स्वास्नी र बालक एउटाप्रति देखाइएको लापरवाहीको कुरा र कामले पराभूत गरेको छ। मानवीय आत्मीयतालाई साँगुरो घरकेन्द्रिक आत्मीयताको साँगुरो सीमाबाट छुटकारा दिलाउन खोजिएको प्रयासमा कथाकार सफल बन्नु भएको छ।
अनुवाद साहित्यको क्षेत्रमा जसरी एन फ्राङ्कका रचनाहरू छानेर लेखिकाले ‘सिरियस’ सामाजिक राजनैतिक समस्या एउटाको क्षेत्रमा आफ्नो अभिव्यक्ति घोषणा गर्नु भएको छ, मौलिक कथा साहित्यहरूको क्षेत्रमा तर त्यतिको ‘सिरियस’ सामाजिक-राजनैतिक समस्याहरूको बहुलता थोरै पाइन्छ। यस क्षेत्रमा लेखिका स्वभावमा कोमल र सरल भएकोले अश्लील र रूढ छैन। शब्द प्रयोगका क्षेत्रमा पनि लेखिका प्रतिवादी भए पनि प्रतिवादलाई उहाँले एक मर्यादापूर्ण रूपमा ग्रहण गर्नु भएको छ। एक शब्दको ‘बागाडम्बर’ वा ‘मिसाइल’ रूपमा होइन।
सामाजिक-राजनैतिक विषयहरूबाट धेरै विज्ञ व्यक्तिले गरेजस्तो लेखिकाले पलायन चाहिं गरेकी छैनन्। ‘राक्षस’ यस्तो एउटा कथा हो, जहाँ बीचमा रहेका मध्यवित्तीय अवस्था हराएको र राजनीति गर्ने विशाल तपस्वी तथा भीषण स्वार्थी प्रभृतिका व्यक्तिहरूको स्वरूप वृद्ध दधिकान्तले उपलब्धि गरेको छ। कथाकारका कथाका प्रधान चरित्रहरूको मूल लक्षण नै प्रायजसो देख्न पाइन्छ – सीमा क्षेत्रको लक्षण। उभिएको समयमै ‘राक्षस’ कथाको दधिकान्तझैं मृत्युलाई अङ्गाल्नु परेको छ। तर पनि मानवीय संवेदनशीलता र पवित्रता, प्रेम र भ्रातृत्वको शङ्खघोषले ‘सुवासित बताह’ जस्तै अविछिन्न गराएर राखेको छ लेखकको सृष्टिको कोठेबारी। ‘सुवासित बताह’ कथाबीच भएको सम्प्रीतिको बन्धनको तस्विर निष्कपट मानवताको विजय यात्राको, (त्यो पनि कुनै जटिल र कठिन सङ्ग्रामको बाटो नअपनाई) बलिष्ठ दलिल भन्न सकिन्छ। संसारका सबै समस्याहरूभित्रमा व्यापक र भयावह छ दरिद्रता, जटिल र विनाशकारी साम्प्रदायिकता, मानिसको विश्वासको अपमृत्यु गराउने व्यवस्थागत दुर्नीति र शोषण जीवनको असार्थकता (मेकुरीर एपिटाफ), प्रहरीको उत्पीडन (दिनुर दुर्गति), दुर्नीतिमग्न व्यवस्थामा अस्पतालको औषधीमूलोलाई लिएर पनि खेलवाड (विश्वासर अपमृत्यु), प्रेमिका, आमा तथा नारीको रूपमा नारीको मुक्तिकामी सत्ताको वाणीलाई बलिष्ठ गराउने शिल्परूप (आजिर जानकी), सन्त्रासको भयावहता र मानवताको जय (सन्त्रासर एदिन), सन्त्रास र यसको परिणति (स्वप्नभङ्गर अवसाद) इत्यादि अनेक कथामा चित्रण गरिएको छ हाम्रो समाजको समसामयिक अस्तित्वको एक अवर्णनीय इतिहास।
क्षुद्र रूपमा गरिएको चर्चाले लेखकको सृष्टिको महत्वका सबै दिशा प्रकाशमा ल्याउने निश्चयता प्रदान गर्न सकिंदैन। सरसर्ती हेर्दा मेरा आँखामा परेका वैशिष्टहरू मात्र मैले उल्लेख गरेको छु। फुर्सदमा कुनै दिन विस्तृत चर्चा गर्नेछु।
म जान्दछु, सबै दुःख-वेदना, निःसंगता, विश्रृङ्खलता र सामाजिक-राजनैतिक र संसारिक पीडालाई जितेर उहाँले एन फ्राङ्कको जस्तो एउटा चरित्रलाई जितेरै छाड्नु हुनेछ। आत्मविश्वास र इतिहास चेतनाले उहाँलाई एउटा सरल, गहिरो र बलिष्ठ आशावाद दिएको छ। यसैले पनि उहाँको सृष्टिको माध्यमबाट एकजना मानिसलाई भेट्न सकिन्छ – सबल मनकी नारी, जसले सर्वदा सङ्कटलाई जय गर्दछ। कसैले नमागे पनि उहाँ पीडितहरूप्रति दुई हात अगिसार्नु हुन्छ र उज्यालोतर्फ लिएर जानुहुन्छ। आत्मप्रकाशले उज्यालिएको मानिसको सायद कहीं मरण हुँदैन।
गुवाहाटी
असमीयाबाट नेपाली अनुवाद : दीपक थापा
(यो लेख “अभिनन्दन गीता उपाध्यायबाट’ सान्दर्भिक भएकाले यस पुस्तकमा साभार राखिएको हो –सम्पादक)
अनुक्रमणिका
- गीता उपाध्याय : एक छोटो कैरन
- गरिमायुक्त व्यक्तित्व गीता उपाध्याय
- गीता उपाध्याय : व्यक्तित्व र कृतित्व
- सुश्री गीता उपाध्यायको व्यक्तित्व र कृतित्वको संक्षिप्त रूपरेखा
- गीता उपाध्यायको जीवन र कर्म : एक विहंगम दृष्टि
- एन फ्रेन्कको डायरीबारे
- गीता उपाध्याय र एन फ्रेङ्कको डायरी
- अनुवाद साहित्यको क्षेत्रमा गीता उपाध्यायको योगदान
- केही भन्नु पर्दा
- गीता उपाध्यायको नियात्राकारिता
- ब्रह्मपुत्रको किनारदेखि अलकानन्दाको तीरैतीर
- “…. हामी भर्खर तीर्थका ढोकामा आइपुगेका छौं …’
- ‘कथाञ्जली’-को भावभूमि
- गीता उपाध्यायकृत कथाञ्जली : एक अध्ययन
- विविध व्यक्तित्वका आलोकमा कथाकार गीता उपाध्याय
- कथाञ्जली – एक अवलोकन
- गीता उपाध्याय दिदीको ‘कथाञ्जली’ सरसर्ती पढ्दा
- ‘सुबासित बताह’ गीता उपाध्यायका कथाहरूको पर्यालोचना
- बाल साहित्यमा गीता उपाध्याय
- विश्वप्रसिद्ध किशोरी एन फ्रांकको कथा
- जन्मभूमि मेरो स्वदेश : परिक्रमा र मन्थन
- एक स्रष्टाका वाणीमा ध्वनित लाखौंको ढुकढुकी : जन्मभूमि मेरो स्वदेश
- उपन्यास जन्मभूमि मेरो स्वदेश – इतिहासपरक सामान्य पठन
- गीता उपाध्यायसँग बिताएका बाल्यकालका केही समय
- शैशवदेखि परिचित गीता दिदी : आफ्नो सम्झनाको सेरोफेरो
- गीता उपाध्याय
- भारतेली नेपाली साहित्यकी ध्रुवतारा प्रा. गीता उपाध्यायको सम्झनामा केही हरफहरू
- गीता उपाध्याय : मेरी घनिष्ठ मित्र
- आत्मप्रकाशले उज्यालिएको जीवन र सृष्टि
- प्रा. गीता उपाध्याय – एक विरल साहित्य सेविका
- साहित्यको फुलबारीमा समन्वयको फूल फुलाउने गीता उपाध्याय
- असमीया साहित्यमा गीता उपाध्यायको योगदान
- शिशु साहित्य लेखिका गीता उपाध्याय
- साहित्य समाजको वर्गीय प्रतिबिम्ब हो
- नेपाली साहित्य परिषद् असमकी विदाई अध्यक्षा सुश्री गीता उपाध्यायसित केही अन्तरङ्ग पलहरू
- अतीतलाई फर्केर हेर्दा
- केही अनुभूतिहरू
प्रा. गीता उपाध्याय – एक विरल साहित्य सेविका
जयनारायण लुइटेल
प्रा. गीता उपाध्यायको परिचय धेरै किसिमले दिनसकिन्छ, तर मुख्यतः उहाँ हुनुहुन्छ साहित्यकार – एक नीरव साहित्य साधिका। प्रतिभा, प्रचेष्टा र परिवेश-प्रभावको समाहार देख्न पाउँछौं उहाँमा। जिज्ञासु स्वभाव र अध्ययनशीलता गीता उपाध्यायको व्यक्तित्वका अभिन्न अङ्ग हुन् भन्नै पर्छ। बाल्यकालमै आफ्ना घरमा प्रतिभा विकासका लागि उपयुक्त परिवेश – एक शान्त, शैक्षिक तथा बौद्धिक परिवेश उहाँले पाउनु भएको थियो। उहाँका पिता टंकनाथ उपाध्याय हुनुहुन्थ्यो एकजना अथक अध्येता, साहित्यप्रेमी व्यक्ति। नेपाली, असमीया, अंग्रेजी र बङ्गालीका प्रख्यात लेखकका किताबहरू ल्याएर पढ्ने र पढेका कुरा घरमा अरूसँग चर्चा गर्ने उहाँको बानी थियो। पचासका दशकको सुरूमा, यातायातको सुव्यवस्था नभएको एउटा भित्री गाउँमा घरमा बसी बसी विश्वसाहित्यसित नाता जोड्ने टंकनाथ उपाध्यायजस्ता पिताको प्रभाव जिज्ञासु छोरीमा स्वतः पर्न गएको थियो। टंकनाथ उपाध्यायले शेक्सपियरका तीनवटा नाटक जुलियस सीजर, वेनिसको सौदागर र राजा रिचर्ड तृतीय नेपालीमा अनुवाद गर्नु भएको हो। जुन समयमा यी नाटकहरू उहाँले अंग्रेजीबाट नेपालीमा अनुवाद गर्नु भएको थियो त्यो बेला अंग्रेजी पढ्न सक्ने, शेक्सपियर वा उनको कुनै कृतिको नाम सुनेका मान्छे हाम्रो समाजमा थिए होलान् पो कति? अझ ती कृतिहरू पढेका मान्छे? नभन्दै मैले पढेको थिएँ उहिल्यै नेपालीमा अनुवादित जुलियस सीजर। म निम्न माध्यममिक कुनै एक कक्षामा पढ्दथें होला जुनबेला धर्मानन्द उपाध्याय पोखरेल (जेठा महाजन) टंकनाथ उपाध्यायलाई लिएर हाम्रो घर पुग्नु भएको थियो – उद्देश्य जुलियस सिजरका प्रतिहरूको बिक्री। किताब छपाएपछि लेखकलाई आफ्नो कृति धेरैजनाले पढिदिउन्, छपाउँदा लागेको खर्चसम्म त असुल होस् भन्ने लाग्छ। टंकनाथ उपाध्याय पनि त्यही ‘रोग’ले पीडित भएरै आफूले नचिनेको ठाउँसम्म पुग्नु भएको रहेछ। तर हाम्रो गाउँमा पुस्तक विक्रय अभियान सफल भएन। साहित्यसँग खास सम्पर्कमा नआएका गाउँका कृषकहरूले चिन्न न जान्नु, सुन्दै पनि नसुनेका शेक्सपियर वा जुलियस सिजरलाई किन पो स्वागत गर्दथे? हाम्रो घरमा बाले एक प्रति राखिदिनु भएकाले मैले पढ्न पाएको हुँ (राम्ररी नबुझे पनि त्यसबेला) टंकनाथ उपाध्याय अनुवादक हुनुको साथै मौलिक लेखक पनि हुनुहुन्थ्यो। उहाँको पुड्के हवलदार भन्ने कथाचैं मैले पनि पढेको हुँ। बडो चाख लाग्दो छ यो कथा। गीता उपाध्यायको विषयमा लेख्दा उहाँका बाबुको कुरो धेर लेखेकोजस्तो लाग्यो होला कसै कसैलाई। गीता उपाध्यायको साहित्यिक व्यक्तित्व निर्माणमा उहाँका पिताको सर्वाधिक अवदान छ जस्तो लागेर नै मैले यी कुरा लेखेको हुँ।
गीता उपाध्यायले उहाँका पिताले झेल्नु परेको जस्तो समस्या, आफ्ना किताब बेच्न गाउँगाउँ हिंड्नु पर्ने स्थिति झेल्नु परेको देखिंदैन। उहाँका कृतिहरू टाढाटाढासम्म पुगेका छन्, मानिसले रूचाइदिएकाले होला ती कृतिहरू मुसाको आहार हुन पाएका छैनन्। असमीयामा लेखिएका उहाँका कतिपय कृति नामी प्रकाशक गोष्ठीले, एउटा त असम साहित्य सभाले आफैं प्रकाश गरिदिएका छन्। लेखिकाको भाग्य भनिन्छ यसलाई, तर, मलाई लाग्छ, भाग्यभन्दा धेर कृतित्वको सुफल हो यो। कृतिको गुणगत मानदण्ड र यसको सम्भाव्य जनप्रियता विचार गरेर मात्रै व्यावसायिक (प्रकाशन) गोष्ठीले कुनै कृति छपाउने/नछपाउने निर्णय लिएको हुन्छ।
मान्छे साधारणतः आफ्नो प्रवृत्तिअनुसार काम गर्छन्। पढ्ने-लेख्ने प्रवृत्ति भएको मान्छे आफूलाई सुहाउने प्ररिवेश खोज्छ, अनि त्यस्तो परिवेश निर्माण गर्न खोज्छ पनि। उपयुक्त परिवेश बनाउन पनि चाहिंदोरहेछ उपयुक्त वा अनुकूल परिवेश। रेडिमेड अनुकूल परिवेश पाउनु दुर्लभ छ। गीता उपाध्यायले भने पढ्ने, लेख्ने, साहित्य साधना गर्ने अनुकूल परिवेश घरमै भेटेको कुरो माथि उल्लेख गरिएकै हो। शिवसागर कलेजमा प्राध्यापिका भएपछि, उहाँलाई, सौभाग्यवश आफूले खोजेजस्तै परिवेश प्राप्त भएछ। असमीयाका लब्धप्रतिष्ठ लेखक, शिक्षाविद र अन्य बुद्धिजीवीहरूको सङ्गत पाउनु भयो। के खोज्दछस् काना आँखा! त्यहाँको बौद्धिक तथा सांस्कृतिक वातावरणमा आफूलाई मिलाउन गीता उपाध्यायले केही कष्ट गर्नु परेन। शिवसागरको बौद्धिक जमातले पनि उहाँलाई सहर्ष स्वीकार गयो।
गीता उपाध्याय नेपाली र असमीया दुवै भाषामा उत्तिकै कलम चलाउनु हुन्छ। दुइटा भाषामा गरी उहाँका कृतिहरू डेढ दर्जन भइसके, दुइ दर्जनको सीमा नाघ्न अब धेर दिन पर्खनु नपर्ला हो। एन फ्राङ्कको डायरीको अनुवाद हो उहाँको प्रथम कृति। दोस्रो विश्वयुद्धको विभीषक बेला स्वेच्छाचारी हिटलरको फौजबाट ज्यानजोगाउन परिवारसाथ एउटा गुप्तगृहमा लुकेर बस्नु परेको बेला एन फ्राङ्क नाम गरेकी एउटी यहुदी किशोरीले लेखेको दिनलिपि हो एन फ्राङ्कको डायरी। यो डायरी पढ्दा कुनै पनि संवेदनशील पाठकको मन विचलित नभई छोड्दैन। अंग्रेजी या अरू भाषा नजान्ने नेपालीहरूले पनि नेपालीमा अनुवादित त्यो डायरीमार्फत् जान्न पाए युद्ध भनेको कति भयानक चीज रहेछ, युद्धले मानिसलाई कतिसम्म तल झार्दो रहेछ, कतिसम्म हिंरुा बनाउँदो रहेछ अनि मानिस कतिसम्म असुरक्षित र त्रासित हुँदोरहेछ। गीता उपाध्यायको यस पहिलो कृतिमा असमीया भाषाका निकैवटा शब्द पाइन्छ। असमीया भाषा असमे नेपालीहरूको धातृभाषा हुनाले उनीहरूले नेपाली लेख्दा असमीया शब्द सुटुक्क आएर उनीहरूको लेखोटमा पस्नु स्वाभाविकै हो। उक्त अनुवाद कृतिका भूमिकाकार विद्वान डा. डिल्लीराम तिमसिनाको भनाइमा पनि आसामको नेपालीहरूले आफ्ना पारिसकेका असमीया शब्दहरूको नेपाली कृतिहरूमा प्रवेश हुनु अस्वाभाविक र अनुचित होइन। गीता उपाध्यायका पछिपछिका कृतिहरूमा भने असमीया शब्दहरू एकाध मात्रै पाइन्छन्।
निरुपमा बरगोहाइँको अभियात्रीलाई नेपालीमा अनुवाद गर्नु एउटा प्रशंसनीय काम हो गीता उपाध्यायको। अभियात्री हो असमकी नारी जागरणकी अग्रदूत, स्वाधीनता सङ्ग्रामी र अक्लान्त समाज सेवी चन्द्रप्रभा शइकीयानीको सङ्घर्षमय जीवनमा आधारित एक बहुचर्चित र बहुसमादृत उपन्यास। चन्द्रप्रभा थिइन् साँचै नै अनन्या, महत् जीवनादर्श भएकी साहसी महिला। देश या समाजको कुरो सोच्ने, समाज विशेष गरी नारी समाजको हितार्थ केहीगर्न खोज्ने हाम्रा दिदी बहिनी र आमाहरूका लागि अभियात्रीकी नायिका चन्द्रप्रभा शइकीयानीको जीवनगाथा प्रेरणादायक हुनेछ।
गीता उपाध्यायको 2003 मा प्रकाशित मन्दाकिनी र अलकानन्दको तीरैतीर बद्रीकेदारसम्म हो असमबाट पुस्तकाकारमा निस्केको दोस्रो तथा गहिकिलो नियात्रा। यसमा लेखिकाले आमालाई लिएर उत्तर भारतका तीर्थहरूको दर्शन र अरू कतिपय प्रमुख स्थानहरू डुलेको चाक्षुस वर्णनाको साथै यात्राका सिलसिलामा भएका आफ्ना अनुभव अभिज्ञताहरू लेखिकाले आकर्षक ढङ्गले प्रकाश गरेकी छन्। ब्रिाटेन भ्रमण गर्दा शेक्सपियरको जन्मस्थानलगायत त्यस मुलुकका कतिपय ठाउँ हेरेर आफूलाई भएको अनुभव अनुभूतिका कुरा पनि लेखिकाले व्यक्त गरेकी छन् यसै नियात्रामा, नियात्रा शिक्षापद तथा मनोरञ्जक लाग्यो। कथाञ्जली हो गीता उपाध्यायका सत्रवटा कथाको संकलन। सन् 2008 मा प्रकाशित यो कथा संकलन पनि हो उहाँको सरल सरस भाषामा लेखिएको एक उच्च मान विशिष्ट कृति। यसभित्रको जन्मदिन भन्ने कथाचैं मलाई सबैभन्दा धेर राम्रो लाग्यो।
महाकवि देवकोटाको मुनामदन असमीयामा लयमै अनुवाद गर्नु गीता उपाध्यायको आँटिलो पदक्षेप हो। हाम्रा महाकविलाई कुनै पनि अनेपाली समाजमा चिनाउने प्रयासलाई स्तुत्य मान्नै पर्छ। यस सत्प्रयासका लागि उहाँ बधाइकी पात्र हुनुहुन्छ। प्रत्येक भाषाको स्वीकीय शैली, स्वीकीय लय हुन्छ। स्वकीय शैली र लयमा रचना गरिएको एउटा भाषाको कृति अर्को भाषामा उल्था गर्ने काम सजिलो होइन। तर पनि लेखिकाको प्रचेष्टा असफल भयो भन्न सकिन्न। मुनामदनको अनुवाद सन् 2000 मा भएको थियो भने त्यसका तेह्य वर्षअघि गीता उपाध्यायकै भानुभक्तको रामायणको असमीया अनुवाद असम साहित्य सभाले प्रकाशित गरिदिएको थियो। तर त्यो थियो गद्यानुवाद। गद्यानुवाद भएको हुनाले असमीया पाठकहरूले भानुभक्तीय छन्द, लय र उनको विशेष शैलीमा पाइने मिठास चाख्न पाएनन् होला, तापनि त्यसबाट उनीहरूलाई भानुभक्तको प्रतिभा र महत्ताको केही न केही जानकारी अवश्य प्राप्त हुनु पर्ने।
शंकरदेव जीवन र कर्म हो गीता उपाध्यायको अर्को एउटा उल्लेखनीय कृति। महापुरुष शंकरदेवका विषयमा असम बाहिर कम्ती नै प्रचार भएको छ। शंकरदेवले धर्म प्रचार, समाज सुधार, समाज संगठन, साहित्य सृष्टि के थोक गरेनन्? संगीत, नाटक, कलाको क्षेत्रमा पनि सबैभन्दा पहिले उनकै नाम लिनु पर्छ। भारतीय राष्ट्रियताको भावना जनताका मनमा जाग्रत गराउने काम पनि उनले गरेका हुन्। यस्ता महापुरुषको जीवनी र कर्मवृतान्त नेपालीमा लेख्नु एउटा महत्कार्य हो।
गीता उपाध्यायले असमका प्रसिद्ध साहित्यकार ‘सुन्दरका पूजारी’ ज्योतिप्रसाद अगरवालाको कारेङर लिगिरी भन्ने नाटक नेपालीमा दरबारकी सुसारे नामले अनुवाद गरेर साहित्य अकादमी पुरस्कार प्राप्त गरेको कुरो सर्वज्ञातै छ। ग्रन्थहरूबाहेकै नेपाली र असमीया पत्रपत्रिकाहरूमा उहाँका कति लेख प्रकाशित भएका छन् तिनको गन्ती छैन।
गीता उपाध्यायको अहिलेसम्मको अन्तिम कृति हो जन्मभूमि मेरो स्वदेश – स्वनाम धन्य छविलाल उपाध्यायको जीवनकेन्द्रिक उपन्यास – एक वृहत् एवं अनुपम जीवन्यास। छविलाल उपाध्याय थिए एकजना स्वाधीनता सेनानी, हक्की तथा साहसी व्यक्ति, शिक्षाप्रेमी तथा सुधारवादी सामाजिक कार्यकर्त्ता। नेपालीहरूका मात्रै नभएर उनी अन्य सम्प्रदायहरूका पनि सर्वमान्य नेता, तथा एकजना भरपर्दो मार्गदर्शक थिए। उनै छविलाल बाबुको जीवनी उनकै नातिनीले उपन्यासको रूप दिएको हो – जन्मभूमि मेरो स्वदेश। किताब रोचक र शिक्षाप्रद छ। जीवनी वा उपन्यास मात्र नभएर यो कृति मातृभूमिको स्वतन्त्रताका लागि देशव्यापी भएको जनआन्दोलन र त्यस जनआन्दोलनमा असमे नेपालीहरूले लिएको महत्वपूर्ण भूमिकाको एउटा ऐतिहासिक दस्तावेज पनि हो।
प्रा. गीता उपाध्यायको भाषा (नेपाली होस् या असमीया) सबैले बुझ्ने किसिमको सरल छ, उहाँको शैलीमा कुनै कृत्रिमता पाइँदैन। भाषा शैली दुवैमा उनको शान्त, शिष्ट, मितभाषी र प्राज्ञिक व्यक्तित्व प्रतिफलित भएको हो कि त! असमीया र नेपाली साहित्यिक समाजमा दुवैमा उहाँ सम्मानित हुनुहुन्छ, यो प्राप्य पनि हो उहाँको। साहित्य साधना – अध्ययन र नवनव सृष्टि त गीता उपाध्यायका जीवनको प्रधान लक्ष्य हो। यसबाहेक पनि उहाँको सामाजिक जीवनका अरू पाटा, अरू उपलब्धि पनि उल्लेखनीय नै छन्। विभिन्न संघ संस्थाहरूसँग उहाँको संलग्नता र सहभागिता सबैले जानेकै कुरो हो। तिनमा प्रमुख हुन् दुइटा साहित्यिक संस्था – एउटा नेपाली अनि अर्को असमीया। 1997-2001 नेपाली साहित्य परिषद्, असम र 2001-2004 मा असम लेखिका संस्थाको अध्यक्ष पद अलङ्कृत गरेर उहाँले ती संस्था दुइटालाई सबल नेतृत्व प्रदान गर्नु भएको हो। अरू पनि कतिपय संघ संस्थासित उहाँको संलग्नता थियो, अध्यावधि छँदैछ संलग्नता कुनै कुनैमा।
कुनै संस्था संगठनसितको संलग्नता या कुनै पद प्राप्ति गीता उपाध्यायका लागि गौण हुन्। साहित्यप्रति समर्पित एक आकर्षक व्यक्तित्वका रूपमै उहाँ सर्वत्र परिचित एवं सम्मानित हुनुहुन्छ।
अन्तमा भगवानले गीता उपाध्यायलाई आजीवन स्वस्थ र कार्यक्षम राखुन् – यही कामना साथ–
तेजपुर, असम
अनुक्रमणिका
- गीता उपाध्याय : एक छोटो कैरन
- गरिमायुक्त व्यक्तित्व गीता उपाध्याय
- गीता उपाध्याय : व्यक्तित्व र कृतित्व
- सुश्री गीता उपाध्यायको व्यक्तित्व र कृतित्वको संक्षिप्त रूपरेखा
- गीता उपाध्यायको जीवन र कर्म : एक विहंगम दृष्टि
- एन फ्रेन्कको डायरीबारे
- गीता उपाध्याय र एन फ्रेङ्कको डायरी
- अनुवाद साहित्यको क्षेत्रमा गीता उपाध्यायको योगदान
- केही भन्नु पर्दा
- गीता उपाध्यायको नियात्राकारिता
- ब्रह्मपुत्रको किनारदेखि अलकानन्दाको तीरैतीर
- “…. हामी भर्खर तीर्थका ढोकामा आइपुगेका छौं …’
- ‘कथाञ्जली’-को भावभूमि
- गीता उपाध्यायकृत कथाञ्जली : एक अध्ययन
- विविध व्यक्तित्वका आलोकमा कथाकार गीता उपाध्याय
- कथाञ्जली – एक अवलोकन
- गीता उपाध्याय दिदीको ‘कथाञ्जली’ सरसर्ती पढ्दा
- ‘सुबासित बताह’ गीता उपाध्यायका कथाहरूको पर्यालोचना
- बाल साहित्यमा गीता उपाध्याय
- विश्वप्रसिद्ध किशोरी एन फ्रांकको कथा
- जन्मभूमि मेरो स्वदेश : परिक्रमा र मन्थन
- एक स्रष्टाका वाणीमा ध्वनित लाखौंको ढुकढुकी : जन्मभूमि मेरो स्वदेश
- उपन्यास जन्मभूमि मेरो स्वदेश – इतिहासपरक सामान्य पठन
- गीता उपाध्यायसँग बिताएका बाल्यकालका केही समय
- शैशवदेखि परिचित गीता दिदी : आफ्नो सम्झनाको सेरोफेरो
- गीता उपाध्याय
- भारतेली नेपाली साहित्यकी ध्रुवतारा प्रा. गीता उपाध्यायको सम्झनामा केही हरफहरू
- गीता उपाध्याय : मेरी घनिष्ठ मित्र
- आत्मप्रकाशले उज्यालिएको जीवन र सृष्टि
- प्रा. गीता उपाध्याय – एक विरल साहित्य सेविका
- साहित्यको फुलबारीमा समन्वयको फूल फुलाउने गीता उपाध्याय
- असमीया साहित्यमा गीता उपाध्यायको योगदान
- शिशु साहित्य लेखिका गीता उपाध्याय
- साहित्य समाजको वर्गीय प्रतिबिम्ब हो
- नेपाली साहित्य परिषद् असमकी विदाई अध्यक्षा सुश्री गीता उपाध्यायसित केही अन्तरङ्ग पलहरू
- अतीतलाई फर्केर हेर्दा
- केही अनुभूतिहरू
साहित्यको फुलबारीमा समन्वयको फूल फुलाउने गीता उपाध्याय
खड्गबहादुर कौशिक
तीसकै दशकमा असमेली नेपाली साहित्यकार स्व. हरिप्रसाद गोर्खा राई, स्व. धनबहादुर सुनार आदिले आह्वानको पन्नामा असमीया साहित्य साधनाको बीजारोपण गरेका थिए। पहिलो पिँढीमा त्यो बीजलाई अथक परिश्रमले मलजल हालेर फूलबारी बनाउँदै साहित्यमा समन्वयका विविध फूल फुलाउने नेपाली साहित्यिक सर्जकमध्ये सर्वप्रथम नाउँ लिन सकिने सफल साहित्यकार हुन् गीता उपाध्याय। उनको गरिमामय व्यक्तित्वलाई यो सानो लेखमा अटाउँछु भन्नुचाहिँ मेरानिम्ति सियाको दुलाबाट हात्ती छिराइदिन्छु भने बराबर हो। गीता उपाध्यायको नाउँ लिँदा, एक प्रचारविमुख सहज-सरल, अल्पभाषी, सुन्दर पोसाक परिहिता, भद्र महिलाको छवि आँखा अघिल्तिर झल्किन्छ। हाइस्कूलको कक्षा पाँचमा छँदा पहिलोपल्ट गीता दिदीलाई देख्ने मौका पाएको थिएँ। यो सन् 1971 को अन्तिमतिरको कुरा हो। त्यतिबेला दिदी शिवसागर कलेजमा राजनीति विज्ञानमा अध्यापिकाको रूपमा सेवारत हुनुहुन्थ्यो। यहाँ एउटा कुरा उल्लेख नगरी सकिन। आफू एउटा सानो पछौटे गाउँबाट पढ्न शहर आएको थिएँ। गीता दिदीलगायत उनका परिवारका अन्य सदस्यहरू जस्ता सपक्क मिलेका, आकर्षणीय व्यक्तित्व र आभिजात्यको समाहार भएको परिवार मैले सायद देखेको थिइन। त्यस समयमै एउटा एम्बासेडर कारमा दिदीहरू आउनेजाने गर्ने हुनाले त्यो कार हेरेर नै हामी दिदीहरू आएको नआएको अडकल लाउने गर्दथ्यौं। यसै पनि दिदीको तेजपुर चाँदमारीस्थित घर र हाम्रो घरलाई मात्र एउटा बाह्र फुटको बाटोले छुट्याएको छ। दिदीको निकटतम छिमेकी भएकोले दिदीहरूको परिवारलाई नजीकबाट जान्ने मौका मिल्यो, उसरी नै आत्मीयता पनि बढ्दै गयो। आफूलाई पनि एकै परिवारका सदस्यजस्तो लाग्ने मधुर सम्पर्कले गर्दा, गीता दिदीलाई दिदी भन्दा आज आफ्नै दिदीको आदरसम्मानको अनुभव हुन्छ, गर्व लाग्छ। विशेष गरी दिदीका माइला भाइ स्वरूप उपाध्याय (पूर्वाञ्चलका पहिलो नेपाली लोकसभा सांसद) तेजपुर कोर्टमा वकालत गर्ने हुँदा उनको बौद्धिक सान्निध्यले उपकृत भएको, प्रेरित पारेको कुरा मेरा एकाधिक लेखमा उल्लेख गरिसकेको हुनाले यो लेख लामो पार्न चाहन्न। यसरी बिस्तारै गीता दिदीको साहित्यिक व्यक्तित्वसँग पनि चिन्हारी र चासो बढ्दै जान थाल्यो। अघि नै जिक्र गरी सके तापनि पुन: यहाँ केही कुरा उल्लेख गर्न मुनासिब सम्झेको छु।
गीता दिदीको जन्म एक कुलीन परिवारमा भएको हो। उनका हजुरबा प्रख्यात स्वाधीनता सङ्ग्रामी, असम हितैषी स्व. छविलाल उपाध्यायले त्यसताकको असमको एकमात्र राजनैतिक संस्था असम एसोसिएसनको सन् 1921 मा जोरहाट शहरमा सम्पन्न भएको ऐतिहासिक सभामा सभापतित्व गरेर आफ्नो साहसिक र कुशल नेतृत्वको चिन्हारी दिएका हुन्। यो भारतीय नेपालीकै निम्ति गर्वको कुरा हो। भारत स्वाधीन हुने पूर्व असमका मूर्धन्य राजनेता एवं साहित्यिक, सङ्गीतकार एकजुट भएर सङ्ग्रामको परिकल्पना तयार गर्ने अनुष्ठानझैं थियो सङ्ग्रामी छविलालको घर। यस्तो राजनैतिक वातावरण बीच पनि साहित्य सिर्जनाले निरन्तरता पाइरहेको थियो। गीता दिदीका पिता स्व. टङ्कनाथ उपाध्याय स्वयम् एक कथाकार एवं सफल अनुवादक थिए। सन् 1940 मै काठमाडौंको प्रसिद्ध पत्रिका शारदामा उनको कथा पुड्के हवलदार प्रकाशित भएको थियो। यो कथा पूर्वाञ्चलकै पहिलो आधुनिक कथाको रूपमा मानिन्छ। उसरी नै सन् 1953 मा शेक्सपीयरका एकाधिक प्रसिद्ध नाटक अङ्ग्रेजीबाट नेपालीमा अनुवाद गरेर कुशल अनुवादकको परिचय दिएका छन्। यसरी राजनीति र साहित्यको खिँचातानीमा हुर्किंदा गीता दिदीलाई साहित्यले नै आकर्षित गऱ्यो, गर्नु स्वाभाविक नै थियो।
गीता दिदीको साहित्य यात्राको थालनी अनुवाद साहित्यबाट नै भएको थियो। यो अनुवाद विधाले दिदीलाई अद्यावधि छाडेको छैन। दिदीले असमीया र नेपाली दुवै भाषामा बराबर साहित्य साधना गरे तापनि उनको पहिलो प्रकाशित कृति भने मातृभाषा नेपालीमै भएको थियो। सन् 1972 मा गीता दिदीले एनफ्रेङ्कको डाएरी अङ्ग्रेजीबाट नेपालीमा अनुवाद गरेर साहित्यका बाटामा पहिलो पाइलो चाल्नुभएको थियो। यो डाएरी एउटी चौध-पन्ध्र वर्षे यहुदी चेलीको मर्मकथा हो। हिटलरका नाजी सैन्यले यहुदीमाथि कस्तो निष्ठुर, अमानवीय अत्याचार चलाएको थियो त्यसको एक जीउँदो नमूना हो यी चेलीले भोगेको त्रासित जीवन। यसरी हत्या गरिएको थियो 60 लाखभन्दा बढी यहुदीलाई अति निर्मम तरीका अपनाएर। मानव इतिहासको यो एक भयानक घृणित अध्याय हो। पहिलो कृति, त्यो पनि एन फ्रेङ्कको डाएरी अनुवाद गर्न दिदीले चयन गर्नुमा दिदीमा रहेको संवेदनशीलता र सचेतनतालाई नै छर्लङ्ग पारेको छ भन्न सकिन्छ। एन फ्रेङ्कको डाएरीको आवरण पृष्ठमै टेबुलमाथि हात राखेर बब्काट केशमा एनको हाँसेको मुहारको फोटो आज पनि मेरा आँखा अघिल्तिर झल्किन्छ, ओझल हुनसकेको छैन। बाहिर पन्नामा त्यो फोटो हाँसेको भए तापनि भित्री पन्नाहरू भने हाँसो खोसेको यन्त्रणा र त्रासले भरिएको छ। यहाँ यो कुरा उल्लेख गर्न पाउँदा मलाई खुसी लागेको छ। सत्तरको दशकको शुरुआतमा मैले पहिलो पढेको नेपाली किताप नै थियो यो एन फ्रेङ्कको डाएरी। यो किताप मैले एकाधिकपल्ट पढें। अनि आफ्नो गाउँमा लगेर साथीहरूलाई पढ्न दिएँ। पढे पनि। धेरै दिन एन फ्रेङ्कको दु:ख-पीडाको सहभागी भएर हामीले हिटलरको नाजीलाई घृणा र श्राप पोखेर आफ्नो आफ्नो धित् मेटाउने प्रयास गरेको मलाई अझ याद आउँछ। दिदीको नेपाली अनुवाद कतिले पढे, पढेनन् जान्दिन तर यसको ठीक तीन वर्षपछि असमीया अनुवाद प्रकाशित हुन्छ। यसले हलचल मच्चायो। हृदय खोलेर असमिया पाठकले स्वागत गरे, पढे। अनि कयौं संस्करण प्रकाशित भए। गीता दिदीलाई यो अनुवादले कहिल्यै नबिर्सिने चिन्हारी गरायो। एन फ्रेङ्कको डाएरी छुट्टै पहिचानको दसी भयो। यसरी दर्जनौं कृतिले असमीया साहित्यको भण्डार समृद्ध पार्दै गइन् गीता दिदीले। असमीया साहित्य जगतसँग एक अभिन्न साहित्यिक नाता जोड्न सफल साहित्यकार गीता दिदी आज दुवै भाषाको साहित्यमा समन्वयको सेतुबन्ध निर्माताका रूपमा साधनारत भएको कुरा सर्वजन विदित छ। एउटा कुरा अस्वीकार गर्न गाह्रो पर्छ। असमीया साहित्य जगतले गीता दिदीलाई जति आदर-सम्मान एवं प्रतिष्ठा प्राप्त गराएको छ त्यति सायद अन्य कुनै नेपाली साहित्यकारलाई जुराएको छैन। अवश्य यसो भन्नाले नेपाली साहित्य जगतले चाहिँ दिदीलाई समादृत गरेको छैन भन्नखोजेको होइन। असमलगायत दार्जीलिङ, सिक्किम, नेपालमा पनि गीता दिदीको छुट्टै पहिचान छ। विभिन्न सम्मानले सम्मानित पनि गरिएको छ। भए तापनि कताकता हामी नेपाली सठीक समयमा सठीक तरीकाले प्रतिभालाई कदर गर्न अलिक पछि नै छौं कि? मलाईचाहिँ यस्तै सन्देह हुन्छ।
यहाँ एउटा कुरा उल्लेख गर्दा निश्चय अप्रासङ्गिक नहोला। गीता दिदीलाई सन् 2013 मा साहित्य अकादमीको अनुवाद पुरस्कार प्राप्त हुन्छ। प्रसिद्ध साहित्यकार, सङ्गीतकार रूपकोवँर ज्योतिप्रसाद आगरवालाको ऐतिहासिक नाटक कारेङर लिगिरिको नेपाली अनुवाद दरबारकी सुसारेका निम्ति। धेरैले अनुवाद गर्नको निम्ति अनुवाद गर्छन्। तर कसैकसैले चाहिँ कुनै कृतिले हृदयको सतहसम्म पुगेर अनुवाद नगरेसम्म चैनले सास फेर्न नदिने हुनाले अनुवाद गर्छन्, गरेका हुन्छन्। गीता दिदीको अनुवादचाहिँ पछिल्लो किसिमको अनुवादमा पर्छ। गीता दिदीका धेरै मौलिक कृतिहरू दुवै भाषामा जनप्रिय छन्। यी मध्ये कथाञ्जली, जन्मभूमि मेरो स्वदेश (ऐतिहासिक उपन्यास) आदि हुन्। असमीया भाषामा एन फ्रेङ्कर डाएरी (अनुवाद), सुबासित बताह (कथा सङ्ग्रह), मा मई फाष्र्ट हलों (शिशु उपन्यास) आदि प्रमुख छन्। अन्य अनुवादहरूमा मुनामदन, भानुभक्तर रामायण, कला सुरूज आदि हुन्। यसरी नियात्रासहित दुवै भाषामा दिदीले दुई दर्जनभन्दा बढी अमूल्य कृतिहरू साहित्य जगतलाई उपहार दिएर हामीलाई गौरव गर्ने खोराकको सृजना गरिदिएकी छन्। विभिन्न पत्रपत्रिकामा धेरै मूल्यवान लेखहरू प्रकाशित छन्। यी मध्ये असम सरकारको इतिहास एवं प्राचीन तत्व अध्ययन विभागद्वारा आसामे नेपालीको इतिहास र संस्कृतिसम्बन्धी एक महत्त्वपूर्ण ऐतिहासिक दस्तावेजको प्रकाशनको आडमा पनि हाम्रोध्वनिका सम्पादक स्व. अनुराग प्रधानपछि नै गीता दिदीको एक अहम् भूमिका रहेको जान्न पाइन्छ। उसरी नै असमको पत्रकारिताको 150 वर्ष उपलक्ष्यमा मीडिया ट्रस्ट असमले प्रकाशित गरेको एक ऐतिहासिक सङ्कलन 150 years of Journalism in Assam को असमीया संस्करणमा नेपाली पत्रकारितालाई वञ्चित गरिएको थियो। गीता दिदीको निजी प्रयासमा अङ्ग्रेजी संस्करणमा उनको History of Nepali Journalism in Assam भन्ने एक तथ्यपूर्ण लेख समावेश गरिन्छ। दिदी भ्रमणपिपाषु भएरै होला भानुभक्तको जन्मथलोदेखि शेक्सपीयरको जन्मथलोसम्म दिदीले दर्शन गरिसकेको जान्न पाइन्छ। आमस्टर्डममा एन फ्रेङ्कको गुप्तगृहसम्म दर्शन गर्न पुगेको कुरा दिदीको नियात्राबाट थाहा लाग्छ। यूरोपका धेरै दर्शनीय स्थानहरू दिदीले यात्रा गरिसकेकी छन्।
शिवसागर कलेजमा प्राध्यापिका हुनअघि दिदी नेपाल सरकारको पर्यटन विभागमा सेवारत हुँदा, कुइन एलिजाबेथ-2, रसियाका राष्ट्रपति भोराचेल एवं जापानका युवराजलाई एयरपोर्टमा स्वागत गर्ने मौका दिदीलाई प्राप्त भएको थियो। धेरै विशिष्ट व्यक्तिहरूको सान्निध्य प्राप्त छ दिदीलाई। असम लेखिका संस्था, असम नेपाली साहित्य परिषद् (हाल असम नेपाली साहित्य सभा) जस्ता महान अनुष्ठानको दिदीले अध्यक्षाको पद अलङ्कृत गरिसकेको कुरा मननयोग्य छ। लेख नचाहिँदो लामो हुने डरले दिदीलाई प्राप्त धेरै सम्मानको कुरा यहाँ इच्छा छँदा पनि वयान गर्न सकिन। निरन्तर साहित्य साधना र सामाजिक कार्यमा सक्रिय रूपमा आज 75 वटा बसन्त नाघेर पनि दिदी उत्तिकै सक्रिय देखिन्छिन् जति अगाडि थिइन्। यस्तै सक्रियतामै दिदीलाई शतायु पूर्ण गरेको थाहा नहोस्।
अन्तमा दिदीकै ऐतिहासिक पटभूमिमा रचित जन्मभूमि मेरो स्वदेश उपन्यासलाई कोट्याएर यस लेखको बिट मार्नपट्टि लाग्नुपऱ्यो। 2013 सन्-मा प्रकाशित यो उपन्यास हालैमा असमीया भाषामा पनि लगभग प्रकाशित भइसक्न लागेको छ। यस उपन्यासका मूल नायक दिदीका हजुरबा प्रख्यात स्वाधीनता सङ्ग्रामी छविलाल उपाध्यायलाई पारिए तापनि समसामयिक कालका धेरै चरित्रहरू यथावत राखिएको छ। अन्य काल्पनिक पात्रहरूले पनि उपन्यासलाई रोचक बनाएको छ। उपन्यासमा त्यसताकको असम एवं भारतको स्थितिलाई विभिन्न प्रकारले आलोकपात गर्न खोजिएको छ। कसरी छविलाल उपाध्यायले एकातिर बास र गाँसको टुङ्गो नभएका स्वजातिलाई असमको मूल जनगोष्ठीसँग जोड्नलाई, आर्थिक, शैक्षिक, सांस्कृतिक एवं समाजमा प्रचलित अन्धविश्वास, रुढीवादको विरोधमा सङ्ग्राम गर्नुपरेको थियो। अर्कातिर बृटिस शासक विरुद्ध चलाएको सङ्ग्राममा समर्पित भएको मनोग्राही र प्रेरणाप्रद वर्णन छ। एक अर्थमा यो उपन्यास आसामे नेपालीको विकासक्रमको एक ऐतिहासिक टिपन हो साथै एक व्यतिक्रमिक उपन्यास पनि।
चाँदमारी, तेजपुर
अनुक्रमणिका
- गीता उपाध्याय : एक छोटो कैरन
- गरिमायुक्त व्यक्तित्व गीता उपाध्याय
- गीता उपाध्याय : व्यक्तित्व र कृतित्व
- सुश्री गीता उपाध्यायको व्यक्तित्व र कृतित्वको संक्षिप्त रूपरेखा
- गीता उपाध्यायको जीवन र कर्म : एक विहंगम दृष्टि
- एन फ्रेन्कको डायरीबारे
- गीता उपाध्याय र एन फ्रेङ्कको डायरी
- अनुवाद साहित्यको क्षेत्रमा गीता उपाध्यायको योगदान
- केही भन्नु पर्दा
- गीता उपाध्यायको नियात्राकारिता
- ब्रह्मपुत्रको किनारदेखि अलकानन्दाको तीरैतीर
- “…. हामी भर्खर तीर्थका ढोकामा आइपुगेका छौं …’
- ‘कथाञ्जली’-को भावभूमि
- गीता उपाध्यायकृत कथाञ्जली : एक अध्ययन
- विविध व्यक्तित्वका आलोकमा कथाकार गीता उपाध्याय
- कथाञ्जली – एक अवलोकन
- गीता उपाध्याय दिदीको ‘कथाञ्जली’ सरसर्ती पढ्दा
- ‘सुबासित बताह’ गीता उपाध्यायका कथाहरूको पर्यालोचना
- बाल साहित्यमा गीता उपाध्याय
- विश्वप्रसिद्ध किशोरी एन फ्रांकको कथा
- जन्मभूमि मेरो स्वदेश : परिक्रमा र मन्थन
- एक स्रष्टाका वाणीमा ध्वनित लाखौंको ढुकढुकी : जन्मभूमि मेरो स्वदेश
- उपन्यास जन्मभूमि मेरो स्वदेश – इतिहासपरक सामान्य पठन
- गीता उपाध्यायसँग बिताएका बाल्यकालका केही समय
- शैशवदेखि परिचित गीता दिदी : आफ्नो सम्झनाको सेरोफेरो
- गीता उपाध्याय
- भारतेली नेपाली साहित्यकी ध्रुवतारा प्रा. गीता उपाध्यायको सम्झनामा केही हरफहरू
- गीता उपाध्याय : मेरी घनिष्ठ मित्र
- आत्मप्रकाशले उज्यालिएको जीवन र सृष्टि
- प्रा. गीता उपाध्याय – एक विरल साहित्य सेविका
- साहित्यको फुलबारीमा समन्वयको फूल फुलाउने गीता उपाध्याय
- असमीया साहित्यमा गीता उपाध्यायको योगदान
- शिशु साहित्य लेखिका गीता उपाध्याय
- साहित्य समाजको वर्गीय प्रतिबिम्ब हो
- नेपाली साहित्य परिषद् असमकी विदाई अध्यक्षा सुश्री गीता उपाध्यायसित केही अन्तरङ्ग पलहरू
- अतीतलाई फर्केर हेर्दा
- केही अनुभूतिहरू
असमीया साहित्यमा गीता उपाध्यायको योगदान
झरना देवी
विषय प्रवेश : नारी समाजका एक अभिन्न अङ्गस्वरूप हुन्। नारी शिक्षित भए मात्र एउटा समाज उन्नत बन्न सक्छ। त्यसैले प्रत्येक समाजमा नारीको भूमिका उल्लेखयोग्य हुन्छ। पौराणिक युगदेखि नै असमका नारीले सामाजिक, राजनैतिक, साहित्यिक आदि क्षेत्रमा योगदान पुऱ्याउँदै आएका छन् र उच्च स्थान पाउन पनि सफल भएका छन्। स्वाधीनता सङ्ग्रामी कनकलता बरुवा, शहीद बैजयन्ती देवी, वीराङ्गना मूला गाभरू, साहित्यिक पद्मप्रिया आदिको नाम इतिहासका पानामा सुनौला अक्षरले लेखिएका छन्। त्यस्तै प्रकारले ‘एन फ्रान्कको डायरी’ अनुवाद गरी साहित्य लेखनको फाँटमा ओर्लिएकी गीता उपाध्याय असमका लेखिकाहरूमा अग्रपंक्तिकी लेखिका हुन्। नेपाली साहित्यका साथसाथै असमीया साहित्यका क्षेत्रमा उनको योगदान उल्लेखयोग्य छ। अनुवादका क्षेत्रमा पनि उनले अङ्ग्रेजीबाट असमीया, असमीयाबाट नेपाली र नेपालीबाट असमीया भाषामा धेरै मूल्यवान ग्रन्थ अनुवाद गरेकी छन्। साथै नेपाली तथा असमीयामा मौलिक कृतिहरू पनि रचना गरेकी छन्। यी कृतिहरूले असमीया र नेपाली दुवै साहित्यको ढिकुटी दर्बिलो पार्न धेरै मात्रामा सगाउ पुऱ्याएको छ भन्न धकाउनु पर्दैन।
गीता उपाध्यायको जन्म : भारतको स्वाधीनता आन्दोलन चलिरहेको समयमा अर्थात् 1939 को 14 फेब्रुवारीमा टङ्कनाथ उपाध्याय र भागिरथी देवीकी प्रथम पुत्री गीता उपाध्यायको जन्म शोणितपुर जिल्लाको बिहाली माजगाउँमा भएको हो।
शिक्षा-दीक्षा : माजगाउँको बालिका विद्यालयबाट शिक्षा जीवन प्रारम्भ गरेर 1955 सन्-मा प्रवेशिका परीक्षा उत्तीर्ण गर्छिन्। त्यसपछि गुवाहाटीको सन्दिकै महाविद्यालयबाट 1959 मा स्नातक र 1964 मा गुवाहाटी विश्वविद्यालयबाट राजनीति विज्ञानमा स्नातकोत्तर हासिल गर्छिन्। असमबाट स्नातक र स्नातकोत्तर परीक्षा उत्तीर्ण हुने पहिलो नेपाली नारी भएकाले उनको नाम असम ट्रिब्युनमा फोटोसहित छापिन्छ। तत्कालीन समयमा छोरीहरूमाथि धेरै अनुशासन थियो र सानै उमेरमा बिहे गरिदिने प्रचलन भएकाले छोरीहरूले धेरै वर्ष स्कूल पढ्न पाउँदैनथे। तर साहित्य-संस्कृति र राजनीतिको धारामा बगेको ऐतिह्यमय परिवारकी छोरी भएकाले शिक्षाको क्षेत्रमा उनलाई कुनै बाधा थिएन। स्कूल पढिरहेकै अवस्थामा नाटक अभिनय गर्न, पियानो, ग्रामाफोन बजाउन र बेडमिन्टन खेल्न पनि उनी कुशल थिइन्।
सामाजिक व्यक्तित्व : समाजकर्मीका रूपमा पनि उनको छुट्टै पहिचान छ। शिवसागर महाविद्यालयमा कार्यरत अवस्थामा उनले विभिन्न पर्यायका विद्यालय, नामघर, क्लब आदि निर्माणमा सहयोग गर्नका साथै पीडित महिलाहरूलाई सहयोग गर्ने काम पनि गरेकी हुन्।
संस्था संगठन : साहित्य साधनाका साथसाथै उनी संस्था संगठनहरूसंग पनि संलग्न छन् र साङ्गठनिक क्षेत्रमा उनको योग्यता सराहनायोग्य छ। शिवसागर लेखिका संस्थाकी सम्पादिकाबाट असम लेखिका संस्थाकी संयुक्त सम्पादिका त्यसपछि उप-सभानेत्री र अन्तमा सभानेत्रीको पदमा आरूढ हुन् पुगेकोमा उनको साङ्गठनिक योग्यता झल्किन्छ। यस उपरान्त नेपाली साहित्य परिषद्की सभानेत्री, भारतीय गोर्खा परिसंघकी असम प्रान्तकी सभापति आदि पदमा पनि उनी अधिष्ठित भएकी हुन्। यसका साथै कान्ट्रि विमेन एसोसिएसन, सेवा साधना संस्थाजस्ता अन्य थुप्रै संस्थाहरूसंग सलग्न भएकी छन्।
सम्मान पुरस्कार : गीता उपाध्यायले डा. नीलिमा दत्त सोवँरनी बटा, नेपाल मितेरी सम्मान, फूलचन्द खण्डेलवाल संहति बटा, पद्मप्रसाद ढुङ्गाना साहित्य पुरस्कार, सिक्किम अकादमीकी सम्मानीय सदस्या, असम साहित्य सभाकी सम्मानित सदस्या र 2003 सन्-मा असम सरकारबाट साहित्यिक पेन्सन प्राप्त गरेकी हुन्। 2011 सन्-मा ‘दरवारकी सुसारे’ अनुवाद पुस्तकका निम्ति साहित्य अकादमी अनुवाद पुरस्कार प्राप्त गरेकी हुन्।
प्रेरणा : बाल्यकालदेखि नै उनले माता पिताबाट सङ्गीत चर्चा र अध्ययनशील गुण प्राप्त गरेकी हुन्। उनका पिता टङ्कनाथ उपाध्याय असमका पहिला कथाकार हुनका साथै उत्तम अनुवादक पनि हुन् जसले विलियम शेक्सपियरका तीनवटा नाटक नेपालीमा अनुवाद गरेका हुन्। उनले अनुवादको प्रेरणा बाबुबाट पाएकी हुन् भने आमाबाट सङ्गीत र आध्यात्म ज्ञान पाइन्। उनका बूढाबाबु छविलाल उपाध्याय प्रख्यात स्वाधीनता सङ्ग्रामी भएकाले त्यसको प्रभाव पनि उनीमाथि धेरै पऱ्यो र साथीहरूसँग खेल्दा पनि उनी सभा समिति शोभायात्रा आदि गर्ने गर्थिन्।
कर्म जीवन : काठमाडौंको टुरिष्ट अफिसमा सेक्सन अफिसरको रूपमा कर्मजीवन थालेर त्यसपछि बिहाली हाइस्कूलमा तथा समाजकल्याण विभागको महिला कण्डेन्स कोर्समा पनि उनले जागिर गरेकी हुन्। 1965 मा शिवसागर महाविद्यालयमा राजनीति विज्ञानकी प्राध्यापिकाका रूपमा योगदान गर्छिन्। कलेजमा पाठदानका साथै एन.सी.सी. महिला गोटमा लेफटेनेन्टको पदसम्म पुग्न पनि उनी सफल भएकी हुन्। 1999 सन्-मा विभाग प्रमुख भएर उनले अवकास प्राप्त गरेकी हुन्।
गीता उपाध्यायको साहित्यिक व्यक्तित्व : गीता उपाध्याय एकजना कुशल प्राध्यापिका हुनका साथै वरिष्ठ साहित्यिक अनुवादक पनि हुन्। असमीया, अङ्ग्रेजी, हिन्दी र नेपाली भाषाका ज्ञानले परिपुष्ट गीता उपाध्यायको अनुवाद कार्यले असमीया साहित्यमा विशेष स्थान ओगटन सफल भएकी छन्। उनी केवल अनुवादमा मात्रै केन्द्रित नरहेर साहित्यका अन्य विधा जस्तै – बाल साहित्य, कथा, उपन्यास, निबन्ध, भ्रमण वृतान्त आदि साहित्यिक कृतिहरूको पनि रचना गरेर पाठकको दृष्टि आकर्षण गर्न सफल भएकी छन्। उपाध्यायको कर्ममय जीवनको अन्यतम पक्ष हो साहित्य साधना। धेरै मौलिक अनुवादित कृतिका साथै निबन्ध प्रबन्धादिले नेपालीका साथसाथै असमीया साहित्यको पनि ढिकुटी दर्बिलो पार्न उनी धेरै मात्रामा सफल भएकी छन्।
उनका असमीयामा अनुवादित ग्रन्थहरू यसप्रकार छन् : 1. एन फ्रांकर डाएरी, (अङ्ग्रेजीबाट असमीयामा अनुवाद, 1975); 2. भानुभक्तर रामायण, (नेपालीबाट असमीयामा अनुवाद 1998); 3. कला सुरूज, (नेपालीबाट असमीयामा अनुवाद 1998); 4. मुनामदन, (नेपालीबाट असमीया अनुवाद, 2000); 5. भूमिपुत्र, (अङ्ग्रेजीबाट असमीया अनुवाद 2008); 6. कर्मवीर धनबहादुर निज अभिव्यक्तिर दापोनत, (नेपालीबाट असमीयामा अनुवाद); 7. नेपाल देशर लोक साधु, (नेपालीबाट असमीयामा 2001); 8. आनन्दी गोपाल, (अङ्ग्रेजीबाट असमीया 2012)।
उनका असमीया भाषामा प्रकाशित मौलिक ग्रन्थहरू यसप्रकार छन् :
1. एन फ्रेङ्कर गल्प 1996 (बालकथा); 2. मा मइ फाष्ट हलु (बाल उपन्यास) 1997; 3. सुवासित बताह (कथा सङ्कलन) 2005; 4. एकाजली गल्प सम्भार (कथा सङ्कलन) सेवाली बरूवासँग संयुक्त रूपमा; 5. सिलार दरे उरे मन (बाल- उपन्यास चारजना लेखकको संयुक्त प्रयोगधर्मी रचना)।
माथि उल्लेखित ग्रन्थहरूको संक्षिप्त वर्णन तल गरिन्छ।
(क) एन फ्राङ्कर डाएरी : एन फ्राङ्क नामकी यहुदी किशोरीले 13 वर्ष देखि 15 वर्षको उमेरसम्म लेखेको दैनन्दिनी नै एनफ्राङ्कको डाएरी हो। यो पुस्तक उनले अङ्ग्रेजीबाट नेपालीमा 1972 सन्-मा र असमीयामा 1975 सन्-मा अनुवाद गरेकी हुन्। यी अनुवाद पुस्तक लिएर उनी साहित्य लेखनको फाँटमा ओर्लिएर निरन्तर अघि बढिरहेको पाइन्छ। 55 वटा भाषामा अनुवाद हुन पुगेको यो डाएरी हिटलरको यहुदी हत्या यज्ञको दलिल मात्र नभएर दोस्रो विश्व युद्धको समयमा मानवीयतामाथि भएको हृदयविदारक इतिहास हो। गीता उपाध्यायले यसलाई नाट्यरूप दिएर यो मञ्चित पनि भइसकेको छ। अहिलेसम्म असमीयामा यसका दशवटा संस्करण छापिनु यसको लोकप्रियताको प्रमाण हो।
(ख) भानुभक्तर रामायण : नेपाली साहित्यका आदि कवि भानुभक्तको रामायणलाई असम साहित्य सभाको आग्रहमा उनले असमीयामा अनुवाद गरेकी हुन्। यस अनुवादले असमीया साहित्यको ठूलो खाँचो टारेको छ भन्न सकिन्छ। नेपाली साहित्यको धरोहर र आत्मास्वरूप रामायणलाई असमीया भाषामा अनुवादको निम्ति उनले फूलचन्द खण्डेलवार पुरस्कार प्राप्त गर्न सफल भएकी छन्। यस अनुवाद कार्यले दुइ भाषा साहित्य र जातिका बीचमा समन्वय सूत्र बाँध्न सफल भएको छ।
(ग) कला सूरूज : नेपाली साहित्यका प्रतिष्ठित उपन्यासकार भरत जङ्गमको ‘कालो सूर्य’ नामक उपन्यासलाई गीता उपाध्यायले ‘कला सुरूज’ नामले असमीयामा अनुवाद गरेकी हुन्। हिन्दी, चीना, नेपाली, रूस, बङ्गाली, असमीया आदि भाषामा अनुवाद हुन पुगेको यस उपन्यासमा तत्कालीन समयको नेपालको शासन व्यवस्थामा देखिएका दुर्नीतिलाई उतारिएको छ। प्रसिद्ध असमीया साहित्यिक समालोचक इमरान शाहले यसलाई ‘उत्तर आधुनिकतावादको झझल्को पाइने उपन्यास’ भनेका छन्। एक प्रकारले भन्न जाँदा ‘कला सुरूज’ असमीया अनुवाद साहित्यको निम्ति एउटा महत्वपूर्ण कार्य हो। मूलको सुन्दरतालाई जस्ताको तस्तै राख्ने उनको प्रयास सराहनीय छ।
(घ) मुना मदन : नेपाली साहित्यका स्तम्भ लक्ष्मीप्रसाद देवकोटाको करूण रसले मुछिएको र झ्याउरे छन्दमा लेखिएको मुनामदनलाई गीता उपाध्यायले असमीयामा अनुवाद गरेर असमीया पाठकलाई नयाँ स्वादको काव्य कोसेली रूपमा प्रदान गरेकी छन्। मूलको सौन्दर्य र रसलाई जस्ताका तस्तै उतारेको हुनाले यो काव्य मौलिकजस्तो लाग्छ। यस काव्यका निम्ति उनी 2001 सन्-मा पद्मप्रसाद ढुङ्गाना पुरस्कार प्राप्त गर्न सफल बनेकी हुन्। मुनामदनका दुई पंक्ति तल उतारिएको छ –
साग र सिस्नु खाएको बेस आनन्दी मनले’
(मुनामदन – ल.प्र. देवकोटा)
चुरातर साक खोवाटोवे भाल आनन्द मनेरे
(मुनामदन- अनु. गीता उपाध्याय)
(ङ) नेपाल देशर लोक साधु : नेपालमा प्रचलित दशवटा लोककथालाई असमीयामा संकलन र अनुवाद गरेर गीता उपाध्यायले बालबालिकाहरूलाई नेपालका कथाको रस प्रदान गर्ने चेष्टा गरेकी छन्।
(च) भूमिपुत्र : गीता उपाध्यायले निग्रो (कृष्णांग) लेखक रिचर्ड राइटको ‘नेटिभ सन’ उपन्यासलाई भूमिपुत्र नामले असमीयामा अनुवाद गरेकी छन्। उपन्यासको केन्द्रीय चरित्र थमास विगार हो। सेता र काला मानिसहरूका बीचको वर्ण वैषम्य नै उपन्यासको मूल विषयवस्तु हो। मानसिक अन्तर्द्वन्द्वले भरिएको र जटिल विषयवस्तु भएको यस उपन्यासलाई सहज – सरल रूपमा प्रस्तुत गर्न उनी सफल भएकी छन्।
(छ) कर्मवीर धनबहादुर सोनार निज अभिव्यक्तिर दापोनत : यो सुनारको आत्मजीवनीमूलक ग्रन्थलाई गीता उपाध्यायले असमीयामा अनुवाद गरेकी हुन्। धनबहादुर सुनार नेपाली भएर पनि असमीया भाषा साहित्यका सेवक थिए। असमीया साहित्यको आवाहन युगका कवि प्रबन्धकार, नियात्राकार, धनबहादुर सुनारको विषयमा असमीया पाठकलाई जानकारी दिएर उनले उल्लेखयोग्य कार्य गरेकी छन्।
(ज) आनन्दी गोपाल : आनन्दी गोपाल मराठी उपन्यासकार एस.के.जोशीको प्रसिद्ध उपन्यास हो। यसको आशा दामलेले गरेको अङ्ग्रेजी अनुवादबाट गीता उपाध्यायले असमीयामा अनुवाद गरेकी हुन्। उपन्यासको नायक गोपाल र नायिका आनन्दी हुन्। आनन्दी भारतकी पहिली महिला चिकित्सक हुन्। महाराष्ट्रको ब्रााहृण परिवारकी छोरी बुहारी भएर आनन्दीले अमेरिकामा डाक्टरी पढ्दै गरेको समयमा पनि ब्राह्मण रीतिथिति, नीतिनियम आदि पालन गर्नुपरेकोमा आइपरेका समस्याको वर्णन घतलाग्दो छ। मराठी र अङ्ग्रेजी भाषामा उपलब्ध यस उपन्यासलाई गीता उपाध्यायले असमीयामा अनुवाद गर्नाले आज हामीले आनन्दीको विषयमा जान्ने मौका पाएका छौं।
(झ) एन फ्रेङ्कर गल्प : गीता उपाध्यायको एन फ्राङ्कको कथा शिशुहरूलाई रूचि हुने गरी लेखिएको छोटो कथा हो जसमा यहुदी किशोरीको विषयमा वर्णन गरिएको छ।
(ञ) सुवासित बताह : यो 25 वटा कथाको सङ्कलन हो। मानवता बोधले भरिएका यी कथाहरूमा नारीको अधिकार, नारी समस्याजस्ता विषयहरू अन्तर्भुक्त छन्। ‘परिचय हीनतार वेदना’, ‘विश्वाखर अपमृत्यु’, ‘आजीर जानकी’जस्ता कथामा यथार्थ वर्णन पाइन्छ, जस्तै – ‘ आजीर जानकी’ मा जानकीले भन्छे – ‘म आजकी जानकी हुँ … गर्भको सन्तानलाई पिताको नाम दिन कापुरूष रामको शरण लिन्न (उपाध्याय, 2005, पृ. 90)। कथामा भएको गहिरो दर्शनले कथाहरू उच्चस्तरीय भएका छन्।
(ट) मा मइ फाष्ट हलो : यो आत्मजीवनीमूलक बाल-उपन्यास हो। यस उपन्यासमा वीणा नामकी विद्यालयकी गुरू आमाले बालबालिकाहरूलाई पौष्टिक आहार ग्रहण गरेर कसरी अब्बल छात्र बन्न सकिन्छ त्यसको उचित तालिम दिएकी छन्। यस उपन्यासमा लेखिकाले शिक्षिका वीणाद्वारा एउटा स्वस्थ शिक्षण पद्धतिको बाटो देखाएकी छन्।
(ठ) एकाजली गल्प सम्भार : श्रीमती सेवाली बरूवासित संयुक्त रूपमा प्रकाशित यस कथा सङ्कलनमा गीता उपाध्यायका दशवटा कथा छन्। उनका ‘हेपाह’, ‘माकर कलिजा’, ‘डाइनी’ आदि कथाहरूले समाजका कण कणमा पसेका अन्धविश्वास, आर्थिक समस्या, नारी पीडाजस्ता सामाजिक समस्यालाई छर्लङ्याउन सफल भएका छन्।
उपर्युक्त ग्रन्थहरूका अतिरिक्त उनका दशवटा ग्रन्थ नेपालीमा प्रकाशित छन्।
अनुवाद कार्यद्वारा गरेको असमीया साहित्यको प्रचार र प्रसार :
गीता उपाध्यायले असम वैष्णव गुरू महापुरूष शंकरदेवको विषयमा ‘महापुरूष शंकरदेव जीवन र कर्म’ नामक पुस्तक रचना गरेर उनको वंशावलीको साथै विशाल कर्ममय जीवनको वर्णन गरेकी छन्। यस पुस्तकद्वारा उनी नेपाली पाठकलाई असमीया साहित्यको शंकरी युगसँग परिचय गराउनका साथै शंकरदेवको एकशरण धर्मको विषयमा ज्ञान दिन पनि सफल भएकी छिन्। यस्ता सर्वश्रेष्ठ महापुरूषको विषयमा पृथ्वीका कुना कुनाका व्यक्तिले जान्नुपर्छ भन्ने भावले यसलाई नेपालीमा रचना गरेकी हुन्। यो पुस्तक नेपालीहरूका निम्ति अमूल्य सम्पद बनेको छ।
रूपकोंवर ज्योतिप्रसाद आगरवालको ‘कारेङर लिगिरी’ नाटकलाई गीता उपाध्यायले ‘दरवारकी सुसारे’ नामले अनुवाद गरेर यी कलाकारको नाट्यप्रतिभालाई नेपाली पाठकका समक्ष ल्याएर साहित्य अकादमी पुरस्कार प्राप्त गर्न पनि सफल बनेकी छन्।
असमीया उपन्यासकार निरूपमा बरगोहाइँको प्रसिद्ध उपन्यास ‘अभिजात्री’लाई त्यही नामले नेपालीमा अनुवाद गरेकी छन्। साहित्य अकादमी दिल्लीले प्रकाश गरेको यस उपन्यासद्वारा नेपाली पाठकले असमीया उपन्यासको विषयमा जान्ने मौका पाएका छन्। ‘जयमती कुँवरी’ जस्तो ऐतिहासिक कथालाई नेपालीमा लेखेर तथा ‘निर्वाचित असमीया नारी कविका कविता’ नेपाली अनुवादलाई सम्पादन गरेर उनले दुई साहित्यबीच तथ्यको आदान प्रदान गरेकी छन्।
यी रचनाहरूले नेपाली समाजमा धेरै आदर पाउन सफल भएका छन्। उल्लेखयोग्य कुरो अर्को के पनि हो भने नेपाली भाषी पाठक असममा मात्र नभएर पश्चिमबंग, सिक्किम, दार्जीलिङ, मणिपुर, मेघालय, मिजोराम, हिमाचल प्रदेश आदि स्थानमा र विदेशमा, नेपाल, म्यानमार, भूटान आदि देशमा पनि छन् त्यसैले यी रचनाहरू असममा मात्र सीमाबद्ध नभएर भारतवर्षका साथै विदेशमा पनि जनप्रिय हुनु निश्चित छ।
अनुवादका क्षेत्रमा उत्तर पूर्वाञ्चलका नेपालीहरूकी पथ प्रदर्शक बन्न पुगेकी गीता उपाध्यायको बाटो पैल्याउँदै असमका धेरै नेपाली लेखकहरूले पनि असमीया भाषाका प्रसिद्ध रचनाहरूलाई नेपालीमा अनुवाद गर्न लागेका छन् (भट्टाचार्य, 2010, पृ-74)।
उपसंहार : आज 75 वर्षको उमेरसम्म पनि साहित्य सेवामा व्रती भएर जीवनलाई सुन्दर तरिकाले सजाउन सक्षम भएकी गीता उपाध्याय असमका नारीहरूका निम्ति प्रेरणास्रोत हुन्। वर्तमान तेजपुर शहरकी बासिन्दा गीता उपाध्याय साहित्य चर्चाका साथ साथै सामाजिक कार्यमा पनि संलग्न भएकी छन्। 2014 देखि उनले साहसी महिलाहरूका निम्ति भाइबुहारी सविता देवीको नाममा एउटा पुरस्कार पनि प्रारम्भ गरेकी छन्।
असमीया र नेपाली गरी उनले अहिलेसम्म जम्मा 22 वटा साहित्यिक कोसेली हामीलाई प्रदान गरिसकेकी छन्। असमका वैष्णव गुरू शङ्करदेवको विषयमा नेपाली जनमानसलाई जानकारी दिएर तथा नेपाली साहित्यका धरोहर रामायण र मुनामदनलाई असमीया भाषामा अनुवाद गरेर दुई भाषा साहित्य र जातिका बीचमा समन्वय सूत्र बाँध्ने उनको प्रयास प्रशंसा गर्ने योग्य छ। मातृभाषा नेपाली भए पनि साहित्य लेखनका क्षेत्रमा नेपालीमा मात्र सीमित नरहेर उनले असमीया साहित्यको उन्नतिका निम्ति असमीया साहित्य सेवा अटुट राखेकी छन्। उनको लेखनी यसरी नै चलिरहोस्।
◙ ◙
सन्दर्भ ग्रन्थसूची :
1. भट्टचार्य, दीपाली (सम्पा.) अभिनन्दन गीता उपाध्याय, प्रकाशक, असम लेखिका संस्था, शिवसागर शाखा, 2010।
2. गीता उपाध्यायका सबै असमीया पुस्तकहरू।
तेजपुर, असम
अनुक्रमणिका
- गीता उपाध्याय : एक छोटो कैरन
- गरिमायुक्त व्यक्तित्व गीता उपाध्याय
- गीता उपाध्याय : व्यक्तित्व र कृतित्व
- सुश्री गीता उपाध्यायको व्यक्तित्व र कृतित्वको संक्षिप्त रूपरेखा
- गीता उपाध्यायको जीवन र कर्म : एक विहंगम दृष्टि
- एन फ्रेन्कको डायरीबारे
- गीता उपाध्याय र एन फ्रेङ्कको डायरी
- अनुवाद साहित्यको क्षेत्रमा गीता उपाध्यायको योगदान
- केही भन्नु पर्दा
- गीता उपाध्यायको नियात्राकारिता
- ब्रह्मपुत्रको किनारदेखि अलकानन्दाको तीरैतीर
- “…. हामी भर्खर तीर्थका ढोकामा आइपुगेका छौं …’
- ‘कथाञ्जली’-को भावभूमि
- गीता उपाध्यायकृत कथाञ्जली : एक अध्ययन
- विविध व्यक्तित्वका आलोकमा कथाकार गीता उपाध्याय
- कथाञ्जली – एक अवलोकन
- गीता उपाध्याय दिदीको ‘कथाञ्जली’ सरसर्ती पढ्दा
- ‘सुबासित बताह’ गीता उपाध्यायका कथाहरूको पर्यालोचना
- बाल साहित्यमा गीता उपाध्याय
- विश्वप्रसिद्ध किशोरी एन फ्रांकको कथा
- जन्मभूमि मेरो स्वदेश : परिक्रमा र मन्थन
- एक स्रष्टाका वाणीमा ध्वनित लाखौंको ढुकढुकी : जन्मभूमि मेरो स्वदेश
- उपन्यास जन्मभूमि मेरो स्वदेश – इतिहासपरक सामान्य पठन
- गीता उपाध्यायसँग बिताएका बाल्यकालका केही समय
- शैशवदेखि परिचित गीता दिदी : आफ्नो सम्झनाको सेरोफेरो
- गीता उपाध्याय
- भारतेली नेपाली साहित्यकी ध्रुवतारा प्रा. गीता उपाध्यायको सम्झनामा केही हरफहरू
- गीता उपाध्याय : मेरी घनिष्ठ मित्र
- आत्मप्रकाशले उज्यालिएको जीवन र सृष्टि
- प्रा. गीता उपाध्याय – एक विरल साहित्य सेविका
- साहित्यको फुलबारीमा समन्वयको फूल फुलाउने गीता उपाध्याय
- असमीया साहित्यमा गीता उपाध्यायको योगदान
- शिशु साहित्य लेखिका गीता उपाध्याय
- साहित्य समाजको वर्गीय प्रतिबिम्ब हो
- नेपाली साहित्य परिषद् असमकी विदाई अध्यक्षा सुश्री गीता उपाध्यायसित केही अन्तरङ्ग पलहरू
- अतीतलाई फर्केर हेर्दा
- केही अनुभूतिहरू
शिशु साहित्य लेखिका गीता उपाध्याय
वार्ताकार : मित्रदेव शर्मा
(गत 16 जून 2013 को अपराह्न सुश्री गीता उपाध्यायको घरमा पुगेर डिगबोईबाट प्रकाशित हुने मुहानको निमित्त उहाँको साक्षातकार ग्रहण गर्न आएको कुरा व्यक्त गर्छु। 3/4 दिनभित्रै उहाँ विदेश जाने कार्यक्रम भइसकेको हुनाले मेरा जिज्ञासाहरू सुनाएर प्रश्नावली छोडेर आउँछु। 20 जून साँझ चलभाषद्वारा मेरो प्रश्नावलीको उत्तर सङ्ग्रह गर्न मलाई डाक्नुहुन्छ। 21 जूनकै बिहान उहाँको प्रस्थान हुने कुरो थाहा पाएर उहाँको लिखित उत्तर सङ्ग्रह गर्छु।)
स्वतन्त्रता सेनानी तथा आसाम प्रदेश कांग्रेस कमिटीका प्रतिष्ठापक सभापति बाबू छविलाल उपाध्यायकी पौत्री तथा कथाकार/अनुवादक स्व. टंकनाथ उपाध्यायकी सुपुत्री गीता उपाध्यायको जन्म 14 फरवरी 1939 मा बिहालीको माजगाउँमा भएको हो। प्राइभेट परीक्षार्थी भएर 1955 सन्-मा मेट्रिक, सन्दिकै बालिका महाविद्यालयबायबाट 1959 मा स्नातक र फेरि प्राइभेट परीक्षार्थीको रूपमा गुवाहाटी विश्वविद्यालयबाट राजनीति विज्ञानमा 1964 मा स्नातकोत्तर गर्नुभयो। सन् 1965 मा शिवसागर कलेजमा प्रवक्ताको जागिर लिएर 1999 मा राजनीति विज्ञान विभाग प्रमुखको ओहदा पाएर सेवानिवृत्त हुनुभयो। असमीया र नेपाली भाषामा सुश्री गीता उपाध्यायका मौलिक र अनूदित कृति मिलाएर डेढ कोरी पुस्तक प्रकाशित भैसकेका छन्। भानुभक्त रामायणको असमीया अनुवाद, महाकवि देवकोटाको ‘मुना-मदन’ काव्यको असमीया अनुवाद, ‘एन फ्रेन्कको डायरी’ (नेपाली भाषामा)-ले यी विदुषीलाई अमर बनाउने छ। शिशु साहित्य, कथा, नियात्रा र धेरै भाषा र साहित्यको बीचमा समन्वय साधकको रूपमा उहाँको परिचय भइसकेको देखिन्छ। साहित्य अकादमीद्वारा पञ्जीकृत नेपाली साहित्य परिषद्, असमकी अध्यक्षा (1997-2001) र अखिल असम लेखिका संस्थाकी अध्यक्षा (2001-2003), भारतीय गोर्खा परिसंघ असम राज्यिक शाखाकी अध्यक्षा (2003-04) जस्ता धेरै संस्था-संगठनको सम्मान पनि लाभ गरिसक्नुभएको छ।
साहित्य क्षेत्रमा योगदानको निमित्त पद्मप्रसाद ढुङ्गाना पुरस्कार (2001), असम सरकारको साहित्यिक पेन्सन (2003 देखि), फूलचन्द खण्डेलवाल पुरस्कार (2009), प्रवीणा शइकीया साहित्य बँटा (2011) साथै अरू धेरै सम्मान र पुरस्कार यहाँका झोलीमा परिसकेका छन्। 2011 सन्-मा भानु जन्मस्थल विकास समिति, नेपालले निम्त्याएर नेपालका राष्ट्रपतिद्वारा यहाँलाई सम्मान र अभिनन्दन गरिन्छ। माथि उल्लेखित सूचना नमूना मात्र हुन्। सम्पूर्ण व्यौरा यहाँ प्रस्तुत गरिएन।
◙ ◙
(साभार मुहान, 2012- सम्पादक)
अनुक्रमणिका
- गीता उपाध्याय : एक छोटो कैरन
- गरिमायुक्त व्यक्तित्व गीता उपाध्याय
- गीता उपाध्याय : व्यक्तित्व र कृतित्व
- सुश्री गीता उपाध्यायको व्यक्तित्व र कृतित्वको संक्षिप्त रूपरेखा
- गीता उपाध्यायको जीवन र कर्म : एक विहंगम दृष्टि
- एन फ्रेन्कको डायरीबारे
- गीता उपाध्याय र एन फ्रेङ्कको डायरी
- अनुवाद साहित्यको क्षेत्रमा गीता उपाध्यायको योगदान
- केही भन्नु पर्दा
- गीता उपाध्यायको नियात्राकारिता
- ब्रह्मपुत्रको किनारदेखि अलकानन्दाको तीरैतीर
- “…. हामी भर्खर तीर्थका ढोकामा आइपुगेका छौं …’
- ‘कथाञ्जली’-को भावभूमि
- गीता उपाध्यायकृत कथाञ्जली : एक अध्ययन
- विविध व्यक्तित्वका आलोकमा कथाकार गीता उपाध्याय
- कथाञ्जली – एक अवलोकन
- गीता उपाध्याय दिदीको ‘कथाञ्जली’ सरसर्ती पढ्दा
- ‘सुबासित बताह’ गीता उपाध्यायका कथाहरूको पर्यालोचना
- बाल साहित्यमा गीता उपाध्याय
- विश्वप्रसिद्ध किशोरी एन फ्रांकको कथा
- जन्मभूमि मेरो स्वदेश : परिक्रमा र मन्थन
- एक स्रष्टाका वाणीमा ध्वनित लाखौंको ढुकढुकी : जन्मभूमि मेरो स्वदेश
- उपन्यास जन्मभूमि मेरो स्वदेश – इतिहासपरक सामान्य पठन
- गीता उपाध्यायसँग बिताएका बाल्यकालका केही समय
- शैशवदेखि परिचित गीता दिदी : आफ्नो सम्झनाको सेरोफेरो
- गीता उपाध्याय
- भारतेली नेपाली साहित्यकी ध्रुवतारा प्रा. गीता उपाध्यायको सम्झनामा केही हरफहरू
- गीता उपाध्याय : मेरी घनिष्ठ मित्र
- आत्मप्रकाशले उज्यालिएको जीवन र सृष्टि
- प्रा. गीता उपाध्याय – एक विरल साहित्य सेविका
- साहित्यको फुलबारीमा समन्वयको फूल फुलाउने गीता उपाध्याय
- असमीया साहित्यमा गीता उपाध्यायको योगदान
- शिशु साहित्य लेखिका गीता उपाध्याय
- साहित्य समाजको वर्गीय प्रतिबिम्ब हो
- नेपाली साहित्य परिषद् असमकी विदाई अध्यक्षा सुश्री गीता उपाध्यायसित केही अन्तरङ्ग पलहरू
- अतीतलाई फर्केर हेर्दा
- केही अनुभूतिहरू
साहित्य समाजको वर्गीय प्रतिबिम्ब हो
वार्ताकार : ऋतु आशिक
अनुवाद गरेर नेपाली साहित्यलाई पुष्ट पार्ने मध्ये प्रा. गीता उपाध्यायलाई बिर्सिन मिल्दैन। उनको आत्म संस्मरणात्मक निबन्ध एन फ्रेन्कको डायरी (1972) अनुवाद उल्लेख योग्यमात्र होइन मूल्यवान पनि छ। 14 फेब्रुअरी 1939 मा माजगाउँ बिहाली शोणितपुर जिल्ला असममा जन्मनु भएकी गीता उपाध्याय भारतीय नेपाली साहित्य तथा नेपाली साहित्यकारहरू एवं असमीया लेखकहरू माझ सम्मानित व्यक्तित्व हुनुहुन्छ। नेपाली मूलका भएर पनि असमीया जनजीवनसँग गाँसिएर, असमीया भाषा, साहित्यको उत्थानमा उहाँको योगदानलाई असमले कहिले पनि भुल्न सक्तैन। राजनीति विज्ञानमा एम.ए. गरेर शिवसागर कलेजमा शिक्षण पेशा गरी 1999 मा वहाँ सेवानिवृत्त हुनुभयो। संघ-संस्था संगठनसँगको संलग्नता अध्यक्ष नेपाली साहित्य परिषद् असम, अध्यक्ष असम लेखिका संघ, अध्यक्ष भारतीय गोर्खा परिसंघ असम, असम साहित्य सभाको मनोनित सदस्य, अध्यक्ष सेवा संघका संस्था (स्वेच्छासेवी अनुष्ठान)। आदिमा वहाँको संलग्नता छ। नेपालीमा अनुवाद सहित 7 पुस्तक तथा असमीया भाषामा ‘मुनामदन’ समेतको अनुवाद गरेर 9 वटा पुस्तक वहाँका कृति रहेका छन्। समकालीन भारतीय नेपाली साहित्यका अग्रज एवं प्रतिष्ठित साहित्यकार सुश्री गीता उपाध्यायसमक्ष उहाँकै चाँदमारी तेजपुरस्थित निवासमा नेपालका स्वतन्त्र पत्रकार ऋतु आशिकद्वारा लिएको अन्तर्वार्ता :
(साभार वर्गचेतना वर्ष 7, अङ्क 30, साउन 7 गते सोम्बार 2064
– सम्पादक)
अनुक्रमणिका
- गीता उपाध्याय : एक छोटो कैरन
- गरिमायुक्त व्यक्तित्व गीता उपाध्याय
- गीता उपाध्याय : व्यक्तित्व र कृतित्व
- सुश्री गीता उपाध्यायको व्यक्तित्व र कृतित्वको संक्षिप्त रूपरेखा
- गीता उपाध्यायको जीवन र कर्म : एक विहंगम दृष्टि
- एन फ्रेन्कको डायरीबारे
- गीता उपाध्याय र एन फ्रेङ्कको डायरी
- अनुवाद साहित्यको क्षेत्रमा गीता उपाध्यायको योगदान
- केही भन्नु पर्दा
- गीता उपाध्यायको नियात्राकारिता
- ब्रह्मपुत्रको किनारदेखि अलकानन्दाको तीरैतीर
- “…. हामी भर्खर तीर्थका ढोकामा आइपुगेका छौं …’
- ‘कथाञ्जली’-को भावभूमि
- गीता उपाध्यायकृत कथाञ्जली : एक अध्ययन
- विविध व्यक्तित्वका आलोकमा कथाकार गीता उपाध्याय
- कथाञ्जली – एक अवलोकन
- गीता उपाध्याय दिदीको ‘कथाञ्जली’ सरसर्ती पढ्दा
- ‘सुबासित बताह’ गीता उपाध्यायका कथाहरूको पर्यालोचना
- बाल साहित्यमा गीता उपाध्याय
- विश्वप्रसिद्ध किशोरी एन फ्रांकको कथा
- जन्मभूमि मेरो स्वदेश : परिक्रमा र मन्थन
- एक स्रष्टाका वाणीमा ध्वनित लाखौंको ढुकढुकी : जन्मभूमि मेरो स्वदेश
- उपन्यास जन्मभूमि मेरो स्वदेश – इतिहासपरक सामान्य पठन
- गीता उपाध्यायसँग बिताएका बाल्यकालका केही समय
- शैशवदेखि परिचित गीता दिदी : आफ्नो सम्झनाको सेरोफेरो
- गीता उपाध्याय
- भारतेली नेपाली साहित्यकी ध्रुवतारा प्रा. गीता उपाध्यायको सम्झनामा केही हरफहरू
- गीता उपाध्याय : मेरी घनिष्ठ मित्र
- आत्मप्रकाशले उज्यालिएको जीवन र सृष्टि
- प्रा. गीता उपाध्याय – एक विरल साहित्य सेविका
- साहित्यको फुलबारीमा समन्वयको फूल फुलाउने गीता उपाध्याय
- असमीया साहित्यमा गीता उपाध्यायको योगदान
- शिशु साहित्य लेखिका गीता उपाध्याय
- साहित्य समाजको वर्गीय प्रतिबिम्ब हो
- नेपाली साहित्य परिषद् असमकी विदाई अध्यक्षा सुश्री गीता उपाध्यायसित केही अन्तरङ्ग पलहरू
- अतीतलाई फर्केर हेर्दा
- केही अनुभूतिहरू
नेपाली साहित्य परिषद् असमकी विदाई अध्यक्षा सुश्री गीता उपाध्यायसित केही अन्तरङ्ग पलहरू
डा. शान्ति थापा
14 फेब्रुअरी सन् 1939 ई. मा असमको शोणितपुर जिल्लाअन्तर्गत माजगाउँ बिहालीमा स्व. टंकनाथ उपाध्याय र स्व. भगिरथी देवीका घर जन्मिनु भएकी सुश्री गीता उपाध्यायको परिचय दिइरहन पर्दैन। वहाँ असमेली साहित्य जगतको एकजना प्रतिनिधि हस्ताक्षर हुनुहुन्छ।
सुदीर्घ कालसम्म अध्यापना गरी वर्तमान वहाँ साहित्य सेवामा रत हुनुहुन्छ। वहाँले असमीया र नेपाली दुवै भाषामा समान रूपमा कलम चलाउँनु भएको छ। साथै अनुवाद कार्यपनि गर्नु भएको छ। वहाँको प्रथम लेख बनारसबाट प्रकाशित हुने ‘तरूण’ पत्रिकामा छापिएको थियो। सन् 1972 मा विश्वविख्यात एन फ्रेन्कको डायरीको अनुवाद लिएर वहाँ असमेली नेपाली साहित्य जगतमा अवतरित हुनु भएको हो। त्यसपछि वहाँको सृजन-यात्रामा विराम चिन्ह लागेन। वहाँका कृतिहरूमा एन फ्रेन्को डायरी (अनुवाद-नेपाली र असमीया), भानुभक्तको नेपाली रामायण (अनुवाद-असमीयामा), देवकोटाको मुनामदन (अनुवाद-असमीयामा), भरत जंगमको कालो सूर्य (अनुवाद-असमीयामा), आमा म फास्ट भएँ (शिशु उपन्यास-नेपाली मौलिक र अनुवाद-असमीयामा), असमीयामा शिशु कथा संग्रह, नेपाल देशर साधु, एन फ्रेन्कर गल्प आदि हुन्। साथै वहाँले असमका असमीया र नेपाली पत्र-पत्रिकालगायत भारत र नेपालका अनेक पत्र-पत्रिकामा लेख/निबन्ध लेख्नु भएको छ। वहाँ भर्खरै सदौ असम लेखिका संस्थाकी अध्यक्षा पदमा चुनिनु भएको छ। हालै वहाँ पदमप्रसाद ढुंगाना पुरस्कारले पुरस्कृत पनि भैसक्नु भएको छ।
वर्त्तमानको समय एक अस्थिर समयको हिसापले चिन्हिएको छ। स-साना जनगोष्ठीहरूमा पनि आत्म-प्रतिष्ठाको प्रश्न जागेको छ। आफ्नो हक प्रतष्ठाको लागि भएको संग्राम र संघातले संत्रासको परिवेश तयार पारेको छ। अर्कोतिर गोलकीकरण प्रक्रियाले सबै क्षेत्रमा विश्वका मानिसलाई नजिक ल्याइसकेको छ। यस्ता दुइ विपरीतमुखी प्रक्रिया माझ हाम्रो अस्मिताको प्रश्न आलो हुन गएको छ। यो विषय साह्रै संवेदनशील विषय हो, यसमा जुन समुदायको आवेग-अनुभूति जडित छ। आवेगले सधैं युक्तिलाई थिचोमिचो गर्ने डर हुन्छ। त्यस कारण सावधानीपूर्वक एक अर्काको अनुभूतिलाई आघात नगरिकनै युक्तिपूर्ण उपायले आफ्ना पक्षहरू राख्ने प्रयास गर्नु अति आवश्यक छ। त्यसका लागि एक जुट भएर एउटा शक्तिको रूपमा खडा हुने प्रयास गर्नु नै समयको माग हो भन्ने ठान्दछु।
हजुर आमाका आँखामा झल्कन्थ्यो,
आमाले बोली फर्काउँन जानिनन्
तर, मैले नबोली बस्न मानिन।
कानेखुसी गर्दै भन्यो
आँखा टालेर नबस है
खोलो त धाउँदैन नि नानी
बाहिर हेर्दा त अहो
झलमल्ल उज्यालो देखें
पाइला सार्न आँट गर्दा
संसार नै मुट्ठीमा भेटें।’
दुर्गासरोवर, गुवाहाटी
(साभार हाम्रोध्वनि – सम्पादक)
अनुक्रमणिका
- गीता उपाध्याय : एक छोटो कैरन
- गरिमायुक्त व्यक्तित्व गीता उपाध्याय
- गीता उपाध्याय : व्यक्तित्व र कृतित्व
- सुश्री गीता उपाध्यायको व्यक्तित्व र कृतित्वको संक्षिप्त रूपरेखा
- गीता उपाध्यायको जीवन र कर्म : एक विहंगम दृष्टि
- एन फ्रेन्कको डायरीबारे
- गीता उपाध्याय र एन फ्रेङ्कको डायरी
- अनुवाद साहित्यको क्षेत्रमा गीता उपाध्यायको योगदान
- केही भन्नु पर्दा
- गीता उपाध्यायको नियात्राकारिता
- ब्रह्मपुत्रको किनारदेखि अलकानन्दाको तीरैतीर
- “…. हामी भर्खर तीर्थका ढोकामा आइपुगेका छौं …’
- ‘कथाञ्जली’-को भावभूमि
- गीता उपाध्यायकृत कथाञ्जली : एक अध्ययन
- विविध व्यक्तित्वका आलोकमा कथाकार गीता उपाध्याय
- कथाञ्जली – एक अवलोकन
- गीता उपाध्याय दिदीको ‘कथाञ्जली’ सरसर्ती पढ्दा
- ‘सुबासित बताह’ गीता उपाध्यायका कथाहरूको पर्यालोचना
- बाल साहित्यमा गीता उपाध्याय
- विश्वप्रसिद्ध किशोरी एन फ्रांकको कथा
- जन्मभूमि मेरो स्वदेश : परिक्रमा र मन्थन
- एक स्रष्टाका वाणीमा ध्वनित लाखौंको ढुकढुकी : जन्मभूमि मेरो स्वदेश
- उपन्यास जन्मभूमि मेरो स्वदेश – इतिहासपरक सामान्य पठन
- गीता उपाध्यायसँग बिताएका बाल्यकालका केही समय
- शैशवदेखि परिचित गीता दिदी : आफ्नो सम्झनाको सेरोफेरो
- गीता उपाध्याय
- भारतेली नेपाली साहित्यकी ध्रुवतारा प्रा. गीता उपाध्यायको सम्झनामा केही हरफहरू
- गीता उपाध्याय : मेरी घनिष्ठ मित्र
- आत्मप्रकाशले उज्यालिएको जीवन र सृष्टि
- प्रा. गीता उपाध्याय – एक विरल साहित्य सेविका
- साहित्यको फुलबारीमा समन्वयको फूल फुलाउने गीता उपाध्याय
- असमीया साहित्यमा गीता उपाध्यायको योगदान
- शिशु साहित्य लेखिका गीता उपाध्याय
- साहित्य समाजको वर्गीय प्रतिबिम्ब हो
- नेपाली साहित्य परिषद् असमकी विदाई अध्यक्षा सुश्री गीता उपाध्यायसित केही अन्तरङ्ग पलहरू
- अतीतलाई फर्केर हेर्दा
- केही अनुभूतिहरू
अतीतलाई फर्केर हेर्दा
गीता उपाध्याय
प्राक्कथन : आदरणीय बहिनी शान्ति थापाले तीर-चार महिना पहिलेबाट यस्तो थोक पठाउनुहोस्, सो पठाउनुहोस् भनेर घच्घचाई रहन्थिन्। दुई-चार दिन पहिले आफ्नोबारे लेख्नुस् त्यो पनि छिटै भनी आदेश गरिन्। अनि बिस्तारो कलम चलाउन सुरु गरें। हिजोआज कलम पनि कहाँ चल्छ र यो टाउको त झन् चल्नै खोज्दैन। जसैतसै अलिअली गरेर अतीतको दराजमा थाक लागेका कुरा टक्टक्याउन लागें। कतिसम्म कलमका टुप्पाले ओक्ल्न सक्ने हो कागजमाथि हेरौं।
जन्म र जन्मथलो : मेरो जन्म भएको वर्ष द्वितीय विश्वयुद्ध सुरु भयो। जसको गहिरो प्रभाव साहित्य-संस्कृतिलगायत मानव जीवनको विभिन्न क्षेत्रमा व्यापक रह्रो। दोस्रो महत्वपूर्ण घटना भयो म जन्मेको भित्री गाउँमा वर्तमान शोणितपुर पूर्वको दरङ जिल्लाको माजगाउँमा। ब्रह्मपुत्रको उत्तरपारमा पर्ने माजगाउँ नामले चिनिएको नेपाली बहुल गाउँमा उच्च शिक्षा केन्द्रको रूपमा हाइस्कूलको वीजारोपण भयो। उत्तर र दक्षिण दुवैतिर दुइटा असमीयाभाषी बीचको गाई-भैंसी पाल्ने नेपालीको त्यो गाउँले, छिमेकी गाउँलेहरूको सहयोगमा अज्ञानको अँध्यारो खेद्न ज्ञानदीप बाल्ने कामको अगुवाइ गरे प्रख्यात स्वतन्त्रता सङ्ग्रामी छविलाल उपाध्यायले। उनकै घरको एउटा कोठामा 6 जना छात्रलाई लिएर जन्मियो त्यो स्कूल अनि 1940 मा न्वारन गरियो – बिहाली हाइस्कूल। आमाले भनेअनुसार 1939 को फागुन महिना शिवरात्रीका दिन बिहान 9 बजे मेरो जन्म भएको हो। स्कूलमा नामलेखाउँदा 14 फरवरी पर्छ जन्म तारिख। साधारण नवजातकझैं जन्मका साथ मैले रून सकेकी थिइन अरे। नीलो विवर्ण चेतनाहीन। सायद संसारमा आउन मन थिएन। त्यो समयमा न डाक्टर, न अस्पताल छेउमा उपलब्ध थियो, न नै बोलाउने चलन नै। जेठा छोराको पहिलो सन्तान मृत जन्मिदा मेरी जीआमा (हजुर आमा) डाको छोडेर रूँदै नाङ्लाले हम्कन थाल्नु भयो अरे। निक्कैबेर पछि मात्रै च्याँ गरेर रोएँ भन्नुहुन्थ्यो जीआमा। आमालाई पनि धेरै कष्ट भएर बेहोस् हुनुहुन्थ्यो अरे। जे होस् आमा-छोरी दुवै बाँचियो। त्यसपछि मेरा चारभाइ जन्मिए।
बाल्यकाल : म दुई वर्षकी हुँदै ट्याउँ ट्याउँ बोल्न थालें र जीबाका काठको चाङघरको वरण्डामा उभिएर बाटामा हिंड्नेलाई काका, दिदी भन्दै चिच्याउँथें अरे। मलाई सानामा त्यस्तै भन्न सिकाइएको थियो। गाउँमा जसका घरमा भात पाकेको हुन्थ्यो, साथीसँग त्यहीं खान बसिन्थ्यो। त्यस्तो थियो आत्मियता। मेरो होस् आएदेखि नै हाम्रो घर भारतका स्वतन्त्रता सङ्ग्रामी भेला हुने घर थियो। असमका बडा बडा नेता आउने, खाने, बस्ने गर्दथ्ए। अमियकुमार दास, विजय भागवती, हेम बरुवा (जामुगुढिका), गहन चन्द्र गोस्वामी, गोपीनाथ बरदलै, ज्वालाप्रसाद आगरवाला, ज्योतिप्रसाद आगरवाला, कुलधर चलिहाहरू सबै आउँथ्ए। ज्योतिप्रसाद 42 को आन्दोलनमा निकै दिन हाम्रो घरमा आत्मगोपन गरेर बसेका हुन्। म सानी हुनाले बोलाएर माया गरेको अलिअली सम्झन्छु।
अङ्ग्रेज सरकारको विरोधमा भएको (प्रशेसन) शोभायात्राहरू हाम्रै घरबाट सुरू हुन्थे। एकपल्ट शोभायात्रामा जाँदाको घटना सम्झन्छु। म यस्तै पाँच-छ वर्षकी थिएँ होला। हिंड्दाहिंड्दै मलाई जोडले पिसाव लाग्यो। कसैले बाटाको छेउमा लग्यो। पेन्टी खोल्न खोज्छु खोलिंदैन। उसबेला इलाष्टिक थिएन। इँजार गाँठो परेछ अनि म चिच्याउन थालें। प्रशेसन रोकियो, कसैले कुदेर गएर छेउको गाउँको घरबाट चुल्याँसी लिएर आयो र मेरो इँजार काटिदियो। त्यो कुरालाई लिएर पछिसम्म जिस्काइरहन्थे आफ्ना मान्छेहरू।
शैशवको सम्झनामा छ, बिहाली हाइस्कूलका मास्टर दुई-एक सधैं हाम्रो घरमा बस्तथे, स्कूल जाने बेलामा भान्साघरको अँगेना कोठामा लाम लागेर ती मास्टर भात खान बस्ता म र ठूलो भाइ पनि सँगै बस्तथ्यौं। ऊ मेरो पुच्छर जत्तिकै थियो, जहाँ जाँदा पनि पछि लाग्ने। म फेरि मेरी कान्छी फुपूकी पुच्छर थिएँ, अनि भाइसँग मेरो लडाइँ लाग्थ्यो। त्यस्तै कुरामा एकदिन आमाले मलाई थप्पड लगाउनु भयो। म रुँदै चाङघरको तलतल कुदेर पुरानो काठको बग्गीमुनि पुगें। त्यसबेला मलाई मर्न मन लागेको थियो, अनि आमाले मजा पाउनुहुन्छ त्यस्तो थियो सोच। एकछिनपछि त्यहीं निदाएँछु। घरमा खोजाखोजी परेछ। जीआमाले रूँदै रूँदै मलाई बोकेर छातीमा टाँस्दा पो ब्युँझिएछु। मेरी जीआमा बहुतै कमलो मनकी हुनुहुन्थ्यो। पछि हामी त्यो काठको बग्गी निकालेर ठेलीठेली खेल्ने गर्थ्यौं। गाउँकै बालिका स्कूलमा हाम्रो विद्यारम्भ भयो। स्कूलकी शिक्षिका भोगमाया बाइदेउले हामी केटीहरूलाई लिएर दसैंमा बालकृष्ण समद्वारा रचित ध्रुव नाटक मञ्चन गराउनु भयो। म सुरूची भएकी थिएँ, नया देवीले ध्रुवको अभिनय गरेकी थिइन्। राजा भएकी थिइन् हाम्रै फुपू चन्द्रकला। नाटक सबैले मन पराए। त्यसपछि फेरि गाउँमा नाटक खेलियो। घरमा पनि भोगमाया बाइदेउ पढाउन आउनु हुन्थ्यो। आमालाई पाहुनालाई भात पकाएरै फुर्सद थिएन। त्यसकारण भोगमाया बाइदेउले नै मलाई अक्षर लेख्न सिकाउनु भयो। पढ्नभन्दा मलाई खेल्न मन पथ्र्यो। पढाइमा कुनैदिन मन लाइन। अलिक ठूली भएपछि बाहिरा किताब पढ्ने बानी लाग्यो। जीबाहरू बाङ्ला किताब पढ्थे। घरमा किताब पढ्ने माहौल थियो। म र मेरी फुपू लुकाइलुकाइ बाङ्ला किताब पढ्न लाग्यौं। क्लास चौथोमा गर्न दिएको अङ्क नगर्दा शिक्षकले हात थाप्न लगाएर स्केलले पिट्न खोज्दा उनकै गालामा थप्पड लगाएछु। त्यस कुराले निकै खलबली मच्चियो। बाबाले त्यो शिक्षकसँग मेरो भएर माफीसमेत माग्नु पऱ्यो। सात क्लासमा जाँच राम्रो भएन। उमेर पनि सानै थियो, एकै श्रेणीमा राखिदिए शिक्षकले। मैले स्कूल जानै छोडें अनि जिद्दी गरेर दुई सालपछि प्राइभेट मेट्रीक परीक्षा दिएँ। त्यसबेला मलाई बाबाले नै पढाउनु भयो। कुनै ट्यूसन थिएन। पास पनि गरें। अनि गुवाहाटीको सन्दिकै गर्ल्स कलेजमा पढ्न आएँ। त्यहाँ पढ्न आउनमा प्रयात काका कृष्णप्रसाद उपाध्यायको ठूलो हात छ। म भन्दा एक साल पहिले कृष्ण काकाले आफ्नी कान्छी बहिनी नव कुमारी देवीलाई, हाम्रो गाउँबाट पहिले मेट्रीक पास गर्ने नव दिदी, त्यो कलेजमा भर्ना गराउनु भयो। आसाममा छात्रा निवास भएको गर्ल्स कलेज एकमात्र त्यहीं थियो र सारा असमका छात्र त्यहाँ आउँथ्ए। मलाई पनि कृष्ण काकाले गुवाहाटी लिएर जानु भयो र कलेजमा भर्ना भएँ। कलेजमा छँदा एनसीसी पनि लिएँ अरू साहित्य-संस्कृतिक कार्यक्रममा पनि सकेको अंश लिएँ। बी.ए. पास गरेर घर आएँ। शिक्षानुरागी जीबाले मैले बी.ए. पास गर्दा सारा गाउँ बोलाएर भोज खुवाउनु पनि भयो। नव दिदीको बिहे भएकोले गाउँमा पहिलो बी.ए. पास गर्ने चेली मै भएकी थिएँ। जीबाले ठूलो भाइले म्याट्रिक पास गर्दा पनि त्यसै गरी गाउँलाई भोज खुवाउनु भएको थियो। हाम्रालागि त्यो ठूलो प्रेरणा थियो, केवल हाम्रालागि मात्र होइन, गाउँका अन्य छात्रछात्राका लागि पनि प्रेरणा थियो। जीबा राम्रो पढाइ भएका छात्रछात्रालाई तिनका घरघर गएर स्यावासी दिनुहुन्थ्यो। प्रयोजनमा आर्थिक सहयोग पनि गर्नुहुन्थ्यो। जीबाका त्यस्ता कामले हामीलाई अझसम्म त्यस्तो काम गर्न प्रेरित गरेको अनुभव गर्छु।
त्यो समयमा स्कूलमा पढाउन शिक्षकको खाँचो नै थियो। त्यस कारण बी.ए. पढ्दा गर्मीको छुट्टीमा एक महिना स्कूलमा पढाउन मौका पाइन्थ्यो। त्यसरी स्कूलमा पढाउने अनुभव भएको थियो। बी.ए. पास गरेपछि म नेपाल गएँ। मेरा कान्छा मामाले कान्छीलाई फुपू बिहे गर्नु भएको थियो। उहाँ नेपालको गणतान्त्रिक सरकारको सचिव हुनु भएको थियो। आमाले मलाई जा भनेर पठाउनु भयो, बाबाले पुऱ्याउनु भयो। पछिपछि बुझ्दा सके त्यतै बिहे गर्दिने परिकल्पना रहेछ फुपूको। तर बिहे गर्दै गर्दिन भनेर मैले जिद्दी गरें र नेपालको पर्यटन विभागमा पर्यटन सूचना प्रभारीको अर्थात् ट्युरिष्ट इन्फरमेशन अधिकारीको नोकरी गर्न लागें। त्यो काम सारै रमाइलो थियो। नेपाल भ्रमणमा आएका विदेशी राष्ट्र प्रमुखहरूलाई हवाइ अड्डामा अभ्यर्थना गर्नु पर्थ्यो। त्यसरी मैले इङ्ल्याण्डकी रानी एलिजावेथ द्वितीया, रूसका राष्ट्रपति भोरोसिलोमा, जापानका युवराज र रानी भिचिको सोदालाई अभ्यर्थना गर्न र उहाँहरूको सम्मानमा आयोजित राजकीय भोजहरूमा भाग लिने अनुभव प्राप्त गर्ने अवसर पाएँ। यसैक्रममा सगरमाथा (माउण्ट एवरेस्ट) मा पुग्ने पहिलो विजयीद्वयमध्ये सर एडमण्ड हिलरीसँग विदेशीहरूले चार्टर गरेको हावाजहाजमा बसी सगरमाथाको दर्शन गर्ने मौका जुरेको थियो। त्यसै बीच दिल्लीमा 6 महिनाको गाइड ट्रेइनिङ लिएँ, ट्युरिष्ट गाइड ट्रेइनिङ। म दिल्लीबाट ट्रेइनिङ लिएर फर्किएपछि काठमाडौंमा त्यसै प्रकारको गाइड ट्रेइनिङ प्रारम्भ गरें। त्यसमा नेपाली साहित्य-कला, नाटक, संस्कृति, इतिहास आदि विषयमा सम्झाउन, भाषण गर्न निम्त्याएका मानिसको नाम सम्झँदा म आफैं छक्क पर्छु। ती थिए बालकृष्ण सम, धरणीधर कोइराला, सूर्यविक्रम ज्ञवालीजस्ता प्राज्ञ व्यक्ति। तर मलाई त्यसबेला ती व्यक्तिहरू त्यति ठूला साधक हुन भन्ने सम्यक ज्ञान थिएन। काठमाडौंमा म धेरै दिन बस्न सकिन।
त्यसबीच नेपालको राजनीतिमा उथल-पुथल लाग्यो। गणतान्त्रिक रूपले निर्वाचित बी.पी.कोइराला सरकारलाई राजा महेन्द्रले खारेज गरे र आफ्नो शासन स्थापन गरे। साथशाथै सबै गणतन्त्रका पक्षधर जेलमा थुनिए। बी.पी.को मित्र हुनाले मामा थुना पर्ने आशंका भयो र उहाँले आत्मगोपन गरी भारतको कलकत्ता आइपुग्नु भयो। गणतन्त्रका पक्षधर नेताको परिवार गएर अफिसमा मलाई भेट गरी गोप्य सूचनाहरू दिन लागे। मलाई पनि पक्रने होकि भन्ने धौधौ पऱ्यो। घरमा जीबा, काका सबै ‘किन छोरीलाई नेपाल पठाइस् अब जेलमा थुनिन्छे’ भन्दै आमासित रिसाउन लागे। जीबाका सङ्ग्रामी साथीहरू पनि मेरो सोधखोज गर्न लागे छन्। एकदिन मैले आमा सारै बिरामी हुनुहुन्छ भनी तार भेटें र 14 दिनको छुट्टी लिएर घर आउन कलकत्ता उडें। मामा हवाइ अड्डामा हुनुहुन्थ्यो। उहाँ हाँस्दै गरेको देख्दा आमा बिरामी भएको साँचो होइन रहेछ भन्ने थाहा पाएँ। म घर आइपुगें। मेरो एकसालको काठमाडौंको एडभ्याञ्चर त्यहीं टुङ्गियो। मेरा साथीले त्यसबीच एम.ए. पढ्न लागेका थिए। त्यो बेला चीन-भारतको लडाइँ पनि लाग्यो। म विश्वविद्यालयमा भर्ना हुन सकिन अनि समाज कल्याणले प्रौढ महिला पढाउन सुरु गरेको स्कूलको प्रधान शिक्षिकाको दायित्व लिएर काम गर्न लागें। त्यसपछि प्राइभेट एम.ए. पढेर 1964 मा राजनीति विज्ञान विभागमा एम.ए. पास गरें। आसामबाट पहिले एम.ए. गर्ने नेपाली चेली भनेर एकजना रिपोर्टरले मेरो तस्विर आसामको अखबारमा छापेछ। त्यो देखेर शिवसागर कलेजका शिक्षा विभागकी प्रवक्ता मेरी सहपाठी मीरा कटकीले मलाई छिट्टै आऊ, यहाँ पद खाली छ भनी तार गरिन् र म तत्काल शिवसागर पुगें र अन्तर्वार्ताका साथै नियुक्तिपत्र पाएँ। 1965 को पहिला अगष्टदेखि त्यहीं जागिर गर्न लागें। कलेजको शर्त थियो मैले एन.सी.सी. ट्रेइनिङ गर्न ग्वालियर जानू पर्छ, त्यसअघि कलेजमा गर्ल्स एन.सी.सी. खोल्ने पैला प्रावधान थियो। मैले पहिले 6 महिना र फेरि दुई सालपछि तीनमहिना ग्वालियरको एन.सी.सी. कलेजमा फेरि रिफ्रेसर ट्रेइनिङ लिएर सेकेण्ड लेफ्टेनेन्टसम्मको पद पाएँ। कलेजमा आठ असम गर्ल्स बेटेलिएन खोलियो, कमाण्डिङ अफिसर भएर शिवसागर गर्ल्स कलेज र नाजिरा गर्ल्स स्कूलको एन.सी.सी. अफिसरको पनि दायित्व सम्हालें।
मैले कलेजमा योगदान गरेको केही सालपछिसम्म शिक्षिकाको सङ्ख्या थोरै थियो। तिनको नामको आद्य अक्षर मिलाएर हामीले एउटा संस्था बनायौं। सुगासा अङ्ग्रेजी SUGASA नामको यो संस्थामार्फत शिवसागर र जयसागर छेउका ऐतिहासिक स्थानहरू भ्रमण गर्ने, खेल प्रतियोगिता गराउने र छात्रछात्रा, शिक्षकबीच सांस्कृतिक कार्यक्रम आदि गराउने गर्दथ्यौं। ‘एनफ्रेंकको डायरी’ को नाट्य रूप असमीयामा गरेर मैले डायरीको नेपाली भाषामा गरेको अनुवाद छापिनु अघि 1972 मा शिवसागर कलेज आडिटरियममा कलेजमा प्रोफेसरहरूद्वारा मञ्चन गराएकी थिएँ। हाम्रो कलेजका अध्यक्ष प्रयात पराग चलिहा, असम नाट्य सम्मेलनका पूर्व अध्यक्ष प्रयात योगेन सेतियाज्यूले पनि यो नाटकमा अभिनय गर्नु भएको थियो। नाटकको परिचालना अध्यक्ष र मेरो यौथ थियो। यो नाटक मञ्चन गर्दा जम्मा भएको पूँजी सुगासा क्लबको नाममा प्रधानमन्त्री कोषमा जमा गर्न पठाएको थियो। कलेजमा कार्यरत छँदै म लेखिका संस्थाकी सचिव चुनिएँ र पछि त्यो संस्थाको सभानेत्रीको पद सम्हालें। त्यो भन्दा केही अघि नेपाली साहित्य परिषद् असमले अमिलीघाट अधिवेशनमा असमव्यापी रूप लिएपछि तेस्रो अध्यक्ष रूपले कार्यभार ग्रहण गरें। पहिलो अध्यक्ष हुनुहुन्थ्यो प्रयात अग्निबहादुर छेत्री, दोस्रो कार्यकारी अध्यक्ष प्रोफेसर दुर्गाप्रसाद उपाध्याय र तेस्रो म। 2003 मा भारतीय गोर्खा परिसंघ असम शाखाकी अध्यक्ष चुनिए। दुइटा असमव्यापी संस्थामा एकैचोटि अध्यक्ष रहनु अनुचित ठानी नैतिकताको आधारमा लेखिका संस्था असमको दोस्रोपल्टको अध्ययको पद आधैमा एक सालपछि छोडेर गोर्खा परिसंघको दायित्व लिएँ र 2007 सालसम्म त्यो पदमा रहें। साहित्य संस्थासँगको प्रत्यक्ष संलग्नता त्यतिमै टुङ्गियो। 1994 तिर असम साहित्य सभा रङपुर शाखासँग पनि संलग्न भएर पछि असम साहित्य सभाको कार्यकारिणी सदस्य मनोनित भएँ। यस प्रकार कलेजको जागिरका साथै र केही पछिसम्म पनि संस्था-सङ्गठनसँग संलग्न भएर समाजसेवा पुऱ्याउने काम भयो। 1999 मा अवकास लिएर तेजपुर आफ्नो स्थायी घर आइपुगें। अवकास लिनु केही साल पूर्व सेवा साधना संस्था नामले एउटा स्वयंसेवी संस्था पञ्जीकरण गराएकी थिएँ। तर अवसरको समयमा लेखन सम्बन्धी केही काम अर्धसमाप्त हुनाले तीन सालसम्म त्यो काममा लगानी गरेर 2003 बाट सेवा साधनाद्वारा नारीहरूलाई सङ्गठित पारेर समाजको काम गर्न प्रयास गरें वर्तमान संस्थाका सचिव वसुन्धरा शर्मा पनि स्थायी रूपले अरूणाचलबाट तेजपुर आइपुगिन्। सामाजिक काम गर्न आग्रह भएकी वसुन्धराले लगनका साथ यो सेवा साधना संस्थालाई सक्रिय रूपले परिचालना गरेकी छन् र म प्राय 11 साल यो संस्थाकी अध्यक्षा रहेर वर्तमान उपदेष्टाको रूपमा छु। भ्रमण गर्ने मेरो सौख हुनाले जागिरमा रहेको समयदेखि नै गर्मी बिदा र दसैंको बिदाहरूमा भारतका महत्वपूर्ण पर्यटनस्थलहरू डुल्न जाने गर्दथ्एँ। आमालाई भारतका प्राय सबै तीर्थस्थल बद्रीकेदारदेखि कन्याकुमारी, असमको परशुराम कुण्डदेखि गुजरातको द्वारकासम्म दर्शन गराएँ र आमा-बाबालाई पुरीको जगन्नाथ मन्दिर र कलकत्ताको दक्षिणकाली माताको मन्दिर, कविगुरु रवीन्द्रनाथ ठाकुरको सपनाको साकार रूप शान्तिनिकेतन दर्शन गराएँ। 1977 मा इलाहावादमा भएको महाकुम्भ मेलामा एउटा सम्पूर्ण टेन्ट किरायामा लिएर प्राय एक महिना आमालाई कुम्भ मेला दर्शन र स्नान गराएँ। भारतको रक्त धमनीमा कुदेको आध्यात्मिक भावनाको नौरङ्गी रूप वैचित्रको झलक हजारौं-लाखौं मानिसको त्यो महामिलनस्थल देख्न पाएर धन्य भएका थियौं हामी आमा-छोरी। यो मेरो जीवनको अनमोल स्मृति भएर रहेको छ। त्यसबारे आफ्नो अनुभव लेखुँला भन्ने इच्छा त छ तर साकार हुन सकेको छैन अझसम्म।
अवकासपछि नेपाली र असमीया साहित्यमा आफ्नो सामथ्र्यअनुसार केही अवदान पुऱ्याउने प्रयासक्रम चलाउँदै असमीया पाठकलाई नेपाली साहित्यको स्वाद र नेपाली पाठकलाई असमीया साहित्यको स्वाद दिने सामान्य प्रयास गर्दैछु। समय कुदेको छ हरदम, यो दौडँदो समयले जीवनबाट धेरै केही खोसेर लादैं छ। भ्रमण गर्न मन पराउने मलाई टाढा भ्रमण गर्न पनि सोच्नु पर्ने हुन लाग्यो। तैपनि मनोबल बुलन्द छ, इच्छा शक्ति दृढ छ। बाँचुञ्जेल हिंडेरै, बोलेरै, लेखेरै जाने मनोकामना राखेकी छु। जीवन एक रणत्रेक्ष हो, यहाँ डटेरै रहने छु। यही संकल्प छ मेरो।
लोका समस्ता सुखिनो भवन्तु।
भागीरथी निकेतन, चाँदमारी, तेजपुर
अनुक्रमणिका
- गीता उपाध्याय : एक छोटो कैरन
- गरिमायुक्त व्यक्तित्व गीता उपाध्याय
- गीता उपाध्याय : व्यक्तित्व र कृतित्व
- सुश्री गीता उपाध्यायको व्यक्तित्व र कृतित्वको संक्षिप्त रूपरेखा
- गीता उपाध्यायको जीवन र कर्म : एक विहंगम दृष्टि
- एन फ्रेन्कको डायरीबारे
- गीता उपाध्याय र एन फ्रेङ्कको डायरी
- अनुवाद साहित्यको क्षेत्रमा गीता उपाध्यायको योगदान
- केही भन्नु पर्दा
- गीता उपाध्यायको नियात्राकारिता
- ब्रह्मपुत्रको किनारदेखि अलकानन्दाको तीरैतीर
- “…. हामी भर्खर तीर्थका ढोकामा आइपुगेका छौं …’
- ‘कथाञ्जली’-को भावभूमि
- गीता उपाध्यायकृत कथाञ्जली : एक अध्ययन
- विविध व्यक्तित्वका आलोकमा कथाकार गीता उपाध्याय
- कथाञ्जली – एक अवलोकन
- गीता उपाध्याय दिदीको ‘कथाञ्जली’ सरसर्ती पढ्दा
- ‘सुबासित बताह’ गीता उपाध्यायका कथाहरूको पर्यालोचना
- बाल साहित्यमा गीता उपाध्याय
- विश्वप्रसिद्ध किशोरी एन फ्रांकको कथा
- जन्मभूमि मेरो स्वदेश : परिक्रमा र मन्थन
- एक स्रष्टाका वाणीमा ध्वनित लाखौंको ढुकढुकी : जन्मभूमि मेरो स्वदेश
- उपन्यास जन्मभूमि मेरो स्वदेश – इतिहासपरक सामान्य पठन
- गीता उपाध्यायसँग बिताएका बाल्यकालका केही समय
- शैशवदेखि परिचित गीता दिदी : आफ्नो सम्झनाको सेरोफेरो
- गीता उपाध्याय
- भारतेली नेपाली साहित्यकी ध्रुवतारा प्रा. गीता उपाध्यायको सम्झनामा केही हरफहरू
- गीता उपाध्याय : मेरी घनिष्ठ मित्र
- आत्मप्रकाशले उज्यालिएको जीवन र सृष्टि
- प्रा. गीता उपाध्याय – एक विरल साहित्य सेविका
- साहित्यको फुलबारीमा समन्वयको फूल फुलाउने गीता उपाध्याय
- असमीया साहित्यमा गीता उपाध्यायको योगदान
- शिशु साहित्य लेखिका गीता उपाध्याय
- साहित्य समाजको वर्गीय प्रतिबिम्ब हो
- नेपाली साहित्य परिषद् असमकी विदाई अध्यक्षा सुश्री गीता उपाध्यायसित केही अन्तरङ्ग पलहरू
- अतीतलाई फर्केर हेर्दा
- केही अनुभूतिहरू
केही अनुभूतिहरू
भाइ स्वरूप उपाध्याय
समकालीन नेपाली र असमीया साहित्यमा, विशेषगरी अनुवाद साहित्यमा चासो राख्ने व्यक्तिहरूको बीच गीता उपाध्याय एक परिचित नाम हो। उहाँको मौलिक र अनुवाद साहित्यले पाठकहरूको बीच समादर लाभ गरेको छ। गीता उपाध्याय मेरी दिदी हुनाले उहाँको बारेमा केही भन्दा म हाम्री दिदी भनेर उल्लेख गर्न मन पराउँछु। हामी चारजना दाजु-भाई मध्य सबैभन्दा ठूली दिदीलाई हामी हाम्री दिदी भन्न रूचाउँछौं। हामीहरू सबैजनाको ठूलो सौभाग्य थियो हाम्रो बाबा स्वर्गीय टंकनाथ उपाध्यायका छोराछोरी भएर जन्मनु। बाबाको फर्मेल एडुकेशन धेरै नभए पनि उहाँको अंग्रेजी भाषामाथि बहुतै राम्रो दखल थियो। उहाँले शेक्शपियरको धेरै नाटकहरू नेपालीमा अनुवाद गर्नु भएको थियो। हामी दाजुभाइहरूले बाबाका गुणहरू लिन नसकेता पनि हाम्री दिदी बुवाकी छोरी हुनुहुन्छ। सायद बुवाबाट अनुप्रेरणा लिएर नै दिदीले साहित्य कर्ममा आफूलाई समर्पित गर्नु भयो। साहित्यनुरागी पाठक वर्गमा सुसाहित्यिक रूपले परिचित गीता उपाध्याय हामी भाइ-बुहारी भदा-भदैहरूका लागि चाहिं सबैलाई माया गर्ने तर आवश्यक परे सचेत गराउने र बाटो देखाउने दिदीको रूपमा हामी सबैले जान्दछौं। हामीले जाने मुताबिक दिदी उदार अन्तरकी र अभावी मानिसलाई विशेष गरी पढिरहेका किशोरकिशोरीहरूलाई सहायसहयोग गर्नमा सधैं तत्पर रहनुहुन्छ।
एक कुरामा भन्न जाँदा दिदी हाम्रो परिवारकी मध्यमणि हुनुहुन्छ।
गीता उपाध्यायको मौलिक साहित्यमा जसरी आफ्नो अनुभव र अभिज्ञताको प्रतिफलन देखिन्छ त्यसरी नै अनुवाद साहित्यमा उहाँको निभृत अन्तरलाई स्पर्श गर्ने रचनाहरूलाई नै हातमा लिएजस्तो लाग्छ। एन फ्रेंकको डायरीमा नाजीको अत्यचारको बलि भएकी किशोरीको अन्तरको अनुभूतिको वर्णनले उहाँलाई आकर्षित गरेजस्तो लाग्छ। आफूले अक्षर चिनेका दिनदेखि ज्यामालाई पढेर सुनाउने गरेको भानुभक्त रामायणले उहाँलाई असमीया भाषामा यसको अनुवाद गर्न प्रेरित गर्नु स्वभाविक हो।
जसका काखमा हुर्किनु भयो ती व्यक्ति (छविलाल उपाध्याय)को प्रतिभा, देशप्रेम र त्यागले गीता उपाध्यायलाई ‘म जीबा की नातिनी हुँ’ भनि गौरव गर्न सिकायो, तिनै व्यक्तिको जीवनलाई लिएर दिदी गीता उपाध्यायले आफ्नो मौलिक उपन्यास ‘जन्मभूमि मेरो स्वदेश’ रचना गर्नुभयो। यो उपन्यास एक व्यक्तिको जीवनको बारेमा नभएर आसामे नेपालीहरूको एक गौरवमय अध्यायको चित्रण भएको छ।
दिदीलाई लिएर हामीहरू सबैजना गर्व गर्छौं।
हाम्रोध्वनिका अन्य पोष्टहरू :
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
